10.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी बाबासमान मुरलीधर अवश्य बन्नु छ , मुरलीधर बच्चा नै बाबाका सहयोगी हुन् , बाबा उनीहरूसँग राजी हुनुहुन्छ।

प्रश्न:
कुन बच्चाहरूको बुद्धि एकदम निर्मान हुन्छ?

उत्तर:
जो अविनाशी ज्ञान रत्नहरूको दान गरेर सच्चा महादानी बन्छन्, होसियार सेल्सम्यान बन्छन् उनीहरूको बुद्धि एकदम निर्मान हुन्छ। सेवा गर्दागर्दा बुद्धि शुद्ध हुन्छ। दान गर्दा कहिल्यै पनि अभिमान आउनु हुँदैन। सदैव बुद्धिमा रहोस् शिवबाबाले दिनु भएको दिइरहेको छु। शिवबाबाको याद रहनाले कल्याण हुन्छ।

गीत:
तुम्हीं हो माता...

ओम् शान्ति ।
केवल माता-पितावाला गीत सुनाउनाले मात्र नाम सिद्ध हुँदैन। पहिला शिवाय नमः गीत सुनाएर फेरि मात-पितावाला सुनाउनाले ज्ञानको बारेमा थाहा हुनछ। मनुष्यहरू त मन्दिरहरूमा जान्छन्, लक्ष्मी-नारायणको मन्दिरमा जान्छन्, कृष्णको मन्दिरमा जान्छन्, सबैको अगाडि विना अर्थ तिमी मात-पिता... भनिदिन्छन्। पहिला शिवाय नमः वाला गीत सुनाएर फेरि मात-पितावाला सुनाउनाले महिमाको बारेमा थाहा हुन्छ। नयाँ कोही पनि आयो भने यो गीत राम्रो छ। सम्झाउनमा सहज हुन्छ। बाबाको नाम नै हो शिव, यस्तो त भन्दैनन् शिव सर्वव्यापी हुनुहुन्छ। त्यसपछि त सबैको महिमा एक हुन जान्छ। उहाँको नाम नै हो शिव। अरू कसैले आफूलाई शिवाय नमः नाम राख्न सक्दैन। उहाँको मत र गति सबै मनुष्यहरूकोभन्दा भिन्न छ। देवताहरूकोभन्दा पनि भिन्न छ। यो ज्ञान सिकाउनेवाला माता-पिता नै हुनुहुन्छ। संन्यासीहरूमा त माता छैनन् त्यसैले उनीहरूले राजयोग सिकाउन सक्दैनन्। शिवाय नमः त कसैलाई पनि भन्न सक्दैनन्। देहधारीलाई शिवाय नमः कहाँ भनिन्छ र! यो सम्झाउनु पर्छ। तर तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। कतिपय राम्रा-राम्रा बच्चाहरूले पनि प्वाइन्ट छुटाइदिन्छन्। आफूलाई धेरैले समझदार सम्झन्छन्। यसमा दिलको सफाई चाहिन्छ। हरेक कुरामा सत्य बोल्नु, सच्चा भएर रहनु छ, यसमा समय लाग्छ। देह अभिमानमा आउनाले फेरि दैहिक आकर्षण आदि सबै कुरा आउँछ। अहिले यस्तो कसैले भन्न सक्दैन हामी देही अभिमानी छौं, त्यसपछि त कर्मातीत अवस्था हुन्छ। नम्बरवार छन्। कोही त धेरै कपुत बच्चा पनि छन्। थाहा भईहाल्छ, कसले बाबाको सेवा गर्छ। जब शिवबाबाको दिलमा चढ्छन् तब रुद्र मालाको नजिक हुन्छन् र राजगद्दी लायक बन्छन्। लौकिक पिताको दिलमा पनि सपुत बच्चा नै चढ्छन्, जो पिताको साथमा सहयोगी बन्छन्। यो पनि बेहदका बाबाको अविनाशी ज्ञान रत्नको धन्दा हो। त्यसैले धन्दामा मदत दिनेवालादेखि बाबा पनि राजी हुनुहुन्छ। अविनाशी ज्ञानरत्न धारण गर्नु र धारण गराउनु छ। कसैले सम्झन्छन् हामीले बीमा गरेका छौं। त्यसको फल त तिमीलाई मिल्छ। यहाँ त धेरैलाई दान गर्नु छ, बाबा जस्तै अविनाशी ज्ञानरत्नको दानी बन्नु छ। बाबा आउनुहुन्छ ज्ञानरत्नले झोली भर्न, धनको कुरा होइन। बाबालाई सपुत बच्चा नै मनपर्छ। व्यापार गर्न जान्दैन भने ऊ मुरलीधर, सौदागरको बच्चा कसरी कहलाउन सक्छ? मैले धन्दा गर्दिन भन्न लाज लाग्नुपर्छ। सेल्सम्यान जब होसियार देखिन्छ तब फेरि उसलाई भागीदार बनाइन्छ। यत्तिकै कहाँ साझेदारी मिल्छ र! यस धन्दामा लाग्नाले फेरि निर्माणबुद्धि बनिन्छ। सेवा गर्दागर्दा बुद्धि शुद्ध बन्छ। बाबा-मम्माले आफ्नो अनुभव सुनाउँछन्। बाबा हुनुहुन्छ सिकाउनेवाला। यो त जान्दछौ यी बाबाले राम्रो धारणा गरेर राम्रो मुरली सुनाउँछन्। ठीक छ, सम्झ यिनमा शिवबाबा हुनुहुन्छ, उहाँ त हुनुहुन्छ नै मुरलीधर तर यी बाबालाई पनि