11.10.20    Avyakt Bapdada     Nepali Murli    31.03.86     Om Shanti     Madhuban


सर्वशक्ति सम्पन्न बन्ने तथा वरदान पाउने वर्ष


आज सर्व खजानाका मालिकले आफ्ना मास्टर बच्चाहरूलाई देखिरहनु भएको छ। बालक सो मालिक कहाँसम्म बनेका छन्? यो हेरिरहनु भएको छ। यस समयमा जुन श्रेष्ठ आत्माहरू सर्व शक्तिका, सर्व खजानाका मालिक बन्छन् त्यो मालिकपनको संस्कारले भविष्यमा पनि विश्वको मालिक बनाउँछ। त्यसैले के देखियो? बालक त सबै छन्, बाबा र म यो लगन सबै बच्चाहरूमा राम्रो लागेको छ। बालकपनको नशा त सबैमा छ तर बालक सो मालिक अर्थात् बाबा समान सम्पन्न बन्नु छ। त्यसैले बालकपनको स्थिति र मालिकपनको स्थिति, यसमा अन्तर देखियो। मालिकपन अर्थात् हर कदम स्वत: नै सम्पन्न स्थितिमा स्वयंको पनि स्थिति हुन्छ र सर्व प्रति पनि त्यही भावना हुन्छ।यसलाई भनिन्छ मास्टर अर्थात् बालक सो मालिक। मालिकपनको विशेषता जति मालिकपनको नशा हुन्छ त्यति नै विश्व सेवाधारीको संस्कार पनि सदा इमर्ज रूपमा हुन्छ। जति मालिकपनको नशा हुन्छ त्यति नै साथ-साथमा विश्व सेवाधारीको नशा पनि हुन्छ। दुवैको समानता होस्। यो हो बाबा समान मालिक बन्नु। यो रिजल्ट हेरिरहनु भएको थियो बालक र मालिक दुवै स्वरूप सदा नै प्रत्यक्ष कर्ममा आउँछ वा केवल ज्ञानसम्म मात्र छ? तर ज्ञान र प्रत्यक्ष कर्ममा अन्तर छ। कत्ति बच्चाहरू यो समानतामा बाबा समान प्रत्यक्ष कर्म रूपमा राम्रा छन्। कत्ति बच्चाहरू अहिले पनि बालकपनमा रहन्छन् तर मालिकपनको त्यो रूहानी नशामा बाबा समान बन्ने शक्तिशाली स्थितिमा कहिले स्थित हुन्छन् र कहिले स्थित हुने प्रयत्नमा समय खेर जान्छ।

सबै बच्चाहरूको यही श्रेष्ठ लक्ष्य छ बाबा समान बन्नु छ। लक्ष्य शक्तिशाली छ। अब लक्ष्यलाई संकल्प, बोली, कर्म, सम्बन्ध-सम्पर्कमा ल्याउनु छ। यसमा अन्तर पर्न जान्छ। कुनै बच्चाहरू संकल्पसम्म समान स्थितिमा स्थित रहन्छन्। कोही संकल्पको साथमा वाणीसम्म पनि आउँछन्। कहिलेकाहीँ कर्ममा पनि आइपुग्छन्। तर जब सम्बन्ध, सम्पर्कमा आउँछन्, सेवाको सम्बन्धमा आउँछन्, चाहे परिवारको सम्बन्धमा आउँछन् यसरी सम्बन्ध र सम्पर्कमा आउँदा प्रतिशत कहिलेकाहीं कम हुन जान्छ। बाबा समान बन्नु अर्थात् एउटै समयमा संकल्प, बोली, कर्म, सम्बन्ध सबैमा बाबा समान स्थितिमा रहनु हो। कोही दुईमा रहन्छन् कोही तीनमा रहन्छन्। तर चारै स्थिति जुन बताएँ, त्यसमा कहिले कस्ता कहिले कस्ता हुन पुग्छन्। बापदादा बच्चाहरू प्रति सदा अति स्नेही पनि हुनुहुन्छ। स्नेहको स्वरूप केवल अव्यक्त स्वरूपबाट व्यक्तमा मिल्नु मात्र होइन। स्नेहको स्वरूप हो समान बन्नु। कत्ति बच्चाहरूले यस्तो सोच्छन् बापदादा निर्मोही बनिरहनु भएको छ। तर यो निर्मोही बन्नु होइन। यो विशेष स्नेहको स्वरूप हो।

