11.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे स दा एउटै चिन्तामा रहने गर , हामीले राम्रोसँग पढेर स्वयंलाई राजतिलक दिनु छ , पढाइबाट नै राजाई मिल्छ।

प्रश्न:
बच्चाहरू कुन उल्लासमा रहनु पर्छ? निराश हुनु हुँदैन, किन?

उत्तर:
सदा यही उल्लास रहोस् हामीलाई लक्ष्मी-नारायण जस्तो बन्नु छ, यसैको लागि पुरुषार्थ गर्नु छ। निराश कहिल्यै पनि हुनु हुँदैन किनकि यो पढाइ धेरै सहज छ, घरमै बसेर पनि पढ्न सक्छौ, यसको लागि कुनै फिस लाग्दैन, तर हिम्मत अवश्य हुनु पर्छ।

गीत:
तुम्हीं हो माता पिता तुम्हीं हो....

ओम् शान्ति ।
बच्चाहरूले आफ्नो बाबाको महिमा सुन्यौ। महिमा एउटैको छ। अरू कसैको महिमा गाउन सकिंदैन। जबकि ब्रह्मा-विष्णु-शंकरको पनि कुनै महिमा छैन। ब्रह्माद्वारा स्थापना गराउनु हुन्छ, शंकरद्वारा विनाश गराउनु हुन्छ, विष्णुद्वारा पालना गराउनु हुन्छ। लक्ष्मी-नारायणलाई यस्तो लायक पनि शिवबाबाले नै बनाउनु हुन्छ। उहाँको नै महिमा हो। उहाँको सिवाय अरू कसको महिमा गाउन सकिन्छ? यिनलाई यस्तो बनाउने टिचर नभएको भए त यिनी पनि यस्ता बन्ने थिएनन्। फेरि महिमा छ सूर्यवंशी घरानाको, जसले राज्य गर्छ। बाबा संगममा नआए यिनलाई राजाई पनि मिल्न सक्दैन। अरू त कसैको महिमा छँदै छैन। विदेशी आदि कसैको पनि महिमा गाउने आवश्यकता छैन। महिमा छ नै केवल एकको, दोस्रो न कोही। उच्च भन्दा उच्च शिवबाबा नै हुनुहुन्छ। उहाँबाट नै उच्च पद मिल्छ त्यसैले उहाँलाई राम्रोसँग याद गर्नु पर्छ नि। आफूलाई राजा बनाउनको लागि आफैंले पढ्नु पर्छ। जसरी कानुन पढिन्छ भने आफूलाई पढाइबाटै वकिल बनाइन्छ नि। तिमी बच्चाहरूलाई थाहा छ शिवबाबाले हामीलाई पढाउनु हुन्छ। जसले राम्रोसँग पढ्छ उसैले उच्च पद पाउँछ। नपढ्नेले पद पाउन सक्दैन। पढ्नकै लागि श्रीमत मिल्छ। मुख्य कुरा हो पावन बन्नु, जसको लागि यो पढाइ हो। तिमीलाई थाहा छ यस बेला सबै तमोप्रधान पतित छन्। असल र खराब मानिस त हुन्छन् नै। पवित्र रहनेलाई असल भनिन्छ। राम्रोसँग पढेर ठूलो मानिस बन्यो भने महिमा हुन्छ। तर छन् त सबै पतित। पतितले नै पतितको महिमा गाउँछन्। सत्ययुगमा हुन्छन् पावन। त्यहाँ कसैले कसैको महिमा गाउँदैनन्। यहाँ पवित्र संन्यासी पनि छन्, अपवित्र गृहस्थी पनि छन्। त्यसैले पवित्रको महिमा गाइन्छ। त्यहाँ त यथा राजा-रानी तथा प्रजा हुन्छन्। अरू कुनै धर्म हुँदैन जसको लागि पवित्र, अपवित्र भनियोस्। यहाँ त कसैले गृहस्थीहरूको पनि महिमा गाइरहन्छन्। उनको लागि त मानौं ऊ नै खुदा, अल्लाह हो। तर अल्लाहलाई त पतित-पावन, लिबरेटर, गाइड भनिन्छ। उहाँ फेरि सबै कसरी हुन सक्छ! दुनियाँमा कति घोर अन्धकार छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ। त्यसैले बच्चाहरूमा यो चिन्ता रहनु पर्छ हामीले पढेर आफूलाई राजा बनाउनु छ। जसले राम्रोसँग पुरुषार्थ गर्छ उसैले राजतिलक पाउँछ। बच्चाहरू उल्लासमा रहनु पर्छ हामी पनि यी लक्ष्मी-नारायण जस्तै बनौं। यसमा अल्मलिने आवश्यकता छैन। पुरुषार्थ गर्नुपर्छ। निराश हुनु हुँदैन। यो पढाइ यस्तो छ, खाटमा सुतेरै पनि पढ्न सक्छौ। बेलायतमै बसेर पनि पढ्न सक्छौ। घरमै बसेर पनि पढ्न सक्छौ। यति सजिलो पढाइ छ। मेहनत गरेर आफ्नो पापलाई काट्नु छ र अरूलाई पनि सम्झाउनु छ। अरू धर्मकाहरूलाई पनि तिमीले सम्झाउन सक्छौ। कसैलाई पनि यो बताउनु पर्छ तिमी आत्मा हौ। आत्माको स्वधर्म एउटै छ, यसमा कुनै फरक पर्न सक्दैन। शरीरबाट नै अनेक धर्म हुन्छन्। आत्मा त एउटै नै हो। सबै एउटै बाबाका बच्चाहरू हुन्। आत्माहरूलाई बाबाले एडप्ट गर्नु भयो, त्यसैले ब्रह्मा मुख वंशावली भनेर गायन गरिन्छ।

