12.01.19          Morning Nepali Murli         Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी कल्याणकरी बाबा का बच्चाहरूको कर्तव्य हो सबैको कल्याण गर्नु , सबैलाई बाबाको याद दिलाउनु र ज्ञान दान दिनु ।

प्रश्न:
बाबाले महारथी कुन बच्चालाई भन्नुहुन्छ, उसको लक्षण के हुन्छ?

उत्तर:
जो राम्रो सँग पढ्छ र पढाउँछ, जसमा सदा वृहस्पतिको दशा छ, जसले आफ्नो र सबैको उन्नतिको सदा ख्याल राख्छ, जसले यज्ञ सेवामा हड्डी दिन्छ, जो बाबाको कार्यमा सहयोगी रहन्छ ऊ हो महारथी। यस्तो महारथी बच्चालाई बाबा भन्नुहुन्छ यो हो मेरो सपूत बच्चा।

ओम् शान्ति ।
आजकल बच्चाहरूले शिव जयन्तीको लागि तयारी गरिरहेका छन्। कार्ड आदि पनि छपाउँछन्। बाबाले सम्झाउनु त धेरै पटक भएको छ। सारा मुख्य कुरा गीतामा छ। मनुष्यहरूद्वारा बनाइएको गीतालाई पढ्दै-पढ्दै आधाकल्प तल उत्रिदै आएका छन्। यो पनि तिमी बच्चाहरूले बुझेका छौ आधाकल्प हो दिन, आधाकल्प हो रात। अहिले बाबाले टपिक दिनु हुन्छ त्यसमा मन्थन गर्नुपर्छ। तिमीले लेख्न सक्छौ, दाजु-भाइ/दिदी-बहिनीहरू आएर बुझ्नुहोस् एक गीता शास्त्र हो ज्ञानको, बाँकी सबै शास्त्र हुन् भक्तिका। ज्ञानको शास्त्र एउटै छ, जुन पुरुषोत्तम संगमयुगमा बेहदका बाबा परमपिता परमात्मा त्रिमूर्ति शिवले सुनाउनु हुन्छ या त लेख्नु पर्छ ब्रह्माद्वारा सुनाइरहनु भएको छ, जसबाट २१ जन्म सद्गति हुन्छ। ज्ञानको गीताद्वारा २१ जन्मको वर्सा मिल्छ फेरि ६३ जन्म भक्तिको गीता चल्छ, जुन मनुष्यहरूले सुनाउँछन्। बाबा त राजयोग सिकाएर सद्गति गरिदिनु हुन्छ। फेरि सुन्ने आवश्यकता रहँदैन, यस ज्ञानको गीताबाट दिन हुन्छ। यो ज्ञानको सागर बाबाले नै सुनाउनु हुन्छ, जसबाट २१ जन्म गति-सद्गति हुन्छ अर्थात् १०० प्रतिशत पवित्रता सुख शान्तिको अटल अखण्ड सत्ययुगी दैवी स्वराज्य मिल्छ। २१ जन्मको लागि चढ्ती कला हुन्छ। मनुष्यहरूले बनाएका गीताद्वारा उतरती कला हुन्छ। भक्तिको गीता र ज्ञानको गीतामा राम्रो सँग विचार सागर मन्थन गर्नु पर्छ। यो मूल कुरा हो, जुन मनुष्यलाई थाहा छैन। तिमीले लेख्छौ त्रिमूर्ति शिव जयन्ती सो श्रीमत भगवत गीता जयन्ती सो सर्वको सद्गति भवन्ती। यो पनि सुनाउन सक्छौ शिव जयन्ती सो विश्वमा शान्ति भवन्ती। मुख्य अक्षर धेरै आवश्यक छ, जसमा नै सारा आधारित छ। तिमीले सबैलाई बताउन सक्छौ मनुष्यले मनुष्यको सद्गति गर्न सक्दैनन्। भगवान् सद्गति गर्न आउनु हुन्छ पुरुषोत्तम संगमयुगमा, जो अहिले भइरहेको छ। यी २-३ प्वाइन्टहरू मुख्य छन्। शिव र कृष्णको गीताको भिन्नता त छ नै। त्रिमूर्ति शिव भगवानद्वारा संगममा गीता सुन्नाले सद्गति हुन्छ। यस्ता-यस्ता प्वाइन्टहरूमा जब कसैले विचार सागर मन्थन गरोस्, तब अरूमा पनि असर पर्छ। मनुष्यले मनुष्यको सद्गति कहिल्यै गर्न सक्दैन। केवल एकै त्रिमूर्ति