09.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे हरेक कुरामा योग बलद्वारा काम लेऊ , बाबासँग केही पनि सोध्नु पर्ने कुरा छैन । तिमी ईश्वरीय सन्तान हौ त्यसैले कुनै पनि आसुरी काम नगर।

प्रश्न:
तिम्रो यस योगबलको करामत के हो?

उत्तर:
यही योगबलद्वारा तिम्रा सबै कर्मेन्द्रियहरू वशमा हुन्छन्। योगबलबाट सिवाय तिमी पावन बन्न सक्दैनौ। योगबलद्वारा नै सारा सृष्टि पावन बन्छ, त्यसैले पावन बन्नको लागि वा भोजनलाई शुद्ध बनाउनको लागि यादको यात्रामा रहने गर। युक्तिसँग चल। नम्रतापूर्वक व्यवहार गर।

ओम् शान्ति ।
रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। दुनियाँमा कसैलाई थाहा छैन रूहानी बाबा आएर कसरी स्वर्गको वा नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। कसैले पनि जानेका छैनन्। तिमीले बाबासँग कुनै पनि प्रकारको माग गर्न सक्दैनौ। बाबाले सबै कुरा सम्झाउनु हुन्छ। केही पनि सोध्ने आवश्यकता रहँदैन, सबै कुरा आफैं सम्झाइरहनु हुन्छ। बाबा भन्नुहुन्छ मलाई कल्प कल्प यस भारत खण्डमा आएर के गर्नु छ, त्यो मैले जान्दछु, तिमीले जान्दैनौ। दिनहुँ सम्झाइरहनु हुन्छ। कसैले केही नसोधे पनि सम्झाइरहनु हुन्छ। कहिले सोध्छन् खान-पानमा समस्या हुन्छ। अब यो त समझको कुरा हो। बाबाले भन्नुभएको छ हरेक कुरामा योगबलद्वारा काम लेऊ, यादको यात्राद्वारा काम लेऊ र जहाँ पनि जान्छौ मुख्य कुरा बाबालाई अवश्य याद गर्नु छ। कुनै आसुरी काम गर्नु छैन। हामी ईश्वरीय सन्तान हौं। उहाँ सबैको बाबा हुनुहुन्छ, सबैको लागि शिक्षा उहाँ एकले नै दिनुहुन्छ। बाबा शिक्षा दिनुहुन्छ प्यारा बच्चाहरू! स्वर्गको मालिक बन्नु छ। राजाईमा पनि पद त हुन्छ नि। हरेकको पुरुषार्थ अनुसार पद मिल्छ। पुरुषार्थ बच्चाहरूले गर्नु पर्छ र प्रारब्ध पनि बच्चाहरूले पाउने छन्। पुरुषार्थ गराउनको लागि बाबा आउनु हुन्छ। तिमीलाई केही पनि थाहा थिएन, बाबा कहिले आउनु हुन्छ। आएर के गर्नुहुन्छ? कहाँ लिएर जानुहुन्छ? बाबाले नै आएर सम्झाउनु हुन्छ। ड्रामाको प्लान अनुसार तिमी कहाँबाट गिरेका छौ। एकदम उच्च चोटीबाट। अलिकति पनि बुद्धिमा आउँदैन हामी को हौं? अहिले महसुस गर्छौ नि। तिमीलाई स्वप्नमा पनि थिएन बाबा आएर के गर्नुहुन्छ? तिमीले पनि केही जान्दैनथ्यौ। अब बाबा मिल्नु भएको छ त्यसैले सम्झन्छौ यस्तो बाबामाथि त समर्पण हुनुपर्छ। जसरी पतिव्रता स्त्री छन् भने पतिमाथि कति समर्पण हुन्छन्। चितामा चढ्न पनि डराउँदैनन्। कति बहादुर हुन्छन्। पहिला चितामा धेरै चढ्थे। यहाँ बाबाले त यस्तो कुनै कष्ट दिनुहुन्न। हुन त नाम ज्ञान चिता छ तर जल्ने आदिको कुनै कुरा होइन। बाबाले बिलकुलै यस्तो सम्झाउनु हुन्छ, जस्तो मक्खनबाट बाल। बच्चाहरूले सम्झन्छन् वास्तवमा जन्म-जन्मान्तरको बोझ शिरमा छ। कुनै एउटा मात्र अजामिल थिएन। हरेक मनुष्य एक-एक अजामिल छ। मनुष्यलाई के थाहा पहिलो जन्ममा के-के गरेका छन्? अहिले तिमीलाई थाहा छ पाप नै गरिएको छ, वास्तवमा पुण्य आत्मा कोही पनि छैन। सबै छन् पाप आत्माहरू। पुण्य गरियो भने पुण्य आत्मा बनिन्छ। पुण्य आत्माहरू हुन्छन् सत्ययुगमा। कसैले हस्पिटल आदि बनाए त के भयो। सिँढी उत्रिनबाट कहाँ बचिन्छ र। चढ्ती कला त हुँदैन नि। गिर्दै नै जान्छन्। यी बाबा त यस्तो प्यारो हुनुहुन्छ जसको लागि भन्छन् जीवन छँदै समर्पण हौं किनकि पतिहरूका पनि पति, पिताहरूका पनि पिता, सबैभन्दा उच्च हुनुहुन्छ।

