09.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो यो समय अति मूल्यवान छ , त्यसैले यसलाई व्यर्थमा नगुमाऊ , पात्र हेरेर ज्ञान दान गर।

प्रश्न:
गुणको धारणा पनि हुँदै जाओस् र चालचलन पनि सुध्रियोस् यसको सहज विधि के हो?

उत्तर:
जुन कुरा बाबाले सम्झाउनु भएको छ, त्यो अरूलाई पनि सम्झाऊ। ज्ञान धनको धारण गर्यौ भने गुणको धारणा पनि सहज हुँदै जान्छ, चालचलन पनि सुध्रिन्छ। जसको बुद्धिमा यो ज्ञान रहँदैन, ज्ञान धनको दान गर्दैन, ऊ कन्जुस हो। उसले व्यर्थैमा आफूलाई घाटा पार्छ।

गीत:
बचपन के दिन भुला न देना.......

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ, अर्थ पनि राम्ररी बुझ्यौ। हामी आत्मा हौं र बेहदका बाबाका बच्चाहरू हौं यो कुरा नभुल। उत्तिखेरै बाबाको यादमा हर्षित हुन्छौ, उत्तिखेरै याद भुल्नाले चिन्तामा पर्छौ। उत्तिखेरै जिउँछौ, उत्तिखेरै मर्छौ अर्थात् उत्तिखेरै बेहदको बाबाको बन्छौ, उत्तिखेरै फेरि लौकिक परिवारतिर जान्छौ। त्यसैले बाबा भन्नुहुन्छ आज हाँसेर भोलि नरुनु। यो भयो गीतको अर्थ।

