11.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीलाई गुप्त खुशी हुनु पर्छ हामी परमात्मा बाबाको विश्व विद्यालयका विद्यार्थी हौं, भविष्य नयाँ दुनियाँको वर्सा पाउनको लागि पढिरहेका छौं।

प्रश्न:
कुन स्मृतिमा सदा रह्यौ भने दैवीगुण धारण भइरहन्छ?

उत्तर:
हामी आत्मा शिवबाबाका सन्तान हौं, बाबा हामीलाई काँडाबाट फूल बनाउन आउनु भएको छ यो स्मृति सदा रह्यो भने दैवीगुण धारण भइरहन्छ। पढाइ र योगमा पूरा ध्यान रहोस्, विकार सँग घृणा भयो भने दैवीगुण आउँछ। जुन समय कुनै विकारले आक्रमण गर्छ, सम्झनु पर्छ म काँडा हुँ, मलाई त फूल बन्नु छ।

ओम् शान्ति ।
बच्चाहरूको बुद्धिमा छ हामी रूहानी विश्व विद्यालयमा बसेका छौं। यो नशा हुनु पर्छ। साधारण रीति जसरी स्कुलमा बस्छन्, त्यस्तै यहाँ बुद्धु भएर बस्नु छैन। धेरै बच्चाहरू बुद्धू जसरी बस्छन्। याद रहनु पर्छ यो उच्च भन्दा उच्च परमपिता परमात्माको विश्व विद्यालय हो। उहाँका हामी विद्यार्थी हौं। त्यसैले तिमीलाई कति नशा हुनु पर्छ। यो हो गुप्त खुशी, गुप्त ज्ञान। हरेक कुरा गुप्त छ। कतिलाई यहाँ बसेर पनि बाहिरका खराब विचार आइरहन्छ। यहाँ तिमीले पढ्छौ भविष्य नयाँ दुनियाँको वर्सा पाउनको लागि। त्यसैले तिमी कति खुशी हुनु पर्छ। दैवीगुण पनि हुनु पर्छ। आउन त यहाँ सबै ब्राह्मण नै आउँछन्। त्यहाँको किचडाबाट त निस्किएर यहाँ आउँछौ। त्यसैले तिमी बच्चाहरू कति खुशीमा रहनु पर्छ। सारा दुनियाँ अहिले फोहोरमा छन्। कहाँ कलियुगी फोहोर, कहाँ सत्ययुगी फूलबारी! कलियुगमा एक अर्कालाई काँडा लगाइरहन्छन्। तिमीलाई त अब फूल बन्नु छ। त्यसैले कति खुशी रहनु पर्छ। हामी अहिले फूल बन्छौं। यो बगैंचा हो। बाबालाई बागवान भनिन्छ। बागवान आएर काँडालाई फूल बनाउनु हुन्छ। यो त बच्चाहरूले बुझ्नु पर्छ हामी कुन प्रकारको फूल बनिरहेका छौं। यहाँ बगैंचा पनि छ। मुरली सुनेर फेरि बगैंचामा गएर फूल सँग आफ्नो तुलना गर। म कुनचाहिँ फूल हुँ! म काँडा त होइन? जुन समय क्रोध आउँछ, सम्झनु पर्छ म काँडा हुँ, ममा भूत छ। यति धेरै घृणा आउनु पर्छ। क्रोध त सबैका बीचमा आइहाल्छ। काम त सबैका बीचमा हुन सक्दैन। त्यो त छिपाएर गर्छन्। क्रोध त बाहिर निस्कन्छ। क्रोध गर्यो भने त्यसको असर थोरै दिन चल्छ। क्रोधको पनि नशा हुन्छ, लोभको पनि नशा हुन्छ। आफू सँग आफैंलाई घृणा आउनु पर्छ। तिमीले सम्झन्छौ हामीलाई बाबाले फूल बनाउनु हुन्छ। काम र क्रोध धेरै गन्दा छन्। मानिसको सारा