बापदादाले पहिले नै सुनाइसक्नु भएको छ लामो समयको प्राप्तिको हिसाबको समय अब धेरै कम छ त्यसैले बापदादाले बच्चाहरूलाई सदा लामो समयको लागि विशेष दृढताको तपस्याद्वारा स्वयंलाई तपाउन अर्थात् मजबुत बनाउन, परिपक्व बनाउनको लागि यो विशेष समय दिइरहनु भएको छ। त्यसो त गोल्डन जुबलीमा पनि सबैले संकल्प गर्यौ समान बन्छौं, विघ्न-विनाशक बन्छौं, समाधान स्वरूप बन्छौं भनेर। यी सबै प्रतिज्ञाहरू बाबासँग चित्रगुप्तको रूपमा हिसाबको खातामा लेखिएको छ। आज पनि कत्ति बच्चाहरूले दृढ संकल्प गरेका छन्। समर्पण हुनु अर्थात् स्वयंलाई सर्व प्राप्तिमा परिपक्व बनाउनु हो। समर्पणताको अर्थ नै हो संकल्प, बोली, कर्म र सम्बन्ध यी चारैमा बाबा समान बन्नु। जुन पत्र लेखेर दिएका छौ त्यो पत्र वा संकल्प सूक्ष्मवतनमा बापदादाको पासमा सदाको लागि खातामा रहेको छ। सबैको फाइल त्यहाँ वतनमा छ। हरेकको यो संकल्प अविनाशी छ।

यो वर्ष बच्चाहरूको दृढताको तपस्याले हर संकल्पलाई अमर, अविनाशी बनाउनको लागि स्वयंसँग बारम्बार दृढताको अभ्यासले कुराकानी गर्नको लागि, महसुस गर्नको लागि, अवतरित स्वरूप बनेर फेरि कर्ममा आउनको लागि र यो स्थितिलाई सदाको लागि मजबुत बनाउनको लागि बापदादाले समय दिइरहनु भएको छ। साथ-साथै विशेष रूपमा शुद्ध संकल्पको शक्तिले जम्माको खाता अझ बढाउनु छ। शुद्ध संकल्पको शक्तिको विशेष अनुभव अझै अन्तर्मुखी बनेर गर्न आवश्यक छ। शुद्ध संकल्पको शक्तिले सजिलै व्यर्थ संकल्पलाई समाप्त गरेर अरूलाई पनि शुभ भावना, शुभ कामनाको स्वरूपद्वारा परिवर्तन गर्न सक्छौ। यो शुद्ध संकल्पको शक्तिको विशेष अनुभवले सजिलै व्यर्थ संकल्पलाई समाप्त गरिदिन्छ। न केवल आफ्नो व्यर्थ संकल्पलाई, तिम्रो शुद्ध संकल्पले अरूलाई पनि शुभ भावना, शुभ कामनाको स्वरूपद्वारा परिवर्तन गर्न सक्छौ। अब यो शुद्ध संकल्पको शक्तिको स्टक स्वयं प्रति पनि जम्मा गर्न धेरै आवश्यक छ। मुरली सुन्ने लगन त धेरै राम्रो छ। मुरली अर्थात् खजाना। मुरलीका हरेक प्वाइन्टलाई शक्तिको रूपमा जम्मा गर्नु अर्थात् यो हो शुद्ध संकल्पको शक्तिलाई बढाउनु र शक्तिको रूपमा हर समय कार्यमा लगाउनु। अब यो विशेषतालाई विशेष ध्यान दिनु छ। शुद्ध संकल्पको शक्तिको महत्त्वलाई जति अनुभव गर्दै जान्छौ त्यति नै मनसा सेवाको पनि सहज अनुभवी बन्दै जानेछौ। पहिला त स्वयं प्रति शुद्ध संकल्पको शक्ति जम्मा हुनुपर्छ र फेरि साथ-साथै तिमीहरू सबै बाबाको साथमा विश्व कल्याणकारी आत्मा भएर विश्व परिवर्तक पनि हुन्छौ। विश्व प्रति पनि यो शुद्ध संकल्पको शक्तिद्वारा परिवर्तन गर्ने कार्य अझै धेरै बाँकी रहेको छ। जसरी वर्तमान समयमा ब्रह्मा बाबाले अव्यक्त रूपधारी बनेर शुद्ध संकल्पको शक्तिले तिमीहरू सबैको पालना गरिरहनु भएको छ त्यसैगरी सेवाको वृद्धिको सहयोगी बनेर अगाडि पनि बढाइरहनु भएको छ। यो विशेष सेवा शुद्ध संकल्पको शक्तिको चलिरहेको छ। त्यसैले ब्रह्मा बाबा समान यो विशेषतालाई आफूमा बढाउनको लागि तपस्याको रूपमा अभ्यास गर्नु छ। तपस्या अर्थात् दृढता सम्पन्न अभ्यास। साधारणलाई तपस्या भनिँदैन। त्यसैले अहिले तपस्याको लागि समय दिइरहनु भएको छ। अहिले नै किन दिइरहनु भएको छ? किनकि यो समयमा तिम्रो दीर्घ कालमा जम्मा हुन्छ। बापदादा सबैलाई बहुत कालको प्राप्ति गराउन निमित्त हुनुहुन्छ। बापदादा सबै बच्चाहरूलाई दीर्घ कालको राज्य भाग्य अधिकारी बनाउन चाहानु हुन्छ। त्यसैले दीर्घ कालको समय धेरै कम छ। त्यसैले हरेक कुराको अभ्यासलाई तपस्याको रूपमा गर्नको लागि यो विशेष समय दिइरहनु भएको छ किनकि समय यस्तो आउनेवाला छ, जुन समयमा तिमीहरू सबैले दाता वरदाता बनेर थोरै समयमा अनेकौलाई दिनु पर्ने हुन्छ। त्यसैले सर्व खजानाहरूको जम्माको खाता सम्पन्न बनाउनको लागि समय दिइरहनु भएको छ।

