11.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे ज्ञानको तरबारमा योगको धार हुनु पर्छ , तब नै विजय हुन्छ , ज्ञानमा योगको शक्ति भएमा त्यसको असर अवश्य पर्ने छ।

प्रश्न:
तिमी भगवानका सन्देशवाहक हौ, तिमीले सारा दुनियाँलाई कुनचाहिँ सन्देश दिनु छ?

उत्तर:
सारा दुनियाँलाई सन्देश देऊ भगवानले भन्नु भएको छ, तिमीहरू सबैले आफूलाई आत्मा सम्झ, देह-अभिमान छोड, एक म बाबालाई याद गरेमा तिम्रो शिरका पापहरूको बोझ उत्रिन्छ। एक बाबाको यादबाट नै तिमी पावन बन्छौ। अन्तर्मुखी बच्चाहरूले नै यसरी सन्देश सबैलाई दिन सक्छन्।

ओम् शान्ति ।
बाबाले सम्झाउनु भएको छ कुनै पनि मनुष्य मात्र, फेरि चाहे दैवी गुणवाला होस् या आसुरी गुणवाला होस्, उनलाई भगवान् भन्न सकिदैन। यो त बच्चाहरूले जानेका छन् दैवी गुणवाला हुन्छन् सत्ययुगमा, आसुरी गुणवाला हुन्छन् कलियुगमा। त्यसैले बाबाले लिखत पनि बनाउनु भएको छ दैवी गुणवाला हुनु हुन्छ या आसुरी गुणवाला? सत्ययुगी हुनु हुन्छ या कलियुगी? यो कुरा बडो मुश्किलले मानिसहरूको समझमा आउँछ। तिमी सिँढीको चित्रमा पनि राम्रो सँग सम्झाउन सक्छौ। तिम्रो ज्ञानको बाण धेरै राम्रो छ, तर त्यसमा धार पनि चाहिन्छ। जसरी तरबारमा पनि धार हुन्छ नि। कुनै धेरै धारिलो हुन्छ। जसरी गुरु गोविन्द सिंहको तरबार बेलायतमा लगियो। त्यस तरबारलाई लिएर परिक्रमा गर्छन्। धेरै सफा राख्छन्। कुनै दुई पैसाको तरबार पनि हुन्छ। जसमा धार हुन्छन्, ती धेरै धारिला हुन्छन्। तिनीहरूको मूल्य पनि धेरै हुन्छ। बच्चाहरू पनि यस्तै हुन्छन्। कुनैमा ज्ञान धेरै छ, योगको धार कम छ। जो बाँधेलीहरू छन्, गरिब छन्, उनले शिवबाबालाई धेरै याद गर्छन्। उनीहरूमा ज्ञान कम हुन्छ, योगको धार धेरै हुन्छ। उनीहरू तमोप्रधानबाट सतोप्रधान बनिरहेका छन्। जस्तै, एक अर्जुन र भिलको पनि उदाहरण देखाउँछन्। अर्जुन भन्दा पनि भिल्ल प्रवीण भए बाण हान्नमा। अर्जुन अर्थात् जो घरमा रहन्छन्, दिनहुँ सुन्छन्। उनीहरू भन्दा प्रवृत्तिमा रहनेवाला अघि जान सक्छन्। जसमा ज्ञानको धार हुन्छ, उनको भारी नपढेकाले बोक्छन्। भनिन्छ भावी। कुनै फेल हुन्छन् वा कंगाल बन्छन् भने निधारमा हात राख्छन्। ज्ञानको साथ योगको धार पनि अवश्य हुनु पर्छ। धार छैन भने मानौं कुक्कड-ज्ञानी भयो। बच्चाहरूले पनि महसुस गर्छन्। कसैको पतिमा, कसैको कसैमा प्रेम हुन्छ। ज्ञानमा धेरै होशियार हुन्छन् तर भित्र द्वन्द्व हुन्छ। यहाँ त एकदम साधारण रहनु छ।