तिमी बच्चाहरूलाई थाहा छ प्राय: मनुष्यहरूले शान्तिको लागि नै धक्का खान्छन्। तीर्थ यात्रामा जान्छन्। यस्तो होइन धक्का खानाले कुनै शान्ति मिल्छ। यो एउटै संगमयुग हो, यहाँ बाबा आएर सम्झाउनु हुन्छ। सबैभन्दा पहिला त आफूलाई चिन। आत्मा हो नै शान्त स्वरूप। बस्ने धाम पनि शान्तिधाम हो। यहाँ आउँछौ त्यसैले कर्म अवश्य गर्नुपर्छ। जब आफ्नो शान्तिधाममा हुन्छौ तब शान्त रहन्छौ। सत्ययुगमा पनि शान्ति हुन्छ। सुख पनि हुन्छ, शान्ति पनि हुन्छ। शान्तिधामलाई सुखधाम भनिदैन। जहाँ सुख हुन्छ त्यसलाई सुखधाम, जहाँ दु:ख हुन्छ त्यसलाई दु:खधाम भनिन्छ। यी सबै कुरा तिमीले बुझिरहेका छौ। यी सबै कुरा बुझाउनको लागि जसलाई पनि सम्मुख नै सम्झाइन्छ। प्रदर्शनी हेर्न जब भित्र पस्छन्, सबैभन्दा पहिला बाबाको नै परिचय दिनुपर्छ। सम्झाइन्छ आत्माहरूका बाबा एउटै हुनुहुन्छ। उहाँ गीताका भगवान हुनुहुन्छ। बाँकी यी सबै आत्माहरू हुन्। आत्माले शरीर छोड्छ र लिन्छ। शरीरको नाम बदलिन्छ। आत्माको नाम बदलिदैन। तिमी बच्चाहरूले सम्झाउन सक्छौ बेहदका बाबाबाट नै सुखको वर्सा मिल्छ। बाबाले सुखको सृष्टि स्थापना गर्नुहुन्छ। पिताले दु:खको सृष्टि कदापि रच्नुहुन्न। यहाँ लक्ष्मी-नारायणको राज्य थियो। चित्र पनि छ, भन यो सुखको वर्सा मिल्छ। यदि कसैले यो त तपाईंको कल्पना हो भनेमा त्यस्तालाई एकदमै छोडिदिनुपर्छ। कल्पना मान्नेले केही पनि बुझ्दैन। तिम्रो समय त धेरै मूल्यवान छ। यो सारा दुनियाँमा तिम्रो जस्तो मूल्यवान समय अरू कसैको छैन। ठूला-बडा मानिसको समय मूल्यवान हुन्छ। बाबाको समय कति मूल्यवान छ। बाबाले सम्झाएर तिमीलाई केबाट के बनाइदिनुहुन्छ। बाबाले तिमी बच्चाहरूलाई नै भन्नुहुन्छ तिमीले आफ्नो मूल्यवान समय नगुमाऊ। ज्ञान पात्रलाई नै दिनुपर्छ। पात्रलाई सम्झाउनु पर्छ सबै बच्चाहरूले त बुझ्न सक्दैनन्, यति बुद्धि हुँदैन जसले बुझ्न सकून्। सबैभन्दा पहिला बाबाको परिचय दिनुपर्छ। जबसम्म हामी आत्माहरूका बाबा शिव हुनुहुन्छ भन्ने कुरा बुझ्दैनन् तबसम्म केही पनि बुझ्न सक्दैनन्। धेरै प्यार, नम्रताले सम्झाएर पठाइदिनु पर्छ किनकि आसुरी सम्प्रदायले झगडा गर्न बेर लगाउँदैनन्। सरकारले विद्यार्थीको कति महिमा गर्छ। उनीहरूको लागि कति प्रबन्ध गर्छ। कलेजका विद्यार्थीले नै सबैभन्दा पहिला ढुङ्गा हान्न सुरु गर्छन्। जोश हुन्छ नि। वृद्धहरूले त यति जोडले ढुङ्गा हान्न सक्दैनन्। अक्सर गरेर विद्यार्थीहरूको नै आवाज हुन्छ। उनीहरूलाई नै लडाईंको लागि तयार गर्छन्। अब बाबा आत्माहरूलाई सम्झाउनु हुन्छ तिमी उल्टो बनेका छौ। आफूलाई आत्माको सट्टा शरीर सम्झन्छौ। अब बाबाले तिमीलाई सीधा बनाइरहनु भएको छ। कति रात-दिनको फरक हुन जान्छ। सीधा भयौ भने तिमी विश्वको मालिक बन्छौ। अहिले तिमीले सम्झन्छौ हामी आधा कल्प उल्टो थियौं। अहिले बाबाले आधा कल्पको लागि सुल्टो बनाउनु हुन्छ। ईश्वरको बच्चा भएपछि विश्वको बादशाहीको वर्सा मिल्छ। रावणले उल्टो बनाउँछ अनि कला काया चट हुन्छ फेरि गिरिरहन्छन्। रामराज्य र रावण राज्यलाई तिमी बच्चाहरूले नै जानेका छौ। तिमी बाबाको यादमा रहनु पर्छ। हुन त शरीर निर्वाहको लागि कर्म पनि गर्नुपर्छ फेरि पनि समय त धेरै मिल्छ। कोही जिज्ञासु आदि छैनन्, काम छैन भने बाबाको यादमा बस्नुपर्छ। त्यो हो अल्पकालको लागि कमाई र तिम्रो यो हो सदाकालको लागि कमाई, यसमा धेरै ध्यान दिनुपर्छ। मायाले घरी-घरी अन्यत्र ख्याल चलाइदिन्छ। यो त हुन्छ नै। मायाले भुलाइरहन्छ। यसमा एक नाटक पनि देखाउँछन् प्रभुले यस्तो भन्नुहुन्छ, मायाले यस्तो भन्छ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ म एकलाई याद गर, यसमा नै विघ्न पर्छ। अरू कुनै कुरामा त्यति विघ्न पर्दैन। पवित्रताको कुरामा कति पिटाइ खान्छन्। भागवत आदिमा यस समयको नै गायन छ। पूतना, सूपनखा पनि छन्, यो सबै यस समयको नै कुरा हो जबकि बाबा आएर पवित्र बनाउनु