दोस्रो कुरा विघ्न-विनाशक वा समाधान स्वरूप बन्ने जुन प्रतिज्ञा गरेका छौ त्यसमा विघ्न-विनाशक स्वयं पनि बन र सर्व प्रति पनि बन्ने दृढ संकल्प र स्वरूप दुवै होस्। केवल संकल्प होइन, स्वरूप पनि होस्। त्यसैले यो वर्ष बापदादाले थप मौका दिइरहनु भएको छ। जसलाई यो विघ्न विनाशक बन्ने विशेष भाग्य लिनु छ उनीहरूले यस वर्षमा लिन सक्छौ। यो वर्षलाई विशेष वरदान छ। तर वरदान लिनको लागि विशेष दुईवटा कुरामा ध्यान दिनु पर्ने हुन्छ। एक त सदा बाबा समान दिनेवाला बन्नु छ, लिने भावना राख्नु छैन। सम्मान मिल्यो, स्नेह मिल्यो भने मात्र स्नेही बन्ने वा सम्मान मिल्यो भने मात्र सम्मान दिने, होइन। दाताको बच्चा बनेर मैले दिनु छ। लिने भावना राख्नु छैन। श्रेष्ठ कर्म गर्दा अरूबाट मिल्नु पर्छ भन्ने यो भावना राख्नु हुँदैन। श्रेष्ठ कर्मको फल श्रेष्ठ हुन्छ नै। यो ज्ञान तिमीलाई छ तर गर्ने समयमा यो संकल्प राख्नु हुँदैन। एक त वरदान लिने पात्र बन्नको लागि सदा दाता बनेर रहनु छ र दोस्रो विघ्न विनाशक बन्नु छ भने समाहित गर्ने शक्तिलाई सदा विशेष रूपमा ध्यानमा राख्नु पर्छ। स्वयं प्रति पनि समाहित गर्ने शक्ति आवश्यक छ। सागरका बच्चा हौ, सागरको विशेषता हो नै समाहित गर्ने। जसमा समाहित गर्ने शक्ति हुन्छ उसले मात्रै शुभ भावना, कल्याणको कामना गर्न सक्छ त्यसैले दाता बन्नु छ र समाहित गर्ने शक्ति स्वरूप सागर बन्नु छ। यी दुई विशेषतालाई सदा कर्ममा ल्याउनु छ। कत्ति पटक कति बच्चाहरूले भन्छन् सोचेको त थिएँ यही गर्छु भनेर तर गर्नेबेलामा मन फेरियो। त्यसैले यो वर्ष चारै कुरामा एउटै समयमा समानताको विशेष अभ्यास गर्नु छ। बुझ्यौ? त्यसैले खजानाहरूलाई जम्मा गर्ने र दाता बनेर दिने संस्कार स्वाभाविक रूपमा धारण होस्। यसको लागि समय दिइरहनु भएको छ। त्यसैले विघ्न विनाशक बन्ने र बनाउने, यसमा सदाको लागि आफ्नो नम्बर निश्चित गर्ने मौका पनि दिइरहनु भएको छ। जेसुकै होस् स्वयं तपस्या गर र कसैको विघ्न समाप्त गर्नमा सहयोगी बन। स्वयं जतिसुकै झुक्न परोस् तर यो झुक्नु भनेको सदाको लागि झुलामा झुल्नु हो। जसरी कृष्णलाई कति प्यारले झुलाइरहन्छन्। त्यसैगरी अहिले बाबाले तिमी बच्चाहरूलाई आफ्नो गोदीको झुलामा झुलाउनु हुन्छ र भविष्यमा रत्न जडित झुलामा झुलाउनु हुन्छ र भक्तिमा पूज्य बनेर झुलामा झुल्ने छौ। त्यसैले झुक्नु, मेटिनु यो महानता हो। म किन झुक्ने? यो झुकोस्, यस्तोमा आफूलाई सानो नसम्झ। यो झुक्नु महानता हो। यो मर्नु, मर्नु होइन अविनाशी प्राप्तिमा जिउनु हो त्यसैले सदा विघ्न-विनाशक बन्नु र बनाउनु छ। यसमा प्रथम श्रेणीमा आउने जसले मौका लिन चाहान्छ उसले लिन सक्छ। यो विशेष मौका लिने समयको महत्त्व बापदादाले सुनाइरहनु भएको छ। त्यसैले समयको महत्त्वलाई जानेर तपस्या गर।

