10.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो अनौठो पढाइ बेहदकाबाबाले पढाउनुहुन्छ, बाबा र उहाँको पढाइमा कुनै पनि संशय आउनु हुँदैन। पहिला निश्चय हुनु पर्छहामीलाई पढाउनेवाला को हुनुहुन्छ?

प्रश्न:
तिमी बच्चाहरूलाई निरन्तर यादको यात्रामा रहनको लागि श्रीमत किन मिल्छ?

उत्तर:
किनकि माया दुश्मन अहिले पनि तिम्रो पछाडि छ, जसले तिमीलाई गिराएको हो। अहिले उसले तिमीलाई पिछा गर्न छोड्दैन, त्यसैले लापर्बाही नगर। हुन त तिमी संगमयुगमा छौ, तर आधाकल्प ऊ सँग रहेका हौ, त्यसैले छिट्टै छोड्दैन। याद गर्न बिर्सियौ भने मायाले विकर्म गराउँछ। त्यसैले खबरदार रहनु पर्छ। आसुरी मतमा चल्नु हुँदैन।

ओम् शान्ति ।
अहिले बच्चाहरू पनि छन्, बाबा पनि हुनुहुन्छ। बाबा अनेक बच्चाहरूलाई भन्नुहुन्छ बच्चे!। सबै बच्चाहरूले फेरि भन्छन् बाबा! धेरै बच्चाहरू छन्। तिमीले सम्झन्छौ यो ज्ञान हामी आत्माहरूको लागि नै हो। एक बाबाको कति धेरै सन्तान छन्। बच्चाहरूले जानेका छन् बाबा पढाउन आउनु भएको छ। उहाँ सर्वप्रथम बाबा हुनुहुन्छ, फेरि टिचर हुनुहुन्छ, फेरि गुरु हुनुहुन्छ। अब बाबा त बाबा नै हो। फेरि पावन बनाउनको लागि यादको यात्रा सिकाउनुहुन्छ। त्यस्तै यो पनि बच्चाहरूले जानेका छन् यो पढाइ अनौठो छ। ड्रामाको आदि-मध्य-अन्तको रहस्य बाबा सिवाय अरू कसैले बताउन सक्दैन, त्यसैले उहाँलाई बेहदको बाबा भनिन्छ। यो निश्चय त बच्चाहरूलाई अवश्य बस्छ, यसमा संशयको कुरा उठ्न सक्दैन। यति बेहदको पढाइ, बेहदका बाबा सिवाय अरू कसैले पढाउन सक्दैन। बोलाउँछन् बाबा आउनुहोस्, हामीलाई पावन दुनियाँमा लैजानुहोस् किनकि यो हो पतित दुनियाँ। पावन दुनियाँमा लैजानुहुन्छ बाबा। त्यहाँ कहाँ भनिन्छ र, बाबा आउनुहोस्, पावन दुनियाँमा लिएर जानुहोस्। बच्चाहरू जान्दछन् हामी आत्माहरूको उहाँ बाबा हुनुहुन्छ। त्यसैले देहको भान टुट्दछ। आत्माले भन्छ उहाँ हाम्रो बाबा हुनुहुन्छ। अब यो त निश्चय रहनु पर्छ वास्तवमा बाबा विना कसैले यति ज्ञान दिन सक्दैन। पहिले त यो निश्चय बुद्धि हुनु पर्छ। निश्चय पनि आत्मालाई बुद्धिमा हुन्छ। हाम्रो उहाँ बाबा हुनुहुन्छ, आत्मालाई यो ज्ञान मिल्छ। यो धेरै पक्का निश्चय बच्चाहरूलाई हुनु पर्छ। मुखबाट भन्नु केही पनि छैन। हामी आत्माले एक शरीर छोडेर अर्को लिन्छौं। आत्मामा नै सबै संस्कार हुन्छन्।

