09.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे घरी-घरी बाबा र वर्सालाई याद गर , रूहानी सर्जन बाबाले तिमीलाई निरोगी बन्ने एउटै दवाई बताउ नु हु न्छ प्यारा बच्चाहरू मलाई याद गर ।

प्रश्न:
आफूले आफै सँग कुनचाहिँ कुरा गर्यौ भने धेरै आनन्द आउँछ?

उत्तर:
आफूले आफै सँग कुरा गर यी आँखाले जे जति देखिन्छ त्यो सबै समाप्त हुन्छ। केवल म र बाबा मात्र रहने छौं। मीठा बाबाले मलाई स्वर्गको मालिक बनाइरहनु भएको छ। यस प्रकार कुरा गर। एकान्तमा गयौ भने धेरै आनन्द आउँछ।

ओम् शान्ति ।
परमपिता शिव भगवानुवाच। मीठा प्यारा बच्चाहरूलाई पुरुषोत्तम संगमयुगको कदम-कदममा याद हुनु पर्छ। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। यो बुद्धिमा याद रहोस् हामी पुरुषोत्तम संगमयुगमा पुरुषोत्तम बनिरहेका छौं। अनि यो जुन रावणको पिंजडा छ, त्यसबाट बाबाले हामीलाई छुट्कारा दिलाउन आउनु भएको छ। जसरी कुनै पंछीलाई पिंजडाबाट निकालिन्छ भने त्यो पंछी खुशीले उडेर सुखी हुन्छ। तिमी बच्चाहरूले पनि जान्दछौ यो रावणको पिंजडा हो, अनेक प्रकारको दुःखै दु:ख छ। अहिले बाबा आउनु भएको छ यो पिंजडाबाट निकाल्नको लागि। हुन त मनुष्य नै हुन्। शास्त्रहरूमा लेखिदिएका छन् देवता र असुरहरूको लडाईं भयो अनि देवताहरूले जिते। तर लडाईंको त कुरै होइन। तिमी अहिले असुरबाट देवता बनिरहेका छौ। आसुरी रावण अर्थात् ५ विकारमाथि तिमीले विजय प्राप्त गर्छौ नकि रावण सम्प्रदाय माथि। ५ विकारलाई नै रावण भनिन्छ। कसैलाई जलाउने आदि कुरा होइन। तिमी बच्चाहरू धेरै खुशी हुन्छौ। अहिले हामी यस्तो दुनियाँमा गइरहेका छौं, जहाँ न गर्मी छ, न जाडो छ। सदैव वसन्त ऋतु नै रहन्छ। सत्ययुग स्वर्गमा वसन्त ऋतु अब आउँछ। यो वसन्त ऋतु त थोरै समयको लागि मात्र आउँछ। त्यो वसन्त ऋतु त तिम्रो लागि आधा कल्प हुन्छ, त्यहाँ गर्मी आदि हुँदैन। गर्मीबाट पनि मानिसहरूलाई दु:ख हुन्छ। मर्छन्। यी सबै दु:खी कुराबाट बच्नको लागि हामीलाई अविनाशी सर्जनले एकदम सहज दवाई दिनु हुन्छ। लौकिक सर्जनका पासमा गयौ भने अनेक प्रकारका दवाई आदि याद आउँछ। यहाँ यी सर्जनको पासमा त कुनै दवाई छैन। केवल उहाँलाई याद गर्नाले सबै रोग छुट्छन्, दवाई आदि केही पनि छैन।

