11.01.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे परम प्रिय शिवबाबा आउनु भएको छ तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउन , तिमी उहाँको श्रीमतमा चल।

प्रश्न:
मनुष्यले परमात्माको बारेमा कुनचाहिँ दुई कुरा एक-अर्कोसँग भिन्न बताउँछन्?

उत्तर:
एकातर्फ भन्छन् परमात्मा अखण्ड ज्योति हुनुहुन्छ अनि अर्कातर्फ भन्छन् उहाँ त नाम-रूपदेखि अलग हुनुहुन्छ। यी दुवै कुरा एक-अर्कासँग भिन्न हुन जान्छन्। यथार्थ रूपले नजान्नाको कारणले नै पतित बन्छन्। बाबा जब आउनु हुन्छ, तब आफ्नो सही परिचय दिनुहुन्छ।

गीत:
मरना तेरी गली में......

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। जब कोही मर्छ भने पिताको पासमा जन्म लिन्छ। भन्नमा यही आउँछ पिताको पासमा जन्म लियो, आमाको नाम लिँदैनन्। बधाई पितालाई दिन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी आत्माहरू हौं, त्यो भयो शरीरको कुरा। एउटा शरीर छोडेर फेरि अर्को पिताको पासमा जान्छौं। तिमीले ८४ जन्ममा ८४ साकारी पिता बनायौ। वास्तवमा हौ निराकार बाबाका बच्चाहरू। तिमी आत्मा परमपिता परमात्माका सन्तान हौ। निवासी पनि त्यहाँका हौ, जसलाई निर्वाणधाम वा शान्तिधाम भनिन्छ। वास्तवमा तिमी त्यहाँका निवासी हौ। बाबा पनि त्यहाँ निवास गर्नुहुन्छ। यहाँ आएर तिमी लौकिक पिताको सन्तान बन्छौ, फेरि उहाँ बाबालाई बिर्सिन्छौ। सत्ययुगमा पनि तिमी सुखी बन्छौ अनि उहाँ पारलौकिक बाबालाई बिर्सिन्छौ। सुखमा उहाँ बाबाको कसैले स्मरण गर्दैनन्। दु:खमा याद गर्छन्। याद पनि आत्माले गर्छ। जब लौकिक बाबालाई याद गर्छन् अनि बुद्धि शरीरतर्फ रहन्छ। उहाँ बाबालाई याद गर्दा भन्छन् हे बाबा! हुन् दुवै बाबा। सही शब्द बाबा नै हो। यी पनि फादर, उहाँ पनि फादर। आत्माले उहाँ रूहानी बाबालाई याद गर्दा बुद्धि त्यहाँ जान्छ। यो कुरा बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। अहिले तिमीले यो जानेका छौ बाबा आउनु भएको छ, हामीलाई आफ्नो बनाउनु भएको छ। बाबा भन्नुहुन्छ पहिला सुरुमा मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ। तिमी धेरै धनवान थियौ, फेरि ८४ जन्म लिएर ड्रामा योजना अनुसार अहिले तिमी दु:खी भएका छौ। अब ड्रामा अनुसार पुरानो दुनियाँ खतम हुनु छ। तिम्रो आत्मा र शरीर रूपी वस्त्र सतोप्रधान थिए फेरि गोल्डेन एजबाट सिलभर एजमा आत्मा आएपछि शरीर पनि सिलभर एजमा आयो अनि फेरि कपर एजमा आयो। अहिले त तिम्रो आत्मा बिल्कुलै पतित भएको छ, त्यसैले शरीर पनि पतित छ। जस्तै १४ क्यारेटको सुन कसैलाई मन पर्दैन। कालो हुन्छ। तिमी पनि अहिले कालो आइरन एजेड बनेका छौ। अब आत्मा र शरीर दुवै यस्तो काला बनेका छन्, फेरि पवित्र कसरी बन्छन्? आत्मा पवित्र बनेपछि शरीर पनि पवित्र मिल्छ। त्यो कसरी हुन्छ? के गंगा स्नान गर्नाले? हुँदैन। पुकार्छौ नै हे पतित-पावन... यो आत्माले भन्छ। बुद्धि पारलौकिक बाबातर्फ जान्छ हे बाबा! हेर बाबा शब्द नै कति मीठो छ। भारतवर्षमा नै बाबा-बाबा भन्छन्। अहिले तिमी आत्म-अभिमानी बनेर बाबाको बनेका छौ। बाबा भन्नुहुन्छ मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ। नयाँ शरीर धारण गरेका थियौ। अब तिमी के बनेका छौ! यो कुरा सदैव मनमा रहनु पर्छ। बाबालाई नै याद गर्नुपर्छ। याद पनि गर्छन् नि हे बाबा! हामी आत्माहरू पतित बनेका छौं। अब हजुर आएर पावन बनाउनुहोस्। ड्रामामा यो पार्ट पनि छ त्यसैले त बोलाउँछन्। ड्रामा योजना अनुसार आउनु हुन्छ पनि तब, जब पुरानो दुनियाँबाट नयाँ बन्नु छ, त्यसैले अवश्य संगममा नै आउनु हुन्छ।