परमपिता परमात्मा शिव जो टिचर पनि हुनु हुन्छ, सतगुरु पनि हुनु हुन्छ, उहाँले यस पुरुषोत्तम संगमयुगमा सबैको सद्गति गरिरहनु भएको छ। कार्डमा थोरै लिखत नै होस्। माथि लेखिदिनु पर्छ कलियुगी कौडी जस्तै पतित मनुष्यबाट सत्ययुगी हीरा जस्तो पावन देवी देवता बन्न ईश्वरीय निमन्त्रणा। यस्तो लेख्नाले मनुष्य खुशीले आउँछन् बुझ्नको लागि। सद्गतिदाता बाबाको नै शिव जयन्ती मनाइन्छ। एकदम स्पष्ट अक्षर होस्, मनुष्यले त भक्ति मार्गमा कति धेरै शास्त्र पढ्छन्। मेहनत गरिरहन्छन्। यहाँ एक सेकेन्डमा बेहदका बाबाबाट मुक्ति जीवनमुक्ति मिल्छ। जब बाबाको बनेर उहाँ सँग ज्ञान लिन्छन् अनि जीवनमुक्ति अवश्य नै मिल्छ। पहिला मुक्तिमा गएर जस्तो पुरुषार्थ गरेका छन्, त्यसै अनुसार जीवनमुक्तिमा अवश्य आउँछन्। जीवनमुक्ति मिल्छ अवश्य फेरि सुरुमा आउन् वा अन्तिममा आउन्। पहिला जीवनमुक्तिमा आउँछन् फेरि जीवनबन्धमा। यस्ता-यस्ता मुख्य प्वाइन्टहरू यदि धारण गरे भने पनि धेरै सेवा गर्न सक्छन्। यदि बाबालाई चिनेको भए अरूलाई पनि परिचय देऊ। कसैलाई परिचय नदिनुको मतलब ज्ञान छैन। शिक्षा त दिइन्छ तर तकदिरमा छैन, कल्याणकारी बाबाको बच्चाले त कल्याण गर्नु पर्छ। नत्र बाबाले बुझ्नु हुन्छ यसले केवल भन्छ मात्रै म शिवबाबाको बच्चा हुँ। कल्याण त गर्दैन। धनवान अथवा गरिबको, कल्याण त सबैको गर्नु छ। तर पहिला गरिबले लिन्छन् किनकि उनीहरूलाई फुर्सत छ। ड्रामामा निश्चित नै यस्तो छ। एक धनवान यदि अहिले नै आए त उसको पछाडि धेरै आउँछन्। अहिले यदि महिमा निस्कियो भने अनगिन्ती आउँछन्। तिम्रो छ ईश्वरीय पद। तिमीले आफ्नो पनि र अरूको पनि कल्याण गर्छौ। जसले आफ्नै कल्याण गर्दैन भने अरूको पनि गर्न सक्दैन। बाबा त हुनु हुन्छ कल्याणकारी, सर्वका सद्गति दाता। तिमी पनि सहयोगी हौ नि। तिमीलाई थाहा छ त्यो हो भक्तिमार्गको दशा। सद्गति मार्गको दशा एउटै छ, जसले राम्रो सँग पढ्छन् र पढाउँछन् उनको हुन्छ बृहस्पतिको दशा। उनलाई महारथी भनिन्छ। आफ्नो दिल सँग सोध म महारथी हुँ? फलानो-फलानोले जस्तै सेवा गरेको छु? प्यादाले कहिल्यै कसैलाई ज्ञान सुनाउन सक्दैन। यदि कसैको कल्याण गर्दैन भने आफूलाई कल्याणकारी बाबाको बच्चा किन कहलाउनु पर्यो। बाबाले त पुरुषार्थ गराउनु हुन्छ। यस यज्ञ सेवामा हड्डी पनि दिनु पर्छ। बाँकी केवल खानु पिउनु सुत्नु त्यो सेवा भयो र! यसरी त गएर प्रजामा दास दासी बन्छौ। बाबा त भन्नुहुन्छ पुरुषार्थ गरेर नरबाट नारायण बन। सपूत बच्चाहरूलाई देखेर बाबा पनि खुशी हुनु हुन्छ। लौकिक पिताले पनि देख्छन् यो त धेरै राम्रो पद पाउँदै छ अनि देखेर खुशी हुन्छन्। पारलौकिक बाबाले पनि यस्तो भन्नुहुन्छ। बेहदका बाबाले पनि भन्नुहुन्छ म तिमीलाई विश्वको मालिक बनाउन आएको हुँ। अब तिमीले अरूलाई पनि बनाऊ। बाँकी केवल पेट पूजा गरेर के फाइदा हुन्छ। सबैलाई केवल यही बताऊ शिवबाबालाई याद गर्नुहोस्। भोजनमा पनि एक अर्कालाई बाबाको याद दिलायौ भने सबैले भन्नेछन् यिनको शिवबाबा सँग धेरै प्रीत छ। यो त सहज छ नि। यसमा के नोक्सान छ। बानी परेपपछि खाइ पनि रहन्छौ र बाबालाई पनि याद गरिरहन्छौ। दैवी गुण पनि अवश्य धारण गर्नु छ। अहिले त सबैले पुकार्छन् हे पतित-पावन आउनुहोस्, त्यसैले अवश्य पतित छन्। शंकराचार्यले पनि शिवलाई याद गर्छन् किनकि उहाँ नै पतित-पावन हुनु हुन्छ। आधाकल्प भक्ति गर्छन् फेरि भगवान् आउनु हुन्छ, कसैलाई हिसाब कहाँ थाहा छ र। बाबा सम्झाउनु हुन्छ यज्ञ, तप, दानबाट म मिल्दिनँ, यसमा गीता पनि आउँछ। यो शास्त्र आदि पढेर कसैको सद्गति हुँदैन। गीता, वेद, उपनिषद सबै हुन् भक्ति मार्गका। बाबाले त बच्चाहरूलाई सहज राजयोग र ज्ञान सिकाउनु हुन्छ, जसबाट राजाई प्राप्त गराउनु हुन्छ। यसको नाम नै छ राजयोग। यसमा पुस्तकको कुनै कुरा छैन। शिक्षकले पढाउँछन् पद प्राप्त गराउनको लागि, त्यसैले अनुसरण गर्नु पर्छ। सबैलाई भन शिवबाबालाई याद गर्नुहोस्। उहाँ हामी सबै आत्माहरूका पिता हुनु हुन्छ। शिवबाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ। एक अर्कालाई सावधान गरेर उन्नति गर्नु छ। जति याद गर्छौ, त्यति आफ्नै कल्याण हुन्छ। यादको यात्राद्वारा सारा विश्वलाई पवित्र बनाउने छौ। यादमा रहेर भोजन बनायौ भने त्यसमा पनि तागत आउँछ। त्यसैले तिम्रो ब्रह्मा भोजनको धेरै महिमा छ। ती भक्तहरूले भोग लगाउँदा पनि राम-राम भनिरहन्छन्। राम नामको दान दिन्छन्। तिमीलाई त बुद्धिमा घरी-घरी बाबाको याद रहनु पर्छ। बुद्धिमा सारा दिन ज्ञान रहनु पर्छ। बाबाको पासमा सारा रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छ नि। सर्वोच्च भगवान् हुनु हुन्छ, तिमीले उहाँलाई याद गर्यौ भने उच्च पद प्राप्त गर्छौ। फेरि अरू कसैलाई याद नै किन गर्ने। बाबा भन्नुहुन्छ केवल मलाई याद गर्न अरू सबै छोड्नु पर्छ। यो हो अव्यभिचारी याद। यदि याद आउँदैन भने गाँठो बाँध। आफ्नो उन्नतिको लागि, उच्च पद पाउनको लागि पुरुषार्थ अवश्य गर्नु पर्छ। मलाई पनि टिचर बनाउने शिवबाबा मेरो टिचर हो। तिमीहरू सबै पण्डा हौ नि। पण्डाहरूको काम हो बाटो बताउनु। यति सारा ज्ञान पहिले कहाँ तिमीहरूमा थियो र। सबैले भन्छन् पहिला त मानौं पाई पैसाको पढाइ थियो। सो त अवश्य हो। ड्रामा अनुसार कल्प पहिले जस्तै पढिरहन्छन्। फेरि कल्प पछि पनि यसरी नै पढ्ने छौ। अन्तिममा तिमीलाई सबै साक्षात्कार हुन्छ। साक्षात्कार हुन समय लाग्दैन। बाबालाई छिटै-छिटै साक्षात्कार हुँदै गयो। फलाना-फलाना राजा बन्छन्, यो ड्रेस हुन्छ। सुरुमा बच्चाहरूलाई धेरै साक्षात्कार भएको थियो फेरि अन्तमा धेरै हुन्छ, फेरि याद गर्नेछन्। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 

