11-11-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– तिमी अहिले विश्व सेवाधारी हौ, तिमीलाई कुनै पनि कुरामा देह-अभिमान आउनु हुँदैन।”

प्रश्न:–

कुनचाहिँ एउटा बानी ईश्वरीय नियमको विरूद्ध छ, जसबाट धेरै नोक्सान हुन्छ?

उत्तर:–

कुनै पनि फिल्मी कहानी सुन्नु वा पढ्नु, उपन्यास पढ्नु... यो बानी बिल्कुलै नियम विरूद्ध छ, यसबाट धेरै नोक्सान हुन्छ। बाबाले मनाही गर्नु भएको छ– प्यारा बच्चाहरू! तिमीले यस्ता कुनै किताब पढ्नु छैन। यदि कुनै बी.के. ले यस्ता पुस्तक पढ्छ भने तिमीले उसलाई सावधान गर।

गीत:–

मुखडा देख ले प्राणी...

ओम् शान्ति। प्यारा रूहानी बच्चाहरूप्रति रूहानी बाबा भन्नुहुन्छ– आफ्नो जाँच गर, यादको यात्राद्वारा हामी तमोप्रधानबाट सतोप्रधानतर्फ कति अगाडि बढिरहेका छौं किनकि जति-जति याद गर्छौ त्यति पाप काटिन्छ। अब यी शब्द कुनै शास्त्र आदिमा कहाँ लेखिएका छन् र किनकि जस-जसले धर्म स्थापना गरे, उनले जे सम्झाए त्यसैको शास्त्र बनेका छन्, जुन फेरि बसेर पढ्छन्। पुस्तकको पूजा गर्छन्। अब यो पनि बुझ्ने कुरा हो किनकि यो लेखिएको छ– देह सहित देहका सर्व सम्बन्धलाई छोडेर आफूलाई आत्मा सम्झ। बाबाले याद दिलाउनु हुन्छ– तिमी बच्चाहरू पहिला सुरुमा अशरीरी आएका थियौ, त्यहाँ त पवित्र नै रहन्छन्। मुक्ति-जीवनमुक्तिमा पतित आत्मा कोही जान सक्दैन। त्यो हो निराकारी, निर्विकारी दुनियाँ। यसलाई भनिन्छ साकारी विकारी दुनियाँ फेरि सत्ययुगमा यही दुनियाँ निर्विकारी बन्छ। सत्ययुगमा रहने देवताहरूको त धेरै महिमा छ। अहिले बच्चाहरूलाई सम्झाइन्छ– राम्रोसँग धारण गरेर अरूलाई सम्झाऊ। तिमी आत्माहरू जहाँबाट आएका हौ‚ त्यहाँबाट पवित्र नै आएका हौ। फेरि यहाँ आएर अपवित्र पनि अवश्य बन्नु छ। सत्ययुगलाई निर्विकारी दुनियाँ, कलियुगलाई विकारी दुनियाँ भनिन्छ। अहिले तिमीले पतित-पावन बाबालाई याद गर्छौ– हामीलाई पावन निर्विकारी बनाउन हजुर विकारी दुनियाँ, विकारी शरीरमा आउनुहोस्। बाबाले स्वयं बसेर सम्झाउनु हुन्छ– ब्रह्माको चित्रमा नै अल्मलिन्छन्, दादालाई किन राखिएको हो। सम्झाउनु पर्छ यिनी त भागीरथ हुन्। शिव भगवानुवाच– यो रथ मैले लिएको छु किनकि मलाई प्रकृतिको आधार अवश्य चाहिन्छ। नत्र मैले तिमीलाई पतितबाट पावन कसरी बनाऊँ। सधैं पढाउनु पनि अवश्य पर्छ। अहिले बाबाले तिमी बच्चाहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। सबै आत्माहरूले आफ्नो पितालाई याद गर्नु