09.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी समझदार बनेका छौ त्यसैले कमाईको धेरै-धेरै सोख हुनुपर्छ। धन्दा आदिबाट समय निकालेर बाबाको याद गर्यौ भने कमाई भइरहन्छ।

प्रश्न:
तिमी बच्चाहरूलाई अहिले कुनचाहिँ यस्तो श्रीमत मिल्छ, जुन पहिला कहिल्यै मिल्दैन?

उत्तर:
१) तिमीलाई यस समयमा बाबाले श्रीमत दिनुहुन्छ मीठे बच्चे! सबेरै-सबेरै उठेर बाबाको यादमा बस्यौ भने पूरा वर्सा मिल्छ। २) गृहस्थ व्यवहारमा कमल फूल समान रहने गर। यस्तो श्रीमत अरू सत्सङ्गमा कहिल्यै मिल्न सक्दैन। ती सत्सङ्गमा बाबा र वर्साको कुरा हुँदैन।

गीत:
तुम्हीं हो माता पिता.......

ओम् शान्ति ।
सारा दुनियाँमा अनेक प्रकारका सत्सङ्ग हुन्छन्। यस्तो कुनै पनि सत्सङ्ग वा चर्च वा मन्दिर छैन, जहाँ मनुष्यहरूको बुद्धिमा हुन्छ हामीले यो वर्सा पाइरहेका छौं। यहाँ तिमी बच्चाहरू बसेका छौ, सबै सेन्टरमा आफ्नो बेहदका बाबाको यादमा बसेका छन्। हामीले आफ्नो बाबाबाट सुखधामको वर्सा पाइरहेका छौं, यस विचारबाट। यस्तो अरू कुनै सत्सङ्ग वा चर्च आदिमा सम्झदैनन्। तिमी बच्चाहरूको बुद्धिमा नै छ। तिमी बच्चाहरूलाई थाहा छ हामी बेहदको बाबाको यादमा बसेका छौं। नयाँ दुनियाँ स्वर्गको वर्सा लिइरहेका छौं। सबै बच्चाहरूले एक बाबाबाट वर्सा लिइरहेका छन्। यति धेरै बच्चाहरू वृद्धि भइरहन्छन्। सबैलाई श्रीमत मिल्छ, सबेरै उठेर बाबालाई याद गर। हामीले बाबाबाट यो वर्सा लिंदैछौं। हामी उहाँ बाबाको बनेका छौं। आत्मालाई अब पहिचान मिलेको छ बाबाबाट। बाबाले डाइरेक्शन दिनुहुन्छ मलाई याद गर, गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र होऊ। सबैले यहाँ आएर बस्नु त छैन। विद्यालयमा पढेर फेरि आ-आफ्नो घरमा जान्छन्। हरेकले आफ्नो टिचरबाट वर्सा पाउन सक्छन्। यो पनि यस्तै हो। सधैं पढेर फेरि घरमा गएर धन्दा आदि गर। तिमी गृहस्थ व्यवहारमा पनि छौ र फेरि विद्यार्थी पनि हौ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहनु छ। यस्तो कोही संन्यासी आदिले भन्दैनन्। यहाँ तिमी प्राक्टिकलमा बसेका छौ। गृहस्थ व्यवहारमा रहेर पवित्र बन्छौ। पवित्र बनेर परमपिता परमात्मालाई अरू कसैले पनि याद गर्दैन। ठीक छ गीता सुन्छन्, पढ्छन् तर याद त गर्दैनन्। भन्नु र गर्नुमा फरक छ। तिमीले जानेका छौ हाम्रो बाबा ज्ञानका सागर हुनुहुन्छ, उहाँमा सारा ड्रामा चक्रको ज्ञान छ। अहिले हामीलाई पनि ज्ञान मिलिरहेको छ। यो चक्र धेरै राम्रो छ। यो पुरुषोत्तम युग हुनाको कारणले तिम्रो यो जन्म पनि पुरुषोत्तम हो। अधिकमास हुन्छ नि।