बच्चाहरूले भन्ने गर्थे आज गोष्ठी (सेमिनार) गर्छौं चार्ट कसरी लेख्नु पर्छ? बाबालाई कसरी याद गर्नु पर्छ? यस विषयमा गोष्ठी गर्छौं। बाबाले बसेर लेख्न मेहनत त दिनु हुन्न। कागज खेर फाल्न आवश्यक पर्दैन। बाबा त केवल भन्नुहुन्छ बुद्धिमा बाबालाई याद गर। अज्ञानकालमा बाबालाई याद गर्नको लागि चार्ट कहाँ बनाइन्थ्यो र! यसमा लेखापढी गर्ने कुनै आवश्यकता छैन। बाबालाई भन्छन् बाबा, हजुरलाई हामीले बिर्सिन्छौं। कसैले सुन्यो भने के भन्ला? भन्न त भन्छन् जीवन छँदै हामी बाबाको बनेका हौं। किन बनेका हौ? बाबा सँग विश्वको बादशाहीको वर्सा लिनको लागि। फेरि यस्तो बाबालाई तिमीले बिर्सिन्छौ किन? यस्तो बाबा, जसबाट तिमीलाई यति धेरै वर्सा प्राप्त हुन्छ उहाँलाई तिमीले याद गर्न सक्दैनौ! अनेक पटक तिमीले वर्सा लिएका हौ फेरि पनि बिर्सिन्छौ। बाबाबाट वर्सा लिने हो भने याद पनि गर्नु पर्छ, दैवी गुण पनि धारण गर्नु छ। के लेख्नु छ? यो त हरेकले आफ्नो मन सँग सोधोस्, नारदको पनि उदाहरण छ। स्वयं भन्छन् महान् भक्त थिएँ। तिमीले पनि जानेका छौ हामी जन्म-जन्मान्तरका पुराना भक्त हौं। हामी मीठा बाबालाई याद गर्दा कति खुशी हुन्छौं। जसले जति याद गर्छ उही लक्ष्मी-नारायणलाई वरण गर्न लायक बन्छ। कुनै गरिबका बच्चाले धनवानको गोद लियो भने कति खुशी हुन्छ। पिता र सम्पत्तिलाई नै याद गर्छ। यहाँ त धेरै यस्ता पनि छन् जसलाई बेहदको पिताको बच्चा बनेर राजाई लिने अक्कल पनि आउँदैन। आश्चर्यको कुरा हो। जुन बाबाले स्वर्गको मालिक बनाउनु हुन्छ, उहाँलाई याद गर्न सक्दैनन्। बाबाले बच्चाहरूलाई गोद लिनु हुन्छ। यस्तो बाबालाई याद नगर्नु यो त आश्चर्यको कुरा भयो। घरी-घरी बाबा र वर्साको याद आउनु पर्छ।