अब तिमीलाई थाहा छ बाबा आउनु भएको छ, हामीलाई यसरी पढाउनुहुन्छ, कर्म सिकाउनुहुन्छ जसले गर्दा हामी यस दुनियाँमा अब आउँदैनौं। ती मानिसहरूले त सम्झन्छन् यस दुनियाँमा आउनु पर्छ। तिमी यस्तो सम्झिदैनौ। तिमी यो अमरकथा सुनेर अमरपुरीमा जान्छौ। अमरपुरी अर्थात् जहाँ सधैं अमर रहनेछौं। सत्ययुग-त्रेता हो अमरपुरी। बच्चाहरूलाई कति खुशी हुनु पर्छ। यो पढाइ बाबा सिवाय अरू कसैले पढाउन सक्दैन। बाबाले हामीलाई पढाउनुहुन्छ, अरू जो शिक्षक छन् ती साधारण मानिस हुन्। यहाँ तिमी जसलाई पतित-पावन, दु:ख-हर्ता सुख-कर्ता भन्ने गर्छौ, उहाँ बाबा अहिले सम्मुख पढाइरहनु भएको छ। विना सम्मुख राजयोगको पढाइ कसरी पढाउने? बाबा भन्नुहुन्छ तिमी मीठा बच्चाहरूलाई यहाँ पढाउन आउँछु। पढाउनको लागि यिनमा प्रवेश गर्छु। वास्तवमा भगवानुवाच पनि छ, त्यसैले अवश्य उहाँलाई शरीर चाहिन्छ। न केवल मुख, सारा शरीर चाहिन्छ। स्वयं भन्नुहुन्छ मीठा प्यारा रूहानी बच्चाहरू, म कल्प-कल्प पुरुषोत्तम संगमयुगे साधारण तनमा आउँछु। धेरै गरिब पनि होइन, धेरै धनवान् पनि होइन, साधारण छ। यो त तिमी बच्चाहरूलाई निश्चय हुनु पर्छ, उहाँ हाम्रो बाबा हुनुहुन्छ, हामी आत्मा हौं। हामी आत्माहरूको बाबा हुनुहुन्छ। सारा दुनियाँका, जति पनि मनुष्य मात्रका आत्माहरू छन्, ती सबैका बाबा हुनुहुन्छ। त्यसैले उहाँलाई बेहदका बाबा भनिन्छ। शिवजयन्ती मनाउँछन्, यसको बारेमा पनि कसैलाई थाहा छैन। कसै सँग पनि सोध्न सक्छौ शिवजयन्ती कहिलेदेखि मनाउँदै आएका हौं? भन्नेछन्, परम्परादेखि। त्यो पनि कहिलेबाट? कुनै मिति त हुनुपर्यो नि! ड्रामा त अनादि छ। तर एक्टिभिटी, जुन ड्रामा हुन्छ त्यसको तिथि-मिति त चाहिन्छ नि। यो त कसैले पनि जान्दैनन्। हाम्रो शिवबाबा आउनुहुन्छ, यस्तो स्नेहले जयन्ती मनाउँदैनन्। नेहरुको जयन्ती त्यो स्नेहले मनाउँछन्। आँसु पनि आउँछ। शिवजयन्तीको बारेमा कसैलाई पनि थाहा छैन। अहिले तिमी बच्चाहरू अनुभवी छौ। अनेक मानिसहरू छन्, जसलाई केही पनि थाहा छैन। कति मेला लाग्छ। त्यहाँ जो जान्छन् उनले बताउन सक्छन् सत्य सत्य के हो? जसरी बाबाले अमरनाथको पनि दृष्टान्त बताएका थिए, त्यहाँ गएर देखेँ सत्य सत्य के हो? अरूले त जे अरूद्वारा सुन्छन्, त्यही बताउँछन्। कसैले भने बरफको लिङ्ग बन्छ, भन्नेछन् सत्य। अहिले तिमी बच्चाहरूलाई अनुभव भएको छ ठीक के हो, बेठीक के हो। अहिलेसम्म जे जति सुन्दै-पढ्दै आयौ, त्यो सबै थियो बेठीक। गायन पनि छ नि झूटो काया... यो हो झूट खण्ड, त्यो हो सच खण्ड। सत्ययुग, त्रेता, द्वापर बितिसक्यो, अहिले कलियुग चलिरहेको छ। यो पनि धेरै कमले मात्रै जान्दछन्। तिम्रो बुद्धिमा सबै विचार रहन्छन्। बाबाको पासमा सारा ज्ञान छ, उहाँलाई भनिन्छ ज्ञानको सागर। उहाँको पासमा जुन ज्ञान छ, त्यो यस तनद्वारा दिएर हामीलाई आफूसमान बनाइरहनु भएको छ। जसरी टिचरले पनि आफू समान बनाउँछन्, त्यस्तै बेहदका बाबाले पनि कोशिश गरेर आफू समान बनाउनुहुन्छ। लौकिक बुवाले आफू समान बनाउँदैनन्। तिमी अहिले आएका छौ बेहदका बाबाको पासमा। उहाँले जान्नुहुन्छ मैले बच्चाहरूलाई आफू समान बनाउनु छ। जस्तै टिचरले आफू समान बनाउँछन्, तर नम्बरवार बन्छन्। यहाँ बाबाले पनि यस्तै भन्नुहुन्छ, नम्बरवार बन्छन्। मैले जे पढाउँछु, त्यो हो अविनाशी पढाइ। जसले जति पढ्छ, त्यो व्यर्थ जानेछैन। पछि गएर स्वयं भन्नेछन् मैले ४ वर्ष पहिले, ८ वर्ष पहिले कोहीबाट ज्ञान सुनेको थिएँ, अब फेरि आएको छु। फेरि कोही त पूरै राम्रो सँग लाग्छन्। शमा त हो, फेरि उहाँमाथि कोही त पुतली जस्तै भएर एकदम स्वाहा हुन्छन्। कोही चक्कर लगाएर जान्छन्। सुरुमा बाबामा धेरै पुतलीहरू होमिए। ड्रामाको योजना अनुसार भठ्ठी बन्नु थियो। कल्प-कल्प यस्तै हुँदै आएको छ। जे बित्यो, कल्प पहिले पनि यस्तै भएको थियो। पछि फेरि पनि यस्तै हुन्छ। बाँकी यो पक्का निश्चय राख कि हामी आत्मा हौं। बाबाले हामीलाई पढाइरहनु भएको छ। यस निश्चयमा पक्का होऊ, नबिर्स। यस्तो कोही मनुष्य हुँदैन जसले आफ्नो बुवालाई बुवा नै नमानोस्। हुन सक्छ, छोडिदेला, तर पनि सम्झन्छ मैले बुवालाई छोडें। यहाँ त बेहदको बुवा हुनुहुन्छ, उहाँलाई त हामीले कहिल्यै पनि छोड्नेछैनौं। अन्तिमसम्म साथमा रहनेछौं। शिवबाबा त सबैको सद्गति गर्नेवाला हुनुहुन्छ। ५ हजार वर्षपछि आउनुहुन्छ। यो पनि सम्झन्छन्, सत्ययुगमा धेरै कम मानिस हुन्छन्। बाँकी सबै शान्तिधाममा रहन्छन्। यो ज्ञान पनि बाबाले नै सुनाउनुहुन्छ, अरू कसैले सुनाउन सक्दैन। कसैको बुद्धिमा बस्न सक्दैन। तिमी आत्माहरूको उहाँ बुवा हुनुहुन्छ। उहाँ चैतन्य बीजरूप हुनुहुन्छ। के ज्ञान दिनुहुन्छ? सृष्टिरूपी वृक्षको। रचयिताले अवश्य रचना कै ज्ञान दिनुहुन्छ। तिमीलाई सत्ययुग कहिले थियो भन्ने कहाँ थाहा थियो र!

