09.02.20    Avyakt Bapdada     Nepali Murli    20.11.85     Om Shanti     Madhuban


संगमयुगी ब्राह्मणहरूको न्यारा र प्यारा श्रेष्ठ संसार


आज ब्राह्मणहरूका रचयिता बाबाले आफ्नो सानो अलौकिक सुन्दर संसारलाई देखिरहनु भएको छ। यो ब्राह्मण संसार सत्ययुगी संसार भन्दा पनि अति न्यारा र प्यारा छ। यस अलौकिक संसारका ब्राह्मण आत्माहरू कति श्रेष्ठ र विशेष छन्। देवता रूप भन्दा पनि यो ब्राह्मण स्वरूप विशेष छ। यस संसारको महिमा हो न्यारापन। यस संसारका हरेक आत्मा विशेष छन्। हरेक आत्मा नै स्वराज्यधारी राजा छन्। हरेक आत्मा स्मृतिको तिलकधारी, अविनाशी तिलकधारी, स्वराज्य तिलकधारी, परमात्म दिल तख्तनशीन छन्। त्यसैले सबै आत्माहरू यो सुन्दर संसारको ताज, तख्त र तिलकधारी हौ। यस्तो संसार सारा कल्पमा कहिल्यै सुनेका छौ वा देखेका छौ? जुन संसारका हरेक ब्राह्मण आत्माहरूका एक बाबा, एक परिवार, एक भाषा, एउटै ज्ञान अर्थात् जीवनको एउटै श्रेष्ठ लक्ष्य, एउटै विचार, एउटै दृष्टि, एउटै धर्म र एउटै ईश्वरीय कर्म छ। यस्तो संसार जति सानो छ त्यति प्यारो छ। त्यसैले सबै ब्राह्मण आत्माहरूले मनमा गीत गाउँछौ हाम्रो सानो यो संसार अति न्यारा, अति प्यारा छ। यो गीत गाउँछौ नि? यो संगमयुगी संसारलाई देखेर हर्षित हुन्छौ नि? कति न्यारा संसार छ! यो संसारको दिनचर्या नै न्यारा छ। आफ्नो राज्य, आफ्नो नियम, आफ्नो रीति-रसम, तर रीति पनि न्यारा र प्रीति पनि प्यारो छ। यस्तो संसारमा रहने ब्राह्मण आत्माहरू हौ नि! यही संसारमा रहन्छौ नि? कहिलेकाहीं आफ्नो संसारलाई छोडेर पुरानो संसारमा त जाँदैनौ? त्यसैले पुरानो संसारका मान्छेहरूले बुझ्न सक्दैनन् भन्छन् यी कस्ता ब्राह्मण हुन? भन्छन् नि ब्रह्माकुमारीहरूको चाल आफ्नै छ। ज्ञान पनि आफ्नो छ। जब संसार नै न्यारा छ भने सबै नयाँ र न्यारा नै हुन्छ नै। सबैले आफूले आफैंलाई हेर नयाँ संसारको नयाँ संकल्प, नयाँ भाषा, नयाँ कर्म, यस्तो न्यारा बनेका छौ? कुनै पनि पुरानोपन रहेको त छैन! अलिकति पनि पुरानोपन भयो भने त्यस्ले पुरानो दुनियाँतर्फ आकर्षित गर्छ र उच्च संसारबाट नीचा संसारमा ल्याउँछ। उच्च अर्थात् श्रेष्ठ भएको कारणले स्वर्गलाई उच्च देखाउँछन् र नर्कलाई नीचा देखाउँछन्। संगमयुगी स्वर्ग सत्ययुगी स्वर्ग भन्दा पनि उच्च छ किनकि अहिले दुवै संसारको ज्ञानी बनेका छौ। यहाँ अहिले देखेर, जानेर न्यारा र प्यारा भएका छौ त्यसैले मधुबनलाई स्वर्ग अनुभव गर्छौ। भन्छौ नि स्वर्ग हेर्नु छ भने अहिले हेर। त्यहाँ स्वर्गको वर्णन गर्दैनन्। अहिले गर्वले भन्छौ हामीले स्वर्ग देखेका छौं। गर्वका साथ भन्छौ स्वर्ग हेर्नु छ भने यहाँ आएर हेर। यसरी वर्णन गर्छौ नि। पहिला सोच्दथ्यौ, सुन्थ्यौ स्वर्गका परिहरू बहुत सुन्दर हुन्छन् भनेर। तर कसैले देखेनन्। स्वर्गमा यस्तो यस्तो हुन्छ, सुन्यौ धेरै तर अहिले स्वर्गको संसारमा पुग्यौ। स्वयं स्वर्गका परी बन्यौ। श्यामबाट सुन्दर बन्यौ नि। पंख मिले नि। यस्ता ज्ञान र योगका पंख मिलेका छन्, जसबाट तीनै लोकको चक्कर लगाउन सक्छौ। वैज्ञानिकहरूसँग पनि यस्ता तीव्रगतिका साधन छैनन्। सबैलाई पंखेटा मिलेका छन्? कोही छुटेको त छैन? यस संसारको नै गायन हो अप्राप्त छैन कुनै वस्तु ब्राह्मणहरूको संसारमा, त्यसैले गायन छ एक बाबा मिल्नु भयो त संसार मिल्यो। एउटा दुनियाँ होइन तीनै लोकको मालिक बन्छौ। यही संसारको गायन हो सदा सबै झुलामा झूलिरहन्छन्। झुलामा झूल्नुलाई भाग्यको निशानी भनिन्छ। यो संसारको विशेषता के हो? कहिले अतीन्द्रिय सुखको झुलामा झुल्छौ कहिले खुशीको झुलामा झूल्छौ, कहिले शान्तिको झुलामा, कहिले ज्ञानको झुलामा झुल्छौ। परमात्म काखको झुलामा झुल्छौ। परमात्म काख हो यादको लवलीन अवस्थामा झुल्नु। जसरी काखमा समाहित हुन्छन्। यसरी परमात्म यादमा समाहित हुन्छौ, लवलीन हुन्छौ। यो अलौकिक काखले क्षणमा अनेक जन्मको दु:ख दर्दलाई बिर्साइदिन्छ। यसरी सबै झुलामा झुलिरहन्छौ!

