11.05.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी नै
धेरै समय देखि बिछोडिएका हौ , तिमीले नै पूरा ८४ जन्मको पार्ट खेलेका छौ , अब
तिमीलाई दु:खको बन्धनबाट सुखको सम्बन्धमा जानु छ , त्यसैले अपार खुशीमा रहने गर।”
प्रश्न:–
अपार खुशी कुन
बच्चाहरूलाई सदा रहन सक्छ?
उत्तर:–
जसलाई निश्चय छ– १) बाबा मलाई विश्वको मालिक बनाउन आउनु भएको छ। २) मेरो सच्चा बाबा
उही गीताको सच्चा-सच्चा ज्ञान सुनाउन आउनु भएको छ। ३) म आत्मा अहिले ईश्वरको गोदमा
बसेको छु। म आत्मा यस शरीर सहित बाबाको बनेको छु। ४) बाबा मलाई भक्तिको फल (सद्गति)
दिन आउनु भएको छ। ५) बाबाले मलाई त्रिकालदर्शी बनाउनु भएको छ। ६) भगवानले मलाई माता
बनेर एडप्ट गर्नु भएको छ। म ईश्वरीय विद्यार्थी हुँ। जो यस स्मृति वा निश्चयमा
रहन्छ, उसलाई अपार खुशी हुन्छ।
ओम् शान्ति ।
बच्चाहरूलाई निश्चय छ– म आत्मा हुँ। बाबा भगवानले मलाई पढाइरहनु भएको छ। त्यसैले
बच्चाहरूलाई धेरै खुशी हुनुपर्छ। सम्मुख आउँदा आत्माले सम्झन्छ– बाबा आउनु भएको छ–
सबैको सद्गति गर्न। सबैको सद्गति दाता, जीवनमुक्ति दाता उहाँ नै हुनुहुन्छ।
बच्चाहरूले जान्दछन्– मायाले घरी घरी भुलाइदिन्छ। तर यो त बुझ्दछन्– हामी बाबाको
सम्मुख बसेका छौं। निराकार बाबा यस रथमा सवारी हुनुहुन्छ। जसरी मुसलमानहरूले घोडामा
पटका (स्याश) राख्छन्। भन्दछन्– यस घोडामा मुहम्मदको सवारी भएको थियो। त्यसको निसानी
राखिदिन्छन्। यहाँ त छ निराकारी बाबाको प्रवेशता। बच्चाहरूलाई धेरै खुशी हुनुपर्छ।
स्वर्गको मालिक बनाउने बाबा वा विश्वको मालिक बनाउने बाबा आउनु भएको छ। बाबा
हुनुहुन्छ गीताको सच्चा-सच्चा भगवान। आत्माको बुद्धि बाबातर्फ हुनुपर्छ। यो हो
आत्माको बाबासँगको प्रेम। यो खुशी कसलाई चढ्छ? जो धेरै समयदेखि अलग भएका छन्। बाबा
स्वयं पनि भन्नुहुन्छ– मैले तिमीलाई सुखको सम्बन्धमा पठाएको थिएँ अहिले दु:खको
बन्धनमा छौ। तिमीले अहिले सम्झन्छौ– सबैले ८४ जन्म लिदैनन्। ८४ लाखको चक्र त कसैको
बुद्धिमा बस्न सक्दैन। बाबाले ८४ को चक्र बिलकुलै ठीक बताउनु भएको छ। बाबाका बच्चाले
८४ जन्म लिइरहन्छन्। अहिले त तिमीले जान्दछौ– हामी आत्माले यी अंगहरूद्वारा सुन्छौं।
बाबाले यस मुखद्वारा सुनाइरहनु भएको छ। स्वयं भन्नुहुन्छ– मैले यी अंगको आधार
लिनुपर्छ, यिनको नाम ब्रह्मा राख्नुपर्छ। प्रजापिता ब्रह्मा त मनुष्य नै हुनुपर्छ
नि। सूक्ष्मवतनमा कहाँ भनिन्छ र– प्रजापिता ब्रह्मा। स्थूल वतनमा आएर भन्नुहुन्छ– म