अहिले तिमी सम्मुख बसेका छौ, बाबा कुरा गरिरहनु भएको छ। पक्का निश्चय गर्छौ यहाँ हामी सबै आत्माहरूको बाबा हुनुहुन्छ, हामीलाई पढाइरहनु भएको छ। उहाँ कुनै शारीरिक टिचर हुनुहुन्न। यस शरीरमा, पढाउनेवाला उहाँ निराकार शिवबाबा विराजमान हुनुहुन्छ। उहाँ निराकार भएर पनि ज्ञानको सागर हुनुहुन्छ। मनुष्यले त भन्ने गर्छन् उहाँको कुनै आकार छैन। महिमा पनि गर्छन् ज्ञानका सागर, सुखका सागर। तर बुझ्दैनन्। ड्रामा अनुसार धेरै टाढा गएका छन्। बाबाले धेरै नजिक ल्याउनुहुन्छ। यो त ५ हजार वर्षको कुरा हो। तिमीले सम्झन्छौ हर ५ हजार वर्षपछि हामीलाई पढाउन आउनुहुन्छ। यो ज्ञान अरू कसैबाट मिल्न सक्दैन। यो ज्ञान हो नै नयाँ दुनियाँको लागि। कुनै पनि मानिसले दिन सक्दैन किनकि तमोप्रधान छन्। उनीहरूले कसैलाई सतोप्रधान बनाउन सक्दैनन्। तिनीहरू त तमोप्रधान हुँदै जान्छन्।

