11.01.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बुद्धिको योग बाबासँग लगाइरह्यौ भने लामो यात्रालाई सहजै पार गर्छौ।

प्रश्न:
बाबामा कुर्बान जानको लागि कुन कुराको त्याग आवश्यक छ?

उत्तर:
देह-अभिमानको। देह-अभिमान आयो भने मर्यो, व्यभिचारी भयो। कुर्बान हुनमा बच्चाहरूको हृदय विदीर्ण हुन्छ। यदि कुर्बान भएका हौ भने उहाँ एकको नै याद रहोस्। उहाँ माथि नै बलिहार जानु पर्छ। उहाँको नै श्रीमतमा चल्नु पर्छ।

गीत:
रात के राही...

ओम् शान्ति ।
भगवानुवाच भगवानले आफ्ना बच्चाहरूलाई राजयोग र ज्ञान सिकाइरहनु भएको छ। उहाँ कुनै मनुष्य हुनुहुन्न। गीतामा लेखिएको छ कृष्ण भगवानुवाच। अब श्रीकृष्णले सारा दुनियाँलाई मायाबाट मुक्त गर्न, यो त सम्भव छैन। बाबा नै आएर ती बच्चाहरूलाई सम्झाउनुहुन्छ जसले बाबालाई आफ्नो बनाएका छन् र बाबाको सम्मुख बसेका छन्। कृष्णलाई बाबा भन्न सकिदैन। बाबालाई भनिन्छ परमपिता, परमधाममा रहनेवाला। आत्माले यस शरीरद्वारा भगवानलाई याद गर्छ। बाबा बसेर सम्झाउनुहुन्छ म तिम्रो बाबा परमधाममा रहनेवाला हुँ। म सबै आत्माहरूको पिता हुँ। बुद्धिको योग म परमपितासँग लगाऊ, यो मैले नै कल्प पहिला पनि बच्चाहरूलाई आएर सिकाएको थिएँ। आत्माहरूसँग कुरा गरिन्छ। आत्मा शरीरमा नआएसम्म आँखाले देख्न सक्दैन। कानद्वारा सुन्न सक्दैन। आत्मा बिना शरीर जड हुन्छ। आत्मा चैतन्य छ। गर्भमा बच्चा छ, तर जबसम्म त्यसमा आत्माले प्रवेश गर्दैन, तबसम्म हलचल गर्दैन। यस्ता चैतन्य आत्माहरूसँग बाबा कुरा गर्नुहुन्छ। भन्नुहुन्छ मैले यो शरीर लोनमा लिएको छु। म आएर सबै आत्माहरूलाई फर्काएर लिएर जान्छु। जुन आत्माहरू सम्मुख हुन्छन् उनीहरूलाई राजयोग सिकाउँछु। राजयोग सारा दुनियाँले सिक्दैनन्। कल्प पहिला आएकाले नै राजयोग सिकिरहेका छन्।

अहिले बाबा सम्झाउनुहुन्छ बुद्धिको योग बाबासँग अन्त्य समयसम्म लगारहनु छ, यसमा रोकिनु हुँदैन। स्त्री पुरुषले पहिला एक अर्कालाई चिनेका पनि हुदैनन्। दुवैको विवाह भएपछि फेरि कुनै ६०-७० वर्ष पनि सँगै रहन्छन्, सारा जीवन शरीरलाई याद गरिरहन्छन्। स्त्रीले भन्छिन् यी मेरा पति हुन्, उसले भन्छ यी मेरी पत्नी हुन्। अब तिम्रो सम्बन्ध भएको छ निराकारसँग। निराकार बाबाले नै आएर सम्बन्ध जोड्नु भयो। भन्नुहुन्छ कल्प पहिला जसरी तिमी बच्चाहरूको मसँग सम्बन्ध जोड्छु। म निराकार यस मनुष्य सृष्टिको बीजरूप हुँ। सबैले भन्छन् यो मनुष्य सृष्टि गड फादरले रच्नु भएको हो। बाबा सदैव परमधाममा रहनुहुन्छ। अहिले भन्नुहुन्छ मलाई याद गर। यात्रा लामो हुनाको कारण धेरै बच्चाहरू थाक्छन्। बुद्धिको योग पूरा लगाउन सक्दैनन्। मायाको धेरै ठक्कर खानाले थाक्छन्, मर्छन् पनि। फेरि हात छोडिदिन्छन्। कल्प पहिला पनि यस्तै भएको थियो। यहाँ त बाँचुञ्जेलसम्म याद गर्नु छ। स्त्रीको पति मर्यो भने पनि याद गरिरहन्छन्। यहाँ बाबा वा पति त्यसै छोडेर जानेवाला त हुनुहुन्न। भन्नुहुन्छ मैले तिमी प्रियतमाहरूलाई साथमा लिएर जान्छु। तर यसमा समय लाग्छ, थाक्नु हुँदैन। शिरमा पापको धेरै बोझ छ। त्यो बोझ योगमा रहेर नै उत्रिन्छ। योग यस्तो होस्, जसले गर्दा अन्त्यमा बाबा वा प्रियतम सिवाय अरू केही याद नआओस्। यदि अरू केही याद आयो भने व्यभिचारी भयौ, फेरि पापहरूको दण्ड भोग्नु पर्छ। त्यसैले बाबा भन्नुहुन्छ परमधामका राही नथाक।