कसैलाई पनि सम्झाउन सक्छौ आत्माका पिता को हुनुहुन्छ? तिमीले जुन फाराम भराउँछौ, त्यसमा ठूलो अर्थ छ। बाबा त अवश्य हुनुहुन्छ, जसलाई याद पनि गरिन्छ, आत्माले आफ्नो पितालाई याद गर्छ। आजकल त भारतमा जो कोहीलाई पनि फादर भन्ने गर्छन्। मेयरलाई पनि फादर भन्छन्। तर आत्माका पिता को हुनुहुन्छ, उहाँलाई चिनेका छैनन्। गायन पनि गर्छन् तिमी माता पिता... तर उहाँ को हुनुहुन्छ, कस्तो हुनुहुन्छ केही थाहा छैन। यहाँ नै तिमीले माता-पिता भनेर बोलाउँछौ। बाबा नै यहाँ आएर मुख वंशावली रच्नुहुन्छ। भारतलाई नै मातृभूमि भनिन्छ किनकि यहाँ नै शिवबाबाले माता-पिताको रूपमा पार्ट खेल्नुहुन्छ। यहाँ नै भगवानलाई माता-पिताको रूपमा याद गरिन्छ। विदेशमा त केवल गड फादर भनेर बोलाउँछन्, तर माता पनि चाहिन्छ जसबाट बच्चाहरूलाई एडप्ट गरिन्छ। पुरुषले पनि स्त्रीलाई एडप्ट गर्छन् फेरि उनीबाट बच्चाहरू पैदा हुन्छन्। रचना रचिन्छ। यहाँ पनि यिनमा परमपिता परमात्मा बाबा प्रवेश गरेर एडप्ट गर्नुहुन्छ। बच्चाहरू पैदा हुन्छन् त्यसैले यिनलाई माता-पिता भनिन्छ। उहाँ हुनुहुन्छ आत्माहरूका पिता, फेरि यहाँ आएर उत्पत्ति गर्नुहुन्छ। यहाँ तिमी बच्चाहरू बनेपछि फादर र मदर भनिन्छ। त्यो त स्विट होम, जहाँ सबै आत्माहरू रहन्छन्। त्यहाँ पनि बाबा सिवाय अरूले लैजान सक्दैन। कसैलाई भेट्दा भन, तपाईं स्विट होम जान चाहनु हुन्छ? फेरि पावन अवश्य बन्नु पर्ने हुन्छ। अहिले तिमी पतित छौ, यो हो नै कलियुगी तमोप्रधान दुनियाँ। अब तिमीलाई जानु छ फर्केर घर। कलियुगी आत्माहरू त घर फर्केर जान सक्दैनन्। आत्माहरू स्विट होममा पवित्र नै रहन्छन्। अब बाबाले सम्झाउनु हुन्छ बाबाको यादद्वारा नै विकर्म विनाश हुन्छ। कुनै पनि देहधारीलाई याद नगर। जति बाबालाई याद गर्छौ त्यति पावन बन्छौ अनि फेरि उच्च पद पाउँछौ नम्बरवार। लक्ष्मीनारायणको चित्रमा कसैलाई पनि सम्झाउनु सजिलो छ। भारतमा यिनको राज्य थियो। जब यिनले राज्य गर्थे तब विश्वमा शान्ति थियो। विश्वमा शान्ति बाबाले नै स्थापना गर्न सक्नु हुन्छ, अरू कसैको तागत छैन। अहिले बाबाले हामीलाई राजयोग सिकाउँदै हुनुहुन्छ, नयाँ दुनियाँको लागि राजाहरूको राजा कसरी बन्न सकिन्छ, उहाँले बताउनु हुन्छ। बाबा नै ज्ञानका सागर हुनुहुन्छ। तर उहाँमा कुनचाहिँ ज्ञान छ यो कसैले पनि जानेका छैनन्। सृष्टिको आदि मध्य अन्त्यको इतिहास-भूगोल बेहदको बाबाले नै सुनाउनु हुन्छ। मनुष्यले त कहिले भन्छन् सर्वव्यापी हुनुहुन्छ वा भन्छन् सबैको मनको कुरा जान्नुहुन्छ। फेरि त आफ्नो लागि भन्न सकिदैन। यी सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ। राम्रोसँग धारणा गरेर हर्षित हुनु छ। यी लक्ष्मी-नारायणको चित्र सदैव हर्षितमुख भएको नै बनाइन्छ। स्कुलमा उच्च दर्जामा पढ्नेहरू कति हर्षित हुन्छन्। अरूले पनि सम्झन्छन् यिनले त धेरै ठूलो परीक्षा पास गर्छन्। यो त धेरै उच्च पढाइ हो। फी आदिको पनि कुनै कुरा छैन, केवल हिम्मतको