तिमी बच्चाहरूलाई थाहा छ हामी बाबाबाट पुरुषोत्तम बनिरहेका छौं। मर्यादा पुरुषोत्तम, हामी फेरि पनि बनिरहेका छौं। फेरि ८४ को चक्कर लगायौं, यो बुद्धिमा ज्ञान छ। अरू कुनै पनि सत्सङ्गमा यो सम्झाउँदैनन्। तिमीले बुझेका छौ हामी यो बन्नु छ। बनाउने एक बाबा हुनुहुन्छ। यी लक्ष्मी-नारायणको चित्रमा तिमीले राम्रोसँग सम्झाउन सक्छौ। अवश्य ब्रह्माद्वारा योगबलबाट यिनीहरूले यो पद पाएका हुन्। यसरी बुद्धिमा इमर्ज गर्नुपर्छ। ब्रह्मा-सरस्वती, लक्ष्मी-नारायणका दुई रूप पनि देखाइएको छ। ब्रह्मा-सरस्वती फेरि प्रजा पनि देखाउनु पर्छ। हरेक कुरामा राम्ररी विचार गर्नुपर्छ। बाबा भन्नुहुन्छ मलाई याद गर। ब्रह्मालाई पनि भन्नुहुन्छ मलाई याद गर्यौ भने यो बन्छौ अर्थात् ब्रह्मा मुख वंशावली सबैलाई भन्नुभयो मलाई याद गर। कसरी याद गर्नुपर्छ, यो पनि बुद्धिमा छ। चित्र पनि सामुन्ने छ। यिनीहरूमा सम्झाउन धेरै सहज छ। बाबाको परिचय दिनु छ। प्रदर्शनीमा पनि यसद्वारा सम्झाऊ। यो निश्चय बस्छ अवश्य, उहाँ सबैको बेहदका बाबा हुनुहुन्छ। यस हिसाबले हामीलाई बेहदको वर्सा मिल्नुपर्छ। हामी निराकारी आत्माहरू त भाइ-भाइ हौं। जब साकारमा आउँछौं, भाइ-बहिनी बन्छौ, अनि पढ्न सकिन्छ। भाइ-बहिनी बन्छन् नै ब्रह्माका बच्चाहरू। वर्सा बाबाबाट मिल्छ। यो बुद्धिमा बसाउनु छ। कसैलाई पनि सम्झाऊ। पहिला बाबाको परिचय देऊ। हामी ब्रदरहुड अर्थात् भाइ भाइ हौं, सर्वव्यापी भन्नाले फादरहुड हुन जान्छ। फादरहुडलाई वर्सा कहाँबाट मिल्छ। फादर-फादर भन्दै गिर्दै आए। वर्सा केही पनि छैन। अब ब्रदरहुड सम्झिनाले नै वर्सा मिल्छ। यसमा राम्ररी सम्झाउनाले बुद्धिमा जो अष्ट देवता आदि बसेका छन्, ती सबै हटेर जान्छन्। भन, दुई पिता छन्। रूहानी बाबा, जसबाट सर्वका सद्गति हुनु छ, उहाँले नै सुख-शान्तिको वर्सा दिनुहुन्छ। सबै सुखी हुन्छन्। उहाँलाई भनिन्छ हेविनली गड फादर, स्वर्गका रचयिता। पहिला बाबाको प्रभाव बुद्धिमा बसाउनु पर्छ। उहाँ हुनुहुन्छ आत्माहरूका बेहदका बाबा। उहाँलाई नै पतित-पावन भनिन्छ। तिमी आत्माहरू परमपिता परमात्माका बच्चा हौ। यो पक्का निश्चय गर। मूल कुरा पहिला यो बुद्धिमा बसाउनु छ। यो बुझे भने खुशीको पारा चढ्छ। भनून् मैले बाबालाई याद अवश्य गर्नेछु। हामीलाई निश्चय छ, हामी बाबालाई याद गरेर विश्वको मालिक बन्छौं। तिनीहरूमा यसको खुशी धेरै हुन्छ। समझदार छ र बुद्धिमा पूरा निश्चय छ भने भन्छ यस्तो बेहदका बाबा जो दादामा आउनु हुन्छ, पहिला उहाँसँग मिलौं। शिवबाबाले ब्रह्माद्वारा नै हामीसँग कुरा गर्न सक्नुहुन्छ। तिमी आत्मा उहाँसँग मिलेका त छैनौ भने याद कसरी गर्न सक्छौ? बच्चाहरू एडप्ट भएपछि याद आउँछ। एडप्ट नै भएनन् भने याद कसरी आउँछ? पहिला उहाँको बन। यस्तो बाबासँग त तुरुन्त मिल्नुपर्छ। बाबाले पनि यही सोध्नुहुन्छ तिमीले आफूलाई आत्मा सम्झन्छौ? म तिमी आत्माको पिता हुँ। शिवबाबाले तिमीसँग कुरा गरिरहनु भएको छ। मेरो आत्माको बाबा नै तिम्रो पनि बाबा हुनुहुन्छ। उहाँले