11.01.19          Morning Nepali Murli         Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सधैं खुशीमा रहेर अरूलाई पनि खुशी दिलाऊ , यही हो सबैप्रति कृपा गर्नु । कसैलाई मार्ग देखाउनु सबै भन्दा ठूलो पुण्य हो।

प्रश्न:
सधैं हर्षित को रहन सक्छ? हर्षित रहने साधन के हो?

उत्तर:
सधैं हर्षित उही रहन सक्छ जो ज्ञानमा धेरै होशियार छ, जसले ड्रामालाई कहानी जसरी जानेर स्मरण गर्छ। हर्षित बन्नको लागि सधैं बाबाको श्रीमतमा चलिराख। आफूलाई आत्मा सम्झेर बाबाले जे सम्झाउनु हुन्छ त्यसको राम्रो सँग मन्थन गर। विचार सागर मन्थन गर्दा-गर्दै हर्षित बन्छौ।

ओम् शान्ति ।
रूहानी बाबा रूहानी बच्चाहरू सँग रूहरिहान (कुराकानी) गरिरहनु भएको छ। यो त आत्माहरूलाई थाहा छ हाम्रो एकै बाबा हुनु हुन्छ, उहाँले शिक्षा पनि दिनु हुन्छ, शिक्षकको काम हो शिक्षा दिनु। गुरुको काम हो गन्तव्य बताउनु। गन्तव्यलाई पनि बच्चाहरूले जानिसकेका छन्। मुक्ति जीवनमुक्तिको लागि यादको यात्रा अति आवश्यक छ। दुवै सहज छन्। ८४ जन्महरूको चक्र पनि घुमिरहन्छ। अब मेरो ८४ जन्मको चक्र पूरा भएको छ, अब फर्केर घर जानु छ यो याद आइरहनु पर्छ। तर पाप आत्माहरू मुक्ति-जीवनमुक्तिमा फर्केर जान सक्दैनन्। यसप्रकार विचार सागर मन्थन गर्नु छ। जसले गर्नेछ, उसले पाउँछ। खुशीमा पनि उही आउँछ अनि उसैले अरूलाई पनि खुशीमा ल्याउँछ। अरूलाई बाटो बताउने कृपा गर्नु छ। तिमी बच्चाहरूले जानेका छौ यो पुरुषोत्तम संगमयुग हो। यो पनि कसैलाई याद रहन्छ, कसैलाई रहँदैन। बिर्सिन्छन्। यति मात्रै पनि याद रहेमा खुशीको पारो चढिरहन्छ। बाबा, शिक्षक र गुरुको रूपमा याद रह्यो भने पनि खुशीको पारो चढिरहन्छ। तर चल्दा चल्दै केही न केही विघ्न परिहाल्छ। जसरी पहाडमा तल माथि चढ्नु पर्ने हुन्छ, त्यसैगरी बच्चाहरूको अवस्था पनि यस्तै हुन्छ। कोही धेरै उँचाइमा चढ्छन्, फेरि गिरे भने पहिलेको भन्दा पनि धेरै गिर्न पुग्छन्। गरेको कमाइ सारा चट हुन्छ। जति नै दान पुण्य गरेको भए पनि पुण्य गर्दा गर्दै यदि पाप गर्न लागेमा सबै पुण्य खत्तम हुन्छ। सबै भन्दा ठूलो पुण्य हो बाबालाई याद गर्नु। यादबाट नै पुण्य आत्मा बन्छौ। यदि सङ्गको रङ्गबाट भूलमाथि भूल गर्दै गयौ भने पहिले भन्दा पनि अझै गिर्छौ। फेरि त्यो खाता जम्मा रहँदैन। नोक्सान हुन्छ। पापको काम गर्नाले नोक्सान हुन्छ। धेरै पापको खाता बढ्छ। हिसाब सम्हाल गरिन्छ नि। बाबा पनि भन्नुहुन्छ तिम्रो खाता पुण्यको थियो, पाप गरेमा सयौं गुणा हुन्छ अनि अझै घाटा हुन्छ। पाप पनि कुनै धेरै ठूलो, कुनै हल्का हुन्छ। काम हो धेरै कडा, क्रोध हो सेकेन्ड नम्बर, लोभ त्यो भन्दा कम। सबै भन्दा धेरै कामको वश भएपछि जुन जम्मा भएको पनि घटेर जान्छ। फाइदाको बदलामा नोक्सान हुन्छ। सतगुरुको निन्दकलाई सद्गति मिल्दैन। बाबाको बनेर फेरि छोडिदिन्छन्। के कारणले छोड्छन्? धेरैजसो कामको