त थाहा छ नि। नत्र यति उच्च पद कसरी पाउँथे? बाबाले सम्झाउनु भएको छ सदैव सम्झ शिवबाबाले सुनाउनु हुन्छ। शिवबाबाको याद रहनाले तिम्रो पनि कल्याण हुन्छ। यिनमा त शिवबाबा आउनु हुन्छ। मम्माले छुट्टै सुनाउँछिन्, मम्माको हैसियतमा। उनको नाम प्रख्यात गर्नु छ किनकि नारीलाई लिफ्ट दिइन्छ। भन्छन् नि जे-जस्ती भए पनि मेरी हौ, सम्हाल्नु नै छ। पुरुषहरूले नै यस्तो भन्छन्। स्त्रीहरूले यस्तो भन्दैनन्, जे-जस्तो भएपनि...। बाबा पनि भन्नुहुन्छ प्यारा बच्चाहरू! जे-जस्तो भए पनि मेरा हौ, सम्हाल्नु नै छ। नाम पनि प्रख्यात बाबाको नै हुन्छ। यहाँ बाबाको नाम त प्रख्यात छ नै। फेरि शक्तिहरूको नाम प्रख्यात हुन्छ। उनीहरूलाई सेवाको राम्रो चान्स मिल्छ। दिनप्रतिदिन सेवा धेरै सहज हुनु छ। ज्ञान र भक्ति, दिन र रात, सत्ययुग-त्रेता दिन, त्यहाँ हुन्छ सुख। द्वापर कलियुग हो रात, दु:ख। सत्ययुगमा भक्ति हुँदैन। कति सहज छ। तर तकदिरमा छैन भने धारणा गर्न सक्दैनन्। प्वाइन्टहरू त धेरै सहज मिल्छन्। मित्र-सम्बन्धीहरूलाई गएर सम्झाऊ, आफ्नो घरलाई उठाऊ। तिमी त गृहस्थ व्यवहारमा रहनेहरू हौ, त्यसैले धेरै सहज रीतिले कसैलाई पनि सम्झाउन सक्छौ। सदगतिदाता त एउटै पारलौकिक बाबा हुनुहुन्छ। उहाँ नै शिक्षक पनि हुनुहुन्छ, सतगुरु पनि हुनुहुन्छ। अरू सबैले वास्तवमा दुर्गति गर्दै आएका छन्, द्वापरदेखि। भ्रष्टाचारी, पाप आत्माहरू कलियुगमा छन्। सत्ययुगमा पाप आत्माको नाम हुँदैन, यहाँ नै अजामिल, गणिका, अहिल्या जस्ता पाप आत्माहरू छन्। आधाकल्प स्वर्ग भनिन्छ। फेरि भक्ति सुरु भएपछि गिर्न सुरुहुन्छ। गिर्नु पनि छ अवश्य। सूर्यवंशी गिरेर चन्द्रवंशी बन्छन्। फेरि गिर्दै आउँछन्। द्वापरदेखि सबै गिराउनेवाला नै मिल्दै आए। यो पनि तिमी अहिले जान्दछौ। दिनप्रतिदिन तिमीमा तागत आउँदै जान्छ। साधु आदिलाई सम्झाउनको लागि पनि युक्तिहरू निस्किदै जान्छन्। आखिरमा गएर बुझ्नेछन् वास्तवमा परमपिता परमात्मा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? सम्झाउनको लागि प्वाइन्ट धेरै छन्। भक्ति पहिला अव्यभिचारी फेरि व्यभिचारी बन्छ। कलाहरू कम हुन्छन्। अहिले कुनै कला रहेको छैन। कल्पवृक्ष र सृष्टिचक्रमा पनि देखाइएको छ कला कसरी कम हुन्छ? अति सहज छ सम्झाउन, तर तकदिरमा छैन भने सम्झाउन सक्दैनन्। देही-अभिमानी बन्दैनन्। पुरानो देहमा अट्किरहन्छन्। बाबा भन्नुहुन्छ यस पुरानो देहबाट ममत्व तोडेर आफूलाई आत्मा सम्झ। देही अभिमानी बनेनौ भने पद पनि उच्च पाउन सक्दैनौ। विद्यार्थीले लास्टमा बसिराखुँ भन्ने कहाँ चाहन्छन् र। मित्र-सम्बन्धी, टिचर, विद्यार्थी आदि सबैले बुझ्नेछन् यसको पढाइमा ध्यान छैन। यहाँ बाबाले पनि बुझ्नुहुन्छ श्रीमतमा चल्दैनन् भने फेरि यही हाल हुन्छ। को प्रजा बन्छ, को दास दासी, सबै थाहा पाइहाल्नुहुन्छ। बाबा सम्झाउनु हुन्छ आफ्ना मित्र-सम्बन्धीहरूको कल्याण गर। यो काइदा छ। घरमा ठुल्दाइ छन् भने सानो भाइलाई मदत गर्नु उनको कर्तव्य हो यसलाई भनिन्छ च्यारिटी बिगिन्स एट होम, परिवर्तन आफैबाट सुरु गर्नुपर्छ। बाबा भन्नुहुन्छ धन दिये धन ना खुटे... धन दिएनौ भने मिल्ने छैन, पद पनि पाउन सक्दैनौ। चान्स धेरै राम्रो मिल्छ। रहमदिल बन्नु छ। तिमी संन्यासी, साधुप्रति पनि रहमदिल बन्छौ। भन्छौ आएर बुझ्नुहोस् हजुरले आफ्नो यस्तो पारलौकिक पिता जसले विश्वलाई हरेक कल्प सदा सुखको वर्सा दिनुहुन्छ उहाँलाई चिन्नु भएको छैन। कसैलाई पनि थाहा छैन। भन्छन् अफिसरहरू पनि भ्रष्टाचारी छन्, त्यसोभए श्रेष्ठाचारी कसले बनाउँछ त?