शोभालाई नै गुमाइदिन्छ। यहाँ शोभा देखायौ भने त्यहाँ पनि शोभा पाउने छौ। बाबा सधैं बच्चाहरूलाई सम्झाइरहनु हुन्छ दैवीगुण धारण गर। स्वर्गमा त जाने हो नि? यी लक्ष्मी-नारायण कति गुणवान् थिए। महिमा पनि यिनीहरूको अगाडि गएर गाउँछन् हामी नीच, पापी, कामी हौं। हजुर सर्वगुण सम्पन्न हुनु हुन्छ। तिमीले सम्झाउँछौ पनि, स्वर्ग हो फूलको बगैंचा र नर्क हो काँडाको जङ्गल। शिवबाबाले स्वर्ग स्थापना गर्नुहुन्छ, रावणले नर्क बनाउँछ। विचार गर्नु पर्छ हामी आत्मा बाबाका सन्तान हौं। हामीमा फोहोर कहाँबाट आउँछ? यदि फोहोर छ भने बाबाको नाम बदनाम गर्छौ। क्रोध गर्यौ भने बाबाको निन्दा गराउँछौ। क्रोधको भूत आयो, बाबालाई भुल्यो। बाबाको याद छ भने कुनै पनि भूत आउँदैन। यदि कसैको दिललाई दु:खी बनायौ भने त्यसको पनि असर पर्छ। एक पटक क्रोध गर्यो भने ६ महिनासम्म सबैको बुद्धिमा रहन्छ यो क्रोधी हो। फेरि दिलबाट उत्रिन्छ। बापदादाको दिलबाट पनि उत्रिन्छ। यी दादा पनि विश्वको मालिक बन्छन्, यिनमा पनि अवश्य खुबी छन्। तर कसैको तकदिरमा छैन भने पुरुषार्थ गर्दैन। कति सहज पुरुषार्थ छ, केवल बाबालाई याद गर्यौ भने आत्मा स्वच्छ बन्छ। अरू कुनै उपाय छैन। अहिले राजऋषि त कोही छैनन्, राजयोग सिकाउने एकै बाबा हुनु हुन्छ। मनुष्यले मनुष्यलाई सुधार्न सक्दैन। बाबा आएर सबैलाई सुधार्नु हुन्छ। जो बिलकुल राम्ररी सुध्रिन्छन्, उनीहरू सत्ययुगमा पहिला सुरुमा आउँछन्। त्यसैले कुनै पनि नराम्रो आदत छ भने छोड्नु पर्छ। पढाइमा, योगमा पूरा ध्यान दिनु पर्छ। यो पनि जानेका छौ सबै त समान रूपले उच्च बन्ने छैनन्। तर बाबाले त पुरुषार्थ गराउनु हुन्छ। जति हुनसक्छ पुरुषार्थ गरेर उच्च पद पाऊ। नत्र कल्प-कल्पान्तर पाउन सक्दैनौ। बाबाले बारम्बार सम्झाइरहनु हुन्छ बाबालाई याद गर्यौ भने किचडा निस्किएर जान्छ। ती संन्यासीहरूले त हठयोग सिकाउँछन्। यस्तो नसम्झ हठयोगबाट स्वास्थ्य राम्रो हुन्छ, उनीहरू कहिल्यै बिमारी पर्दैनन्। होइन, उनीहरू पनि बिमारी हुन्छन्। यहाँ जब लक्ष्मी-नारायणको राज्य थियो, त्यतिबेला सबैको आयु धेरै लामो थियो, स्वस्थ-सम्पन्न थिए। अहिले त सबै बिलकुल छोटो आयुका छन्। दुनियाँलाई यस्तो कसले बनायो? यो कसैले जान्दैनन्। बिलकुल घोर अन्धकारमा छन्। तिमीले जति सम्झाऊ, उनलाई बुझ्न बडो मुस्किल छ। फेरि पनि गरिब साधारणले नै बुझ्ने कोसिस गर्छन्। यहाँ कोही लखपति छन् र? आजको लाख पनि ठूलो कुरा होइन। आज लखपति त धेरै छन्। उनीहरूलाई पनि बाबा साधारण भन्नुहुन्छ। आज त करोडपतिको कुरा छ। बिबाहमा पनि कति खर्च गर्छन्। तिमी बच्चाहरूले धेरै युक्ति सँग सम्झाउनु छ, जसद्वारा कसैलाई तीर लागोस्। ठूला-ठूला मानिसहरू कोही एम.