कुरा छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, जसमा नै मायाले विघ्न पार्छ। बाबा भन्नुहुन्छ पवित्र बन। बाबासँग प्रतिज्ञा गरेर फेरि कालो मुख बनाइदिन्छन्, धेरै शक्तिशाली छ माया, फेल हुन्छन् अनि उनको नाम गायन गर्न सकिंदैन। फलाना फलाना सुरुदेखि लिएर धेरै राम्रोसँग चलिरहेका छन्। महिमा गाइन्छ। बाबा भन्नुहुन्छ आफ्नो लागि आफैंले पुरुषार्थ गरेर राजधानी प्राप्त गर्नु छ। पढाइबाट उच्च पद पाउनु छ। यो हो नै राजयोग। प्रजायोग होइन। तर प्रजा पनि त बन्छन् नि। अनुहार र सेवाबाटै थाहा हुन्छ यो के बन्न लायक छ। घरमा विद्यार्थीको चालचलनबाट बुझ्न सकिन्छ, यो यो प्रथम श्रेणीमा, यो तेस्रो श्रेणीमा आउँछ। यहाँ पनि यस्तै हो। जब पछि गएर परीक्षा पूरा हुन्छ तब तिमीलाई सबै साक्षात्कार हुन्छ। साक्षात्कार हुनमा कुनै बेर लाग्दैन, अनि लाज लाग्छ, म फेल भएँ। फेल हुनेलाई कसले प्यार गर्छ? मनुष्यले चलचित्र हेरेर खुसीको अनुभव गर्छन्, तर बाबा भन्नुहुन्छ नम्बरवन गन्दा बनाउनेवाला हो चलचित्र। त्यसमा जानेहरू धेरैजसो फेल भएर तल गिर्छन्। कुनै कुनै महिला पनि यस्ता हुन्छन्, जसलाई चलचित्र नहेरी निद्रा लाग्दैन। चलचित्र हेर्नेहरूले अपवित्र बन्ने पुरुषार्थ अवश्य गर्छन्। यहाँ जे जति भइरहेको छ, जसमा मनुष्य खुसी हुन्छन्, त्यो सबै दु:खको लागि हो। यी हुन् विनाशी खुसी। अविनाशी खुसी, अविनाशी बाबाबाट नै मिल्छ। तिमीले सम्झन्छौ बाबाले हामीलाई यी लक्ष्मी-नारायण जस्तै बनाउनु हुन्छ। त्यसो त पहिला २१ जन्मको लागि लेखिन्थ्यो। अहिले बाबा लेख्नुहुन्छ ५०-६० जन्म किनकि द्वापरमा पनि पहिला त धेरै धनवान सुखी रहन्छौ नि। पतित त बन्छौ तर पनि धन धेरै हुन्छ। यो दु:ख त जब बिल्कुल तमोप्रधान बन्छौ तब सुरु हुन्छ। पहिला त सुखी हुन्छौ। जब धेरै दु:खी हुन्छौ, तब बाबा आउनु हुन्छ। महा अजामील जस्ता पापीहरूको पनि उद्धार गर्नुहुन्छ। बाबा भन्नुहुन्छ मैले सबैलाई मुक्तिधाम लिएर जान्छु। फेरि सत्ययुगको राजाइँ पनि तिमीलाई दिन्छु। सबैको कल्याण त हुन्छ नि। सबैलाई आफ्नो ठेगानामा पुर्याइदिन्छु शान्तिमा वा सुखमा। सत्ययुगमा सबैले सुख पाउँछन्। शान्तिधाममा पनि सुखी रहन्छन्। भन्छन् विश्वमा शान्ति होस्। भन, जब यी लक्ष्मी-नारायणको राज्य थियो तब विश्वमा शान्ति थियो नि। दु:खको कुरा हुनै सक्दैन। न दु:ख, न अशान्ति। यहाँ त घर-घरमा अशान्ति छ। देश-देशमा अशान्ति छ। सारा विश्वमा नै अशान्ति छ। कति टुक्रा टुक्रा भएका छन्। कति विभाजन छन्। १०० माइलमा भाषा अलग। अब भन्छन् भारतको प्राचीन भाषा संस्कृत हो। अब आदि सनातन धर्मको बारेमा नै कसैलाई थाहा छैन भने फेरि कसरी भन्छन्, यो प्राचीन भाषा हो। तिमीले भन्न सक्छौ आदि सनातन देवी-देवता धर्म कहिले थियो? तिमीहरूमा पनि नम्बरवार छन्। कोही त मन्दबुद्धि पनि हुन्छन्। हेर्दै थाहा हुन्छ यो पत्थरबुद्धि जस्तो छ। अज्ञानकालमा पनि भन्छन् नि हे भगवान! यसको बुद्धिको ताला खोलिदिनुहोस्।

