09.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बिहान सबेरै उठेर बाबासँग मीठा-मीठा कुरा गर , विचार सागर मन्थन गर्नको लागि सबेरैको समय धेरै राम्रो हुन्छ।

प्रश्न:
भक्तहरूले पनि भगवानलाई सर्वशक्तिमान् भन्छन् र तिमी बच्चाहरूले पनि भन्छौ, तर दुवैमा अन्तर के छ?

उत्तर:
उनीहरूले भन्छन् भगवानले जे चाह्यो त्यो गर्न सक्नुहुन्छ। सबै कुरा उहाँकै हातमा छ। तर तिमीलाई थाहा छ, बाबाले भन्नुभएको छ म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। ड्रामा सर्वशक्तिमान् छ। बाबालाई सर्वशक्तिमान् यसैले भनिन्छ किनकि उहाँसँग सबैलाई सद्गति दिने शक्ति छ। यस्तो राज्य स्थापना गर्नुहुन्छ जसलाई कसैले छिन्न सक्दैन।

ओम् शान्ति ।
कसले भन्यो? बाबाले। ओम् शान्ति यो कसले भन्यो? दादाले। अब तिमी बच्चाहरूले यो पहिचान गरेका छौ। उच्च भन्दा उच्च बाबाको महिमा त धेरै छ। भन्छन् सर्वशक्तिमान् हुनुहुन्छ त्यसैले के गर्न सक्नुहुन्न? भक्तहरूले त सर्वशक्तिमानको अर्थ धेरै निकाल्छन्। बाबा भन्नुहुन्छ ड्रामा अनुसार सबै कुरा हुन्छ, मैले केही पनि गर्दिनँ। म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। केवल तिमीले बाबालाई याद गर्नाले सर्वशक्तिमान् बन्छौ। पवित्र बनेपछि तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले सिकाउनु पर्छ। प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ फेरि सर्वशक्तिमान् बनेर विश्वमा राज्य गर्नेछौ। शक्ति नहुने हो भने राज्य कसरी गर्छौ? शक्ति मिल्छ योगबाट त्यसैले प्राचीन योगका बारेमा धेरै गायन छ। तिमी बच्चाहरू नम्बरवार याद गरेर खुसी हुन्छौ। तिमीले जानेका छौ हामी आत्माहरूले बाबालाई याद गरेर विश्वमा राज्य प्राप्त गर्न सक्छौं। कसैको तागत छैन जसले छिन्न सकोस्। उच्च भन्दा उच्च बाबाको महिमा सबैले गर्छन् तर केही पनि बुझ्दैनन्। एउटा पनि मनुष्य छैन जसलाई यो थाहा होस् यो नाटक हो। यदि नाटक हो भनेर बुझ्ने हो भने सुरुदेखि अन्त्यसम्म त्यो याद आउनु पर्छ। नत्र नाटक भन्नु नै गलत हुन जान्छ। भन्छन् पनि यो नाटक हो, हामी पार्ट खेल्न आएका छौं। त्यसैले यस नाटकको आदि-मध्य-अन्त्यलाई पनि जान्नुपर्छ नि। यो पनि भन्छन् हामी माथिबाट आउँछौं त्यसैले त वृद्धि भइरहन्छ नि। सत्ययुगमा त थोरै मनुष्य थिए। यति सबै आत्माहरू कहाँबाट आए, यो कसैले बुझ्दैन अनादि बनिबनाऊ अविनाशी ड्रामा हो। जो आदिदेखि अन्त्यसम्म दोहोरिरहन्छ। तिमीले सुरुदेखि अन्त्यसम्म सिनेमा हेर, यदि फेरि अर्कोपटक रिपिट गरेर हेर्यौ भने चक्र अवश्य हुबहु दोहोरिन्छ। अलिकति पनि फरक हुँदैन।

