10.01.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाको बनेर बाबाको नाम प्रख्यात गर । सम्पूर्ण पवित्र बनेपछि नाम प्रख्यात हुन्छ , तिमीलाई सम्पूर्ण मीठो पनि बन्नु छ ।

प्रश्न:
संगमयुगमा तिमी बच्चाहरूलाई कुनचाहिँ एउटा फिक्र छ, जुन सत्ययुगमा हुँदैन?

उत्तर:
संगमयुगमा तिमीलाई पावन बन्ने नै फिक्र छ। बाबाले तिमी बच्चाहरूलाई अरू सबै कुराबाट बेफिक्र बनाउनु भएको छ। तिमीले पुरुषार्थ गर्छौ यो पुरानो शरीर खुसी-खुसी सँग छुटोस्। तिमीलाई थाहा छ पुरानो वस्त्र उतारेर नयाँ लगाउनेछौं। हरेक बच्चाले आफ्नो दिल सँग सोध्नु छ मलाई कति खुसी रहन्छ? मैले बाबालाई कति याद गर्छु?

ओम् शान्ति ।
मीठे-मीठे सिकीलधे बच्चाहरूलाई रूहानी बाबाले सम्झाउनु हुन्छ। पढाउनु पनि हुन्छ, सम्झाउनु पनि हुन्छ। पढाउनु हुन्छ रचयिता र रचनाको आदि, मध्य, अन्तको रहस्य अनि सम्झाउनु हुन्छ सर्वगुण सम्पन्न बन, दैवी गुण धारण गर। याद गर्दा-गर्दै तिमी सतोप्रधान बन्छौ। तिमीलाई थाहा छ यस समयमा यो सृष्टि तमोप्रधान छ, सतोप्रधान सृष्टि थियो जुन अहिले ५ हजार वर्षमा तमोप्रधान बनेको छ। यो हो पुरानो दुनियाँ। सबैको लागि भन्नुहुन्छ नि। यो नयाँ दुनियाँमा थियो वा शान्तिधाममा थियो? बाबाले आत्माहरूलाई नै सम्झाउनु हुन्छ हे रूहानी बच्चाहरू! तिमीहरूलाई सतोप्रधान अवश्य बन्नु छ। बाबाबाट वर्सा अवश्य लिनु छ। म, आफ्नो पितालाई अवश्य याद गर्नु छ। लौकिक बच्चाहरूले पनि याद गर्छन्। जति ठूला हुँदै जान्छन् हदको वर्साको हकदार हुँदै जान्छन्। तिमी हौ बेहदका बाबाको सन्तान। बाबाबाट बेहदको वर्सा लिनु छ। अब भक्ति आदि गर्ने आवश्यकता छैन। यो त बच्चाहरूले बुझेका छन् यो विश्व विद्यालय हो। सबै मनुष्य मात्रलाई पढ्नु छ। बेहदको बुद्धि धारण गर्नु छ। अब यो पुरानो दुनियाँ बदलिनु छ। जो अहिले तमोप्रधान छन् उनीहरू सतोप्रधान हुन्छन्। बच्चाहरूले जानेका छन् यस समयमा हामी बेहदका बाबाबाट बेहद सुखको वर्सा पाइरहेका छौं। अब हामीलाई एक रूहानी बाबाको मतमा नै चल्नु छ। यस रूहानी यादको यात्राबाट नै तिम्रो आत्मा सतोप्रधान बन्दै जान्छ फेरि सतोप्रधान दुनियाँमा जानु छ। तिम्रो समझमा आउँछ हामी ब्राह्मण हौं। हामी बाबाको बनेका छौं। पढाइ पढिरहेका छौं र पढ्नुलाई नै ज्ञान भनिन्छ। भक्ति अलग हो। तिमी ब्राह्मणहरूलाई बाबाले ज्ञान सुनाउनु हुन्छ। अरू कसैलाई यो ज्ञानको बारेमा थाहा छैन। उनीहरूले यो जान्दैनन् ज्ञान सागर बाबा जो शिक्षक पनि हुनु हुन्छ, उहाँले कसरी पढाउनु हुन्छ? बाबाले टपिक त धेरै सम्झाइरहनु हुन्छ। नम्बरवन कुरा हो बाबाको बनेर बाबाको नाम प्रसिद्ध गर्नु। सम्पूर्ण पवित्र बन्नु। सम्पूर्ण मीठो पनि बन्नु छ। यो हो नै ईश्वरीय विद्या। भगवान् बसेर पढाउनु हुन्छ। उहाँ उच्च भन्दा उच्च बाबालाई याद गर्नु छ। यो हो सेकेन्डको कुरा। आफूलाई आत्मा सम्झ। तिमीलाई थाहा छ हामी आत्माहरू शान्तिधाममा निवास गर्छौं फेरि यहाँ आउँछौं पार्ट खेल्न। पुनर्जन्ममा आइ नै रहन्छौं। नम्बरवार ८४ जन्मको पार्ट हामीले अब पूरा गरेका छौं। यस पढाइलाई पनि बुझ्नु छ, पार्टलाई पनि बुझ्नु छ। ड्रामाको रहस्य पनि बुद्धिमा छ। जान्दछौ यो हाम्रो अन्तिम जन्म हो, यसमा बाबा मिलेको छ। जब ८४ जन्म पूरा गर्छौं तब पुरानो दुनियाँ बदलिन्छ। तिमीले यस बेहदको ड्रामालाई, ८४ जन्मलाई र यस पढाइलाई जान्दछौ। ८४ जन्म लिँदा-लिँदा अब अन्त्यमा आइपुगेका छौ। अहिले पढिरहेका छौ फेरि नयाँ दुनियाँमा जान्छौ। नयाँ-नयाँ आइरहन्छन्। केही न केही निश्चय नै भइरहन्छ। कोही त यस पढाइमा लागि हाल्छन्। बुद्धिमा छ हामी सतोप्रधान, पवित्र बनिरहेका छौं। हामी पवित्र बन्दै बन्दै उन्नति गरिरहने छौं। बाबाले सम्झाउनु भएको छ तिमीले जति याद गर्छौ, तिम्रो आत्मा पवित्र बन्दै जान्छ। बच्चाहरूको बुद्धिमा सारा ड्रामा बसेको छ। यो पनि जानेका छौ यस दुनियाँको तिमीले सबै कुरा छोडेर आएका छौ। जे यी आँखाहरूबाट देख्छौ त्यसलाई देख्नु छैन। यी सबै खतम हुनेवाला छ। अब तिम्रो अन्तिम जन्म हो अरू कसैले पनि यो बेहदको ड्रामालाई जान्दैनन्। तिमी अहिले सारा चक्रलाई जान्दछौ, बाबा आउनु भएको छ अब तिमीलाई तमोप्रधानबाट सतोप्रधान बनाउन। जसरी त्यो परीक्षा १२ महिनापछि लिइन्छ। तिम्रो यादको यात्रा पनि अहिले पूरा भएको छैन। धेरथोर याद रहन्छ फेरि पक्का भएपछि केही पनि याद आउने छैन। आत्मा एकदम अशरीरी आउँछ, अशरीरी जानु छ। तिमीले सारा सृष्टिको मनुष्य मात्रको पार्टलाई जान्दछौ। धेरै मनुष्यहरू बढ्दै जान्छन्। करोडौं भएका छन्। सत्ययुगमा त हामी धेरै कम हुन्छौं। पुनर्जन्म लिंदा-लिंदा अरू धर्मका मठ-पन्थ, शाखा-प्रशाखा बढ्दा-बढ्दै वृक्ष धेरै ठूलो भएको छ। आदि सनातन देवी-देवता धर्म नै प्राय: लोप भएको छ। हामी नै देवी-देवता धर्ममा थियौं, सतोप्रधान थियौं। अब त्यो धर्म नै तमोप्रधान भएको छ, अब फेरि सतोप्रधान बन्नु छ र बन्नको लागि नै हामी पढिरहेका छौं। जति पढ्छौ, पढाउँछौ त्यति धेरैको कल्याण हुन्छ। धेरै प्यारले सम्झाउनु छ। हवाई जहाजबाट पर्चा खसाल्नु छ। त्यसमा पनि यही सम्झाउनु छ हामी जन्म-जन्मान्तर भक्ति गर्दै आएका छौं। गीता पढ्नु पनि भक्ति हो। यस्तो होइन गीता पढ्नाले कोही मनुष्यबाट देवता बन्छन्। ड्रामा अनुसार जब बाबा आउनु हुन्छ तब नै सतोप्रधान बन्ने युक्ति बताउनु हुन्छ। फेरि सतोप्रधान पद मिल्छ।