तिमीले अहिले जानेका छौ बाबाले हामीलाई यिनमा प्रवेश गरेर बताइरहनु भएको छ, अनि फेरि बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! लापर्बाही नगर। दुश्मन अहिले पनि तिम्रो पछि छ, जसले नै तिमीलाई गिराएको हो। ऊ अहिले तिम्रो पिछा गर्न छोड्दैन। छन त तिमी संगमयुगमा छौ, तर आधाकल्प तिमी उसको भएर रह्यौ, त्यसैले उसले यति छिट्टै छोड्नेछैन। खबरदार रहँदैनौ, याद गर्दैनौ भने फेरि अझै विकर्म गराइदिनेछ। फेरि केही न केही थप्पड लागिरहनेछ। अहिले त हेर, मानिसहरू आफूले आफैंलाई थप्पड मारिरहन्छन्। के के भन्ने गर्छन्! शिव-शंकर दुवैलाई एकै भन्ने गर्छन्। शंकरको कर्तव्य के हो, शिवको के हो? कति फरक छ। शिव त हुनुहुन्छ उँच भन्दा उँच भगवान्, शंकर देवता। फेरि शिव-शंकर दुवैलाई एउटै कसरी भन्ने गर्छन्! पार्ट नै दुवैको अलग-अलग छ। यहाँ पनि धेरैको यस्तै यस्तै नाम छन् राधेकृष्ण, लक्ष्मीनारायण, शिवशंकर... दुवै नाम स्वयम्को लागि राख्ने गर्छन्। त्यसैले बच्चाहरूले सम्झन्छन् यस समयसम्म जे बाबाले सम्झाउनु भएको छ, त्यो फेरि दोहोरिनेछ। बाँकी केही दिन मात्र छ। बाबा कहाँ बसिरहनुहुन्छ र। बच्चाहरू नम्बरवार पढेर पूरा कर्मातीत बन्छन्। ड्रामा अनुसार माला पनि बन्छ। कुनचाहिँ माला? सबै आत्माहरूको माला बन्छ, अनि फेरि फर्केर जान्छन्। तिम्रो माला त नम्बरवार छ। शिवबाबाको माला धेरै लामो छ। वहाँबाट नम्बरवार आउँछन् पार्ट खेल्न। तिमी सबै बाबा-बाबा भन्छौ। सबै एकै मालाका दाना हौं। सबैलाई विष्णुको मालाको दाना भनिदैन। यो बाबा बसेर पढाउनुहुन्छ। सूर्यवंशी बन्नु नै छ। सूर्यवंशी-चन्द्रवंशी जुन बितिसक्यो छ, त्यो फेरि बन्छ। त्यो पद प्राप्त हुन्छ नै पढाइबाट। बाबाको पढाइ विना यो पद मिल्न सक्दैन। चित्र पनि छन्, तर कसैले पनि हामी यस्तै बन्न सक्छौ भनेर पुरुषार्थ गर्दैनन्। कथा पनि सत्यनारायणको सुन्छन्। गरूड पुराणमा सबै यस्ता कुरा छन् जुन बसेर मानिसहरूले सुनाउँछन्। बाबा भन्नुहुन्छ यो विषय वैतरणी नदी, रौरव नर्क हो। खास भारतवर्षलाई भनिन्छ। बृहस्पतिको दशा पनि भारतवर्षमाथि बसेको छ। वृक्षपतिले पनि यहाँ रहनेलाई नै पढाउनुहुन्छ। बेहदका बाबा बसेर बेहदका कुरा सम्झाउनुहुन्छ। दशा बस्छ। राहुको पनि दशा हुन्छ, त्यसैले भन्ने गर्छन् दे दान तो छुटे ग्रहण। बाबा पनि भन्नुहुन्छ यस कलियुग अन्त्यमा राहुको दशा सबै माथि बसेको छ। अब म वृक्षपति आएको छु बृहस्पतिको दशा बसाउन। सत्ययुगमा बृहस्पतिको दशा थियो। अहिले छ राहुको दशा। यो बेहदको कुरा हो। यो कुनै शास्त्र आदिमा छैन। यो पत्रिका आदि पनि उनीहरूकै समझमा आउँछ जसले पहिले केही न केही बुझेका होलान्। पत्रिका पढेपछि फेरि ऊ धेरै बुझ्नको लागि दौडिनेछ। अरूले त केही पनि बुझ्दैनन्। जसले थोरै पढेर फेरि छोडिदिन्छन् भने उनीहरूमा थोरै मात्र पनि ज्ञान घृत थपियो फेरि ब्यूँझिनेछन्। ज्ञानलाई घृत पनि भनिन्छ। निभ्न लागेको दीपकमा बाबा आएर ज्ञान घृत थप्नुहुन्छ। भन्नुहुन्छ प्यारा बच्चाहरू! मायाको तुफान आउँछ, दियोलाई निभाउन सक्छ। शमामाथि कुनै पुतली जलेर मर्छन्, कुनै चक्कर लगाएर जान्छन्। त्यही कुरा अहिले यथार्थमा चलिरहेको छ। नम्बरवार सबै पुतली हुन्। पहिले पहिले एकदम घरबार छोडेर आए, परवाना बने। मानौं एकदम चिठ्ठा नै मिल्यो। जे बित्यो, तिमीले फेरि यस्तै गर्नेछौ। जान त गए, यस्तो नसम्झ स्वर्गमा आउने छैनन्। परवाना बने, आशिक बने फेरि मायाले हराइदियो, त्यसैले पद कम पाउनेछन्। नम्बरवार त हुन्छन् नै। अरू सत्सङ्गमा कसैको पनि बुद्धिमा छैन। तिम्रो बुद्धिमा छ। बाबा सँग नयाँ दुनियाँको लागि नम्बरवार हामी सबैले आफ्नो पुरुषार्थ अनुसार पढिरहेका छौं। हामी बेहदका बाबाको सम्मुख बसेका छौं। यो पनि जान्दछौं आत्मा देख्नमा आउँदैन। त्यो त अव्यक्त चीज हो। उसलाई दिव्य दृष्टिद्वारा देखिन्छ। हामी आत्मा पनि बिन्दी हौं। तर देह-अभिमान छोडेर आफूलाई आत्मा सम्झनू यो हो उँच पढाइ। त्यस पढाइमा पनि जुन विषय कठिन हुन्छ, त्यसमा फेल पनि हुन्छन्। यो विषय त धेरै सहज छ, तर कतिपयलाई कठिनाइ महसुस हुन्छ।