तिमीलाई थाहा छ मैले ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहेको छु र शङ्करद्वारा सबै धर्महरूको विनाश गराउँछु। सबै धर्म मिलेर एउटै कसरी हुने, सबै शान्तमा कसरी रहने, त्यसको बाटो निकालौं भनी अहिले सम्मेलन गरिरहन्छन्। अब अनेक धर्मको एक मत त हुन सक्दैन। एक मतबाट एक धर्मको स्थापना हुन्छ। ती सबै धर्महरू सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी होऊन् तब आपसमा क्षीरखण्ड हुन सक्छन्। रामराज्यमा सबै क्षीरखण्ड थिए। जनावर पनि लड्दैनथे। यहाँ त घर-घरमा झगडा छ। लड्छन् तब, जब उनीहरूको कुनै अभिभावक हुँदैनन्। आफ्ना माता-पितालाई चिन्दैनन्। गायन पनि गर्छन् हजुर मात-पिता... अपार सुख त अहिले छँदैछैन। भन्छन् माता-पिताको कृपा छैन। बाबालाई चिनेकै छैनन्, बाबाले कृपा कसरी गर्ने? फेरि टिचरको डाइरेक्शनमा चले भने मात्र कृपा हुन्छ। उनीहरूले त भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ, कसले कृपा गर्ने र कसमाथि गर्ने? कृपा लिनेवाला र गर्नेवाला दुवै चाहिन्छ। विद्यार्थीले त पहिला आएर टिचरसँग पढ्नु छ। यो कृपा आफैं माथि गर्नु छ। फेरि टिचरको डाइरेक्शनमा चल्नु छ। पुरुषार्थ गराउनेवाला पनि चाहिन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ र सतगुरु पनि हुनुहुन्छ। उहाँलाई परमपिता, परमशिक्षक, परमसतगुरु पनि भनिन्छ। बाबा भन्नुहुन्छ मैले कल्प-कल्प यो स्थापनाको कार्य गराउँछु। पतित दुनियाँलाई पावन दुनियाँ बनाउँछु। बाबा विश्व सर्वशक्तिमान अधिकारी हुनुहुन्छ नि। विश्व सर्वशक्तिमानको राज्य कायम गर्नुहुन्छ। सारा सृष्टिमा एउटै लक्ष्मी- नारायणको राज्य थियो। उनीहरूको सर्वोच्च सत्ता थियो। त्यहाँ कसैले लडाइँ झगडा गर्न सक्दैनन्। त्यहाँ माया नै हुँदैन। हो नै गोल्डन एज, सिलवर एज। सत्ययुग, त्रेता दुवैलाई स्वर्ग अथवा वैकुण्ठ भनिन्छ। सबैले गाउँछन् पनि चलो वृन्दावन भजो राधे गोविन्द जान त कोही जादैन। केवल याद गर्छन्। अहिले त मायाको राज्य छ। सबै रावणको मतमा छन्। देख्नको लागि त ठूलाबडा मानिस धेरै आउँछन्। ठूला-ठूला टाइटल मिल्छन्। थोरै हिम्मत देखाउँछन् वा राम्रो कर्म गरे भने टाइटल मिल्छ। कसैलाई डाक्टर अफ फिलोसोफी, कसैलाई के! यस्ता-यस्ता टाइटल दिइरहन्छन्। तिमी त हौ ब्राह्मण। सारा विश्वको सेवामा छौ। तिमीले दैवी राजधानी स्थापना गरिरहेका छौ। स्थापना भएपछि तिमीलाई टाइटल मिल्छ। सूर्यवंशी राजा-रानी,चन्द्रवंशी राजा-रानी... फेरि तिम्रो राज्य चल्छ। त्यहाँ कसैलाई टाइटल मिल्दैन। त्यहाँ दु:खको कुनै कुरा नै हुँदैन, जसको लागि कसैको दु:ख दूर गरेर वा बहादुरी देखाएर टाइटल मिल्छ। जुन रसम रिवाज यहाँ हुन्छ त्यो त्यहाँ हुँदैन। न लक्ष्मी-नारायण यस पतित दुनियाँमा आउन सक्छन्, यतिबेला कुनै पनि पावन देवता छैनन्। यो हो नै पतित आसुरी दुनियाँ। अनेक मत-मतान्तरमा अलमलिएका छन्। यहाँ त एउटै श्रीमत छ, जसबाट राजधानी स्थापना भइरहेको छ। हो चल्दा-चल्दै कसैलाई मायाको काँडा लाग्यो भने लङ्गडाइरहन्छ, त्यसैले बाबा भन्नुहुन्छ सदैव श्रीमतमा चल। आफ्नो मनमतमा चल्यौ भने धोखा खान्छौ। सच्चा कमाइ हुन्छ सच्चा बाबाको मतमा चल्नाले। आफ्नो मतबाट बेडा डुब्छ। कति महावीरहरू श्रीमतमा नचल्नाको कारण अधोगतिमा पुगे।