यस ब्रह्मा तनमा प्रवेश गरेर तिमीलाई एडप्ट गर्दछु। तिमीलाई थाहा छ– आत्माहरू
ईश्वरको गोदमा जान्छन्। शरीरविना त गोद हुन सक्दैन। आत्माले भन्छ– म शरीरद्वारा
यिनको बन्छु। यो शरीर उहाँले लोन लिनुभएको छ। यो जीव (शरीर) उहाँ बाबाको होइन।
आत्माले यसमा प्रवेश गरेको छ। तिम्रो तनमा पनि आत्मा प्रवेश भयो नि। उहाँ बाबा पनि
भन्नुहुन्छ– म यिनमा छु, कहिले बच्चा बन्छु, कहिले मम्मा पनि बन्छु। बाबा जादुगर
हुनुहुन्छ नि। कसैले फेरि यस खेलपाललाई जादुगरी सम्झन्छन्। दुनियाँमा झुटो
ऋद्धि-सिद्धिको काम धेरै चल्छ। कृष्ण पनि बन्छन्, जसको कृष्णमा भाव छ उसलाई झट्ट
कृष्ण देखिन्छ। तिनलाई मान्छन्, फेरि तिनका अनुयायी पनि बन्छन्। यहाँ त सारा ज्ञानको
कुरा छ। पहिले यो पक्का निश्चय हुनुपर्छ– म आत्मा हुँ र बाबा त भन्नुहुन्छ म तिम्रो
बाबा हुँ, तिमी बच्चाहरूलाई त्रिकालदर्शी बनाउँछु। यस्तो ज्ञान कसैले दिन सक्दैन।
भक्तिमार्गको अन्त्य भएपछि मात्र बाबालाई आउनुपर्छ। हुन त धेरैलाई शिवलिंगको, अखण्ड
ज्योति स्वरूपको साक्षात्कार हुन्छ। जसको जस्तो भावना हुन्छ त्यो म पूरा गर्छु। तर
मसँग कोही मिल्दैन। मलाई चिन्दै-चिन्दैनन्। अहिले त तिमीले जान्दछौ बाबा पनि बिन्दु
हुनुहुन्छ हामी पनि बिन्दु हौं। हाम्रो आत्मामा पनि यो ज्ञान छ। तिम्रो आत्मामा पनि
ज्ञान छ। यो कसैलाई थाहा छैन– हामी आत्मा परमधाममा रहन्छौं। तिमी बाबाको सामुन्ने
आएर बस्यौ भने रोमाञ्च खडा हुन्छन्। अहो! शिवबाबा जो ज्ञानको सागर हुनुहुन्छ उहाँले
यिनमा बसेर हामीलाई पढाउनुहुन्छ। बाँकी कृष्ण वा गोपीको त कुरै छैन। न यहाँ, न
सत्ययुगमा हुन्छन्। त्यहाँ त हरेक राजकुमार आफ्नो महलमा रहन्छ। यी सबै कुरालाई
तिनैले सम्झन्छन् जसले आएर बाबाबाट वर्सा लिन्छन्। त्यसैले यो खुशी पनि भित्र
हुनुपर्छ। भन्दछन् पनि– तिमी माता पिता... तर यसको अर्थ नै बुझ्दैनन्। पिता त ठीकै
हो फेरि माता कसलाई भनिन्छ। माता त अवश्य चाहिन्छ। यी माताको कुनै माता हुन सक्दैन।
यो राज धेरै बुझ्नुपर्ने हुन्छ र बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ– तिमीमा पनि
कुनै अवगुण हुनुहुँदैन। गाउँछन् पनि– म निर्गुणीमा कुनै गुण छैन। अब बच्चाहरूलाई
गुणवान् बन्नुपर्छ। कुनै काम छैन, कुनै क्रोध छैन। देहको अहंकार पनि हुनुहुन्न।
यस समयमा तिमी यहाँ बसेका छौ, जान्दछौ– हामी यहाँ छौं फेरि उदास किन हुन्छौ? तर यो
