09.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो याद धेरै अद्भुत छ किनकि तिमी एकै साथ बाबा , शिक्षक र सद्गुरु तीनैलाई याद गर्छौ।

प्रश्न:
कुनै पनि बच्चालाई मायाले जब घमण्डी बनाउँछ अनि कुन कुराको बेवास्ता गर्छन्?

उत्तर:
घमण्डी बच्चाहरू देह-अभिमानमा आएर मुरलीलाई बेवास्ता गर्छन्, भनाइ छ नि चुहे को हल्दी की गाँठ मिली, समझा मै पंसारी हुँ...। धेरै छन् जसले मुरली पढ्दै पढ्दैनन्, भनिदिन्छन् मेरो त डाइरेक्ट शिवबाबासँग सम्बन्ध छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! मुरलीमा त नयाँ-नयाँ प्वाइन्टहरू निक्लन्छन्, त्यसैले मुरली कहिल्यै मिस नगर, यसमा धेरै ध्यान रहोस्।

ओम् शान्ति ।
प्यारा सिकिलधे बच्चाहरूसँग रूहानी बाबा सोध्नुहुन्छ यहाँ तिमी बसेका छौ, कसको यादमा बसेका छौ? (बाबा, शिक्षक, सद्गुरुको)। सबै यी तीनैको यादमा बसेका छौ? हरेकले आफूसँग सोध यो केवल यहाँ बस्दा याद रहन्छ वा हिंड्दा डुल्दा पनि याद रहन्छ? किनकि यो अनौठो कुरा हो। अरू कुनै आत्मालाई कहिल्यै यस्तो भनिंदैन। हुन त यी लक्ष्मी-नारायण विश्वका मालिक हुन्। तर उनीहरूको आत्मालाई कहिल्यै यस्तो भनिंदैन उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। हुन त सारा दुनियाँमा जति पनि जीव आत्माहरू छन्, कुनै पनि आत्मालाई यस्तो भनिंदैन। तिमी बच्चाहरू नै यसरी याद गर्छौ। भित्र आउँछ उहाँ बाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। सो पनि सुप्रिम। तीनैलाई याद गर्छौ वा एकलाई? हुन त उहाँ एक हुनुहुन्छ तर तीनै गुणसहित याद गर्छौ। शिवबाबा हाम्रो बाबा पनि हुनुहुन्छ, शिक्षक र सद्गुरु पनि हुनुहुन्छ। उहाँलाई असाधारण भनिन्छ। जब बस्छौ अथवा हिंडडुल गर्छौ तब यो याद रहनु पर्छ। बाबा सोध्नुहुन्छ यसरी याद गर्छौ? उहाँ हाम्रा बाबा, शिक्षक, सद्गुरु पनि हुनुहुन्छ। यस्तो कुनै पनि देहधारी हुन सक्दैन। देहधारी नम्बरवन हुन् कृष्ण, उनलाई बाबा, शिक्षक, सद्गुरु भन्न सकिँदैन, यो बिलकुल अनौठो कुरा छ। सत्य बताउनु पर्छ तीनै रूपमा याद गर्छौ? भोजनमा बस्दा केवल शिवबाबालाई याद गर्छौ वा तीनै सम्बन्ध बुद्धिमा आउँछ? अरू त कुनै पनि आत्मालाई यस्तो भन्न सकिँदैन। यो हो अनौठो कुरा। विचित्र महिमा छ बाबाको। त्यसैले बाबालाई याद पनि यसरी गर्नु छ। त्यसैले बुद्धि एकदम त्यसतर्फ जान्छ जो यस्तो अनौठो हुनुहुन्छ। बाबा नै बसेर आफ्नो परिचय दिनुहुन्छ फेरि सारा चक्रको पनि ज्ञान दिनुहुन्छ। यसरी नै यी युगहरू छन्, यति-यति वर्षका छन् जो घुमिरहन्छन् यो ज्ञान पनि उहाँ रचयिता बाबाले नै दिनुहुन्छ। त्यसैले उहाँको याद गर्दा धेरै मदत मिल्छ। बाबा, शिक्षक, गुरु उहाँ एकै हुनुहुन्छ। यति उच्च आत्मा अरू कोही हुन सक्दैन। तर मायाले यस्ता बाबाको यादलाई पनि भुलाइदिन्छ, त्यसैले शिक्षक र गुरुलाई पनि भुल्छन्। यो हरेकले आ-आफ्नो दिलमा लगाउनु पर्छ बाबाले हामीलाई यस्तो विश्वको मालिक बनाउनु हुन्छ। बेहदका बाबाको वर्सा अवश्य बेहदको नै हुन्छ। साथ-साथै यो महिमा पनि बुद्धिमा आओस्, चल्दा-फिर्दा तीनै सम्बन्ध याद आओस्। उहाँ एक आत्माको तीनवटै सेवा एकसाथ हुन्छ, त्यसैले उहाँलाई सुप्रिम भनिन्छ।