तेस्रो कुरा समय प्रमाण जति अशान्ति र हलचलको वायुमण्डल बढ्दै गइरहेको छ, बुद्धिको लाइन धेरै स्पष्ट हुनु पर्छ किनकि समय प्रमाण टचिङ्ग र क्याचिङ्ग, यी दुई शक्तिको आवश्यकता छ। किनकि बापदादाको निर्देशनलाई बुद्धिद्वारा क्याच गर्नु पर्ने हुन्छ। यदि लाइन स्पष्ट भएन भने बाबाको निर्देशनको साथमा मनमत पनि मिसिन्छ र मिसिएको कारणले समयमा धोका हुन सक्छ। जति बुद्धि स्पष्ट हुन्छ त्यति बाबाको निर्देशनलाई स्पष्टसँग क्याच गर्न सक्छौ। जति बुद्धिको लाइन सफा हुन्छ, त्यति स्वयंको उन्नति प्रति, सेवाको वृद्धि प्रति र सर्व आत्माहरूलाई दाता बनेर दिन शक्ति सजिलै बढ्दै जान्छ र टचिङ्ग हुनेछ यो समयमा यो आत्मा प्रति सहज सेवाको साधनमा वा स्व-उन्नतिको साधनमा यही यथार्थ हो भन्ने। त्यसैले वर्तमान समय प्रमाण यी दुवै शक्तिहरूको धेरै आवश्यकता छ। यसलाई बढाउनको लागि एकानामी र इकोनमीवाला बन्नु छ। एक बाबा दोस्रो न कोही। अरूको लगाव त भिन्नै कुरा हो। लगाव त गलत हो नै तर अर्काको स्वभावको प्रभावले आफ्नो अवस्थालाई हलचलमा ल्याउँछन्। अर्काको संस्कारले बुद्धिलाई टक्करमा ल्याउँछन्। त्यो समयमा बुद्धिमा बाबा हुनुहुन्छ वा संस्कार? चाहे लगावको रूपमा बुद्धिलाई प्रभावित गरोस्, चाहे टक्करको रूपमा बुद्धिलाई प्रभावित गरोस्। त्यसैले बुद्धिको लाइन सदा क्लिएर हुनुपर्छ। एक बाबा दोस्रो न कोही यसलाई भनिन्छ। एकानामी र इकोनमी के हो? केवल स्थूल धनको बचतलाई इकोनमी भनिँदैन। त्यो पनि आवश्यक छ तर समय पनि धन हो, संकल्प पनि धन हो, शक्तिहरू पनि धन हुन्। यी सबैको इकोनमी होस्। व्यर्थ नगुमाऊ। इकोनमी गर्नु अर्थात् जम्माको खाता बढाउनु। एकानामी र इकोनमीको संस्कार भएकाहरूले यी दुवै शक्तिको (टचिङ्ग र क्याचिङ्ग) अनुभव गर्न सक्छन्। यो अनुभव विनाशको समयमा गर्न सकिँदैन, यसको अभ्यास अहिलेदेखि नै हुनुपर्छ। तब समयमा यो अभ्यासको कारणले अन्त्यमा श्रेष्ठ मति र गति पाउन सकिन्छ। मानौं विनाशको समय आउन केही बाँकी छ। ठीक छ १० वर्ष नै सही। तर १० वर्षपछि गएर फेरि यो पुरुषार्थ गर्न सक्दैनौ। जतिसुकै मेहनत गर, गर्न सक्ने छैनौ। कमजोर हुनेछौ। फेरि अन्त्य युद्धमा जानेछ। सफलतामा होइन। त्रेतायुगी त बन्नु छैन नि। मेहनत अर्थात् तीर कमानधारी र सदा स्नेहमा रहनु, खुसीमा रहनु अर्थात् मुरलीधर बन्नु, सूर्यवंशी बन्नु हो। मुरलीले नचाउँछ र तीर कमानले निशाना लगाउनमा मेहनत गराउँछ। कमानधारी होइन मुरलीवाला बन्नु छ, त्यसैले पछि कुनै गुनासो नगर्नु र नभन्नु अलिकति फेरि थप समय दिनुहोस्, मौका दिनुहोस् वा कृपा गर्नुहोस् भनेर। यो चल्नेवाला छैन। त्यसैले अहिले नै सुनाइरहेको छु। चाहे पछि आएको होस् वा अगाडि तर समय प्रमाण सबैको अन्तिम अवस्थामा पुग्ने समय हो। त्यसैले यसरी तीव्र गतिमा चल्नु छ। बुझ्यौ? अच्छा।

