10.02.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी यस विश्व विद्यालयमा आएका छौ पुरानो दुनियाँबाट मरेर नयाँ दुनियाँमा जान , अहिले तिम्रो प्रीत एक भगवानसँग भएको छ।

प्रश्न:
कुन विधिले बाबाको याद गर्दा तिमी धनवान बन्छौ?

उत्तर:
बाबा हुनुहुन्छ बिन्दु। तिमीले बिन्दु बनेर बिन्दुलाई याद गर्यौ भने धनवान बन्छौ। जसरी १ को पछि बिन्दु लगायौ भने १० फेरि बिन्दु लगायौ भने १०० हुन्छ, फेरि १००० हुन्छ। यसरी नै बाबाको यादले बिन्दु लाग्दै जान्छ। तिमी धनवान बन्छौ। यादमा नै सच्चा कमाई छ।

गीत:
महफिल में जल उठी शमा......

ओम् शान्ति ।
यस गीतको अर्थ कति विचित्र छ प्रीत बनेको छ कसको लागि? कोसँग बनेको छ? भगवानसँग किनकि यस दुनियाँबाट मरेर उहाँको पासमा जानु छ। यस्तो कहिल्यै कसैको साथमा प्रीत हुन्छ र, जसलाई यो मर्छौं भन्ने ख्याल आओस्। फेरि त कसले प्रीत राख्छ होला? गीतको अर्थ कति अनौठो छ। ज्योतिसित पुतलीहरूले प्रीत राखेर चक्कर लगाउँदा-लगाउँदा मर्छन्। तिमीले पनि बाबाको प्रीतमा यो शरीर छोड्नु छ अर्थात् बाबालाई याद गर्दा गर्दै शरीर छोड्नु छ। यो गायन केवल एकको लागि हो। उहाँ बाबा जब आउनु हुन्छ, उहाँसँग जसले प्रीत राख्छन् उनीहरू यस दुनियाँबाट मर्नुपर्छ। भगवानसँग प्रीत राख्यौ भने मरेर कहाँ जान्छौ। अवश्य भगवानको पासमा नै जान्छौ। मनुष्यहरूले दान-पुण्य तीर्थ यात्रा आदि गर्छन् भगवानको पासमा जानको लागि। शरीर छोड्ने बेलामा पनि मनुष्यलाई भन्छन् भगवानलाई याद गर। भगवान कति प्रसिद्ध हुनुहुन्छ। उहाँ आएर सारा पुरानो दुनियाँलाई खतम गरिदिनुहुन्छ। तिमीलाई थाहा छ हामी यस युनिभर्सिटीमा आउँछौं पुरानो दुनियाँबाट मरेर नयाँ दुनियाँमा जानको लागि। पुरानो दुनियाँलाई पतित दुनियाँ, हेल भनिन्छ। बाबाले नयाँ दुनियाँमा जाने मार्ग बताउनु हुन्छ। केवल मलाई याद गर, म हुँ हेभनली गड फादर। ती पिताबाट तिमीलाई धन मिल्छ, सम्पत्ति घर आदि मिल्छ। बच्चीहरूलाई त वर्सा मिल्दैन। उनीहरूलाई पराई घरमा पठाइदिन्छन्, मतलब तिनीहरू वारिस होइनन्। उहाँ भगवान त सबै आत्माहरूका पिता हुनुहुन्छ। उहाँको पासमा सबैलाई आउनु छ। कुनै समयमा बाबा अवश्य आउनु हुन्छ सबैलाई घर लिएर जानुहुन्छ किनकि नयाँ दुनियाँमा धेरै कम मनुष्य हुन्छन्। पुरानो दुनियाँमा त धेरै छन्। नयाँ दुनियाँमा मनुष्य पनि थोरै सुख पनि धेरै हुन्छ। पुरानो दुनियाँमा धेरै मनुष्य हुन्छन् भने दु:ख पनि धेरै हुन्छ त्यसैले पुकार्छन्। बापु गान्धीले पनि भन्दथे हे पतित-पावन आउनुहोस्। केवल उहाँलाई जान्दैनथे। सम्झन्छन् पनि पतित-पावन परमपिता परमात्मा हुनुहुन्छ, उहाँ नै संसारका मुक्तिदाता हुनुहुन्छ। राम-सीतालाई सारा दुनियाँले मान्दैन। सारा दुनियाँले परमपिता परमात्मालाई लिबरेटर, गाइड मान्छ। लिबरेट गर्नुहुन्छ दु:खबाट। त्यसैले दु:ख दिनेवाला को? बाबाले त दु:ख दिन सक्नुहुन्न किनकि उहाँ त पतित-पावन हुनुहुन्छ। पावन दुनियाँ सुखधाममा लैजानेवाला हुनुहुन्छ। तिमी हौ उहाँ रूहानी बाबाका रूहानी बच्चाहरू। जस्तो पिता उस्तै बच्चाहरू। लौकिक पिताका लौकिक बच्चाहरू अर्थात् शारीरिक बच्चाहरू। अब तिमी बच्चाहरूले यो मान्नु छ हामी आत्मा हौं, परमपिता परमात्माले हामीलाई वर्सा दिन आउनु भएको छ। हामी उहाँका बच्चा बन्छौं भने स्वर्गको वर्सा अवश्य मिल्छ। उहाँ हुनुहुन्छ नै स्वर्गको स्थापना गर्नेवाला। हामी विद्यार्थी हौं, यो बिर्सिनु हुँदैन। बच्चाहरूको बुद्धिमा रहन्छ शिवबाबाले मधुवनमा मुरली बजाउनु हुन्छ। त्यो काठको मुरली त यहाँ छैन। कृष्णले डान्स गरेको, मुरली बजाएको त्यो सबै भक्ति मार्गको कुरा हो। बाँकी ज्ञानको मुरली त शिवबाबाले नै बजाउनु हुन्छ। तिम्रो पासमा राम्रा-राम्रा गीत बनाउनेहरू आउने छन्। गीत प्राय: पुरुषहरूले नै बनाउँछन्। तिमीले ज्ञानको गीत नै गाउनु पर्छ, जसबाट शिवबाबाको याद आओस्।