धारणाको लागि मुख्य सारः

१) भोजनमा एक अर्कालाई बाबाको याद दिलाऊ, यादमा भोजन खाऊ। एक शिव बाबा सँग नै सच्चा प्रीत राख।

२) यज्ञ सेवामा हड्डी दिनु छ। बाबाको पूरा सहयोगी बन्नु छ।


वरदान:
निश्चयबुद्धि बनेर कमजोर संकल्पको जाललाई समाप्त गर्ने सफलता सम्पन्न भव

अहिलेसम्म अधिकांश बच्चाहरूले कमजोर संकल्पलाई स्वयं नै उत्पन्न गर्छन्। सोच्दछन्, थाहा छैन खै होला कि नहोला, के होला.... यी कमजोर संकल्प नै पर्खाल बन्छन् र सफलता त्यस पर्खालभित्र हराउँछ। मायाले कमजोर संकल्पको जालो फिजाइदिन्छ, त्यही जालमा फँस्छन्। त्यसैले म निश्चयबुद्धि विजयी हुँ, सफलता मेरो जन्मसिद्ध अधिकार हो यस स्मृतिद्वारा कमजोर संकल्पलाई समाप्त गर।

स्लोगन:
तेस्रो ज्वालामुखी नेत्र खुल्ला रह्यो भने माया शक्तिहीन बन्छ।


सबै गोप-गोपीहरू प्रति मातेश्वरीजीको हस्त -लिखित याद पत्र (१९६१)