कहिल्यै सपनामा पनि सोचेका थियौ यस्तो संसारको अधिकारी बनौंला भनेर! बापदादाले आज आफ्नो प्यारो संसारलाई देखिरहनु भएको छ। यो संसार राम्रो छ? प्यारो लाग्छ? कहिले एउटा पाउ त्यो संसारमा कहिले एउटा पाउ यो संसारमा त राख्दैनौ? ६३ जन्म त्यो संसारलाई हेर्यौ, अनुभव गर्यौ। के मिल्यो? केही मिल्यो वा गुमायौ? तन पनि गुमायौ, मनको सुख-शान्ति पनि गुमायौ र धन पनि गुमायौ। सम्बन्ध पनि गुमायौ। जुन बाबाले सुन्दर तन दिनु भएको थियो, त्यो कहाँ गुमायौ? यदि धन पनि जम्मा गर्छन् भने त्यो पनि कालो धन। स्वच्छ धन कहाँ गयो? यदि छ भने पनि कामको छैन। भन्नमा करोड पति छन् तर देखाउन सक्छन्? त्यसैले सबैथोक गुमायौ त्यसै माथि बुद्धि पनि गयो, अब के भन्ने? समझदार? त्यसैले आफ्नो यस श्रेष्ठ संसारलाई सदा स्मृतिमा राख। यो संसारको यो जीवनको विशेषतालाई सदा स्मृतिमा राखेर समर्थ बन। स्मृति स्वरूप बन्यौ भने नष्टोमोहा स्वत: नै बन्ने छौ। पुरानो दुनियाँको कुनै पनि चीज बुद्धिले स्वीकार नगर। स्वीकार गर्यौ अर्थात् धोका खायौ। धोका खानु अर्थात् दु:ख उठाउनु। त्यसैले कहाँ रहनु छ? श्रेष्ठ संसारमा वा पुरानो संसारमा? सदा भिन्नतालाई स्पष्ट र देखिने रूपमा राख त्यो कस्तो थियो र यो कस्तो छ! अच्छा!