बाबा भन्नुहुन्छ मीठा-प्यारा सिकीलधे बच्चाहरू! तिमीहरूले बोलाएका हौ नै गोदमा लिनको लागि। बाबालाई बोलाइन्छ नि हैन? बाबाले नै स्वर्गको स्थापना गर्नुहुन्छ। स्वर्गको वर्सा दिनु हुन्छ। तिमीले पुकार्छा पनि बाबा, हामी पतितहरूलाई आएर गोद लिनुहोस्। आफै भन्छौ हामी पतित, कंगाल, छी-छी, कौडी बराबर छौं। बेहदका पितालाई तिमीले भक्ति मार्गमा पुकारिरहन्थ्यौ। अब बाबा भन्नुहुन्छ भक्ति मार्गमा पनि तिमीलाई यत्तिको दु:ख थिएन। अहिले मनुष्यलाई कति दु:ख छ। बाबा आउनु भएको छ, त्यसैले विनाशको समय पनि अवश्य भयो। तिमीलाई थाहा छ यस लडार्इं पश्चात् फेरि कति जन्म, कति वर्ष लडाईंको नामै रहँदैन। कहिल्यै लडार्इं हुँदै हुँदैन। न कुनै दु:ख रोग आदिको नाम हुन्छ। अहिले त कति धेरै रोगहरू छन्। बाबा भन्नुहुन्छ मीठा बच्चाहरू! मैले तिमीहरूलाई सबै दु:खबाट छुटाइदिन्छु। तिमीले याद पनि गर्छौ हे भगवान्, आएर दु:ख हर्नुहोस्, सुख-शान्ति दिनुहोस्। यी दुई चीज हरेकले माग्छन्। यहाँ छ अशान्ति। शान्तिको लागि जस-जसले राय दिन्छन् उनीहरूलाई पुरस्कार प्राप्त हुन्छ। विचराहरूलाई थाहै छैन शान्ति केलाई भनिन्छ। शान्ति त मीठा बाबा बाहेक अरू कसैबाट पनि प्राप्त हुन सक्दैन। कति मेहनत गर्छौ तिमीले बुझाउनको लागि। फेरि पनि बुझ्दै बुझ्दैनन्। तिमीले सरकारलाई पनि लेख्न सक्छौ सित्तैमा किन पैसा बर्बाद गर्नुहुन्छ? शान्तिका सागर त एक बाबा नै हुनु हुन्छ, उहाँले नै विश्वमा शान्ति स्थापना गर्नुहुन्छ। सरकारका प्रमुखहरूलाई राम्रा-राम्रा कागजमा शिष्टाचार सँग चिट्ठी लेख्नु पर्छ। कोही राम्रो कागज देखेर सम्झन्छन् सायद यो कुनै ठूलो मानिसको चिट्ठी हो। भन तपाईंहरू विश्वमा जुन शान्ति होस् भन्नुहुन्छ-, त्यो पहिला कहिले थियो, जुन फेरि त्यसैगरी प्राप्त हुन सक्छ? अवश्य कहिल्यै प्राप्त भएको हुनु पर्छ। तिमीलाई त थाहा छ, तिमीले तिथि-मिति सबै लेख्न सक्छौ। बाबाले नै आएर विश्वमा शान्ति-सुख स्थापना गर्नु भएको थियो। त्यो सत्ययुगको समय थियो। यी लक्ष्मी-नारायण हुन् राजवंशको निशानी। ब्रह्मा र तिमी ब्राह्मणहरूको पार्ट कसैलाई थाहा छैन। मुख्य पार्ट त ब्रह्माको हो नि। उनै रथी बन्छन्। जुन रथद्वारा बाबाले यति धेरै कार्य गर्नुहुन्छ। नामै हो पद्मापद्म सौभाग्यशाली रथ। विचार गर कसरी कसलाई सम्झाउने? मानिसहरूलाई कति नशा छ। अब तिमीले बाबाको नै परिचय दिनु छ। ज्ञान त केवल ज्ञानका सागर बाबा सँग नै छ। उहाँ जब आउनु हुन्छ तब दिनु हुन्छ, त्यति बेलासम्म ज्ञान त कसैले पनि दिन सक्दैन। भक्ति त सबै भक्तहरूले गरिरहन्छन्। ज्ञान एक बाबाले नै दिनु हुन्छ। ज्ञानको कुनै स्थायी पुस्तक बन्दैन। ज्ञान त कानले नै सुन्नु पर्ने हुन्छ। यी किताब आदि जो तिमीले राख्छौ यी सबै अस्थायी हुन्। यी पनि सबै समाप्त हुन्छन्। तिमीले नोट गर्छौ, यो पनि समाप्त हुन्छ। यो केवल आफ्नो पुरुषार्थको लागि हो। बाबा भन्नुहुन्छ कुराकानीको विषयहरूको सूची बनायौ भने याद आउँछ तर यो जान्दछौ यी पुस्तक आदि केही पनि रहने छैनन्। तिम्रो बुद्धिमा केवल याद मात्रै चल्नेछ। आत्मा बिलकुल बाबा जस्तो भरिपूर्ण हुन्छ। अरू जति पनि पुराना चीजहरू यी आँखाबाट देख्छौ, ती पनि समाप्त हुन्छन्। अन्त्यमा केही पनि रहने छैन।

