09.01.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबालाई प्रेमले याद गरिराख , सधैं श्रीमतमा चल , पढाइमा पूरा ध्यान देऊ तब तिमीलाई सबैले सम्मान दि न्छ न् ।

प्रश्न:
अतीन्द्रिय सुखको अनुभव कुन बच्चाहरूलाई हुन सक्छ?

उत्तर:
१- जो देही-अभिमानी छन्। यसको लागि कसै सँग कुरा गर्दा वा सम्झाउँदा सम्झ म आत्मा भाइ सँग कुरा गर्दैछु। भाइ-भाइको दृष्टि पक्का गर्नाले देही-अभिमानी बन्दै जान्छौ। २- जसलाई म भगवानको विद्यार्थी हुँ भन्ने नशा रहन्छ, उसलाई नै अतीन्द्रिय सुखको अनुभव हुन्छ।

गीत:
कौन आया मेरे मन के द्वारे....

ओम् शान्ति ।
बाबा बसेर, बच्चाहरूलाई सम्झाउनु हुन्छ। अरू कुनै संस्थामा यस्तो भनिदैन, बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूलाई थाहा छ अवश्य सबै बच्चाहरूको बाबा एउटै हुनु हुन्छ। सबै भाइ-भाइ हुन्। उहाँ बाबाबाट अवश्य बच्चाहरूलाई वर्सा मिल्छ। चक्रमा पनि तिमीले राम्ररी सम्झाउन सक्छौ यो हो संगम जबकि यहाँ मुक्ति र जीवनमुक्ति मिल्छ। तिमी बच्चाहरू जीवनमुक्तिमा जान्छौ, बाँकी सबै मुक्तिमा जान्छन्। सद्गतिदाता मुक्तिदाता, गाइड उहाँलाई नै भनिन्छ। रावण राज्यमा कति धेरै मनुष्य छन्। रामराज्यमा एउटै आदि सनातन देवी-देवता धर्म थियो। उनीहरूलाई आर्य भनिन्छ। आर्य सुध्रेकालाई अनआर्य नसुध्रेकाहरूलाई भनिन्छ। यसको अर्थ पनि कसैले जान्दैनन् सुध्रेकाबाट नसुध्रेका कसरी बने? आर्य कुनै धर्म थिएन। सुध्रेका यी देवी-देवताहरू थिए फेरि ८४ जन्मपछि नसुध्रेका बन्छन्। जो उच्च भन्दा उच्च पूज्य थिए तिनै पुजारी बने। हम सो को अर्थ पनि बाबा सम्झाउनु हुन्छ। सिँढीद्वारा सम्झाउनु पनि धेरै राम्रो हुन्छ। यस्तो होइन आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। होइन। यो त विराट् नाटक हो। तिमीलाई थाहा छ हामी नै पूज्य थियौं फेरि पुजारी बन्यौं अर्थात् हम सो देवता फेरि सो क्षत्रिय... बन्छन्। सिँढी त अवश्य उत्रिन्छन् हैन, यो पनि हिसाब छ, ८४ जन्म कसले लिन्छन्। बाबा भन्नुहुन्छ तिमी आफ्नो जन्मलाई जान्दैनौ, मैले तिमीलाई बताउँछु। यो चक्र हो, त्यसमा हामी नै देवता, क्षत्रिय आदि बन्छौं। २१ जन्म त प्रसिद्ध छ। मनुष्यले त यी कुरालाई जानेका छैनन्, तमोप्रधान छन्। अब तिमी बच्चाहरूलाई नै सारा ज्ञान मिल्छ तर बुझ्दछन् कोही कोहीले मुस्किलले। त्यसैले भनिन्छ करोडौंमा थोरैले आएर ज्ञान लिन्छन् र देवता धर्मका बन्छन्। यसमा आश्चर्य मान्नु पर्दैन। चक्रमा सम्झाउन सहज छ। त्यो सत्ययुग, यो कलियुग... किनकि सत्ययुगमा हुन्छन् नै धेरै कम। वृक्ष सानो हुन्छ फेरि वृद्धि हुँदै जान्छ। यस वृक्षका विषयमा कसैलाई थाहा छैन। अनि ब्रह्माको कुरा पनि मुस्किलले बुझ्दछन्। भन, ब्रह्मा मुख वंशावली ब्राह्मण त अवश्य हुनु पर्छ नि? यी गोद लिइएका (एडप्टेड) बच्चाहरू हुन्। ती ब्राह्मण हुन् कोख वंशावली, यी ब्राह्मण हुन् मुख वंशावली। यो हो पराइ रावण राज्य। बाबाले आएर रामराज्य स्थापना गर्नु पर्ने हुन्छ, त्यसैले कसैमा त प्रवेश गर्नुहुन्छ नि। हेर, यिनी यो वृक्षको एकदम अन्त्यमा उभिएका छन्। यस वृक्षको जीर्ण अवस्था छ। बाबा भन्नुहुन्छ म धेरै जन्मको अन्त्यको जन्ममा प्रवेश गर्छु। यो अन्तिम ८४ औं जन्म हो। तपस्या गरिरहेका छन्। हामी यिनलाई भगवान् भन्दैनौ। दुनियाँले त भगवानलाई सर्वव्यापी भनेर ढुङ्गा-माटोमा हुनु हुन्छ भनिदिएका छन्। त्यसैले आफू पनि पूरा पत्थर बनेका छन्। देवताहरूको त कुरै बेग्लै छ। अब तिमी पढेर यो पद पाउँछौ, कति उच्च पढाइ छ। यी देवताहरूलाई भगवान्-भगवती पनि भनिन्छ किनकि पवित्र छन् र स्वयं भगवानद्वारा नै यस धर्मको स्थापना भएको छ। त्यसैले अवश्य भगवान्-भगवती हुनु पर्छ। तर तिनलाई भनिन्छ महारानी-महाराजा। बाँकी