09.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले तन-मन-धनले सच्चा रूहानी सेवा गर्नु छ । रूहानी सेवा द्वारा नै सृष्टि स्वर्णिम युग (गोल्डेन एज) बन्छ।

प्रश्न:
निश्चिन्त रहनको लागि सदा कुनचाहिं कुरा याद राख्नु पर्छ? तिमी निश्चिन्त कहिले रहन सक्छौ?

उत्तर:
निश्चिन्त रहनको लागि सदा याद रहोस् यो ड्रामा एकदम एक्युरेट बनेको छ। जे अहिले ड्रामा अनुसार चलिरहेको छ यो एकदम एक्युरेट छ। तर अहिले तिमी बच्चाहरू निश्चिन्त रहन सक्दैनौ। जब तिम्रो कर्मातीत अवस्था हुन्छ, तब तिमी निश्चिन्त बन्छौ। यसको लागि योग धेरै राम्रो हुनु पर्छ। योगी र ज्ञानी बच्चाहरू छिपेर रहन सक्दैनन्।

ओम् शान्ति ।
पतित-पावन शिव भगवानुवाच। बाबाले सम्झाउनु भएको छ देहधारी मनुष्यलाई कहिल्यै भगवान् भन्न सकिदैन। मनुष्यहरूले यो पनि जान्दछन्, पतित-पावन भगवान् नै हुनु हुन्छ। श्रीकृष्णलाई पतित-पावन भनिंदैन। विचराहरू धेरै अलमलिएका छन्। जब सबै अलमलिन्छन्, तब शिव बाबालाई आउनु पर्छ। बाबा सिवाय कसैले सुल्झाउन सक्दैन। उहाँ नै पतित-पावन शिवबाबा हुनु हुन्छ, जसलाई केवल तिमी बच्चाहरूले मात्र चिन्दछौ। त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। चाहे यहाँ (मधुवनमा) बसेका छन्, सधैं सुन्छन् तर पनि ध्यानमा रहँदैनन् हामी शिव बाबाको पासमा छौं, उहाँ यिनमा विराजमान हुनु हुन्छ, हामीलाई पढाइरहनु भएको छ, पावन बनाइरहनु भएको छ, युक्ति बताइरहनु भएको छ।