बाबा अविनाशी सर्जन हुनु हुन्छ। आत्मा पनि अविनाशी छ। एक शरीर छोडेर अर्को लिन्छ। दिन-प्रतिदिन जुन शरीर मिल्छ, छी-छी नै मिल्छ। अहिले तिमी बच्चाहरूले जान्दछौ हामी श्रेष्ठाचारी बनिरहेका छौं। बाबाले नै बनाउनु हुन्छ। साधु-सन्त आदिले कहाँ बनाउँछन् र! बाबाले तिमीलाई श्रेष्ठाचारी बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ मीठे बच्चे, मैले तिमीलाई आफ्नो नयनमा राखेर लैजान्छु। आत्मा पनि यहाँ नयन नजिकै बस्छ। बाबा भन्नुहुन्छ हे आत्माहरू! तिमीहरू सबैलाई तृप्त (निहाल) पारेर लैजान्छु। समय थोरै बाँकी छ। अब मेहनत गर। आफ्नो दिल सँग सोध मैले प्यारो बाबालाई कति याद गर्छु? हीर-रांझाको विकारको लागि प्रेम थिएन। शारीरिक प्रेम थियो। याद गर्थे अनि सामुन्ने आउँथे। दुवै जना आपसमा भेटिन्थे। बाबा भन्नुहुन्छ तिमी पनि त्यस्तै बन। तिनी हुन् एक जन्मका आशिक-माशुक, तिमी हौ जन्म-जन्मान्तरका। यो कुरा यसै समयमा नै हुन्छ। प्रेमी-प्रेमिका शब्द पनि स्वर्गमा हुँदैन। तिनीहरू पनि पवित्र रहन्छन्। मनसामा नै ख्याल आउँछ, सामुन्ने देख्नासाथ खुशी हुन्छन्। तिमी बच्चाहरूले देख्ने त कुनै चीज छैन। यतिबेला तिमी केवल आफूलाई आत्मा सम्झ अनि माशुक बाबालाई याद गर। आत्मा सम्झेर बाबालाई धेरै खुशी सँग याद गर्नु छ। बाबाले सम्झाइरहनु हुन्छ भक्ति मार्गमा तिमी यस्तै आशिक थियौ, भगवान्प्रति बलिहार जान्थ्यौ। भन्ने गर्थ्यौ तिमी आयौ भने हे प्रभु! म तिमीमाथि बली जानेछु। अहिले माशुक आउनु भएको छ, सबैलाई सुन्दर बनाउन। जो जस्तो छ त्यस्तै बनाउने कोशिश गर्नुहुन्छ। तिमी सुन्दर बन्छौ त्यसैले शरीर पनि सुन्दर बन्छ। आत्मामा नै मैल पर्छ। अब तिमीले मलाई याद गर्यौ भने मैला निस्किन्छ। यहाँ तिमी बच्चाहरू आउँछौ, एकान्त धेरै राम्रो छ। पादरीहरू पनि पैदल हिंड्छन्, बिलकुलै शान्तिमा रहन्छन्। हातमा माला हुन्छ। कसैलाई हेर्दा पनि हेर्दैनन्। बिस्तारै-बिस्तारै हिंड्छन्। उनीहरूले क्राइस्टलाई याद गरिरहन्छन्। बाबालाई त चिनेकै छैनन्। मलाई त नाम-रूपबाट भिन्न हुनु हुन्छ भनिदिन्छन्। वास्तवमा बिन्दु छु, त्यसैले कसरी देख्ने! बिन्दुलाई कसरी याद गर्ने, कसैलाई थाहा छैन। तिमीलाई अब थाहा भएको छ, त्यसैले यहाँ आएका छौ। मधुवनको त महिमा छ। यो हो सच्चा-सच्चा मधुवन, जहाँ तिमी आउँछौ। जति हुनसक्छ तिमी एकान्तमा यादमा बस। कसैलाई पनि नहेर। माथि छत खाली छ। बाबाको यादमा सबेरै छतमा जाऊ, धेरै आनन्द आउँछ। कोशिश गर रातको एक-दुई बजे ब्युँझिनको लागि। तिमी निद्राजित नामले प्रसिद्ध छौ। राति छिटै विश्राम गर। फेरि १-२ बजे उठेर छतमा गएर एकान्तमा यादको यात्रा गरिराख। धेरै जम्मा गर्नु छ। बाबाको याद गर्दै बाबाको महिमा गर्न थाल। आपसमा पनि यही सल्लाह गरिराख। बाबा कति मीठो हुनु हुन्छ, उहाँको यादबाट मात्रै पाप काटिन्छ। यहाँ धेरै जम्मा गर्न सक्छौ। यो मौका पनि यहाँ राम्रो मिल्छ। घरमा त तिमीले गर्न सक्दैनौ। फुर्सदै कहाँ हुन्छ र! दुनियाँको वातावरण प्रकम्पन धेरै खराब हुन्छ। त्यहाँ त्यत्ति यादको यात्रा हुँदैन। अब यसमा लेख्नु पर्ने पनि के कुरा छ र। आशिक-माशुकले लेख्छन् र! मनभित्र हेर मैले कसैलाई दु:ख त दिएको छैन? कति जनालाई बाबाको याद गराएँ? यहाँ हामी आउँछौं जम्मा गर्नको लागि, त्यसैले यहाँ नै कोशिश गर, माथि छतमा गएर एकान्तमा बस। खजाना जम्मा गर। यो समय हो नै जम्मा गर्नको लागि। ५-७ दिन आउँछौ, मुरली सुनेर गएर एकान्तमा बस। यहाँ त घरमा बसेका छौ। बाबालाई याद गर्यौ भने यहाँ तिम्रो केही जम्मा हुन्छ। धेरै माताहरू बाँधेली (बन्धनमा) छन्। याद गर्छन् शिवबाबा बन्धनबाट छुटाउनुहोस्। विकारको लागि कति हैरान गर्छन्। खेल देखाइएको छ नि द्रौपदीको चीर (वस्त्र) हरण गरे। तिमीहरू सबै द्रौपदी हौ। त्यसैले बाबाको याद गरिरहनु छ। बाबाले युक्ति त धेरै बताउनु हुन्छ। यसमा स्नान आदि गर्ने पनि कुरा हुँदैन। हो, शौचालय जान परेमा स्नान गर्नु आवश्यक छ। भक्तहरूले त नुहाउँदा पनि कुनै देवता या भगवानलाई याद गर्छन्। मुख्य कुरा हो नै यादको। ज्ञान त धेरै मिलेको छ। ८४ को चक्रको ज्ञान हो। बसेर आफूभित्र हेर। आफैंलाई सोध यस्तो मीठा-प्यारा बाबा जो हामीलाई स्वर्गको मालिक बनाउनु हुन्छ उहाँलाई सारा दिनमा कति याद गरेँ? मन चञ्चल त हुँदैन? कहाँ भाग्छ, दुनियाँ त हुँदै हुँदैन। यो सबै समाप्त हुन्छ, म र बाबा मात्र रहनेछौं। यस्तो प्रकारले मनमनै कुरा गर तब धेरै आनन्द आउने छ। यहाँ जति पनि आउँछन् तिनीहरू धेरै पुराना भक्त हुन्, जो आउँदैनन् तिनीहरूलाई सम्झ आजभोलिका भक्त हुन्। तिनीहरू ढिलो गरी आउँछन्। सुरुबाट भक्ति गर्नेहरूले अवश्य पनि बाबाबाट वर्सा लिन आउँछन्। यो गुप्त मेहनत हो। जसले धारणा गर्दैन उसले केही पनि मेहनत गर्दैन। यहाँ तिमीहरू आउँछौ नै रिफ्रेश हुन। आफैंले मेहनत गर। एक हप्तामा तिमीले धेरै सामग्री जम्मा गर्न सक्छौ जुन त्यहाँ १२ महिनामा पनि हुँदैन। यहाँ ७ दिनमा सबै मैला निकाल्न सक्छौ। बाबा राय दिनु हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एकान्तमा बसेर बाबालाई याद गरेर कमाई जम्मा गर्नु छ। आफूभित्र जाँच गर्नु छ यादको समय मन चञ्चल त हुँदैन? म कति समय प्यारो बाबाको यादमा रहन्छु?