तिमीलाई थाहा छ यस पढाइबाट हामी यो बन्नेवाला छौं। यो हो ईश्वरीय पाठशाला। भगवानले पढाएर तिमीलाई नरबाट नारायण बनाउनु हुन्छ। हामी जब सतोप्रधान थियौं तब स्वर्ग थियो। जब तमोप्रधान बन्यौं तब नर्क भयो। फेरि चक्रलाई फिर्नु छ। बाबा नै आएर मनुष्यबाट देवता, विश्वको मालिक बनाउने पुरुषार्थ गराउनु हुन्छ। बाबालाई याद गर्नु छ र दैवी गुण धारण गर्नु छ। लडाईं-झगडा गर्नु हुँदैन। देवताहरू कहिल्यै लडाईं-झगडा गर्दैनन्। तिमी पनि त्यस्तै बन्नु छ। तिमी नै त्यस्तै सर्वगुण सम्पन्न थियौ फेरि श्रीमत अनुसार बन्नु छ। आफै सँग सोध्नु छ मलाई कति खुसी छ? कहाँसम्म निश्चय छ? यो त सारा दिन याद रहनु पर्छ। तर माया यस्तो छ जसले भुलाइदिन्छ। तिमीलाई थाहा छ बाबाको साथमा हामी विश्व सेवाधारी हौं। पहिले तिमी हदको पढाइ पढ्थ्यौ, अब बेहदको पढाइ, बेहदको बाबाद्वारा पढ्छौ। यो पुरानो शरीर हो जसलाई आफ्नो समयमा छुट्नु छ, आफैं छुट्दैन। हामीले खुसीसाथ यस शरीरलाई छोडौं। हामी यस छी-छी शरीरलाई छोडेर, पुरानो दुनियाँलाई पनि छोडेर खुसीले जान्छौं। कुनै विशेष दिन हुन्छ भने खुसीले नयाँ कपडा पहिरन्छन् नि। यहाँ तिमीलाई थाहा छ हामीलाई नयाँ दुनियाँमा नयाँ शरीर मिल्छ। हामीलाई एउटै फिक्र छ पावन बन्ने, अरू सबै फिक्रबाट हामी मुक्त भइहाल्छौ। यो सबै खतम हुनु छ, फिक्र केको लागि गर्ने? आधा कल्प हामी भक्तिमार्गमा फिक्रमा रह्यौं। फेरि आधा कल्प कुनै फिक्र रहने छैन। बाँकी थोरै समय छ। पावन बन्ने थोरै फिक्र छ। फेरि कुनै पनि फिक्र रहने छैन। यो सुख-दु:खको खेल हो। सत्ययुगमा हुन्छ सुख, कलियुगमा हुन्छ दु:ख। बाबाले सम्झाउनु भएको छ तिमी सोध्न सक्छौ, सत्ययुग सुखधामको निवासी हुनु हुन्छ वा कलियुग दु:खधामको? यसरी तिमी नयाँ-नयाँ कुरा सुनाउँछौ। अवश्य भन्नेछन् अहिले दु:खधामका वासी छौं। धेरै प्यारले सोध्नु छ जसले गर्दा हामी कहाँका वासी हौ भन्ने कुरा उनीहरू आफैंले बुझून्। भन्नेछन् यिनीहरूको प्रश्न सोध्ने युक्ति त बडो राम्रो छ। चाहे जतिसुकै ठूलो मानिस, धनवान् भए पनि हुन् त नर्कवासी नै। स्वर्ग त नयाँ दुनियाँलाई भनिन्छ। अहिले कलियुग पुरानो दुनियाँ हो। यी प्रश्नहरू धेरै राम्रा छन्। सिंढीमा पनि धेरै स्पष्ट छ। तपाईं सुखधाममा हुनु हुन्छ वा दु:खधाममा हुनु हुन्छ? यो नर्क हो वा स्वर्ग? देवता हुनु हुन्छ वा असुर हुनु हुन्छ? यो सोध्नु छ। अवश्य पनि सत्ययुगलाई दैवी दुनियाँ भनिन्छ। कलियुगलाई नर्क, रावण राज्य भनिन्छ। सोध्नु छ सत्ययुग स्वर्ग दैवी दुनियाँको निवासी हुनु हुन्छ वा कलियुग रावण राज्यको निवासी हुनु हुन्छ? चाहे जतिसुकै धनवान् भए पनि निवासी कहाँका हुन्? अहिले तिमीमा ज्ञान आएको छ। पहिले यी कुरा ख्यालमा पनि थिएनन्। अहिले तिमी सम्झन्छौ हामी संगममा छौं। जो कलियुगमा छन् उनीहरू पतित नर्कवासी छन्, फेरि पावन बन्नु छ। तब त पुकार्छन् हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। यो पनि सम्झाउनु छ। तिम्रो पासमा कति धेरै मनुष्य आउँछन् फेरि पनि करोडौंमा कोही निस्किन्छन्। म जे हुँ, जस्तो हुँ, जे सिकाउँछु त्यसमा कोही बिरलै चल्छन्। प्रभातफेरिमा पनि यही देखाऊ हामी यस पढाइबाट स्वर्गवासी बनिरहेका छौं। सत्ययुग-त्रेता-द्वापर-कलियुग.... यो चक्र फिर्छ नि। तिम्रो बुद्धिमा सारा चक्र छ। फेरि तिमी सुखधाम-शान्तिधामको मालिक बन्छौ। सुखधाममा दु:खको नाम पनि छैन। यदि पूरा पढेनौ भने पद पनि कम पाउनेछौ। यो त साधारण कुरा हो त्यसैले बेहदको पढाइ पढेर बेहदको वर्सा लिइहाल। केवल आफूलाई आत्मा सम्झेर बेहदको बाबालाई याद गर्नु छ। धेरै मीठो बाबा हुनु हुन्छ। उहाँको निर्देशन छ देहसहित देहका सबै बन्धनलाई खतम गर। आत्मा त अविनाशी छ। अहिले भर्खरै शरीर लियो, अहिले भर्खरै छोड्यो। बेर कहाँ लाग्छ र। यस समयमा त दिन प्रतिदिन सबै तमोप्रधान बन्दै जान्छन्। जब हामी सतोप्रधान थियौं त्यतिबेला हाम्रो आयु लामो थियो, धेरै कम थियौं। अर्को कुनै धर्म थिएन। तिम्रो आयु अहिलेको पुरुषार्थले नै बढ्छ। जति याद गर्नेछौ त्यति तिम्रो आयु बढ्छ। जब तिमी सतोप्रधान थियौ तब तिम्रो आयु धेरै लामो थियो। फेरि जति तल उत्रिदै गयौ, त्यति आयु कम हुँदै गयो। रजोमा आयौ तब आयु कम भयो, तमोमा आयौ तब अझै कम भयो। जसरी नार (कुआबाट पानी निकाल्ने एक तरिका)को उदाहरण छ डब्बा भर्छन् अनि खाली हुँदै जान्छ। यो पनि बेहदको नार हो। तिमी अहिले भरिरहेका छौ। भर्दा-भर्दा पूरा भरिनेछौ फेरि बिस्तारै-बिस्तारै खाली हुनेछौ। यसको तुलना ब्याट्री सँग पनि गरिन्छ। अहिले हामी सतोप्रधान बनेर जान्छौं फेरि ८४ जन्म लिन्छौं। आधा कल्पपछि रावण राज्य सुरु हुन्छ। रावण राज्यमा सबैलाई नर्कवासी भनिन्छ। पछि जो आउँछन् उनीहरू नर्कमा नै आउँछन्। पहिले तिमी स्वर्गमा जान्छौ। यो बाबाबाट भक्तिको फल मिल्छ। बुझिन्छ यिनले धेरै भक्ति गरेका छन् त्यसैले ज्ञान पनि लिन्छन्। यो सबै रहस्य तिमीलाई बाबाले सम्झाउनु भएको छ। तिमीले फेरि अरूलाई सम्झाउनु छ। मनुष्यहरूले अनेक प्रकारका पाप नै पाप गरेका छन्। अब बाबा आउनु भएको छ, तिमीलाई ज्ञान दिइरहनु भएको छ। बाबा जब आउनु हुन्छ तब नै आएर पढाउनु हुन्छ। यति समय त थाहै थिएन। पापात्मा बन्दै गयौं। पुण्य आत्मा कसरी बन्छन्? फेरि पाप आत्मा कसरी बन्छन्? सत्ययुगका निवासी को हुन्? कलियुगका निवासी को हुन् केही पनि थाहा थिएन। अब बाबाले सम्झाउनु भएको छ। बाबालाई ज्योति पनि भनिन्छ। उहाँमा लाइट पनि छ र माइट पनि छ। लाइटमा आउँछौ अर्थात् जाग्छौ अनि माइट आउँछ। तिम्रो जीवन पनि लामो हुन्छ। तिमीलाई त्यहाँ कालले खान सक्दैन। खुसीले एक शरीर छोडेर अर्को लिन्छौ। दु:खको कुनै कुरा हुँदैन। जसरी एक खेल हुन्छ। (सर्पको उदाहरण) तिमीले सत्ययुग देखि लिएर कलियुगसम्म पार्ट खेलेका छौ। यो बुद्धिमा बसेको छ।