अब तिमी बच्चाहरूले सदगति प्राप्त गर्नु छ। श्रीमतमा चलेनौ र दुर्गति पायौ भने धेरै पश्चाताप् गर्नु पर्छ। फेरि धर्मराजपुरीमा शिवबाबा यस तनमा बसेर सम्झाउनुहुन्छ मैले तिमीलाई यस ब्रह्मा तनद्वारा यति सम्झाएँ, पढाएँ, कति मेहनत गरें। निश्चय पत्र लेख्यौ श्रीमतमा चल्छौं भनेर। तर चलेनौ। श्रीमतलाई कहिल्यै छोड्नु हुँदैन। जे सुकै होस्, बाबालाई बताउनाले सावधानी मिलिरहन्छ। बाबालाई भुल्यौ भने काँडा बिझ्छ। बच्चाहरू सदगति गर्ने बाबाबाट पनि ३ कोस टाढा भाग्छन्। गाउँछन् पनि कुर्बान जाऊँ। तर कसमाथि? यस्तो त लेखेका छैनौ संन्यासीमाथि बलिहार जाऊँ! वा ब्रह्मा, विष्णु, शङ्करमाथि बलिहार जाऊँ! वा कृष्णमाथि जाऊँ! कुर्बान जानु छ परमपिता परमात्मामाथि। कुनै मनुष्यमाथि होइन। वर्सा मिल्छ बाबाबाट। बाबा बच्चाहरूमाथि कुर्बान हुनुहुन्छ। उहाँ बेहदको बाबाले पनि भन्नुहुन्छ म कुर्बान हुन आएको छु। तर बाबामाथि कुर्बान हुन बच्चाहरूको हृदय कति विदीर्ण हुन्छ। देह-अभिमानमा आयौ भने मर्छौ, व्यभिचारी हुन्छौ। याद उहाँ एकको नै रहनु पर्छ। उहाँ माथि बलिहार जानु पर्छ। अब नाटक पूरा हुन्छ। हामीलाई अब फर्केर जानु छ। बाँकी मित्र-सम्बन्धी आदि त सबै कब्रदाखिल हुनु छ। उनीहरूलाई के याद गर्ने, यसमा अभ्यास धेरै चाहिन्छ। गायन गरिएको पनि छ चढे तो चाखे अमृतरस... जोडले गिर्छन् अनि पद गुमाइदिन्छन्। यस्तो होइन स्वर्गमा आउँदैनन्। राजा रानी बन्न र प्रजा बन्नमा फरक त छ नि। यहाँको भील्ल पनि हेर, मन्त्री पनि हेर। फरक छ नि। त्यसैले पूरा पुरुषार्थ गर्नु छ। कोही गिरेर एकदम पतित बन्छन्। श्रीमतमा चलेनन् भने मायाले नाकबाट पक्रेर एकदम गटरमा खसालिदिन्छ। बापदादाको बनेर फेरि ट्रेटर बन्नु, मतलब उहाँको विरोध गर्नु हो। त्यसैले बाबा भन्नुहुन्छ कदम-कदम सम्हाल गरेर चल। अब मायाको अन्त्य हुनेवाला छ। मायाले धेरैलाई गिराउँछ, त्यसैले बच्चाहरू खबरदार रहनु छ। बाटो अलि लामो छ, पद पनि धेरै ठूलो छ। यदि विश्वासघाती बन्यौ भने सजाय पनि धेरै हुन्छ। जब धर्मराज बाबाले सजाय दिनु हुनेछ, धेरै चिल्लाउने छन्, जुन फेरि कल्प-कल्पको लागि कायम हुन जान्छ। माया धेरै प्रबल छ। अलिकति पनि बाबाको डिसरिगार्ड गर्यौ भने मर्यौ। गायन गरिएको छ सतगुरुका निंदक ठौर न पाये। कामवश, क्रोधवश उल्टो काम गर्छन्। मतलब बाबाको निन्दा गराउँछन् र दण्डको निमित्त बन्छन्। यदि कदम-कदममा पदमको कमाइ हुन्छ भने पदम घाटा पनि हुन्छ। यदि सेवाबाट जम्मा हुन्छ भने विकर्मबाट उल्टो घाटा पनि हुन्छ। बाबासँग सारा हिसाब रहन्छ। अहिले सम्मुख पढाइरहनु भएको छ त्यसैले सारा हिसाब मानौं उहाँको हातमा छ। बाबा त भन्नुहुन्छ कुनै बच्चाले शिवबाबाको डिसरिगार्ड नगरोस्। धेरै विकर्म बन्छ। यज्ञ सेवामा हड्डी-हड्डी दिनु पर्छ। दधीचि ऋषिको उदाहरण छ नि! त्यसको पनि पद बन्छ। नत्र प्रजामा पनि भिन्न-भिन्न पद छन्। प्रजामा पनि नोकर चाकर सबै चाहिन्छ। हुन त त्यहाँ दु:ख हुँदैन तर नम्बरवार पद त हुन्छ नै। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यादको यात्रामा थाक्नु हुँदैन। यस्तो सच्चा यादको अभ्यास गर्नु छ, जसले अन्त्य समयमा बाबा सिवाय अरू केही पनि याद नआओस्।