पी. आदि आए भने धेरै खुशी हुन्छन्। तर कसैमा पनि तागत छैन जसले आवाज गर्न सकोस्। तिमीले सम्झाउँछौ तर यथार्थ पूरा बुझेर जाँदैनन्। उच्च भन्दा उच्च भगवान्, उच्च भन्दा उच्च यो वर्सा। लक्ष्मी-नारायणलाई कसले यो स्वर्गको वर्सा दियो? यिनीहरू कहाँका निवासी हुन्? यो धेरैलाई थाहा छैन। म्युजियममा धेरै आउँछन्, बुझ्नको लागि। सेवाको मौका राम्रो छ तर योग छैन। बाबालाई याद गर्यौ भने प्रफुल्लता पनि आउँछ, हामी कसका सन्तान हौं! कति बच्चाहरू काइदा अनुसार पढ्दैनन्। बाबा सँग योग छैन। सम्पूर्ण त कोही बनेको छैन। नम्बरवार छन्। बच्चाहरूले एकान्तमा बसेर बाबालाई याद गर्नु पर्छ। यस्तो बाबाबाट हामी स्वर्गको वर्सा पाउँछौं। यस दुनियाँमा हामी नै सबै भन्दा पतित बनेका छौं, फेरि हामीलाई नै पावन बन्नु छ। यो राम्रो सँग याद गर्नु छ। बाबा हर प्रकारको राय त दिनु हुन्छ यस्तो यस्तो गर। जस्तै क्वीन भिक्टोरियाका मन्त्री गरिब थिए, सडकको बत्तीमा पढेर उच्च पद पाए। सोख थियो। यो पनि गरिबहरूको लागि हो। बाबा हुनु हुन्छ गरिब निवाज। धनवानले के भगवानलाई याद गर्न सक्छन् र! भन्छन्, हाम्रो लागि त स्वर्ग यहीँ छ। अरे, बाबाले स्वर्गको स्थापना गर्नु भएकै छैन। अहिले गर्दै हुनु हुन्छ। बाबालाई याद गर्नु पर्छ, पावन त अवश्य बन्नु छ। बच्चाहरूले युक्ति रच्नु पर्छ कसरी कसलाई सम्झाऔं, भारतको प्राचीन योग परमपिता परमात्मा सिवाय कसैले सिकाउन सक्दैन। हठयोग हो निवृत्ति मार्गवालाको लागि। बाबा सम्झाइरहनु हुन्छ जब कसैको कल्याण हुनु छ भने फेरि यसरी लेख्छन् पनि। अझै समय छ त्यसैले कसैको बुद्धिमा आउदैन।

तिम्रो यो हो ईश्वरीय मिसन। तिमीले मनुष्यलाई देवता बनाउने सेवा गर्नु छ। दुनियाँमा त अनेक प्रकारका मतहरू निकालिरहन्छन्, त्यसैले उनीहरूको कति नाम हुन्छ। कति अन्धश्रद्धा छ। रात-दिनको फरक छ। तिमी ब्राह्मणहरूमा पनि रात-दिनको फरक छ। कसैले त केही पनि जान्दैनन्। छ धेरै सहज, आफूलाई आत्मा सम्झियौ, बाबालाई याद गर्यौ भने पाप काटिन्छ। दैवीगुण धारण गर्यौ भने यस्तो बन्छौ। आवाज गर्दै गर। देह-अभिमान छैन भने ढोलक गलामा लगाएर सबैलाई बताऊ बाबा आउनु भएको छ। भन्नुहुन्छ मलाई याद गर्यौ भने पतितबाट पावन