10.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आत्मालाई सतोप्रधान बनाउने चिन्ता गर। कुनै पनि कमी नरहोस् , मायाले गल्ती नगराओस्।

प्रश्न:
तिमी बच्चाहरूको मुखबाट सदा कुनचाहिँ शुभ बोली निस्किनु पर्छ?

उत्तर:
सदा मुखद्वारा यही शुभ बोली बोल म नारायण बन्छु, कम होइन। हामी नै विश्वको मालिक थियौं फेरि बन्छौं। तर यो लक्ष्य धेरै उच्च छ, त्यसैले धेरै होसियार रहनु छ। आफ्नो खाता हेर्नु छ। लक्ष्य-उद्देश्यलाई सामुन्ने राखेर पुरुषार्थ गरिरहनु छ, हर्टफेल हुनु छैन।

ओम् शान्ति ।
बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ यहाँ जब यादको यात्रामा बस्छौ, भाइ-बहिनीहरूलाई भन आत्म-अभिमानी भएर बस्नुहोस् र बाबालाई याद गर्नुहोस्। यो स्मृति गराउनु पर्छ। तिमीलाई अहिले यो स्मृति आइरहेको छ हामी आत्मा हौं, हाम्रो बाबा हामीलाई पढाउन आउनु हुन्छ। हामीले पनि कर्मेन्द्रियहरूद्वारा पढ्छौं। बाबाले पनि कर्मेन्द्रियहरूको आधार लिएर यिनीद्वारा पहिला सुरुमा यसो भन्नुहुन्छ बाबालाई याद गर। बच्चाहरूलाई सम्झाइएको छ यो हो ज्ञानमार्ग। भक्तिमार्ग भनिदैन। ज्ञान केवल एउटै ज्ञानसागर पतित-पावनले दिनुहुन्छ। तिमीलाई पहिला नम्बरको पाठ यही मिलेको छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो धेरै जरुरी छ। अरू कुनै पनि सतसङ्गमा कसैलाई यसो भन्न आउँदैन। हुन त आजकल बनावटी संस्थाहरू धेरै निस्किएका छन्। तिमीद्वारा सुनेर कसैले भन्न पनि सक्छन् तर अर्थ बुझ्न सक्दैनन्। बुझाउने अक्कल आउँदैन। यो कुरा तिमीलाई नै बाबा भन्नुहुन्छ बेहदका बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। विवेकले पनि भन्छ यो पुरानो दुनियाँ हो। नयाँ दुनियाँ र पुरानो दुनियाँमा धेरै फरक छ। त्यो हो पावन दुनियाँ, यो हो पतित दुनियाँ। बोलाउँछन् पनि हे पतित-पावन आउनुहोस्, आएर पावन बनाउनु होस्। गीतामा पनि शब्द छन् म एकलाई याद गर। देहका सर्व सम्बन्ध त्यागेर आफूलाई आत्मा सम्झ। यो देहको सम्बन्ध पहिला थिएन। तिमी आत्माहरू यहाँ आउँछौ पार्ट खेल्न। गायन पनि छ एक्लै आयौं, एक्लै जाने हो। यसको अर्थ मनुष्यले बुझेका छैनन्। अहिले तिमीले यथार्थमा बुझेका छौ। हामी अहिले पावन बनिरहेका छौं, यादको बलद्वारा। यो हो नै राजयोग बल। त्यो हो हठयोग जसबाट मनुष्य थोरै समयको लागि तन्दुरुस्त रहन्छन्। सत्ययुगमा तिमी कति तन्दुरुस्त रहन्छौ। हठयोगको आवश्यकता नै हुँदैन। यो सबै यहाँ यस फोहोरी दुनियाँमा गर्छन्। यो हो नै पुरानो दुनियाँ। सत्ययुग नयाँ दुनियाँ जुन बितेर गयो, त्यसमा यी लक्ष्मी-नारायणको राज्य थियो। यो कसैलाई पनि थाहा