आजकाल त साधु समाजको ठुलो मान छ। तिमीले लेख्छौ बाबाले यी सबैमाथि पनि दया गर्नुहुन्छ, तब त तिनीहरूले आश्चर्य मान्नेछन्। पछि गएर तिम्रो नाम प्रख्यात हुन्छ। तिम्रो पासमा धेरै आइरहन्छन्। प्रदर्शनी पनि भइरहन्छ। आखिरमा कोही जाग्नेछ अवश्य। संन्यासीहरू पनि जाग्नेछन्। जान्छन् कहाँ, एउटै मात्र पसल छ। धेरै प्रगति हुँदै जान्छ। सम्झाउनको लागि राम्रा-राम्रा चित्र निस्किन्छन् जुन कसैले पनि आएर पढ्न सक्छ। जब संसारमा आगो लाग्छ तब मनुष्य जाग्नेछन्, तर टू लेट। बच्चाहरूको लागि पनि यस्तै हो। अन्तिम सयममा कति दौडिनसक्छौ। रेसमा पनि कोही सुरुमा बिस्तारै-बिस्तारै दौडिन्छन्। विजयको पुरस्कार थोरैलाई मात्रै मिल्छ। यो तिम्रो पनि घोडादौड हो। रुहानी यात्राको दौड दौडाउनको लागि पनि ज्ञानी तू आत्मा चाहिन्छ। बाबालाई याद गर, यो पनि ज्ञान हो नि। यो ज्ञान अरू कसैलाई छैन। ज्ञानले मनुष्य हीराजस्तो बन्छ। अज्ञानले कौडीजस्तो बन्छ। बाबा आउनु भएर सतोप्रधान प्रारब्ध बनाउनु हुन्छ। फेरि त्यो अलिअलि भएर कम हुँदै जान्छ। यी सबै प्वाइन्टहरू धारण गरेर कर्ममा आउनु छ। तिमी बच्चाहरू महादानी बन्नु छ। भारतवर्षलाई महादानी भनिन्छ किनकि यहाँ नै तिमीले बाबाको अगाडि तन-मन-धन सबै अर्पण गर्छौ। बाबाले पनि फेरि सबैथोक अर्पण गरिदिनु हुन्छ। भारतखण्डमा धेरै महादानी छन्। बाँकी मनुष्य सबै अन्धश्रद्धामा फसेर रहेका हुन्छन्। यहाँ त तिमी ईश्वरका शरणागतिमा आएका छौ। रावणबाट दु:खी भएर रामको शरण लिएका छौ। तिमी सबै शोक वाटिकामा थियौ। अब फेरि अशोक वाटिकामा अर्थात् स्वर्गमा जानु छ। स्वर्ग स्थापना गर्नेवाला बाबाको शरणागति लिएका छौ। कोही त सानै छँदै जबरजस्ती आएका छन्, त्यसैले उनीहरूलाई यहाँ शरणागतिमा सुख आउँदैन। भाग्यमा छैन, अनि उनीहरूलाई माया रावणको शरण चाहियो। ईश्वरको शरणागतिबाट निस्किएर मायाको शरणमा जान चाहन्छन्। आश्चर्यको कुरा छ नि।