परिपक्व अवस्था अन्त्यमा नै हुन्छ। गायन गरिन्छ पनि– अतीन्द्रिय सुख सोध्नु छ भने
गोप-गोपिनीहरूसँग सोध। यो अन्त्यमा हुन्छ, यस्तो कसैले भन्न सक्दैन– हामी ७५
प्रतिशत अतीन्द्रिय सुखमा रहन्छौं। यस समयमा पापको बोझ धेरै छ। गुरु कृपाले वा गंगा
स्नानले पाप काटिन सक्दैन। बाबा अन्त्यमा नै आएर ज्ञान दिनुहुन्छ। देखाउँछन्–
कन्याद्वारा बाण मार्न लगाइयो। फेरि मर्ने बेलामा गंगा जल पिलाइयो। तिमी यहाँ जब
बेहोश हुन्छौ अनि तिमीलाई बाबाको याद दिलाइन्छ। मामेकम्, यो बच्चाहरूलाई बानी
पर्नुपर्छ। यस्तो होइन कसैले याद गराओस्। शरीर छोड्ने समयमा आफैं याद आओस्, कसैको
मदतविना बाबालाई याद गर्नु छ। उनीहरूले त मन्त्र दिन्छन्। त्यो त सामान्य कुरा हो।
त्यस समयमा धेरै मारा-मारी आदि हुन्छ। तिमी भिन्न-भिन्न स्थानमा रहन्छौ। त्यस समयमा
यसो भन्दैनौ– शिव-शिव भन्नुहोस्। त्यतिखेर पूरा याद चाहिन्छ, प्रेम चाहिन्छ,
तबमात्रै नम्बरवन पद प्राप्त गर्न सक्छौ। तिमी बच्चाहरूलाई थाहा छ– म तिम्रो बाबा
हुँ, कल्प पहिले पनि तिमी बच्चाहरूलाई फूल जस्तो बनाएको थिएँ। सत्ययुगमा योगबलले
सम्पूर्ण बच्चा पैदा हुन्छन्। दु:ख दिने चीज केही हुँदैन त्यहाँ। नाम नै हो स्वर्ग।
तर त्यहाँ को निवास गर्दछ, यो दुनियाँले जान्दै-जान्दैनन्। शास्त्रमा यस्ता धेरै
कुराहरू लेखिदिएका छन्– त्यहाँ पनि हिरण्यकश्यप आदि थिए– यो सबै भक्तिको सामग्री
हो। भक्ति पनि पहिले सतोप्रधान हुन्छ, पछि बिस्तारै-बिस्तारै तमोप्रधान हुँदै जान्छ।
बाबा भन्नुहुन्छ– मैले तिमीलाई आकाशमा चढाउँछु। तिमी बिस्तारै-बिस्तारै तल आउँछौ।
कुनै पनि मनुष्यको महिमा छँदैछैन। सर्वका सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। बाँकी
गुरुहरूले अनेक प्रकारका तीर्थ यात्रा आदि सिकाउँछन्, फेरि पनि तल गिरिरहन्छन्। हुन
त भक्तिमार्गमा मीरालाई साक्षात्कार भयो। तर उनी कहाँ विश्वकी मालिक बनिन् र।
तिमीलाई त बाबा भन्नुहुन्छ– जिन्न बन। तिमीलाई काम दिन्छु– केवल अल्फ र बेलाई याद
गरिराख। यदि थाक्यौ, याद गरेनौ भने मायाले काँचै खान्छ। एउटा कथा पनि छ– जिन्नले
खायो। बाबा पनि भन्नुहुन्छ– तिमीले याद गरेनौ भने मायाले काँचै खान्छ। यादमा बस्नाले
खुशी चढ्छ। बाबाले मलाई विश्वको मालिक बनाउनुहुन्छ। बाबा सामुन्ने बस्नु भएको छ।
तिमी आत्माहरूले सुन्छौ। मीठा लाडला बच्चाहरू म तिमीलाई मुक्तिधाममा लिएर जान आएको
