10.05.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमीलाई श्रेष्ठ मत दिएर सदाको लागि सुखी , शान्त बनाउन। त्यसैले उहाँको मतमा चल , रूहानी पढाइ पढ र पढाऊ अनि एवर हेल्दी वेल्दी बन्छौ।

प्रश्न:
कुनचाहिँ चान्स सारा कल्पमा यस समयमा नै मिल्छ, जुन छुटाउनु हुँदैन?

उत्तर:
रूहानी सेवा गर्ने चान्स, मनुष्यलाई देवता बनाउने चान्स अहिले नै मिल्छ। यो चान्स छुटाउनु हुँदैन। रूहानी सेवामा लागि हाल्नुपर्छ। सर्भिसएबल बन्नु छ। खासगरी कुमारीहरूले ईश्वरीय गभर्मेन्टको सेवा गर्नु छ। मम्मालाई पूरा-पूरा अनुसरण गर्नु छ। कुमारीहरू बाबाको बनेर पनि लौकिक सेवा नै गरिरहे, काँडालाई फूल बनाउने सेवा गरेनन् भने यो पनि मानौं बाबाको डिस-रिगार्ड हो।

गीत:
जाग सजनियां जाग...

ओम् शान्ति ।
प्रियतमाहरूलाई कसले सम्झाउनुभयो? भन्दछन् प्रियतम आउनुभयो प्रियतमाहरूको लागि। कति प्रियतमाहरू छन्? एक प्रियतमका यति धेरै प्रियतमाहरू... आश्चर्य हो नि! मनुष्यले त भन्दछन् कृष्णका १६,१०८ प्रियतमाहरू थिए, तर होइन। शिवबाबा भन्नुहुन्छ मेरा त करोडौं प्रियतमाहरू छन्। सबै प्रियतमाहरूलाई मैले आफ्नो साथ स्वीट होममा लिएर जानेछु। प्रियतमाहरूले पनि सम्झिन्छन् हामीलाई फेरि साथै लिएर जान बाबा आउनु भएको छ। जीव आत्मा प्रियतमा हुन्। दिलमा छ प्रियतम आउनु भएको छ हामीलाई श्रीमत दिएर शृंगार गराउनको लागि। मत त हरेकले दिन्छन्। पुरुषले स्त्रीलाई, पिताले बच्चालाई, साधुले आफ्ना शिष्यलाई, तर यिनको मत त सबैभन्दा न्यारा छ, त्यसैले यसलाई श्रीमत भनिन्छ, अरू सबै हुन् मनुष्य मत। उनीहरू सबैले मत दिन्छन् आफ्नो शरीर निर्वाहको लागि। साधु सन्त आदि सबैलाई धुन लागेको छ शरीर निर्वाहको लागि। सबैले एक अर्कालाई धनवान बन्ने मत दिइरहन्छन्। सबैभन्दा राम्रो मत साधुहरू, गुरुहरूको मानिन्छ। तर उनीहरूले पनि आफ्नो पेटको लागि कति धन जम्मा गर्छन्। मेरो त आफ्नो शरीर छैन। मैले आफ्नो पेटको लागि केही पनि गर्दिन। तिमीहरूलाई पनि आफ्नो पेटको नै काम छ ता कि हामी महाराजा-महारानी बनौं। सबैलाई धुन छ पेटको। फेरि कसैले ज्वार(जुनेलो)को रोटी खान्छन् भने कसैले अशोका होटलमा खान्छन्। साधुहरूले धन जम्मा गरेर ठूला मन्दिर आदि बनाउँछन्। शिवबाबाले शरीर निर्वाह अर्थ त केही पनि गर्नुहुन्न। तिमीहरूलाई सबै कुरा दिनुहुन्छ सदा सुखी बनाउनको लागि। तिमी एवरहेल्दी, वेल्दी बन्छौ। मैले त एवरहेल्दी बन्ने पुरुषार्थ गर्दिनँ। म हुँ नै अशरीरी। म आउँछु नै तिमी बच्चाहरूलाई सदा सुखी बनाउनको लागि। शिवबाबा त हुनुहुन्छ निराकार। बाँकी सबैलाई पेटकै धुन लागिरहन्छ। द्वापरमा ठूला-ठूला संन्यासीहरू, त्तत्त्वज्ञानी, ब्रह्मज्ञानी थिए। यादमा रहन्थे त्यसैले घरमा बसेर पनि उनलाई सबै कुरा मिल्थ्यो। पेट त सबैको छ, सबैलाई भोजन चाहिन्छ। तर योगमा रहन्छन् त्यसैले उनले धक्का खानु पर्दैन। अब बाबा तिमी बच्चाहरूलाई युक्ति बताउनुहुन्छ, तिमी सदा सुखी कसरी रहन सक्छौ। बाबाले आफ्नो मत दिएर विश्वको मालिक बनाउनुहुन्छ। तिमी चिरञ्जीवी बन, अमर बन। सबैभन्दा राम्रो मत उहाँको हो। मनुष्यले त धेरै मत दिन्छन्। कोही परीक्षा पास गरेर बेरिस्टर बन्छन् तर त्यो सबै हो अल्पकालको लागि। पुरुषार्थ गर्छन् आफ्नो र बाल-बच्चाहरूको पेटको लागि।