यो शिवाय नमः गीत राम्रो छ। तिमीले बजाउन सक्छौ। मनुष्यले त यसको अर्थ बुझ्न सक्दैनन्। तिमीले भन्छौ हामीले श्रीमतमा यथार्थ अर्थ सम्झाउन सक्छौं। उनीहरूले त गुडियाहरूको खेल खेल्छन्। ड्रामा अनुसार यी गीतहरूबाट पनि मदत मिल्छ। बाबाको बनेर सेवाधारी नबनेमा दिलमा कसरी चढ्न सकिन्छ? कति बच्चाहरू कपुत बन्छन् भने कतिले दु:ख दिन्छन्। यहाँ त आमा मरे पनि हलुआ खाऊ, श्रीमती मरे पनि हलुआ खाऊ। रूनु कराउनु छैन। ड्रामामा मजबुत रहनुपर्छ। मम्मा-बाबा पनि जान्छन्, अनन्य बच्चा पनि पहिले नै जान्छन्। पार्ट त खेल्नु नै छ। यसमा चिन्ताको के कुरा छ? साक्षी भएर हामीले खेल हेर्छौं। अवस्था सदैव हर्षित रहनुपर्छ। बाबालाई पनि ख्याल आउँछ, नियमले भन्छ एकदिन आउँछ अवश्य। यस्तो होइन, मम्मा-बाबा कुनै परिपूर्ण भै सके। परिपूर्ण अवस्था अन्त्यमा हुन्छ। यस समयमा कसैले पनि आफूलाई परिपूर्ण भन्नसक्दैन। यो नोक्सान भयो, कुनै खिटपिट भयो, अखबारमा बी.के. को लागि हाहाकार भयो, यो सबै कल्प पहिले पनि भएको थियो। चिन्ताको के कुरा, शतप्रतिशत अवस्था अन्त्यमा हुन्छ। बाबाको हृदयमा तब चढ्नेछौ जब रहमदिल बन्छौ, आफूसमान बनाउँछौ। बीमा गर्यौ, त्यो कुरा भिन्नै हो। त्यो त आफ्नो लागि नै गर्छौ। यो ज्ञान रत्नहरूको दान त अरूलाई दिनु छ। बाबालाई पूरा याद गरेनौ भने शिरमा जुन विकर्मको बोझ छ, त्यो बढ्नेछ। प्रदर्शनीमा पनि सम्झाउनेवाला लायक चाहिन्छ। होसियार बन्नुपर्छ। आनन्द आउँछ रातमा याद गर्दा। उहाँ रुहानी प्रियतमलाई फेरि प्रभातमा याद गर्नु छ। बाबा हजुर कति मीठो हुनुहुन्छ, केबाट के बनाइरहनु भएको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हृदयदेखि नै सदा सच्चा रहनु छ। सत्य बोल्नु छ, सत्य भएर चल्नु छ। देह अभिमानको वश भएर स्वयंलाई समझदार सम्झिनु हुँदैन। अहङ्कारमा आउनु हुँदैन।

२) साक्षी भएर खेल हेर्नु छ। ड्रामामा दृढ रहनु छ। कुनै पनि कुराको चिन्ता गर्नुछैन। अवस्था सदा हर्षित राख्नु छ।

वरदान:
स्वराज्यको सत्ताद्वारा विश्वराज्यको सत्ता प्राप्त गर्ने मास्टर सर्वशक्तिमान् भव

जो यस समयमा स्वराज्य सत्ताधारी अर्थात् कर्मेन्द्रियजित छ, उसले नै विश्वको राज्य सत्ता प्राप्त गर्छ। स्वराज्य अधिकारी नै विश्वराज्य अधिकारी बन्छ। त्यसैले चेक गर मन-बुद्धि र संस्कार जुन आत्माका शक्तिहरू हुन्, आत्मा यी तीनैको मालिक छ? मनले तिमीलाई चलाउँछ वा तिमीले मनलाई चलाउँछौ? कहिल्यै संस्कारले आफूतर्फ त खिच्दैन? स्वराज्य अधिकारीको स्थिति सदा मास्टर सर्वशक्तिमान् हो, जसमा कुनै पनि शक्तिको कमी हुँदैन।

स्लोगन:
सर्व खजानाहरूको चाबी मेरो बाबा साथ छ भने कुनै पनि आकर्षणले आकर्षित गर्न सक्दैन।