बन्छौ। घर-घरमा यो सन्देश दिनु छ। सबैको आत्मामा खिया लागेको छ। तमोप्रधान छन्, सबैलाई बाबाको सन्देश अवश्य पुर्याउनु छ। अन्त्यमा तिम्रो वाह वाह निस्किन्छ। भन्नेछन्, कमाल यिनीहरूको! यति धेरै जगाए तर हामी जागेनौं। जो जागे उनीहरूले पाए, जो सुते उनीहरूले गुमाए। बाबा बादशाही दिन आउनु हुन्छ फेरि पनि गुमाइदिन्छन्। सेवाको युक्तिहरू रच्नु पर्छ। बाबा आउनु भएको छ, भन्नुहुन्छ म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नु छ। याद गरेनौ भने पाप काटिदैन। कुनै पनि खिया नरहोस् तब उच्च पद पाउन सक्छौ। नत्र पद पनि कम, सजाय पनि खाने छौ। सेवाको राम्रो मार्जिन छ। चित्र साथमा लिएर जानाले सेवा गर्न सक्छौ। चित्र यसरी राम्रो सँग बनाउनु पर्छ जो खराब नहुन्। यी चित्र धेरै राम्रो चीज हुन्। बाँकी मोडल (मूर्ति) त खेलौना हुन्। ठूला ठूला मानिसका ठूला ठूला चित्र हुन्छन्। हजार वर्ष पनि चल्छन्। तिम्रा यी ६ वटा चित्र काफी छन्। भन, यो सृष्टिको चक्र कसरी फिर्छ, हामी हजुरलाई सम्झाउँछौं। यस चक्रलाई याद गर्नाले तिमी चक्रवर्ती राजा बन्छौ। ब्याज पनि धेरै राम्रो छ। तर यिनीहरूको महत्त्व बच्चाहरूलाई छैन। यसमा पनि तिमीले सम्झाइरह्यौ भने पनि तिम्रो कमाइ धेरै हुन्छ। यो ब्याज त यस्तो चीज हो, जुन छातीमा लागिरहोस्। उहाँ बाबाले यी ब्रह्माद्वारा यो वर्सा दिनहुन्छ। ट्रेनमा पनि चक्र लगाउँदै यो सम्झाइराख। साना बच्चाहरूले पनि गर्न सक्छन्। तिमीलाई कसैले मनाही गर्न सक्दैन। यो ब्याज यस्तो चीज हो, हीरा-जुहारत, फल-फूल, महल सबै कुरा यसैमा लुकेको छ। तर बच्चाहरूको बुद्धिमा आउँदैन। बाबाले धेरै पटक सम्झाउनु भएको छ चित्र साथमा अवश्य होस्। तिमीलाई कसैले उल्टो-सुल्टो पनि बोल्ने छन्। कृष्णलाई पनि गाली मिल्यो नि भगाउँथे, यो गर्थे। तर उनीहरूलाई पनि पटरानी बनाए नि! विश्वको मालिक बनेर फेरि यस्तो काम कहाँ गर्छन् र? यस ज्ञानमा नशा धेरै हुनु पर्छ। हामी चाहन्छौं छिटै विनाश होस्। फेरि भन्छन्, अहिले त बाबा साथमा हुनु हुन्छ। बाबालाई छोड्यौ भने त फेरि बाबा ५ हजार वर्षपछि मिल्नु हुन्छ। यस्ता बाबालाई हामी कसरी छोड्ने। बाबा सँग त हामी पढिरहने छौं। यो हो ब्राह्मणहरूको उच्च भन्दा उच्च जन्म। यस्ता बाबा जसले हामीलाई राजाई दिइरहनु भएको छ, पछि त हामी उहाँ सँग मिल्ने छैनौं। तर गंगामा रहनेलाई यति कदर रहँदैन। बाहिर रहनेहरूले कति महत्त्व राख्छन्। यहाँ पनि बाहिर रहनेहरू कुर्बान जान्छन्। यदि