सोध्नुहुन्छ तिमीलाई निश्चय छ सबै आत्माहरूको बाबा अवश्य एउटै हुनुहुन्छ। उहाँले नै वर्सा दिनुहुन्छ। पवित्र पनि बन्नु छ। उहाँ बाहेक अरू सबैलाई भुल्नु छ। तिमी आत्माहरू घरबाट नाङ्गै आएका थियौ नि। कुनै पनि देह, सम्बन्ध थिएन। आत्मा जब शरीरमा प्रवेश गर्छ, ठूलो हुन्छ अनि उसलाई सम्झाइन्छ यिनी तिम्रो पिता हुन्, यिनी फलानो हुन्। आत्मा त सबै सम्बन्धबाट न्यारा छ। आत्माले शरीर छोडेर गयो भने भनिन्छ आफू मर्यो, दुनियाँ मर्यो। बन्धन रहित हुन्छ, जबसम्म अर्को शरीर मिल्दैन। माताको गर्भमा गएर बाहिर निस्किन्छ, समझदार भएपछि हुन्छ सम्बन्धको कुरा। त्यस्तै यहाँ पनि तिमी बच्चाहरूले सम्झाउनु छ। जीवन छँदै सबै कुरा भुल्नु छ। एक बाबालाई याद गर्नु छ यो हो अव्यभिचारी याद। यसलाई नै योग भनिन्छ। यहाँ त मनुष्यहरूलाई अनेकौंको याद रहन्छ। तिम्रो हो अव्यभिचारी याद। आत्माले जान्दछ यी शरीरका सबै सम्बन्ध खतम भएर जान्छन्। हाम्रो सम्बन्ध एक बाबाको साथमा छ, बाबालाई जति याद गर्यो, त्यति विकर्म विनाश हुन्छ। यस्तो पनि होइन मित्र-सम्बन्धीलाई याद गर्नाले कुनै विकर्म बन्छ। विकर्म तब बन्छ, जब यस्तो कुनै गलत कर्म गरिन्छ। बाँकी अरू कसैलाई याद गर्नाले विकर्म बन्दैन। हो, समय व्यर्थ अवश्य जान्छ। एक बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ। यो युक्ति हो पाप काट्ने। बाँकी सम्बन्धी आदिको त याद हुन्छ। शरीर निर्वाह अर्थ धन्दा आदि सबै गर, तर जति समय मिल्छ याद गर्दै गर, अनि मैला निस्किन्छ। मूल कुरा हो यो। भित्र विचार गर पतितबाट पावन कसरी बन्ने? बाबालाई याद गर्नुपर्छ। गृहस्थ व्यवहारमा रहनु छ। संन्यासीहरू पनि शरीर छोडेर फेरि गृहस्थीको पासमा गएर जन्म लिन्छन्। यस्तो त होइन जन्म-जन्मान्तरको लागि पावन बन्छन्। अहिले कुनै निर्विकारी दुनियाँ त छैन। यो हो विकारी दुनियाँ। यसबाट कोही पनि छुट्न सक्दैन। विकारी दुनियाँमा रहेको हुनाले कुनै न कुनै कमी अवश्य हुन्छ। बाँकी दुनियाँ त छन् नै दुई। विकारी दुनियाँ र निर्विकारी दुनियाँ, पावन दुनियाँमा देवताहरू रहन्छन् त्यसैले सम्झाउन धेरै सहज हुन्छ। यस पतित दुनियाँको अब विनाश हुँदैछ। विनाश हुनु भन्दा पहिला बेहद बाबासँग वर्सा लिनु छ। बाबा भन्नुहुन्छ देहका सम्बन्ध छोडेर आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर अनि तिमी पावन बन्छौ। बाबा भन्नुहुन्छ तिमीले मलाई पतित-पावन भन्छौ नि। गंगामा डुबुल्की लगाउने त धेरै छन्। त्यसैगरी कहाँ पावन बन्छन् र! प्रदर्शनीमा धेरै राम्ररी सम्झाउनु पर्छ। प्रजापिता त यहीँ चाहिन्छ। तल ब्रह्मा र ब्रह्माकुमार-कुमारीहरूले तपस्या गरिरहेका छन्। त्यसैले यो कुरा राम्ररी सम्झाउनु पर्छ। सबैलाई दिलैदेखि सम्झाउनु छ। धेरै बोल्नाले बदनाम गर्छौ। यदि कहीं अलमलमा पर्छौ भने भन एकैछिन पर्खनुहोस् म अर्की दिदीलाई पठाउँछु। एक अर्को भन्दा तीक्ष्ण हुन्छन् नि। प्रदर्शनी, मेलामा निरीक्षण पनि गर्नुपर्छ, ठीकसँग सम्झाउँछन्। कुनै