11.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– जति तिमीले बाबालाई याद गर्छौ त्यति तिम्रो बुद्धिको ताला खुल्छ। जसले घरी घरी बाबाको याद भुल्छन् , तिनीहरू हुन् दुर्भाग्यशाली बच्चाहरू।”

प्रश्न:–
खातामा जम्मा गर्ने आधार के हो? सबैभन्दा ठुलो कमाइ केमा छ?

उत्तर:–
दान गर्नाले खातामा जम्मा हुन्छ। जति तिमीले अरूलाई बाबाको परिचय दिन्छौ त्यति आम्दानीमा वृद्धि भइरहन्छ। मुरलीद्वारा तिम्रो धेरै ठुलो कमाइ हुन्छ। यो मुरली श्यामबाट सुन्दर बनाउनेवाला हो। मुरलीमा नै ईश्वरीय जादु छ। मुरलीद्वारा नै तिमी मालामाल बन्छौ।

गीत:–
हमें उन राहों पर चलना है.....

ओम् शान्ति ।
रुहानी बाबाले बच्चाहरूलाई सम्झाइरहनु भएको छ– प्यारा बच्चाहरू! तिमी गिर्छौ अनि सम्हालिन्छौ। घरी घरी बाबालाई भुल्छौ अर्थात् गिर्छौ। याद गर्यौ भने सम्हालिन्छौ। मायाले बाबाको याद भुलाइदिन्छ किनकि यो ज्ञान नयाँ कुरा हो नि। त्यसो त कसैले पनि आफ्नो पितालाई कहिल्यै पनि भुल्दैन। स्त्रीले कहिल्यै आफ्नो पतिलाई भुल्दिनन्। विवाह भयो अनि बुद्धियोग जोडियो। भुल्ने कुरै हुँदैन। पति, पति हो। बुबा, पिता हुन्। तर उहाँ त हुनुहुन्छ निराकार बाबा, जसलाई प्रियतम पनि भनिन्छ। भक्तहरूलाई प्रियतमा भनिन्छ। यस समयमा सबै हुन् भक्त। भगवान एक हुनुहुन्छ। भक्तहरूलाई प्रियतमा र भगवानलाई प्रियतम वा भक्तलाई बालक, भगवानलाई बाबा भनिन्छ। अब पतिको पति वा पिताहरूको पिता उहाँ एक हुनुहुन्छ। हर एक आत्माको पिता परमात्मा त हुनुहुन्छ नै। ती लौकिक पिता हरेकका अलग अलग हुन्छन्। उहाँ पारलौकिक परमपिता सबै आत्माहरूको बाबा एउटै गड फादर हुनुहुन्छ, उहाँको नाम हो शिवबाबा। बताऊ, केवल गड फादर, माउन्ट आबू लेख्दा चिट्ठी पुग्छ? नाम त लेख्नुपर्यो नि। उहाँ त बेहदका बाबा हुनुहुन्छ। उहाँको नाम हो शिव। शिवकाशी भन्छन् हैन? त्यहाँ शिवको मन्दिर छ। अवश्य बाबा त्यहाँ पनि जानुभएको हुनुपर्छ। देखाउँछन् नि राम यहाँ गए, त्यहाँ गए, गान्धी