छैन। त्यहाँ हरेक चीज नयाँ हुन्छ। गीत पनि छ नि जाग सजनियाँ जाग... नवयुग हो सत्ययुग। पुरानो युग हो कलियुग। अहिले यसलाई त कसैले पनि सतसङ्ग भन्दैन। बाबाले स्मृति दिलाउनु भएको छ अहिले कलियुग हो। तिमीले सत्ययुगको लागि पढ्छौ। यस्तो पढाउने त कोही पनि छैन जसले भनोस् यस पढाइबाट तिमीलाई नयाँ दुनियाँमा राज्य पद मिल्छ। कसैले भन्न सक्दैन। तिमी बच्चाहरूलाई सबै कुराको स्मृति दिलाइन्छ। लापर्बाही गर्नु हुँदैन। बाबाले सबैलाई सम्झाइरहनु हुन्छ। जहाँसुकै बस, धन्दा आदि गर आफूलाई आत्मा सम्झेर गर। कामधन्दामा अलिकति मुश्किल भयो भने जति हुन सक्छ समय निकालेर यादमा बस अनि आत्मा पवित्र हुन्छ। अरू कुनै उपाय छैन। तिमीले राजयोग सिकिरहेका छौ नयाँ दुनियाँको लागि। त्यहाँ कलियुगी तमोप्रधान आत्मा जान सक्दैन। मायाले आत्माको पंख तोडिदिएको छ। आत्मा उड्छ नि। एक शरीर छोडेर अर्को लिन्छ। आत्मा हो सबैभन्दा तीक्ष्ण रकेट। तिमी बच्चाहरूलाई यी नयाँ-नयाँ कुरा सुनेर अनौठो लाग्छ। आत्मा कति सानो रकेट हो। त्यसमा ८४ को पार्ट निर्धारित छ। यस्ता कुरा दिलमा याद रहेमा उमंग आउँछ। विद्यालयमा विद्यार्थीहरूको बुद्धिमा पढाइको नै याद आउँछ नि। तिम्रो बुद्धिमा अहिले के छ? बुद्धि कुनै शरीरमा हुँदैन। आत्मामा नै मन-बुद्धि हुन्छ। आत्माले नै पढ्छ। नोकरी आदि सबै कुरा आत्माले नै गर्छ। शिवबाबा पनि आत्मा हुनुहुन्छ। तर उहाँलाई परम भनिन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ। उहाँ धेरै सानो बिन्दु हुनुहुन्छ। यो पनि कसैलाई थाहा छैन, जुन उहाँ बाबामा संस्कार छ त्यही तिमी बच्चाहरूमा भरिन्छ। अहिले तिमी योगबलद्वारा पावन बनिरहेका छौ। त्यसको लागि पुरुषार्थ गर्नुपर्छ। पढाइमा चिन्ता त हुन्छ कहीं म फेल नबनूँ। यसमा पहिलो नम्बरको विषय नै यो हो कि म आत्मा सतोप्रधान बनौं। केही कमी नरहोस्। नत्र फेल भइन्छ। मायाले तिमीलाई हरेक कुरामा भुलाइदिन्छ। आत्माले चाहन्छ चार्ट राखौं। सारा दिनमा कुनै आसुरी काम नगरुँ। तर मायाले चार्ट राख्न दिँदैन। तिमी मायाको पन्जामा आउँछौ। मनले भन्छ पनि खाता राखौं। व्यापारीहरूले सदैव नाफा-नोक्सानको खाता राख्छन्। तिम्रो त यो धेरै ठूलो हिसाब-किताब हो। २१ जन्मको कमाई हो, यसमा लापर्बाही गर्नु हुँदैन। बच्चाहरूले धेरै लापर्बाही गर्छन्। यिनी बाबालाई त तिमीले सूक्ष्मवतनमा, स्वर्गमा पनि देख्छौ। यी बाबाले पनि धेरै पुरुषार्थ गर्छन्। आश्चर्य पनि खाइरहन्छन्। बाबाको यादमा स्नान गर्छु, भोजन खान्छु, फेरि पनि बिर्सिन्छु फेरि याद गर्न लाग्छु। महत्त्वपूर्ण विषय हो यो। यस कुरामा कुनै पनि मतभेद आउन