सबै गोप-गोपीहरू प्रति धेरै धेरै याद-प्यार।

बाद समाचार तिमीहरू सबै गृहस्थ व्यवहारमा रहेर कमल फूल समान आफ्नो जीवनमा सफलता प्राप्त गरिरहेका छौ नि! प्रिय गोपीहरूले त अहिले सेवालाई राम्रो सँग बढाउने पुरुषार्थमा लागेका छन्, धेरै राम्रो। आखिर आफ्नो परम पूज्य बाबाको परिचय सबैलाई मिल्नु नै छ। यो त थाहा छ यस उच्च प्राप्तिलाई करोडौंमा कोहीले नै पाउन सक्छ, यस्तो फूल अवश्य निस्किन्छन् नि! अच्छा, तेज रफ्तारले सेवालाई बढाउँदै जाऊ। खजाना अविनाशी ज्ञान धनको धेरै अनोखा छ, अखुट छ, जो बाबाद्वारा सबै बच्चाहरूलाई मिलि नै रहन्छ। जो कसैले यसलाई प्राप्त गरेमा जन्म-जन्मान्तरको लागि मालामाल बन्छ, यो चीज नै यस्तो छ। भन, प्रिय गोप-गोपीहरू ठीक कुरा हो नि! तिमीहरू सबै गोप-गोपीहरू अतीन्द्रिय सुखमय जीवनको अनुभवद्वारा जीवन बिताउँदै अगाडि बढ। हेर प्रिय गोप-गोपीहरू अहिले यस ब्राह्मण कुलको वृद्धि हुँदा नै सबैको कल्याण छ। फेरि त ब्राह्मण सो देवता अवश्य बनिन्छ। जस्तै कतिले आफ्नो गृहस्थ व्यवहारमा रहेर पनि ब्राह्मण कुलवंशी बनेर चलिरहेका छन् अर्थात् गृहस्थ व्यवहारमा रहँदै पवित्र रहन्छन् र पति-पत्नी एक बाबाका बच्चाहरू हुन्, यस्तो पवित्र धारणामा रहन्छन्। बाँकी सबैलाई उहाँ परमपिता बाबाको डाइरेक्शनमा नै चल्नु छ, यसलाई नै श्रीमतमा चल्नु भनिन्छ। यस्तो धारणामा चल्नेलाई नै ब्राह्मण कुलवंशी भनिन्छ। जबकि अहिले उही बाबा, टिचर, सतगुरु बन्नु भएको छ, धर्मराज पनि हुनु हुन्छ, त्यसैले किन उहाँको गोदको बच्चा बनेर आफ्नो पूर्ण पवित्रताको अधिकार नलिने। जसबाट नै भविष्यमा सुख शान्तिको पूरा अधिकार प्रारब्ध रूपमा प्राप्त हुन्छ। भन, प्रिय गोप-गोपीहरू यस्तो सहज रहस्यलाई बुझिसक्यौ नि! जीवन छँदै मर्न अथवा मरजीवा बन्न डर त छैन नि! आज यो पत्र हरेकले आ-आफ्नो नामले सम्झ र आफ्नो पत्र सम्झेर पढ अथवा सुन र माँको प्यार पनि हरेकले आफ्नो नामले प्राप्त गर। हरेक गोप-गोपी प्रति नाम सहित माँको अत्यन्त प्यार। अच्छा, आफ्नो सौभाग्य उच्च बनाउने पुरुषार्थमा तीव्र वेगले लागिरहनु नै कल्याणकारी बन्नु हो, जबकि अहिले थाहा भयो स्वयं परमपिता उच्च वर्सा दिन आउनु भएको छ, त्यसैले लिएर नै छोड्नु छ। अच्छा, छुट्टी लिन्छु। ओम् शान्ति।


ब्रह्मा बाबा समान बन्नको लागि विशेष पुरुषार्थ:
जसरी ब्रह्मा बाबाले अनेक मेरोलाई एक ममा समाहित गरिदिनु भयो। मेरो त एक बाबा, दोस्रो न कोही। यसैगरी फलो फादर गर। यसबाट एकाग्रताको शक्ति बढ्छ। फेरि जहाँ चाह्यो, जस्तो चाह्यो, जति समय चाह्यो त्यति र त्यसरी नै मन एकाग्र हुन्छ। यस एकाग्रताको शक्तिले स्वत: एकरस फरिश्ता स्वरूपको अनुभूति हुन्छ।