चोट लाग्छ। यो हो कडा दुश्मन। यसको नै पुतला बनाएर जलाउँछन्। क्रोध, लोभको पुतला बनाउँदैनन्। काममाथि नै पूरा विजय प्राप्त गर्नु छ तब जगतजित बन्छौ। बोलाउँछन् पनि हामी यस रावण राज्यमा पतित बन्यौं, आएर हामीलाई पावन बनाउनु होस्। पतित पावन भनेर गायन त सबैले गर्छन्। हे पतितहरूलाई पावन बनाउनेवाला सीताहरूको राम आउनुहोस्। तर अर्थ केही बुझ्दैनन्। यो पनि थाहा छ बाबा अवश्य नयाँ दुनियाँ स्थापना गर्न आउनु हुन्छ। तर धेरै समय दिएकाले घोर अन्धकार भएको छ। ज्ञान एवं अज्ञान छ नि। अज्ञान हो भक्ति, जसलाई पूजा गर्छन् उनलाई नै चिनेकै छैनन्। त्यसैले उनको पासमा पुग्छन् कसरी? त्यसैले दान-पुण्य आदि निष्फल हुन जान्छ। मुश्किलले अल्पकालको लागि केही काग विष्टा समान सुख मिल्छ। बाँकी त दु:ख नै दु:ख छ। अहिले बाबा भन्नुहुन्छ म एकलाई याद गरेमा तिम्रो सबै दु:ख दूर हुन्छन्। अब देख्नु छ मैले कति याद गर्छु जसले गर्दा पुरानो समाप्त भएर नयाँ जम्मा होस्। कसैले त कति पनि जम्मा गर्दैनन्। सारा आधार यादमा छ। याद विना पाप कसरी मेटियोस् अथवा कसरी काटियोस्। पाप त धेरै छ जन्म जन्मान्तरको। यस जन्मको जीवन कहानी सुनाउनाले कुनै जन्म-जन्मान्तरको पाप काटिदैन। केवल यस जन्मको हल्का हुन्छ। बाँकी त मेहनत धेरै गर्नु छ, यति जन्मका जुन हिसाब-किताब छ, त्यो योगबाट नै चुक्ता हुन्छ। विचार गर्नु पर्छ मेरो योग कति छ? मेरो जन्म सत्ययुगको आदिमा हुन सक्छ? जसले धेरै पुरुषार्थ गर्छ, उही सत्ययुगको सुरुमा जन्म लिन्छ। ऊ छिपेर रहन सक्दैन। सबै त सत्ययुगमा आउँदैनन्। अन्तिममा गएर सानो पद पाउँछ। यदि पहिले आयो भने पनि सेवा (नोकरी) गर्नेछन्। यो त साधारण कुरा हो बुझ्नको लागि। त्यसैले बाबालाई धेरै याद गर्नु छ। तिमीलाई थाहा छ हामी नयाँ दुनियाँको लागि विश्वको मालिक बन्नको लागि आएका हौं। जसले याद गर्नेछ, उसलाई अवश्य खुशी रहन्छ। यदि राजा बन्नु छ भने प्रजा पनि बनाउनु पर्छ। नत्र कसरी मान्ने राजा बन्नेवाला हुँ। जसले सेवा केन्द्र (सेन्टर) खोल्छन्, सेवा गर्छन् उनको पनि कमाइ हुन्छ। उनलाई पनि धेरै फाइदा मिल्छ। उनलाई पनि फल मिल्छ। कसैले ३-४ सेवा केन्द्र पनि खोल्छन् हैन? जस-जसले गर्छन् उनलाई भाग मिल्छ नि। मिलेर मायाको दु:खको पहाड उठाउँछन्, यसमा काँध सबैले दिन्छन्। त्यसैले सबैलाई फल मिल्छ। जसले धेरैलाई बाटो बताउँछ, जति मेहनत गर्छ, त्यति उँच पद पाउँछ। उसलाई खुशी धेरै हुन्छ। दिलले जान्दछ मैले कतिलाई बाटो बताएँ? कतिको उद्धार गरेँ? सबै थोक गर्ने समय त यही हो। खानपान त सबैलाई मिल्छ नै। कुनैले त केही पनि काम गर्दैनन्। मम्माले कति सेवा गरिन्। सेवाबाट उनको धेरै कल्याण भयो। यसमा पनि सेवा धेरै चाहिन्छ। योग गर्नु पनि सेवा हो नि। कति गहन निर्देशन मिलिरहन्छ। अझै पछि गएर के-के प्वाइन्टहरू निक्लिन्छन्। दिन-प्रतिदिन उन्नति हुँदै जान्छ। नयाँ-नयाँ प्वाइन्टहरू