सक्दैन। गीतामा पनि छ देह सहित देहका सबै धर्म छोड। बाँकी रह्यो आत्मा। देहलाई बिर्सिएर आफूलाई आत्मा सम्झ। आत्मा नै पतित तमोप्रधान बनेको छ। मनुष्यले फेरि भनिदिन्छन् आत्मा निर्लेप छ। आत्मा नै परमात्मा, परमात्मा नै आत्मा हो त्यसैले सम्झन्छन्, आत्मामा कुनै दाग लाग्दैन। तमोगुणी मनुष्यले शिक्षा पनि तमोगुणी दिन्छन्। सतोगुणी बनाउन सक्दैनन्। भक्तिमार्गमा तमोप्रधान बन्नु नै छ। हरेक चीज पहिला सतोप्रधान फेरि रजो तमोमा आउँछ। स्थापना र विनाश हुन्छ। बाबाले नयाँ दुनियाँको स्थापना गर्नु हुन्छ अनि यो पुरानो दुनियाँको विनाश हुन्छ। भगवान त नयाँ दुनियाँका रचयिता हुनुहुन्छ। यो पुरानो दुनियाँ परिवर्तन भएर नयाँ हुन्छ। नयाँ दुनियाँको यादगार त यी लक्ष्मी-नारायण हुन् नि। यिनीहरू नयाँ दुनियाँका मालिक हुन्। त्रेतालाई पनि नयाँ दुनियाँ भनिदैन। कलियुगलाई पुरानो, सत्ययुगलाई नयाँ भनिन्छ। कलियुगको अन्त्य र सत्ययुगको आदिको यो हो संगमयुग। कसैले एम. ए., बि. ए. पढ्छन् अनि उच्च बन्छन् नि। तिमी यस पढाइद्वारा कति उच्च बन्छौ। दुनियाँले यो कुरालाई जान्दैन यिनलाई यति उच्च कसले बनायो। तिमीले अहिले आदि-मध्य-अन्त्यलाई जानेका छौ। सबैको जीवन कहानीलाई तिमीले जानेका छौ। यो हो ज्ञान। भक्ति मार्गमा ज्ञान हुँदैन केवल कर्मकाण्ड सिकाउँछन्। भक्ति त अथाह छ। कति वर्णन गर्छन्। धेरै सुन्दर देखिन्छ। बीजमा के सुन्दरता छ, यति सानो बीज कति ठूलो हुन्छ। भक्तिको यो वृक्ष हो, अथाह कर्मकाण्ड छन्। ज्ञानको गोली एउटै छ मनमनाभव। बाबा भन्नुहुन्छ तमोप्रधानबाट सतोप्रधान बन्नको लागि मलाई याद गर। तिमीले भन्छौ पनि हे पतित-पावन आएर मलाई पावन बनाउनुहोस्। रावण राज्यमा सबै पतित दु:खी छन्। राम राज्यमा सबै हुन्छन् पावन सुखी। राम राज्य, रावण राज्य नाम त छ। तिमी बच्चाहरूलाई सिवाय रामराज्यको विषयमा कसैलाई पनि थाहा छैन। तिमीले अहिले पुरुषार्थ गरिरहेका छौ। ८४ जन्मको रहस्य पनि तिमी बाहेक अरू कसैले जान्दैन। भन्न त भन्छन्, भगवानुवाच मनमनाभव। यसरी कहाँ कसैले सम्झाउँछन् र तिमीले कसरी पूरा ८४ जन्म लियौ। अब चक्र पूरा हुन्छ। गीता सुनाउनेहरूको भनाइ सुन्न सक्छौ गीताका विषयमा के भन्छन्। तिम्रो बुद्धिमा त अहिले सारा ज्ञान आइरहन्छ। बाबा सोध्नुहुन्छ पहिला कहिल्यै मिलेका थियौ? भन्छन् हो बाबा कल्प पहिला मिलेका थियौं। बाबा सोध्नुहुन्छ, तिमीले उत्तर दिन्छौ अर्थ सहित। यस्तो होइन सुगाले जस्तै भनिदिन्छौ। फेरि बाबाले सोध्नुहुन्छ किन मिलेका थियौ, के पाएका थियौ? अनि तिमीले भन्न सक्छौ हामीले विश्वको राज्य पाएका थियौं, त्यसमा सबै आउँछ। भन्न त तिमीले भन्छौ नरबाट नारायण बनेका थियौं तर विश्वको मालिक बन्नु, त्यसमा पनि राजा-रानी र दैवी राजवंश सबै हुन्छ। त्यसको मालिक राजा, रानी प्रजा सबै बन्छन्। यसलाई भनिन्छ शुभ बोल्नु। म त नरबाट नारायण बन्छु, कम होइन। