11.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीलाई अपार खुशी हुनुपर्छ किनकि अब पुरानो कपडा छोडेर घर जाँ दैछौ फेरि नयाँ कपडा नयाँ दुनियाँमा लिन्छौ।

प्रश्न:
ड्रामाको कुनचाहिँ रहस्य अति सूक्ष्म रूपले बुझ्नु पर्ने हुन्छ?

उत्तर:
यो ड्रामा जुम्रा जस्तै चलिरहन्छ, टिक-टिक भइरहन्छ। जसको जुन कर्तव्य चल्यो त्यो फेरि हुबहु ५ हजार वर्षपछि दोहोरिन्छ, यो रहस्य धेरै सूक्ष्म बुझ्नु पर्ने छ। जुन बच्चाहरूले यस रहस्यलाई यथार्थ रूपले बुझ्दैनन्, उनीहरूले भन्छन् ड्रामामा भयो भने पुरुषार्थ गर्ने छौं, उनीहरूले उच्च पद पाउन सक्दैनन्।

ओम् शान्ति ।
बच्चाहरूलाई बाबाको पहिचान मिलेको छ, अब फेरि बाबाबाट वर्सा लिनु छ र पावन पनि बन्नु छ। भनिन्छ पनि हे पतित-पावन आएर हामीलाई पावन बनाउनु होस् किनकि सम्झन्छन् हामी पतित बुद्धिका छौं। बुद्धिले पनि भन्छ यो पतित कलियुगी दुनियाँ हो। नयाँ दुनियाँलाई सतोप्रधान, पुरानो दुनियाँलाई तमोप्रधान भनिन्छ। तिमी बच्चाहरूलाई अहिले बाबा मिल्नु भएको छ, भक्तहरूलाई भगवान मिल्नु भएको छ। भनिन्छ पनि, भक्तिपछि भगवान आएर भक्तिको फल दिनुहुन्छ किनकि मेहनत गर्छन्, त्यसैले फल पनि माग्छन्। भक्तहरूले के मेहनत गर्छन्, त्यो त तिमीलाई थाहा छ। तिमी आधा कल्प भक्तिमार्गमा धक्का खाएर थाकिसकेका छौ। भक्तिमा धेरै मेहनत गरेका छौ। यो पनि ड्रामामा निश्चित छ। मेहनत गरिन्छ फाइदाको लागि। सम्झन्छन् भगवान आएर भक्तिको फल दिनुहुन्छ, त्यसैले फल दिनेवाला फेरि पनि भगवान नै हुनु भयो। भक्तहरूले भगवानलाई याद गर्छन् किनकि भक्तिमा दु:ख छ, त्यसैले भन्छन् आएर हाम्रो दु:ख हर्नुहोस्, पावन बनाउनुहोस्।

अहिले रावण राज्य छ यो कुरा कसैले पनि जानेका छैनन्। रावणले नै पतित बनाएको हो। भनिन्छ पनि रामराज्य चाहियो तर त्यो कहिले, कसरी हुन्छ कसैलाई पनि यो कुरा थाहा छैन। आत्माले मनमा सम्झन्छ अहिले रावण राज्य हो। यो हो नै भक्तिमार्ग। भक्तहरूले धेरै नाच-गान-तमासा गर्छन्। खुशी पनि हुन्छन्, फेरि रून्छन् पनि। भगवानको प्रेममा आँसु पनि आउँछ तर भगवानलाई चिनेका छैनन्। जसको प्रेममा आँसु आउँछ, उहाँलाई चिन्नुपर्छ नि। चित्रबाट त केही पनि प्राप्त हुँदैन। हो, धेरै भक्ति गरे भने साक्षात्कार हुन्छ। पुग्यो, त्यही उनको लागि खुशीको कुरा हो। भगवान स्वयं नै आएर आफ्नो परिचय दिनुहुन्छ म को हुँ। म जो हुँ, जस्तो छु, दुनियाँमा कसैले पनि जानेका छैनन्। तिमीहरूमा पनि जसले बाबा भन्छन् उनमा कोही