09.12.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी बाबाको पासमा आएका छौ आफ्नो सौभाग्य बनाउन , परम सौभाग्य ती बच्चाहरूको हो , जसको सबै कुरा बाबाले स्वीकार गर्नुहुन्छ।

प्रश्न:
बच्चाहरूको कुन एक गल्तीले माया धेरै बलवान बन्छ?

उत्तर:
बच्चाहरूले भोजन गर्ने बेलामा बाबालाई बिर्सिन्छन्। बाबालाई खुवाउँदैनन्, त्यसैले मायाले भोजन खाइदिन्छ जसले गर्दा ऊ बलवान बन्छ, अनि बच्चाहरूलाई नै हैरान गर्छ। यो सानो गल्तीले गर्दा मायाले हराइदिन्छ। त्यसैले बाबाको आज्ञा छ प्यारा बच्चाहरू! यादमा रहेर खाऊ। पक्का प्रतिज्ञा गर, हजुरसँगै खाऊँ...। जब याद गर्छौ तब उहाँ राजी हुनुहुन्छ।

गीत:
आज नहीं तो कल बिखरेंगे बादल...।

ओम् शान्ति ।
बच्चाहरूले बुझेका छन् हाम्रो दुर्भाग्यका दिन बदलिएर अब सदाको लागि सौभाग्यका दिन आइरहेका छन्। नम्बरवार पुरुषार्थ अनुसार भाग्य बदलिइरहन्छ। विद्यालयमा पनि भाग्य परिवर्तन गरिरहन्छन् नि अर्थात् उच्च हुँदै जान्छ। तिमीले राम्ररी जानेका छौ अब यो रात समाप्त हुन्छ, अहिले भाग्य परिवर्तन भइरहेको छ। ज्ञानको वर्सा भइरहन्छ। समझदार बच्चाहरूले सम्झन्छन् अवश्य पनि दुर्भाग्यशालीबाट हामी सौभाग्यशाली बनिरहेका छौं अर्थात् स्वर्गको मालिक बनिरहेका छौं। नम्बरवार पुरुषार्थ अनुसार हामीले आफ्नो दुर्भाग्यलाई सौभाग्य बनाइरहेका छौं। अहिले रातबाट दिन भइरहेको छ। यो कुरा तिमी बच्चाहरू बाहेक कसैलाई पनि थाहा छैन। बाबा गुप्त हुनुहुन्छ भने उहाँको कुरा पनि गुप्त छ। हुन त मनुष्यहरूले बसेर सहज राजयोग र सहज ज्ञानका कुरा शास्त्रहरूमा लेखेका छन् तर जसले लेखे ती त मरिसके। बाँकी जसले पढ्छन् उनीहरूले केही पनि बुझ्न सक्दैनन् किनकि बेसमझ छन्। कति फरक छ। तिमीले पनि नम्बरवार पुरुषार्थ अनुसार बुझ्छौ। सबैले एकै प्रकारको पुरुषार्थ गर्दैनन्। दुर्भाग्य केलाई सौभाग्य केलाई भनिन्छ यो कुरा केवल तिमी ब्राह्मणहरूले मात्र जानेका छौ। अरू त सबै घोर अन्धकारमा छन्। तिनीहरूलाई सम्झाएर जगाउनु छ। सौभाग्यशाली भनिन्छ सूर्यवंशीहरूलाई, १६ कला सम्पूर्ण तिनीहरू नै हुन्। हामीले स्वर्गको लागि बाबाबाट सौभाग्य बनाइरहेका छौं, बाबा जसले स्वर्गको रचना गर्नुहुन्छ। अंग्रेजी जान्नेहरूलाई पनि तिमीले सम्झाउन सक्छौ हामीले