11.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा हुनुहुन्छ दाता, तिमी बच्चाहरूले बाबा सँग केही पनि माग्नु आवश्यक छैन। भनाइ पनि छ माग्नुभन्दा मर्नु बेस।

प्रश्न:
कुनचाहिँ स्मृति सदा रह्यो भने कुनै पनि कुराको चिन्ता वा चिन्तन रहँदैन?

उत्तर:
जो बित्यो राम्रो वा नराम्रो, ड्रामामा थियो। सारा चक्र पूरा भएर फेरि दोहोरिनेछ। जसले जस्तो पुरुषार्थ गर्छ, त्यस्तै पद प्राप्त गर्छ। यो कुरा स्मृतिमा रह्यो भने कुनै पनि कुराको चिन्ता वा चिन्तन रहँदैन। बाबाको निर्देशन छ प्यारा बच्चाहरू! बितेको कुराको चिन्तन नगर। उल्टो-सुल्टो कुनै पनि कुरा नत सुन, न सुनाऊ। जुन कुरा बितिसक्यो त्यसको नत विचार गर, न रिपीट गर।

ओम् शान्ति ।
रूहानी बच्चाहरूप्रति रूहानी बाबा बसेर सम्झाउनुहुन्छ। रूहानी बाबालाई दाता भनिन्छ। उहाँ आफैं सब थोक बच्चाहरूलाई दिनुहुन्छ। आउनु नै हुन्छ विश्वको मालिक बनाउन। कसरी बन्नु छ, यो सब थोक बच्चाहरूलाई सम्झाउनुहुन्छ, डायरेक्शन दिइरहनुहुन्छ। दाता हुनुहुन्छ नि। त्यसैले सबै स्वयम्ले नै दिइरहनुहुन्छ। माग्नुभन्दा मर्नु बेस। कुनै पनि चीज माग्नु हुँदैन। शक्ति, आशीर्वाद, कृपा कति बच्चाहरूले मागिरहन्छन्। भक्ति मार्गमा टाउको ठोकेर माग्दा-माग्दा सारा सिँढी उत्रिदै आयौ। अब माग्ने कुनै आवश्यकता छैन। बाबा भन्नुहुन्छ डाइरेक्शनमा चल। एक त भन्नुहुन्छ बितेको कुरालाई कहिल्यै चिन्तन नगर। ड्रामा अनुसार जे भयो बितिसक्यो। त्यसको विचार नगर। नदोहोर्याऊ। बाबा त केवल दुई अक्षर नै भन्नुहुन्छ केवल म एकलाई याद गर। बाबा डाइरेक्शन अथवा श्रीमत दिनुहुन्छ। त्यसमा चल्नु बच्चाहरूको काम हो। यो हो सबैभन्दा श्रेष्ठ डाइरेक्शन। जसले जतिसुकै प्रश्न-उत्तर आदि गरुन्, बाबा त दुई अक्षर नै सम्झाउनुहुन्छ। म हुँ पतित-पावन। तिमीले मलाई याद गरिराख्यौ भने तिम्रो पाप भस्म हुन्छ। यादको लागि पनि कुनै डाइरेक्शन दिनु पर्छ र! बाबालाई याद गर्नु छ, चिल्लाउनु छैन। मनमा केवल बेहदको बाबालाई याद गर्नु छ। दोस्रो श्रीमत के दिनुहुन्छ? ८४ को चक्रलाई याद गर किनकि तिमीलाई देवता बन्नु छ, देवताहरूको महिमा त तिमीले आधाकल्प गर्यौ।