छ। कृष्णलाई सबै आत्माहरूका पिता भनिदैन। उनको त आफ्नो शरीर छ। बाबाले धेरै सहज सम्झाउनु हुन्छ। जहिले पनि कसैलाई सम्झाउँछौ भने भन, बाबा भन्नुहुन्छ– तिमी अशरीरी आयौ, अब अशरीरी बनेर जानु छ। त्यहाँबाट पवित्र आत्मा नै आउँछन्। चाहे हिजो मात्र कोही आएको भए पनि पवित्र छ भने उसको महिमा अवश्य हुन्छ। संन्यासी, उदासी, गृहस्थी जसको नाम प्रसिद्ध छ, अवश्य उनको यो पहिलो जन्म हो। उनीहरू आउनु नै छ धर्म स्थापना गर्न। जसरी बाबाले गुरुनानकको बारेमा सम्झाउनु हुन्छ। अब गुरु शब्द पनि भन्नु पर्ने हुन्छ किनकि नानक नाम त धेरैको हुन्छ नि। जब कसैको महिमा गरिन्छ भने केही मतलबले गरिन्छ। गरिएन भने राम्रो लाग्दैन। वास्तवमा बच्चाहरूलाई सम्झाइएको छ– गुरु एक बाबा सिवाय अरू कोही पनि होइन। जसको नाम नै गायन गरिएको छ– सद्गुरु अकाल... उहाँ अकालमूर्त हुनुहुन्छ अर्थात् जसलाई कालले खाँदैन, त्यो हो आत्मा। यी कहानीहरू बनाएका छन्। फिल्मी कहानीहरूका किताब, उपन्यास आदि पनि धेरैले पढ्छन्। बाबाले बच्चाहरूलाई खबरदार गर्नुहुन्छ। कहिल्यै पनि उपन्यास आदि पढ्नु छैन। कसै-कसैको बानी हुन्छ। यहाँ त तिमी सौभाग्यशाली बन्छौ। कुनै बी.के.ले पनि उपन्यास पढ्छन् त्यसैले बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ– कहिल्यै कसैलाई उपन्यास पढेको देख्यौ भने तुरुन्त उठाएर च्यातिदेऊ, यसमा डराउनु छैन। हामीलाई कसैले श्राप नदेओस् वा नरिसाओस्, यस्तो कुनै कुरा छैन। तिम्रो काम हो एक-आपसमा सावधान गर्नु। फिल्मको कहानी पढ्नु वा सुन्नु यो बेकाइदा हो। कुनै बेकाइदा चालचलन भयो भने तुरुन्त रिपोर्ट गर्नुपर्छ। नत्र कसरी सुध्रिन्छन्। आफ्नो नोक्सान गरिरहन्छन्। स्वयंमा नै योगबल छैन भने यहाँ बसेर के सिकाउँछन्? बाबाले मनाही गर्नुभएको छ। यदि फेरि यस्तो काम गर्छन् भने भित्र मन खाइरहन्छ। आफ्नो नोक्सान हुन्छ, त्यसैले कसैमा पनि कुनै अवगुण देख्यौ भने लेख्नुपर्छ। कुनै बेकाइदाको चालचलन त छैन? किनकि ब्राह्मण यस समयमा सेवाधारी हुन् नि। बाबाले पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू नमस्ते। अर्थ सहित सम्झाउनु हुन्छ। पढाउने बच्चीहरूमा देह-अभिमान हुनु हुँदैन। टिचर पनि विद्याथीहरूको सेवाधारी हुन् नि। गभर्नर आदिले पनि चिठी लेख्छन्, तल सही गर्छन्– म आज्ञाकारी सेवक हुँ। त्यसको ठीक तल नाम लेख्छन्। बाँकी कर्मचारीले आफ्नो हातले लेख्छन्। कहिले आफ्नो बढाईं लेख्दैनन्। आजकल गुरुले आफूले