सबैथोक देखेर पनि मानौं देख्नु नै छैन। एक बाबा सँग नै प्रीत छ। तब त गायन गरिन्छ कम कार डे... अफिस आदिमा काम गर्दा पनि म आत्मा हुँ भन्ने स्मृति बुद्धिमा रहोस्। बाबाले आदेश दिनु भएको छ मलाई याद गरिराख। भक्तिमार्गमा पनि कामकाज गर्दा कुनै न कुनै इष्ट देवतालाई याद गर्छन्। त्यो त हो पत्थरको पुतला। त्यसमा आत्मा त छँदै छैन। लक्ष्मी-नारायणलाई पुजिन्छ। त्यो पनि पत्थरको मूर्ति हो नि। भन, यिनको आत्मा कहाँ छ? अब तिमीले बुझेका छौ अवश्य कुनै नाम-रूपमा छन्। अब तिमी फेरि योगबलबाट पावन देवता बनिरहेका छौ। लक्ष्य-उद्देश्य पनि छ। दोस्रो कुरा, बाबाले सम्झाउनु हुन्छ ज्ञान सागर र ज्ञान गंगाहरू यस पुरुषोत्तम संगमयुगमा नै हुन्छन्। एकै समयमा मात्र हुन्छ। ज्ञान सागर आउनु हुन्छ नै कल्पको यस पुरुषोत्तम संगमयुगमा। ज्ञान सागर हुनु हुन्छ निराकार परमपिता परमात्मा शिव। उहाँलाई शरीर अवश्य चाहिन्छ, जसले गर्दा कुरा गर्न सकियोस्। बाँकी पानीको त कुरा नै होइन। यो तिमीलाई ज्ञान मिल्छ नै संगमयुगमा। बाँकी सबैको पासमा छ भक्ति। भक्तहरू गंगाको पानीलाई पनि पुजिरहन्छन्। पतित-पावन त एकै बाबा हुनु हुन्छ। उहाँ आउनु हुन्छ नै एकै पटक, जब पुरानो दुनियाँ परिवर्तन गर्नु छ। अब यो कसैलाई बुझाउनको लागि बुद्धि पनि चाहिन्छ। एकान्तमा विचार सागर मन्थन गर्नु पर्ने हुन्छ। के लेखौं जसले गर्दा मानिसहरूले बुझ्न सकून् कि ज्ञान सागर परमपिता परमात्मा एक शिव नै हुनु हुन्छ। उहाँ जब आउनु हुन्छ, उहाँका बच्चा जो ब्रह्माकुमार-कुमारीहरू बन्छन्, उनीहरू नै ज्ञान धारण गरेर ज्ञान-गंगा बन्छन्। अनेक ज्ञान गंगाहरू छन् जसले ज्ञान सुनाइरहन्छन्। उनैले सद्गति गर्न सक्छन्। पानीमा स्नान गरेर पावन बन्न सकिदैन। ज्ञान हुन्छ नै संगममा। यो सम्झाउने युक्ति चाहिन्छ। बडो अन्तर्मुखी हुनु पर्छ। शरीरको भान छोडेर आफूलाई आत्मा सम्झनु छ। यस समय भनिन्छ, हामी पुरुषार्थी हौं, याद गर्दा-गर्दै जब पाप खत्तम हुन्छ, सबैलाई सन्देश मिल्छ, तब लडाईं सुरु हुन्छ। पैगाम अथवा सन्देश त शिवबाबाले नै दिनु हुन्छ। खुदालाई पैगम्बर भनिन्छ नि। तिमीहरू सबैलाई यो पैगाम पुर्याउँछौ आफूलाई आत्मा सम्झेर परमपिता परमात्मा सँग योग लगाउनुहोस्। तब बाबा प्रतिज्ञा गर्नुहुन्छ तिम्रो जन्म-जन्मान्तरका पाप मेटिदै जान्छन्। यो त बाबा ब्रह्मा मुखद्वारा बसेर सम्झाउनु हुन्छ। पानीको गंगाले के सम्झाउँछ? बेहदका बाबा बेहदका बच्चाहरूलाई सम्झाउनु हुन्छ तिमी सत्ययुगमा कति सुखी, सम्पत्तिवान् थियौ, अहिले दु:खी कंगाल बनेका छौ। यो हो बेहदको कुरा। बाँकी यी चित्र आदि सबै भक्तिमार्गका हुन्। यो भक्तिमार्गको सामग्री पनि बन्नु छ। शास्त्र पढ्नु, पूजा गर्नु यो भक्ति हो नि। मैले कहाँ शास्त्र आदि पढाउँछु र। म त तिमी पतितहरूलाई पावन बनाउनको लागि ज्ञान सुनाउँछु, आफूलाई आत्मा सम्झ। अहिले आत्मा र शरीर दुवै पतित छन्। अब बाबालाई याद गरेमा तिमी देवता बन्छौ। देहका सबै पुराना सम्बन्धीहरूबाट ममत्व मेटिनु पर्छ। गायन पनि छ हजुर आउनुभयो भने हामी अरू कसैको सुन्नेछैनौं, एक हजुर सँग नै सबै सम्बन्ध जोड्नेछौं, अरू सबै देहधारीहरूलाई बिर्सिनेछौं। अब बाबा तिमीलाई आफ्नो प्रतिज्ञा याद गराउनु हुन्छ। बाबा भन्नुहुन्छ म सँग योग लगायौ भने नै तिम्रो विकर्म विनाश हुन्छ। तिमी नयाँ दुनियाँको मालिक बन्छौ। यो हो लक्ष्य-उद्देश्य। राजाहरूको साथसाथै प्रजा पनि अवश्य बन्नु छ। राजाहरूलाई दास-दासीहरू पनि चाहिन्छ। बाबा सबै कुरा सम्झाइरहनु हुन्छ। राम्रो सँग योगमा रहँदैनौ, दैवी गुण धारण गर्दैनौ भने उच्च पद कसरी पाउँछौ? घरमा कुनै न कुनै कुरामा झगडा, कलह हुन्छ, नि। बाबाले लेखिदिनु हुन्छ तिम्रो घरमा कलह छ, त्यसैले ज्ञान अडिन सक्दैन। बाबा सोध्नुहुन्छ स्त्री-पुरुष दुवै ठीक चल्छन्? चालचलन बडो राम्रो चाहिन्छ। क्रोधको अंश पनि नरहोस्। अहिले त दुनियाँमा कति हंगामा र अशान्ति छ। तिमीमा ज्ञान-योग बढ्दै गएमा अरूले पनि धेरै याद गर्न थाल्नेछन्। तिम्रो अभ्यास पनि राम्रो हुँदै जान्छ र बुद्धि पनि विशाल हुँदै जान्छ।