पक्का छन्, कोही कच्चा छन्। देह-अभिमान टुट्नमा नै धेरै मेहनत लाग्छ। देही-अभिमानी बन्नुपर्छ। बाबा भन्नुहुन्छ तिमी आत्मा हौ, तिमीले ८४ जन्म भोगेर तमोप्रधान बनेका छौ। अहिले आत्मालाई तेस्रो नेत्र मिलेको छ। आत्माले बुझिरहेको छ। तिमी बच्चाहरूलाई सारा सृष्टि-चक्रको ज्ञान बाबाले दिनु हुन्छ। बाबा ज्ञानका सागर हुनुहुन्छ त्यसैले त बच्चाहरूलाई पनि ज्ञान दिनुहुन्छ। कसैले केवल तिमीहरूले मात्रै ८४ जन्म लिन्छौ? भनेर सोधेमा भन हो, हामीमा कोही ८४, कोही ८२ जन्म लिन्छन्। बढी भन्दा बढी ८४ जन्म मात्रै लिन्छन्। ८४ जन्म उनको हुन्छ जो सुरुमा आउँछन्। जो राम्ररी पढेर उच्च पद पाउँछन् उनीहरू छिटै आउँछन्। मालामा नजिक गाँसिदै जान्छन्। जसरी नयाँ घर बनिरहेको छ भने दिलमा आउँछ छिटै बन्यो भने हामी गएर बस्छौं। तिमी बच्चाहरूलाई पनि खुशी हुनुपर्छ, अब हामीले यो पुरानो कपडा छोडेर नयाँ लिन्छौं। नाटकमा कलाकारले घण्टा, आधा घण्टा पहिला देखि नै घडी हेरिरहन्छन्, समय पूरा हुने बित्तिकै घरमा जानुपर्छ। त्यो समय पनि आउँछ। तिमी बच्चाहरूको लागि बेहदको घडी हो। तिमीलाई थाहा छ जब कर्मातीत अवस्था प्राप्त गर्छौ तब यहाँ रहँदैनौ। कर्मातीत बन्नको लागि पनि यादमा रहनु पर्छ, धेरै मेहनत छ। तिमी नयाँ दुनियाँमा जान्छौ फेरि एक-एक जन्ममा कला कम हुँदै जान्छ। नयाँ घरमा ६ महिना बस्यो भने केही न केही दाग आदि त लाग्छ नि। केही फरक पर्छ। त्यस्तै त्यहाँ नयाँ दुनियाँमा पनि कोही त पहिला आउँछन्, कोही अलिकति ढिला आउँछन्। पहिला जो आउँछन्, उनलाई भनिन्छ सतोप्रधान फेरि विस्तार-विस्तारै कला कम हुँदै जान्छ। यो ड्रामाको चक्र जुम्रा जस्तै चलिरहन्छ। टिक-टिक भइरहन्छ। तिमीलाई थाहा छ सारा दुनियाँमा जसको जुन कर्तव्य चल्छ त्यही चक्र घुमिरहन्छ। यो धेरै सूक्ष्म कुरा हो बुझ्नको लागि। बाबाले अनुभव सुनाउँछन्।

तिमीलाई थाहा छ यो पढाइ फेरि ५ हजार वर्षपछि दोहोरिन्छ। यो बनि-बनाऊ खेल हो। यस चक्रको बारेमा कसैलाई पनि थाहा छैन। यसका क्रियेटर, डाइरेक्टर, मुख्य को हुन् केही पनि जानेका छैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी ८४ जन्म भोगेर अब फर्केर जान्छौं। हामी आत्मा हौं। देही-अभिमानी बन्यौ भने खुशीको पारा चढ्छ। त्यो हो हदको नाटक यो हो बेहदको। बाबाले हामी आत्माहरूलाई पढाइरहनु भएको छ, फलानो समयमा यो हुन्छ भन्ने कुरा बताउनु हुन्न। बाबासँग कुनै कुरा सोधे भने भन्नुहुन्छ ड्रामामा जुन कुरा बताउनु पर्ने हुन्छ त्यो बताउँछु। ड्रामा अनुसार जुन उत्तर मिल्नु थियो त्यो मिलिसक्यो। केवल त्यसमा चल्नुपर्छ। ड्रामा सिवाय बाबाले केही पनि गर्न सक्नु हुन्न। कति बच्चाहरूले भन्छन् ड्रामामा छ भने पुरुषार्थ गर्नेछु, त्यस्ताले कहिल्यै उच्च पद पाउन सक्दैनन्। बाबा भन्नुहुन्छ पुरुषार्थ तिमीले गर्नुपर्छ। ड्रामाले कल्प पहिला जस्तै तिमीलाई पुरुषार्थ गराउँछ। कोही ड्रामामा रोकिन्छन्, जे ड्रामामा होला, त्यसैले सम्झिइन्छ यिनको भाग्यमा छैन। अहिले तिमीलाई स्मृति आएको छ हामी आत्मा हौं, हामी यो पार्ट खेल्न आएका हौं। आत्मा पनि अविनाशी छ पार्ट पनि अविनाशी छ। ८४ जन्मको पार्ट आत्मामा भरिएको छ फेरि त्यही पार्ट खेल्छन्। यसलाई भनिन्छ प्रकृति (कुदरत)। प्रकृतिको अरू के विस्तार गर्ने? मुख्य कुरा हो पावन अवश्य बन्नु छ। यही चिन्तनको कुरा हो। कर्म गर्दै गर्दै बाबाको यादमा रहनु छ। तिमी एक प्रियतमका प्रियतमा हौ नि। एक प्रियतमलाई सबै प्रियतमाले याद गर्छन्। उहाँ प्रियतम भन्नुहुन्छ अब मलाई याद गर। म तिमीलाई पावन बनाउन आएको छु। तिमीले मलाई नै पतित पावन भन्छौ फेरि पनि मलाई भुलेर गंगालाई किन पतित पावनी, भन्छौ? अहिले तिमीले बुझेका छौ त्यसैले त्यो सबै कुरा छोडिदियौ। तिमीलाई थाहा छ बाबा नै पतित-पावन हुनुहुन्छ। अब पतित-पावन कृष्णलाई सम्झेर कहिल्यै याद गर्दैनौ। तर भगवान कसरी आउनु हुन्छ यो कसैले पनि जानेका छैनन्। कृष्णको आत्मा जुन सत्ययुगमा थियो त्यसले अनेक रूप धारण गर्दा गर्दा अहिले तमोप्रधान बनेको छ फेरि सतोप्रधान बन्छ। शास्त्रमा यो भूल भएको छ। यो भूल जब हुन्छ तब त म आएर अभूल बनाउँछु नि। यो भूल पनि ड्रामामा छ फेरि पनि हुन्छ। अहिले तिमीलाई सम्झाइएको छ, शिव भगवानुवाच। भगवान शिवलाई नै भन्छन्। भगवान त एउटै हुनुहुन्छ। सबै भक्तहरूलाई फल दिने एक भगवान। उहाँलाई कसैले पनि चिन्न सक्दैनन्। आत्माले भन्छ ओ गड फादर। ती लौकिक पिता त यहाँ छन् फेरि पनि उहाँ पितालाई याद गर्छन्, त्यसैले आत्माका दुई पिता हुन्छन्। भक्तिमार्गमा उहाँ पितालाई याद गरिरहन्छन्। आत्मा त हुन्छ नै। यति सबै आत्माहरूलाई आ-आफ्नो पार्ट मिलेको छ। एक शरीर छोडेर फेरि अर्को लिएर पार्ट खेल्नु पर्ने हुन्छ। यी सबै कुरा बाबाले नै सम्झाउनु हुन्छ। भन्छन् पनि, हामी यहाँ पार्ट खेल्न आएका हौं। यो एक नाट्यशाला हो। यसमा यी चन्द्रमा-तारा आदि सबै बत्तीहरू हुन्। यी सूर्य, चन्द्रमा, ताराहरूलाई मनुष्यहरूले देवता भन्छन् किनकि यिनीहरूले धेरै