10.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी ले कसैलाई सम्झाउँ दा या भाषण ग र्दा बाबा-बाबा भनेर सम्झाऊ , बाबाको महिमा गर तब तीर लाग्छ।

प्रश्न:
बाबाले तिमी बच्चाहरूलाई विशेष कुनचाहिँ प्रश्न सोध्नुहुन्छ?

उत्तर:
तिमी बच्चाहरू जो यति सम्पन्न थियौ, सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण देवता धर्मका थियौ। तिमी पवित्र थियौ, काम कटारी चलाउँदैनथ्यौ, धेरै धनवान थियौ। फेरि तिमी यति कंगाल कसरी बन्यौ कारण थाहा छ? तिमी बच्चाहरू दास कसरी बन्यौ? त्यति धन दौलत कहाँ गुमायौ? चिन्तन गर तिमी पावनबाट पतित कसरी बन्यौ? तिमी बच्चाहरूले पनि यस्ता-यस्ता कुरा बाबा-बाबा भनेर अरूलाई पनि सम्झाऊ, तब बुझ्नेछन्।

ओम् शान्ति ।
ओम् शान्ति भन्दा पनि बाबा अवश्य याद आउनु पर्छ। बाबाको पहिलो-पहिलो निर्देशन छ मनमनाभव। अवश्य पहिला पनि भन्नुभएको थियो त्यसैले अहिले पनि भन्नुहुन्छ नि। तिमी बच्चाहरूले बाबालाई चिनेका छौ, जब कतै सभामा भाषण गर्न जान्छौ, उनीहरूले त बाबालाई चिनेका छैनन्। त्यसैले उनीहरूलाई पनि भन्नुपर्छ, शिवबाबा भन्नुहुन्छ उहाँ नै पतित-पावन हुनुहुन्छ। अवश्य पावन बनाउनको लागि यहाँ आएर सम्झाउनु हुन्छ। जसरी बाबाले यहाँ तिमीलाई भन्नुहुन्छ हे बच्चाहरू! तिमीलाई स्वर्गको मालिक बनाएको थिएँ, तिमी आदि सनातन देवी-देवता धर्मका विश्वका मालिक थियौ, त्यसैगरी तिमीले पनि भन्नुपर्छ बाबाले यसो भन्नुहुन्छ। यस्तो भाषणको समाचार कसैको आएको छैन। शिवबाबा भन्नुहुन्छ मलाई उच्च भन्दा उच्च मान्छौ, पतित-पावन पनि मान्छौ, म आउँछु पनि भारतमा, राजयोग सिकाउन आउँछु, भन्छु म एकलाई याद गर। म उच्च बाबालाई याद गर किनकि म दिनेवाला दाता हुँ। वास्तवमा भारतवर्षमा तिमी विश्वको मालिक थियौ नि। अरू कुनै धर्म थिएन। बाबाले हामी बच्चाहरूलाई सम्झाउनु हुन्छ हामी फेरि हजुरहरूलाई सम्झाउँछौं। बाबा भन्नुहुन्छ तिमी बच्चाहरू कति धनवान थियौ। सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण देवता धर्म थियो, तिमी पवित्र थियौ, काम कटारी चलाउँदैनथ्यौ। धेरै धनवान थियौ। फेरि बाबा भन्नुहुन्छ तिमी यति कंगाल कसरी बन्यौ? कारण थाहा छ? तिमी विश्वको मालिक थियौ। अहिले तिमी विश्वको दास किन बनेका छौ? सबैसँग ऋण लिइरहन्छौ। त्यति सबै पैसा कहाँ गयो? जसरी बाबाले भाषण गरिरहनु भएको छ त्यसैगरी तिमीले पनि भाषण गर्यौ भने धेरैलाई आकर्षण हुन्छ। तिमीले बाबालाई याद गर्दैनौ त्यसैले कसैलाई तीर लाग्दैन। त्यो तागत मिल्दैन। नत्र तिम्रो एउटै यस्तो भाषण सुने भने पनि कमाल हुन्छ। शिवबाबा सम्झाउनु हुन्छ भगवान त एउटै हुनुहुन्छ। जो दु:ख हर्ता सुख कर्ता हुनुहुन्छ, नयाँ दुनियाँको स्थापना गर्नेवाला हुनुहुन्छ। यसै भारतवर्षमा स्वर्ग थियो। हीरा-जुहारतका महल थिए, एउटै राज्य थियो। सबै मिलेर रहन्थे। जसरी बाबाको महिमा अपरम्पार छ, त्यसैगरी भारतवर्षको महिमा पनि अपरम्पार छ। भारतवर्षको महिमा सुनेर खुसी हुन्छन्। बाबाले बच्चाहरूसँग सोध्नुहुन्छ यति धन-दौलत कहाँ गुमायौ? भक्तिमार्गमा तिमीले कति खर्च गर्दै आयौ। कति