तिमी स्वदर्शन चक्रधारी बनेर रचयिता र रचनाको ज्ञान पाएर, कामलाई जितेर जगतजित बन्छौ। त्यसैले बाबा पतित-पावन पनि हुनुभयो, नयाँ रचनाको रचयिता पनि हुनुभयो। अब बेहदको राज्य पाउनको लागि तिमीले पुरुषार्थ गर। हरेकले सम्झन्छ म शिवबाबा सँग राज्य-भाग्य लिइरहेको छु। यो पनि यथार्थ रीति बुझ्न सक्दैनन्। कसैले अलिकति बुझ्छ, कसैले त बिल्कुलै बुझ्दैनन्। शिवबाबाले त भन्नुहुन्छ पतित-पावन म नै हुँ। म सँग यदि कसैले सोध्यो भने म आफ्नो परिचय दिन सक्छु। तिमीलाई पनि त बाबाले आफ्नो परिचय दिनु भएको छ नि। शिवबाबा भन्नुहुन्छ म साधारण तनमा प्रवेश गर्छु। यो साधारण तन हो। वृक्षको अन्तिममा खडा छन्। पतित दुनियाँमा खडा छन्, फेरि तल तपस्या गरिरहेका छन्। यिनलाई पनि शिवबाबाले तपस्या सिकाइरहनु भएको छ। राजयोग शिवबाबाले नै सिकाउनु हुन्छ। तल आदिदेव, माथि आदिनाथ। तिमी बच्चाहरूले सम्झाउन सक्छौ हामी ब्राह्मण शिवबाबाका सन्तान हौं। तपाईंहरू पनि शिवबाबाको सन्तान हुनु हुन्छ तर चिन्नु भएको छैन। भगवान् एक हुनु हुन्छ, बाँकी सबै भाइ-भाइ हौं। बाबा भन्नुहुन्छ म आफ्ना बच्चाहरूलाई नै पढाउँछु। जसले मलाई चिन्दछन् उनीहरूलाई नै पढाएर देवता बनाउँछु। भारतवर्ष नै स्वर्ग थियो, अहिले नर्क छ। जसले कामलाई जित्छ उही जगतजित बन्छ। म सत्ययुगी विश्वको स्थापना गरिरहेको छु। अनेक पटक यो विश्व सतोप्रधान अनि तमोप्रधान बन्छ यो कसैलाई पनि थाहा छैन। रचयिता र रचनाको आदि, मध्य, अन्तलाई कसैले पनि जान्दैन। म नलेजफुल हुँ। यो हो लक्ष्य-उद्देश्य। म यिनको साधारण तनमा प्रवेश गरेर ज्ञान दिन्छु। अब तिमी पनि पवित्र बन। यी विकारहरूमाथि विजय प्राप्त गरेपछि तिमी जगतजित बन्छौ। सबै बच्चाहरूले यो पुरुषार्थ गरिरहेका छन्। तन-मन-धनले रूहानी सेवा गर्छन्, जिस्मानी होइन। यसलाई आध्यात्मिक ज्ञान भनिन्छ। यो भक्ति होइन। भक्तिको युग हो द्वापर-कलियुग, जसलाई ब्रह्माको रात भनिन्छ र सत्ययुग-त्रेतालाई ब्रह्माको दिन भनिन्छ। कोही गीतापाठी आए भने उनीहरूलाई पनि सम्झाउनु छ गीतामा भूल भएको छ। गीता कसले सुनाएको हो, राजयोग कसले सिकाएको हो, कसले भनेको हो काममाथि विजय प्राप्त गर्नाले तिमी जगतजित बन्छौ? यी लक्ष्मी-नारायण पनि जगतजित बनेका हुन् नि। यिनको ८४ जन्मको रहस्य बसेर सम्झाऊ। कोही पनि होस् ज्ञान लिनको लागि त यहाँ आउनै पर्छ नि। म त बच्चाहरूलाई नै पढाउँछु। तर तिमीहरूमा पनि कसैले यति बुझ्दैनन् त्यसैले गायन छ करोडौंमा कोही...। म जे हुँ, जस्तो हुँ कसैले त यो ५ प्रतिशत पनि बुझ्दैनन्। तिमीले बाबालाई चिनेर पूरा याद गर्नु छ। मलाई याद किन गर्दैनौ? भन्छन् बाबा याद भुलिहाल्छौं। अरे, तिमीले बाबालाई याद गर्न सक्दैनौ। बाबाले सम्झनु त हुन्छ, यो मेहनतको काम हो, फेरि पनि पुरुषार्थ गराउनको लागि पम्प दिइरहनु हुन्छ। अरे, जुन बाबाले तिमीलाई क्षीर सागरमा लिएर जानु हुन्छ, विश्वको मालिक बनाउनु हुन्छ, उहाँलाई भुल्छौ! मायाले अवश्य भुलाउँछ। समय लाग्छ। यस्तो पनि होइन, मायाले भुलाउनु नै छ त्यसैले ठण्डा भएर बस। होइन, पुरुषार्थ अवश्य गर्नु छ। काममाथि विजय प्राप्त गर्नु छ। म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। जसरी तिमी बच्चाहरूलाई भन्छु त्यसैगरी कोही पनि ठूलो भन्दा ठूलो जज आउँदा उनलाई पनि बाबाले बच्चे भनेर सम्बोधन गर्नुहुन्छ नि किनकि म त उच्च भन्दा उच्च भगवान् हुँ। राजकुमार-राजकुमारी पद पाउनको लागि उच्च भन्दा उच्च पढाइ मैले नै पढाउँछु। बाबा भन्नुहुन्छ मैले यिनलाई पढाइरहेको छु। यिनै फेरि श्रीकृष्ण बन्छन्। ब्रह्मा-सरस्वती नै फेरि लक्ष्मी-नारायण बन्छन्। यो प्रवृत्ति मार्ग चल्दै आउँछ। निवृत्ति मार्गले राजयोग सिकाउन सक्दैनन्। राजा-रानी दुवै चाहिन्छ। बेलायतमा गएर भन्छन् हामी राजयोग सिकाउँछौं। तर उनीहरू त सुखलाई काग विष्टा समान भन्छन् फेरि राजयोग कसरी सिकाउन सक्छन्। त्यसैले बच्चाहरूलाई उमङ्ग आउनु पर्छ। तर बच्चाहरू अझै सानै छन्, बालिग बनेका छैनन्। बालिगपनको हिम्मत चाहिन्छ।