श्री लक्ष्मी-नारायणलाई भगवान्-भगवती भन्नु पनि अन्धश्रद्धा हो किनकि भगवान् त एउटै हुनु हुन्छ नि। तिमीले शिव र शंकरलाई पनि बेग्लै गरेर बताउँछौ। यस बारेमा उनीहरू भन्छन् यिनीहरूले देवताहरूलाई पनि उडाइदिन्छन्। तिम्रो बुद्धिमा त सारा चक्र छ। तर जो महारथी छन्, तिनैले राम्रो सँग सम्झाउन सक्छन्। धेरै छन् जो सुन्न त सुन्छन् तर बुद्धिमा अडिन सक्दैन। त्यसैले ती के बन्छन्? पाई-पैसाका दास-दासी बन्छन्। पछि गएर तिमीलाई साक्षात्कार हुन्छ तर त्यस समयमा केही पनि गर्न सक्दैनौ। समय पूरा भएपछि फेरि के गर्न सक्छन्? त्यसैले बाबा सावधान गराइरहनु हुन्छ। तर सबै उँचा चढून् वा उच्च पद पाऊन् यो हुन सक्दैन। भाँडो सफा छैन, बुद्धिमा फोहर भरिएको छ। यसमा पुरुषार्थ धेरै राम्रो चाहिन्छ। चित्रहरूमा सम्झाउन धेरै अभ्यास गर्नु पर्छ। नत्र पछाडि गएर पछुताउनु पर्ने छ। यो आत्मालाई भोजन मिलिरहेको छ। यो त सबैलाई सम्झाउनु पर्ने कुरा हुन्। डराउनु पर्ने कुनै कुरा छैन। ठूला-ठूला स्थानमा प्रदर्शनी, संग्रहालय भएमा नाम हुन्छ। बाबाले भन्नु भएको थियो सबैबाट आफ्नो विचार लेखाऊ अनि त्यो पनि छपाउनु पर्छ। बच्चाहरूले धेरै सेवा गर्नु छ। यसमा जाँच पनि धेरै गर्नु पर्छ, बुझेको छ वा छैन। त्यो हो नयाँ दुनियाँ, यो हो पुरानो दुनियाँ। यो त कसैले पनि बुझ्न सक्छन्, केवल समय लामो गरिदिएका छन्, त्यसैले मनुष्य अलमलमा परेका छन्। पहिला-पहिला बाबाको परिचय दिनु छ। जो देही-अभिमानी भएर रहन्छन्, अतीन्द्रिय सुख उनलाई नै रहन सक्छ। केवल भाषणबाट काम हुन सक्दैन। जब भाषण गर्छौ, त्यतिबेला पनि सम्झिनु पर्छ म आत्माले भाइ-भाइलाई सम्झाउँदै छु। आत्म-अभिमानी बन्नु, यसमा बडो मेहनत छ। तर बच्चाहरू घरी-घरी भुल्छन्। बाबा नै आएर बच्चाहरूलाई सम्झाउनु हुन्छ। गायन पनि छ आत्मा परमात्मा अलग रहे.... यसको अर्थ पनि तिमीलाई नै थाहा छ। जो महारथी छन् उनले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्ने धेरै अभ्यास गर्नु छ, तब त आफूलाई शक्तिशाली सम्झन्छन्। जो आफूलाई आत्मा नै सम्झदैनन् उनीहरूले के धारणा गर्छन्! यादबाट नै तिमीमा जौहर भरिन्छ। ज्ञानलाई बल भनिदैन। योगबल भनिन्छ। योगबलबाट नै तिमी विश्वको मालिक बन्छौ। अब तिमीले धेरैलाई आफू समान बनाउनु छ। जबसम्म धेरैलाई आफू समान बनाउँदैनौ तबसम्म विनाश हुन सक्दैन। ठूलो लडाईं हुन लागे पनि फेरि बन्द भइहाल्छ। अहिले त धेरै सँग बमहरू छन्, तर ती राख्ने चीज त होइनन्। पुरानो दुनियाँको विनाश र एक आदि सनातन धर्मको स्थापना हुनु छ अवश्य। केही समयपछि सबैले भन्नेछन् अवश्य यो त्यही महाभारत लडाईं हो। भगवान् पनि अवश्य हुनु हुन्छ। जब तिम्रो पासमा धेरै व्यक्ति आउँछन् तब सबैले मान्न थाल्नेछन्, भन्नेछन् यिनीहरूको त वृद्धि भइरहेको छ, यिनमा धेरै शक्ति छ। तिमी जति यादमा रहन्छौ त्यति तिमीमा तागत भरिन्छ। बाबाको यादबाट नै तिमी अरूलाई लाइट दिन्छौ। यी दादाले पनि भन्छन् म भन्दा पनि यी बच्चाहरूले धेरै सेवा गर्छन्। अहिले थोरै समय छ। योगमा यथार्थ रूपले कोही रहन सक्दैनन्। स्वयं पनि अनुभव गर्छन् योगमा हामी कम छौं। त्यसैले राम्ररी तीर लाग्दैन। भगवानले कुमारीहरूमा ज्ञान बाण भर्नु हुन्छ। तिमी प्रजापिता ब्रह्माकुमार, ब्रह्माकुमारी हौ नि। यी हुन् ब्रह्मा। तिमी हौ गोद लिइएका बच्चाहरू। रचयिता त एउटै हुनु हुन्छ, बाँकी सबैले पढिरहेका छन्। त्यसमा यी ब्रह्मा पनि आए। त्यसैले यी रचना भए नि। तिमी देवता बन्नेवाला हौ। दैवी गुण धारण गरिरहेका छौ। कहीँ-कहीँ दुवै पाङ्ग्रा चल्न सक्दैनन्, मानौं बालुवामा उभिएका छन्। बाबा नाम लिनु हुन्न। सम्झनु पर्छ बाबा सत्य भन्नुहुन्छ। बच्चाहरूले पनि एक अर्काको स्वभाव जान्न सक्छन्, जसको आपसमा काम भइरहन्छ।