छु। हुन त फर्केर जाने कोसिस धेरैले गर्छन्, तर कोही जान सक्दैन। कलियुगपछि सत्ययुग,
रातपछि दिन आउनु नै छ। तिमीलाई थाहा छ– सत्ययुगमा हामी नै हुन्छौं। बाबाले फेरि
हामीलाई राज्य भाग्य दिनुहुन्छ। खुशीको पारा चढ्छ अन्त्यमा। जब फाइनल हुन्छ, अनि
विनाश हुन्छ। तिमी साक्षी भएर हेरिरहन्छौ। अकारण हत्याको खेल हुन्छ नि। के गल्ती
गरेको छ, जो मार्नको लागि बम आदि बनाएका छन्। मर्न त मर्छन् नै। उनीहरूले पनि
सम्झन्छन्– हामीलाई कसैले प्रेरणा दिइरहेको छ। जसले नचाहँदा नचाहँदै पनि यी बम आदि
बनाउँछन्। खर्च त धेरै हुन्छ। ड्रामामा निश्चित छ, यसबाट विनाश हुनु नै छ। अनेक
धर्मका बीच एउटा धर्मले राज्य गर्न सक्दैन। अब अनेक धर्मको विनाश भएर एक धर्मको
स्थापना हुनु छ।
तिमीलाई थाहा छ– हामीले बाबाको श्रीमतमा राज्य स्थापना गरिरहेका छौं। उनीहरू फेरि
मैदानमा जान्छन्– ड्रिल आदि सिक्नको लागि। सम्झन्छन्– मर्नु र मार्नु छ। यहाँ त त्यो
कुरा छैन। धेरै खुशी हुनुपर्छ– बाबा आउनु भएको छ। प्राचीन भारतको राजयोग निराकार
भगवानले नै सिकाउनु भएको थियो। नाम परिवर्तन गरेर कृष्ण राखिदिएका छन्।
संन्यासीहरूले सम्झन्छन्– प्राचीन योग हाम्रो नै हो। तिमीलाई कति राम्रोसँग
सम्झाउनुहुन्छ। बच्चाहरूले मलाई चिन्दछौ– म तिम्रो बाबा हुँ। मलाई नै पतित-पावन,
ज्ञानको सागर भन्छौ। कृष्ण त पतित दुनियाँमा आउन सक्दैनन्। कृष्णलाई फेरि द्वापरमा
लिएर गएका छन्। कति गलतफहमी छ, बिलकुलै तमोप्रधान बनेका छन्। म आउँछु नै तब, जब
सबैलाई मुक्तिधाममा लिएर जाने समय हुन्छ।
तिमीलाई थाहा छ– हामीले पढिरहेका छौं। हामी ईश्वरीय विद्यार्थी हौं। यो स्मरण
गरिरह्यौ भने रोमाञ्च खडा हुन्छ। बाबाले तिमी बच्चाहरूलाई ज्ञानको गर्भ धारण
गराइरहनु भएको छ। फेरि तिमीले यो भुल्दछौ किन र। बच्चा पैदा भयो र बाबा भन्न थाल्यो।
सम्झन्छ– म हकदार भएँ। त्यसैले निरन्तर मलाई याद गर। बाबा मत दिनुहुन्छ– प्यारा
बच्चाहरू! काम महाशत्रु हो, यसले तिमीलाई आदि-मध्य-अन्त्य धेरै दु:ख दिएका छौ। यो
हो मृत्युलोक, वेश्यालय। रामले शिवालय बनाउनुहुन्छ, जसमा देवी-देवता धर्मको राज्य
हुन्छ। तर उसले कसरी राज्य लियो, कहिले लियो, यो तिमीले अहिले जानेका छौ। उनीहरूले
सम्झन्छन्– देवी-देवताले कहिल्यै पुनर्जन्म लिदैनन्। कुनै एउटा ठूलालाई समझ आयो भने
आवाज फैलिन्छ। गरिबको त कसैले कुरा नै सुन्दैन। तिमी मध्ये पनि नम्बरवार धारणा भएका