(बच्चा रोएको आवाज आयो) अहिले यो डाइरेक्शन सबै सेन्टरको लागि दिइन्छ बच्चाहरूलाई कसैले पनि लिएर नआऊन्। उनीहरूको कुनै प्रबन्ध गर्नु पर्छ। बाबा सँग जसलाई वर्सा लिनु छ उनीहरूले आफै प्रबन्ध गर्नेछन्। यो रूहानी बाबाको विश्व विद्यालय हो, यसमा साना बच्चाहरूको आवश्यकता छैन। ब्राह्मणी (टीचर)को काम हो सर्भिस लायक बनेपछि उनीहरूलाई रिफ्रेस गर्नको लागि लिएर आउनु पर्छ। कुनै पनि ठूलो मान्छे होस् वा सानो होस्, यो युनिवर्सिटी हो। यहाँ बच्चाहरूलाई जसले लिएर आउँछन् उनीहरूले यो युनिवर्सिटी हो भन्ने सम्झदैनन्। मुख्य कुरा हो यो विश्व विद्यालय हो। यसमा पढ्नेहरू धेरै राम्रो समझदार चाहिन्छ। कच्चाहरूले पनि अशान्ति गर्नेछन् किनकि बाबाको यादमा हुँदैनन् भने बुद्धि यता-उता भट्किरहन्छ। नोक्सान गरिदिन्छन्। यादमा रहन सक्दैनन्। साना बच्चा ल्याए भने यसमा बच्चाहरूको नै नोक्सान छ। कसैलाई त यो ईश्वरीय विश्व विद्यालय हो भन्ने थाहै छैन। यहाँ त मनुष्यबाट देवता बन्नु पर्ने हुन्छ। बाबा भन्नुहुन्छ गृहस्थ व्यवहारमा बाल-बच्चाहरूको साथमा रहनु, यहाँ केवल एक सप्ताह त के ३-४ दिन पनि पर्याप्त छ। ज्ञान त धेरै सहज छ। बाबालाई चिन्नु छ। बेहदको बाबालाई चिनेपछि नै बेहदको वर्सा मिल्छ। कुनचाहिँ वर्सा? बेहदको बादशाही। यस्तो नसम्झ, प्रदर्शनी वा म्यूजियममा सर्भिस हुँदैन। धेरै प्रजा बन्छन्। ब्राह्मण कुल, सूर्यवंशी र चन्द्रवंशी-तीनै यहाँ स्थापना भइरहेको छ। त्यसैले यो धेरै महान् विश्व विद्यालय हो। बेहदका बाबाले पढाउनुहुन्छ। दिमाग एकदम भरपुर हुनु पर्छ। तर बाबा हुनुहुन्छ साधारण तनमा। पढाउनु पनि हुन्छ साधारण रीति, त्यसैले मनुष्यहरूले बुझ्दैनन्। ईश्वरीय विश्व विद्यालय पनि यस्तो हुन्छ र! बाबा भन्नुहुन्छ म हुँ गरिब निवाज। गरिबहरूलाई नै पढाउँछु। धनवान सँग तागत छैन पढ्ने। उनीहरूको बुद्धिमा त धन-सम्पत्ति नै हुन्छ। गरिब नै साहुकार बन्छन्, साहुकार गरिब बन्छन् यो काइदा छ। दान कहिल्यै धनीलाई दिइन्छ र? यो पनि अविनाशी ज्ञान रत्नहरूको दान हो। साहुकारले दान लिन सक्दैनन्। बुद्धिमा बस्दैन। उनीहरू आफ्नो हदको रचना धन-सम्पत्तिमा नै फँसिरहन्छन्। उनीहरूको लागि त यहाँ नै मानौं स्वर्ग छ। भन्छन् हामीलाई अर्को स्वर्गको आवश्यक छैन। कुनै ठूलो मान्छे मर्यो भने पनि भन्छन् स्वर्ग जानुभयो। आफैले नै भन्ने गर्छन् उनी स्वर्ग गए। त्यसो भए अवश्य अहिले नर्क ठहरियो। तर यति पत्थरबुद्धि छन् नर्क के हो, यो बुझ्दै बुझ्दैनन्। यो त तिम्रो कति महान् विश्व विद्यालय हो। बाबा भन्नुहुन्छ जसको बुद्धिमा ताला लागेको छ, आएर उनैलाई पढाउँछु। बाबा जब आउनुहुन्छ तब त आएर ताला खोल्नुहुन्छ। बाबा स्वयं डायरेक्सन दिनुहुन्छ तिम्रो बुद्धिको ताला कसरी खुल्छ? बाबा सँग केही पनि माग्नु छैन, यसमा निश्चय चाहिन्छ। कति प्यारो बाबा हुनुहुन्छ, जसलाई भक्तिमा याद गर्थ्यौ। जसलाई याद गरिन्छ उहाँ अवश्य कुनै समय आउनु पनि हुन्छ नि। याद गर्छन् नै फेरि पनि रिपीट हुनको लागि। बाबा आएर बच्चाहरूलाई नै सम्झाउनु हुन्छ। बच्चाहरूले फेरि बाहिरका मानिसहरूलाई सम्झाउनु छ कसरी बाबा आउनु भएको छ। के भन्नुहुन्छ? प्यारा बच्चाहरू! तिमी सबै पतित छौ, म नै आएर पावन बनाउँछु। तिमी आत्मा जुन पतित बनेका छौ, अब केवल म पतित-पावन बाबालाई याद गर, म सुप्रीम आत्मालाई याद गर। यसमा केही पनि माग्नु पर्ने आवश्यक छैन। तिमीले भक्ति मार्गमा आधाकल्प मागेकै हौ, केही पनि मिलेन। अब माग्न बन्द गर। म आफैंले तिमीलाई दिइरहन्छु। बाबाको बनेपछि वर्सा त मिल्छ नै। जो बालिग बच्चा छन्, उनले बाबालाई तुरून्त बुझिहाल्छन्। बाबाको वर्सा हो नै स्वर्गको बादशाही २१ पीढी। यो त तिमीलाई थाहा छ नर्कवासी छन् त्यसैले ईश्वर अर्थ दान-पुण्य गर्छन् अनि अल्पकालको लागि सुख मिल्छ। मनुष्यहरूले धर्माऊ पनि निकाल्छन्। अक्सर गरेर व्यापारीहरूले निकाल्छन्। त्यसैले जो व्यापारी छन् उनीहरूले भन्नेछन् हामी बाबा सँग व्यापार गर्न आएका छौं। बच्चाहरूले बाबा सँग व्यापार गर्छन् नि। पिताको सम्पत्ति लिएर फेरि त्यसबाट श्राद्ध आदि खुवाउँछन्, दान-पुण्य गर्छन्। धर्मशाला, मन्दिर आदि बनाउँछन् भने त्यसमा पिताको नाम राख्छन् किनकि जसबाट सम्पत्ति मिल्यो वहाँको लागि त अवश्य गर्नु पर्छ। त्यो पनि सौदा भयो। त्यो सबै हो दैहिक कुरा। अहिले बाबा भन्नुहुन्छ बितेको कुराको चिन्तन नगर। उल्टो-सुल्टो कसैले प्रश्न सोध्यो भने भन यी कुरामा जानु पर्ने आवश्यकता छैन। तपाईं पहिला बाबालाई याद गर्नुहोस्। भारतको प्राचीन राजयोग प्रसिद्ध छ। जति याद गर्छौं, दैवीगुण धारण गर्छौं, त्यति उच्च पद पाउँछौं। यो हो विश्व विद्यालय। लक्ष्य-उद्देश्य स्पष्ट छ। पुरुषार्थ गरेर यस्तो बन्नु छ। दैवीगुण धारण गर्नु छ। कसैलाई दु:ख दिनु छैन, कुनै पनि प्रकारको। दु:ख-हर्ता, सुख-कर्ता बाबाको बच्चा हौ नि। त्यो त सर्भिसबाट थाहा लाग्छ। धेरै नयाँ-नयाँ पनि आउँछन्। २५-३० वर्ष पुरानाभन्दा पनि १०-१२ दिनका तीक्ष्ण हुन सक्छन्। तिमी बच्चाहरूले फेरि आफू समान बनाउनु छ। जबसम्म ब्राह्मण बन्दैनन् तबसम्म देवता कसरी बन्न सक्छन्? ग्रेट-ग्रेट ग्रेण्ड फादर त ब्रह्मा हुन् नि। जो भएर जान्छन् उनीहरूको गायन गरिरहन्छन्, फेरि अवश्य उनीहरू आउँछन्। जुन पनि चाडपर्व आदिको गायन छ, सबै भएर गएका हुन्, फेरि हुन्छन्। यस समय सबै चाडपर्व भइरहेका छन् रक्षाबन्धन आदि.... सबैको रहस्य बाबा सम्झाउनुहुन्छ। तिमी बाबाको बच्चा हौ त्यसैले पावन पनि अवश्य बन्नु पर्छ। पतित-पावन बाबालाई बोलाउँछन् भने बाबा मार्ग बताउनुहुन्छ। कल्प-कल्प जसले वर्सा लिएका छन्, उनीहरू एक्युरेट चलिरहन्छन्। तिमी पनि साक्षी भएर देख्दछौ। बापदादा पनि साक्षी भएर देख्नुहुन्छ यसले कहाँसम्म उच्च पद पाउन सक्छ? यसको चरित्र कस्तो छ? टिचरलाई त सबै थाहा हुन्छ नि कतिलाई आफू समान बनाउँछन्, कति समय यादमा रहन्छन्? पहिला त बुद्धिमा यो याद राख्नु पर्छ कि यो ईश्वरीय विश्व विद्यालय हो। विश्व विद्यालय हुन्छ नै ज्ञानको लागि। त्यो हो हदको युनिवर्सिटी। यो हो बेहदको। दुर्गतिबाट सद्गति, नर्कबाट स्वर्ग बनाउनेवाला एक बाबा नै हुनुहुन्छ। बाबाको दृष्टि त सबै आत्माहरू तर्फ जान्छ। सबैको कल्याण गर्नु छ। फर्काएर लैजानु छ। तिमीलाई मात्र होइन, सारा संसारको आत्माहरूलाई याद गर्नुहुन्छ। त्यसमा तिमी बच्चाहरूलाई पढाउनुहुन्छ। यो पनि बुझ्दछौ जसरी नम्बरवार जो आएका छन् उनीहरू फेरि जान्छन् पनि यसरी नै। सबै आत्माहरू नम्बरवार आउँछन्। तिमी पनि नम्बरवार कसरी जान्छौ, त्यो सबै सम्झाइन्छ। कल्प पहिला जे भएको थियो त्यही हुन्छ। तिमी फेरि कसरी नयाँ दुनियाँमा आउँछौ, यो पनि तिमीलाई सम्झाइन्छ। नम्बरवार जो नयाँ दुनियाँमा आउँछन्, उनीहरूलाई नै सम्झाइन्छ।

