10.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिम्रो ब्याट्री चार्ज गर्न , जति तिमी यादमा रहन्छौ त्यति ब्याट्री चार्ज हुँदै जान्छ।

प्रश्न:
तिम्रो सत्यको नाउलाई तुफान किन लाग्छ?

उत्तर:
किनकि यतिबेला धेरै नक्कली निस्केका छन्। कसैले आफूलाई भगवान भन्छन्, कसैले ऋद्धि-सिद्धि देखाउँछन्, त्यसैले मानिसहरूले सत्यलाई पहिचान गर्न सक्दैनन्। सत्यको नाउलाई हल्लाउने कोसिस गर्छन्। तर तिमीलाई थाहा छ हाम्रो सत्यको नाउ कहिल्यै डुब्न सक्दैन। आज जसले विघ्न पार्छन्, उनीहरूले भोलि बुझ्नेछन् सद्गतिको मार्ग यहाँ नै मिल्छ। सबैको लागि यो एउटै पसल हो।

ओम् शान्ति ।
रूहानी बच्चाहरूप्रति अथवा आत्माहरूप्रति किनकि रुह अथवा आत्माले सुन्छ कानद्वारा। धारणा आत्मामा हुन्छ। बाबाको आत्मामा ज्ञान भरिएको छ। प्यारा बच्चाहरू! आत्म-अभिमानी बन्नुपर्छ, यस जन्ममा। भक्तिमार्गका ६३ जन्ममा तिमी देह-अभिमानमा रहन्छौ। आत्मा के हो, यो थाहा हुँदैन। आत्मा अवश्य छ। आत्मा नै शरीरमा प्रवेश गर्छ। दु:ख पनि आत्मालाई नै हुन्छ। भनिन्छ पनि पतित आत्मा, पावन आत्मा। पतित परमात्मा भनेको कहिल्यै सुनिएको छैन। सबैभित्र यदि परमात्मा हुने भए त पतित परमात्मा हुन्थ्यो। त्यसैले मुख्य कुरा हो आत्म-अभिमानी बन्नु। आत्मा कति सानो छ, त्यसमा कसरी पार्ट भरिएको छ, यो कसैलाई पनि थाहा छैन। तिमीले नयाँ कुरा सुन्छौ। यो यादको यात्रा पनि बाबाले नै सिकाउनु हुन्छ, अरू कसैले सिकाउन सक्दैन। मेहनत पनि छ यसैमा। घरी-घरी आफूलाई आत्मा सम्झनु छ। जसरी हेर, यो इमर्जेन्सी लाइट आएको छ, जुन ब्याट्रीबाट चल्छ। त्यसलाई फेरि चार्ज गर्छन्। बाबा हुनुहुन्छ सबैभन्दा ठूलो पावर। आत्माहरू कति धेरै छन्। सबैलाई त्यसै पावरबाट भर्नु छ। बाबा हुनुहुन्छ सर्वशक्तिमान्। हामी आत्माहरूको उहाँसँग योग भएन भने ब्याट्री चार्ज कसरी हुन्छ? सारा कल्प लाग्छ डिस्चार्ज हुनमा। अहिले फेरि ब्याट्रीलाई चार्ज गर्नु पर्ने हुन्छ। बच्चाहरूले सम्झन्छन् हाम्रो ब्याट्री डिस्चार्ज भएको छ, अब फेरि चार्ज गर्नु छ। कसरी? बाबा भन्नुहुन्छ मसँग योग लगाऊ। यो त सहजै बुझ्ने कुरा हो। बाबा भन्नुहुन्छ मसँग बुद्धियोग लगायौ भने तिम्रो आत्मामा पावर भरिएर सतोप्रधान बन्छ। पढाइ त हो नै कमाई। यादद्वारा तिमी पावन बन्छौ। आयु लामो हुन्छ। ब्याट्री चार्ज हुन्छ। हरेकले हेर्नु छ बाबालाई कति याद गर्छु? बाबालाई भुलेपछि नै ब्याट्री डिस्चार्ज हुन्छ, कसैको पनि सच्चा कनेक्सन छैन। सच्चा कनेक्सन छ नै तिमी बच्चाहरूको। बाबालाई याद नगरी ज्योति बल्छ कसरी? ज्ञान पनि केवल एक बाबाले नै दिनुहुन्छ।