स्वर्गका रचयिता परमपिताद्वारा स्वर्गको सौभाग्य बनाइरहेका छौं। स्वर्गमा हुन्छ सुख, नर्कमा छ दु:ख। गोल्डेन एज अर्थात् सत्ययुग, सुख र आइरन एज अर्थात् कलियुग, दु:ख। बिल्कुल सहज कुरा छ। अहिले हामीले पुरुषार्थ गरिरहेका छौं। अंग्रेज, क्रिश्चियन आदि धेरै आउने छन्। भन, हामीले केवल एकै स्वर्गका रचयिता परमपितालाई याद गर्छौं किनकि मृत्यु सामुन्ने खडा छ। बाबा भन्नुहुन्छ तिमी मेरो पासमा आउनु छ। जसरी तीर्थमा जान्छन् नि। बौद्धीहरूको आफ्नो तीर्थस्थान छ, क्रिश्चियनको आफ्नो। हरेकको रसम-रिवाज आफ्नै छ। हाम्रो छ बुद्धियोगको कुरा। जहाँबाट पार्ट खेल्न आएका हौ फेरि त्यहीं जानु छ। उहाँ हुनुहुन्छ स्वर्ग स्थापना गर्ने परमपिता। उहाँले हामीलाई बताउनु भएको छ मैले तिमीलाई सच्चा मार्ग बताउँछु। बाबा परमपितालाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। जब कोही बिमारी परे भने उनलाई सबै गएर सावधान गराउँछन्, राम भन्न लगाउँछन्। बंगालमा जब कोही मर्न लाग्यो भने गंगामा लैजान्छन् अनि भन्छन् हरि बोल, हरि बोल... त्यसो भएपछि हरिको पासमा जान्छ। तर कोही जाँदैन। सत्ययुगमा त राम-राम भन या हरिबोल भन भनिदैन। द्वापरबाट फेरि यो भक्तिमार्ग सुरु हुन्छ। यस्तो होइन, सत्ययुगमा कुनै भगवान वा गुरुलाई याद गरिन्छ। त्यहाँ त केवल आफ्नो आत्मालाई याद गरिन्छ, म आत्माले एक शरीर छोडेर अर्को शरीर लिन्छु। आफ्नो बादशाही याद आउँछ। सम्झन्छन् मैले बादशाहीमा गएर जन्म लिन्छु। यो अहिले पक्का निश्चय भएको छ, बादशाही त मिल्नु नै छ। बाँकी कसको याद गर्ने अथवा दान-पुण्य गर्ने? त्यहाँ कोही गरिब हुँदैन जसलाई दान-पुण्य गरौं। भक्तिमार्गको रसम-रिवाज अलग, ज्ञानमार्गको रसम-रिवाज अलग छ। अहिले बाबालाई सबै कुरा दिएर २१ जन्मको लागि वर्सा लियौ। पुग्यो, फेरि दान-पुण्य गर्नु पर्ने आवश्यकता नै छैन। परमपितालाई हामीले सबै कुरा दिन्छौं। ईश्वरले नै स्वीकार गर्नुहुन्छ। स्वीकार नगर्ने भए फेरि दिने कसरी? स्वीकार नगरे त्यो पनि दुर्भाग्य। स्वीकार गर्नु पर्ने हुन्छ ताकि उसको ममत्व मेटियोस्। यो रहस्य पनि तिमी बच्चाहरूलाई थाहा छ। जब आवश्यकता नै छैन भने के स्वीकार गर्नुहुन्छ? यहाँ त केही पनि जम्मा गर्नु छैन। यहाँबाट त ममत्व मेटाइदिनु पर्छ।