बाबाले बताउनु हुन्छ यो हो रावण सम्प्रदाय। तिमीले पुकार्छौ पतित-पावन आउनुहोस्। त्यसैले यो पतित दुनियाँ हो या पावन दुनियाँ? हामी नर्कवासी हौं, यस्तो मान्नु हुन्छ नि? यो दैवी सम्प्रदाय हो र? रामराज्य हो? के तपाईं रावण राज्यको हुनु हुन्न? अहिले रावण राज्यमा सबैको आसुरी बुद्धि छ। आसुरी बुद्धिलाई दैवी बुद्धि बनाउनेवाला को हो? यस्ता ४-५ प्रश्नहरू सोध्यौ भने मनुष्यहरू सोचाइमा पर्ने छन्। तिमी बच्चाहरूको काम हो बाबाको परिचय दिनु। वृक्ष त बिस्तारै-बिस्तारै बढ्छ। फेरि धेरै वृद्धि हुन्छ। मायाले पनि मुक्का लगाएर एकदम खसालिदिन्छ। बक्सिंगमा पनि धेरै मर्छन्, यसमा पनि धेरै मर्छन्। विकारमा गयो कि मर्यो। फेरि सुरुबाटै पुरुषार्थ गर्नु पर्ने हुन्छ। विकारले एकदम मार्छ। अहिलेसम्म जति पतितबाट पावन बन्यौ त्यो सबै गरेको कमाई समाप्त हुन जान्छ। फेरि शुरूबाट मेहनत गर्नु पर्ने हुन्छ। यस्तो होइन उनलाई अनुमति दिइदैन। उनलाई सम्झाउनु छ जे जति यादको यात्रा गर्नु भएको छ, पढ्नु भएको छ त्यो सबै खतम भयो। एकदम तल खस्छन्। फेरि पनि घरी-घरी यदि गिर्दै रहे भने भनिन्छ गेट आउट। एक-दुई पटक विचार गरिन्छ। दुई पटक माफी मिल्यो, फेरि केस होपलेस हुन्छ। फेरि आयो भने पनि एकदम डर्टी क्लासमा। तुलनात्मक रूपमा त यस्तै भनिन्छ नि। जसले एकदम कम पद पाउँछ, त्यसलाई भनिन्छ डर्टी क्लास। दास-दासीहरू, चण्डाल, प्रजाका पनि नौकर-चाकर सबै बन्छन् नि। बाबाले त जान्नुहुन्छ म यिनीहरूलाई पढाइरहेको छु। हर ५ हजार वर्षपछि पढाउँछु। उनीहरूले त लाखौ वर्ष भनिदिन्छन्। पछि गएर उनीहरूले पनि भन्न थाल्नेछन् हो, वास्तवमा यो ५ हजार वर्षको कुरा रहेछ। उही महाभारी लडाईं हो। तर यादको यात्रामा रहन सक्दैनन्। दिन-प्रतिदिन धेरै ढिलो हुँदै जान्छन्। गायन पनि छ धेरै बित्यो थोरै बाँकी। यो सबै यसै समयको कुरा हो। पावन बन्नको लागि थोरै समय मात्र बाँकी छ। लडार्इं सामुन्ने खडा छ। आफ्नो दिल सँग सोध्नु छ म यादको यात्रामा छु? कोही नयाँ आएमा फाराम अवश्य भराउनु छ। फाराम भरेपछि मात्र सम्झाउनु पर्छ। यदि कसैलाई बुझ्नु नै छैन भने फाराम किन भर्छ र? त्यसो त धेरै आउँछन्। भन बाबालाई पतित-पावन भनेर पुकार्नु हुन्छ भने अवश्य यो पतित दुनियाँ हो, तब त भनिन्छ आएर पावन बनाउनुहोस्। फेरि कोही बन्छन् कोही बन्दैनन्। बाबाको पासमा पत्र त धेरै आउँछन्। सबैले लेख्छन् शिवबाबा मार्फत ब्रह्मा। शिवबाबा पनि भन्नुहुन्छ म साधारण तनमा प्रवेश गर्छु। यिनलाई ८४ जन्मको कहानी बताउँछु। अरू कुनै पनि मनुष्यले रचयिता र रचनाको आदि-मध्य-अन्तलाई जान्दैनन्। अब बाबाले नै तिमीलाई बताउनु भएको छ। यी चित्र आदि पनि बाबाले दिव्य दृष्टिद्वारा बनाउन लगाउनु भएको हो।