हुन्छ। उत्सव आदि जुन मनाउँछन् जुन बितेको छ, त्यसको फेरि पर्व मनाउँदै आउँछन्। बितेको कुराको महिमा गर्दै आउँछन्। राम राज्यको महिमा गाउँछन् किनकि त्यो बितिसक्यो। जसरी क्राइस्ट आदि आए, धर्म स्थापना गरेर गए। तिथि-मिति पनि लेख्छन् अनि उनीहरूको जन्मदिन मनाउँदै आउँछन्। भक्तिमार्गमा पनि यो धन्दा आधाकल्प चल्छ। सत्ययुगमा यो हुँदैन। यो दुनियाँ नै खतम भएर जान्छ। यी कुरा तिमीहरूमा पनि धेरै कमले मात्र बुझ्छन्। बाबाले सम्झाउनु भएको छ सबै आत्माहरू अन्त्यमा फर्केर जानुपर्छ। सबै आत्माहरू शरीर छोडेर जान्छन्। तिमी बच्चाहरूको बुद्धिमा छ बाँकी थोरै दिन छन्। अब फेरि यो सबै विनाश हुनु छ। सत्ययुगमा केवल हामी नै आउँछौं। सबै आत्माहरू त आउँदैनन्। जो कल्प पहिला आएका थिए उनै नम्बरवार आउँछन्। उनैले राम्ररी पढेर पढाइरहेका छन्। जसले राम्ररी पढ्छन् उनै फेरि नम्वरवार ट्रान्सफर हुन्छन्। तिमी पनि ट्रान्सफर हुन्छौ। तिम्रो बुद्धिले जान्दछ यहाँ जो आत्माहरू छन् ती सबै नम्बरवार शान्तिधाममा गएर बस्छन् फेरि नम्वरवार आउँदै जान्छन्। बाबा फेरि पनि भन्नुहुन्छ मूल कुरा हो बाबाको परिचय दिनु। बाबाको नाम सधैं मुखमा होस्। आत्मा के हो, परमात्मा के हो? दुनियाँमा कसैले जानेका छैनन्। हुन त गायन छ भृकुटीको बीचमा चम्किन्छ अजब सितारा..... त्यो भन्दा धेरै केही पनि बुझ्दैनन्। त्यसमा पनि यो ज्ञान धेरै कमको बुद्धिमा छ। घरी-घरी भुल्छन्। सबैभन्दा पहिला सम्झाउनु छ बाबा नै पतित-पावन हुनुहुन्छ। वर्सा पनि दिनुहुन्छ, शाहनशाह बनाउनु हुन्छ। तिम्रो पासमा गीत पनि छ आखिर त्यो दिन आयो आज...। द्वापरबाट भक्ति सुरु हुन्छ अनि अन्त्यमा बाबा आएर मार्ग बताउनु हुन्छ। कयामतको समय पनि यसलाई भनिन्छ। आसुरी बन्धनको सबै हिसाव-किताव चुक्ता गरेर फेरि फर्केर जानुहुन्छ। ८४ जन्मको पार्टलाई तिमीले जानेका छौ। यो पार्ट दोहोरिइरहन्छ। शिवजयन्ती मनाउँछन् भने अवश्य शिव आउनु भएको हुनुपर्छ। अवश्य केही गर्नु भएको हुनुपर्छ उहाँले नै नयाँ दुनियाँ बनाउनु हुन्छ। यी लक्ष्मी-नारायण मालिक थिए, अहिले छैनन्। अब फेरि बाबाले राजयोग सिकाउनु हुन्छ। यो राजयोग सिकाउनु भएको थियो। यो कुरा तिमीहरू सिवाय अरू कसैको मुखमा आउन सक्दैन। तिमीले नै सम्झाउन सक्छौ। शिवबाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। शिवोहम् जुन उच्चारण गर्छन् त्यो पनि गलत छ। तिमीलाई अहिले बाबाले सम्झाउनु भएको छ तिमी नै चक्कर लगाएर ब्राह्मण कुलबाट देवता कुलमा आउँछौ। सो हम, हम सो को अर्थ पनि तिमीले सम्झाउन सक्छौ। अहिले हामी ब्राह्मण हौं, यो ८४ को चक्र हो। यो कुनै जप्ने मन्त्र होइन। बुद्धिमा अर्थ रहनु पर्छ। त्यो पनि सेकेण्डको कुरा हो। जसरी बीज र वृक्ष सेकेण्डमा सारा ध्यानमा आउँछ। त्यस्तै हम सो को रहस्य पनि सेकेण्डमा आउँछ। हामीले यस्तो चक्कर लगाउँछौं जसलाई स्वदर्शन चक्र पनि भनिन्छ। तिमीले कसैलाई हामी स्वदर्शन चक्रधारी हौं भनेमा कसैले पनि मान्दैनन्। भन्छन् यी त सबैले आफूलाई नै टाइटल दिन्छन्। फेरि तिमीले सम्झाउँछौ हामीले ८४ जन्म कसरी लिन्छौं। यो चक्र घुम्छ। आत्मालाई ८४ जन्मको दर्शन हुन्छ, यसलाई नै स्वदर्शन चक्रधारी भनिन्छ। पहिला त सुनेर चम्किन्छन् यिनले फेरि के गफ लगाउँछन्? जब तिमीले बाबाको परिचय दिन्छौ अनि उनलाई गफ जस्तो लाग्दैन। बाबालाई याद गर्छन्। गायन पनि गर्छन् बाबा हजुर आउनु भयो भने हामी समर्पित हुन्छौं। हजुरलाई नै याद गर्छौं। बाबा भन्नुहुन्छ तिमीले भन्थ्यौ नि, अब तिमीलाई याद दिलाउँदै छु। नष्टोमोहा बन। यस देहबाट पनि नष्टोमोहा बन। आफूलाई आत्मा सम्झेर मलाई नै याद गर तब तिम्रो विकर्म विनाश हुन्छ। यो मीठो कुरा सबैलाई मन पर्नेछ। बाबाको परिचय भएन भने फेरि कुनै न कुनै कुरामा संशय उठाइरहन्छन्, त्यसैले पहिला त २-३ वटा चित्र अगाडि राख, जसमा बाबाको परिचय होस्। बाबाको परिचय मिलेपछि वर्साको पनि मिल्छ।