वादविवाद त गर्दैनन्? गेटमा पनि चिनेजानेको व्यक्ति हुनुपर्छ। अनेक प्रकारका आउँछन् नि। ठूलाबडा मानिसलाई अवश्य सम्मान दिइन्छ। फरक त अवश्य हुन्छ। यसमा यो आउनु हुँदैन यिनीसँग प्यार छ, यिनीसँग छैन। यसमा द्वैत दृष्टि छ। होइन, यसलाई द्वैत भनिदैन। सम्झन्छन् यहाँ ठूला व्यक्तिको सम्मान गरिन्छ। सेवाधारीको सम्मान गरिन्छ नि। कसैले घर बनाएका छन् भने उनको सम्मान अवश्य गरिन्छ। तिम्रो लागि नै घर बन्छ नि। जो मेहनत गरेर राजा बन्छन्, प्रजाले स्वाभाविक रूपमा उनको सम्मान गर्छन् नि। कम पदकाबाट, उच्च पदकाको सम्मान अवश्यै हुन्छ नि। सारा दुनियाँका आत्माहरू बेहदका बाबाका बच्चा हुन्। तर जन्म लिएका छन् यहाँ। जो पहिला उच्च थिए, अब नीच बनेका छन्। त्यसैले बाबा भन्नुहुन्छ म आएको छु पढाउन। म यहाँ आउँछु अनि सबैको कल्याण हुन्छ। खास र सामान्य त हुन्छ नै। अहिले नर्क छ फेरि स्वर्ग बन्नु छ। त्यसैले यहाँ नै आउनु हुन्छ नि, अरू ठाउँमा आएर के गर्ने? यहाँ नै भक्ति मार्गमा सबैभन्दा पहिला सोमनाथको धेरै भव्य मन्दिर बनाइएको थियो। जसरी बेलायतमा ठूला-ठूला चर्च बनाउँछन् किनकि पोपले लिएको राजाई हो। सबै चर्चहरू उस्तै हुँदैनन्। नम्बरवार त हुन्छन् नै। सोमनाथको मन्दिर कति हीरा-जुहारतबाट भरपुर थियो, मुसलमान आदिले लुटेर लगे। धेरै धनवान थिए। चर्चबाट के लुट्छन्? मनुष्य धनको पछि पर्छन् नि। मुहम्मद गजनवीले कति लिएर गए। फेरि अंग्रेज आए, उनीहरूले पनि यहाँबाट धन पठाउँदै गए। धेरै धन लिएर गए। अब त्यो तिमीलाई फिर्ता मिलिरहेको छ। करोडौं रूपैंया दिन्छन्। यो सबै अब मिलिरहेको छ। हिसाब मिल्दैन भने समय आउँदा कसरी चल्छ। बाबाले सम्झाउनु हुन्छ यो ड्रामा कस्तो बनेको छ! यो लेन-देनको हिसाब कस्तो छ। फेरि पनि तिमी बच्चाहरूलाई अब स्वर्गको मालिक बन्नु छ। यो दुनियाँको इतिहास-भूगोलले कसरी चक्कर लगाउँछ, त्यो पनि बच्चाहरूलाई सम्झाइएको छ। फेरि पनि भन्नुहुन्छ प्यारा बच्चाहरू मनमनाभव। यो सबै फेरि पनि दोहोरिन्छ। हरेक चीज सतोबाट तमोप्रधान बन्छ। दिनमा काम-धन्दा आदि गर्छौ, त्यो समय छोड। बाँकी जति समय मिल्छ मलाई याद गर। धन्दा आदिमा पनि कहिलेकाहीँ समय मिल्छ। कतिको यस्तो सर्भिस हुन्छ, केवल सही गर्यो, पुग्यो। यस्ता पनि धेरै फ्री रहन्छन्। फेरि पनि रात त आफ्नै हो। दिनमा शरीर निर्वाहको लागि कमाई गर्छौ, रातमा फेरि यो कमाई गर्छौ। यो हो भविष्य २१ जन्मको लागि। भनिन्छ एक घडी, आधा घडी जति हुन सक्छ बाबाको यादमा बस, अनि तिम्रो धेरै कमाई हुन्छ। समझदार जो हुन्छ, उसले बुझ्छ अवश्य धेरै कमाई गर्न सकिन्छ। कसै-कसैले चार्ट पनि लेख्छन् हामीले यति समय याद गर्यौं। अज्ञान कालमा कसैले आफ्नो दिनचर्या लेख्छन्। तिमीले पनि चार्ट लेख्यौ भने ध्यान रहन्छ। कुनै समय व्यर्थ त हुँदैन? कुनै विकर्म त गरिनँ? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) द्वैत भावना समाप्त गरेर सबैको सम्मान राख्नु छ। सबैलाई दिलदेखि सम्झाउनु छ। कमाईमा व्यस्त रहनु छ।