राम्रो काम गर्छन्, रिमझिम गर्छन्, कसैलाई दु:ख दिंदैनन्, सबैलाई सुख दिन्छन्। धेरै काम गर्छन्, त्यसैले यिनलाई देवता भनिन्छ। राम्रो काम गर्नेलाई भन्छन् मानौं यो त देवता जस्तै छ। वास्तवमा देवताहरू त सत्ययुगमा थिए। सबै सुख दिनेवाला थिए। सबैको प्रीत थियो, त्यसैले देवताहरूसँग उनको तुलना गरिएको हो। देवताहरूको गुणको गायन छ। उनको अगाडि गएर गाउँछन् हम निर्गुण हारे में कोइ गुण नाही, आप ही तरस परोई... हजुरलाई त दया आउँछ होला। बाबा भन्नुहुन्छ दया आयो त्यसैले त फेरि आएँ, तिमीलाई गुणवान बनाउन। तिमी पुज्य थियौ, अहिले पुजारी बनेका छौ फेरि पुज्य बन। हम सो को अर्थ पनि तिमीलाई सम्झाइएको छ। मानिसहरूले त भन्छन् आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। बाबा भन्नुहुन्छ यो गलत हो। तिमी आत्मा निराकार थियौ फेरि तिमी नै देवता, क्षत्रिय, वैश्य, शूद्र बन्यौ। अहिले तिमी नै ब्राह्मण वर्णमा आएका छौ। आत्मा पहिला सतोप्रधान, सतो, रजो, तमोमा आउँछ। अहिले तिमी बच्चाहरूलाई थाहा छ यो ज्ञान बाबाले कल्प-कल्प संगमयुगमा आएर दिनुहुन्छ। अवश्य संसार स्वर्ग थियो, त्यहाँ कति थोरै मनुष्य हुन्छन्, अहिले कलियुग हो। सबै धर्म आइ सके। सत्ययुगमा सबै धर्म कहाँ थिए र! त्यहाँ हुन्छ नै एक धर्म, बाँकी सबै आत्माहरू जान्छन्। तिमीलाई थाहा छ अहिले यस पुरानो दुनियाँको विनाश सामुन्ने खडा छ। बाबाले राजयोग सिकाउँदै हुनुहुन्छ। जो कोही आए भने भन यो बेहदको घडी हो। बाबाले दिव्य-दृष्टि दिएर यो घडी बनाउन लगाउनु भएको हो। जसरी त्यस घडीलाई तिमीले घरी-घरी हेर्छौ, अब यो बेहदको घडी याद आउँछ। बाबाले ब्रह्माद्वारा एक धर्मको स्थापना, शंकरद्वारा आसुरी दुनियाँको विनाश गराउनु पर्छ। बुद्धिले पनि भन्छ अवश्य चक्र फिर्नु नै छ। कलियुग पछि सत्ययुग आउँछ। अहिले मनुष्य पनि धेरै छन्, उपद्रव पनि धेरै भइरहन्छ। मिसाइल्स (मूसल) पनि त्यही हो। शास्त्रमा त कति कथाहरू बनाइ दिएका छन्। बाबा आएर वेद-शास्त्रहरूको सार सम्झाउनु हुन्छ। मुख्य धर्म पनि ४ छन्। यो ब्राह्मण धर्म हो पाँचौं। सबैभन्दा उच्च यो हो छोटो धर्म। यज्ञको सम्हाल गर्ने ब्राह्मणहरू हुन्। यो ज्ञान यज्ञ हो। उपद्रवलाई मेटाउनको लागि यो यज्ञ रच्छन्, उनीहरूले सम्झन्छन् यो लडार्इं आदि नलागोस्। अरे, लडाईं लागेन भने सत्ययुग कसरी आउँछ, यतिका सबै मनुष्य कहाँ जान्छन्! हामी सबै आत्माहरूलाई लिएर जानुहुन्छ, त्यसैले अवश्य शरीर यहीँ छोडनु पर्छ। तिमीले पुकार्छौ पनि हे बाबा आएर हामीलाई पतितबाट पावन बनाउनु होस्।