बाबा तिम्रो पिता पनि हुनु हुन्छ, शिक्षक पनि हुनु हुन्छ, सतगुरु पनि हुनु हुन्छ। यो केवल बच्चाहरूलाई नै नम्बरवार पुरुषार्थ अनुसार थाहा छ। पुनर्जन्मलाई पनि तिमीले बुझेका छौ। तिमीले कति जन्म लिन्छौ? ब्राह्मण धर्ममा तिमी कति जन्म लिन्छौ? (एक जन्म) कसैले दुई-तीन जन्म पनि लिन्छन्। सम्झ कसैले शरीर छोड्छ, उसले ब्राह्मणपनको संस्कार लिएर जान्छ। संस्कार ब्राह्मणपनको हुनाले फेरि पनि सच्चा-सच्चा ब्राह्मण कुलमा आउँछ। ब्राह्मण कुलका आत्माहरूको त वृद्धि भइरहन्छ। ब्राह्मण कुलको संस्कार त लिएर जान्छन् नि। केही हिसाब-किताब छ भने दुई-तीन जन्म पनि लिन सक्छन्। एउटा शरीर छोडेर अर्को लिन्छन्। आत्मा ब्राह्मण कुलबाट दैवी कुलमा जान्छ। शरीरको त कुरा छैन। अब तिमी बाबाको बनेका छौ, तिमी ईश्वरीय सन्तान हौ फेरि प्रजापिता ब्रह्माका पनि सन्तान हौ। तिम्रो अरू कुनै सम्बन्ध छैन। बेहदका बाबाको बन्नु कुनै कम कुरा हो र! तिमी सुखधामको मालिक बन्छौ। केवल बडा बाबालाई तिमीले चिन्यौ भने पनि तिम्रो बेडा पार हुन्छ (जीवन सफल हुन्छ)। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।

