11-03-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– तिमी बाबाका बच्चाहरू मालिक हौ, तिमीले कुनै बाबाको पासमा शरण लिएका छैनौ, बच्चा कहिल्यै पिताको शरणमा जाँदैन।”

प्रश्न:–

कुन कुराको सदा स्मरण भइरह्यो भने मायाले हैरान गर्दैन?

उत्तर:–

हामी बाबाको पासमा आएका छौं। उहाँ हाम्रो पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ तर निराकार हुनुहुन्छ। हामी निराकारी आत्माहरूलाई पढाउने निराकारी बाबा हुनुहुन्छ, यो बुद्धिमा स्मरण रह्यो भने खुसीको पारा चढ्छ र फेरि मायाले पनि हैरान गर्ने छैन।

ओम् शान्ति। त्रिमूर्ति बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ। त्रिमूर्ति बाबा हुनुहुन्छ नि। तीनैलाई रच्ने उहाँ हुनु भयो सर्वका पिता किनकि सर्वोच्च उहाँ बाबा नै हुनुहुन्छ। बच्चाहरूको बुद्धिमा छ– हामी उहाँका सन्तान हौं। जसरी बाबा परमधाममा रहनुहुन्छ त्यस्तै हामी आत्माहरू पनि त्यहाँका निवासी हौं। बाबाले यो पनि सम्झाउनु भएको छ– यो ड्रामा हो, जे हुन्छ त्यो ड्रामामा एकैचोटि हुन्छ। बाबा पनि एकैचोटि पढाउन आउनु हुन्छ। तिमी कुनै शरणागति लिदैनौ। यी अक्षर भक्तिमार्गका हुन्– शरण पडी मैं तेरी। बच्चा कहिले पिताको शरणमा पर्छ र! बच्चाहरू त मालिक हुन्छन्। तिमी बच्चाहरू बाबाको शरणमा परेका छैनौ। बाबाले तिमीलाई आफ्नो बनाउनु भएको छ। बच्चाहरूले बाबालाई आफ्नो बनाएका छन्। तिमी बच्चाहरू बाबालाई बोलाउँछौ नै– बाबा आउनुहोस्, हामीलाई आफ्नो घर लैजानुहोस् अथवा राजाई दिनुहोस्। एक छ शान्तिधाम, दोस्रो छ सुखधाम। सुखधाम हो बाबाको वर्सा र दु:खधाम हो रावणको वर्सा। ५ विकारमा फँस्नाले दु:ख नै दु:ख हुन्छ। अब बच्चाहरूलाई थाहा छ– हामी बाबाको पासमा आएका छौं। उहाँ पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ तर निराकार हुनुहुन्छ। हामी निराकार आत्माहरूलाई पढाउने पनि निराकार नै हुनुहुन्छ। उहाँ हुनुहुन्छ आत्माहरूका पिता। यो सधैं बुद्धिमा स्मरण भइरह्यो भने पनि खुसीको पारा चढ्छ। यो भुल्नाले नै मायाले हैरान गर्छ। अहिले तिमी बाबाको पासमा बसेका छौ, त्यसैले बाबा र वर्सा याद आउँछ। लक्ष्य-उद्देश्य त बुद्धिमा छ नि। याद शिवबाबालाई गर्नु छ। कृष्णलाई याद गर्न त धेरै सहज छ, शिवबाबालाई याद गर्नमा नै मेहनत छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। यदि कृष्ण भएको भए उनीमाथि त सबै बलिहार हुन्थे। खास गरेर माताहरूले हामीलाई कृष्ण जस्तो बच्चा मिलोस्, कृष्ण जस्तो पति मिलोस् भनी चाहन्छन्। अब बाबा भन्नुहुन्छ– म आएको छु, तिमीलाई कृष्ण जस्तो बच्चा अथवा पति पनि मिल्छ अर्थात् यी जस्तो गुणवान सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण सुख दिने बच्चा अथवा पति तिमीलाई मिल्छ। स्वर्ग अथवा कृष्णपुरीमा सुख नै सुख हुन्छ। बच्चाहरूले जानेका छन्– यहाँ हामी पढ्छौं कृष्णपुरीमा जानको लागि। स्वर्गलाई नै सबैले याद गर्छन् नि। कोही मर्छ भने भन्छन् फलानो स्वर्गवासी भयो, तब त खुसी हुनुपर्छ, ताली बजाउनु पर्छ। नर्कबाट निक्लेर स्वर्गमा गयो– यो त धेरै राम्रो भयो। जब कसैले फलानो स्वर्ग गयो भन्छन् भने उनलाई भन– कहाँबाट गयो? अवश्य नर्कबाट गयो। यो त धेरै खुसीको कुरा हो। सबैलाई बोलाएर मिठाई खुवाउनु पर्छ। तर यो त बुझ्ने कुरा हो। उनीहरू यस्तो भन्दैनन् २१ जन्मको लागि स्वर्ग गयो। केवल भनिदिन्छन् स्वर्ग गयो। ठीक छ, फेरि उनको आत्मालाई यहाँ किन बोलाउँछन्? नर्कको भोजन खुवाउन? नर्कमा त बोलाउनु हुँदैन। यो बाबाले बसेर सम्झाउनु हुन्छ, हरेक कुरा ज्ञानको छ नि। बाबालाई बोलाउँछन्– हामीलाई पतितबाट पावन बनाउनुहोस् भनेर। त्यसैले अवश्य पनि पतित शरीरलाई खतम गर्नु पर्यो। सबै मर्नेछन् फेरि को कसको लागि रून्छन्? अब तिमीले जानेका छौ– हामी यो शरीर छोडेर आफ्नो घर जान्छौं। अहिले कसरी शरीर छोड्ने यो कोसिस गरिरहेका छौं। यस्तो पुरुषार्थ दुनियाँमा कसैले गर्छ होला!