आफैंलाई श्री श्री लेखिदिन्छन्। यहाँ पनि कोही यस्ता छन्– श्री फलानो लेखिदिन्छन्। वास्तवमा यस्तो पनि लेख्नु हुँदैन। न नारीले श्रीमती लेख्न सक्छिन्। श्रीमत तब मिल्छ जब श्री श्री स्वयं आएर मत दिनुहुन्छ। तिमीले सम्झाउन सक्छौ– अवश्य कुनैको मतले यी देवता बनेका हुन् नि। कसैलाई पनि यो थाहा छैन– यी यति उच्च विश्वको मालिक कसरी बने। तिमीलाई त यही नशा चढ्नुपर्छ। यो लक्ष्य-उद्देश्यको चित्र सधैं छातीमा राख्नुपर्छ। कसैलाई पनि बताऊ– हामीलाई भगवानले पढाउनु हुन्छ, जसबाट हामी विश्वको महाराजा बन्छौं। बाबा यस राज्यको स्थापना गर्न आउनु भएको छ। यस पुरानो दुनियाँको विनाश सामुन्ने खडा छ। तिमी साना बच्चीहरूले आफ्नो तोते भाषामा कसैलाई पनि सम्झाउन सक्छौ। ठूला-ठूला सम्मेलन आदि हुन्छन्, त्यहाँ तिमीलाई बोलाउँछन्। यी चित्रहरू तिमीले त्यहाँ लैजाऊ र बसेर सम्झाऊ। यहाँ फेरि यिनको राज्यको स्थापना भइरहेको छ। सभामा जहाँ पनि तिमीले सम्झाउन सक्छौ। सारा दिन सर्भिसको नशा रहनु पर्छ। यहाँ यिनको राज्य स्थापना भइरहेको छ। बाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। शिव भगवानुवाच– प्यारा बच्चाहरू! तिमीले आफूलाई आत्मा सम्झेर मलाई याद गर। अनि तिमी २१ पीँढीको लागि यस्तै बन्छौ। दैवीगुण पनि धारण गर्नु छ। अहिले त सबैका आसुरी गुण छन्। श्रेष्ठ बनाउने त एक श्री श्री शिवबाबा हुनुहुन्छ। उहाँ उच्च भन्दा उच्च बाबाले नै हामीलाई पढाउनु हुन्छ। शिव भगवानुवाच, मनमनाभव। भागीरथ त प्रसिद्ध छ। भागीरथलाई नै ब्रह्मा भनिन्छ, जसलाई महावीर पनि भनिन्छ। यहाँ दिलवाडा मन्दिरमा बसेका छन् नि। जैनी आदि जसले मन्दिर बनाएका छन् उनीहरूले कहाँ जानेका छन् र। तिमी साना-साना बच्चीहरूले कसैलाई पनि भेट्न सक्छौ। अहिले तिमी धेरै श्रेष्ठ बनिरहेका छौ। यो लक्ष्य-उद्देश्य हो नि। कति नशा चढ्नुपर्छ। यहाँ बाबाले राम्रोसँग नशा चढाउनु हुन्छ। सबैले भन्छन्– हामी त लक्ष्मी-नारायण बन्छौं। राम-सीता बन्नको लागि कसैले पनि हात उठाउँदैन। अहिले त तिमी हौ अहिंसक, क्षत्रीय। तिमी अहिंसक क्षत्रीयहरूलाई कसैले पनि जानेका छैनन्। यो तिमीले अहिले जानेका छौ। गीतामा पनि मनमनाभव शब्द छ। आफूलाई आत्मा सम्झ। यो त बुझ्ने कुरा हो नि, अरू कसैले पनि बुझ्न सक्दैन। बाबाले बसेर बच्चाहरूलाई शिक्षा दिनुहुन्छ– प्यारा बच्चाहरू! आत्म-अभिमानी बन। यो बानी फेरि तिम्रो २१ जन्मको लागि चल्छ। तिमीलाई २१ जन्मको लागि शिक्षा मिल्छ।