चारैतिरका सर्व स्नेही बच्चाहरूलाई, सदा दिलतख्त नशीन बच्चाहरूलाई, सदा सन्तुष्टताको झलक देखाउने बच्चाहरूलाई सदा प्रसन्नताको पर्सनालिटिमा रहने बच्चाहरूलाई, सदा बेहद विशाल दिल, बेहदको बिशाल बुद्धि धारण गर्ने, उदार आत्माहरूलाई बापदादाको स्नेह सम्पन्न याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:
५ विकार रूपी दुस्मनलाई परिवर्तन गरेर सहयोगी बनाउने मायाजित जगतजित भव

विजयीले दुस्मनको रूप अवश्य परिवर्तन गर्छ। त्यसैले तिमीहरूले विकार रूपी दुस्मनलाई परिवर्तन गरेर सहयोगी स्वरूप बनाइदेऊ, जसबाट तिनीहरूले सदा तिमीहरूलाई सलाम गरिरहने छन्। काम विकारलाई शुभ कामनाको रूपमा, क्रोधलाई रूहानी नशाको रूपमा, लोभलाई अनासक्त वृत्तिको रूपमा, मोहलाई स्नेहको रूपमा र देह-अभिमानलाई स्वाभिमानको रूपमा परिवर्तन गरिदियौ भने मायाजित जगतजित बन्ने छौ।

स्लोगन:
सच्चा सुनमा मेरोपन नै मिसावट हो, जसले मूल्यलाई कम गरिदिन्छ त्यसैले मेरोपनलाई समाप्त गर।