तिमी बच्चाहरूलाई यो ज्ञान छ– यो हाम्रो पुरानो शरीर हो। बाबाले पनि भन्नुहुन्छ– म पुरानो जुत्तालाई भाडामा लिन्छु। ड्रामामा यो रथ नै निमित्त बनेको छ। यो बदलिन सक्दैन। यिनलाई तिमीले फेरि ५ हजार वर्षपछि देख्छौ। ड्रामाको रहस्य सम्झेका छौ नि। यो सम्झाउने तागत बाबा बाहेक अरू कसैमा पनि छैन। यो पाठशाला धेरै अचम्मको छ, यहाँ वृद्धहरूले पनि भन्छन्– हामी भगवान-भगवती बन्न भगवानको पाठशालामा पढ्न जान्छौं। अरे, वृद्धाहरूले कहिले कहाँ स्कुलमा पढ्छन् र। तिमीलाई कसैले तिमी कहाँ जान्छौ भनेर सोध्यो भने भन– हामी ईश्वरीय विश्व-विद्यालयमा जान्छौं। त्यहाँ हामी राजयोग सिक्छौं। अक्षर यस्तो सुनाऊ जसले गर्दा उनीहरू चकित होऊन्। वृद्धहरूले पनि भन्छन्– हामी भगवानको पाठशालामा जान्छौं। यहाँ यो अचम्म छ, हामी भगवानको पासमा पढ्न जान्छौं। यस्तो अरू कसैले भन्न सक्दैन। भन्छन्– निराकार भगवान फेरि कहाँबाट आउनु भयो? किनकि उनीहरूले त सम्झन्छन् भगवान नाम रूपबाट न्यारा हुनुहुन्छ। अहिले तिमी समझले बोल्छौ। हरेक मूर्तिको कर्तव्यलाई तिमीले जानेका छौ। बुद्धिमा यो पक्का छ– सर्वोच्च शिवबाबा हुनुहुन्छ, जसका हामी सन्तान हौं। फेरि सूक्ष्म वतनवासी ब्रह्मा-विष्णु-शंकर, तिमी त्यसै भन्दैनौ। तिमीले त भित्रैदेखि जानेका छौ– ब्रह्माद्वारा स्थापना कसरी गर्नुहुन्छ। तिमी बाहेक अरू कसैले पनि जीवन कहानी बताउन सक्दैन। आफ्नै जीवन कहानीलाई पनि जानेका छैनन् भने अरूको कसरी जानेका छन्? तिमीले अहिले सबै कुरा जानिसकेका छौ। बाबा भन्नुहुन्छ– मैले जे जानेको छु, त्यो तिमी बच्चाहरूलाई सम्झाउँछु। राजाई पनि बाबा बाहेक अरू कसैले दिन सक्दैन। यी लक्ष्मी-नारायणले कुनै लडाईंबाट यो राज्य पाएका होइनन्। त्यहाँ लडाइँ हुँदैन। यहाँ त कति लडाइँ-झगडा गरिरहन्छन्। कति धेरै मानिस छन्। अहिले तिमी बच्चाहरूलाई भित्रबाट लाग्नुपर्छ, हामी बाबाबाट दादाद्वारा वर्सा पाइरहेका छौं। बाबा भन्नुहुन्छ– म एकलाई याद गर, यस्तो भन्नुहुन्न– जसमा प्रवेश गरेको छु उनलाई पनि याद गर। होइन। भन्नुहुन्छ– म एकलाई याद गर। ती संन्यासीहरूले त आफ्नो फोटो नाम सहित दिन्छन्। शिवबाबाको फोटो कसरी निकाल्ने? बिन्दुमाथि नाम कसरी लेख्ने! बिन्दुमाथि शिवबाबाको नाम लेख्यौ भने बिन्दु भन्दा पनि नाम ठूलो हुन्छ। बुझ्ने कुरा हो नि। त्यसैले बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ– हामीलाई शिवबाबाले पढाउनु हुन्छ। आत्माले पढ्छ नि। संस्कार आत्माले नै लैजान्छ। अहिले बाबाले आत्मामा संस्कार भर्दै हुनुहुन्छ। उहाँ पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। जुन कुरा बाबाले तिमीलाई सिकाउनु हुन्छ त्यो अरूलाई पनि तिमीले सिकाऊ, सृष्टि चक्रलाई याद गर अनि गराऊ। जो गुण उहाँमा छन् ती बच्चाहरूलाई पनि दिनुहुन्छ। भन्नुहुन्छ– म ज्ञानको सागर, सुखको सागर हुँ। तिमीलाई पनि बनाउँछु। तिमीले पनि सबैलाई सुख देऊ। मनसा, वाचा, कर्मणा कसैलाई पनि दु:ख नदेऊ। सबैको कानमा यो नै मीठो-मीठो कुरा सुनाऊ– शिवबाबालाई याद गर्यौं भने विकर्म विनाश हुन्छ। सबैलाई यो सन्देश दिनु छ– शिवबाबा आउनु भएको छ, उहाँबाट यो वर्सा प्राप्त गरौं। सबैलाई यो सन्देश दिनुपर्छ। अन्त्यमा अखबारमा पनि छापिन्छ। यो त जानेका छौ– अन्त्यमा सबैले भन्छन्– अहो प्रभु तेरी लीला.... हजुरले नै सबैलाई सद्गति दिनुहुन्छ। दु:खबाट छुटाएर सबैलाई शान्तिधाममा लैजानुहुन्छ। यो पनि जादुगरी ठहरियो नि। उनीहरूको छ अल्पकालको जादुगरी। उहाँले त मनुष्यबाट देवता बनाउनु हुन्छ, २१ जन्मको लागि। यस मनमनाभवको जादूले तिमी लक्ष्मी-नारायण बन्छौ। जादूगर, रत्नागर यी सबै नाम शिव बाबाका हुन्, नकि ब्रह्मा बाबाका। यी सबै ब्राह्मण-ब्राह्मणीहरू पढ्छन्। पढेर फेरि पढाउँछन्। बाबा एक्लैले कहाँ पढाउनु हुन्छ र। बाबाले तिमीहरूलाईसँग-सँगै पढाउनु हुन्छ, तिमी फेरि अरूलाई पढाउँछौ। बाबाले राजयोग सिकाइरहनु भएको छ। उहाँ बाबा रचयिता हुनुहुन्छ, कृष्ण त रचना हुन् नि। वर्सा रचयिताबाट मिल्छ, रचनाबाट होइन। कृष्णबाट वर्सा मिल्दैन। विष्णुका दुई रूप यी लक्ष्मी-नारायण हुन्। बाल्यकालमा राधा-कृष्ण भनिन्छ। यो कुरा पनि पक्का याद गर। वृद्धहरूले पनि राम्रोसँग पढे भने उच्च पद पाउन सक्छन्। वृद्ध महिलाहरूको फेरि अलिकति ममत्व रहन्छ। आफ्नै रचनारूपी जालमा फँस्न पुग्छिन्। कतिको याद आउन थाल्छ, उनीहरूबाट बुद्धियोग तोडेर एक बाबासँग जोड्नु– यसैमा मेहनत छ। जीवन छँदै मर्नु छ। बुद्धिमा एकचोटि तीर लाग्यो भने पुग्यो। फेरि युक्तिले चल्नुपर्छ। यस्तो पनि होइन, कसैसँग कुराकानी नै नगरौं। ठीक छ, गृहस्थ व्यवहारमा रहेर पनि सबैसँग कुराकानी गर। उनीहरूसँग पनि नाता राख। बाबा भन्नुहुन्छ– चेरिटी बिगिन्स एट होम। यदि नाता नै राखेनौ भने उनीहरूको उद्धार कसरी गर्छौ? दुवैतर्फ कर्तव्य निर्वाह गर्नु छ। बाबासँग सोध्छन्– विवाहमा जाऊँ? बाबा भन्नुहुन्छ– जाऊ किन नजाने? बाबा केवल भन्नुहुन्छ– काम महाशत्रु हो, त्यसमाथि जित पायौ भने तिमी जगतजित बन्छौ। निर्विकारी हुन्छन् नै सत्ययुगमा। योगबलबाट बच्चा पैदा हुन्छ। बाबा भन्नुहुन्छ– निर्विकारी बन। एक त यो पक्का गर– हामी शिवबाबाको पासमा बसेका छौं, शिवबाबाले हामीलाई ८४ जन्मको कहानी बताउनु हुन्छ। यो सृष्टि-चक्र घुमिरहन्छ। पहिला-पहिला सतोप्रधान देवी-देवताहरू आउँछन् फेरि पुनर्जन्म लिंदै लिंदै तमोप्रधान बन्छन्। दुनियाँ पुरानो पतित बन्छ। आत्मा नै पतित छ नि। यहाँको कुनै चीजमा सार छैन। कहाँ सत्ययुगका फलफूल कहाँ यहाँका! त्यहाँ कहिल्यै पनि अमिलो बासी चीज हुँदैन। तिमीले उहाँको साक्षात्कार पनि गरेका छौ। तिम्रो दिल हुन्छ– यो फलफूल लिएर जाऊँ। तर यहाँ आएपछि त्यो हराइहाल्छ। यो सबै साक्षात्कार गराएर बाबाले बच्चाहरूको दिल बहलाउनु हुन्छ। उहाँ हुनुहुन्छ रूहानी बाबा, जसले हामीलाई पढाउनु हुन्छ। यो शरीरद्वारा आत्माले पढ्छ, नकि शरीर। आत्मालाई शुद्ध अभिमान छ– मैले पनि यो वर्सा लिइरहेको छु, स्वर्गको मालिक बनिरहेको छु। स्वर्गमा त सबै जान्छन् तर सबैको नाम लक्ष्मी-नारायण त हुँदैन। वर्सा आत्माले पाउँछ। यो ज्ञान केवल बाबा बाहेक अरू कसैले दिन सक्दैन। यो त युनिभर्सिटी हो, यसमा साना बच्चा, युवक सबैले पढ्छन्। यस्तो कलेज कहिले देखेका छौ? उनीहरू मनुष्यबाट बेरिस्टर, डाक्टर आदि बन्छन्। यहाँ तिमी मनुष्यबाट देवता बन्छौ।