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! पूरा पुरुषार्थ गर। आफ्नो खाता पनि हेर्नु छ यस हालतमा मैले उच्च पद पाउन सक्छु वा सक्दिनँ? कति जनालाई मार्ग बताएको छु? अन्धाहरूको लठ्ठी बनेको छु? यदि सेवा गर्दैनौ भने सम्झनु पर्छ म प्रजामा जान्छु। आफ्नो दिलसँग सोध्नु छ यदि अहिले शरीर छुट्यो भने के पद पाउँला? धेरै ठूलो लक्ष्य छ त्यसैले होसियार रहनु छ। कति बच्चाहरूले सम्झन्छन् हामीले यादै गर्दैनौं भने फेरि खाता राखेर के गर्ने? त्यसलाई फेरि हर्टफेल भनिन्छ। उनीहरूले पढ्छन् पनि त्यस्तै। ध्यान दिँदैनन्। मिया मिट्ठु सम्झेर बस्नु हुँदैन, फेरि अन्त्यमा फेल हुनुपर्छ। आफ्नो कल्याण गर्नु छ। लक्ष्य-उद्देश्य त सामुन्ने छ। मैले पढेर यस्तो बन्नु छ। यो पनि आश्चर्य छ नि। कलियुगमा त राजाई हुँदै हुँदैन। सत्ययुगमा फेरि यिनीहरूको राजाई कहाँबाट आयो? सारा कुरा पढाइमा आधारित छ। यस्तो होइन देवताहरू र असुरहरूको लडाईं हुन्छ, देवताहरूले जितेर राज्य पाए। असुरहरू र देवताहरूको लडाईं हुन कसरी सक्छ? न कौरबहरू, न पाण्डवहरूको नै लडाईं हुन्छ। लडाईंको कुरा निषेध छ। पहिला त यो बताऊ, बाबा भन्नुहुन्छ देहका सबै सम्बन्धलाई छोडेर आफूलाई आत्मा सम्झ। तिमी आत्मा अशरीरी आएका थियौ, अब फेरि फर्केर जानु छ। पवित्र आत्माहरू मात्रै फर्केर जान सक्छन्। तमोप्रधान आत्माहरू त जान सक्दैनन्। आत्माका पंख टुटेका छन्। मायाले पतित बनाएको छ। तमोप्रधान भएका हुनाले यति टाढा पवित्र स्थानमा जान सक्दैनन्। अहिले तिम्रो आत्माले भन्छ हामी वास्तवमा परमधामका निवासी हौं। यहाँ यो ५ तत्त्वको पुतला लिएका छौं पार्ट खेल्नको लागि। कसैको मृत्यु भयो भने भन्छन् स्वर्गवासी भयो। को? त्यहाँ शरीर गयो कि आत्मा गयो? शरीर त जल्यो। बाँकी रह्यो आत्मा। स्वर्गमा त जान सक्दैन। मनुष्यहरूले त जसले जे सुनायो त्यही हो भनिरहन्छन्। भक्ति मार्गकाले भक्ति नै सिकाएका छन्, कसैको कर्तव्यको बारेमा कसैलाई थाहा छैन। शिवको पूजा सबैभन्दा उच्च भन्छन्। सबैभन्दा उच्च शिव हुनुहुन्छ, उहाँलाई नै याद गर, स्मरण गर। माला पनि बनाउँछन्। शिव-शिव भन्दै माला जप्छन्। विना अर्थ माला लिएर शिव-शिव भनिरहन्छन्। गुरुहरूले अनेक प्रकारका शिक्षाहरू दिन्छन्। यहाँ त एउटै कुरा छ बाबा स्वयं भन्नुहुन्छ, मलाई याद गर्नाले विकर्म विनाश हुन्छ। मुखबाट शिव-शिव