तिमीले जानेका छौ ज्ञान हो दिन, भक्ति हो रात। फेरि रातबाट हुन्छ वैराग्य, फेरि दिन सुरु हुन्छ। बाबा भन्नुहुन्छ रातलाई बिर्स, अब दिनलाई याद गर। स्वर्ग हो दिन, नर्क हो रात। तिमी बच्चाहरू अहिले चैतन्यमा छौ, यो शरीर त विनाशी छ। माटोले बन्छ, माटोमा नै मिल्छ। आत्मा त अविनाशी छ नि। तर ब्याट्री डिस्चार्ज हुन्छ। अहिले तिमी कति समझदार बनेका छौ। तिम्रो बुद्धि जान्छ घरमा। त्यहाँबाट हामी आएका हौं। यहाँ सूक्ष्मवतनको बारेमा त थाहा भयो। त्यहाँ चार हात भएका विष्णुलाई देखाउँछन्। यहाँ त चार हात हुँदैनन्। यो कसैको बुद्धिमा पनि छैन ब्रह्मा-सरस्वती फेरि लक्ष्मी-नारायण बन्छन्, त्यसैले विष्णुका चार हात बनाएका हुन्। बाबाले बाहेक अरू कसैले सम्झाउन सक्दैन। आत्मामा नै संस्कार भरिन्छ। आत्मा नै तमोप्रधानबाट फेरि सतोप्रधान बन्छ। आत्माहरूले नै बाबालाई पुकार्छन् हे बाबा! हामी डिस्चार्ज भएका छौं, अब हजुर आउनुहोस्, हामी चार्ज हुनु छ। अब बाबा भन्नुहुन्छ जति याद गर्छौ त्यति तागत आउँछ। बाबासँग धेरै प्यार हुनुपर्छ। बाबा हामी हजुरका हौं, हजुरसँगै घर जान्छौं। जसरी माइतबाट घरकाले लिएर जान्छन् नि। यहाँ तिमीलाई शृङ्गार गराउने दुई बाबा मिल्नु भएको छ। शृङ्गार पनि राम्रो हुनुपर्छ अर्थात् सर्वगुण सम्पन्न बन्नु छ। आफूसँगै सोध्नु छ म भित्र कुनै अवगुण त छैन? मनसामा तुफान आए पनि कर्मबाट केही त गर्दिनँ? कसैलाई दु:ख त दिन्न? बाबा हुनुहुन्छ दु:खहर्ता, सुखकर्ता। मैले पनि सबैलाई सुखको मार्ग देखाउँछु? बाबाले धेरै युक्तिहरू बताइरहनु हुन्छ। तिमी त हौ सेना। तिम्रो नामै हो प्रजापिता ब्रह्माकुमार ब्रह्माकुमारी। कोही पनि भित्र आयो भने, सबैभन्दा पहिला यो सोध कहाँबाट आउनु भएको हो? कसका पासमा आउनु भएको हो? भन्छन् बी.के. को पासमा आएको हुँ। ठीक छ, ब्रह्मा को हुनुहुन्छ? प्रजापिता ब्रह्माको नाम कहिल्यै सुन्नु भएको छ? प्रजापिताको त तपाईं पनि बच्चा हुनुहुन्छ। प्रजा त सबै भए नि। तपाईंको पनि पिता हुनुहुन्छ, तपाईंले केवल उहाँलाई चिन्नु भएको छैन। ब्रह्मा पनि अवश्य कसैका बच्चा हुन् नि। उनका पिताको शरीर त देखिँदैन। ब्रह्मा-विष्णु-शंकर यी तीन भन्दा माथि हुनुहुन्छ शिवबाबा। त्रिमूर्ति शिव भनिन्छ तीनवटैका रचयितालाई। माथि एक शिवबाबा, फेरि छन् तीन। जसरी वंशवृक्ष हुन्छ नि। ब्रह्माका पिता अवश्य पनि भगवान नै हुनुपर्छ। उहाँ हुनुहुन्छ आत्माहरूका पिता। ठीक छ, ब्रह्मा कहाँबाट आए? बाबा भन्नुहुन्छ म यिनमा प्रवेश गरेर, यिनको नाम राख्छु ब्रह्मा। तिमी बच्चाहरूको नाम राखेँ, त्यस्तै यिनको पनि नाम राखेँ ब्रह्मा। भन्नुहुन्छ यो मेरो दिव्य अलौकिक जन्म हो। तिमी बच्चाहरूलाई गोद लिन्छु। यिनमा प्रवेश गर्छु फेरि तिमीलाई सुनाउँछु त्यसैले दुवै हुनु भयो बाप-दादा। जसमा प्रवेश गर्नुभयो उनको पनि आत्मा छ नि। उनको नजिकै आएर बस्छु। दुई आत्माको पार्ट त यहाँ धेरै चल्छ। आत्मालाई बोलाउँछन् भने आत्मा कहाँ आएर बस्छ? अवश्य पनि ब्राह्मणको नजिकै आएर बस्छ। यिनमा पनि त दुई आत्मा छन् बाबा र दादा। यिनको लागि बाबा भन्नुहुन्छ आफ्नो जन्मलाई जान्दैनौ। तिमीलाई पनि भन्नुहुन्छ तिमीले आफ्नो जन्मलाई जान्दैनथ्यौ। अहिले स्मृति आएको छ कल्प-कल्प ८४ को चक्कर लगाएको छु, फेरि फर्केर जान्छु। यो हो संगमयुग। अहिले ट्रान्सफर हुन्छौं। योगद्वारा तिमी सतोप्रधान बन्छौ, ब्याट्री चार्ज हुन्छ। फेरि सत्ययुगमा आउँछौ। बुद्धिमा