बाबा भन्नुहुन्छ म तिमीहरूलाई राजाहरूका राजा बनाउँछु। यो चित्र बनाऊ। डबल शिरताजधारी राजाहरूको अगाडि सिँगल ताजवालाले शिर झुकाउँछन्। आफैं पूज्य आफैं पुजारीको रहस्य पनि समझमा आउँछ। पहिला बाबाको पूजा गर्छन् फेरि आफ्नै चित्रको पूजा गर्छन्। जो पावन थिए उनकै चित्र बनाएर पुज्छन्। यो पनि अहिले तिमीलाई ज्ञान मिलेको छ। पहिला त भगवानको लागि नै भन्दथ्यौ आफैं पूज्य आफैं पूजारी। अब तिमीलाई सम्झाइएको छ तिमी नै यस चक्रमा आउँछौ। बुद्धिमा सधैं यो ज्ञान रहन्छ साथै सम्झाउनु पनि छ। धन दिए धन नखुटे... जो धन दान गर्दैनन् उनलाई कन्जुस भनिन्छ। बाबाले जे सम्झाउनु भएको छ, त्यो फेरि अरूलाई पनि सम्झाउनु छ। सम्झाउँदैनन् भने व्यर्थमा आफूलाई घाटा पार्छन्। गुण पनि धारण हुँदैन। चालचलन नै यस्तो हुन्छ। हरेकले आफूलाई बुझ्न त सक्छन् नि। तिमीलाई अब समझ त मिलेको छ। बाँकी सबै हुन् बेसमझ। तिमीले सबै कुरा जानेका छौ। बाबा भन्नुहुन्छ यतातिर छ दैवी सम्प्रदाय, त्यतातिर छ आसुरी सम्प्रदाय। बुद्धिद्वारा तिमीले जानेका छौ अहिले हामी संगम युगमा छौं। एउटै घरमा एक संगमयुगको, एक कलियुगको दुवै सँगसँगै रहन्छन्। फेरि हेरिन्छ हंस बन्न लायक छैन भने युक्ति रच्नुपर्छ। नत्र विघ्न पारिरहन्छ। आफू समान बनाउने कोसिस गर्नुपर्छ। नत्र दिक्क पारिरहन्छन् फेरि युक्तिले पन्छाउनु पर्छ। विघ्न त पर्छन्। यस्तो ज्ञान त तिमीले नै दिन्छौ। मीठो पनि धेरै बन्नुपर्छ। नष्टोमोहा पनि बन्नुपर्छ। एक विकारलाई छोड्यो भने फेरि अरू विकारले खिट-पिट मच्चाउँछन्। बुझ्नुपर्छ जे कुरा हुन्छ त्यो कल्प पहिला जस्तै हुन्छ। यस्तो सम्झेर शान्त हुनुपर्छ। भावी भनिन्छ। राम्रा-राम्रा सम्झाउने बच्चाहरू पनि गिर्छन्। धेरै जोडले चोट खान्छन्। फेरि भन्नु पर्ने हुन्छ कल्प पहिला पनि चोट खाएको हुनुपर्छ। हरेकले आफ्नो मनले बुझ्न सक्छन्। लेख्छन् पनि बाबा म क्रोधमा आएँ, फलानोलाई पिटें, यो भूल भयो। बाबा सम्झाउनु हुन्छ जति हुन सक्छ आफूलाई नियन्त्रण गर। कस्ता-कस्ता मनुष्य छन्, अवलाहरू माथि कति अत्याचार गर्छन्। पुरुष बलवान हुन्छन्, स्त्री अबला हुन्छन्। बाबाले फेरि तिमीलाई यो गुप्त लडाईं सिकाउनु हुन्छ जसबाट तिमीले रावणमाथि विजय प्राप्त गर्छौ। यो लडाईं कसैको बुद्धिमा छैन। तिमीहरूमा पनि नम्बरवार छन् जसले बुझ्न सक्छन्। यो हो बिलकुलै नयाँ कुरा। अहिले तिमीले पढिरहेका छौ सुखधामको लागि। यो पनि अहिले याद छ, पछि भुलिन्छ। मूल कुरा हो यादको यात्रा। यादबाट नै हामी पावन बन्छौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) जेसुकै भए पनि भावी सम्झेर शान्त रहनु छ। क्रोध गर्नु हुँदैन। जति हुन सक्छ आफूले आफूलाई नियन्त्रण गर्नुपर्छ। युक्ति रचेर आफू समान बनाउने कोसिस गर्नुपर्छ।