मन्दिर बनाउँछौ। बाबा भन्नुहुन्छ चिन्तन गर तिमी पावनबाट पतित कसरी बन्यौ? भन्छौ पनि बाबा दु:खमा हजुरलाई स्मरण गर्छौं, सुखमा गर्दैनौं। तर तिमीलाई दु:खी कसले बनाउँछ? घरी-घरी बाबाको नाम लिँदै गर। तिमीले बाबाको सन्देश दिन्छौ। बाबा भन्नुहुन्छ मैले त स्वर्ग, शिवालय स्थापना गरेको थिएँ। स्वर्गमा यी लक्ष्मी-नारायणको राज्य थियो नि। तिमीले यो पनि भुलेका छौ। तिमीलाई यो पनि थाहा छैन राधा-कृष्ण नै स्वयंवरपछि लक्ष्मी-नारायण बन्छन्। कृष्ण जो विश्वको मालिक थिए, उनलाई कलंक लगाउँछौ, मलाई पनि कलंक लगाउँछौ। म तिम्रो सद्गतिदाता, तिमीले मलाई कुकुर, बिरालो, कण-कणमा हुनुहुन्छ भनिदिन्छौ। बाबा भन्नुहुन्छ तिमी कति पतित बनेका छौ। बाबा भन्नुहुन्छ सर्वको सदगति दाता, पतित-पावन म हुँ। तिमीले फेरि पतित-पावनी गंगा भनिदिन्छौ। मसँग योग नलगाउनाले तिमी झनै पतित बन्न पुग्छौ। मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। घरी-घरी बाबाको नाम लिएर सम्झायौ भने शिवबाबाको याद रहन्छ। भन, हामीले बाबाको महिमा गर्छौं। बाबाले स्वयं भन्नुहुन्छ म कसरी साधारण पतित तनमा धेरै जन्मको अन्त्यमा आउँछु। यिनले नै धेरै जन्म लिन्छन्। यी अब मेरो बनेका छन् त्यसैले यस रथद्वारा तिमीलाई सम्झाउँछु। यिनले आफ्नो जन्मलाई जानेका छैनन्। भागीरथ यी हुन्। यिनको पनि वानप्रस्थ अवस्थामा म आउँछु। शिवबाबाले यसरी सम्झाउनु हुन्छ। यस्तो भाषण कसैको सुनेको छैन। बाबाको त नाम नै लिंदैनन्। सारा दिन बाबालाई त बिल्कुलै याद नै गर्दैनन्। परचिन्तनमा लागिरहन्छन् र लेख्छन् मैले यस्तो भाषण गरें, मैले यसरी सम्झाएँ। बाबाले सम्झनुहुन्छ अहिले त तिमी कमिला छौ। माकुरा पनि बनेका छैनौ तर अहंकार कति हुन्छ। यो बुझ्दैनन् शिवबाबाले ब्रह्माद्वारा सम्झाउनु हुन्छ। शिव बाबालाई तिमीले भुलिहाल्छौ। ब्रह्मालाई देखेर तुरुन्त रिसाउँछन्। बाबा भन्नुहुन्छ तिमीले मलाई नै याद गर, तिम्रो काम मसँग छ। मलाई याद गर्छौ नि। तर तिमीलाई पनि थाहा छैन बाबा के चीज हुनुहुन्छ? कहिले आउनु हुन्छ? गुरुहरूले तिमीलाई भन्छन् कल्प लाखौं वर्षको छ र बाबा भन्नुहुन्छ कल्प छ नै ५ हजार वर्षको। पुरानो दुनियाँ नै नयाँ दुनियाँ हुन्छ। नयाँ नै पुरानो हुन्छ। अहिले नयाँ दिल्ली कहाँ छ र, दिल्ली त जब परिस्तान हुन्छ तब नयाँ दिल्ली भनिन्छ। नयाँ दुनियाँमा नयाँ दिल्ली थियो, जमुनाको तटमा। त्यसमा लक्ष्मी-नारायणका महल थिए। परिस्तान थियो। अब त कब्रिस्तान हुनु छ, सबै गाडिने छन् त्यसैले बाबा भन्नुहुन्छ म उच्च भन्दा उच्च बाबालाई याद गर्यौ भने पावन बन्छौ। सदैव यसरी बाबा-बाबा भनेर सम्झाऊ। बाबाको नाम लिंदैनौ त्यसैले तिम्रो कुरा कसैले सुन्दैन। बाबाको याद नरहनाले तिमीमा तागत आउँदैन। तिमी देह-अभिमानमा आउँछौ। बांधेलीहरू जसले मार खान्छन् उनीहरू तिमी भन्दा बढी यादमा रहन्छन्, कति पुकार्छन्। बाबा भन्नुहुन्छ तिमीहरू सबै द्रौपदी हौ नि। अब तिमीलाई नंगन हुनबाट बचाउनु हुन्छ। माताहरू पनि कुनै यस्ता हुन्छन् जसलाई कल्प पहिला पनि पूतना आदि नाम दिइएको थियो। तिमीले भुलेका छौ।