अब बाबाले श्रीमत दिनुहुन्छ हे प्यारा बच्चाहरू! श्रीमतमा चलेर यो रूहानी पढाइ पढ जसबाट मनुष्य विश्वका मालिक बन्छौ। सबैलाई बाबाको परिचय देऊ र बाबाको यादमा रहनाले एवरहेल्दी, वेल्दी बन्ने छौ। उहाँ हुनुहुन्छ अविनाशी सर्जन। तिमी बाबाका बच्चाहरू पनि रूहानी सर्जन हौ, यसमा कुनै दु:ख कष्ट छैन। केवल मुखबाट आत्माहरूलाई श्रीमत दिइन्छ। सर्वोत्तम सेवा तिमी बच्चाहरूले गर्नुपर्छ। यस्तो मत तिमीलाई कसैले दिन सक्दैन। अब हामी बाबाका बच्चा बनेका छौं भने बाबाको धन्दा गरौं वा लौकिक धन्दा गरौं। बाबाद्वारा हामीले अविनाशी ज्ञान रत्नबाट झोली भर्दछौं। शिवको अगाडिभन्दछन् भरिदेऊ झोली। उनीहरूले सम्झिन्छन् १०-२० हजार मिलिहाल्छ। यदि मिल्यो भने बस उहाँ माथि बलिहार जान्छन्, धेरै सत्कार गर्छन्। त्यो सबै हो भक्तिमार्ग। अब सबैलाई बाबाको परिचय देऊ र बेहदको हिस्ट्री-जोग्राफी सुनाऊ। धेरै सहज छ। हदको हिस्ट्री-जोग्राफीमा त धेरै कुराहरू छन्। यो बेहदको हिस्ट्री-जोग्राफी हो, बेहदका बाबा कहाँ रहनुहुन्छ, कसरी आउनुहुन्छ! हामी आत्माहरूमा कसरी ८४ जन्मको पार्ट भरिएको छ। बस धेरै कुरा नसम्झाऊ केवल अल्फ र बे। अहम् आत्मा बाबालाई याद गरेर विश्वको मालिक बन्ने छ। अहिले पढ्नु र पढाउनु छ। अल्फ अर्थात् अल्लाह, बे अर्थात् बादशाही। अब सोच यो धन्दा गरौं वा लौकिक धन्दा गरेर २-४ सय कमाऔं!