बाबाले तिमी आत्माहरूलाई नै पढाउनु हुन्छ। आत्माहरू झट्ट अशरीरी हुन्छन्। यस शरीरबाट आफूलाई अलग सम्झनु छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! देही-अभिमानी भव, अशरीरी भव। मैले आत्माहरूलाई पढाउँछु। यो आत्मा र परमात्माको मेला हो, यसलाई संगमको मेला भनिन्छ। बाँकी कुनै पानीको गंगाले पावन बनाउँदैन। साधु, सन्त, ऋषि, मुनि आदि सबै स्नान गर्न जान्छन्। अब गंगा पतित-पावनी कसरी हुन सक्छ? भगवानुवाच छ नि काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले तिमी जगतजित बन्छौ। गंगा वा सागरले त भन्दैन। यो त ज्ञान सागर बाबाले सम्झाउनु हुन्छ, यसमाथि विजय प्राप्त गर्नको लागि मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। दैवी गुण धारण गर, कसैलाई दु:ख नदेऊ। पहिलो नम्बरको दु:ख हो काम कटारी चलाउनु। यो नै आदि, मध्य, अन्त दु:ख दिनेवाला हो। सत्ययुगमा यो हुँदैन। त्यो हो पावन दुनियाँ, त्यहाँ कोही पतित नै रहँदैन। जसरी तिमी योगबलबाट राज्य लिन्छौ, त्यसैगरी त्यहाँ योगबलबाट बच्चा जन्मिन्छ। रावण राज्य नै हुँदैन। तिमीले रावणलाई जलाउँछौ, कहिले देखि जलाउँदै आयौ? थाहा छैन। रामराज्यमा रावण हुँदैन। यो धेरै बुझ्नु पर्ने कुरा छ, जसलाई बाबाले बसेर सम्झाउनु हुन्छ। सम्झाउन त धेरै राम्रो सँग सम्झाउनु हुन्छ तर कल्प कल्प जसले जति पढेका छन्, त्यति नै पढ्नेछन्। पुरुषार्थबाट सबै थाहा हुन्छ। स्थूल सेवाको पनि विषय छ, मनसा भएन भने कर्मणा। वाचा त धेरै सजिलो छ। पहिलो छ मनसा अर्थात् मन्मनाभव, यादको यात्रामा रहनु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। बाबाबाट शिक्षा लिनु छ। धेरै छन् जसले बाबालाई याद गर्न सक्दैनन्। ज्ञानलाई याद गर्न सक्दिनँ, यस्तो भनिदैन। म एकलाई याद गर्न सक्दैनौ। याद गरेनौ भने तागत कसरी मिल्छ? बाबा सर्वशक्तिमान हुनु हुन्छ, उहाँलाई याद गर्नाले नै शक्ति मिल्छ, यसलाई नै जौहर भनिन्छ। कर्मणा पनि जसले राम्रो गर्छ उसलाई नै पद मिल्छ। कर्मणा पनि गर्दैनन् भने फेरि पद के मिल्छ। विषय हुन्छन् नि। यी हुन् गुप्त बुझ्नु पर्ने कुरा। उनीहरू योग-योग भनिरहन्छन् तर योगबाट तिमीले बादशाही लिन्छौ, यो कुरा सम्झदैनन्। योगबलबाट नै त्यहाँ बच्चा जन्मन्छ। यो पनि कसैलाई थाहा छैन। तिमीलाई सम्झाइन्छ तर फेरि पनि आधाकल्प पछि तिमी मायाको चेला बन्छौ। फेरि मायाले तिमीलाई अहिले पनि छोड्दैन। अब तिमीलाई शिवबाबाको चेला बन्नु छ। कुनै पनि देहधारीको चेला बन्नु छैन। पवित्र बन्नको लागि भाइ-बहिनी पनि अहिले भनिन्छ। फेरि यस भन्दा पनि माथि जानु छ। भाइ-भाइ सम्झनु छ। भाइ-बहिनीको दृष्टि पनि होइन। ड्रामा अनुसार जे हुन्छ, एकदम एक्युरेट। ड्रामा धेरै एक्युरेट छ। बाबा त निश्चिन्त हुनु हुन्छ, यिनलाई त अवश्य पनि चिन्ता रहन्छ। निश्चिन्त तब रहनेछौ जब कर्मातीत अवस्था हुन्छ, तबसम्म केही न केही भइरहन्छ। योग राम्रो चाहिन्छ। योगको लागि बाबाले अब जोड दिनु हुन्छ। यसको लागि भन्छन् घरी-घरी भुलिन्छ। बाबा गुनासो गर्नुहुन्छ, जुन बाबाले तिमीलाई यति खजाना दिनु हुन्छ उहाँलाई तिमी भुल्छौ? बाबा जान्नुहुन्छ कसैमा ज्ञान छ, कसैमा छैन। ज्ञानी कहिल्यै पनि छिपेर रहन सक्दैन। उसले तुरुन्तै सेवाको सबूत दिन्छ। त्यसैले यी सबै बुझ्ने कुरा हुन्। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) मायाको बक्सिङ्गमा हार खानु छैन। पुरुषार्थमा ठण्डा भएर बस्नु हुँदैन। हिम्मत राखेर सेवा गर्नु छ।