बाबाले प्यारा बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। कति मीठो बाबा हुनुहुन्छ। बाबा हजुर कति मीठो हुनुहुन्छ! बाबा! अब त हामी जान्छौं आफ्नो सुखधाममा। अहिले यो थाहा भएको छ आत्मा पावन बनेर गएपछि त दूध पनि त्यहाँ पावन मिल्छ। श्रेष्ठाचारी माताहरू धेरै मीठा हुन्छन्, समय भएपछि बच्चालाई आफैं दूध पिलाउँछन्। बच्चालाई रुने आवश्यकता हुँदैन। यसरी-यसरी यो पनि विचार सागर मन्थन गर्नुपर्ने हुन्छ। बिहान बाबासँग कुरा गर्न धेरै मजा आउँछ। बाबा हजुरले कति राम्रो युक्ति बताउनु हुन्छ, श्रेष्ठाचारी राज्य स्थापना गर्ने। फेरि श्रेष्ठाचारी माताको कोखमा जान्छौं। अनेक पटक हामी नै त्यस नयाँ सृष्टिमा गएका थियौं। अब हाम्रा खुसीका दिन आउँछन्। यो खुसीको खुराक हो त्यसैले गायन पनि छ अतीन्द्रिय सुख सोध्नु छ भने गोप-गोपिनीहरूसँग सोध। अहिले हामीलाई बेहदको बाबा मिल्नु भएको छ। हामीलाई फेरि स्वर्गको मालिक, श्रेष्ठाचारी बनाउनु हुन्छ। कल्प-कल्प हामीले आफ्नो राज्य-भाग्य लिन्छौं। हार खान्छौं फेरि जित्छौं। अहिले बाबालाई याद गरेर नै रावणमाथि विजय पाउनु छ फेरि हामी पावन बनेर जानु छ। त्यहाँ लडाईं दु:ख आदिको नाम हुँदैन, कुनै खर्च हुँदैन। भक्ति मार्गमा जन्म-जन्मान्तर कति खर्च गर्यौं, कति धक्का खायौं, कति गुरु बनायौं। अब फेरि आधाकल्प हामीले कुनै गुरु बनाउँदैनौं। शान्तिधाम, सुखधाम जान्छौं। बाबा भन्नुहुन्छ तिमी सुखधामका यात्री हौ। अब दु:खधामबाट सुखधाममा जानु छ। वाह! हाम्रो बाबा, कसरी हामीलाई पढाइरहनु भएको छ। हाम्रो यादगार पनि यहाँ छ। यो त धेरै आश्चर्य छ। यस देलवाडा मन्दिरको त अपरम्पपार महिमा छ। अहिले हामीले राजयोग सिक्छौं। यसको यादगार त अवश्य बन्छ नि। यो हुबहु हाम्रो यादगार हो। बाबा, मम्मा र बच्चाहरू बसेका छन्। तल योग सिकिरहेका छन्, माथि स्वर्गको राजाईं छ। वृक्षमा कति स्पष्ट छ। बाबाले कसरी साक्षात्कार गराएर फेरि चित्र बनाउन लगाउनु भएको हो। बाबाले नै साक्षात्कार गराएर फेरि सुधार पनि गर्नुभयो। कति आश्चर्य छ। सारा नयाँ ज्ञान हो। यस ज्ञानको विषयमा कसैलाईपनि थाहा छैन। बाबा नै बसेर सम्झाउनु हुन्छ, मनुष्य कति तमोप्रधान बन्दै जान्छन्। मनुष्य सृष्टि बढ्दै जान्छ। भक्ति पनि वृद्धि हुँदै-हुँदै तमोप्रधान बन्छ। यहाँ अब तिमीले सतोप्रधान बन्ने पुरुषार्थ गर्छौ। गीतामा पनि शब्द छ मनमनाभव। केवल यो जानेका छैनन् भगवान को हुनुहुन्छ? तिमी बच्चाहरूले सबेरै सबेरै उठेर विचार सागर मन्थन गर्नु छ मनुष्यलाई भगवानको परिचय कसरी दिऔं। भक्तिमा पनि मनुष्य सबेरै सबेरै उठेर कोठामा भक्ति गर्छन्। यो पनि विचार सागर मन्थन भयो नि। अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिल्छ। बाबाले तेस्रो नेत्र दिने कथा सुनाउनु हुन्छ। यसलाई नै फेरि तीजरीको कथा भनिदिएका छन्। तीजरीको कथा, अमरकथा, सत्य नारायणको कथा पनि प्रसिद्ध छन्। सुनाउने एउटै बाबा हुनुहुन्छ जो फेरि भक्ति मार्गमा चल्छ। ज्ञानले तिमी बच्चाहरू सम्पन्न बन्छौ, त्यसैले देवताहरूलाई पदमपति भनिन्छ। देवताहरू धेरै धनवान, पदमपति बन्छन्। कलियुगलाई पनि हेर र सत्ययुगलाई पनि हेर रात