बाबालाई सानो चित्र त्यति राम्रो लाग्दैन। सबै ठूला-ठूला हुन्। बाहिर मुख्य स्थानहरूमा राख। जसरी फिल्मका ठूला-ठूला चित्र राख्छन् नि। राम्रा-राम्रा चित्र बनाऊ जुन खराब नहुन्। सिँढी पनि एकदम ठूला-ठूला बनाएर यस्तो स्थानमा राख जहाँ सबैको नजर पर्छ। राम्रो सीटमा रङ्ग आदि यस्तो मजबुत होस् जसले गर्दा घामपानीमा पनि खराब नहोस्। मुख्य स्थानहरूमा राखिदेऊ या कहीँ प्रदर्शनी हुन्छ भने मुख्य ठूला दुई-तीन चित्र नै काफी छ। यो गोला पनि वास्तवमा पर्खाल जत्रो बनाउनु पर्छ। ठिकै छ, ८-१० व्यक्तिले उठाएर राखून्। कसैले पनि टाढैबाट देखेमा एकदम स्पष्ट थाहा लागोस्। सत्ययुगमा त अन्य यति सबै धर्म हुने छैनन्। उनीहरू त आउँछन् नै पछि। पहिले त स्वर्गमा धेरै कम मानिस हुन्छन्। अहिले स्वर्ग हो या नर्क? तिमीले यसमा पनि धेरै राम्रो सँग सम्झाउन सक्छौ। जो आउँछन् उनलाई सम्झाउँदै गर। ठूला-ठूला चित्र हुन्। कसरी पाण्डवहरूको ठूला-ठूला मूर्ति बनाउँछन्। तिमी पनि पाण्डव हौ नि।