धारणाको लागि मुख्य सारः

१) आफूले आफै सँग सोध १) मलाई खुसी कहाँसम्म रहन्छ? २) सर्वगुण सम्पन्न थियौं, अब श्रीमतमा फेरि बन्नु छ, यो निश्चय कहाँसम्म छ? ३) म सतोप्रधान कहाँसम्म बनेको छु? दिन-रात सतोप्रधान (पावन) बन्ने चिन्ता रहन्छ?

२) बेहदका बाबाको साथमा विश्वको सेवा गर्नु छ। बेहदको पढाइ पढ्नु र पढाउनु छ। देहसहित जति पनि बन्धन छन् तिनीहरूलाई बाबाको यादले खत्तम गर्नु छ।


वरदान:
सेवामा मान-शानको कच्चा फललाई त्यागेर सदा प्रसन्नचित्त रहने अभिमान मुक्त भव

रोयल रूपको इच्छाको स्वरूप नाम, मान र शान हो। जसले नामको लागि सेवा गर्छन्, उनीहरूको नाम अल्पकालको लागि हुन्छ तर उच्च पदमा नाम पछि पर्छ किनकि काँचो फल खाएको हुन्छ। कतिपय बच्चाहरूले सोच्छन् सेवाको परिणामस्वरूप मलाई मान मिल्नु पर्छ। तर यो मान होइन अभिमान हो। जहाँ अभिमान छ त्यहाँ प्रसन्नता रहन सक्दैन, त्यसैले अभिमान मुक्त बनेर सदा प्रसन्नताको अनुभव गर।

स्लोगन:
परमात्म प्यारको सुखदायी झुलामा झुल्यौ भने दु:खको लहर आउन सक्दैन।


ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:
नम्बरवन ब्रह्माको आत्माको साथमा तिमीहरू सबै पनि फरिश्ता बनेर अव्यक्त वतनमा गएर फेरि परमधाममा जानु छ। त्यसैले मनको एकाग्रतामा विशेष ध्यान देऊ, अर्डर दिएर मनलाई चलाऊ। हर कुरामा, वृत्तिमा, दृष्टिमा, कर्ममा न्यारापन अनुभव होस्। फरिश्तापनको अनुभूति स्वयं पनि गर र अरूलाई पनि गराऊ।