11.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे मनमनाभवको वशीकरण मन्त्रबाट नै तिमी ले मायामाथि विजय प्राप्त गर्न सक्छौ , यही मन्त्र सबैलाई याद दिलाऊ।

प्रश्न:
यस बेहदको ड्रामामा सबैभन्दा शक्तिशाली नोकर (लेबर) को-को हुन् र कसरी?

उत्तर:
यस पुरानो दुनियाँको सफाई गर्ने सबैभन्दा शक्तिशाली नोकर (लेबर) हो प्राकृतिक प्रकोप। धर्ती हल्लिन्छ, बाढी आउँछ, सफाई हुन्छ। यसको लागि भगवानले कसैलाई निर्देशन दिनुहुन्न। पिताले बच्चाहरूको विनाश कसरी गर्छन्! यो त ड्रामाको पार्ट हो। रावणको राज्य हो नि, यसलाई दैवी प्रकोप भनिँदैन।

ओम् शान्ति ।
बाबाले नै बच्चाहरूलाई सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! मनमनाभव। यस्तो होइन, बच्चाहरू बसेर बाबालाई सम्झाउन सक्छन्। बच्चाहरूले भन्दैनन् शिवबाबा, मनमनाभव। होइन। हुन त बच्चाहरू आपसमा बसेर छलफल गर्छन्, राय निकाल्छन् तर जुन मूल महामन्त्र छ, त्यो त बाबाले नै दिनुहुन्छ। गुरुहरूले मन्त्र दिन्छन्। यो चलन कहाँबाट निस्क्यो? यहाँ बाबा जसले नयाँ सृष्टि रच्नुहुन्छ, उहाँले नै पहिलो मन्त्र दिनुहुन्छ मनमनाभव। यसको नाम नै हो वशीकरण मन्त्र अर्थात् मायामाथि विजय प्राप्त गर्ने मन्त्र। यो कुनै मनमनै जप्नुपर्दैन। यो त बुझाउनु पर्ने हुन्छ। बाबाले अर्थ सहित सम्झाउनु हुन्छ। छन त गीतामा छ तर अर्थ कसैले पनि बुझ्दैनन्। यो गीताको प्रसंग पनि हो। तर केवल नाम परिवर्तन गरेका छन्। भक्ति-मार्गमा कति ठूला-ठूला पुस्तक आदि बन्छन्। वास्तवमा यो त मौखिक रूपमा बाबाले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बाबाको आत्मामा ज्ञान छ। बच्चाहरूको पनि आत्माले नै ज्ञान धारण गर्छ। बाँकी केवल सहज रूपमा सम्झाउनको लागि यी चित्र आदि बनाइन्छ। तिमी बच्चाहरूको त बुद्धिमा यो सारा ज्ञान छ। तिमीलाई थाहा छ अवश्य आदि सनातन देवी-देवता धर्म थियो अरू कुनै खण्ड थिएन। पछि फेरि यी खण्ड थपिएका हुन्। त्यसैले ती चित्र पनि एक कुनामा राख्नुपर्छ, जहाँ तिमीले देखाउँछौ, जब भारत वर्षमा यिनको राज्य थियो तब अरू कुनै धर्म थिएन। अहिले त कति धेरै धर्म छन् फेरि यी सबै रहँदैनन्। यो हो बाबाको योजना। ती विचराहरूलाई कति चिन्ता छ। तिमी बच्चाहरूले सम्झन्छौ यो त बिल्कुल ठीक छ। लेखिएको पनि छ बाबा आएर ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। के को? नयाँ दुनियाँको। जमुनाको किनारामा हुन्छ राजधानी। त्यहाँ एउटै धर्म हुन्छ। वृक्ष एकदम सानो हुन्छ, यस वृक्षको ज्ञान पनि बाबाले नै दिनुहुन्छ। चक्रको ज्ञान दिनुहुन्छ, सत्ययुगमा एउटै भाषा हुन्छ, अरू कुनै भाषा हुँदैन। तिमीले सिद्ध गर्न सक्छौ एउटै भारत थियो, एउटै राज्य थियो, एउटै भाषा थियो। स्वर्गमा सुख-शान्ति थियो। दु:खको नाम-निशान थिएन। स्वास्थ्य, सम्पत्ति र खुशी सबै थियो। दुनियाँ नयाँ थियो र आयु पनि धेरै लामो थियो किनकि पवित्रता थियो। पवित्रतामा मनुष्य तन्दुरूस्त रहन्थे। अपवित्रतामा हेर मनुष्यहरूको के हालत हुन्छ। बस्दा-बस्दै अकालमा मृत्यु हुन्छ। युवाहरू पनि मर्छन्। कति धेरै दु:ख हुन्छ। त्यहाँ अकालमा मृत्यु हुँदैन। आयु पूरा हुन्छ। पूरा आयु अर्थात् वृद्धावस्थासम्म कोही पनि मर्दैनन्।