बाबा भन्नुहुन्छ म अल्फलाई याद गर। शिवलाई बिन्दु भनिन्छ। व्यापारीहरूले शून्य (बिन्दु) लेख्दा शिव भन्छन्। १ को पछि बिन्दु लेख्दा १० हुन्छ फेरि बिन्दु लेख्यो भने १०० हुन्छ। फेरि बिन्दु लेख्यो भने १००० हुन्छ। त्यसैले तिमीले पनि शिवलाई याद गर्नु छ। जति शिवलाई याद गर्छौ बिन्दु-बिन्दु लाग्दै जान्छ। तिमी आधाकल्पको लागि धनवान बन्छौ। त्यहाँ कोही गरिब हुँदैन। सबै सुखी हुन्छन्। दु:खको नामै हुँदैन। बाबाको यादले विकर्म विनाश हुँदै जान्छ। तिमी धेरै धनवान बन्छौ। यसलाई भनिन्छ सच्चा बाबाद्वारा सच्चा कमाई। यो नै साथमा जान्छ। मनुष्य सबै खाली हात जान्छन्। तिमी भरपुर हात जानु छ। बाबालाई याद गर्नु छ। बाबाले सम्झाउनु भएको छ पवित्रता भयो भने शान्ति, सम्पत्ति मिल्छ। तिमी आत्मा पहिला पवित्र थियौ फेरि अपवित्र बन्यौ। सन्यासीहरूलाई पनि अर्ध पवित्र भनिन्छ। तिम्रो हो पूरा संन्यास। तिमीले जानेका छौ उनीहरूले कति सुख लिन्छन्। अलिकति सुख छ अनि त दु:ख नै छ। पहिला उनीहरूले सर्वव्यापी भन्दैन्थे। सर्वव्यापी भन्नाले गिर्दै जान्छन्। दुनियाँमा अनेक प्रकारका मेला लाग्छन् किनकि आम्दानी त हुन्छ नि। यो पनि उनीहरूको धन्दा हो। भनिन्छ नि सबै धन्दामा धूलो... बिना धन्दा नरबाट नारायण बन्ने यो धन्दा कसै-कसैले मात्र गर्छन्। बाबाको बनेर सबैथोक बाबालाई दिनु छ किनकि तिमी चाहन्छौ नयाँ शरीर मिलोस्। बाबा भन्नुहुन्छ जब आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ तिमी कृष्णपुरीमा जान सक्छौ। कृष्णपुरीमा यस्तो भनिदैन हामीलाई पावन बनाउनुहोस्। यहाँ सबै मनुष्य मात्रले पुकार्छन् हे मुक्तिदाता आउनुहोस्। यस पाप आत्माहरूको दुनियाँबाट हामीलाई मुक्त गर्नुहोस्।