तिमीलाई थाहा छ– बाबा हाम्रा टिचर, सद्गुरु हुनुहुन्छ, उहाँले हामीलाई साथमा लैजानुहुन्छ। फेरि हामी पढाइ अनुसार आएर सुखधाममा पद पाउँछौ। बाबाले त कहिल्यै पनि तिम्रो सत्ययुगलाई देख्दा पनि देख्नुहुन्न। शिवबाबाले सोध्नुहुन्छ– के मैले सत्ययुग देख्छु? देख्न त शरीरद्वारा देखिन्छ, उहाँको आफ्नो शरीर छैन त्यसैले कसरी देख्ने? यहाँ तिमी बच्चाहरूसँग कुरा गर्नुहुन्छ, देख्नुहुन्छ। यो सारा पुरानो दुनियाँ हो। शरीर बिना त केही देख्न सकिँदैन। बाबा भन्नुहुन्छ– मैले पतित दुनियाँ, पतित शरीरमा आएर तिमीलाई पावन बनाउँछु। मैले स्वर्ग देख्दा पनि देख्दिनँ। यस्तो होइन, कसैको शरीरबाट लुकेर हेरेर आऊँ। होइन, पार्ट नै छैन। तिमीले कति नयाँ-नयाँ कुरा सुन्छौ। त्यसैले अब यो पुरानो दुनियाँसँग दिल लगाउनु छैन। बाबा भन्नुहुन्छ– जति पावन बन्छौ त्यति उच्च पद मिल्छ। सारा यादको यात्राको बाजी छ। यात्रामा पनि मनुष्य पवित्र रहन्छन् फेरि जब फर्केर आउँछन् अनि अपवित्र बन्छन्। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। जानेका छौ– हामी बेहदका बाबाबाट बेहद स्वर्गको वर्सा लिन्छौं। त्यसैले उहाँको श्रीमतमा चल्नु छ। बाबाको यादले नै सतोप्रधान बन्नु छ। ६३ जन्मको खिया चढेको छ। त्यो यस जन्ममा उतार्नु छ, बाँकी कुनै कष्ट छैन। विष पिउने जुन भोक छ, त्यसलाई छोड्नु छ, त्यसको त ख्याल पनि नगर। बाबा भन्नुहुन्छ– यो विकारले गर्दा नै तिमी जन्म-जन्मान्तर दु:खी भएका हौ। कुमारीहरूप्रति त धेरै दया आउँछ। सिनेमा हेर्न जानाले खराब हुन्छन्, यसबाट नै नर्कमा जान्छन्। कहिलेकाहीँ बाबाले कसैलाई भन्नुहुन्छ– हेर्नुमा केही हर्जा छैन, तर तिमीलाई देखेर अरू पनि जान थाल्छन्। त्यसैले तिमीलाई जानु छैन। यो हो भागीरथ। भाग्यशाली रथ हो नि जो निमित्त बनेका छन्– ड्रामामा आफ्नो रथ भाडामा दिने। तिमीले सम्झन्छौ– बाबा यिनमा आउनु हुन्छ, यो हो हुसेनको घोडा। तिमीहरू सबैलाई सुन्दर बनाउँछौ, बाबा स्वयं सुन्दर हुनुहुन्छ तर रथ भने यो लिनुभएको छ। ड्रामामा यिनको पार्ट नै यस्तो छ। अब आत्माहरू जुन काला बनेका छन् तिनलाई सत्ययुगी गोरो बनाउनु छ।