बाबाले तिमीहरू सबै बच्चाहरूलाई ज्ञानको प्रकाश दिनुहुन्छ, त्यसबाट ताला खुल्दै जान्छ। फेरि पनि कसै कसैको बुद्धिको ताला खुल्दैन। भन्छन् बाबा! हजुर बुद्धिवानहरूको बुद्धि हुनुहुन्छ। मेरो पतिको बुद्धिको ताला खोलिदिनुहोस्। बाबा भन्नुहुन्छ के म यसैको लागि आएको हुँ र जो एक एक जनाको बुद्धिको ताला खोलूँ? फेरि त सबैको बुद्धि खुल्ने थियो, सबै महाराजा-महारानी बन्ने थिए। मैले कसरी सबैको ताला खोल्छु? उनीहरूलाई सत्ययुगमा आउनु नै छैन भने म कसरी ताला खोल्न सक्छु? ड्रामा अनुसार समय आएपछि नै उनीहरूको बुद्धिको ताला खुल्छ। मैले कसरी खोल्न सक्छु? ड्रामामा त निश्चित छ नि। सबै फुल पास त कहाँ हुन्छन् र? स्कुलमा पनि नम्बरवार हुन्छन्। यो पनि पढाइ हो। प्रजा पनि बन्नु छ। सबैको बुद्धिको ताला खुल्यो भने प्रजा कहाँबाट आउँछन्? यो त नियम छैन। तिमी बच्चाहरूले पुरुषार्थ गर्नु पर्छ। हरेकको पुरुषार्थबाट जानिन्छ, जसले राम्रोसँग पढ्छ, उसलाई जताततै बोलाइन्छ। बाबाले जान्नुहुन्छ कस-कसले राम्रोसँग सेवा गरिरहेका छन्। बच्चाहरूले राम्रोसँग पढ्नु छ। राम्रोसँग पढ्यौ भने घर लिएर जान्छु फेरि स्वर्गमा पठाइदिन्छु। नत्र सजायँ धेरै कडा छ। पद पनि भ्रष्ट हुन्छ। विद्यार्थीले टिचरको शो निकाल्नु पर्छ। सत्ययुगमा पारसबुद्धि थिए। अहिले छन् कलियुगमा त्यसैले यहाँ सत्ययुगको जस्तो बुद्धि कसरी हुन सक्छ? विश्वमा शान्ति थियो जब एउटै राज्य, एउटै धर्म थियो। अखबारमा पनि तिमीले छपाउन सक्छौ भारतमा जब यिनको राज्य थियो तब विश्वमा शान्ति थियो। आखिरमा अवश्य बुझ्ने छन्। तिमी बच्चाहरूको नाम प्रख्यात हुनु छ। त्यस पढाइमा कति किताबहरू पढ्छन्। यहाँ त केही छैन। पढाइ बिल्कुलै सहज छ। बाँकी यादमा राम्रा-राम्रा महारथी पनि फेल छन्। यादको धार छैन भने ज्ञान तरबार पनि चल्दैन। धेरै याद गरेपछि शक्ति आउँछ। हुन त बन्धन पनि छ, फेरि पनि याद गर्दै रह्यौ भने धेरै फाइदा हुन्छ। कहिल्यै बाबालाई देखेका पनि छैनन्, यादमा नै प्राण छोडिदिन्छन् भने पनि धेरै राम्रो पद पाउन सक्छन् किनकि याद धेरै गर्छन्। बाबाको यादमा प्यारको आँसु बगाउँछन्, त्यो आँसु मोती बन्न पुग्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो लागि स्वयंले नै पुरुषार्थ गरेर उच्च पद पाउनु छ। पढाइबाट स्वयंलाई राजतिलक दिनु छ। ज्ञानलाई राम्रोसँग धारण गरेर सदैव हर्षित रहनु पर्छ।

