11.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सत्य बाबाले सत्यखण्ड स्थापना गर्नुहुन्छ , तिमी बाबाको पासमा आएका छौ नरबाट नारायण बन्ने सच्चा-सच्चा ज्ञान सुन्नको लागि।

प्रश्न:
तिमी बच्चाहरू आफ्नो गृहस्थ व्यवहारमा धेरै सावधानीसँग चल्नु छ, किन?

उत्तर:
किनकि तिम्रो मत सबैभन्दा भिन्न छ। तिम्रो यो गुप्त ज्ञान हो, त्यसैले विशाल बुद्धि बनेर सबैसँग तोड निभाउनु छ। भित्र सम्झनु छ हामी सबै भाइ-भाइ वा भाइ-बहिनी हौं। बाँकी यस्तो होइन स्त्रीले आफ्नो पतिलाई तपाईं त मेरो भाइ हुनुहुन्छ भनून्। यसबाट सुन्नेहरूले भन्छन् यिनलाई के भयो? युक्तिसँग चल्नु छ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी शब्द नभनेर केवल बाबा भने तापनि बुझिन्छ उहाँ रूहानी बाबा हुनुहुन्छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। सबैले आफूलाई भाइ-भाइ त भन्छन् नि। त्यसैले बाबा बसेर सम्झाउनु हुन्छ, बच्चाहरूलाई। सबैलाई त सम्झाउनुहुन्न। गीतामा पनि लेखिएको छ भगवानुवाच। कसको लागि? सबै भगवानका बच्चाहरू हुन्। उहाँ भगवान बाबा हुनुहुन्छ त्यसैले भगवानका बच्चाहरू सबै भाइ-भाइ हुन्। भगवानले नै सम्झाउनु हुन्छ। राजयोग सिकाउनु हुन्छ। अहिले तिम्रो बुद्धिको ताला खुलेको छ, तिमी सिवाय यस्तो ख्याल अरू कसैको चल्न सक्दैन। जस-जसलाई सन्देश मिल्दै जान्छ, उनीहरू विद्यालयमा आउँछन्, पढ्दै जान्छन्। सम्झन्छन् प्रदर्शनी त देख्यौँ, अब गएर ज्यादा सुनौँ। पहलो मुख्य कुरा हो ज्ञानसागर पतित-पावन, गीता ज्ञान दाता शिव भगवानुवाच। उनलाई यो थाहा होस् यिनलाई सिकाउने, सम्झाउने को हुनुहुन्छ? उहाँ सुप्रीम सोल, ज्ञानसागर, निराकार हुनुहुन्छ। उहाँ हुनुहुन्छ नै सत्य। उहाँले सत्य नै बताउनु हुन्छ, फेरि यसमा कुनै प्रश्न उठ्न सक्दैन। तिमीले सबै छोडिदियौ, सत्यको आधारमा। त्यसैले सबैभन्दा पहिला त यसमा सम्झाऊ हामीलाई परमपिता परमात्माले ब्रह्माद्वारा राजयोग सिकाउनु हुन्छ। यो राजाई पद हो। जसलाई निश्चय हुन्छ उहाँ सबैका बाबा हुनुहुन्छ, उहाँ पारलौकिक बाबा बसेर सम्झाउनु हुन्छ, उहाँ सर्वोच्च अधिकारी हुनुहुन्छ, उनलाई कुनै प्रश्न उठ्न सक्दैन। उहाँ हुनुहुन्छ पतित-पावन। उहाँ जब यहाँ आउनु हुन्छ, अवश्य आफ्नो समयमा आउनु हुन्छ। तिमीले देखेका पनि छौ यो उही महाभारतको लडाईं हो। विनाशपछि निर्विकारी दुनियाँ हुनु छ। यो मनुष्यले जानेका छैनन् यही दुनियाँ निर्विकारी थियो। बुद्धि नै चल्दैन, गोदरेजको ताला लागेको छ। त्यसको चाबी एक बाबाको पासमा मात्रै छ। यो कसैलाई थाहा छैन तिमीलाई पढाउने को हुनुहुन्छ? दादालाई सम्झन्छन्, त्यसैले टीका-टिप्पणी गर्छन्, केही बोल्छन्। त्यसैले पहिला यो सम्झाऊ यसमा लेखिएको छ शिव भगवानुवाच। उहाँ त हुनुहुन्छ नै सत्य। बाबा हुनुहुन्छ नै ज्ञानका सागर। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। यो शिक्षा अहिले तिमीलाई उहाँ बेहदका बाबाबाट मिल्छ। उहाँ नै सृष्टिका रचयिता हुनुहुन्छ, पतित सृष्टिलाई पावन बनाउनेवाला हुनुहुन्छ। त्यसैले पहिला सुरुमा बाबाको नै परिचय दिनु छ। उहाँ परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? उहाँले नरबाट नारायण बन्ने सत्य ज्ञान दिनुहुन्छ। बच्चाहरूले जानेका छन् बाबा सत्य हुनुहुन्छ, बाबाले नै सत्यखण्ड बनाउनु हुन्छ। तिमी यहाँ आएका हौ नै नरबाट नारायण बन्नको लागि। वकिलको पास जानेले सम्झन्छन् म वकिल बन्न आएको हुँ। अहिले तिमीलाई निश्चय छ हामीलाई भगवानले पढाउनु हुन्छ। कतिले निश्चय गर्छन् पनि, फेरि संशयबुद्धि बन्छन्, त्यसैले उनलाई सबैले भन्छन् तिमीले त भन्थ्यौ हामीलाई भगवानले पढाउनु हुन्छ। फेरि भगवानलाई किन छोडेर आयौ? संशय आउनाले नै भागन्ती हुन्छन्। कुनै न कुनै विकर्म गर्छन्। भगवानुवाच काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले नै जगतजित बन्छौ। जो पावन बन्छन्, उनै पावन दुनियाँमा जान्छन्। यो हो नै राजयोगको कुरा। तिमीले गएर राजाई गर्छौ। बाँकी आत्माहरू आफ्नो हिसाब चुक्ता गरेर फर्केर जान्छन्। यो महाविनाशको समय हो। अब यो बुद्धिले भन्छ सत्ययुगको स्थापना अवश्य हुनु छ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ। बाँकी सबै मुक्तिधाममा जान्छन्। उनले फेरि आफ्नो पार्ट दोहोर्याउनु छ। तिमीले पनि आफ्नो पुरुषार्थ गरिरहेका छौ, पावन बनेर पावन दुनियाँको मालिक बन्नको लागि। मालिक त आफूलाई सम्झन्छन् नि। प्रजा पनि मालिक हुन्। अहिले प्रजाले पनि भन्छन् नि मेरो देश। तिमीले बुझेका छौ अहिले सबै नर्कवासी हुन्। अहिले हामीले स्वर्गवासी बन्नको लागि राजयोग सिकिरहेका छौं। सबै त स्वर्गवासी बन्दैनन्। बाबा भन्नुहुन्छ जब भक्तिमार्ग पूरा हुन्छ, अनि मात्रै म आउँछु। मैले नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिनु छ। धेरै संख्या त भक्तहरूको छ नि। सबैले पुकारिरहन्छन् हे परमपिता। भक्तहरूको मुखबाट ओ परमपिता, हे भगवान यो अवश्य निस्किन्छ। भक्ति र ज्ञानमा फरक छ। तिम्रो मुखबाट कहिल्यै हे ईश्वर, हे भगवान निस्किदैन। मनुष्यहरूलाई त यो आधाकल्पको अभ्यास भएको छ। तिमीले जानेका छौ उहाँ हाम्रो बाबा हुनुहुन्छ, तिमीले हे बाबा कहाँ भन्नु छ र! बाबासँग त वर्सा लिनु छ। पहिला त यो निश्चय हुनुपर्छ हामीले बाबाबाट वर्सा लिन्छौं। बाबाले बच्चाहरूलाई वर्साको अधिकारी बनाउनु हुन्छ। यहाँ त सत्य बाबा हुनुहुन्छ नि। बाबाले जान्नुहुन्छ मैले जुन बच्चाहरूलाई ज्ञान अमृत पिलाएँ, ज्ञान-चितामा बसाएँ, विश्वको मालिक देवता बनाएको थिएँ, उनै काम-चितामा बसेर भस्मीभूत भएका छन्। अब मैले फेरि ज्ञान-चितामा बसाएर, घोर निद्राबाट जगाएर स्वर्गमा लैजान्छु।