बाबा भन्नुहुन्छ यदि कुनै होशियार बच्ची छ भने म उनका मित्र सम्बन्धीहरूलाई पनि दिन सक्छु, जसबाट उनको पनि निर्वाह चल्दै जाओस्। तर बच्ची राम्री हुनुपर्छ, सर्विसएबुल हुनुपर्छ, भित्र बाहिर सफा हुनुपर्छ, बोली मीठो हुनुपर्छ। वास्तवमा कुमारीको कमाइ माता-पिताले खान सक्दैनन्। बाबाको बनेर पनि त्यस लौकिक सर्विसमा ध्यान धेरै दिनु यो पनि डिसरिगार्ड भयो। बाबा भन्नुहुन्छ मनुष्य मात्रलाई स्वर्गका मालिक बनाऊ। बच्चाहरूले फेरि लौकिक सर्विसमा मेहनत गर्नु छ! स्कुल खोल्नु त गभर्मेन्टको काम हो। अब बच्चीहरूले बुद्धिबाट काम लिनुपर्छ। कुन चाहिँ सेवा गर्ने ईश्वरीय गभर्मेन्टको वा यस गभर्मेन्टको? जसरी यी बाबाले जवाहरातको धन्दा गर्दथे फेरि बाबाले भन्नुभयो यो अविनाशी ज्ञानरत्नको धन्दा गर्नुपर्छ, यसबाट तिमी यो बन्ने छौ। चतुर्भुजको पनि साक्षात्कार गराइदिए। अब त्यो विश्वको बादशाही लिन्छन् वा यो गर्छन्। सबैभन्दा राम्रो धन्दा यो हो। हुन त कमाइ राम्रो थियो तर बाबाले यसमा प्रवेश भएर मत दिनुभयो अल्फ र बे लाई याद गर। कति सहज छ। साना बच्चाहरूले पनि पढ्न सक्छन्। शिवबाबाले त हरेक बच्चाहरूलाई जान्न र सम्झिन सक्नुहुन्छ। यिनले पनि सिक्न सक्छन्। यी हुन् बहिर्मुखी शिवबाबा हुनुहुन्छ अन्तर्यामी। यी बाबाले पनि हरेकको चेहराबाट, बोलीबाट, कर्मबाट सबै कुरा बुझ्न सक्छन्। बच्चीहरूलाई रूहानी सेवाको चान्स एक पटक मात्र मिल्छ। अब दिलमा आउनुपर्छ हामी मनुष्यहरूलाई देवता बनाऔं वा काँडालाई काँडा बनाऔं? सोच, के गर्नुपर्ला? निराकार भगवानुवाच देह सहित देहका सबै सम्बन्ध तोड। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिराख। ब्रह्माको तनबाट बाबाले ब्राह्मणसँग नै कुरा गर्नुहुन्छ। ती ब्राह्मणहरूले पनि भन्दछन् ब्राह्मण देवी-देवताय नम:, उनीहरू कोख वंशावली, तिमी हौ मुख वंशावली। बाबालाई अवश्य ब्रह्मा बच्चा चाहिन्छ। कुमारका (दादी प्रकाशमणि)ले बताऊ बाबाका कति बच्चाहरू छन्? कसैले भन्छन् ६०० करोड, कसैले भन्छन् एक ब्रह्मा... हुन त तिमीले त्रिमूर्ति भन्दछौ तर कर्तव्य त अलग-अलग छ नि। विष्णुको नाभिबाट ब्रह्मा निस्के। ब्रह्माको नाभिबाट विष्णु, त्यसैले एक भए। विष्णुले ८४ जन्म लिन्छ्न् वा ब्रह्मा कुरा एउटै हो। बाँकी रहे शंकर। यस्तो त होइन शंकर नै शिव हुन्छन्। होइन, त्रिमूर्ति कहलाइन्छ। तर सच्चा बच्चाहरू दुई भए। यो सबै ज्ञानको कुरा हो।