बाबा सर्वशक्तिमान् हुनुहुन्छ वा ड्रामा? ड्रामा। हो, फेरि त्यसमा जो पात्र छन् उनीहरूमा सर्वशक्तिमान् को हो? शिवबाबा। र, फेरि रावण। आधाकल्प हुन्छ राम राज्य, आधाकल्प हुन्छ रावण राज्य। घरी-घरी बाबालाई लेख्छन्– हामी बाबालाई याद गर्न भुल्छौं। उदास हुन्छौं। अरे तिमीलाई स्वर्गको मालिक बनाउन आएको छु, फेरि तिमी उदास किन हुन्छौ! मेहनत त गर्नु छ। पवित्र बन्नु छ। यत्तिकै तिलक दिइन्छ र? आफूले आफैंलाई रहस्य तिलक दिन लायक बन्नु छ– ज्ञान र योगद्वारा। बाबालाई याद गर्दै गयौ भने तिमी स्वयं तिलकको लायक बन्छौ। बुद्धिमा छ शिवबाबा हाम्रा मीठा बाबा, टिचर, सद्गुरु हुनुहुन्छ। हामीलाई पनि धेरै मीठो बनाउनु हुन्छ। तिमीलाई थाहा छ– हामी कृष्णपुरीमा अवश्य जान्छौं। हरेक ५ हजार वर्षपछि भारतवर्ष स्वर्ग अवश्य बन्नु छ। फेरि नर्क बन्छ। मनुष्यले सम्झन्छन्– धनवान छौं, हाम्रो लागि स्वर्ग यहीं नै छ। गरिब नर्कमा छन्। तर यस्तो होइन। यो हो नै नर्क। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) सिनेमा नर्कमा जाने मार्ग हो, त्यसैले सिनेमा हेर्नु छैन। यादको यात्राबाट पावन बनेर उच्च पद लिनु छ, यस पुरानो दुनियाँसँग दिल लगाउनु छैन।