बाबाले सम्झाउनु भएको छ तिमी आत्माहरू त्यहाँ शान्तिधाम र सुखधाममा रहन्छौ। सुखधामलाई भनिन्छ वाइसलेस दुनियाँ, सम्पूर्ण निर्विकारी। त्यहाँ देवताहरू रहन्छन् र त्यो हो स्वीट होम, आत्माहरूको घर। सबै कलाकारहरू त्यसै शान्तिधामबाट आउँछन्, यहाँ पार्ट खेल्न। हामी आत्माहरू यहाँका निवासी होइनौं। ती कलाकारहरू यहाँका निवासी हुन्छन्। केवल घरबाट आएर ड्रेस फेरेर पार्ट खेल्छन्। तिमीले त बुझेका छौ हाम्रो घर शान्तिधाम हो, जहाँ हामी फेरि फर्केर जान्छौं। सबै कलाकारहरू स्टेजमा आएपछि मात्र बाबा आएर सबैलाई लिएर जानुहुन्छ। त्यसैले उहाँलाई लिबरेटर, गाइड पनि भनिन्छ। दु:ख हर्ता, सुख कर्ता हुनुहुन्छ भने यति सारा मनुष्य कहाँ जान्छन्? विचार त गर पतित-पावनलाई बोलाउँछन्, केको लागि? आफ्नो मृत्युको लागि। दु:खको दुनियाँमा रहन चाहँदैनन्, त्यसैले भन्छन् घरमा लैजानुहोस्। यिनीहरू सबै मुक्तिलाई नै मान्नेहरू हुन्। भारतको प्राचीन योग पनि कति प्रसिद्ध छ, बेलायतमा पनि जान्छन् प्राचीन राजयोग सिकाउन। क्रिश्चियनमा धेरै छन्, जसले संन्यासीहरूको मान राख्छन्। गेरू, कफनीको जुन पहिरन छ त्यो हो हठयोगको। तिमीले त घरबार छोड्नु छैन। न कुनै सेतो कपडाको बन्धन छ। तर सेतो राम्रो हुन्छ। तिमी भट्ठीमा रह्यौ अनि ड्रेस पनि यो हुन गयो। आजकल सेतो मन पराउँछन्। मनुष्य मरे भने सेतो कपडा ओढाउँछन्। त्यसैले पहिला जसलाई पनि बाबाको परिचय दिनु छ। दुई बाबा हुनुहुन्छ, यो कुरा बुझ्न समय लाग्छ। प्रदर्शनीमा यति सम्झाउन सकिँदैन। सत्ययुगमा हुन्छन् एक पिता, यस समयमा तिम्रा तीन पिता हुन्छन् किनकि भगवान आउनु हुन्छ प्रजापिता ब्रह्माको तनमा। उनी पनि त बाबा हुन् सबैका। अब तीन बाबामा उच्च वर्सा को बाट मिल्छ? निराकार बाबाले वर्सा कसरी दिनुहुन्छ? त्यो फेरि दिनुहुन्छ ब्रह्माद्वारा। ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ र ब्रह्माद्वारा वर्सा पनि दिनुहुन्छ। यस चित्रमा तिमीले धेरैलाई राम्रोसँग सम्झाउन सक्छौ। शिवबाबा हुनुहुन्छ, फेरि यी प्रजापिता ब्रह्मा आदि देव, आदि देवी। उनी हुन् ग्रेट-ग्रेट ग्रेन्ड फादर। बाबा भन्नुहुन्छ म शिवलाई ग्रेट-ग्रेट ग्रेन्ड फादर भनिँदैन। म सबैको बाबा हुँ। यी हुन् प्रजापिता ब्रह्मा। तिमी भयौ भाइ-बहिनी, आपसमा विकारी कुकर्म गर्न सक्दैनौ। यदि आपसमा दुवैको विकारको दृष्टिले आकर्षण गर्छ भने फेरि गिर्छन्, बाबालाई बिर्सिन्छन्। बाबा भन्नुहुन्छ तिमी मेरो बच्चा बनेर कालो मुख गर्छौ! बेहदका बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ। तिमीलाई यो नशा चढेको छ। जानेका छौ गृहस्थ व्यवहारमा