पनि भन्नु पर्दैन। पिताको नाम बच्चाले कहाँ जप्छ र। यो हो सबै गुप्त। कसैलाई पनि थाहा छैन तिमीले के गरिरहेका छौ। जसले कल्प पहिला बुझेका थिए उनैले बुझ्छन्। नयाँ-नयाँ बच्चाहरू आइरहन्छन्, वृद्धि भइरहन्छ। पछि गएर ड्रामाले के देखाउँछ त्यो साक्षी भएर हेर्नु छ। पहिल्यैबाट बाबाले साक्षात्कार गराउनुहुन्न यो यो हुन्छ। त्यसो भयो भने त बनावटी काम हुन्छ। यो राम्ररी बुझ्नु पर्ने कुरा छ। तिमीलाई ज्ञान मिलेको छ, भक्तिमार्गमा अज्ञानी थियौ। जानेका छौ ड्रामामा भक्ति हुनु पनि निश्चित छ।

अहिले तिमी बच्चाहरूले सम्झन्छौ हामी यस पुरानो दुनियाँमा रहने छैनौं। विद्यार्थीहरूको बुद्धिमा यो पढाइ रहन्छ। तिमीले पनि मुख्य-मुख्य प्वाइन्टहरू बुद्धिमा धारण गर्नु छ। नम्बरवन कुरा अल्फमा निश्चय गराऊ अनि अगाडि बढ। नत्र फाल्तु कुरा सोधिरहन्छन्। बच्चीहरूले लेख्छन् फलानोले लेखेर दिएको छ गीताका भगवान शिव हुनुहुन्छ, यो त बिल्कुलै ठीक हो। भन्न त यस्तो भन्छन् तर कसैको बुद्धिमा कहाँ बस्छ र। यदि बाबा आउनु भएको छ भन्ने जानेका भए त भन्ने थिए यस्ता बाबासँग गएर मिलन मनाऊँ। वर्सा लिऊँ। एउटालाई पनि निश्चय हुँदैन। झट्ट एक जनाको पनि चिट्ठी आउँदैन। लेख्न त लेख्छन् पनि ज्ञान धेरै राम्रो छ तर यति हिम्मत हुँदैन जसले बुझून् वाह यस्ता बाबा, जसबाट यति समय टाढा रह्यौं, भक्तिमार्गमा धक्का खायौं, अहिले उहाँ बाबा विश्वको मालिक बनाउन आउनु भएको छ। भागेर आउँथे। पछि गएर निस्कन्छन्। यदि बाबालाई चिनेको भए, उच्च भन्दा उच्च भगवान हुनुहुन्छ भन्ने जानेको भए उहाँका बन्ने थिए नि। ज्ञान यस्तो दिनुपर्छ जसले बुद्धिको ढोका खुलोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) धन्दा आदि गर्दा आत्मालाई पावन बनाउनको लागि समय निकालेर यादको मेहनत गर्नु छ। कहिल्यै कुनै पनि आसुरी काम गर्नु हुँदैन।

२) आफ्नो र अरूको कल्याण गर्नु छ। पढाइ पढ्नु र पढाउनु छ, मियाँ मिठ्ठू बन्नु हुँदैन। यादको बल जम्मा गर्नु छ।

वरदान:
साकार बाबालाई अनुसरण गरेर नम्बरवन लिने सम्पूर्ण फरिश्ता भव

नम्बरवनमा आउने सहज साधन हो जो नम्बरवन ब्रह्मा बाबा हुनुहुन्छ, उहाँ एकलाई नै हेर। अनेकलाई हेर्नुको सट्टा एकलाई हेर, एकलाई अनुसरण गर। हम सो फरिश्ताको मन्त्र पक्का गर तब अन्तर मेटिन्छ। फेरि साइन्सको यन्त्रले आफ्नो काम सुरु गर्नेछ र तिमी सम्पूर्ण फरिश्ता देवता बनेर नयाँ दुनियाँमा अवतरित हुनेछौ। त्यसैले सम्पूर्ण फरिश्ता बन्नु अर्थात् साकार बाबालाई अनुसरण गर्नु हो।

स्लोगन:
मनन गर्नाले जुन खुसी रूपी मख्खन निस्किन्छ, यसले नै जीवनलाई शक्तिशाली बनाउँछ।