सम्मेलन आदिमा बोलाउँछन्, भन्छन् विश्वमा शान्ति कसरी हुन्छ? त्यो त अहिले भइरहेको छ, आएर बुझून्। कसले गरिरहेको छ? तिमीले बाबाको कर्तव्यलाई सिद्ध गरेर बताउनु पर्छ। बाबाको कर्तव्य र कृष्णको कर्तव्यमा धेरै फरक छ। अरू त सबैको नाम शरीरको नै लिइन्छ। उहाँको आत्माको नाम गायन गरिन्छ। उहाँ आत्मा बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। आत्मामा ज्ञान छ तर कसरी दिने? शरीरद्वारा नै दिनुहुन्छ नि। जब दिनुहुन्छ तब त महिमा गाइन्छ। अब शिवजयन्तीमा बच्चाहरू सम्मेलन गर्छन्। सबै धर्मका नेताहरूलाई बोलाउँछन्। तिमीले सम्झाउनु छ ईश्वर सर्वव्यापी हुनुहुन्न। यदि सबैमा ईश्वर हुनुहुन्छ भने के हरेक आत्मा भगवान पिता पनि हुने भयो, शिक्षक पनि हुने भयो, गुरु पनि हुने भयो! भन, के सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ? यो कसैले सुनाउन सक्दैन।