तिमी बच्चाहरूले बाबालाई जानेपछि आफ्नो धर्मलाई र सबै धर्मको सारा वृक्षलाई जान्दछौ। यसमा केही पनि माग्ने दरकार छैन, आशीर्वादको कुरा पनि छैन। लेख्छन् बाबा दया गर्नुहोस्, कृपा गर्नुहोस्। बाबाले त केही पनि गर्नुहुन्न। बाबा त आउनुभएकै छ मार्ग बताउन। ड्रामामा मेरो पार्ट नै छ सबैलाई पावन बनाउने। यसरी नै पार्ट खेल्छु, जसरी कल्प-कल्प बजाएको थिएँ। जे पास्ट भयो, राम्र्रो वा नराम्रो, ड्रामामा थियो। चिन्तन कुनै कुराको गर्नु छैन। हामी अगाडि बढिरहन्छौं। यो बेहदको ड्रामा हो नि। सारा चक्र पूरा भएर फेरि दोहोरिनेछ। जसले जस्तो पुरुषार्थ गर्छन्, त्यस्तै नै पद पाउँछन्। माग्नु पर्ने दरकार छैन। भक्ति मार्गमा तिमीले अथाह माग्यौ। सबै पैसा बर्बाद गरिदियौ। यो सबै ड्रामामा बनेको छ। त्यो सम्झाउनुहुन्छ। आधाकल्प भक्ति गर्दा, शास्त्र पढ्दा कति खर्च हुन्छ। अहिले त तिमीले केही पनि खर्च गर्नु पर्ने आवश्यक छैन। बाबा त दाता हुनुहुन्छ नि। दातालाई आवश्यकता छैन। उहाँ त आउनु भएको हो नै दिनको लागि। यस्तो नसम्झ कि हामीले शिवबाबालाई दियौ। अरे, शिवबाबाबाट त धेरै मिल्छ। तिमी यहाँ लिन आएका हौ नि। टिचर सँग स्टुडेन्ट लिनको लागि आउँछन्। ती लौकिक पिता, टिचर, गुरुबाट त तिमीलाई घाटा नै भयो। अब बच्चाहरूले श्रीमतमा चल्नु छ तब नै उच्च पद पाउन सक्नेछौ। शिवबाबा हुनुहुन्छ डबल श्री श्री, तिमी बन्छौ सिंगल श्री। श्री लक्ष्मी, श्री नारायण भनिन्छ। श्री लक्ष्मी, श्री नारायण दुई हुन्छन्। विष्णुलाई श्री श्री भनिन्छ किनकि दुई एकसाथ छन्। फेरि पनि दुवैलाई बनाउने को हुनुहुन्छ? एकै श्री श्री बाबा हुनुहुन्छ। बाँकी श्री श्री त कोही हुँदैनन्। आजभोलि त श्री लक्ष्मी-नारायण, श्री सीता-राम पनि नाम रखाउँछन्। त्यसैले बच्चाहरूले यी सबै धारण गरेर खुशीमा रहनु छ।