२) सच्चा बाबाको मतमा चलेर सच्चा कमाइ गर्नु छ। आफ्नो मनमतमा चल्नु हुँदैन। सद्गुरुको निन्दा कहिल्यै पनि गर्नु छैन। काम, क्रोधको वश भएर कुनै उल्टो काम गर्नु छैन।

वरदान:
सङ्कल्प शक्तिद्वारा हर कार्यमा सफलताको सिद्धि प्राप्त गर्ने सफलतामूर्त भव

सङ्कल्प शक्तिद्वारा धेरै कार्य सहज सफल हुन सक्ने सिद्धिको अनुभव हुन्छ। जसरी स्थूल आकाशमा भिन्न भिन्न तारा देख्छौ, त्यसैगरी विश्व आकाशमा चारैतिर सफलताका चम्किएका तारा तब देखिनेछ जब तिम्रो सङ्कल्प श्रेष्ठ एवं शक्तिशाली हुन्छ, सदा एक बाबाको अन्तमा डुबेर रहने छौ, तिम्रो यो रूहानी नयन, रूहानी स्वरूप दिव्य दर्पण बन्छ। यस्तो दिव्य दर्पण बन्ने आत्माहरू नै अनेक आत्माहरूलाई आत्मिक स्वरूपको अनुभव गराउन सक्ने सफलतामूर्त हुन्छन्।

स्लोगन:
निरन्तर ईश्वरीय सुखको अनुभव गर्ने आत्मा नै बेफिक्र बादशाह हो।