शिवबाबाले त संगममा पढाउनु हुन्छ। उनी श्रीकृष्ण हुन् सत्ययुगका प्रथम राजकुमार, तिमीले सम्झाउँदा सम्झाउँदै आफ्नो राज्य स्थापना गर्नेछौ। कसैले पढ्दा पढ्दै छोडिदिन्छन्। स्कुलमा पनि कसैले पढ्न सक्दैन भने पढाइ छोडिदिन्छ। यहाँ पनि धेरै छन् जसले पढाइ नै छोडिदिन्छन्, फेरि ती स्वर्गमा आउँदैनन् र? म विश्वको मालिक, मबाट कसैले दुई अक्षर सुनेमा पनि स्वर्गमा अवश्य आउँछन्। पछि गएर धेरैले सुन्नेछन्। यो सारा राजधानी स्थापना हुन्छ, कल्प पहिले जसरी। प्यारा बच्चाहरूले बुझेका छन् हामीले धेरै पटक राज्य लिएका हौं, फेरि गुमायौं। हीराजस्तै थियौं, फेरि कौडीजस्तै बनेका छौं। यो दुनियाँ हीराजस्तै थियो। अहिले फेरि के भएको छ? दुनियाँ त त्यही हो नि। यस संगमलाई पुरुषोत्तम युग भनिन्छ। उत्तम भन्दा उत्तम पुरुष पनि हुनु हुन्छ। बाँकी सबै हुन् कनिष्ठ। जो पूज्य थिए उनै फेरि पुजारी बनेका छन्। ८४ जन्म लिन्छन्। त्यो शरीर पनि खत्तम भै सक्यो, आत्मा पनि तमोप्रधान भइसक्यो। जब सतोप्रधान हुन्छ तब त पूजा नै गरिदैन। चैतन्यमा हुन्छन्। अब तिमी शिवबाबालाई चैतन्यमा याद गर्छौ फेरि पुजारी बनेपछि पत्थरलाई पुज्नेछौ। अहिले बाबा चैतन्यमा हुनु हुन्छ नि। फेरि उहाँको नै पत्थरको मूर्ति बनाएर पूजा गरिरहन्छन्। रावण राज्यमा भक्ति सुरु हुन्छ। आत्माहरू उनै हुन्, भिन्न-भिन्न शरीर धारण गर्दै आएका हुन्। तल गिरेपछि नै भक्ति सुरु हुन्छ। बाबा फेरि आएर ज्ञान दिनु हुन्छ, तब दिन सुरु हुन्छ। ब्राह्मण सो देवता बन्छन्। अहिले त देवता भनिदैन। ब्रह्मा त सत्ययुगमा हुँदैनन्। यहाँ ब्रह्मा तपस्या गरिरहेका छन्। मनुष्य हुन् नि। शिवबाबालाई शिव नै भनिन्छ। यिनमा हुँदा पनि शिवबाबा भनिन्छ। अर्को कुनै नाम राखिदैन, यिनमा शिवबाबा आउनु हुन्छ। उहाँ ज्ञानका सागर, यस ब्रह्मा तनद्वारा ज्ञान दिनु हुन्छ। त्यसैले चित्र आदि पनि धेरै समझपूर्वक बनाउनु पर्छ। यसमा लिखत नै काममा आउँछ। पतित-पावन पानीको सागर या पानीका नदी हुन्? वा ज्ञान सागर र उहाँबाट निक्लिएका ज्ञानगंगा ब्रह्माकुमार-कुमारीहरू हुन्? यिनलाई नै बाबा ज्ञान दिनु हुन्छ। ब्रह्माद्वारा जो ब्राह्मण बन्छन्, उनै फेरि देवता बन्छन् विराट् रूपको चित्र पनि एकदम ठूलो बनाउनु छ। यो हो मुख्य चित्र।

बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! तिमीले आफ्नो बुद्धिलाई शुद्ध बनाउनु पर्छ। जब बाबा देख्नुहुन्छ यसको विकारी दृष्टि छ भने बुझ्नुहुन्छ यो चल्न सक्दैन। तिम्रो आत्मा अब त्रिकालदर्शी बन्दैछ, यो कसैले मुश्किलले बुझ्न सक्नेछ। धेरै बुद्धू छन्। बाबालाई छोडिदिन्छन्। यो त बच्चाहरूले बुझेका छन् कि राजधानी स्थापना भइरहेको छ। त्यसमा सबै चाहिन्छ। पछि गएर सबै साक्षात्कार हुन्छ। फस्टक्लास दास-दासीहरू पनि बन्छन्। फस्टक्लास दासीले कृष्णको पालन गर्नेछिन्। भाँडा माझ्ने, खाना खुवाउने, सफाइ गर्नेवाला सबै हुन्छन्। यहाँबाटै निस्किन्छन्। फस्ट नम्बरवाला अवश्य राम्रो पद पाउन्छ। त्यो महसुस हुन्छ। बाबालाई बच्चाहरूबाट महसुस हुन्छ, यिनले राम्रो मुरली चलाउँछिन्, तर योग कम छ। कहीँ स्त्री, पुरुष भन्दा पनि अघि जान्छिन्। एकजना ज्ञानमा हुन्छ, भन्छन् बाबा अर्को चक्का ठीक छैन। एक-आपसमा सावधान गर्नु छ। प्रवृत्ति मार्ग हो नि। जोडी समान हुनु पर्छ। आफूसमान बनाउनु छ। पछि गएर तिमीले दुनियाँलाई नै बिर्सिनेछौ। जान्दछौ म हंस हुँ, ऊ बकुल्ला हो। कसैमा के अवगुण, कसैमा के। खिचातानी पनि हुन्छ। मेहनत धेरै छ। छ त धेरै सहज। सेकेन्डमा जीवनमुक्ति। विना कौडी खर्च उच्च भन्दा उच्च पद प्राप्त गर्न सक्छौ। गरिब जो छन् उनले राम्रो सेवा गरिरहन्छन्। यो त थाहा छ नि, को को खाली हात आएका हुन्? धेरै चीज लिएर आउनेहरू आज छँदै छैनन्, अनि गरिबहरू धेरै उच्च पद प्राप्त गरिरहेका छन्। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) ज्ञान तरबारमा यादको धार भर्नको लागि कर्म गर्दा पनि अन्तर्मुखी बनेर अभ्यास गर्नु छ म आत्मा हुँ। म आत्मालाई बाबाको आदेश छ निरन्तर मलाई याद गर। एक बाबा सँग सच्चा प्रीत राख। देह र देहका सम्बन्धीहरूबाट ममत्व निकालिदेऊ।

२) प्रवृत्तिमा रहेर एक अर्कालाई सावधान गर्दै, हंस बनेर उच्च पद लिनु छ। क्रोधको अंश पनि निकाल्नु छ, आफ्नो बुद्धिलाई शुद्ध बनाउनु छ।


वरदान:
तीव्र पुरुषार्थद्वारा सबै बन्धनहरूलाई पार गरेर मनोरञ्जनको अनुभव गर्ने डबल लाइट भव

कति बच्चाहरूले भन्छन् म त ठीक छु तर यो कारण छ। संस्कारको, व्यक्तिको, वायुमण्डलको बन्धन छ.... तर कारण जस्तोसुकै भए पनि, जे भए पनि तीव्र पुरुषार्थीले सबै कुरालाई यसरी पार गर्छन् मानौं केही भएकै छैन। उनीहरूले सदा मनोरञ्जनको अनुभव गर्छन्। यस्तो अवस्थालाई भनिन्छ उड्ती कला र उड्ती कलाको लक्षण हो डबल लाइट। उनीहरूलाई कुनै पनि किसिमको बोझले हल्लाउन सक्दैन।

स्लोगन:
हरेक गुण वा ज्ञानको कुरालाई आफ्नो निजी संस्कार बनाऊ।