सारा चक्र घुमिरहन्छ। विस्तारमा त जान सकिँदैन। वृक्षको पनि आयु हुन्छ, फेरि सुक्छ। यहाँ पनि सबै मनुष्य सुके जस्तै छन्। सबैले एक अर्कालाई दु:ख दिइरहन्छन्। अब सबैका शरीर समाप्त हुन्छन्। बाँकी आत्मा जान्छ। यो ज्ञान बाबा बाहेक अरू कसैले दिन सक्दैन। बाबाले नै विश्वको बादशाही दिनुहुन्छ, उहाँलाई कति याद गर्नुपर्छ! यादमा नरहेमा मायाको थप्पड लाग्छ। सबैभन्दा कडा थप्पड हो विकारको। युद्धको मैदानमा तिमी ब्राह्मण नै छौ नि, त्यसैले तिमीलाई नै तुफान आउँछ। तर कुनै विकर्म गर्नु हुँदैन। विकर्म गर्यौ भने हार खायौ। बाबासँग सोध्छन् यसो गर्नुपर्छ। बच्चाहरूले हैरान पारे भने रिस उठ्छ। बच्चाहरूलाई राम्ररी सम्हाल्नु पर्छ, नत्र बिग्रिन्छन्। कोसिस गरेर थप्पड नलगाऊ। कृष्णलाई पनि देखाउँछन् नि ओखलमा बाँधे। डोरीले बाँधे, खान दिएनन्। रुदा-रुदा अन्त्यमा भन्छन् हुन्छ, अब म गर्दिनँ। बच्चा हो फेरि पनि गर्नेछ, शिक्षा दिनुपर्छ। बाबाले पनि बच्चाहरूलाई शिक्षा दिनुहुन्छ प्यारा बच्चाहरू! कहिल्यै पनि विकारमा नजाऊ, कुल-कलंकित नबन। लौकिकमा पनि कोही बच्चा कपुत भयो भने आमा-बुबाले भन्छन् नि यसरी किन कालो मुख पार्छौ? कुललाई कलंक लगाउँछौ। हार-जित, जित-हार हुँदै-हुँदै आखिरमा जित हुन्छ। सत्यको नाउ हो, तुफान धेरै आउँछन् किनकि नक्कली धेरै निस्केका छन्। कसैले आफूलाई भगवान भन्छन्, कसैले के भन्छन्। ऋद्धि-सिद्धि पनि धेरै देखाउँछन्। साक्षात्कार पनि गराउँछन्। बाबा आउनु हुन्छ नै सर्वको सद्गति गर्न। फेरि न त यो जंगल रहन्छ, न जंगलमा बस्नेहरू रहन्छन्। अहिले तिमी छौ संगममा, जानेका छौ यो पुरानो दुनियाँ कब्रिस्तान बनेको छ। कोही मर्नेहरूतिर दिल कहाँ लगाउँछन् र, यो दुनियाँ त गयो कि गयो। विनाश भयो कि भयो। बाबा आउनु हुन्छ नै तब, जब दुनियाँ पुरानो हुन्छ। बाबालाई राम्ररी याद गर्यौ भने ब्याट्री चार्ज हुन्छ। हुन त प्रवचन धेरै राम्रो-राम्रो गर्छन्। तर यादको बल भएन भने त्यो तागत हुँदैन। धारिलो तरबार हुँदैन। बाबा भन्नुहुन्छ यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिला पनि आएका थियौ। बाबा सोध्नुहुन्छ पहिला कहिले भेट भएका थियौ? अनि भन्छन् कल्प पहिला मिलेका थियौं। कसैले फेरि भन्छन् ड्रामाले आफैं पुरुषार्थ गराउँछ। ठीक छ, अहिले ड्रामाले पुरुषार्थ गराइरहेको छ नि, त्यसैले गर। एकै ठाउँमा बसिरहनु त छैन। जसले कल्प पहिला पुरुषार्थ गरेको थियो, उसैले गर्छ। अहिलेसम्म जो आएका छैनन्, उनीहरू आउने छन्। जो चल्दा-चल्दै भागेर गए, गएर विवाह आदि गरे। उनीहरूको पनि ड्रामामा पार्ट भए आएर फेरि पुरुषार्थ गर्नेछन्, जान्छन् कहाँ! बाबासँग आएर नै सबैले झुक्नुपर्छ। लेखिएको छ भिष्म पितामह आदि पनि अन्त्यमा आउँछन्। अहिले त कति घमण्ड छ फेरि उनीहरूको त्यो घमण्ड सकिन्छ। तिमीले पनि हर ५ हजार वर्षपछि पार्ट खेल्छौ, राजाई लिन्छौ, गुमाउँछौ। दिन-प्रतिदिन सेवाकेन्द्रहरू बढ्दै जान्छन्। जो खास गरी देवी-देवताका पुजारी छन् उनीहरूलाई सम्झाउनु छ, सत्ययुगमा देवी-देवता धर्म थियो त्यसैले उनीहरूको पूजा गरिन्छ। क्रिश्चियनहरूले क्राइस्टको महिमा गर्छन्, हामीले आदि सनातन देवी-देवता धर्मको महिमा गर्छौं। त्यो कसले स्थापना गर्यो। उनीहरूले सम्झन्छन् कृष्णले स्थापना गरे त्यसैले उनको पूजा गर्छन्। तिमीहरू मध्ये पनि नम्बरवार छौ। कसैले कति मेहनत गर्छन्, कसैले कति। देखाउँछन् नि गोवर्धन पर्वत औंलामा उठाए।