२) जीवन छँदै सबै कुरा भुलेर एक बाबालाई याद गर्नु छ। शरीर निर्वाहको लागि कर्म पनि गर्नु छ। साथ-साथै समझदार बनेर अविनाशी कमाई पनि गर्नु छ। यादको चार्ट राख्नु छ।

वरदान:
बेहदको वैराग्य वृत्तिद्वारा नष्टोमोहा स्मृति स्वरूप बन्ने अचल - अडोल भव

जो सदा बेहदको वैराग्य वृत्तिमा रहन्छ, ऊ कहिल्यै कुनै पनि दृश्यलाई देखेर आत्तिदैन वा हल्लिदैन, सदा अचल-अडोल रहन्छ किनकि बेहदको वैराग्य वृत्तिद्वारा नष्टोमोहा स्मृति स्वरूप बन्छ। यदि अलिकति केही देखेर अंश मात्र पनि हलचल हुन्छ या मोह उत्पन्न हुन्छ भने अंगद समान अचल-अडोल भनिँदैन। बेहदको वैराग्य वृत्तिमा गम्भीरताको साथसाथै रमणिकता पनि भरिएको हुन्छ।

स्लोगन:
राज्य अधिकारीको साथ-साथै बेहदको वैरागी बनेर रहनु यही राजऋषिको निशानी हो।