तिमी बच्चाहरूलाई निश्चय छ बाबा परम प्रिय हुनुहुन्छ। भनिन्छ पनि स्वीट, स्वीटर, स्वीटेस्ट। अब स्वीट को हुनुहुन्छ? लौकिक सम्बन्धमा पहिला हुन्छन् पिता, जसले जन्म दिन्छन्। फेरि टिचर। उनी राम्रो मानिन्छ। उनीद्वारा पढेर पद पाउँछन्। ज्ञानलाई आम्दानीको स्रोत भनिन्छ। ज्ञान हो नलेज। योग हो याद। बेहदको बाबा जसले तिमीलाई स्वर्गको मालिक बनाउनु भएको थियो, उहाँलाई तिमीले अहिले बिर्सियौ। शिवबाबा कसरी आउनु भयो, कसैलाई थाहा छैन। चित्रहरूमा पनि क्लियर देखाइएको छ। ब्रह्माद्वारा स्थापना शिव बाबाले गराउनु हुन्छ। कृष्णले कसरी राजयोग सिकाउँछन्? राजयोग सिकाइन्छ नै सत्ययुगको लागि। त्यसैले अवश्य संगममा बाबाले नै सिकाउनु भएको थियो। सत्ययुगको स्थापना गर्नेवाला हुनुहुन्छ बाबा। शिवबाबाले यिनीद्वारा गराउनु हुन्छ, गर्ने-गराउनेवाला हुनुहुन्छ नि। उनीहरूले त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। उच्च भन्दा उच्च शिव हुनुहुन्छ नि। यी साकार हुन्, उहाँ निराकार हुनुहुन्छ। सृष्टि पनि यहाँ नै हुन्छ। यस सृष्टिको नै चक्र हो, जुन घुमिरहन्छ, दोहोरिइरहन्छ। सूक्ष्मवतनलाई सृष्टिको चक्रमा भनेर गायन गरिदैन। विश्वका मनुष्यहरूको इतिहास-भूगोल दोहोरिन्छ। सूक्ष्मवतनमा कुनै चक्र आदि हुँदैन। गायन पनि छ विश्वको इतिहास-भूगोल दोहोरिन्छ। त्यो यहाँको कुरा हो। सत्ययुग-त्रेता... बीचमा अवश्य संगमयुग हुनुपर्छ। नत्र कलियुगलाई सत्ययुग कसले बनाउने? नर्कवासीलाई स्वर्गवासी बनाउन बाबा संगममा आउनु हुन्छ। उहाँ त सर्वोच्च सत्ता, ईश्वरीय सरकार हुनुहुन्छ। साथमा धर्मराज पनि छन्। आत्माले भन्छ म निर्गुणमा कुनै गुण छैन। कुनै पनि देवताको मन्दिरमा जाँदा उनको अगाडि यस्तो भन्छन्। वास्तवमा भन्नु पर्ने हो बाबाको अगाडि। उहाँलाई छोडेर भाइ-भाइ (देवता)लाई भन्ने गर्छन्। यी देवताहरू भाइ-भाइ हुन् नि। भाइ-भाइबाट त केही पनि मिल्दैन। भाइहरूलाई पूजा गर्दै तल गिर्दै आएका हुन्। अब तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ, उहाँबाट हामीलाई वर्सा मिल्छ। बाबालाई नै जानेका छैनन्, सर्वव्यापी भनिदिन्छन्। कसैले फेरि भन्छन् अखण्ड ज्योति तत्त्व। कसैले भन्छन् उहाँ नाम-रूपबाट न्यारा हुनुहुन्छ। जब अखण्ड ज्योति स्वरूप हुनुहुन्छ भने फेरि नाम-रूपदेखि न्यारा कसरी भन्न सकिन्छ? बाबालाई नजान्नाको कारणले नै पतित बनेका हुन्। तमोप्रधान पनि बन्नु नै छ। फेरि जब बाबा आउनु हुन्छ तब आएर सबैलाई सतोप्रधान बनाउनु हुन्छ। आत्माहरू निराकारी दुनियाँमा सबै बाबाको साथमा रहन्छन्, फेरि यहाँ सतो-रजो-तमोमा आएर पार्ट खेल्छन्। आत्माले नै बाबालाई याद गर्छ।