निक्लिन्छन्। जो सेवामा तत्पर रहन्छ, उसले तुरुन्तै ग्रहण गर्नेछ। जसले सेवा गर्दैनन् उनको बुद्धिमा केही पनि बस्दैन। बिन्दी रूपलाई कसरी बुझ्ने? तिमी कसै सँग पनि सोध आत्मा कति ठूलो छ? आत्माको देश काल बताउनुहोस्। कहिल्यै पनि बताउन सक्ने छैनन्। मानिसहरूले परमात्माको नाम, रूप, देश कालका बारेमा सोध्छन्। तिमीले आत्माको बारेमा सोध्यौ भने पनि अलमलिन्छन्। कसैलाई पनि थाहा छैन। आत्मा यति सानो बिन्दी, उसमा सारा पार्ट भरिएको छ। यहाँ पनि धेरै छन् जसले आत्मा-परमात्मालाई जानेकै छैनन्। केवल विकारहरूको संन्यास गरेका छन्, त्यो पनि कमाल छ। संन्यासीहरूको धर्म अलग हो। यो ज्ञान तिम्रो लागि हो। बाबा सम्झाउनु हुन्छ तिमी पवित्र थियौ, फेरि अपवित्र बन्यौ, अब फेरि पवित्र बन्नु छ। तिमीले नै ८४ को चक्र लगाउँछौ। दुनियाँमा अलिकति पनि यी कुरालाई जान्दैनन्। ज्ञान अलग, भक्ति अलग हो। ज्ञानले चढाउँछ, भक्तिले गिराउँछ। त्यसैले रात दिनको फरक छ। मनुष्यहरूले जति नै आफूलाई वेद, शास्त्रहरूको अधिकारी सम्झे पनि केही पनि जानेका छैनन्। तिमीलाई पनि अहिले थाहा भएको छ। तिमीहरूमा पनि नम्बरवार छौ। भुल्ने कारणले नै खुशी गुम हुन्छ। नत्र अथाह खुशी हुनु पर्ने हो। बाबाबाट तिमीलाई यो वर्सा मिलिरहेको छ। बाबा साक्षात्कार गराइदिनु हुन्छ। तर साक्षात्कार गर्यौ, श्रीमतमा चलेनौ भने के फाइदा? बाबालाई दु:खमा याद गर्छन्। बाबालाई मुक्तिदाता, हे राम, हे प्रभु भन्छन्। तर उहाँ को हुनु हुन्छ, जान्दैनन्। भक्तिमा कसैले पनि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर भन्दैनन्। बिल्कुलै भन्दैनन्। यदि भन्ने भए त परम्परा चल्दै आउँथ्यो। भक्ति त चल्दै आएको छ नि। भक्ति अथाह छ। ज्ञान छ एक। मनुष्य सम्झन्छन् भक्तिबाट भगवान् मिल्नुहुन्छ। तर कसरी, कहिले? यो जान्दैनन्। भक्ति कहिले सुरु हुन्छ, कसले धेरै भक्ति गर्छ यो कसैले जान्दैनन्। के ४० हजार वर्ष अझै भक्ति गरिरहन्छन्? एकातर्फ मानिसहरूले भक्ति गरिरहन्छन्, अर्कातर्फ तिमीले ज्ञान प्राप्त गरिरहेका छौ। उनलाई बुझाउन कति मेहनत गर्नु पर्छ। यतिका प्रदर्शनी गर्छौ, फेरि पनि निक्लिन्छन् करोडौंमा कोही। कतिलाई आफू समान बनाएर ल्याउँछन्। सच्चा सच्चा ब्राह्मण कति छन् यो हिसाब अहिले निकाल्न सकिदैन। धेरै झूटा बच्चा पनि छन्। ब्राह्मणहरूले कथा सुनाउँछन्। बाबा गीताको कथा सुनाउनु हुन्छ। तिमी पनि सुनाउँछौ, जस्तो बाबा त्यस्तै बच्चा। बच्चाहरूको पनि काम हो सच्चा सच्चा गीता सुनाउनु। शास्त्र त सबैका छन्। वास्तवमा जति पनि शास्त्र आदि छन् ती सबै हुन् भक्तिमार्गका। ज्ञानको पुस्तक एकै गीता हो। गीता माता-पिता हो। बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ। मानिसहरूले फेरि यस्तो बाबाको पनि ग्लानि गर्छन्। शिवबाबाको जयन्ती हीरा तुल्य छ। उँच भन्दा उँच भगवानले नै सद्गति दाता हुनु हुन्छ। बाँकी