२) धेरै प्यार र नम्रताले सबैलाई बाबाको परिचय दिनु छ। सबैलाई यही मीठो-मीठो कुरा सुनाऊ, बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर मलाई याद गर, यस देहबाट नष्टोमोहा बन।

वरदान:
नम्रता रूपी कवचद्वारा व्यर्थको रावणलाई जलाउने सच्चा स्नेही सहयोगी भव

कसैले संगठनमा तिम्रो जतिसुकै कमी खोज्ने कोसिस गरोस् तर अलिकति पनि संस्कार-स्वभावको टक्कर नदेखियोस्। चाहे कसैले गाली गरोस्, अपमान गरोस्, तिमी सन्त बन। यदि कसैले केही गलत कर्म गर्छ भने पनि तिमीले सही कर्म गर। कसैले टक्कर लिन्छ भने पनि तिमीले उसलाई स्नेहको पानी देऊ। यो किन, यस्तो किन यो संकल्प गरेर आगोमा घिउ नथप। नम्रताको कवच लगाइराख। जहाँ नम्रता हुन्छ त्यहाँ स्नेह र सहयोग पनि अवश्य हुन्छ।

स्लोगन:
अनेक हदको मेरोपनको भावनालाई एक मेरो बाबा मा समाहित गरिदेऊ।