बाबाले सम्झाउनु भएको छ बाहिर कहीं जाँदा पनि आफूलाई धेरै हल्का सम्झ। म बाबाको बच्चा हुँ, म आत्मा रकेट भन्दा पनि तीव्र छु। यस्तो देही-अभिमानी बनेर पैदल हिँड्यौ भने कहिल्यै थाक्दैनौ। देहको भान आउँदैन। मानौं यी गोडा चलेकै छैनन्। म उडिरहेको छु। देही अभिमानी बनेर तिमी कहीं पनि जाऊ। पहिला त मनुष्यहरू तीर्थ आदिमा पैदलै जान्थे। त्यतिबेला मनुष्यको बुद्धि तमोप्रधान थिएन। धेरै श्रद्धासँग जान्थे, थाक्दैनथे। बाबालाई याद गर्नाले मदत मिल्छ नि। हुन त त्यो पत्थरको मूर्ति हो तर बाबाले त्यतिबेला अल्पकालको लागि मनोकामना पूरा गरिदिनुहुन्छ। त्यतिबेला रजोप्रधान याद थियो तापनि त्यसबाट शक्ति प्राप्त हुन्थ्यो, थकाइ लाग्दैनथ्यो। अहिले त ठूला मानिसहरू तुरुन्तै थाक्छन्। गरिब मानिसहरू धेरै तीर्थमा जान्छन्। धनवान व्यक्तिहरू धेरै ठाँटसँग घोडा आदिमा जान्छन्। गरिबहरू त पैदलै जान्छन्। भावनाको भाडा जति गरिबहरूलाई मिल्छ त्यति धनवानलाई मिल्दैन। अहिले पनि तिमीले जानेका छौ बाबा गरिब निवाज हुनुहुन्छ, फेरि किन अल्मलिन्छौ? बिर्सिन्छौ किन? बाबा भन्नुहुन्छ तिमीले कुनै मेहनत गर्नु पर्दैन। केवल एक साजनलाई याद गर्नु छ। तिमीहरू सबै सजनी हौ त्यसैले साजनलाई याद गर्नुपर्छ। उहाँ साजनलाई भोग नलगाई खान लाज लाग्दैन? उहाँ साजन पनि हुनुहुन्छ, पिता पनि हुनुहुन्छ। भन्नुहुन्छ मलाई तिमीले खुवाउँदैनौ! तिमीलाई त मैले खुवाउनु पर्छ नि! हेर, बाबाले युक्तिहरू बताउनु हुन्छ। तिमीले पिता अथवा साजनलाई मान्छौ नि। जसले खुवाउनु हुन्छ, पहिला त उहाँलाई खुवाउनु पर्यो नि। बाबा भन्नुहुन्छ मलाई भोग लगाएर, मेरो यादमा खाऊ। यसमा धेरै मेहनत छ। बाबाले पटक-पटक सम्झाउनु हुन्छ, बाबालाई अवश्य याद गर्नु छ। बाबा स्वयं पनि पटक-पटक पुरुषार्थ गरिरहन्छन्। तिमी कुमारीहरूको लागि त धेरै सहज छ। तिमीहरू सिँढी चढेकै छैनौ। कन्याको त साजनसँग सगाइ हुन्छ नै। त्यसैले यस्ता साजनलाई याद गरेर भोजन खानु पर्छ। उहाँलाई याद गर्दा उहाँ हाम्रो पासमा आउनु हुन्छ। याद गर्यौ भने भासना लिन्छु। यस प्रकार कुरा गर्नु पर्छ बाबासँग। तिम्रो यो अभ्यास हुन्छ राती जागेपछि। बानी परेपछि फेरि दिनमा पनि याद रहन्छ। भोजन गर्दा पनि याद गर्नुपर्छ। साजनसँग तिम्रो सगाई भएको छ। हजुरसँगै खाऊँ... यो प्रतिज्ञा पक्का गर्नु छ। जब याद गर्छौ तब त उहाँले खानुहुन्छ नि। उहाँले त भासना मात्र लिनुहुन्छ किनकि उहाँको आफ्नो शरीर त छैन। कुमारीहरूको लागि त धेरै सहज छ, यिनीहरूलाई धेरै सहुलियत छ। शिवबाबा हाम्रा सुन्दर साजन, कति प्यारा हुनुहुन्छ। आधाकल्प हामीले हजुरलाई याद गर्यौं, अहिले हजुरसँग मिलन भएको छ! हामीले जे खान्छौं, हजुरले पनि खानुहोस्। यस्तो होइन, एक पटक याद गर्यो पुग्यो, अनि तिमी एक्लै खाऊ, उहाँलाई खुवाउन बिर्स। उहाँलाई बिर्सेपछि उहाँलाई मिल्दैन। चीजहरू त धेरै खान्छौ, खिचडी खान्छौ, आँप खान्छौ, मिठाई खान्छौ... यस्तो कहाँ सुरुमा याद गर्यो, समाप्त अनि अरू चीज उहाँले कसरी खानुहुन्छ। साजनले खानुभएन भने मायाले बीचमा खान्छ, उहाँलाई खान दिँदैन। मैले देख्छु मायाले खायो भने ऊ बलवान बन्छ र तिमीलाई हराइरहन्छ। बाबाले युक्तिहरू सबै बताउनु हुन्छ। बाबालाई याद गर्यौ भने पिता अथवा साजन धेरै खुशी हुनुहुन्छ। भन्छौ बाबा हजुरसँगै बसौं, हजुरसँगै खाऊँ। हामीले हजुरको याद गर्दै खान्छौं। ज्ञानद्वारा जानेका छौं हजुरले त भासना मात्र लिनुहुन्छ। यो त सापटी लिएको शरीर हो। याद गरेपछि उहाँ आउनु हुन्छ। सारा कुरा तिम्रो यादमा आधारित छ। यसलाई योग भनिन्छ। योगमा मेहनत छ। संन्यासी-उदासीले यस्तो कहिल्यै भन्दैनन्। तिमीलाई यदि पुरुषार्थ गर्नु छ भने बाबाको श्रीमतलाई नोट गर। पूरा पुरुषार्थ गर। बाबाले आफ्नो अनुभव बताउँछन् भन्छन्, जस्तो कर्म मैले गर्छु, तिमीले पनि गर। त्यही कर्म मैले तिमीलाई सिकाउँछु। बाबाले त कर्म गर्नु पर्दैन। सत्ययुगमा दु:ख भोग्नु पर्दैन। बाबाले धेरै सहज कुरा बताउनु हुन्छ। हजुरसँगै बसौं, सुनौं, हजुरसँगै खाऊँ... यो तिम्रै गायन हो। साजनका रूपमा वा बाबाका रूपमा याद गर। गायन पनि छ नि विचार सागर मन्थन गरेर ज्ञानका प्वाइन्टहरू निकाले। यो अभ्यासबाट विकर्म पनि विनाश हुन्छ, तन्दुरूस्त पनि बनिन्छ। जसले पुरुषार्थ गर्छ उसलाई फाइदा हुन्छ, जसले गर्दैन उसलाई नोक्सान हुन्छ। सारा दुनियाँ त स्वर्गको मालिक बन्दैन। यो पनि हिसाब-किताब हो।