यस्तो सानो संसारमा रहने विशेष ब्राह्मण आत्माहरूलाई, सदा तख्तनशीन आत्माहरूलाई, सदा झुलामा झूल्ने आत्माहरूलाई, सदा न्यारा र परमात्म प्यारा बच्चाहरूलाई परमात्म याद, परमात्म प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

सेवाधारी टिचर बहिनीहरूसँग: सेवाधारी अर्थात् त्यागी तपस्वी आत्माहरू। सेवाको फल त सदा मिल्छ नै तर त्याग र तपस्याबाट सदा अगाडि बढिरहने छौ। सदा आफूलाई विशेष आत्मा सम्झेर विशेष सेवाको सबूत दिनु छ। यही लक्ष्य राख। जति जग मजबूत हुन्छ त्यति घर पनि बलियो बन्छ। त्यसैले सदा सेवाधारी सम्झेर अगाडि बढ। जसरी बाबाले तिमीहरूलाई चुन्नु भयो त्यसैगरी तिमीहरूले पनि फेरि प्रजालाई चुन। स्वयं सदा निर्विघ्न बनेर सेवालाई पनि निर्वघ्न बनाउँदै हिँड। सेवा त सबैले गर्छन् तर निर्विघ्न सेवा होस्, यसैमा नम्बर मिल्छ। जहाँ पनि रहन्छौ त्यहाँका हरेक विद्यार्थी निर्विघ्न बनुन्, विघ्नको लहर नहोस्। शक्तिशाली वातावरण होस्। यस्तालाई भनिन्छ निर्विघ्न आत्मा। यही लक्ष्य राख्नु। यस्तो यादको वातावरण होस् जहाँ विघ्न आउनै नसकोस्। पर्खाल भयो भने दुस्मन आउन सक्दैनन्। त्यसैले निर्विघ्न बनेर निर्विघ्न सेवाधारी बन। अच्छा!

अलग-अलग ग्रुपसँग:
१.सेवा गर र सन्तुष्टता लेऊ। केवल सेवा नगर्नु तर यस्तो सेवा गर्नु जसमा सन्तुष्टता होस्। सबैको आशीर्वाद मिलोस्। आशीर्वाद सहितको सेवाले सहज सफलता दिलाउँछ। सेवा त समय प्रमाण गर्नु नै छ र खूब गर। खुशी उमंगले गर तर यो ध्यान अवश्य राख्नु के सेवाले आशीर्वाद प्राप्त भएको छ? वा केवल मेहनत मात्र गर्यौ? जहाँ आशीर्वाद हुन्छ त्यहाँ मेहनत हुँदैन। त्यसैले अहिले यही लक्ष्य राख्नु जोसँग पनि सम्पर्कमा आउँछौ उसको आशीर्वाद पनि लिँदै जानु छ। जब सबैको आशीर्वाद लिन्छौ तब आधाकल्प तिम्रो चित्रले पनि आशीर्वाद दिइरहनेछ। तिम्रो चित्रसँग आशीर्वाद लिन आउँछन् नि। देवी वा देवताको पासमा आशीर्वाद लिन जान्छन् नि। त्यसैले अहिले जति सर्वको आशीर्वाद जम्मा गर्छौ तब चित्रद्वारा पनि दिइरहने छौ। कार्यक्रम गर, लिस्ट निकाल.... भि.आई.पीज, आई. पीजको सेवा गर, सबैथोक गर तर आशीर्वाद लिने सेवा गर। आशीर्वाद लिने साधन के हो? हुन्छ हजुरको पाठ पक्का होस्। कहिल्यै पनि कसैलाई हुन्न, हुन्न भनेर निराश नबनाऊ। यदि कोही गलत छ भने पनि सोझै उसलाई गलत नभन। पहिला उसलाई हौसला देऊ, हिम्मत दिलाऊ। उसलाई हो भन्ने पारेर पछि सम्झाऊ अनि सम्झिने छ। पहिलैदेखि उसलाई हुन्न, हुन्न भन्यौ भने उसको जुन अलिकति हिम्मत हुन्छ त्यो पनि खतम हुन्छ। गलत हुन पनि सक्छ तर गलतलाई गलत भन्यौ भने उसले आफूलाई गलत कहिल्यै सम्झिने छैन, त्यसैले पहिला उसलाई हुन्छ भन, हिम्मत बढाऊ, तब फेरि उसले महसुस गर्नेछ। सम्मान देऊ। केवल यो उपाय गर। गलत भए पनि पहिला ठीक भन, पहिला उसलाई हिम्मत आओस्। कोही लड्यौ भने के उसलाई अरू धकेल्छौ वा उठाउँछौ? उसलाई सहारा दिएर पहिला उठाऊ। यसलाई भनिन्छ उदारता। सहयोगी बन्नेहरूलाई सहयोगी बनाउँदै हिँड। तिमी पनि अगाडि म पनि अगाडि। साथ-साथै हिड्ने गर। हात मिलाएर चल्यौ भने सफलता हुन्छ र सन्तुष्टताको आशीर्वाद मिल्छ। यसरी आशीर्वाद लिनमा महान बन्यौ भने सेवामा स्वत: महान हुनेछौ।