बाबाले घरी-घरी मूल कुरा सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झेर बस। परमात्मा बाबाले हामी आत्माहरूलाई बसेर सम्झाउनु हुन्छ। तिमी घरी-घरी देह-अभिमानमा आउँछौ फेरि घरबार आदि याद आउँछ। यो हुन्छ। भक्तिमार्गमा पनि भक्ति गर्दै गर्दै बुद्धि अरूतर्फ जान्छ। एकनाशले केवल नवधा भक्ति गर्ने बस्न सक्छन्, जसलाई तीव्र भक्ति भनिन्छ। एकदम लभलीन हुन्छन्। तिमी जब यादमा बस्छौ तब कुनै समयमा एकदम अशरीरी बन्छौ। जो राम्रा बच्चाहरू छन् उनीहरू नै यस्तो अवस्थामा बस्न सक्छन्। देहको भान निस्कन्छ। अशरीरी भएर यसै मस्तीमा बसिरहन्छन्। यो बानी पर्छ। संन्यासी हुन् तत्त्व ज्ञानी वा ब्रह्म ज्ञानी। उनीहरूले भन्छन्– हामी लीन हुन्छौं। यो पुरानो शरीर छोडेर ब्रह्म तत्त्वमा लीन हुन्छौं। सबैको आ-आफ्नो धर्म छ नि। कसैले पनि अरूको धर्मलाई मान्दैन। आदि सनातन देवी देवता धर्मका पनि तमोप्रधान बनेका छन्। गीताको भगवान कहिले आउनु भएको थियो? गीताको युग कहिले थियो? कसैले पनि जानेका छैनन्। तिमीले जानेका छौ– यस संगमयुगमा नै बाबा आएर राजयोग सिकाउनु हुन्छ। तमोप्रधानबाट सतोप्रधान बनाउनु हुन्छ। यहाँको नै कुरा हो। अनेक धर्म पनि अवश्य थिए। गायन छ– एक धर्मको स्थापना अनेक धर्मको विनाश। सत्ययुगमा एक धर्म थियो। अहिले कलियुगमा अनेक धर्म छन्। फेरि एक धर्मको स्थापना हुन्छ। एक धर्म थियो, अहिले छैन। बाँकी सबै धर्म अझै छन्। वरको वृक्षको उदाहरण पनि बिल्कुल ठीक छ। फाउण्डेसन छैन। बाँकी सारा वृक्ष खडा छ। त्यसैगरी यसमा पनि देवी देवता धर्म छँदै छैन। आदि सनातन धर्म जुन फेद हो, त्यो अब प्राय: लोप भएको छ। फेरि बाबाले स्थापना गर्नुहुन्छ। बाँकी यतिका सबै धर्म त पछि आएका हुन्। फेरि चक्रलाई अवश्य दोहोरिनु छ अर्थात् पुरानो दुनियाँबाट फेरि नयाँ दुनियाँ अवश्य हुनु छ। नयाँ दुनियाँमा यिनको राज्य थियो। तिम्रो साथमा ठूला चित्र पनि छन्, साना पनि छन्। ठूलो चीज भयो भने देखेर सोध्छन्– यो के हो? भन– हामीले त्यो चीज लिएका छौं, जसबाट मनुष्य भिखारीबाट राजकुमार बन्छ। दिलमा धेरै उमंग, धेरै खुसी हुनु पर्छ। हामी आत्माहरू भगवानका बच्चा हौं। आत्माहरूलाई भगवानले पढाउनु हुन्छ। बाबाले हामीलाई नयनमा बसाएर लैजानुहुन्छ। यस फोहोरी दुनियाँमा त हामीलाई रहनु छैन। पछि गएर त्राहि-त्राहि गर्नेछन्, कुरै नसोध। करोडौं मनुष्य मर्नेछन्। यो त तिमी बच्चाहरूको बुद्धिमा छ। हामीले यी आँखाले जे जति देख्छौं यो केही पनि रहने छैन। यहाँ त मनुष्य काँडा समान छन्। सत्ययुग हो फूलहरूको बगैंचा। फेरि हाम्रा नयन नै ठण्डा हुन्छन्। बगैंचामा जानाले नयन ठण्डा शीतल हुन्छन् नि। तिमी अहिले पदमापदम भाग्यशाली बनिरहेका छौ। जो ब्राह्मण बन्छन् उनीहरूको पाउमा पदम हुन्छ। तिमी बच्चाहरूले सम्झाउनु छ– हामीले यो राज्य स्थापना गरिरहेका छौं, त्यसैले बाबाले ब्याज बनाउनु भएको छ। सेतो साडी लगाइएको होस्, ब्याज लगाइएको होस्, यसबाट स्वत: सेवा भइरहन्छ। मनुष्यले गाउँछन् पनि– आत्मा परमात्मा अलग रहे बहुकाल... तर बहुकालको अर्थ कसैले पनि बुझ्दैनन्। तिमीलाई बाबाले बताउनु भएको छ– बहुकाल अर्थात् ५ हजार बर्षपछि तिमी बच्चाहरू बाबासँग मिल्छौ। तिमीले यो पनि जानेका छौ– यस सृष्टिमा सबैभन्दा प्रसिद्ध यी राधा-कृष्ण छन्। यी सत्ययुगका फस्ट राजकुमार राजकुमारी हुन्। कहिल्यै कसैको ख्यालमा पनि आउँदैन– यी कहाँबाट आएका हुन्। सत्ययुग भन्दा पहिला अवश्य कलियुग हुन्छ। उनीहरूले कुन कर्म गरे जसले गर्दा उनीहरू विश्वको मालिक बने। कसैले पनि उनलाई विश्वको मालिक मान्दैनन्। यिनको जब राज्य थियो, यहाँ अरू कुनै धर्म थिएन। अहिले तिमीलाई थाहा छ– बाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। हाम्रो लक्ष्य-उद्देश्य यो हो। मन्दिरहरूमा उनका चित्र आदि भए पनि यो कहाँ सम्झन्छन् र– यस समयमा यो स्थापना भइरहेको छ। तिमीहरूमा पनि नम्बरवारले बुझ्छन्। कोहीले त बिल्कुलै भुल्छन्। चालचलन यस्तो हुन्छ जस्तो पहिला थियो। यहाँ बुझ्न त धेरै राम्ररी बुझ्छन्, यहाँबाट बाहिर निस्कयो खलास। सर्भिसको सोख हुनु पर्छ। सबैलाई यो सन्देश दिने युक्ति रच्नुपर्छ। मेहनत गर्नु छ। नशाले बताउनु पर्छ– शिवबाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने पाप मेटिन्छ। हामीले एक शिव बाबा सिवाय अरू कसैलाई याद गर्दैनौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) लक्ष्य-उद्देश्यको चित्र सधैं साथमा राख्नु छ। नशा रहोस्– अहिले हामी श्रीमत अनुसार विश्वको मालिक बनिरहेका छौं। हामी यस्तो फूलहरूको बगैँचामा जान्छौं जहाँ हाम्रा नयन नै शीतल हुन्छन्।