पनि रहनु छ। लौकिक सम्बन्धीहरूलाई पनि सुख दिनु छ। लौकिक बाबालाई तिमी बाबा नै भन्छौ नि। उनलाई त तिमीले भाइ भन्न सक्दैनौ। साधारण रीतिले बाबालाई बाबा नै भनिन्छ। बुद्धिमा हुन्छ उहाँ मेरो लौकिक बाबा हुनुहुन्छ। ज्ञान त छ नि। यो ज्ञान धेरै विचित्र छ। आजकल कसै-कसैले नाम पनि लिन्छन् तर कुनै पाहुना आदि बाहिरको मानिसको सामुन्ने भाइ भनिदियौ भने उसले सम्झन्छ सायद यिनको दिमाग ठीक छैन होला। यसमा धेरै युक्ति चाहिन्छ। तिम्रो ज्ञान गुप्त र सम्बन्ध पनि गुप्त छ। अक्सर गरेर स्त्रीले पतिको नाम लिँदैनन्। पतिले स्त्रीको नाम लिन सक्छन्। यसमा धेरै युक्तिसँग चल्नु छ। लौकिकसँग पनि तोड निभाउनु छ। बुद्धि माथि जानुपर्छ। हामीले बाबाबाट वर्सा लिइरहेका छौं। बाँकी काकालाई काका, बाबालाई बाबा नै भन्नुपर्छ नि। जो ब्रह्माकुमार-कुमारी बनेका छैनन्, उनले भाइ-बहिनी भनेको बुझ्दैनन्। जो बी.के. बनेका छन्, उनले नै यी कुरालाई बुझ्छन्। बाहिरका त पहिला नै तर्सिन्छन्। यसमा समझदारी चाहिन्छ। बाबाले त बच्चाहरूलाई विशालबुद्धि बनाउनु हुन्छ। तिमी पहिला हदको बुद्धिमा थियौ। अहिले बुद्धि गएको छ बेहदमा। उहाँ हाम्रो बेहदका बाबा हुनुहुन्छ। यी सबै हाम्रा भाइ-बहिनी हुन्। तर घरमा सासूलाई सासू नै भनिन्छ, बहिनी कहाँ भनिन्छ र। घरमा धेरै युक्तिसँग चल्नु छ, नत्र अरूले भन्छन् यसले त पतिलाई भाइ, सासूलाई बहिनी भनिदिन्छ, यो के हो? यो ज्ञानको कुरा तिमीले नै जानेका छौ, अरू कसैले जान्दैन। भन्छन् नि प्रभु तिम्रो गत मत तिमीले नै जान। अहिले तिमी उहाँका बच्चा बनेका छौ। धेरै सम्हालसँग चल्नुपर्छ, कहीं कोही अलमलमा नपरुन्। त्यसैले प्रदर्शनीमा तिमी बच्चाहरूले पहिला सुरुमा यो सम्झाउनु छ हामीलाई पढाउनेवाला भगवान हुनुहुन्छ। अब तिमीले बताऊ, भगवान को हुनुहुन्छ निराकार शिव या देहधारी श्रीकृष्ण? गीतामा भगवानुवाच छ, त्यो शिव परमात्माले महावाक्य उच्चारण गर्नुभएको हो या श्रीकृष्णले? कृष्ण त हुन् स्वर्गको पहिलो राजकुमार। यस्तो त भन्न सक्दैनौ कृष्ण जयन्ती नै शिव जयन्ती। शिव जयन्ती पछि फेरि कृष्ण जयन्ती हुन्छ। शिव जयन्तीबाट स्वर्गको राजकुमार श्रीकृष्ण कसरी बने? यो हो बुझ्नु पर्ने कुरा। शिव जयन्ती पछि फेरि गीता जयन्ती अनि फेरि त्यसपछि हुन्छ कृष्ण जयन्ती किनकि बाबाले राजयोग सिकाउनु हुन्छ नि। बच्चाहरूको बुद्धिमा आएको छ नि जबसम्म शिव परमात्मा आउनुहुन्न शिव जयन्ती मनाउन सकिँदैन। जबसम्म शिव आएर कृष्णपुरी स्थापना गर्नुहुन्न, कृष्ण जयन्ती पनि कसरी मनाउन सकिन्छ? कृष्णको जन्म त मनाउँछन्, तर कहाँ बुझेका छन् र! कृष्ण राजकुमार थिए, अवश्य सत्ययुगमा थिए नि। देवी-देवताहरूको राजधानी हुन्छ अवश्य। केवल एक कृष्णलाई मात्रै त बादशाही मिल्दैन। अवश्य