त्यसैले बच्चीहरूको लागि यो सेवा गर्नु राम्रो वा मैट्रिक आदि पढ्नु राम्रो? त्यहाँ त अल्पकालको सुख मिल्छ। अलिकति तलब मिल्छ। यहाँ त तिमी भविष्य २१ जन्मको लागि मालामाल हुन सक्छौ। त्यसैले के गर्नुपर्छ? कन्या त निर्वन्धन छन्। अधर कन्याभन्दा कुमारी कन्या तीव्र जान सक्छन् किनकि पवित्र छन्। मम्मा पनि कुमारी थिइन्। पैसाको त कुरा छैन। कति तीव्र गइन त्यसैले फलो गर्नुपर्छ खास कन्याहरूले। काँडालाई फूल बनाऊँ। ईश्वरीय पढाइको चान्स लिने वा त्यस पढाइको? कन्याहरूले सेमिनार गर्नुपर्छ। माताहरूलाई त पति आदि याद आउँछ। संन्यासीहरूलाई पनि धेरै याद आउँछ। कन्याहरूले त सीँढी चढ्नु हुँदैन। संगको रंग धेरै लाग्दछ। कुनै ठूला व्यक्तिका बच्चा देखे दिल लाग्यो, विवाह भयो। खेल खतम। सेन्टरबाट सुनेर बाहिर जाना साथ खेल खतम हुन जान्छ। यो हो मधुवन। यहाँ यस्ता पनि धेरै आउँछन्, भन्दछन् हामीले गएर सेन्टर खोल्नेछौं। बाहिर गएर गुम हुन्छन्। यहाँ ज्ञानको गर्भ धारण गर्छन्, बाहिर जाना साथ नशा गुम हुन जान्छ। मायाले धेरै विरोध गर्छ। मायाले पनि भन्छ वाह! यसले बाबालाई पनि चिनेको छ फेरि पनि बाबालाई याद गर्दैन भने मैले पनि घुस्सा मार्नेछु। यस्तो नभन बाबा हजुरले मायालाई भन्नुहोस् हामीलाई घुस्सा नमार। युद्धको मैदान हो नि। एकातिर छ रावणको सेना, अर्कातिर छ रामको सेना। बहादुर बनेर रामतिर जानुपर्छ। आसुरी सम्प्रदायलाई नै दैवी सम्प्रदाय बनाउने धन्दा गर्नुपर्छ। जसलाई तिमीले लौकिक विद्या पढाउँछौ, जबसम्म ऊ पढेर ठूलो हुन्छ तबसम्म विनाश पनि सामुन्ने आउने छ। असार पनि तिमीले देखिरहेका छौ। बाबाले सम्झाउनु भएको छ दुवै क्रिश्चियन भाइ-भाइ आपसमा मिले भने लडाइँ हुन सक्दैन। तर भावी यस्तो छैन। उनीहरूको समझमा नै आउँदैन। अब तिमी बच्चाहरूले योगबलबाट राजधानी स्थापना गरिरहेका छौ। यो हो शिव शक्ति सेना। जसले शिवबाबासँग भारतवर्षको प्राचीन ज्ञान र योग सिकेर भारतवर्षलाई हीरा जस्तो बनाउँछौ। बाबा कल्प पछि नै आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। तिमी सबै रावणको जेलमा छौ। शोक बाटिकामा छौ, सबै दु:खी छौ। फेरि राम आएर सबैलाई छुटाएर अशोक वाटिका स्वर्गमा लिएर जानुहुन्छ। श्रीमतले भन्छ काँडालाई फूल, मनुष्यलाई देवता बनाऊ। तिमी मास्टर दु:ख हर्ता सुख कर्ता हौ। यही धन्दा गर्नुपर्छ। श्रीमतमा चल्नाले नै तिमी श्रेष्ठ बन्ने छौ, बाबाले त राय दिनुहुन्छ। अब बाबा भन्नुहुन्छ अर्जी मेरो मर्जी तिम्रो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सर्भिसएबल बन्नको लागि भित्र-बाहिर स्वच्छ हुनुपर्छ। मुखबाट धेरै मीठो बोली बोल्नु छ। देह सहित देहका सबै सम्बन्धबाट बुद्धियोग हटाउनु छ। संगतबाट आफ्नो सम्हाल गर्नु छ।