२) सदा खुशीमा रहनु छ हामीलाई बाबाले रावणको पिंजडाबाट मुक्त गरिदिनु भयो, अब हामी यस्तो दुनियाँमा गइरहेका छौं जहाँ न गर्मी हुन्छ, न जाडो हुन्छ। सदैव वसन्त ऋतु हुन्छ।


वरदान:
रूहानी नशाद्वारा पुरानो दुनियाँलाई भुल्ने स्वराज्य र विश्व राज्य अधिकारी भव

संगमयुगमा जो बाबाको वर्साको अधिकारी छन् उनीहरू नै स्वराज्य र विश्व राज्य अधिकारी बन्छन्। आज स्वराज्य छ भोलि विश्वको राज्य हुन्छ। आज-भोलिको कुरा हो, यस्ता अधिकारी आत्मा रूहानी नशामा रहन्छन् र नशाले पुरानो दुनियाँ सहजै भुलाइदिन्छ। अधिकारी कहिल्यै कुनै वस्तुको, व्यक्तिको, संस्कारको अधीन हुन सक्दैन। उनलाई हदको कुरा छोड्नु पर्दैन, स्वत: छुट्न जान्छ।

स्लोगन:
हरेक सेकेन्ड, हरेक श्वास, हरेक खजानालाई सफल गर्नेवाला नै सफलतामूर्त बन्छन्।