आजकाल आध्यात्मिक सम्मेलन पनि भइरहन्छ। तर आध्यात्मिकताको अर्थ केही पनि बुझ्दैनन्। आध्यात्मिक ज्ञान त एक बाहेक कसैले दिन सक्दैनन्। बाबा सबै आत्माहरूको बाबा हुनुहुन्छ। उहाँलाई आध्यात्मिक भनिन्छ। फिलोसफीलाई पनि आध्यात्मिक भनिदिन्छन्। यो त बुझेका छौ यो जङ्गल हो, सबैले एक-अर्कालाई दु:ख दिइरहन्छन्। तिमीलाई थाहा छ अहिंसा परमो देवी-देवता धर्म भनिएको छ। त्यहाँ कुनै मारपीट हुँदैन। रिसाउनु पनि हिंसा हो फेरि सेमी हिंसा भन वा जे भन। यहाँ त एकदम अहिंसक बन्नु छ। मनसा, वाचा, कर्मणा कुनै पनि खराब कुरा हुनुहुँदैन। कोही पुलिस आदिमा काम गर्छन् भने त्यसमा पनि युक्तिले काम निकाल्नु छ। जहाँसम्म हुन सक्छ प्यारले काम मिलाउनु पर्छ। बाबाको आफ्नो अनुभव छ, प्यारले आफ्नो काम मिलाउँछन्, यसमा धेरै युक्ति चाहिन्छ। धेरै प्यारले कसैलाई सम्झाउनु छ कसरी एकको सयगुणा दण्ड पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हामी दु:ख-हर्ता, सुख-कर्ता बाबाका बच्चा हौं, त्यसैले कसैलाई पनि दु:ख दिनु हुँदैन। लक्ष्य-उद्देश्यलाई सामुन्ने राखेर दैवी गुण धारण गर्नु छ। आफू समान बनाउने सेवा गर्नु छ।