अहिले तिमीले जानेका छौ बाबा आउनु भएको छ हामीलाई आफ्नो साथमा लैजान। त्यहाँ जानु त राम्रो हो नि। मनुष्यले शान्ति चाहन्छन्। अब शान्ति केलाई भनिन्छ? कर्म विना त कोही रहन सक्दैन। शान्ति त छ नै शान्तिधाममा। फेरि पनि शरीर लिएर कर्म त गर्नु नै छ। सत्ययुगमा कर्म गर्दा पनि शान्ति हुन्छ। अशान्तिमा मनुष्यलाई दु:ख हुन्छ त्यसैले भन्छन् शान्ति कसरी मिल्न सक्छ। अहिले तिमीले जानेका छौ शान्तिधाम त हाम्रो घर हो। सत्ययुगमा शान्ति पनि हुन्छ, सुख पनि हुन्छ। सबै कुरा हुन्छ। अब त्यो चाहिन्छ वा केवल शान्ति मात्र भए पुग्छ? यहाँ त दु:ख छ त्यसैले पतित-पावन बाबालाई पनि यहाँ पुकार्छन्। भक्ति गर्छन् नै भगवानसँग मिल्न। भक्ति पनि पहिला अव्यभिचारी अनि व्यभिचारी हुन्छ। व्यभिचारी भक्तिमा हेर के-के गर्छन्। सींढीमा कति राम्रो देखाइएको छ तर पहिला-पहिला त सिद्ध गर्नुपर्छ भगवान को हुनुहुन्छ? श्री कृष्णलाई यस्तो कसले बनायो? अघिल्लो जन्ममा को थिए? सम्झाउने धेरै युक्ति चाहिन्छ। जसले राम्रो सेवा गर्छ उसको दिलले पनि देख्छ। युनिभर्सिटीमा जसले राम्रोसँग पढ्छन्, उनीहरू अवश्य अगाडि जान्छन्। नम्बरवार त हुन्छन् नै। कोही मन्दबुद्धिका पनि हुन्छन्। आत्माले शिवबाबालाई भन्छ मेरो बुद्धिको ताला खोल्नुहोस्। बाबा भन्नुहुन्छ बुद्धिको ताला खोल्नको लागि नै त म आएको छु। तर तिम्रो कर्म नै यस्तो छ, जसले गर्दा ताला खुल्दैन। फेरि बाबाले के गर्ने? धेरै पाप गरेका छौ। अहिले बाबाले के गर्न सक्नुहुन्छ? टिचरलाई यदि विद्यार्थीले भन्छ मैले नै कम पढ्छु भने टिचरले के गर्ने? टिचरले कुनै कृपा त गर्नुहुन्न! धेरै गरे उसको लागि एक्स्ट्रा टाइम दिनुहोला। त्यो त तिमीलाई मनाही छैन। प्रदर्शनी खुला छ, बसेर अभ्यास गर। भक्तिमार्गमा त कसैले भन्छन् माला जप, कसैले भन्छ यो मन्त्र याद गर। यहाँ त बाबाले आफ्नो परिचय दिनुहुन्छ। बाबालाई याद गर्नु छ, जसबाट वर्सा मिल्छ। त्यसैले राम्रोसँग बाबाबाट वर्सा लिनुपर्छ नि। यसमा पनि बाबा भन्नुहुन्छ विकारमा कहिल्यै नजाऊ। अलिकति पनि विकारको स्वाद लियौ भने फेरि वृद्धि हुँदै जान्छ। सिगरेट आदिको एकचोटि पनि स्वाद लियो भने सँगको रंग तुरुन्त लाग्छ। फेरि लागेको बानी छोड्न पनि मुस्किल हुन्छ। बहाना कति गर्छन्। कुनै बानी पार्नु हुँदैन। फोहोरी बानीलाई पनि मेटाउनु छ। बाबा भन्नुहुन्छ जीवन छँदै शरीरको भानलाई छोडेर मलाई याद गर। देवताहरूलाई सदा पवित्र भोग नै लगाइन्छ, त्यसैले तिमीले पनि पवित्र भोजन खाऊ। आजकल त शुद्ध घिउ पाइदैन, तेल खान्छन्। त्यहाँ तेल आदि हुँदैन। यहाँ त डेरीमा हेर शुद्ध घिउ पनि हुन्छ, अशुद्ध पनि हुन्छ। दुवैमा लेखिएको हुन्छ शुद्ध घिऊ। मूल्य फरक पर्छ। अब तिमी बच्चाहरू फूल जस्तै हर्षित रहनु पर्छ। स्वर्गमा त प्राकृतिक सुन्दरता हुन्छ। त्यहाँ प्रकृति पनि सतोप्रधान हुन्छ। लक्ष्मी-नारायणको जस्तो नेचुरल ब्युटी यहाँ कसैले बनाउन सक्दैन। उनलाई यी आँखाद्वारा कसैले कहाँ देख्न सक्छ र। हो, साक्षात्कार हुन्छ तर साक्षात्कारबाट कसैले हुबहु त्यस्तै चित्र कहाँ बनाउन सक्छ र। हो, कोही चित्रकारलाई साक्षात्कार हुँदै जाओस् र त्यही बेलामा बसेर बनाउँछ भने.... तर धेरै मुस्किल छ। तिमी बच्चाहरूलाई धेरै नशा हुनु पर्छ। अहिले हामीलाई बाबा लिन आउनु भएको छ। बाबाबाट हामीलाई स्वर्गको वर्सा मिल्नु छ। अब हाम्रा ८४ जन्म पूरा भए। यस प्रकारको ख्याल बुद्धिमा भयो भने खुसी हुन्छ। विकारको अलिकति पनि ख्याल आउनु हुँदैन। बाबा भन्नुहुन्छ काम महाशत्रु हो। द्रोपदीले पनि त्यसैले पुकारेकी छन् नि। उनका कुनै ५ पति थिएनन्। उनले त पुकार्थिन् मलाई यो दुशासनले नंगन गर्छ, यसबाट बचाऊ। फेरि ५ पति कसरी हुन सक्छन्। यस्तो कुरा हुन सक्दैन। घरी-घरी तिमी बच्चाहरूलाई नयाँ-नयाँ प्वाइन्ट मिलिराख्छ त्यसैले परिवर्तन गर्नु छ, केही न केही परिवर्तन गरेर अरूलाई बताउनु पर्छ।