यहाँ गए... त्यसैले अवश्य शिवबाबाको पनि चित्र हुनुपर्ने हो। तर उहाँ त निराकार हुनुहुन्छ। उहाँलाई फादर भनिन्छ, अरू कसैलाई सबैको फादर भन्न सकिदैन। ब्रह्मा, विष्णु, शङ्करको पनि उहाँ फादर हुनुहुन्छ। उहाँको नाम हो शिव। काशीमा पनि मन्दिर छ, उज्जैनमा पनि सोमनाथको मन्दिर छ। यति धेरै मन्दिर किन बने, कसैलाई पनि थाहा छैन, जसरी लक्ष्मी-नारायणको पूजा गर्छन्, भन्छन्– उहाँहरू स्वर्गको मालिक हुनुहुन्थ्यो, तर स्वर्ग कहिले थियो, यिनीहरू मालिक कसरी बने, यो कसैसाई थाहा छैन। पुजारीले जसको पूजा गर्छन् उनको कर्तव्यलाई जान्दैन भने यसलाई अन्धश्रद्धा भनिन्छ नि। यहाँ पनि भन्न त बाबा बाबा त भन्छन् तर पूरा परिचय छैन। माता-पितालाई चिनेका छैनन्। लक्ष्मी-नारायणका पुजारीले पूजा गर्छन्, शिवको मन्दिरमा गएर महिमा गर्छन्। गाउँछन्– तिमी माता-पिता... तर उहाँ कसरी माता-पिता हुनुहुन्छ, कहिले माता पिता बन्नु भएको थियो– केही पनि जान्दैनन्। हिन्दुहरूले बिलकुलै जान्दैनन्। क्रिश्चियन, बौद्धी आदिले आफ्नो क्राइस्टलाई, बुद्धलाई याद गर्छन्। तुरुन्त उनको जीवनी बताउँछन्– क्राइस्ट फलानो समयमा क्रिश्चियन धर्मको स्थापना गर्न आउनु भएको थियो। हिन्दुहरू जसलाई पुज्छन् उनीहरूलाई यी को हुन् भन्ने थाहा छैन। न शिवलाई, न ब्रह्मा-विष्णु-शङ्करलाई, न जगत् अम्बा, जगत् पितालाई, न लक्ष्मी-नारायणलाई जान्दछन्, केवल पूजा गरिरहन्छन्। उनीहरूको जीवनी के हो, केही पनि जान्दैनन्। बाबा बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ– तिमी जब स्वर्गमा थियौ तब तिम्रो आत्मा र शरीर दुवै पवित्र थिए, तिमीले राज्य गर्थ्यौ। तिमीलाई थाहा छ– वास्तवमा हामीले राज्य गर्थ्यौं, हामीले पुनर्जन्म लिएर, ८४ जन्म भोग्दाभोग्दै बादशाही गुमाइदियौं। सुन्दरबाट श्याम बन्यौं। सुन्दर थियौं, अहिले श्याम बनेका छौं। आजकाल नारायणलाई कालो देखाउँछन् त्यसैले सिद्ध हुन्छ उनै कृष्ण नारायण थिए। तर यी कुरालाई बिलकुल बुझ्दैनन्।