२) मनसा-वाचा-कर्मणा कसैलाई पनि दु:ख दिनु छैन। सबैको कानमा मीठो-मीठो कुरा सुनाउनु छ, सबैलाई बाबाको याद दिलाउनु छ। बुद्धियोग एक बाबासँग जुटाउनु छ।

वरदान:–

पवित्रताको शक्तिद्वारा सदा सुखको संसारमा रहने बेगमपुरको बादशाह भव

सुख-शान्तिको आधार पवित्रता हो। जो बच्चाहरू मन-वचन-कर्म सबैमा पवित्र बन्छन् उनीहरू नै हाइनेस र होलीनेस हुन्छन्। जहाँ पवित्रताको शक्ति हुन्छ, वहाँ सुख शान्ति स्वत: हुन्छ। पवित्रता सुख-शान्तिको माता हो। पवित्र आत्माहरू कहिल्यै पनि उदास हुन सक्दैनन्। उनीहरू बेगमपुरको बादशाह हुन्। उनीहरूको ताज पनि न्यारा र तख्त पनि न्यारा हुन्छ। लाइटको ताज पवित्रताको नै निशानी हो।

स्लोगन:–

म आत्मा हुँ, शरीर होइन– यो चिन्तन गर्नु नै स्व-चिन्तन हो।