अरू कसैको महिमा कसरी हुन सक्छ। देवताहरूको महिमा गर्छन्, तर देवता बनाउनेवाला एक बाबा नै हुनु हुन्छ। हाम्रो स्थापना पनि हुन्छ भने विनाश पनि हुन्छ। धेरै छन् जसले केही पनि बुझाउन सक्दैनन् भने उनले स्थूल काम गरुन्। सेनामा सबै काम गर्नेहरू हुन्छन्। भनिन्छ पनि, पढ्नेहरूको अगाडि नपढेकाले भारी बोक्नु पर्छ। मम्मा बाबाले जे गर्छन् उनीहरूबाट सिक। अनन्य बच्चाहरू को हुन् भनेर तिमीले पनि बुझ्न सक्छौ। बाबा सँग सोधेमा बाबा पनि नाम बताउनु हुन्छ फलानोलाई अनुसरण गर। जसले सेवा गर्दैन उसले अरूलाई के सिकाउँछ? उसले झन् समय बर्बाद गरिदिन्छ। बाबा सम्झाउनु हुन्छ आफ्नो उन्नति गर्न चाहन्छौ भने यहाँ गर्न सक्छौ। चित्र राखिएको छ, हामीले ८४ जन्म कसरी लियौं, यो अब बुझ्यौ भने अरूलाई पनि बुझाऊ। कति सहज छ, यो बन्नु छ। हिजो यिनीहरूको भक्ति गर्थ्यौ, आज गर्दैनौ। ज्ञान मिल्यो। यसरी नै धेरैले आएर ज्ञान लिन्छन्। जति तिमी सेवा केन्द्रहरूको घेराउ गर्छौ, त्यति नै धेरै आएर बुझ्नेछन्। सुनेर उनीहरूलाई खुशीको पारो चढ्छ। नरबाट नारायण बन्नु छ। सच्चा सत्य नारायणको कथा पनि छ, भक्तिबाट त गिर्दै जान्छन्। उनलाई थाहै छैन ज्ञान के चीज हो। तिमीलाई बेहदको बाबा यथार्थ सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ हिजो तिमीलाई राजाई दिएको थिएँ, फेरि तिम्रो राज्य कहाँ गयो? यो त स्वयं जान्दछन्। यो त खेल हो। एकै बाबा हुनु हुन्छ जसले सारा खेलको रहस्य बताउनु हुन्छ। हामी भन्दछौं बाबा हजुर ड्रामाको बन्धनमा हुनु हुन्छ, हजुर आउनै पर्छ, पतित दुनियाँ र पतित शरीरमा। ईश्वरको धेरै महिमा गर्छन्। बच्चाहरूले भन्छन् बाबा हामीले हजुरलाई बोलायौं, त्यसैले हजुरलाई आउनै पर्यो, हाम्रो सेवा गर्न अथवा हामीलाई पतितबाट पावन बनाउन। कल्प-कल्प हामीलाई देवता बनाएर हजुर जानु हुन्छ। यो मानौं एक कहानी हो, जो चलाख छन् उनको लागि त एक कहानी हो। तिमी बच्चाहरूलाई हर्षितमुख हुनु पर्छ। बाबा पनि ड्रामा अनुसार सेवक बन्नु भएको छ। बाबा भन्नुहुन्छ मेरो मतमा चल। आफूलाई आत्मा सम्झ। देह-अभिमान छोड। नयाँ दुनियाँमा तिमीलाई नयाँ शरीर मिल्छ। बाबा जे सम्झाउनु हुन्छ, त्यसलाई राम्रो सँग मन्थन गर। बुद्धिद्वारा बुझ्दछौ हामी यो बन्नको लागि आएका हौं। लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। भगवानुवाच, उनीहरूले भगवानलाई मनुष्य सम्झन्छन् या निराकार भन्छन्। तिमी आत्माहरू पनि सबै निराकारी हौ। शरीर लिएर पार्ट खेल्छौ, बाबा पनि पार्ट खेल्नु हुन्छ। जसले राम्रो सेवा गर्नेछन् उनलाई नै निश्चय हुन्छ हामी मालाको दाना अवश्य बन्नेछौं। नरबाट नारायण बन्नु छ। फेल भएपछि स्वत: राम-सीता बन्न पुग्छन्। भगवानले पढाउनु हुन्छ, त्यसैले राम्रो सँग पढ्नु पर्छ। तर मायाको विघ्न धेरै आउँछ। मायाले तुफानमा ल्याउँछ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 