२) ड्रामाको हरेक पार्टलाई जानेर कुनै पनि बितेका कुराको चिन्तन गर्नु छैन। मनसा, वाचा, कर्मणा कुनै खराब कर्म नहोस् यसमा ध्यान दिएर डबल अहिंसक बन्नु छ।


वरदान:
चारै विषयहरूमा बाबाको मन पसन्द अंक प्राप्त गर्ने दिल तख्तनशीन भव

जुन बच्चाहरूले चारै विषयमा राम्रो अंक ल्याउँछन्, आदिदेखि अन्त्यसम्म राम्रो नम्बरले पास हुन्छन्, उनलाई नै सम्मान सहित पास भनिन्छ। बीच-बीचमा अंक कम भयो, फेरि मेकप गर्यो, यस्तो होइन। सबै विषयमा बाबाको मन पसन्दवाला नै दिल तख्तनशीन बन्छन्। साथ-साथै ब्राह्मण संसारमा सबैको प्यारो, सबैको सहयोगी, सबैको सम्मान प्राप्त गर्नेवाला दिल-तख्तनशीन सो राज्य-तख्तनशीन बन्छन्।

स्लोगन:
दिलरुबा ऊ नै हो, जसको दिलमा सदा यही अनहद गीत बजिरहोस् म बाबाको, बाबा मेरो।