तिमी बच्चाहरूको मनमा आउनु पर्छ उच्च भन्दा उच्च बाबाको कति महिमा छ। उहाँ सारा विश्वलाई पावन बनाउनेवाला हुनुहुन्छ। प्रकृति पनि पावन बन्छ। सम्मेलनमा पहिला-पहिला त तिमी यो सोध्छौ गीताका भगवान को हो? सत्ययुगी देवी-देवता धर्मको स्थापना गर्नेवाला को? यदि कृष्णलाई भन्ने हो भने बाबालाई गुम गरिदिन्छन् वा फेरि भनिदिन्छन् नाम-रूप भन्दा अलग हुनुहुन्छ। मानौं हुनुहुन्न। त्यसैले विना बाबा अनाथ ठहरिए नि। बेहदका बाबालाई नै जानेका छैनन्। एक अर्कामा काम कटारी चलाएर कति हैरान गर्छन्। एक अर्कालाई दु:ख दिन्छन्। त्यसैले यी सबै कुरा तिम्रो बुद्धिमा चल्नुपर्छ। तुलना गर्नु छ यी लक्ष्मी-नारायण भगवान-भगवती हुन् नि, यिनीहरूको पनि वंशावली छ नि। त्यसैले अवश्य यस्ता देवी-देवता हुनुपर्छ। तिमीहरू सबै धर्मकालाई बोलाउँछौ। जसले राम्रोसँग पढे-लेखेका छन्, बाबाको परिचय दिन सक्छन्, उनीहरूलाई नै बोलाउनु छ। तिमी लेख्न सक्छौ जो आएर रचयिता र रचनाको आदि-मध्य-अन्त्यको परिचय दिनुहुन्छ उहाँको लागि हामी आउने-जाने, रहने आदि सबैको प्रबन्ध गर्नेछौं, यदि रचयिता र रचनाको परिचय दिनुहुन्छ भने। यो त जानेका छौ कसैले पनि यो ज्ञान दिन सक्दैन। हुन सक्छ कोही बेलायतबाट आओस्, रचयिता र रचनाको आदि, मध्य, अन्त्यको परिचय देओस् तब हामी खर्च दिन्छौं। यस्तो विज्ञापन अरू कसैले गर्न सक्दैन। तिमी त बहादुर छौ नि। महावीर-महाविरनीहरू हौ। तिमीलाई थाहा छ यिनीहरूले (लक्ष्मी-नारायणले) विश्वको बादशाही कसरी लिए? कुनचाहिँ बहादुरी गरे? बुद्धिमा यो सबै कुरा आउनु पर्छ। तिमीले कति उच्च कार्य गरिरहेका छौ। सारा विश्वलाई पावन बनाइरहेका छौ। त्यसैले बाबालाई याद गर्नु छ, वर्सा पनि याद गर्नु छ। केवल शिवबाबालाई याद मात्र गर्नु छैन, उहाँको महिमा पनि बताउनु छ। यो महिमा हो नै निराकारको। तर निराकारले आफ्नो परिचय कसरी दिने? आदि, मध्य, अन्त्यको ज्ञान दिनको लागि अवश्य मुख चाहिन्छ नि। मुखको कति महिमा छ। मानिसहरू गऊमुखमा जान्छन्, कति धक्का खान्छन्। के-के कुरा बनाइदिएका छन्। तीर मार्यो गंगा निस्किएर आइन्। गंगालाई पतित पावनी सम्झन्छन्। अब पानीले कसरी पतितबाट पावन बनाउन सक्छ। पतित पावन त बाबा नै हुनुहुन्छ। त्यसैले बाबा तिमी बच्चाहरूलाई कति सिकाइरहनु हुन्छ। बाबा त भन्नुहुन्छ यसो यसो गर। को आएर बाबा रचयिता र रचनाको परिचय दिन्छ। साधु-संन्यासी आदिले यो पनि जानेका छन् ऋषि-मुनि आदि सबैले नेति-नेति भन्दथे, हामी जान्दैनौं, मतलब नास्तिक थिए। अब हेर कोही आस्तिक निस्कन्छ? अहिले तिमी बच्चाहरू नास्तिकबाट आस्तिक बनिरहेका छौ। तिमीले बेहदका बाबालाई जानेका छौ, जसले यति उच्च बनाउनु हुन्छ। पुकार्छन् पनि ओ गड फादर, लिबरेट गर्नुहोस्। बाबा सम्झाउनु हुन्छ, यस समय सारा विश्वमा रावणको राज्य छ। सबै भ्रष्टाचारी छन् फेरि श्रेष्ठाचारी पनि हुन्छौ नि। तिमी बच्चाहरूको बुद्धिमा छ पहिला-पहिला पवित्र दुनियाँ थियो। बाबाले अपवित्र दुनियाँ कहाँ बनाउनु हुन्छ र। बाबा त आएर पावन दुनियाँ स्थापना गर्नुहुन्छ, जसलाई शिवालय भनिन्छ। शिवबाबाले शिवालय बनाउनु हुन्छ नि। उहाँले कसरी बनाउनु हुन्छ त्यो पनि तिमीलाई थाहा छ। महाप्रलय, जलमय आदि त हुँदैन। शास्त्रमा त के-के लेखिएको छ। बाँकी ५ पाण्डव बचे जो फेरि हिमालय पहाडमा गले, फेरि रिजल्टको केही थाहा छैन। यी सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ। यो पनि तिमीले नै जानेका छौ उहाँ बाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। त्यहाँ त यो मन्दिर हुँदैन। यी देवता थिए, जसका यादगार मन्दिर यहाँ छन्। यो सबै ड्रामामा निश्चित छ। सेकेन्ड बाइ सेकेन्ड नयाँ कुरा भइरहन्छ, चक्र घुमिरहन्छ। बाबाले बच्चाहरूलाई निर्देशन त धेरै राम्रो दिनुहुन्छ। धेरै देह-अभिमानी बच्चाहरू छन् जसले सम्झन्छन् हामीले त सबै कुरा जानेका छौं। मुरली पनि पढ्दैनन्। कदरै गर्दैनन्। बाबा जोड दिनुहुन्छ, कुनै-कुनै समय मुरली धेरै राम्रो चल्छ। मिस गर्नु हुँदैन। १०-१५ दिनको मुरली जो मिस हुन्छ त्यो बसेर पढ्नुपर्छ। यो पनि बाबा भन्नुहुन्छ यस्तो यस्तो च्यालेन्ज देऊ यो रचयिता र रचनाको आदि, मध्य, अन्त्यको ज्ञान कसैले आएर दिन्छ भने हामी उसलाई खर्च आदि सबै दिन्छौं। यस्तो च्यालेन्ज त जसले जान्दछ उसले दिन्छ नि। शिक्षकले स्वयं जान्दछ तब त सोध्छ नि। नजानिकन कसरी सोध्ने?