बच्चाहरूले सम्झन्छन् हामी नै मुकुटधारी थियौं। अब फेरि बनिरहेका छौं। पहिला तिमीले कसैलाई सम्झाउँदा मान्नको लागि तयार हुँदैनथे। फेरि बिस्तार-बिस्तारै सम्झन्छन्, यसमा बुद्धि धेरै चाहिन्छ। आत्मामा बुद्धि छ। आत्मा सत्, चित्, आनन्द स्वरूप छ। अब तिमी बच्चाहरूलाई देही-अभिमानी बनाइन्छ। जबसम्म बाबा आउनु हुन्न तबसम्म कोही पनि देही-अभिमानी बन्न सक्दैनन्। अब बाबा भन्नुहुन्छ आत्म-अभिमानी भव। म एकलाई याद गर्यौ भने मबाट शक्ति मिल्छ। यो धर्म धेरै तागतवाला छ। सारा विश्वमाथि राज्य गरिन्छ, कम कुरा हो र? तिमीलाई तागत मिल्छ बाबा सँग योग लगाउनाले। यो हो नयाँ कुरा, जुन राम्ररी सम्झाउनु पर्ने हुन्छ। आत्माहरूको बेहदका बाबा उहाँ नै हुनु हुन्छ। उहाँ नै नयाँ दुनियाँका रचयिता हुनु हुन्छ। त्यसैले शिवको कर्तव्यलाई सम्झाऊ उहाँ आएर के गर्नुहुन्छ? कृष्णजयन्ती र शिवजयन्ती दुवै मनाउँछन्। अब दुवैमा ठूलो कुन हो? उच्च भन्दा उच्च निराकार। उहाँले के गर्नु भयो जसकारण शिवजयन्ती मनाइन्छ? कृष्णले के गरे? लेखिएको छ परमपिता परमात्मा साधारण वृद्ध तनमा आएर स्थापना गर्नुहुन्छ। अनेक प्रकारका मत-मतान्तरहरू छन्। श्रीमत त एउटै छ, जसबाट तिमी श्रेष्ठ बन्छौ। मानव मतबाट श्रेष्ठ कसरी बन्न सक्छौ? यो ईश्वरीय मत जुन तिमीलाई एकै पटक संगममा मिल्छ। देवताहरूले त मत दिंदैनन्। मनुष्यबाट देवता बने, पुगिहाल्यो। त्यहाँ गुरु आदि पनि बनाउँदैनन्। यहाँ मनुष्यले गुरुको मत लिन्छन्। त्यसैले युक्तिले सम्झाउनु छ हामी हौं राजयोगी। हठयोगीले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। ती हुन् नै निवृत्ति मार्गवाला। तीर्थहरूमा त प्रवृत्ति मार्गवाला नै जानु छ।