तिमीले लेख्छौ थोरै समय भित्र हामीले यस दुनियाँलाई परिस्तान बनाउँछौ। तिमीले चुनौति दिन्छौ। बाबाले बच्चाहरूलाई भन्नुहुन्छ सन सोज फादर, फादर सोज सन। फादर कुनचाहिँ? शिव र शालिग्रामको गायन छ। शिवबाबाले जे सम्झाउनु हुन्छ त्यसलाई अनुशरण गर। फलो फादर पनि गायन गरिएको छ। लौकिक फादरलाई फलो गर्नाले तिमी पतित बन्छौ। बाबाले त फलो गराउनु हुन्छ पावन बनाउनको लागि। फरक छ नि। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! फलो गरेर पवित्र बन। फलो गर्नाले नै स्वर्गको मालिक बन्छौ। लौकिक पितालाई फलो गर्नाले ६३ जन्म तिमी सींढी झर्दै आयौ। अब बाबालाई फलो गरेर माथि चढ्नु छ। बाबाको साथमा जानु छ। बाबा भन्नुहुन्छ यो एक-एक रत्न लाखौं रूपैयाँको छ। तिमीले बाबालाई जानेर बाबाबाट वर्सा पाउँछौ। उनीहरूले त भन्छन् ब्रह्ममा लीन हुन्छौं। लीन त हुनु छैन, फेरि आउने छौ। बाबाले सधैं सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! सबैभन्दा पहिला सबैलाई बाबाको परिचय दिनु छ। पारलौकिक बाबाले पावन बन्ने वर्सा दिनहुन्छ, त्यसैले बेहदको बाबालाई भन्छन् पनि पावन बनाउनुहोस्। उहाँ पतित-पावन हुनुहुन्छ। लौकिक पितालाई पतित-पावन भनिदैन। उनीहरूले स्वयं पनि पुकारिरहन्छन् पतित-पावन आउनुहोस्। त्यसैले दुई पिताको परिचय सबैलाई दिनु छ। लौकिक पिताले भन्छन् विवाह गरेर पतित बन, पारलौकिक बाबा भन्नुहुन्छ पावन बन। मलाई याद गर्नाले तिमी पावन बन्छौ। एउटै बाबा सबैलाई पावन बनाउनेवाला हुनुहुन्छ। यो प्वाइन्ट सम्झाउनको लागि धेरै राम्रो छ। भिन्न-भिन्न प्रकारका प्वाइन्टहरूमा विचार सागर मन्थन गरेर सम्झाउँदै गर। यो तिम्रै धन्दा भयो। तिमी हौ नै पतितलाई पावन बनाउनेवाला। पारलौकिक बाबाले अहिले भन्नुहुन्छ पावन बन, विनाश सामुन्ने खडा छ। अब के गर्नु छ? अवश्य पारलौकिक बाबाको मतमा चल्नुपर्छ नि। यो पनि प्रदर्शनीमा प्रतिज्ञा लेख्नुपर्छ पारलौकिक पितालाई अनुसरण गर्छौं। पतित बन्न छोड्छौं। लेख म बाबालाई यो ग्यारेन्टी दिन्छु। सारा कुरा पवित्रतामा आधारित त। तिमी बच्चाहरूलाई दिन-रात खुसी हुनुपर्छ बाबाले हामीलाई स्वर्गको बादशाहीको वर्सा दिइरहनु भएको छ। अहिले तिमीले बुझेका छौ शिवजयन्तीको अर्थ नै हो स्वर्गको जयन्ती। गीता हो सर्व शास्त्रमयी शिरोमणि, गीता माता। वर्सा त बाबाबाट नै मिल्छ। गीताको रचयिता हुनुहुन्छ नै शिवबाबा। पारलौकिक पिताबाट पावन बन्ने वर्सा मिल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हामी ईश्वरीय विद्यार्थी हौं, यो सदा स्मृतिमा रहनु पर्छ। कुनै पनि फोहोरी बानी बसाल्नु छैन। त्यसलाई मेटाउनु छ। विकारको अलिकति पनि ख्याल आउनु हुँदैन।