बच्चाहरूलाई अहिले बाबाले जगाइरहनु भएको छ। यस्तो बाबा जसले स्वर्गको मालिक बनाउनु हुन्छ, कति साधारण हुनुहुन्छ। सुरुमा बच्चीहरू जब बिमारी हुन्थे, बाबा स्वयंले उनीहरूको सेवा गर्नुहुन्थ्यो। अहंकार केही पनि छैन। बापदादा उच्च भन्दा उच्च हुनुहुन्छ। भन्नुहुन्छ जस्तो कर्म म यिनीद्वारा गराउँछु वा गर्छु। दुवै समान बन्नुहुन्छ। कहाँ थाहा हुन्छ र। बाबाले के गर्नुहुन्छ, दादाले के गर्छन्। कर्म-अकर्म-विकर्मको गति बाबाले नै बसेर सम्झाउनु हुन्छ। बाबा धेरै उच्च हुनुहुन्छ। मायाको पनि कति प्रभाव छ। ईश्वर बाबाले भन्नुहुन्छ यस्तो नगर तर पनि मान्दैनन्। भगवान भन्नुहुन्छ मीठा प्यारा बच्चाहरू! यो काम गर्नु हुँदैन, फेरि पनि उल्टो काम गरिदिन्छन्। उल्टो कामको लागि नै मनाही गर्नुहुन्छ नि। तर माया पनि धेरै शक्तिशाली छ। भुलेर पनि बाबालाई बिर्सिनु हुँदैन। हामीले भन्छौं जे गर्नु भए पनि, चाहे पिट्नु भए पनि केही छैन। बाबाले यस्तो केही गर्नुहुन्न तर यो अति भएपछि भनिन्छ। गीत पनि छ तिम्रो द्वारलाई कहिल्यै छोड्ने छैन, चाहे जेसुकै भन। बाहिर छ नै के। बुद्धिले पनि भन्छ कहाँ जाने? बाबा बादशाही दिनुहुन्छ, फेरि कहाँ कहिल्यै मिल्छ र। यस्तो कहाँ अर्को जन्ममा केही मिल्न सक्छ र। मिल्दैन। उहाँ पारलौकिक बाबा हुनुहुन्छ जसले तिमीलाई सुखधामको मालिक बनाउनु हुन्छ। बच्चाहरूले दैवीगुण पनि धारण गर्नु छ, त्यो पनि बाबा राय दिनुहुन्छ। आफ्नो पुलिस आदिको काम पनि गर, नत्र त डिसमिस गरिदिन्छन्। आफ्नो काम त गर्नु नै छ, कहीं आँखा पनि देखाउनु पर्छ। जति हुन सक्छ प्रेमसँग काम गर। नत्र युक्तिले आँखा देखाऊ। हात चलाउनु हुँदैन। बाबाका कति बच्चाहरू छन्। बाबालाई पनि बच्चाहरूको ख्याल रहन्छ नि। मूल कुरा हो पवित्र रहने। जन्म-जन्मान्तर तिमीले पुकारेका छौ नि हे पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्। तर अर्थ केही पनि बुझ्दैनन्। बोलाउँछन् भने अवश्य पतित छन्। नत्र त बोलाउने आवश्यकता छैन। पूजा गर्नु पर्ने पनि आवश्यकता छैन। बाबा सम्झाउनु हुन्छ तिमी अबलाहरूमाथि कति अत्याचार हुन्छ, सहन गर्नु नै छ। युक्तिहरू पनि बताइरहनु हुन्छ। धेरै नम्रतासँग चल। भन, हजुर त भगवान हुनुहुन्छ फेरि यो (विकार) किन माग्नुहुन्छ? विवाहको समयमा लगनगाँठो बाँध्ने बेलामा भन्छन् म तिम्रो पति, ईश्वर, गुरु सबै हुँ, अब म पवित्र रहन चाहन्छु, त्यसैले तपाईंले किन रोक्नुहुन्छ? भगवानलाई त पतित-पावन भनिन्छ नि। हजुर नै पावन बनाउनेवाला बन्नुहोस्। यसरी प्रेमसँग, नम्रतासँग कुरा गर्नुपर्छ। क्रोध गरे भने फूलको वर्षा गर। पिटाई गर्छन् फेरि अफसोस पनि गर्छन्। जसरी रक्सी पिउँदा धेरै नशा चढ्छ। आफूलाई बादशाह सम्झन्छन्। त्यस्तै यो विष पनि यस्तो चीज हो, कुरै नगर। पछुताउँछन् पनि तर बानी परेको छ त्यसैले त्यो टुट्दैन। एक दुई पटक विकारमा गयो, अनि नशा चढ्यो फेरि गिरिरहन्छन्। जसरी नशालु चीजले अल्पकालको खुसी ल्याउँछ, विकार पनि त्यस्तै हो। यहाँ फेरि धेरै मेहनत छ। योगबलले सिवाय कर्मेन्द्रियलाई वश गर्न सक्दैन। योगबलको नै करामत छ, तब त नाम प्रसिद्ध छ। बाहिरबाट आउँछन्, यहाँ योग सिक्न। शान्तिमा बसिरहन्छन्। घरबारबाट टाढा हुन्छन्। त्यो त हो आधाकल्पको लागि बनावटी शान्ति। सच्चा शान्ति कसैलाई थाहा नै छैन। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिम्रो स्वधर्म हो नै शान्ति, यस शरीरबाट तिमीले कर्म गर्छौ। जबसम्म शरीर धारणा गर्दैनौ तबसम्म आत्मा शान्त रहन्छ। फेरि कहीं न कहीं गएर प्रवेश गर्छ। यहाँ त फेरि कोही-कोही सूक्ष्म शरीरमा धक्का खाइरहन्छन्। त्यो छायाँको शरीर हुन्छ। कुनै दु:ख दिने हुन्छन्, कोही राम्रा हुन्छन्। यहाँ पनि कोही कोही यस्ता मनुष्य छन्, जसले कसैलाई दु:ख दिदैनन्। कसैले त धेरै दु:ख दिइरहन्छन्। कोही त साधु-महात्मा जस्तै हुन्छन्।