बाबा आउनु पनि हुन्छ, भन्नुहुन्छ ब्रह्मा तनको आधार लिन्छु। यो हो भाग्यशाली रथ। विना आत्मा रथ कहाँ हुन्छ र। अहिले तिमी बच्चाहरूलाई सम्झाइएको छ, यो हो ज्ञानको वर्षा। ज्ञान हो, यसबाट के हुन्छ? पतित दुनियाँबाट पावन दुनियाँ बन्छ। गंगा-जमुना त सत्ययुगमा पनि हुन्छन्। भन्छन् कृष्ण जमुनाको किनारमा खेलपाल गर्छन्। यस्तो कुनै कुरा होइन। उनी त सत्ययुगका राजकुमार हुन्। धेरै राम्रोसँग उनलाई सम्हाल गरिन्छ किनकि फूल हुन् नि। फूल कति राम्रा सुन्दर हुन्छन्। फूलबाट सबैले आएर बास्ना लिन्छन्। काँडाको कहाँ बास्ना लिन्छन् र। अहिले त यो हो काँडाहरूको दुनियाँ। काँडाको जंगललाई बाबा आएर फूलको बगैंचा बनाउनु हुन्छ त्यसैले उहाँको नाम बबुलनाथ पनि राखिदिएका छन्। काँडालाई बसेर फूल बनाउनु हुन्छ त्यसैले महिमा गाउँछन् काँडालाई फूल बनाउनेवाला बाबा। अब तिमी बच्चाहरूको बाबासँग कति प्रेम हुनुपर्छ। ती लौकिक पिताले त तिमीलाई नालीमा गिराउँछन्। यहाँ बाबाले २१ जन्मको लागि तिमीलाई नालीबाट निकालेर पावन बनाउनु हुन्छ। उनले तिमीलाई पतित बनाउँछन् त्यसैले त लौकिक पिता भएर पनि आत्माले पारलौकिक पितालाई याद गर्छ। अहिले तिमीले जानेका छौ आधाकल्प बाबालाई याद गरेका हौं। बाबा आउनु पनि अवश्य हुन्छ। शिव जयन्ती मनाउँछन् नि। तिमीले जानेका छौ हामी बेहदको बाबाका बनेका छौं। अहिले हाम्रो सम्बन्ध उहाँसँग पनि छ भने लौकिकसँग पनि छ। पारलौकिक बाबालाई याद गरेर तिमी पावन बन्छौ। आत्माले जान्दछ उहाँ हाम्रो लौकिक र उहाँ पारलौकिक पिता हुनुहुन्छ। भक्ति मार्गमा पनि यो आत्माले जान्दछ। त्यसैले त भन्छन् हे भगवान्, ओ गड फादर। अविनाशी पितालाई याद गर्छन्। उहाँ बाबा आएर स्वर्ग स्थापना गर्नुहुन्छ। यो कसैलाई थाहा छैन। शास्त्रहरूमा त युगहरूको अवधि पनि धेरै लम्बा-चौडा बनाइदिएका छन्। बाबा आउनु हुन्छ नै पतितहरूलाई पावन बनाउन, यो कसैको ख्यालमा आउँदैन। अवश्य संगममा आउनु हुन्छ। कल्पको आयु लाखौं वर्ष लेखिदिएका छन्। मनुष्यहरूलाई बिल्कुल घोर अन्धकारमा पारिदिएका छन्। धक्का खाइरहन्छन्, बाबालाई पाउनको लागि। भन्छन् जसले धेरै भक्ति गर्छ, उसलाई भगवान् मिल्छ। सबैभन्दा धेरै भक्ति गर्नेलाई अवश्य पहिला मिल्नुपर्छ। बाबाले हिसाब पनि बताउनु भएको छ, सबैभन्दा पहिला