छन्। स्कूल एउटै हो। शिक्षक एउटै हुनुहुन्छ। बाँकी पढ्नेहरू सबै नम्बरवार छन्। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मायाको आक्रमणबाट बच्नको लागि जिन्न बनेर अल्फ र बेलाई याद गरिरहनु छ। शिरमा जुन
पापको बोझ छ त्यसलाई योगबलद्वारा उतार्नु छ। अतीन्द्रिय सुखमा रहनु छ।
२) मुखले केवल शिव
शिव भन्नु छैन। बाबासँग सच्चा प्रेम राख्नु छ। काँडाबाट फूल बनाउने सेवामा तत्पर
रहनु छ।
वरदान:–
निश्चिन्त
स्थितिद्वारा यथार्थ निर्णय दिने , निश्चयबुद्धि विजयी-रत्न भव
सदा विजयी बन्ने सहज
साधन हो– एक बल एक भरोसा। एकमा भरोसा छ भने बल मिल्छ। निश्चयले सदा निश्चिन्त
बनाउँछ। जसको स्थिति निश्चिन्त छ, ऊ हर कार्यमा सफल हुन्छ, किनकि निश्चिन्त रहनाले
बुद्धिले निर्णय यथार्थ गर्छ। त्यसैले यथार्थ निर्णयको अधार हो– निश्चय बुद्धि,
निश्चिन्त। सोच्ने पनि आवश्यकता छैन किनकि फलो फादर गर्नु छ। कदममा कदम राख्नु छ।
जुन श्रीमत मिल्छ त्यही अनुसार चल्नु छ। केवल श्रीमतको कदममा कदम राख्दै जाऊ, तब
विजयी रत्न बन्छौ।
स्लोगन:–
मनमा सबैप्रति
कल्याणको भावना राख्नु नै विश्व कल्याणकारी बन्नु हो।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
यस संगम समयमा
हामीलाई जुन ईश्वरीय ज्ञान मिलेको छ, के फेरि यही ज्ञान सत्ययुगमा मिल्छ? अब यस
विषयमा सम्झाइन्छ– सत्ययुगमा त हामी स्वयं ज्ञान स्वरूप हुन्छौं। देवताको प्रारब्ध
भोगिरहन्छौ। त्यहाँ ज्ञानको लेनदेन चल्दैन। ज्ञानको आवश्यकता हुन्छ अज्ञानीहरूलाई।
सत्ययुगमा त सबै ज्ञान स्वरूप हुन्छन्, त्यहाँ कोही अज्ञानी हुँदै हुँदैन जसलाई
ज्ञान दिने आवश्यकता होस्। यस समयमा हामीले सारा विराट ड्रामाको आदि मध्य अन्त्यलाई
बुझेका छौं। आदिमा हामी को थियौं, कहाँबाट आयौं र मध्यमा कर्मबन्धनमा फँसेर कसरी
गिर्यौं। अन्त्यमा हामी कर्मबन्धनबाट अतीत भएर कर्मातित देवता बन्नु छ। अहिले जुन
पुरुषार्थ चलिरहेको छ, यसबाट हामी भविष्य प्रारब्ध स्वरूप सत्ययुगी देवता बन्छौं।
यदि त्यहाँ हामी गिर्नेछौं भन्ने थाहा भएमा खुशी गायब हुन्छ। त्यसैले त्यहाँ गिर्ने
ज्ञान हुँदैन। त्यहाँ यो ख्याल हुँदैन। यस ज्ञानद्वारा हामीलाई अहिले यो थाहा भएको
छ– हामी चढ्नु छ र सुखी जीवन बनाउनु छ। आधाकल्प आफ्नो प्रारब्ध भोगेर फेरि आफूले
आफैँलाई बिर्सेर मायाको वश भएर गिर्छौं। यो चढ्नु र गिर्नु अनादि देखि बनिबनाउ खेल
हो। यो सारा ज्ञान अहिले बुद्धिमा छ। यो ज्ञान सत्ययुगमा हुँदैन। अच्छा, ओम् शान्ति।