बाबा सम्झाउनु हुन्छ प्यारा सिकीलधे बच्चाहरू! तिमी ५ हजार वर्षपछि फेरि आएर मिलेका छौ। के लिनको लागि? बाबाले बताउनु भएको छ तिमीलाई के मिल्नु छ। बाबा हजुरबाट के मिल्नु छ, यो त प्रश्न उठ्न सक्दैन। हजुर त हुनुहुन्छ नै स्वर्ग स्थापना गर्नेवाला बाबा, नयाँ दुनियाँका रचयिता। त्यसैले हजुरबाट अवश्य बादशाही नै मिल्छ। बाबा भन्नुहुन्छ अलिकति पनि केही बुझेर गए भने स्वर्गमा अवश्य आउने छन्। हामी स्वर्गको स्थापना गर्न आएका हौं। ठूलो भन्दा ठूलो आसामी हुनुहुन्छ भगवान र प्रजापिता ब्रह्मा। तिमीलाई थाहा छ विष्णु को हुन्? अरू कसैलाई थाहा छैन। तिमीले त भन्छौ हामी यिनका घरानाका हौं, यी लक्ष्मी-नारायणले त सत्ययुगमा राज्य गर्छन्। यो चक्र आदि वास्तवमा विष्णुको कहाँ हो र। यो अलंकार हामी ब्राह्मणको हो। अहिले यो ज्ञान छ। सत्ययुगमा कहाँ यो सम्झाइन्छ र। यस्ता कुरा बताउने कसैमा तागत छैन। तिमीले यस ८४ को चक्रलाई जानेका छौ। यसको अर्थ कसैले बुझ्न सक्दैन। बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ। बच्चाहरूले बुझेका छन्, हामीलाई त यो अलंकार सुहाउँदैन। हामीले अहिले शिक्षा पाइरहेका छौं। पुरुषार्थ गरिरहेका छौं। फेरि यस्तो बन्छौं। स्वदर्शन चक्र घुमाउँदै हामी देवता बन्छौं। स्वदर्शन चक्र अर्थात् रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्नु छ। सारा दुनियाँमा कसैले पनि यो सम्झाउन सक्दैन यो सृष्टिको चक्र कसरी फिर्छ? बाबाले कति सहज सम्झाउनु हुन्छ यस चक्रको अवधि यति धेरै त हुन सक्दैन। मनुष्य सृष्टिको नै समाचार सुनाइन्छ यति मनुष्य छन्। यस्तो कहाँ बताइन्छ र कछुवा कति छन्? माछा आदि कति छन्? मनुष्यको नै कुरा हो। तिमीसँग पनि प्रश्न सोध्छन्, बाबा सबै कुरा बताइरहनु हुन्छ। केवल त्यसमा पूरा ध्यान दिनु छ।