भक्ति तिमीले गर्छौ। त्यसैले तिमीलाई नै पहिला सुरुमा भगवानद्वारा ज्ञान मिल्नुपर्छ, जसद्वारा फेरि तिमीले नै नयाँ दुनियाँमा राज्य गर्छौ। बेहदको बाबाले तिमी बच्चाहरूलाई ज्ञान दिइरहनु भएको छ, यसमा मेहनतको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ तिमीले आधाकल्प याद गर्यौ। सुखमा त कसैले याद गर्दैन। अन्त्यमा जब दु:खी हुन्छन् तब म आएर सुखी बनाउँछु। अहिले तिमी धेरै ठूलो मानिस बन्छौ। हेर! मुख्यमन्त्री, प्रधानमन्त्री आदिका भवन कति फस्टक्लास हुन्छन्। त्यहाँ फेरि गाई आदि सारा फर्नीचर त्यस्तै फस्टक्लास हुन्छन्। तिमी त कति ठूलो मानिस (देवता) बन्छौ। दैवी गुणधारी देवता, स्वर्गको मालिक बन्छौ। त्यहाँ तिम्रो लागि महल पनि हीरा-जुहारतका हुन्छन्। त्यहाँ तिम्रा फर्नीचर सुनले जडित फस्टक्लास हुन्छन्। यहाँ त झुला आदि सबै साधारण छन्। त्यहाँ त सबै चीजहरू फस्टक्लास हीरा-जुहारतका हुन्छन्। यो हो रुद्र ज्ञान यज्ञ। शिवलाई रुद्र पनि भनिन्छ। जब भक्ति पूरा हुन्छ तब फेरि भगवान् रुद्रले यज्ञ रच्नुहुन्छ। सत्य युगमा यज्ञ अथवा भक्तिको कुरा नै हुँदैन। यस समयमा नै बाबाले यो अविनाशी रुद्र ज्ञान यज्ञ रच्नुहुन्छ, जसको फेरि पछि गायन चल्छ। भक्ति सदैव त चलिरहँदैन। भक्ति अनि ज्ञान। भक्ति हो रात, ज्ञान हो दिन। बाबा आएर दिन बनाउनु हुन्छ त्यसैले बच्चाहरूको बाबासँग कति प्यार हुनुपर्छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ। बाबा परम प्रिय हुनुहुन्छ। उहाँ भन्दा धेरै प्यारो वस्तु कुनै हुन सक्दैन। आधा कल्पदेखि याद गर्दै आएका हौ। बाबा आएर हाम्रो दु:ख हर्नुहोस् भन्यौ। अब बाबा आउनु भएको छ। सम्झाउनु हुन्छ आफ्नो गृहस्थ व्यवहारमा त रहनु नै छ। यहाँ बाबाको पासमा कहिलेसम्म बस्छौ। बाबासँग त परमधाममा नै रहन सक्छौ। यहाँ यतिका सबै बच्चाहरू त रहन सक्दैनन्। शिक्षकले कसरी प्रश्न सोध्न सक्छन्? लाउड स्पीकरमा जवाफ दिन कसरी सक्छन्? त्यसैले थोरै-थोरै विद्यार्थीहरूलाई पढाउँछन्। कलेज त धेरै छन् फेरि सबैको परीक्षा हुन्छ। लिस्ट निस्किन्छ। यहाँ त एउटै बाबाले पढाउनु हुन्छ। यो पनि सम्झाउनु पर्छ। दु:खमा सबैले उहाँ पारलौकिक बाबालाई याद गर्छन्। अहिले उहाँ बाबा आउनु भएको छ। भीषण महाभारत लडाई पनि सामुन्ने खडा