बाबा भन्नुहुन्छ मैले अवश्य पुरानो दुनियाँको विनाश गराउनु पर्छ। पावन दुनियाँ हो नै सत्ययुग, सबैलाई मुक्तिधाम लिएर जान्छु। सबैले काललाई त बोलाउँछन् नि। यो सम्झदैनन् हामीले कालका पनि काललाई बोलाउँछौं। बाबा भन्नुहुन्छ यो पनि ड्रामामा निश्चित छ। आत्माहरूलाई छी-छी दुनियाँबाट निकालेर शान्तिधाममा लिएर जान्छु। यो त राम्रो कुरा हो नि। तिमी मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउनु छ फेरि जीवनबन्धमा। यति सबै त सत्ययुगमा आउँदैनन् फेरि नम्बरवार आउँछन्। त्यसैले अब शान्तिधाम र सुखधामलाई याद गर। पछाडि जो आउँछन् उनको त पार्ट नै थोरै हुन्छ। पहिला अवश्य उनीहरूले सुख पाउँछन्। तिम्रो पार्ट सबैभन्दा उच्च छ। तिमीले धेरै सुख पाउँछौ। धर्म स्थापकले त केवल धर्मको मात्र स्थापना गर्छन्, कसैलाई पनि मुक्त गर्दैनन्। बाबा त यहाँ आएर सबैलाई ज्ञान दिनुहुन्छ। उहाँ नै सबैका पतित-पावन हुनुहुन्छ, सबैलाई मुक्त गर्नुहुन्छ। अरू धर्म स्थापकले कुनै सद्गति गर्न आउँदैनन्, उनीहरू आउँछन् धर्म स्थापना गर्न। उनीहरूले कुनै शान्तिधाम-सुखधाम लिएर जाँदैनन्, सबैलाई शान्तिधाम, सुखधाममा बाबाले नै लिएर जानुहुन्छ। जसले दु:खबाट छुटाएर सुख दिनुहुन्छ, उहाँका नै तीर्थ हुन्छन्। मानिसहरूले यो कुरा बुझ्दैनन्, वास्तवमा सच्चा तीर्थ त एक बाबाका नै हुन्। महिमा पनि एक को नै हो। सबैले उहाँलाई नै पुकार्छन् हे मुक्तिदाता आउनुहोस्। भारतवर्ष नै सच्चा तीर्थ हो, जहाँ बाबा आएर सबैलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। त्यसैले तिमीले फेरि भक्तिमार्गमा उहाँका ठूला-ठूला मन्दिर बनाउँछौ। हीरा-जुहारतका मन्दिर बनाउँछौ। सोमनाथको मन्दिर कति सुन्दर बनाउँछौ। अहिले हेर बाबा कहाँ बस्नुभएको छ? पतित शरीरमा, पतित दुनियाँमा। तिमीले नै जानेका छौ। तिमी बाबाको सहयोगी बन्छौ। अरूलाई मार्ग बताउनमा जसले मदत गर्छ उसलाई नै उच्च पद मिल्छ। यो त नियम हो। बाबा भन्नुहुन्छ मेहनत गर। धेरैलाई मार्ग बताऊ, बाबा र वर्सालाई याद गर। ८४ को चक्र त सामुन्नेमा छ, यो हो मानौं अन्धाको अगाडि ऐना। यो ड्रामा हुबहु दोहोरिन्छ, फेरि पनि मलाई कसैले चिनेका छैनन्। यस्तो पनि होइन, मेरो मन्दिरलाई कसैले लुटे भने मैले केही गरुँ। ड्रामामा लुट्नु नै छ, फेरि पनि लुटेर लैजान्छन्। मलाई बोलाउँछन् नै पतितबाट पावन बनाउनुहोस् भनेर, त्यसैले म आएर तिमी बच्चाहरूलाई पढाउँछु। ड्रामामा