तिमी बच्चाहरूले कुनै पनि कुरामा अलमलिनु हुँदैन। यो ड्रामा बनिबनाउ हो, जुन दोहोरिइरहन्छ। तिम्रो सेवा पनि कल्प पहिले झैं हुन्छ। ड्रामाले नै तिमीलाई पुरुषार्थ गराउँछ। त्यो पनि तिमीले कल्प पहिले जस्तै गर्नेछौ। पुरुषार्थ गर्नेहरूको चाल-चलनबाट तिमी बुझ्न सक्छौ, तब त प्रदर्शनीमा ग्रुप देखेर गाइड दिइन्छ ताकि राम्ररी सम्झाउन सकोस्। पढाउनेवाला बाबाले त राम्ररी जान्नुहुन्छ। कति विशाल बेहदको बुद्धि बनाउनु हुन्छ। तिमीलाई नशा रहनु पर्छ हामी कसका बच्चा हौं! भगवानले हामीलाई पढाउनु हुन्छ। कोही पढ्न सक्दैनन् भने भाग्छन्। भगवान् पनि सम्झनु हुन्छ यो मेरो बच्चा होइन। तिमी देख्छौ भगवानका बच्चा पढ्थे फेरि भागे। पछि केही समझमा आयो अनि फेरि पनि पढ्न थाल्छन्। फेरि योगमा राम्ररी रहेमा उच्च पद पाउन सक्छन्। सम्झन्छन् हामीले समय धेरै व्यर्थ गुमायौं, यस्तो स्कुल छोडिदियौं। अब त अवश्य बाबाबाट वर्सा लिन्छु। बाबालाई याद गर्दा-गर्दा अथवा बाबा-बाबा भनेर उमंगित हुनु पर्छ। बाबा हामीलाई उँच पद प्राप्त गराउनु हुन्छ। हामी कति भाग्यशाली छौं। घरी-घरी बाबाको याद रहोस्, निर्देशनमा चल्दै रहेमा धेरै उन्नति हुन सक्छ। फेरि उनलाई पनि सबैले धेरै सम्मान दिन्छन्। बाबा भन्नुहुन्छ पढेकाहरूको अगाडि नपढेकाहरूले भारी बोक्नेछन्। देह-अभिमानीलाई दैवी गुण धारणा हुन सक्दैन। तिम्रो चेहरा फस्टक्लास हुनु पर्छ। भन्दछन् अतीन्द्रिय सुख उनीहरू सँग सोध जसलाई भगवानले पढाउनु हुन्छ। कति पढाइमा ध्यान दिनु पर्छ अनि श्रीमतमा चल्नु पर्छ। तिम्रो योगको तागतबाट विश्व पनि पवित्र बन्छ। तिमीले योगबाट विश्वलाई पवित्र बनाउँछौ। कमाल छ। गोवर्धन पहाडलाई औंलामा उठाउनु छ। यस छी-छी दुनियाँलाई जसले पवित्र बनाए त्यो उनीहरूको निशानी हो। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) सत्य ज्ञानलाई बुद्धिमा धारण गर्नको लागि बुद्धिरूपी वर्तनलाई सफा स्वच्छ बनाउनु छ। व्यर्थ कुरालाई बुद्धिबाट निकाल्नु पर्छ।