छ। उनीहरूले सम्झन्छन् महाभारत लडाईमा कृष्ण आए। यो त हुन सक्दैन। बिचराहरू अलमलिएका छन् नि। फेरि पनि कृष्ण-कृष्ण भनेर याद गरिरहन्छन्। अब परम प्रिय शिव पनि हुनुहुन्छ भने कृष्ण पनि हुन्। तर उहाँ हुनुहुन्छ निराकार, उनी हुन् साकार। निराकार बाबा सबै आत्माहरूका पिता हुनुहुन्छ। हुनुहुन्छ दुवै परम प्रिय। कृष्ण पनि विश्वको मालिक हुन् नि। अब तिमीले छुट्याउन सक्छौ धेरै प्यारो को? शिव बाबाले नै त यस्तो लायक बनाउनु हुन्छ नि। कृष्णले के गर्छन्? बाबाले नै त उनलाई यस्तो बनाउनु हुन्छ, त्यसैले गायन पनि धेरै उहाँ बाबाको हुनुपर्छ। शंकरको डान्स देखाउँछन्। वास्तवमा डान्स आदिको त कुरा होइन। बाबाले सम्झाउनु भएको छ तिमीहरू सबै पार्बती हौ। यहाँ शिव अमरनाथले तिमीलाई कथा सुनाइरहनु भएको छ। त्यो हो निर्विकारी दुनियाँ। विकारको कुरै हुँदैन। बाबाले विकारी दुनियाँ कहाँ रच्नुहुन्छ र। विकारमा नै दु:ख छ। मनुष्यले हठयोग आदि धेरै सिक्छन्। गुफाहरूमा गएर बस्छन्, आगोमा पनि हिँड्छन्। ऋद्धि-सिद्धि पनि धेरै छ। जादुगरीबाट धेरै चीज निकाल्छन्। भगवानलाई पनि जादुगर, रत्नागर, सौदागर भन्छन् त्यसैले अवश्य चैतन्य हुनुहुन्छ नि। भन्नुहुन्छ पनि म आउँछु, जादुगर हुँ नि। मनुष्यलाई देवता, भिखारीबाट राजकुमार बनाउँछु। यस्तो जादू कहिल्यै देखेका छौ? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) फूलको बगैंचामा जानु छ त्यसैले सुगन्धित फूल बन्नु छ। कसैलाई पनि दु:ख दिनु हुँदैन। एक पारलौकिक बाबासँग सर्व सम्बन्ध जोड्नु छ।

२) शिवबाबा सबैभन्दा प्यारो हुनुहुन्छ, उहाँ एकलाई नै प्यार गर्नु छ। सुखदाता बाबालाई याद गर्नु छ।

वरदान:
यस लोकको लगावबाट मुक्त बनेर अव्यक्त वतनको भ्रमण गर्नेवाला उड्ता प ं क्षी भव

बुद्धिरूपी विमानद्वारा अव्यक्त वतन वा मूलवतनको भ्रमण गर्नको लागि उड्ता पंक्षी बन। बुद्धिद्वारा जब चाह्यो, जहाँ चाह्यो पुगिहाल। यो तब हुन्छ, जब यस लोकको लगावबाट बिल्कुलै पर रहन्छौ। यो असार संसार हो। यस असार संसारसँग जब कुनै काम छैन, कुनै प्राप्ति छैन भने बुद्धिद्वारा पनि जान बन्द गरिदेऊ। यो रौरव नर्क हो यसमा जाने संकल्प र स्वप्न पनि नआओस्।

स्लोगन:
आफ्नो चालचलन र चेहराबाट सत्यताको सभ्यताको अनुभव गराउनु नै श्रेष्ठता हो।