बाबा भन्नुहुन्छ भारतवर्ष जब शिवालय थियो त्यसलाई स्वर्ग भनिन्थ्यो। यहाँ फेरि जसको पासमा महल, विमान आदि छन् उनीहरूले सम्झन्छन् हामी स्वर्गमा छौं। कति मूढमति छन्। हरेक कुरामा भन, बाबा भन्नुहुन्छ। यी हठयोगीहरूले तिमीलाई कहाँ मुक्ति दिन सक्छन् र, जबकि सर्वका सदगति दाता एक हुनुहुन्छ फेरि गुरु किन बनाउँछौ? के तिमीलाई संन्यासी बन्नु छ या हठयोग सिकेर ब्रह्ममा लीन हुनु छ? लीन त कोही हुन सक्दैन। पार्ट सबैलाई खेल्नुपर्छ। सबै कलाकार अविनाशी छन्। यो अनादि अविनाशी ड्रामा हो, मोक्ष कसैलाई कसरी मिल्न सक्छ। बाबा भन्नुहुन्छ म यी साधुहरूको पनि उद्धार गर्न आउँछु। फेरि पतित-पावनी गंगा कसरी हुन सक्छन्। पतित-पावन त तिमीले मलाई भन्छौ नि। तिम्रो मसँगको योग टुट्नाले यो हालत भएको हो। अब फेरि मसँग योग लगाऊ अनि विकर्म विनाश हुन्छ। मुक्तिधाममा पवित्र आत्माहरू रहन्छन्। अहिले त सारा दुनियाँ पतित छ। पावन दुनियाँको बारेमा तिमीलाई थाहै छैन। तिमीहरू सबै पुजारी हौ, पूज्य एउटा पनि छैन। तिमीले बाबाको नाम लिएर सबैलाई जगाउन सक्छौ। बाबा, जसले विश्वको मालिक बनाउनु हुन्छ, उहाँको तिमीले ग्लानि गर्छौ। श्रीकृष्ण सानो बच्चा, सर्वगुण सम्पन्न उनले यस्तो धन्दा कसरी गर्न सक्छन् र कृष्ण सबैका पिता कसरी हुन सक्छन्? भगवान त एक हुनुहुन्छ नि। जबसम्म मेरो श्रीमतमा चल्दैनौ, खिया कसरी उत्रिन्छ? तिमीले सबैको पूजा गरिरहन्छौ त्यसैले के हालत भएको छ, अनि फेरि मलाई आउनु पर्छ। तिमी कति धर्म, कर्म भ्रष्ट भएका छौ। बताऊ हिन्दु धर्म कसले कहिले स्थापना गर्यो? यसरी राम्रोसँग ललकार गरेर भाषण गर। तिमीलाई घरी-घरी बाबा याद आउँदै-आउँदैन। कहिलेकाहीं कसैले लेख्छन् ममा त मानौं बाबाले आएर भाषण गर्नुभयो। बाबाले धेरै मदत गरिरहनुहुन्छ। तिमी यादको यात्रामा रहँदैनौ त्यसैले कमिलाको चालमा सेवा गर्छौ। बाबाको नाम लियौ भने कसैलाई तीर लाग्छ। बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! तिमीले नै अलराउण्ड ८४ को चक्र लगाएका छौ त्यसैले तिमीलाई नै आएर सम्झाउनु पर्छ। म भारतवर्षमा नै आउँछु। जो पूज्य थिए उनीहरू नै पुजारी बन्छन्। म त पूज्य र पुजारी बन्दिनँ।