२) बाबा समान मास्टर दु:ख हर्ता सुख कर्ता बन्नु छ। रूहानी सेवा गरेर सच्चा कमाइ गर्नु छ। रूहानी बाबाको मतमा रूहानी सोसल वर्कर बन्नु छ।

वरदान:
म र मेरो बाबा यस विधिद्वारा जीवनमुक्त स्थितिको अनुभव गर्ने , सहजयोगी भव

ब्राह्मण बन्नु अर्थात् देह, सम्बन्ध एवं साधनहरूको बन्धनबाट मुक्त हुनु। देहका सम्बन्धीहरूको देहको नातासँग सम्बन्ध छैन, आत्मिक सम्बन्ध छ। यदि कोही कसैको वश, परवश हुन्छ भने बन्धन हो, तर ब्राह्मण अर्थात् जीवनमुक्त। जबसम्म कर्मेन्द्रियहरूको आधार छ, तबसम्म कर्म त गर्नु नै पर्छ तर कर्मबन्धन हुनु हुँदैन, कर्म सम्बन्ध होस्। जो यस्तो मुक्त छ, ऊ सदा सफलता मूर्त हुन्छ। यसको सहज साधन हो म र मेरो बाबा। यही यादले सहजयोगी, सफलतामूर्त एवं बन्धनमुक्त बनाइदिन्छ।

स्लोगन:
म र मेरोपनको खादलाई समाप्त गर्नु नै सच्चा सुन बन्नु हो।

मातेश्वरीजीका अनमोल महावाक्य:

यो जुन मनुष्यले गीत गाउँछन् हे गीताका भगवान्! आफ्नो वाचा पूरा गर्न आउनुहोस्। अहिले उहाँ स्वयं गीताका भगवान आफ्नो कल्प पहिलाको वाचा पालन गर्नको लागि आउनुभएको छ र भन्नुहुन्छ हे प्यारा बच्चाहरू! जब विश्वमा अति धर्म ग्लानी हुन्छ अनि म यसै समयमा आफ्नो प्रतिज्ञा पूरा गर्नको लागि अवश्य आउँछु। तर मेरो आउनुको यो मतलब होइन म युग युगमा आउँछु। सबै युगमा त कुनै धर्म ग्लानी हुँदैन, धर्म ग्लानी हुन्छ नै कलियुगमा। त्यसैले परमात्मा कलियुगको अन्त्य समयमा आउनुहुन्छ। अनि कलियुग फेरि कल्प कल्प आउँछ र उहाँ पनि अवश्य कल्प कल्पमा आउनुहुन्छ। कल्पमा फेरि चार युग हुन्छन्, त्यसैलाई कल्प भनिन्छ। आधाकल्प सत्ययुग, त्रेतामा सतोगुण सतोप्रधान हुन्छन्। त्यहाँ परमात्मालाई आउनु पर्ने केही आवश्यकता छैन र द्वापर युगदेखि त फेरि अरू धर्मको सुरुआत हुन्छ। त्यतिबेला पनि धर्म ग्लानी हुँदैन। यसबाट सिद्ध हुन्छ परमात्मा तीनै युगमा आउनुहुन्न। बाँकी रह्यो कलियुग, त्यसको अन्त्यमा अति धर्म ग्लानी हुन्छ। त्यसै समयमा परमात्मा आएर अधर्मको विनाश गरेर सत्य धर्मको स्थापना गर्नुहुन्छ। यदि द्वापरमा आउनुभएको हो भने फेरि द्वापर पछि सत्ययुग हुनु पर्छ फेरि कलियुग किन भयो? यस्तो त भनिदैन परमात्माले घोर कलियुगको स्थापना गर्नुभयो। तर यो कुरा त हुन सक्दैन। परमात्माले भन्नुहुन्छ म एक हुँ र एकैपटक आएर अधर्म अथवा कलियुगको विनाश गरेर सत्ययुगको स्थापना गर्छु त्यसैले मेरो आउने समय संगमयुग हो। अच्छा, ओम् शान्ति।