यादव थिए मुसल आविष्कार गर्नेवाला र कौरव-पाण्डव भाइ-भाइ थिए। ती आसुरी भाइ र यी दैवी भाइ थिए। यिनीहरू पनि आसुरी थिए, यिनलाई बाबाले उच्च बनाएर दैवी भाइ बनाउनु भएको हो। दुवै भाइहरूमा के भयो? वास्तवमा पाण्डवहरूको जित भयो, कौरव विनाश भए। यहाँ बसेर पनि भन्न त मम्मा-बाबा भन्छन् तर राम्ररी चिनेका छैनन्। बाबाको श्रीमतमा चल्दैनन्। जानेका छैनन्– बाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। निश्चय रहँदैन। देह अभिमान भएको कारण, देहका मित्र-सम्बन्धी आदिलाई याद गरिरहन्छन्। यहाँ त देही बाबालाई याद गर्नु छ। यो नयाँ कुरा भयो। मनुष्य कसैले सम्झाउन सक्दैन। यहाँ माता-पिताको साथमा बसेर पनि उहाँलाई चिन्दैनन्। यो आश्चर्य छ नि। जन्म यहाँ नै भयो। फेरि पनि चिन्दैनन् किनकि निराकार हुनुहुन्छ। उहाँलाई राम्ररी चिन्न सक्दैनन्। उहाँको मतमा चल्दैनन् अनि आश्चर्यवत् भागन्ती हुन्छन्। जसद्वारा स्वर्गको २१ जन्मको वर्सा मिल्छ, उहाँलाई नचिनेकाले भाग्छन्। जसले बाबालाई चिन्छन् उनीहरूलाई भाग्यशाली भनिन्छ। दु:खबाट मुक्त गर्ने त एउटै बाबा हुनुहुन्छ। दुनियाँमा दु:ख त धेरै छ नि। यो हो नै भ्रष्टाचारी राज्य। ड्रामा अनुसार फेरि पनि ५ हजार वर्षपछि यसरी नै भ्रष्टाचारी सृष्टि हुन्छ, फेरि बाबा आएर सत्ययुगी श्रेष्ठाचारी स्वराज्य स्थापना गर्नुहुन्छ। तिमी मनुष्यबाट देवता बन्न यहाँ आएका हौ। यो हो मनुष्यहरूको दुनियाँ। देवताहरूको दुनियाँ सत्ययुगमा हुन्छ। यहाँ छन् पतित मनुष्य, पावन देवताहरू सत्ययुगमा हुन्छन्। यो तिमीलाई नै सम्झाइन्छ जो ब्राह्मण बनेका छौ। जो ब्राह्मण बन्दै जान्छन् उनलाई सम्झाउँदै जानेछु। सबै त ब्राह्मण बन्दैनन्। जो ब्राह्मण बन्छन् उनीहरू नै फेरि देवता बन्छन्। ब्राह्मण बनेनन् भने देवता पनि बन्न सक्दैनन्। बाबा-मम्मा भनेपछि ब्राह्मण कुलमा आए। फेरि सारा आधार पढाइको पुरुषार्थमा छ। यो राजधानी स्थापना भइरहेको छ। इब्राहिम, बुद्ध आदि कसैले राजधानी स्थापना गर्दैनन्। क्राइस्ट एक्लै आए। कसैमा प्रवेश गरेर क्रिश्चियन धर्म स्थापना गरे फेरि जति क्रिश्चियन धर्मका आत्माहरू माथि हुन्छन्, उनीहरू आइरहन्छन्। अहिले सबै क्रिश्चियनका आत्माहरू यहाँ छन्। अहिले अन्त्यमा सबै फर्केर जानु छ। बाबा सबैको गाइड बनेर सबैलाई दु:खबाट मुक्त गर्नुहुन्छ। बाबा नै हुनुहुन्छ सारा मानवजातिका मुक्तिदाता एवं गाइड। सबै आत्माहरूलाई फर्काएर लिएर जानुहुन्छ। आत्मा पतित भएको कारण फर्केर जान सक्दैन। निराकार दुनियाँ त पावन हुन्छ नि। अहिले यो साकारी सृष्टि पतित छ। अब यी सबैलाई पावन कसले बनायो, जसबाट निराकारी दुनियाँमा जान सक्छन्? त्यसैले बोलाउँछन्– ओ गड फादर आउनुहोस्! गड फादर आएर बताउनु हुन्छ– म एकैपटक आउँछु, जब सारा दुनियाँ भ्रष्टाचारी बन्न पुग्छ। एक अर्कालाई मार्नको लागि कति धेरै गोला बारुद बनाइरहन्छन्। एक त बमहरू बनाइरहेका छन्, अझै फेरि प्राकृतिक प्रकोप, बाढी, अर्थक्वेक आदि हुन्छन्, बिजुली चम्किन्छ, बिमारी हुन्छन् किनकि खाद बन्नुछ नि। फाहोरको नै खाद बन्छ नि। यस सारा सृष्टिलाई खाद चाहिन्छ जसबाट फेरि फस्टक्लास उत्पादन हुनसकोस्। सत्ययुगमा केवल भारतवर्ष थियो। अहिले यति सबैको विनाश हुनु छ। बाबा भन्नुहुन्छ– म आएर दैवी राजधानी स्थापना गर्छु, अरू सबै खतम हुन्छन्, बाँकी तिमी स्वर्गमा जान्छौ। स्वर्गलाई त सबैले याद गर्छन् हैन? तर स्वर्ग केलाई भनिन्छ, यो कसैलाई थाहा छैन। कोही पनि मर्यो भने भन्छन्– स्वर्गवासी भए। अरे, कलियुगमा जो मर्छ उसले अवश्य पुनर्जन्म कलियुगमा नै लिन्छ नि। यति अक्कल पनि कसैमा छैन। डाक्टर अफ फिलोसफी आदि नाम राख्न लगाउँछन्, बुझ्न केही बुझ्दैनन्। मानिस मन्दिरमा रहन्थे। त्यो हो क्षीरसागर, यो हो विषयसागर। यी सबै कुरा बाबाले नै सम्झाउनु हुन्छ। पढाउन त मनुष्यलाई नै पढाउनु हुन्छ, जनावरलाई त पढाउनु हुन्न।