दिनको फरक छ। सारा दुनियाँको सफाइ हुनमा समय लाग्छ नि। यो बेहदको दुनियाँ हो। भारतवर्ष हो नै अविनाशी खण्ड। यो कहिल्यै प्राय: लोप हुँदैन। एकै खण्ड रहन्छ आधाकल्प। फेरि अरू खण्ड इमर्ज हुन्छन् नम्बरवार। तिमी बच्चाहरूलाई कति ज्ञान मिल्छ। भन विश्वको इतिहास भूगोलले कसरी चक्कर लगाउँछ आएर बुझ्नुहोस्। प्राचीन ऋषि मुनिहरूको कति मान छ, तर उनीहरूले पनि सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेका छैनन्। उनीहरू हठयोगी हुन्। हो, बाँकी उनीहरूमा पवित्रताको तागत छ जसद्वारा सृष्टिलाई थमाउँछन्। नत्र दुनियाँ थाहा छैन के हुन्थ्यो। घरमा झाडु-पोचा आदि लगाइन्छ नि तब शोभा हुन्छ। भारतवर्ष महान् पवित्र थियो, अहिले त्यही पतित बनेको छ। त्यहाँ तिम्रो सुख पनि धेरै समय चल्छ। तिमीसँग धेरै धन हुन्छ। तिमी यहाँ नै रहन्थ्यौ। तिम्रो राज्य थियो, हिजोको कुरा हो। फेरि पछि अन्य धर्म आए। उनीहरूले आएर केही सुधार गरेर आफ्नो नाम प्रसिद्ध गरेका छन्। अब ती पनि सबै तमोप्रधान बनेका छन्। अहिले तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। यी सबै कुरा नयाँलाई सुनाउनु हुँदैन। सबैभन्दा पहिला त बाबाको परिचय दिनु पर्छ। बाबाको नाम, रूप, देश, काललाई जान्नुहुन्छ? उच्च भन्दा उच्च बाबाको पार्ट त प्रसिद्ध छ नि। अहिले तिमीलाई थाहा छ उहाँ बाबाले नै हामीलाई निर्देशन दिइरहनु भएको छ। तिमीले फेरि आफ्नो राजधानी स्थापना गरिरहेका छौ। तिमी बच्चाहरू मेरा सहयोगी हौ। तिमी पवित्र बन्छौ। तिम्रो लागि पवित्र दुनियाँ अवश्य स्थापना हुनु छ। तिमीले यो लेख्न सक्छौ पुरानो दुनियाँ बदलिइरहेको छ। फेरि यो सूर्यवंशी-चन्द्रवंशी राज्य हुन्छ। फेरि रावण राज्य हुन्छ। चित्रहरूमा सम्झाउन धेरै राम्रो लाग्छ, यिनीहरूमा तिथि-मिति सबै लेखिएको छ। भारतवर्षको प्राचीन राजयोग मतलब याद। यादद्वारा विकर्म विनाश हुन्छ र पढाइद्वारा पद मिल्छ। दैवीगुण धारण गर्नु छ। हो, यति अवश्य हो मायाको तुफान आउँछ। सबेरै उठेर बाबासँग कुराकानी गर्नु धेरै राम्रो हुन्छ। भक्ति र ज्ञान दुवैको लागि यो समय राम्रो हुन्छ। मीठा मीठा कुराकानी गर्नुपर्छ। अब हामी श्रेष्ठाचारी दुनियाँमा जान्छौं। वृद्धहरूको दिलमा त यो रहँदो हो नि हामी शरीर छोडेर गर्भमा जान्छौं। बाबाले कति नशा चढाउनु हुन्छ। बसेर यस्ता-यस्ता कुरा गर्यौ भने पनि तिम्रो पुण्य जम्मा हुन्छ। शिवबाबाले हामीलाई नर्कवासीबाट स्वर्गवासी बनाइरहनु भएको छ। सबैभन्दा पहिला हामी आउँछौं, सारा अलराउन्ड पार्ट हामीले बजाएका छौं। अब बाबा भन्नुहुन्छ यस छी-छी चोलालाई छोडिदेऊ। देहसहित सारा दुनियाँलाई भुल्दै जाऊ। यो हो बेहदको संन्यास। त्यहाँ पनि तिमी वृद्ध भएपछि साक्षात्कार हुन्छ म बच्चा बन्छु। खुसी हुन्छ। बचपन त सबैभन्दा राम्रो हुन्छ। यसरी यसरी सबेरै बसेर विचार सागर मन्थन गर्नु छ। प्वाइन्टहरू निस्कन्छन् तब तिमीलाई खुसी हुन्छ। खुसीमा घण्टा, डेढ घण्टा बित्छ। जति अभ्यास हुँदै जान्छ त्यति खुसी बढ्दै जान्छ। धेरै मजा आउँछ र फेरि घुम्दा-फिर्दा याद गर्नु छ। फुर्सद धेरै छ, हो विघ्न पर्छन्, त्यसमा कुनै शंका छैन। धन्दामा मनुष्यलाई निद्रा आउँदैन।