बाबाले धेरै राम्ररी सम्झाउनु हुन्छ। गीत त सुन्यौं। निश्चय नै हामी यात्रामा गइरहेका छौं। यात्रामा भोजन आदि त खानै पर्छ, सजनीले साजनको साथ, बच्चाले बाबाको साथ खान्छन्। यहाँ पनि त्यस्तै हो। साजनसँग तिम्रो जति लगन हुन्छ त्यति खुशीको पारा चढ्छ। निश्चय बुद्धि विजयन्ती हुँदै जान्छौ। योग अर्थात् दौड। यो बुद्धियोगको दौड हो। हामी विद्यार्थी हौं, शिक्षकले हामीलाई दौडन सिकाउनु हुन्छ। बाबा भन्नुहुन्छ यस्तो नसम्झ दिनमा केवल कर्म मात्रै गर्नु छ। कछुवाले जस्तै कर्म गरेर फेरि यादमा बस। कुमालकोटीले सारा दिन भुँ-भुँ गर्छ। फेरि कुनै उड्छन्, कुनै मर्छन्, त्यो त एक दृष्टान्त हो। यहाँ तिमीले भुँ-भुँ गरेर आफू समान बनाउँछौ। यसमा कसैको त धेरै प्यार हुन्छ। कोही सड्छन्, कोही अधुरै रहन्छन्, भागन्ती हुन्छन् अनि गएर कीरा बन्छन्। त्यसैले यो भुँ-भुँ गर्न धेरै सहज छ। मनुष्य से देवता किये करत न लागी वार...। अहिले हामी योग लगाइरहेका छौं, देवता बन्ने पुरुषार्थ गरिरहेका छौं। यही ज्ञान गीतामा थियो। उहाँले मनुष्यबाट देवता बनाएर जानुभएको थियो। सत्ययुगमा त सबै देवताहरू थिए। अवश्य पनि उनीहरूलाई संगमयुगमा नै आएर देवता बनाउनु भएको हुनुपर्छ। त्यहाँ स्वर्गमा त देवता बन्ने योग सिकाइदैन। सत्ययुगको आरम्भमा देवी-देवता धर्म थियो र कलियुग अन्त्यमा हुन्छ आसुरी धर्म। यो कुरा केवल गीतामा मात्र लेखिएको छ। मनुष्यबाट देवता बनाउन समय लाग्दैन किनकि लक्ष्य-उद्देश्य बताइदिन्छु। त्यहाँ सारा दुनियाँमा एक धर्म हुन्छ। दुनियाँ त सारा हुन्छ नि। यस्तो होइन, चीन, युरोप हुँदैन, हुन्छ तर त्यहाँ मनुष्य हुँदैनन्। केवल देवता धर्मका हुन्छन्, अरू धर्मका हुँदैनन्। अहिले हो कलियुग। हामी भगवानद्वारा मनुष्यबाट देवता बनिरहेका छौं। बाबा भन्नुहुन्छ तिमी २१ जन्मको लागि सदा सुखी बन्छौ। यसमा मेहनतको कुनै कुरा छैन। भक्तिमार्गमा भगवानको पासमा जानको लागि कति मेहनत गरेका थियौं। भन्छन् पार निर्वाण गयो। यस्तो कहिल्यै भनिदैन भगवानको पासमा गयो। भन्छन् स्वर्ग गयो। एउटा गएर त स्वर्ग बन्दैन। सबैलाई जानु छ। गीतामा लेखिएको छ भगवान कालको पनि काल हुनुहुन्छ। लामखुट्टे सदृश्य सबैलाई वापस लैजानुहुन्छ। बुद्धिले पनि भन्छ चक्र दोहोरिन्छ। सबैभन्दा पहिला सत्ययुगी देवी देवता धर्म दोहोरिन्छ। फेरि पछि अरू धर्म दोहोरिन्छन्। बाबाले कति सहज कुरा बताउनु हुन्छ मनमनाभव। ५ हजार वर्ष पहिला गीताका भगवानले भन्नुभएको थियो प्यारा बच्चाहरू। यदि कृष्णले भनेको भए अरू धर्मकाले केही सुन्न सक्दैनन्। भगवान भन्ने हो भने सबैलाई लाग्छ परमपिता परमात्माले स्वर्ग स्थापन गर्नुहुन्छ जसमा फेरि हामी गएर चक्रवर्ती राजा बन्छौं। यसमा कुनै खर्च आदिको कुरा छैन केवल सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नु छ।