अहिले यो पुरानो दुनियाँ हो, सबै चीजबाट तागत खत्तम भइसकेको छ। सुन पनि खानीबाट निस्किदैन, स्वर्गमा त सुनका महल बन्छन्। अहिले त सरकार हैरान हुन्छ किनकि ऋण तिर्नुपर्छ। त्यहाँ त अथाह धन हुन्छ। भित्ताहरूमा पनि हीरा-जुहारत लागेका हुन्छन्। हीरा जडान गर्ने सोख हुन्छ। त्यहाँ धनको कुनै कमी हुँदैन। कारुनको खजाना हुन्छ। अल्लाह अवलदीनको एक कथा देखाउँछन्। छुने बित्तिकै महल निस्कन्छ। यहाँ पनि दिव्य-दृष्टिद्वारा स्वर्गमा जान्छन्। त्यहाँ राजकुमार राजकुमारीसँग मुरली अदि सबै चीज हीराका हुन्छन्। यहाँ त कुनै त्यस्ता चीज लिएर बस्ने हो भने लुटेर लैजान्छन्। छुरा हानेर पनि लैजान्छन्। त्यहाँ यी कुरा हुँदैनन्। यो दुनियाँ नै धेरै पुरानो, फोहोरी छ। यी लक्ष्मी-नारायणको दुनियाँ त वाह-वाह थियो। हीरा-जुहारतका महल थिए। उनीहरू एक्लै त हुँदैनन् नि। त्यसलाई भनिन्थ्यो स्वर्ग। तिमीले जानेका छौ अवश्य हामी स्वर्गका मालिक थियौं। हामीले यो सोमनाथको मन्दिर बनाएका थियौं। यिनले सम्झन्छन् म के थिएँ फेरि भक्तिमार्गमा कसरी मन्दिर बनाएर पूजा गरेँ। आत्मालाई आफ्नो ८४ जन्मको ज्ञान छ। कति हीरा-जुहारत थिए ती सबै कहाँ गए। बिस्तारै-बिस्तारै सबै समाप्त भए। मुसलमान आए, यति धेरै लुटेर लगे जुन कब्रमा पनि हीरा लगाए, ताजमहल आदि बनाए। फेरि ब्रिटिश सरकारले त्यहाँबाट खनेर लग्यो। अहिले त केही पनि छैन। भारत भिखारी छ, ऋणै ऋण लिइरहेको छ। अन्न, चीनी आदि केही पनि मिल्दैन। अब विश्व परिवर्तन हुनु छ। तर त्यो भन्दा पहिला आत्माको ब्याट्रीलाई सतोप्रधान बनाउनको लागि चार्ज गर्नुपर्छ। बाबालाई याद अवश्य गर्नु छ। बुद्धिको योग बाबासँग होस्, उहाँद्वारा नै त वर्सा मिल्छ। यसैमा मायाको लडाईं हुन्छ। पहिला यी कुरालाई तिमीले कहाँ जान्दथ्यौ र। जस्तो अरू, तिमी पनि त्यस्तै थियौ। तिमी अहिले हौ संगमयुगी र ती सबै हुन् कलियुगी। मनुष्यले भन्छन् यिनीहरूले त जे आउँछ त्यही भनिरहन्छन्। तर सम्झाउने युक्तिहरू पनि हुन्छन् नि। बिस्तारै-बिस्तारै तिम्रो वृद्धि हुँदै जान्छ। अहिले बाबाले ठूलो विश्व-विद्यालय खोलिरहनु भएको छ। यसमा सम्झाउनको लागि चित्र त चाहिन्छ नि। पछि गएर तिम्रा यी सबै चित्रहरू ट्रान्सलाइटका बन्छन् जसबाट तिमीलाई सम्झाउन सहज पनि हुन्छ।