२) यो ड्रामा एकदम एक्युरेट बनेको छ, त्यसैले कुनै पनि कुराको चिन्ता नगर। कर्मातीत अवस्थालाई पाउनको लागि एक बाबाको यादमा रहनु छ, कुनै देहधारीको शिष्य बन्नु छैन।


वरदान:
बेहदको वैराग्य वृत्तिद्वारा सबै लगावबाट मुक्त रहने सच्चा राजऋषि भव

राजऋषि अर्थात् एकातर्फ राज्य, अर्कातर्फ ऋषि अर्थात् बेहदको वैरागी। यदि कहीँ पनि चाहे आफूमा, चाहे व्यक्तिमा, चाहे वस्तुमा कहीँ पनि लगाव छ भने राजऋषि भएका छैनौ। जसको संकल्प मात्र पनि थोरै लगाव छ उसको दुई नाउमा पाउ भएपछि न यहाँको रहन्छ न त्यहाँको। त्यसैले राजऋषि बन, बेहदको वैरागी बन अर्थात् एक बाबा दोस्रो न कोही यो पाठ पक्का गर।

स्लोगन:
क्रोध अग्नि रूप हो जसले स्वयंलाई पनि जलाउँछ र अरूलाई पनि जलाइदिन्छ, त्यसैले क्रोधमुक्त बन।