कृष्णपुरी हुन्छ नि! भन्छन् पनि कृष्णपुरी... यो हो फेरि कंसपुरी। कृष्णपुरी हो नयाँ दुनियाँ, कंसपुरी हो पुरानो दुनियाँ। भन्छन् देवता र असुरहरूको लडाईं भयो। देवताहरूले जिते। तर यस्तो त होइन। कंसपुरी खतम भयो फेरि कृष्णपुरी स्थापना भयो नि। कंसपुरी पुरानो दुनियाँमा हुन्छ। नयाँ दुनियाँमा कहाँ यी कंस, दैत्य आदि हुन्छन् र! यहाँ त हेर कति मनुष्य छन्। सत्ययुगमा धेरै कम हुन्छन्। यो पनि तिमीले बुझ्न सक्छौ, अहिले तिम्रो बुद्धि चल्छ। देवताहरूले त कुनै लडाईं लडेका होइनन्। दैवी सम्प्रदाय सत्ययुगमा नै हुन्छन्। आसुरी सम्प्रदाय यहाँ हुन्छन्। बाँकी नत देवता र असुरहरूको लडार्इं भएको थियो, न कौरव र पाण्डवहरूको भएको हो। तिमीले रावणमाथि विजय प्राप्त गर्छौ। बाबा भन्नुहुन्छ यी विकारमाथि विजय प्राप्त गर्नु छ, अनि जगतजित बन्छौ। यसमा कुनै लडाई गर्नु छैन। लड्ने नाम लिनु त हिंसक बन्नु हो। रावणलाई जित्नु छ तर अहिंसक बनेर। केवल बाबालाई याद गर्नाले हाम्रो विकर्म विनाश हुन्छ। भारतको प्राचीन राजयोग प्रसिद्ध छ।

बाबा भन्नुहुन्छ मसँग बुद्धिको योग लगायौ भने तिम्रो पाप भस्म हुन्छ। बाबा पतित-पावन हुनुहुन्छ त्यसैले बुद्धियोग उहाँ बाबासँग नै लगाउनु छ, अनि तिमी पतितबाट पावन बन्छौ। अहिले तिमीले यथार्थमा उहाँसँग योग लगाइरहेका छौ, यसमा लडार्इंको कुनै कुरा नै छैन। जसले राम्रोसँग पढ्छ, बाबासँग योग लगाउँछ, उसैले बाबाबाट वर्सा पाउँछ कल्प पहिला जसरी। यस पुरानो दुनियाँको विनाश पनि हुन्छ। सबै हिसाब-किताब चुक्ता गरेर जान्छन्। फेरि क्लास ट्रान्सफर भएर नम्बरवार बस्छन् नि। तिमी पनि नम्बरवार गएर त्यहाँ राज्य गर्छौ। कति बुझ्नुपर्ने कुरा छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो महाविनाशको समयमा, जब अहिले सत्ययुगको स्थापना भइरहेको छ, त्यसैले पावन अवश्य बन्नु छ। बाबा र बाबाको कार्यमा कहिल्यै संशय उठाउनु छैन।

२) ज्ञान र सम्बन्ध गुप्त छ, त्यसैले लौकिकमा धेरै युक्तिसँग विशाल बुद्धि बनेर चल्नु छ। कुनै यस्तो शब्द बोल्नु हुँदैन, जुन सुनेर अलमलमा परुन्।

वरदान:
मनमत , परमतलाई समाप्त गरेर श्रीमतमा पदमको कमाई जम्मा गर्ने पद्मापदम भाग्यशाली भव

श्रीमतमा चल्ने आत्माले एक संकल्प पनि मनमत वा परमतमा गर्न सक्दैन। स्थितिको गति यदि तीव्र छैन भने अवश्य केही न केही श्रीमतमा मनमत वा परमत मिसिएको छ। मनमत अर्थात् अल्पज्ञ आत्माको संस्कार अनुसार जो संकल्प उत्पन्न हुन्छ, त्यसले स्थितिलाई डगमग पार्छ। त्यसैले चेक गर अनि गराऊ, एक कदम पनि श्रीमत विना नहोस्, तब पदमको कमाई जम्मा गरेर पदमापदम भाग्यशाली बन्न सक्छौ।

स्लोगन:
मनमा सबैप्रति कल्याणको भावना भइरहोस् यही विश्व कल्याणकारी आत्माको कर्तव्य हो।