धारणाको लागि मुख्य सारः

१) विचार सागर मन्थन गरेर अपार खुशीको अनुभव गर्नु छ। अरूलाई पनि बाटो बताउने कृपा गर्नु छ। सङ्गको रङ्गमा आएर कुनै पनि पाप कर्म गर्नु हुँदैन।

२) मायाको दु:खको पहाडलाई उठाउनको लागि सबै मिलेर काँध दिनु छ। सेवा केन्द्र खोलेर अनेक आत्माहरूको कल्याण गर्ने निमित्त बन्नु छ।


वरदान:
ब्राह्मण जीवनमा स दा चियरफुल र केयरफुल मुडमा रहने कम्बा इन्ड रूप धारी भव

यदि कुनै पनि परिस्थितिमा प्रसन्नताको मुड परिवर्तन हुन्छ भने त्यसलाई सदाकालको प्रसन्नता भनिंदैन। ब्राह्मण जीवनमा सदा चियरफुल र केयरफुल मुड होस्। मुड नबदलियोस्। जब मुड बदलिन्छ अनि भन्दछन् मलाई त एकान्त चाहिन्छ। आज मेरो मुड यस्तो छ। मुड तब बदलिन्छ जब एक्लै हुन्छौ, सदा कम्बाइन्ड रूपमा रह्यौ भने मुड बदलिदैन।

स्लोगन:
कुनै पनि उत्सव मनाउनु अर्थात् याद र सेवाको उत्साहमा रहनु हो।


ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:
अब तीव्र पुरुषार्थको यही लक्ष्य राख म डबल लाइट फरिश्ता हुँ, हिँड्दा-डुल्दा फरिश्ता स्वरूपको अनुभूतिलाई बढाऊ। अशरीरीपनको अभ्यास गर। सेकेन्डमा कुनै पनि संकल्पलाई समाप्त गर्नमा, संस्कार स्वभावमा डबल लाइट बन।