अब तिमीले बुझेका छौ शिवबाबा सम्मुख बस्नु भएको छ। तिमी पनि निराकार आत्माहरू हौं, तर शरीरको साथमा छौ। यो सबै कुरा बेहदका बाबाले नै सुनाउनुहुन्छ, अरू कसैले सुनाउन सक्दैन। फेरि के दिनेछौ? उहाँलाई धन्यवाद दिनेछौ। होइन। बाबा भन्नुहुन्छ यो अनादि ड्रामा बनेको छ। म कुनै नयाँ कुरा गर्दिनँ। ड्रामा अनुसार तिमीलाई पढाउँछु। थेंक्स त भक्ति मार्गमा दिन्छन्। टिचरले भन्ने गर्छन् विद्यार्थीले राम्रो सँग पढेमा हाम्रो नाम प्रसिद्ध हुन्छ। विद्यार्थीलाई धन्यवाद दिइन्छ। जसले राम्रो सँग पढ्नेछ, पढाउनेछ, उनलाई धन्यवाद दिइन्छ। विद्यार्थीहरूले फेरि टिचरलाई धन्यवाद दिन्छन्। बाबा भन्नुहुन्छ मीठे बच्चे, अमर भव। यस्तै प्रकारले सेवा गर्दै गर। कल्प पहिले पनि गरेका थियौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सदा नशा र निश्चय रहोस् हामीलाई पढाउने कोही शारीरिक टिचर होइन। स्वयं ज्ञान सागर निराकार बाबाले शिक्षक बनेर हामीलाई पढाइरहनु भएको छ। यस पढाइबाट नै हामीलाई सतोप्रधान बन्नु छ।

२) आत्मारूपी दीपकमा सधैं ज्ञानको घिउ थप्नु छ। ज्ञान घृतबाट सदा यस्तो प्रज्ज्वलित रहनु छ जसले गर्दा मायाको कुनै पनि तुफानले हल्लाउन नसकोस्। पूरा पुतली बनेर शमा (ज्योति)मा स्वाहा हुनु छ।


वरदान:
मन-बुद्धिलाई झमेलाबाट किनारा गरेर मिलन मेला मनाउने झमेलामुक्त भव

कतिपय बच्चाहरूले सोच्छन् यो झमेला पूरा भएपछि मेरो अवस्था राम्रो हुन्छ वा सेवा राम्रो हुन्छ तर झमेला पहाड समान हो। पहाड हट्दैन, जहाँ झमेला हुन्छ वहाँबाट आफ्नो मन-बुद्धिलाई हटाऊ या उड्ती कलाद्वारा झमेलाको पहाडभन्दा पनि माथि गयौ भने पहाड पनि तिमीलाई सहज अनुभव हुन्छ। झमेलाको दुनियाँमा झमेला त आउँछ नै, तिमी मुक्त रह्यौ भने मिलन मनाउन सक्छौ।

स्लोगन:
यस बेहद नाटकमा हीरो पार्ट खेल्नेवाला नै हीरो पार्टधारी हो।