बाबा भन्नुहुन्छ बाबा भन्नुहुन्छ यो त धुन लगाउनु पर्छ। जब तिमीले यसरी-यसरी भाषण गर्छौ, जब यस्तो मैले सुन्छु तब सम्झन्छु तिमी अब कमिलाबाट माकुरा बनेका छौ। बाबा भन्नुहुन्छ मैले तिमीलाई पढाउँछु, तिमीले केवल म एकलाई याद गर। यस रथद्वारा तिमीलाई भन्छु केवल मलाई याद गर। रथलाई कहाँ याद गर्नु छ र। बाबाले यस्तो भन्नुहुन्छ, बाबाले यो सम्झाउनु हुन्छ, यसरी-यसरी तिमीले भन फेरि हेर तिम्रो कति प्रभाव निस्कन्छ। बाबा भन्नुहुन्छ देह सहित सबै सम्बन्धहरूबाट बुद्धिको योग तोड। आफ्नो देह पनि छुट्छ अनि बाँकी रहन्छ आत्मा। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। कतिले भन्छन् अहम् ब्रह्मास्मि मायाको हामी मालिक हौं। बाबा भन्नुहुन्छ तिमीले यो पनि जान्दैनौ माया केलाई भनिन्छ र सम्पत्ति केलाई भनिन्छ। तिमीले धनलाई माया भनिदिन्छौ। यसरी-यसरी तिमीले सम्झाउन सक्छौ। धेरै राम्रा-राम्रा बच्चाहरूले मुरली पनि पढ्दैनन्। बाबालाई याद गर्दैनन् भने तीर लाग्दैन किनकि यादको बल मिल्दैन। बल मिल्छ यादबाट, जुन योगबलले तिमी विश्वको मालिक बन्छौ। बच्चाहरूले हरेक कुरामा बाबाको नाम लिइरह्यौ भने कहिल्यै कसैले केही भन्न सक्दैन। सर्वका भगवान बाबा त एक हुनुहुन्छ या सबै भगवान हुन्? भन्छन् हामी फलानो संन्यासीका अनुयायी हौं। अब ती संन्यासी र तिमी गृहस्थी हौ भने तिमी अनुयायी कसरी भयौ? गाउँछन् पनि झुटो माया, झुटो काया झुटो सब संसार। सच्चा त एक बाबा नै हुनुहुन्छ। उहाँ जबसम्म आउनुहुन्न हामी सच्चा बन्न सक्दैनौं। मुक्ति-जीवनमुक्ति दाता एक हुनुहुन्छ। बाँकी कसैले मुक्ति कहाँ दिन सक्छन् ताकि हामी उनका बनौं। बाबा भन्नुहुन्छ यो पनि ड्रामामा थियो। अब सावधान भएर आँखा खोल। बाबाले यस्तो भन्नुहुन्छ, यति भन्नाले तिमी छुट्छौ। तिम्रो कुरामा कसैले बाद-विवाद गर्दैनन्। त्रिमूर्ति शिवबाबा भन्नु छ, केवल शिव होइन। त्रिमूर्तिलाई कसले रच्यो? ब्रह्माद्वारा स्थापना कसले गराउँछ? के ब्रह्मा रचयिता हुन्? यसरी नशासँग बोल तब काम गर्न सक्छौ। नत्र त देह-अभिमानमा रहेर भाषण गर्छौ।

बाबाले सम्झाउनु हुन्छ यो अनेक धर्महरूको कल्पवृक्ष हो। सबैभन्दा पहिला हुन्छ देवी-देवता धर्म। अब त्यो देवता धर्म कहाँ गयो? लाखौं वर्ष भनिदिन्छन्, यो त ५ हजार वर्षको कुरा हो। तिमीले मन्दिर पनि उनीहरूको बनाइरहन्छौ। देखाउँछन् पाण्डव र कौरवको लडाईं भयो। पाण्डव पहाडमा गलेर मरे फेरि के भयो? मैले कसरी हिंसा गर्न सक्छु? मैले त तिमीलाई अहिंसक, वैष्णव बनाउँछु। काम कटारी नचलाउनु, यसलाई नै वैष्णव भनिन्छ। त्यो हो विष्णुको वंशावली। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सेवामा सफलता प्राप्त गर्नको लागि अहंकारलाई छोडेर हरेक कुरामा बाबाको नाम लिनु छ। यादमा रहेर सेवा गर्नु छ। परचिन्तनमा आफ्नो समय खेर फाल्नु छैन।

२) सच्चा-सच्चा वैष्णव बन्नु छ। कुनै पनि हिंसा गर्नु छैन। देह सहित सबै सम्बन्धहरूबाट बुद्धियोग तोडिदिनु छ।

वरदान:
विश्व कल्याणको कार्यमा सदा विजी रहने विश्वको आधारमूर्त भव

विश्व कल्याणकारी बच्चाहरू स्वप्नमा पनि स्वतन्त्र रहन सक्दैनन्। जो दिन रात सेवामा बिजी रहन्छन् उनीहरूले स्वप्नमा पनि नयाँ-नयाँ कुरा, सेवाको योजना र तरिका देखिरहन्छन्। उनीहरू सेवामा ब्यस्त हुनाले आफ्नो पुरुषार्थको व्यर्थबाट र अरूको व्यर्थबाट पनि बचिरहन्छन्। उनको सामुन्ने बेहद विश्वका आत्माहरू सदा इमर्ज रहन्छन्। उनमा अलिकति पनि ढिलासुस्ती (अलबेलापन) आउन सक्दैन। यस्ता सेवाधारी बच्चाहरूलाई आधारमूर्त बन्ने वरदान मिल्छ।

स्लोगन:
संगमयुगको एक-एक सेकेन्ड वर्षौं समान छ, त्यसैले ढिलासुस्तीमा समय नगुमाऊ।