सेवाधारीहरूसँग: सेवा गर्दै गर्दा सदा आफूलाई कर्मयोगी स्थितिमा स्थित रहने अनुभव गर्छौ अथवा कर्म गर्दा याद कम हुन्छ र कर्ममा बुद्धि धेरै रहन्छ! किनकि यादमा रहेर कर्म गर्नाले कर्ममा कहिल्यै थकावट हुँदैन। यादमा रहेर कर्म गर्नेहरूले कर्म गर्दा सदा खुशीको अनुभव गर्छन्। कर्मयोगी बनेर कर्म अर्थात् सेवा गर्छौ नि! कर्मयोगीका आभ्यासीले सदा हर कदममा वर्तमान र भविष्य श्रेष्ठ बनाउँछन्। भविष्य खाता सदा भरपुर र वर्तमान पनि सदा श्रेष्ठ बन्छ। यस्तो कर्मयोगी बनेर सेवाको पार्ट खेल्छौ? भुल्न त भुल्दैनौ? मधुबनमा सेवाधारी छौ भने मधुबनले स्वत: नै बाबाको याद दिलाउछ। सर्वशक्तिहरूका खजाना जम्मा गरेका छौ नि! यति जम्मा गर जुन सदा भरपुर रहोस्। संगमयुगमा बेटरी सदा चार्ज हुन्छ। द्वापरदेखि बेटरी कम हुन्छ। संगममा सदा भरपुर, सदा चार्ज हुन्छ। मधुबनमा बेटरी भर्न आएका होइनौ? उत्सव मनाउन आएका हौ? बाबा र बच्चाहरूको स्नेह छ त्यसैले मिल्नु, सुन्नु यही संगमयुगको रमाइलो हो। अच्छा।

युवाहरूको रेलीको सफलता प्रति बापदादाको वरदानी महावाक्य
युवाहरूको विभाग बनाउनु छ भने बनाऊ। जे गर तर सन्तुष्टता होस्, सफलता होस्। बाँकी त सेवाको लागि नै जीवन हो। आफ्नो उमंगले कुनै कार्य गर्छौ भने त्यसमा कुनै हर्जा छैन। कार्यक्रम हो, गर्यौ भने त्यसको अर्कै रूप हुन्छ। तर आफ्नो उमंग उत्साहले गर्न चाहन्छौ भने केही हर्जा छैन। जहाँ गए पनि त्यहाँ जो मिले पनि जस्लाई देखे पनि सेवा त हुन्छ नै। केवल बोल्नु मात्र सेवा हुँदैन तर आफ्नो चेहेरा पनि सदा हर्षित होस्। रूहानी चेहेराले पनि सेवा गर्छ। लक्ष्य राख उमंग-उत्साहले खुशी-खुशीले रूहानी खुशीको झलक देखाउँदै अगाडि बढ्नु छ। जबरजस्ती कसैलाई नगर्नु। कार्यक्रम बनाएका छौ भने गर्नु नै छ, यस्तो केही छैन, आफ्नो उमंग-उत्साह छ भने गर, राम्रो हुन्छ।

यदि कसैमा उमंग छैन भने बाध्यता छैन। हर्जा छैन। त्यसो त लक्ष्य थियो यो गोल्डन जुबली सम्ममा सबै क्षेत्रलाई समेट्ने। त्यसैले जसरी पैदल हिड्नेहरू आफ्नो ग्रुपमा आउँछन् त्यसैगरी बसद्वारा आउनेहरू पनि होऊन्। हरेक जोन वा हरेक क्षेत्रमा बसद्वारा सेवा गर्दै दिल्ली पुग्न सक्छन्। दुई प्रकारका ग्रुप बनाइदेऊ। एउटा बसद्वारा आउँदै गरून र सेवा गर्दै आऊन् र अर्को पैदल। डबल हुनेछन्। गर्न सक्छन् युवा हुन् नि। तिनीहरूलाई कहीं न कहीं शक्ति त लगाउनु नै छ। सेवामा शक्ति लाग्छ भने त राम्रो हुन्छ। यस्मा दुवै भाव सिद्ध हुन पुगोस् सेवा पनि सिद्ध होस् र नाम पनि राखेको छ पदयात्रा त्यसैले त्यो पनि सिद्ध होस्। हरेक राज्यले तिनीहरूको (पदयात्रीहरूको) अन्तर्वाता लिने पहिल्यैबाट व्यवस्था मिलायौ भने स्वत: आवाज पनि फैलिने छ। तर यो अवश्य हुनु पर्छ रूहानी यात्रा देखियोस्, केवल पदयात्रा नदेखियोस्, रूहानियत र खुशीको झलक होस्। तब नवीनता देखिने छ। साधारण जसरी अरूको यात्रा निस्कन्छ त्यस्तो नलागोस् तर यस्तो लागोस्, यिनीहरू डबल यात्री हुन्, एउटा यात्रा गर्दैनन्। यादको यात्रा गर्ने पनि हुन् र पद यात्री पनि हुन्। डबल यात्राको प्रभाव अनुहारमा देखियोस्, तब राम्रो पनि लाग्नेछ।