विनाश पनि निश्चित छ, त्यो फेरि पनि हुन्छ। मैले कुनै प्रेरणा दिन्न विनाश होस् भनेर। यी मिसाइल्स आदि बनेका छन् यो पनि ड्रामामा निश्चित छ। म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। मेरो पार्ट सबैभन्दा ठूलो छ सृष्टिलाई बदल्नु, पतितबाट पावन बनाउनु। अब समर्थ को हो? म वा ड्रामा? रावण पनि ड्रामा अनुसार आउनु नै छ। जुन ज्ञान ममा छ, त्यो आएर दिन्छु। तिमी शिवबाबाका सेना हौ। रावणमाथि विजय प्राप्त गर्छौ। बाबा भन्नुहुन्छ सेवाकेन्द्रहरू खोल्दै जाऊ। म आँउछु पढाउन। मैले केही लिन्न। पैसा आदि जे जति छ त्यो यसमा सफल गर। यो पनि होइन सबै दिएर भोकले मर। भोकले कोही मर्न सक्दैनन्। बाबाले सबै कुरा दिनुभएको छ फेरि भोकले कहाँ मर्छन् र? तिमी भोकले मर्छौ र? शिव बाबाको भण्डारा हो। आजकल त दुनियाँमा हेर कति मनुष्यहरू भोकले मरिरहन्छन्। अहिले तिमी बच्चाहरूले त बाबाबाट पूरा वर्सा लिने पुरुषार्थ गर्नुपर्छ। यो हो रूहानी प्राकृतिक उपचार। बिलकुल साधारण कुरा, केवल भन्नुहुन्छ मनमनाभव। आत्मालाई उपचार गर्नुहुन्छ, त्यसैले बाबालाई अविनाशी सर्जन पनि भनिन्छ। कति राम्रो अपेरशन सिकाउनु हुन्छ। मलाई याद गर्यौ भने तिम्रा सबै दु:ख दूर हुन्छन्। चक्रवर्ती राजा बन्छौ। यो काँडाको जंगलमा रहेर पनि यस्तो सम्झ, हामी फूलको बगैंचामा गइरहेका छौं। घरमा गइरहेका छौं। एक-अर्कालाई याद दिलाउँदै गर। अल्लाह (ईश्वर)लाई याद गर्यौ भने बे बादशाही अवश्य मिल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) उच्च पद प्राप्त गर्नको लागि बाबाको पूरा-पूरा मदतगार बन्नु छ। अन्धाहरूलाई मार्ग देखाउनु छ। बेहदको घडीलाई सधैं याद राख्नु छ।

२) यज्ञको सम्हाल गर्नको लागि सच्चा-सच्चा ब्राह्मण बन्नु छ। पैसा आदि जे छ त्यसलाई सफल गरेर बाबाबाट पूरा-पूरा वर्सा लिनु छ।

वरदान:
स्व - उन्नतिद्वारा सेवामा उन्नति गर्ने सच्चा सेवाधारी भव

स्व-उन्नति सेवाको उन्नतिको विशेष आधार हो। स्व-उन्नति कम छ भने सेवा पनि कम हुन्छ। केवल कसैलाई मुखद्वारा परिचय दिनु मात्रै सेवा होइन, हरेक कर्मद्वारा श्रेष्ठ कर्मको प्रेरणा दिनु यो पनि सेवा हो। जो मन्सा-वाचा-कर्मणा सदा सेवामा तत्पर रहन्छन्, उनलाई सेवाद्वारा श्रेष्ठ भाग्यको अनुभव हुन्छ। जति सेवा गर्छन् त्यति स्वयं पनि अघि बढ्छन्। आफ्नो श्रेष्ठ कर्मद्वारा सेवा गर्नेले सदा प्रत्यक्ष फल प्राप्त गरिरहन्छन्।

स्लोगन:
समीप आउनको लागि सोचाइ, भनाइ र गराइलाई समान बनाऊ।