बाबा सम्झाउनु हुन्छ– ड्रामा यस्तो बनेको छ। जस्तो धनवान मानिस त्यस्तै फर्निचर हुन्छन्। गरिबसँग पुराना टुटेफुटेका भाँडा आदि हुन्छन्, धनवानसँग त यति धेरै वैभव हुन्छ। तिमी सत्ययुगमा धनवान बन्यौ भने तिम्रा हीरा-जुहारातका महल हुन्छन्। त्यहाँ कुनै गन्दगी आदि हुँदैन, दुर्गन्ध हुँदैन। यहाँ दुर्गन्ध हुन्छ त्यसैले अगरबत्ती आदि जलाइन्छ। त्यहाँ त फूलमा स्वाभाविक (नेचरल) सुगन्ध हुन्छ। अगरबत्ती जलाउने आवश्यकता पर्दैन, त्यसलाई हेविन भनिन्छ। बाबाले हेविनको मालिक बनाउनको लागि पढाउनु हुन्छ। हेर, कति साधारण हुनुहुन्छ। यस्तो बाबालाई याद गर्न पनि भुल्छन्! निश्चय पूरा छैन भने भुल्छन्। जोबाट स्वर्गको वर्सा मिल्छ, यस्ता माता पितालाई भुल्नु कस्तो दुर्भाग्य हो। बाबा आएर उच्चभन्दा उच्च बनाउनु हुन्छ। यस्ता माता-पिताको मतमा चलेनौ भने त शतप्रतिशत अति दुर्भाग्यशाली भनिन्छ। नम्बरवार त हुन्छन् नि। कहाँ पढाइद्वारा विश्वको मालिक बन्नु, कहाँ नोकरचाकर बन्नु! तिमीले बुझ्नसक्छौ– मैले कहाँसम्म पढ्छु? त्यहाँ केवल धर्म पिताहरू आउँछन्, धर्म स्थापना गर्न, यहाँ माता-पिता हुनुहुन्छ किनकि प्रवृत्तिमार्ग हो नि। पवित्र प्रवृत्तिमार्ग थियो। अहिले छ अपवित्र प्रवृत्तिमार्ग। लक्ष्मी-नारायण पवित्र थिए त्यसैले उनीहरूका सन्तान पनि पवित्र थिए। तिमीलाई थाहा छ– म के बन्नेछु? माता-पिताले यति उच्च बनाउनु हुन्छ भने उहाँलाई अनुसरण गर्नुपर्यो नि। भारतवर्षलाई नै मदर-फादर कन्ट्री भनिन्छ। सत्ययुगमा सबै पवित्र थिए, यहाँ पतित छन्। कति राम्ररी सम्झाइन्छ तर बाबालाई याद गर्दैनन् भने बुद्धिको ताला बन्द हुन्छ। सुन्दासुन्दै पढाइ छोडिदिए भने ताला एकदम बन्द हुन्छ। स्कुलमा पनि नम्बरवार हुन्छन्। पत्थरबुद्धि र पारसबुद्धि भनिन्छ। पत्थरबुद्धिले केही पनि बुझ्दैन, सारा दिनमा ५ मिनट पनि बाबालाई याद गर्दैनन्। ५ मिनट याद गर्यौ भने त्यति नै ताला खुल्नेछ। धेरै याद गर्यौ भने ताला राम्ररी खुल्नेछ। सारा आधार यादमा छ। प्रिय बाबा वा प्रिय दादा भनेर कुनै कुनै बच्चाहरूले बाबालाई पत्र लेख्छन्। अब केवल प्रिय दादा लेखेर पोस्टमा चिट्ठी खसाल्यौ भने मिल्छ त? नाम त चाहियो नि! दादा-दादीहरू त दुनियाँमा धेरै छन्। अच्छा!