कसैलाई पनि सम्झाउँदा यो कुरा बुद्धिमा राख्नुपर्छ बेहदका बाबालाई याद गर्नुहोस्, उहाँ नै पतित-पावन हुनुहुन्छ, उहाँ नै सद्गतिदाता हुनुहुन्छ। तिम्रो साथमा त्यो नक्शा हुनुपर्छ अनि मात्रै सिद्ध गरेर सम्झाउन सक्छौ। आजको नक्शा यो हो, भोलिको नक्शा यो हो। कसैले त राम्ररी सुन्छन् पनि। यो पूरा सम्झाउनु पर्छ। यो भारतवर्ष अविनाशी खण्ड हो। जब यो देवी-देवता धर्म थियो तब अरू कुनै धर्म थिएन। अहिले त्यो आदि सनातन देवी-देवता धर्म छैन। यी लक्ष्मी-नारायण कहाँ गए, कसैले बताउन सक्दैन। बताउने तागत कसैमा छैन। तिमी बच्चाहरूले राम्ररी रहस्ययुक्त कुरा सम्झाउन सक्छौ। यसमा अलमलिनु पर्दैन। तिमीले सबै कुरा जानेका छौ र फेरि दोहोर्याउन पनि सक्छौ। तिमीले कसैसँग पनि सोध्न सक्छौ यी कहाँ गए? तिम्रो प्रश्न सुनेर चकित हुन्छन्। तिमीले त निश्चयसँग बताउँछौ, यिनले पनि कसरी ८४ जन्म लिन्छन्। बुद्धिमा त छ नि। तिमीले तुरुन्तै भन्न सक्छौ सत्ययुग नयाँ दुनियाँमा हाम्रो राज्य थियो। एउटै आदि सनातन देवी-देवता धर्म थियो। अरू कुनै धर्म थिएन। एभरीथिंग न्यू। हरेक चीज सतोप्रधान हुन्छ। सुन पनि कति अथाह हुन्छ। कति सजिलै निस्किन्छ होला, जो फेरि ईंटा, भवन आदि बन्छन् होला। त्यहाँ त सबै कुरा सुनका हुन्छन्। खानी सबै नयाँ हुन्छ नि। नक्कली त निकाल्दैनन् किनकि सक्कली धेरै हुन्छ। यहाँ सक्कलीको नाम छैन। नक्कलीको कति प्रभाव छ। त्यसैले भनिन्छ झूटी माया, झूटी काया....। सम्पत्ति पनि झूटो छ। हीरा-मोती यस्ता-यस्ता प्रकारका निस्किन्छन् जो थाहा पनि हुँदैन, सत्य हो वा झूटो हो? शो यति हुन्छ जो चिन्न पनि सकिँदैन झूटो हो वा साँचो? त्यहाँ त यी झूटा चीज आदि हुँदैनन्। विनाश भएपछि सबै माटोमा मिसिन्छ। यति ठूला-ठूला पत्थर, हीरा आदि घरमा लगाउँछन्। ती सबै कहाँबाट आए होलान्? कसले काट्छ होला? इन्डियामा पनि एक्सपर्ट धेरै छन्, होसियार हुँदै जान्छन्। फेरि त्यहाँ यो होशियारी लिएर आउने छन् नि। ताज आदि केवल हीराका मात्र कहाँ बन्छन् र! ती त बिल्कुल रिफाइन सच्चा हीरा हुन्छन्। यो बिजुली, टेलिफोन, मोटर आदि पहिला केही थिएन। बाबाको यस जीवनमा नै के-के निक्लेका हुन्! यी सबै कुरा निस्केको १०० वर्ष भएको छ। त्यहाँ त ठूला विशेषज्ञ हुन्छन्। अहिलेसम्म सिकिरहेका छन्। होसियार हुँदै जान्छन्। यो पनि बच्चाहरूलाई साक्षात्कार गराइन्छ। त्यहाँ हेलीकप्टर पनि फुल प्रुफ हुन्छन्। बच्चाहरू पनि धेरै सतोप्रधान, तीक्ष्ण बुद्धिका हुन्छन्। केही समयपछि हेर, तिमीलाई सबै साक्षात्कार भइरहन्छ। जसरी आफ्नो देशको नजिक आइपुग्दा वृक्षहरू देखिन्छन् नि। भित्र मनमा खुशी हुन्छ, अब त घर आयो कि आयो। अब आइपुग्नै लागेका छौं। अन्त्यमा तिमीलाई पनि यस्तै साक्षात्कार भइरहन्छ। बच्चाहरूले सम्झन्छन् परमप्रिय बाबा हुनुहुन्छ। उहाँ हुनुहुन्छ नै परम आत्मा। उहाँलाई सबैले याद पनि गर्छन्। भक्तिमार्गमा तिमीले पनि याद गर्थ्यौ नि परमात्मालाई। तर यो थाहा थिएन उहाँको आकार ठूलो छ वा सानो छ। गायन पनि छ चमकता है अजब सितारा भृकुटी के बीच में.... त्यसैले अवश्य बिन्दु समान हुनुहुन्छ। उहाँलाई नै भनिन्छ सुप्रिम आत्मा अर्थात् परमात्मा। उहाँमा विशेषता त सबै छन्। ज्ञानका सागर हुनुहुन्छ, के ज्ञान सुनाउनु हुन्छ? उहाँले जब सुनाउनु हुन्छ तब त थाहा हुन्छ नि। तिमीले पनि पहिला कहाँ जानेका थियौ र! केवल भक्ति मात्र जान्दथ्यौ। अहिले त सम्झन्छौ, आश्चर्य छ, आत्मालाई पनि यी आँखाबाट देख्न सकिंदैन। त्यसैले बाबालाई त बिर्सिन्छ। ड्रामामा पार्ट नै यस्तो छ जसलाई विश्वको मालिक बनाउनु हुन्छ उनको नाम राख्छन् तर बनाउनेको नाम मेटाइदिन्छन् । कृष्णलाई त्रिलोकीनाथ, वैकुण्ठनाथ भनिदिएका छन्, अर्थ केही पनि बुझ्दैनन्। केवल बढाई-चढाई गर्छन्। भक्ति मार्गमा अनेकौं कुरा बनाएका छन्। भन्छन् भगवानमा यति तागत छ, उहाँ हजारौं सूर्य जस्ता तेजोमय हुनुहुन्छ, सबैलाई भस्म गर्न सक्नुहुन्छ। यस्ता-यस्ता कुरा बनाएका छन्। बाबा भन्नुहुन्छ मैले बच्चाहरूलाई कसरी जलाउन सक्छु! यो त हुन सक्दैन। बच्चाहरूलाई पिताले विनाश गर्छन् र? गर्दैनन्। यो त ड्रामाको पार्ट हो। पुरानो दुनियाँ खतम हुन्छ। पुरानो दुनियाँको विनाशको लागि यी प्राकृतिक प्रकोप सबै नोकर हुन्। कति ठूला लेबर छन्। यस्तो पनि होइन यिनीहरूलाई बाबाको निर्देशन छ विनाश गर। होइन, तुफान आउँछ, अनिकाल पर्छ। भगवानले यसो गर भनेर कहाँ भन्नुहुन्छ र! कहिल्यै भन्नुहुन्न। यो त ड्रामाको पार्ट हो। बाबाले बम्ब बनाऊ भनेर भन्नुहुन्न। यो सबैलाई रावणको मत भनिन्छ। यो बनि-बनाउ ड्रामा हो। रावण राज्य हो त्यसैले आसुरी बुद्धि बन्छन्। कति मर्छन्। आखिरमा सबै जलाइदिन्छन्। यो बनि-बनाऊ खेल हो, जुन दोहोरिन्छ। तर यस्तो होइन शंकरले आँखा खोल्नाले विनाश हुन जान्छ, यसलाई दैवी प्रकोप पनि भनिदैन। यो प्राकृतिक नै हो।