तिमीले जानेका छौ हामीले फेरि आफ्नो बादशाही स्थापना गरिरहेका छौं, बाबाको याद र ज्ञानद्वारा। मायाले बीचमा धेरै धोका दिन्छ। बाबा भन्नुहुन्छ धोकाबाट बचिराख। युक्तिहरू बताइरहनु हुन्छ। मुखबाट केवल यति भन बाबालाई याद गर्नुभयो भने विकर्म विनाश हुन्छ अनि यस्ता लक्ष्मी-नारायण बन्न सक्छौं। यी ब्याज आदि भगवानले स्वयं बनाउनु भएको हो, त्यसैले यिनको कति कदर हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सर्व गुणद्वारा आफ्नो शृङ्गार गर्नु छ, कहिल्यै कसैलाई दु:ख दिनु हुँदैन। सबैलाई सुखको मार्ग बताउनु छ।

२) सारा दुनियाँ कब्रिस्तान बन्नु छ, त्यसैले यसमा दिल लगाउनु हुँदैन। स्मृति रहोस् अहिले हामी ट्रान्सफर भइरहेका छौं, हामीलाई त नयाँ दुनियाँमा जानु छ।

वरदान:
प्रवृत्तिमा रहँदै मेरोपनको त्याग गर्ने सच्चा ट्रस्टी मायाजित भव

जसरी फोहरमा कीरा उत्पन्न हुन्छन्, त्यसरी नै जब मेरोपन आउँछ भने मायाको जन्म हुन्छ। मायाजित बन्ने सहज तरिका हो स्वयंलाई सदा ट्रस्टी सम्झ। ब्रह्माकुमार अर्थात् ट्रस्टी, ट्रस्टीलाई कसैमा पनि लगाव हुँदैन किनकि उसमा मेरोपन हुँदैन। गृहस्थी सम्झनाले माया आउँछ र ट्रस्टी सम्झनाले माया भाग्छ, त्यसैले न्यारा भएर प्रवृत्तिको कार्यमा आउँछौ भने मायाप्रुफ रहने छौ।

स्लोगन:
जहाँ अभिमान हुन्छ त्यहाँ अपमानको फिलिङ्ग अवश्य आउँछ।