२) दैवी गुणको धारणा र पढाइमा पूरा ध्यान दिएर अतीन्द्रिय सुखको अनुभव गर्नु छ। सधैं यसै नशामा रहनु छ हामी भगवानका बच्चा हौं, उहाँले हामीलाई पढाउनु हुन्छ।


वरदान:
प्राप्ति स्व रूप बनेर किन , केको प्रश्नबाट पर रहने सदा प्रसन्नचित्त भव

जो प्राप्ति स्वरूप सम्पन्न आत्माहरू हुन्छन् उनीहरूलाई कहिले पनि कुनै कुरामा प्रश्न हुँदैन। उसको अनुहार र चलनमा प्रसन्नताको व्यक्तित्व देखिनमा आउँछ, यसलाई नै सन्तुष्टता भनिन्छ। प्रसन्नता यदि कम हुन्छ भने त्यसको कारण हो प्राप्ति कम अनि प्राप्ति कम हुनाको कारण हो कुनै न कुनै इच्छा। धेरै सूक्ष्म इच्छाहरूले अप्राप्तिको तर्फ खिँच्दछ, त्यसैले अल्पकालका इच्छाहरूलाई छोडेर प्राप्ति स्वरूप बन्यौ भने सदा प्रसन्नचित्त रहनेछौ।

स्लोगन:
परमात्म प्यारमा लवलीन रहेमा मायाको आकर्षण समाप्त हुन्छ।


ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:
जसरी ब्रह्मा बाबालाई घुमफिर गर्दा फरिश्ता, देहभान रहित अनुभव गर्यौ। कर्म गर्दा, बातचित गर्दा, डाइरेक्शन दिँदा, उमंग-उत्साह बढाउँदा पनि देह देखि न्यारा, सूक्ष्म प्रकाश रूपको अनुभूति गराउनु भयो, यस्तै फलो फादर गर। सदा देह-भान देखि न्यारा रहने गर, हरेकलाई न्यारा रूप देखियोस्, यसलाई भनिन्छ देहमा रहेर फरिश्ता स्थिति।