२) सेवाको धेरै-धेरै सोख राख्नु छ। उदारदिल वा उमंगले ठुला-ठुला चित्रहरूद्वारा सेवा गर्नु छ। भिखारीबाट राजकुमार बनाउनु छ।

वरदान:–

यज्ञ सेवाद्वारा सर्व प्राप्तिहरूको प्रसाद प्राप्त गर्ने अलराउण्ड सेवाधारी भव

संगमयुगमा अलराउण्ड सेवाको चान्स मिल्नु– यो पनि ड्रामामा एउटा लिफ्ट हो। जसले प्यारसँग यज्ञको अलराउण्ड सेवा गर्छन् उनीहरूलाई सर्व प्राप्तिहरूको प्रसाद स्वत: मिल्छ। उनीहरू निर्विघ्न रहन्छन्। एकपटक सेवा गर्यो भने हजार पटक सेवाको फल मिल्छ। सदा स्थूल-सूक्ष्म लंगर लागिरहोस्। हरेकलाई सन्तुष्ट गर्नु यो सबैभन्दा ठूलो सेवा हो। पाहुनाको सत्कार गर्नु, यो सबैभन्दा ठूलो भाग्य हो।

स्लोगन:–

स्वमानमा स्थित रह्यौ भने अनेक प्रकारको अभिमान स्वत: समाप्त हुन्छ।