कुनै-कुनै बच्चाहरूले मुरलीको पनि बेवास्ता गर्छन्। पुग्यो, हाम्रो त शिवबाबासँग नै सम्बन्ध छ। तर शिवबाबाले जे सुनाउनु हुन्छ त्यो पनि सुन्नु छ, नकि केवल उहाँलाई याद गर्नु छ। बाबा कसरी राम्रा-राम्रा, मीठा-मीठा कुरा सुनाउनु हुन्छ। तर मायाले बिलकुलै घमण्डी बनाइदिन्छ। भनाइ छ नि चुहे को हल्दी की गाँठ मिली, समझा मै पंसारी हुँ...। धेरै छन् जसले मुरली पढ्दै-पढ्दैनन्। मुरलीमा त नयाँ-नयाँ कुरा निस्कन्छन् नि। त्यसैले यी सबै कुरा बुझ्नुपर्ने छन्। जब बाबाको यादमा बस्छौ तब यो पनि याद गर्नु छ उहाँ बाबा शिक्षक पनि हुनुहुन्छ र सद्गुरु पनि हुनुहुन्छ। नत्र कहाँबाट पढ्ने। बाबाले त बच्चाहरूलाई सबै सम्झाइदिनुभएको छ। बच्चाहरूले नै बाबाको प्रत्यक्ष गर्छन्। सन सोज फादर। बच्चाको फेरि बाबाले प्रत्यक्ष गर्नुहुन्छ। आत्माको परिचय दिनुहुन्छ। फेरि बच्चाहरूको काम हो बाबाको परिचय दिनु। बाबा पनि बच्चाहरूलाई छोड्नुहुन्न, भन्नुहुन्छ आज फलानो ठाउँमा जाऊ, आज यहाँ जाऊ। यिनलाई कहाँ कोही आदेश दिनेवाला छ र! त्यसैले यी निमन्त्रणा आदि पत्रिकामा आउने छन्। अहिले सारा दुनियाँ छ नास्तिक। बाबा नै आएर आस्तिक बनाउनु हुन्छ। अहिले सारा दुनियाँ छ वर्थ नट ए पेनी। अमेरिकाको पासमा धेरै धन-दौलत भए पनि वर्थ नट ए पेनी छ। यो त सबै खत्तम भएर जान्छ। सारा दुनियाँमा तिमी वर्थ पाउण्ड बनिरहेका छौ। त्यहाँ कोही कंगाल हुँदैन।