योगको बल छैन भने कसैलाई पनि सम्झाउँदा असर पर्दैन, केही पनि बुझ्दैनन्। आउन त धेरै आउँछन्, लेख्छन् यस्तो-यस्तो सम्झाएँ, भन्छन्, धेरै राम्रो लाग्यो। बाबा सम्झनु हुन्छ यस्तो भन्नेले मानौं सुनेकै छैन। थोरै पनि बुझेको छैन। बाबालाई नै चिनेका छैनन्। यदि केही बुझेका भए यस्तो बाबा सँग सम्पर्क राख्नु पर्ने, चिठी लेख्न पर्ने। तिमी सँग झट्ट सोधून् तपाईं यस्तो बाबालाई चिठी कसरी लेख्नुहुन्छ, बताउनुहोस्। शिवबाबा केयर अफ ब्रह्मा। एकदम लेख्न थाल्ने छन्। यी त रथ हुन् नि। तर धेरै महत्त्व त उहाँको छ जो यिनमा प्रवेश गर्नुहुन्छ। सेवा गर्दा-गर्दा धेरै बच्चाहरूको गला थाक्छ। तर योग छैन भने तीर लाग्दैन। यसलाई पनि ड्रामा भनिन्छ। बाबालाई चिनेपछि बाबा सँग नभेटी रहन सक्दैनन्। ट्रेनमा पनि योगयुक्त भएर आउँछन्, हामी बाबाको पासमा जान्छौं। जसरी बेलायतबाट आउँदा स्त्री, बाल बच्चा सबै याद आउँछ। यहाँ त हामी कसको पासमा जान्छौं! त्यसैले बाटोमा कति खुशी हुनु पर्छ। सेवा गर्दै-गर्दै आउनु पर्छ। बाबा हुनु हुन्छ सागर, हेर्नुहुन्छ बच्चाहरूले अनुसरण गरिरहेका छन्? ज्ञानका लहरलाई देखेर खुसी हुनुहुन्छ। यो त धेरै राम्रो सपूत बच्चा हो। सबेरै यादको यात्रामा धेरै फाइदा छ। यस्तो पनि होइन, केवल बिहान याद गर्नु छ। उठ्दा-बस्दा, खाँदा-पिउँदा याद गर्छौ, सेवा गर्छौ त्यसैले तिमी यात्रामा छौ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कसैको दिललाई दु:खी बनाउनु हुँदैन। भित्र कुनै पनि भूत छ भने जाँच गरेर त्यसलाई निकाल्नु छ, फूल बनेर सबैलाई सुख दिनु छ।

२) हामी ज्ञान सागरका बच्चाहरू हौं त्यसैले भित्र ज्ञानका लहर सदा उठिरहोस्। सेवाका युक्तिहरू रच्नु छ, ट्रेनमा पनि सेवा गर्नु छ। साथ-साथै पावन बन्नको लागि यादको यात्रामा पनि रहनु छ।


वरदान:
योगबलद्वारा मायाको शक्तिमाथि विजय प्राप्त गर्ने सदा विजयी भव

ज्ञान बल र योग बल सबै भन्दा श्रेष्ठ बल हो। जसरी विज्ञानको बलले अन्धकारमाथि विजय प्राप्त गरेर उज्यालो पारिदिन्छ। त्यस्तै योगबलले सदाको लागि मायामाथि विजय प्राप्त गरेर विजयी बनाइदिन्छ। योगबल यति ठूलो श्रेष्ठ बल हो जसको अगाडि मायाको शक्ति केही पनि होइन। योगबलवाला आत्माहरू सपनामा पनि माया सँग हार खान सक्दैनन्। सपनामा पनि कुनै कमजोरी आउन सक्दैन। यस्तो विजयको तिलक तिम्रो मस्तकमा लागेको छ।

स्लोगन:
पहिलो नम्बरमा आउनु छ भने व्यर्थलाई समर्थमा परिवर्तन गरिदेऊ।