२) ज्ञान तरबारमा यादको धार भर्नु छ। यादबाट नै बन्धन काट्नु छ। कहिल्यै पनि गन्दा चलचित्र हेरेर आफ्नो संकल्पलाई अपवित्र बनाउनु छैन।

वरदान:
सदा एकान्त र स्मरणमा व्यस्त रहने बेहदको वानप्रस्थी भव

वर्तमान समय अनुसार तिमी सबै वानप्रस्थ अवस्थाको समीप छौ। वानप्रस्थीले कहिल्यै गुडियाको खेल खेल्दैनन्। उनीहरू सदा एकान्त र स्मरणमा रहन्छन्। तिमी सबै बेहदका वानप्रस्थी सदा एकको अन्त्यमा अर्थात् निरन्तर एकान्तमा बस। साथसाथै एकको स्मरण गर्दै स्मृति स्वरूप बन। सबै बच्चाहरूप्रति बापदादाको यही शुभ आशा छ अब बाबा र बच्चाहरू समान होऊन्। सदा यादमा लीन रहून्। समान बन्नु नै समाहित हुनु हो यही वानप्रस्थ स्थितिको निशानी हो।

स्लोगन:
तिमीले हिम्मतको एक कदम बढायौ भने बाबाले मदतको हजार कदम बढाउनु हुन्छ।