तिमी बच्चाहरूले विचार सागर मन्थन गर्नुपर्छ। कर्म गर्दा दिन-रात यस्तो पुरुषार्थ गरिराख। विचार सागर मन्थन गर्दैनौ वा बाबालाई याद गर्दैनौ, केवल कर्म गरिरहन्छौ भने राती पनि त्यही चिन्तन चलिरहन्छ। घर बनाउनेलाई घरकै चिन्तन चल्छ। हुन त विचार सागर मन्थन गर्ने जिम्मेवारी यिनीमाथि छ तर भन्ने गर्छन् कलश लक्ष्मीलाई दिइयो त्यसैले तिमी लक्ष्मी बन्छौ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 

धारणाको लागि मुख्य सारः
१) श्रीमतलाई नोट गरेर पुरुषार्थ गर्नु छ। बाबाले जुन कर्म गरेर सिकाउनु भएको छ, त्यही गर्नु छ। विचार सागर मन्थन गरेर ज्ञानका प्वाइन्टहरू निकाल्नु छ।

२) आफूले आफैसँग प्रतिज्ञा गर्नु छ म बाबाको यादमा रहेर नै भोजन खान्छु। हजुरसँगै बसूँ, हजुर सँगै खाऊँ... यो प्रतिज्ञा राम्ररी पूरा गर्नु छ।

वरदान:
आफ्नो शुभचिन्तनको शक्तिद्वारा आत्माहरूलाई चिन्तामुक्त बनाउने शुभचिन्तक मणि भव

आजको विश्वमा सबै आत्माहरू चिन्तामणि छन्। ती चिन्ता मणिहरूलाई तिमी शुभचिन्तक मणिहरूले आफ्नो शुभ चिन्तनको शक्तिद्वारा परिवर्तन गर्न सक्छौ। जसरी सूर्यका किरणले टाढा-टाढासम्म अन्धकारलाई मेटाउँछ यस्तै तिमी शुभचिन्तक मणिहरूको शुभ संकल्प रूपी चमक वा किरणहरू विश्वको चारैतर्फ फैलिरहेको छ। त्यसैले कुनै आध्यात्मिक प्रकाशले गुप्त रूपमा आफ्नो कार्य गरिरहेको छ भन्ने सम्झन्छन्। यो प्रेरणा अहिले सुरु भएको छ, अन्त्यमा खोज्दै-खोज्दै सही स्थानमा आइपुग्ने छन्।

स्लोगन:
बापदादाको निर्देशनलाई राम्रोसँग ग्रहण गर्नको लागि मन-बुद्धिको लाइन क्लियर राख।