तिमी बच्चाहरूलाई सदैव ज्ञानको स्मरण गरेर हर्षित रहनु पर्छ। त्यसैको लागि गायन छ अतीन्द्रिय सुख गोप-गोपिनीसँग सोध। यो संगमको नै कुरा हो। संगमयुगलाई कसैले पनि जान्दैन। विहंग मार्गको सेवा गर्नाले सायद महिमा निस्कन्छ। गायन पनि छ अहो प्रभु तेरी लीला! यो कसैले पनि जान्दैनथे भगवान बाबा, शिक्षक, सद्गुरु पनि हुनुहुन्छ। अब पिताले त बच्चालाई सिकाइरहन्छन्। बच्चाहरूलाई यो नशा स्थायी रहनु पर्छ। अन्त्यसम्म नशा रहनु पर्छ। अहिले त नशा झट्टै सोडा वाटर भएर जान्छ। सोडा पनि यस्तै हुन्छ नि। थोरै समय राखेपछि सादा पानीजस्तै हुन्छ। यस्तो त नहुनु पर्ने हो। कसैलाई यसरी सम्झाऊ, आश्चर्य लागोस्। राम्रो-राम्रो भन्छन् पनि तर उनीहरूले समय निकालेर बुझून्, जीवन बनाऊन्, यो धेरै मुस्किल छ। बाबा धन्धा आदिको लागि मनाही गर्नुहुन्न। पवित्र बन, जो पढाउँछु त्यसलाई याद गर। उहाँ त शिक्षक हुनुहुन्छ नि। यो हो असाधारण पढाइ। कुनै मनुष्यले पढाउन सक्दैन। बाबा नै भाग्यशाली रथमा आएर पढाउनु हुन्छ। बाबाले सम्झाउनु भएको छ यो तिम्रो तख्त हो जसमा अकालमूर्त आत्मा आएर बस्छ। उसलाई यो सारा पार्ट मिलेको छ। अहिले तिमीले सम्झन्छौ यो त वास्तविक कुरा हो। बाँकी यी सबै हुन् बनावटी कुरा। यो राम्रोसँग धारणा गरेर गाँठो बाँध। तब हात लाग्दा पनि याद आउने छ। तर गाँठो किन बाँधेको हो, त्यो पनि भुल्छन्। तिमीलाई त यो पक्का याद गर्नु छ। बाबाको यादको साथै ज्ञान पनि चाहिन्छ। मुक्ति पनि छ भने जीवनमुक्ति पनि छ। धेरै मीठो-प्यारो बच्चा बन। बाबाले सम्झनुहुन्छ कल्प-कल्प यी बच्चाले पढिरहन्छन्। नम्बरवार पुरुषार्थ अनुसार नै वर्सा लिन्छन्। फेरि पनि पढाउनेवाला शिक्षकले पुरुषार्थ त गराउँछ नि। तिमी घरी-घरी भुल्छौ त्यसैले याद गराइन्छ। शिवबाबालाई याद गर। उहाँ बाबा, शिक्षक, सद्गुरु पनि हुनुहुन्छ। सानो बच्चाले यसरी याद गर्दैन। कृष्णको लागि कहाँ भन्छन् र बाबा, शिक्षक, सद्गुरु हुनुहुन्छ। सत्ययुगको राजकुमार श्रीकृष्ण उनी फेरि गुरु कसरी बन्छन्। गुरु चाहिन्छ दुर्गतिमा। गायन पनि छ बाबा आएर सबैको सद्गति गर्नुहुन्छ। कृष्णलाई त यस्तो कालो बनाउँछन्, जस्तो कालो कोइला। बाबा भन्नुहुन्छ अहिले सबै काम चितामा चढेर कालो कोइला बनेका छन्, त्यसैले श्याम भनिन्छ। बुझ्नुपर्ने कति गहन कुरा छन्। गीता त सबैले पढ्छन्। हिन्दुहरू नै हुन् जसले सबै शास्त्रलाई मान्छन्। सबैका चित्र राखिरहन्छन्। अब उनीहरूलाई के भन्ने? व्यभिचारी भक्ति ठहरियो नि। अव्यभिचारी भक्ति एकै शिवको हुन्छ। ज्ञान पनि एकै शिवबाबाद्वारा मिल्छ। यो ज्ञान नै फरक छ। यसलाई आध्यात्मिक ज्ञान भनिन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) विनाशी नशालाई छोडेर अलौकिक नशा रहोस् अहिले हामी वर्थ नट ए पेनीबाट वर्थ पाउन्ड बनिरहेका छौं। स्वयं भगवानले हामीलाई पढाइरहनु भएको छ, हाम्रो पढाइ असाधारण छ।

२) आस्तिक बनेर बाबाको प्रत्यक्ष गर्ने सेवा गर्नु छ। कहिल्यै पनि घमण्डी बनेर मुरली मिस गर्नु छैन।

वरदान:
हरेक कदममा वरदाताबाट वरदान प्राप्त गरेर मेहनतबाट मुक्त रहने अधिकारी आत्मा भव

जो हुन् नै वरदाताका बच्चाहरू, उनीहरूलाई हरेक कदममा वरदाताबाट वरदान स्वत: नै मिल्छ। वरदान नै उनीहरूको पालना हो। वरदानहरूको पालनाद्वारा नै पालिन्छन्। बिना मेहनत यति श्रेष्ठ प्राप्तिहरू हुनु यसलाई नै वरदान भनिन्छ। त्यसैले जन्म-जन्म प्राप्तिको अधिकारी बन्यौ। हरेक कदममा वरदाताको वरदान मिलिरहेको छ र सदा मिलिरहने छ। अधिकारी आत्माको लागि दृष्टिबाट, बोलीबाट, सम्बन्धबाट वरदान नै वरदान छ।

स्लोगन:
समयको गति अनुसार पुरुषार्षको गति तीव्र बनाऊ।