विश्वका राजनेताहरू प्रति अव्यक्त बापदादाको मधुर सन्देश ( ० ४.१२.८५)
विश्वका हरेक राजनेताले आफ्नो देशलाई वा देशवासीहरूलाई प्रगतितर्फ लैजाने शुभ भावना, शुभकाभनाले आ-आफ्नो कार्यमा लागिरहेका छन्। भावना धेरै श्रेष्ठ छ तर प्रत्यक्ष प्रमाण जति चाहेको हो त्यति हुँदैन- त्यो किन? किनकि आजकलका जनता वा नेताहरूको मनको भावना सेवा भाव, प्रेम भावको सट्टा स्वार्थ भाव, ईर्ष्या भावमा बदलिएको छ। त्यसैले यो जगलाई समाप्त गर्नको लागि प्राकृतिक शक्ति, वैज्ञानिक शक्ति, संसारी ज्ञानको शक्ति, राज्यको अधिकारको शक्तिद्वारा त तिमीहरूले प्रयत्न गरेका छौ तर वास्तविक साधन आत्मिक शक्ति हो, जसबाट नै मनको भावना सजिलै बदलिन सक्छ, त्यसतर्फ ध्यान कम छ, त्यसैले पुरानो भावनाको बीज समाप्त भएको हुँदैन। केही समयको लागि मात्र दबेको हुन्छ। तर समय प्रमाण अझै उग्र रूपमा प्रत्यक्ष हुन जान्छ। त्यसैले रूहानी बाबाका रूहानी बच्चाहरू तथा आत्माहरू प्रति सन्देश छ सदा आफूलाई आत्मा सम्झेर रूहानी बाबासँग सम्बन्ध जोडेर रूहानी शक्ति लिएर आफ्नो मनको नेता बन तब राजनेता बनेर अरूको पनि मनको भावना बदल्न सक्नेछौ। तिम्रो मनको संकल्प र जनताको यथार्थ कर्म एक हुनजानेछ। दुवैको सहयोगले सफलताको प्रत्यक्ष प्रमाण अनुभव हुनेछ। याद रहोस् स्वराज्य अधिकारी नै सदा योग्य राजनेता अधिकारी बन्न सक्छन्। र स्वराज्य तिम्रो रूहानी जन्मसिद्ध अधिकार हो। यो जन्मसिद्ध अधिकारले सदा सत्यको शक्ति पनि अनुभव गर्नेछौ र सफल पनि रहने छौ। अच्छा।

वरदान:
संगठनमा रहेर लक्ष्य र लक्षणलाई समान बनाउने सदा शक्तिशाली आत्मा भव

संगठनमा एक अर्कालाई देखेर उमंग उत्साह पनि आउँछ भने सुस्ती पनि आउँछ। सोच्दछन् यिनले पनि गर्छन् त्यसैले मैले पनि गर्छु, के फरक पर्छ। त्यसैले संगठनबाट श्रेष्ठ बन्ने सहयोग लेऊ। हरेक कर्म गर्नु भन्दा पहिला यो विशेष ध्यान वा लक्ष्य होस् कि मैले स्वयंलाई सम्पन्न बनाएर नमुना बन्नु छ। मैले गरेर अरूलाई गराउनु छ। फेरि पटक-पटक यो संकल्पलाई ध्यान देऊ। लक्ष्य र लक्षणलाई मिलाउँदै हिँड्यौ भने शक्तिशाली हुने छौ।

स्लोगन:
लास्ट सो फास्ट जानु छ भने साधारण र व्यर्थ संकल्पमा समय न गुमाऊ।