आज दीपावली हो। दीपावलीमा नयाँ खाता राख्छन्। तिमी सच्चा-सच्चा ब्राह्मण हौ। ती ब्राह्मणले व्यापारीहरूलाई नयाँ खाता राख्न लगाउँछन्। तिमीहरूले पनि आफ्नो नयाँ खाता राख्नु छ। तर यो हो नयाँ दुनियाँको लागि। भक्तिमार्गको खाता हो बेहद घाटाको खाता। तिमीले बेहदको वर्सा पाउँछौ, बेहदको सुख-शान्ति पाउँछौ। यो बेहदको कुरा बेहदको बाबा बसेर सम्झाउनु हुन्छ र बेहदको सुख पाउनेवाला बच्चाले नै यो सबै बुझ्नसक्छ। बाबाको पासमा करोडौंमा कोही नै आउँछन्। चल्दाचल्दै कमाइमा घाटा पर्यो भने जति जम्मा गरेको छ त्यो पनि शून्य हुन्छ। तिम्रो खाताको वृद्धि तब हुन्छ जब कसैलाई दान दिन्छौ। दान दिएनौ भने आम्दानी वृद्धि हुँदैन। तिमीले पुरुषार्थ गर्छौ आम्दानीको वृद्धि होस् भनेर। त्यो तब हुन्छ जब कसैलाई दान गर्नेछौ, फाइदा प्राप्त गराउँछौ। कसैलाई बाबाको परिचय दियो, मतलब जम्मा भयो। परिचय दिँदैनौ भने जम्मा पनि हुँदैन। तिम्रो कमाइ धेरै-धेरै ठुलो छ। मुरलीद्वारा तिम्रो सच्चा कमाइ हुन्छ, केवल यो थाहा हुनुपर्छ– मुरली कसको हो? यो पनि तिमी बच्चाहरूलाई थाहा छ– जो काला बनेका छन् उनीहरूले नै गोरा बनाउनको लागि मुरली सुन्नु छ। मुरली तेरी मे है जादू। ईश्वरीय जादु भन्छन् नि। यस मुरलीमा ईश्वरीय जादु छ। यो ज्ञान पनि तिमीलाई अहिले मिलेको छ। देवताहरूमा यो ज्ञान थिएन। जब उनीहरूमा नै ज्ञान थिएन भने पछि आउनेहरूमा ज्ञान कसरी हुनसक्छ? शास्त्र आदि पनि जो पछि बन्छन्– ती सबै खतम हुन्छन्। तिम्रा यी सच्चा सच्चा गीता त धेरै कम छन्। दुनियाँमा त उनीहरूका लाखौंको सङ्ख्यामा गीता हुन्छन्। वास्तवमा यी चित्रहरू नै सच्चा गीता हुन्। ती गीताद्वारा यति धेरै बुझ्न सक्दैनन् जति यी चित्रहरूद्वारा बुझ्न सक्नेछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) राम्रोसँग पढेर स्वयंलाई भाग्यमान बनाउनु छ। देवता बन्नको लागि पक्का ब्राह्मण बन्नु छ।

२) देही बाबालाई याद गर्नको लागि देही अभिमानी बन्नु छ। देहलाई पनि भुल्ने अभ्यास गर्नु छ।

वरदान:–
सदा आफूलाई सारथि र साक्षी सम्झिएर देहभानबाट अलग रहने योगयुक्त भव

योगयुक्त रहने सरल विधि हो– सदा आफूलाई सारथि र साक्षी सम्झिएर चल्नु। यस रथलाई चलाउने म आत्मा सारथि हुँ, यो स्मृतिले स्वत: यो रथ अथवा देहबाट वा कुनै पनि प्रकारको देहभानबाट अलग बनाइदिन्छ। देहभान छैन भने सहज योगयुक्त बन्न सकिन्छ र हर कर्म पनि युक्तियुक्त हुन्छ। स्वयंलाई सारथि सम्झिनाले सर्व कर्मेन्द्रियहरू आफ्नो नियन्त्रणमा रहन्छन्। यस्तो व्यक्ति कुनै पनि कर्मेन्द्रियको वश हुन सक्दैन।

स्लोगन:–
विजयी आत्मा बन्नु छ भने अटेन्सन र अभ्यासलाई निजी संस्कार बनाऊ।