निदाउँछन्। तिमीले जति हुन सक्छ शिवबाबालाई नै याद गरिराख। तिमीलाई बुद्धिमा रहन्छ शिवबाबाको लागि हामी भोजन बनाउँछौं। शिवबाबाको लागि हामी यो गर्छौं। भोजन पनि शुद्धिसँग बनाउनु छ। यस्तो चीज नहोस् जसबाट खिटपिट होस्। यी बाबा स्वयं पनि याद गर्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बिहान सबेरै उठेर बाबासँग मीठा-मीठा कुरा गर्नु छ। सधैं खुसीको खुराक खाँदै अतीन्द्रिय सुखको अनुभव गर्नु छ।

२) सत्ययुगी राजधानी स्थापना गर्नमा बाबाको पूरा सहयोगी बन्नको लागि पावन बन्नु छ। यादद्वारा विकर्म विनाश गर्नु छ, भोजन पनि शुद्धसँग बनाउनु छ।

वरदान:
स्व स्थितिद्वारा परिस्थितिहरूमा थि विजय प्राप्त गर्ने संगमयुगी विजयी रत्न भव

परिस्थितिहरूमाथि विजय प्राप्त गर्ने साधन हो स्व-स्थिति। यो देह पनि पर हो, स्व होइन। स्व स्थिति अथवा स्वधर्मले सदा सुखको अनुभव गराउँछ र प्रकृति-धर्म अर्थात् पर धर्म अथवा देहको स्मृतिले कुनै न कुनै प्रकारको दु:खको अनुभव गराउँछ। त्यसैले जो सदा स्व स्थितिमा रहन्छन्, उनीहरूले सदा सुखको अनुभव गर्छन्, उनीहरूको समीप दु:खको लहर आउन सक्दैन। उनीहरू संगमयुगी विजयी रत्न बन्छन्।

स्लोगन:
परिवर्तन शक्तिद्वारा व्यर्थ संकल्पको बहावको फोर्सलाई समाप्त गर।


मातेश्वरीजीका अनमोल महावाक्य:

यस अविनाशी ईश्वरीय ज्ञान प्राप्त गर्नको लागि कुनै पनि भाषा सिक्नु पर्दैन

हाम्रो जुन ईश्वरीय ज्ञान छ, त्यो धेरै नै सहज र मीठो छ, यसबाट जन्म जन्मान्तरको लागि कमाई जम्मा हुन्छ। यो ज्ञान यति सहज छ जुन कुनै पनि महान आत्मा, अहिल्या जस्ता पत्थरबुद्धि, कुनै पनि धर्मको बालक देखि लिएर वृद्धसम्म जसले पनि प्राप्त गर्न सक्छ। हेर, यति सहज हुँदाहुँदै पनि दुनियाँले यस ज्ञानलाई धेरै कठिन सम्झन्छन्। कसैले सम्झन्छन् जब हामी वेद, शास्त्र, उपनिषद पढेर ठूला ठूला विद्वान बनेका छौं। त्यसको लागि त फेरि भाषा सिक्नु पर्छ। धेरै हठयोग गरेपछि मात्र प्राप्ति हुन सक्छ। तर यो कुरा त हामीले अनुभवले जानिसकेका छौं, यो ज्ञान धेरै नै सहज र सरल छ किनकि स्वयं परमात्माले पढाइरहनुभएको छ, यसमा न कुनै हठक्रिया,न जप-तप, न शास्त्रवादी पण्डित बन्न, न यसको लागि कुनै संस्कृत भाषा सिक्न आवश्यक छ। यहाँ त नेचुरल रूपमा आत्माले आफ्ना परमपिता परमात्मासँग योग लगाउनु छ। कुनै ज्ञानको धारणा हुन सकेन भने पनि केवल योगबाट मात्रै पनि धेरै फाइदा हुन्छ। यसबाट एक त पवित्र बनिन्छ, दोस्रो फेरि कर्मबन्धन भस्मीभूत हुन्छ र कर्मातीत बनिन्छ। यति तागत छ यस सर्वशक्तिमान परमात्माको यादमा! हुन त उहाँले हामीलाई आफ्नो साकार ब्रह्मा तनद्वारा योग सिकाइरहनुभएको छ तर याद फेरि डाइरेक्ट उहाँ ज्योति स्वरूप शिव परमात्मालाई गर्नु पर्छ। त्यस यादद्वारा नै कर्मबन्धनको मैला उत्रिन्छ। अच्छा। ओम् शान्ति।