२) जीवन छँदै शरीरको भान भुलेर बाबालाई याद गर्नु छ। भिन्न-भिन्न प्वाइन्टहरूमा विचार सागर मन्थन गरेर पतितहरूलाई पावन बनाउने धन्दा गर्नु छ।

वरदान:
जन्मसिद्ध अधिकारको नशाद्वारा लक्ष्य र लक्षणलाई समान बनाउने श्रेष्ठ तकदिरवान भव

जसरी लौकिक जन्ममा स्थूल सम्पत्तिमा जन्मसिद्ध अधिकार हुन्छ, त्यस्तै ब्राह्मण जीवनमा दिव्य गुणरूपी सम्पत्ति, ईश्वरीय सुख र शक्ति जन्मसिद्ध अधिकार हुन्। जन्मसिद्ध अधिकारको नशा स्वाभाविक रूपमा रह्यो भने मेहनत गर्नु पर्ने आवश्यकता हुँदैन। यस नशामा रहनाले लक्ष्य र लक्षण समान हुन्छ। स्वयंलाई जो हुँ, जस्तो हुँ, जुन श्रेष्ठ बाबा र परिवारको हुँ, त्यस्तै जान्दै र मान्दै श्रेष्ठ भाग्यमान बन।

स्लोगन:
हर कर्म स्व स्थितिमा स्थित भएर गर्यौ भने सहजै सफलताको सितारा बन्छौ।