बाबाले सम्झाउनु भएको छ योगबलद्वारा तिमीले सृष्टिलाई पावन बनाउँछौ भने के योगबलद्वारा खाना शुद्ध हुन सक्दैन? ठीक छ, तिमी त यस्तो बनेका छौ, फेरि कसैलाई आफू समान बनाएका छौ? अहिले तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ फेरि स्वर्गको बादशाही दिन। त्यसैले यसलाई रिफ्यूज (इन्कार) गर्नु हुँदैन। विश्वको बादशाहीलाई इन्कार गरियो भने खत्तम। फेरि गएर रिफ्यूज (डस्टविन)मा पर्नेछौ। यो सारा फोहरी दुनियाँ हो। त्यसैले यसलाई रिफ्युज नै भनिन्छ। दुनियाँको हालत हेर के छ। तिमीलाई त थाहा छ हामी विश्वको मालिक बन्छौं। यो कसैलाई थाहा छैन सत्ययुगमा एउटै राज्य थियो, मान्दैनन्। आफ्नै घमण्ड छ त्यसैले फेरि अलिकति पनि सुन्दैनन्, भनिदिन्छन् यो सबै तपाईंको कल्पना हो। कल्पनाले नै यो शरीर आदि बनेको हो। अर्थ केही बुझ्दैनन्। भन्छन् यो ईश्वरको कल्पना हो, ईश्वरले जे चाहनुहुन्छ त्यो बनिन्छ, उहाँको यो खेल हो। यस्ता कुरा गर्छन्, कुरै नगर। अहिले तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ। वृद्ध माताहरूले पनि भन्छन् बाबा हर ५ हजार वर्षपछि हामी हजुरबाट स्वर्गको वर्सा लिन्छौं। हामी अहिले आएका छौं, स्वर्गको राजाईं लिन। तिमीलाई थाहा छ सबै कलाकारहरूको आ-आफ्नो पार्ट छ। एउटाको पार्ट अर्कोसँग मिल्दैन। तिमी फेरि यसै नाम रूपमा आएर यसै समयमा बाबाबाट वर्सा लिने पुरुषार्थ गर्नेछौ। कति अथाह कमाई छ। भन्न त बाबा भन्नुहुन्छ थोरै सुने भने पनि स्वर्गमा आउने छन्। तर हरेक मनुष्यले पुरुषार्थ त उच्च बन्ने नै गर्छन् नि। त्यसैले पुरुषार्थ हो फस्ट। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) जसरी बाबाले कुनै अहंकार नराखी बच्चाहरूको सेवा गर्नुहुन्छ, त्यसैगरी बाबाको अनुसरण गर्नु छ। बाबाको श्रीमतमा चलेर विश्वको बादशाही लिनु छ इन्कार गर्नु हुँदैन।

२) पिताहरूका पिता, पतिहरूका पति, जो सबैभन्दा उच्च हुनुहुन्छ, प्रिय हुनुहुन्छ उहाँमाथि जीवन छँदै समर्पित हुनु छ। ज्ञान चितामा बस्नु छ। कहिल्यै भुलेर पनि बाबालाई बिर्सेर उल्टो काम गर्नु हुँदैन।

वरदान:
मास्टर ज्ञान सागर बनेर ज्ञानको गहिराइमा जाने वाला अनुभवरूपी रत्न हरू बाट सम्पन्न भव

जो बच्चाहरू ज्ञानको गहिराइमा जान्छन्, उनीहरू अनुभवरूपी रत्नहरूबाट सम्पन्न बन्छन्। एउटा हुन्छ ज्ञान सुन्नु र सुनाउनु, अर्को हुन्छ अनुभवी मूर्त बन्नु। अनुभवी सधैं अविनाशी र निर्विघ्न रहन्छ। उसलाई कसैले पनि विचलित गराउन सक्दैन। अनुभवीको अगाडि मायाको कुनै पनि कोसिस सफल हुँदैन। अनुभवीले कहिल्यै पनि धोका खान सक्दैन। त्यसैले अनुभवलाई बढाउँदै हरेक गुणको अनुभवी मूर्त बन। मनन शक्तिद्वारा शुद्ध संकल्पको भण्डार जम्मा गर।

स्लोगन:
फरिश्ता त्यो हो, जो देहको सूक्ष्म अभिमानको सम्बन्धबाट अलग छ।