अहिले बाबाले तिमी बच्चाहरूलाई श्रीमत दिइरहनु भएको छ। कसैलाई दु:ख आदि दिने कुरा नै होइन। बाबा त हुनुहुन्छ नै सुखको मार्ग बताउने। ड्रामा योजना अनुसार भवन पुरानो हुँदै जान्छ। बाबा पनि भन्नुहुन्छ यो सारा दुनियाँ पुरानो भइसकेको छ। यो समाप्त हुनुपर्छ। हेर आपसमा कसरी लड्छन्! आसुरी बुद्धि छन् नि। जब ईश्वरीय बुद्धिका हुन्छन् तब कुनै पनि मार्ने आदिको कुरा हुँदैन। बाबा भन्नुहुन्छ म त सबैको पिता हुँ। मेरो सबैसँग प्यार छ। बाबाले देख्नुहुन्छ यहाँ, तर नजर अनन्य बच्चाहरूतिर जान्छ, जसले बाबालाई धेरै प्रेमले याद गर्छन्। सेवा पनि गर्छन्। यहाँ बसेर पनि बाबाको नजर सेवाधारी बच्चाहरूतिर जान्छ। कहिले देहरादून, कहिले मेरठ, कहिले दिल्ली... जुन बच्चाहरूले मलाई याद गर्छन् मैले पनि उनीहरूलाई याद गर्छु। जसले मलाई याद गर्दैनन् तिनीहरू सबैलाई पनि याद गर्छु किनकि मैले सबैलाई लिएर जानु छ। हो, जसले मद्वारा सृष्टि-चक्रको ज्ञान बुझ्छन् नम्बरवार, तिनीहरूले फेरि उच्च पद पाउने छन्। यो बेहदको कुरा हो। ती टिचर आदि हदका हुन्। उहाँ हुनुहुन्छ बेहदका। त्यसैले बच्चाहरू भित्र कति खुशी हुनुपर्छ। बाबा भन्नुहुन्छ सबैको पार्ट उस्तै हुन सक्दैन, यिनको त पार्ट थियो। तर अनुसरण गर्ने करोडौंमा कोही निस्के। भन्छन् बाबा, म ७ दिनको बच्चा हुँ, एक दिनको बच्चा हुँ। त्यसैले साना बच्चा भए नि। त्यसैले बाबाले हरेक कुरा सम्झाइरहनु हुन्छ। नदी पनि अवश्य पार गरेर आएका थिए। बाबा आउनासाथ ज्ञान सुरु भएको हो। उहाँको कति महिमा छ। त्यो गीताको अध्याय त तिमीले जन्म-जन्ममा कति पटक पढ्यौ होला। अन्तर हेर कति छ। कहाँ कृष्ण भगवानुवाच, कहाँ शिव परमात्मा उवाच। रात-दिनको फरक छ। अब तिम्रो बुद्धिमा छ हामी सत्यखण्डमा थियौं, सुख पनि धेरै देख्यौं। ३/४ सुख देख्छौ। बाबाले सुखको लागि ड्रामा बनाउनु भएको हो, नकि दु:खको लागि। तिमीलाई त पछि यो दु:ख मिल्छ। लडार्इं त यति चाँडै हुन सक्दैन। तिमीलाई धेरै सुख मिल्छ। आधा-आधा भए पनि त्यति आनन्द रहँदैन। साढे तीन हजार वर्ष त कुनै लडाईं हुँदैन। बिमारी आदि हुँदैन। यहाँ त हेर एउटा बिमारी पछि अरू बिमारी लाग्छन्। सत्ययुगमा यस्ता कीरा आदि कहाँ हुन्छन् र जसले अन्न खाऊन्। त्यसैले त्यसको नाम नै हो स्वर्ग। त्यसैले विश्वको नक्शा पनि तिमीले देखाउनु पर्छ तब बुझ्न सक्छन्। वास्तवमा दुनियाँ यस्तो थियो, अरू कुनै धर्म थिएन। फेरि नम्बरवार धर्म स्थापना गर्नेहरू आउँछन्। अहिले तिमी बच्चाहरूलाई विश्वको इतिहास-भूगोल थाहा भएको छ। तिमी बाहेक अरू सबैले भनिदिन्छन् नेति-नेति, हामी बाबालाई जान्दैनौं। भन्छन् उहाँको कुनै नाम, रूप, देश, काल नै छैन। नाम रूप नभएपछि फेरि कुनै देश पनि हुन सक्दैन। केही पनि बुझ्दैनन्। अहिले बाबाले तिमी बच्चाहरूलाई आफ्नो यथार्थ परिचय दिनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सधैं अपार खुशीमा रहनको लागि बेहदका बाबा, जसले बेहदको कुरा सुनाउनु हुन्छ, उहाँको स्मरण गर्नु छ र बाबालाई अनुसरण गर्दै चल्नु छ।

२) सधैं तन्दुरुस्त रहनको लागि पवित्रतालाई अपनाउनु छ। पवित्रताको आधारमा स्वास्थ्य, सम्पन्नता, सुखको वर्सा बाबाबाट लिनु छ।

वरदान:
शक्तिशाली यादद्वारा सेकेन्डमा पद्मौंको कमाई जम्मा गर्ने पद्मापद्म भाग्शाली भव

तिम्रो याद यति शक्तिशाली होस्, एक सेकेन्डको यादले पद्मौंको कमाई जम्मा हुन सकोस्। जसको हर कदममा पदम जम्मा हुन्छ, कति पदम जम्मा होला! त्यसैले भनिन्छ पद्मापद्म भाग्यशाली। जब कसैको राम्रो कमाई हुन्छ भने उसको अनुहारको झलक नै छुट्टै हुन्छ। त्यस्तै तिम्रो अनुहारमा पनि पद्मौंको कमाईको नशा देखियोस्। यस्तो रूहानी नशा, रूहानी खुशी होस्, अनुभव गरून् यी भिन्न व्यक्ति हुन्।

स्लोगन:
ड्रामामा सबै राम्रो नै हुनु छ, यस स्मृतिबाट बेफिक्र बादशाह बन।