12.01.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– पढाइ र
दैवी चाल चलनको रजिस्टर राख , दिनहुँ जाँच गर– मद्वारा कुनै गल्ती त भएको छैन ?”
प्रश्न:–
तिमी
बच्चाहरूले कुन पुरुषार्थद्वारा राजाईको तिलक प्राप्त गर्न सक्छौ?
उत्तर:–
(१) सदा आज्ञाकारी रहने पुरुषार्थ गर। संगममा आज्ञाकारीको तिलक लगायौ भने राजाईको
तिलक मिल्छ। अवज्ञाकारी अर्थात् आज्ञा नमान्नेले राजाईको तिलक प्राप्त गर्न सक्दैन।
(२) कुनै पनि रोग सर्जनसँग नलुकाऊ। लुकायौ भने पद कम हुन्छ। बाबा जस्तै प्यारको
सागर बन्यौ भने राजाईको तिलक मिल्छ।
ओम् शान्ति ।
रूहानी बाबाले
रूहानी बच्चाहरूलाई सम्झाइरहनु भएको छ। पढाइ अर्थात् समझ। तिमी बच्चाहरूलाई थाहा छ–
यो पढाइ धेरै सहज र धेरै उच्च छ अनि धेरै उच्च पद दिनेवाला छ। यो केवल तिमी
बच्चाहरूलाई थाहा छ– यो पढाइ हामीले विश्वको मालिक बन्नको लागि पढिरहेका छौं।
त्यसैले पढ्नेहरूलाई धेरै खुसी हुनुपर्छ। कति उच्च पढाइ छ! यो त्यही गीता अध्याय पनि
हो, संगमयुग पनि हो। तिमी बच्चाहरू अहिले ब्युँझेका छौ, अरू सबै सुतेका छन्। गायन
पनि छ– मायाको निद्रामा सुतेका छन्। तिमीलाई बाबा आएर जगाउनु भएको छ। केवल एउटा कुरा
सम्झाउनु हुन्छ– मीठे बच्चे, यादको यात्राको बलद्वारा तिमीले सारा विश्वमा राज्य गर,
जसरी कल्प पहिला गरेका थियौ। यो स्मृति बाबाले दिलाउनु हुन्छ। बच्चाहरूले पनि जानेका
छन्– हामी कल्प-कल्प योगबलद्वारा विश्वको मालिक बन्छौं, दैवी गुण पनि धारण गर्छौं।
योगमा नै पूरा ध्यान दिनु छ। यस योगबलद्वारा तिमी बच्चाहरूमा स्वाभाविक रूपमा दैवी
गुण आउँछन्। यो परीक्षा हो नै मनुष्यबाट देवता बन्ने। तिमी यहाँ आएका हौ योगबलद्वारा
मनुष्यबाट देवता बन्नको लागि। अनि यो पनि जानेका छौ– हाम्रो योगबलद्वारा सारा विश्व
पवित्र बन्नु छ। पवित्र थियो, अहिले अपवित्र बनेको छ। सारा चक्रको रहस्य तिमी
बच्चाहरूले बुझेका छौ र दिलमा पनि छ। कोही नयाँ भए पनि बुझ्नको लागि यी कुरा धेरै
सहज छन्। तिमी पूज्य देवता थियौ, फेरि तमोप्रधान पुजारी बन्यौ, अरू कसैले यस्तो
भन्न सक्दैन। बाबाले स्पष्ट भन्नुहुन्छ– त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग।
भक्ति बित्यो। बितेको कुरा नसोच। त्यो त झर्ने कुरा हो। बाबाले अहिले चढ्ने कुरा
सुनाइरहनु भएको छ। बच्चाहरूले पनि जानेका छन्– हामीले दैवी गुण धारण अवश्य
गर्नुपर्छ। दिनहुँ चार्ट लेख्नुपर्छ, म कति समय यादमा रहन्छु? मबाट के के गल्ती भयो?
गल्तीको कारण ठूलो चोट पनि लाग्छ, त्यस पढाइमा पनि चालचलन हेरिन्छ। यसमा पनि चालचलन
हेरिन्छ। बाबाले त तिम्रो कल्याणको लागि भन्नुहुन्छ। त्यहाँ पनि रजिस्टर राख्छन्–
पढाइको र चालचलनको। यहाँ पनि बच्चाहरूले दैवी चालचलन बनाउनु पर्छ। गल्ती नहोस्, यो
कुराको ख्याल गर्नुपर्छ। मद्वारा कुनै गल्ती त भएको छैन? त्यसैले कचहरी (छलफल) पनि
गर्छन्। अरू कुनै विद्यालय आदिमा कचहरी हुँदैन। आफ्नो दिलसँग सोध्नु छ। बाबाले
सम्झाउनु भएको छ– मायाको कारण केही न केही अवज्ञा भइरहन्छ। सुरुमा पनि कचहरी
हुन्थ्यो। बच्चाहरूले सत्य कुरा बताउँथे। बाबाले सम्झाइरहनु हुन्छ– यदि सत्य नबताउने
हो भने त्यस्ता गल्ती वृद्धि भइरहन्छन्। उल्टो कुरा र गल्तीको दण्ड मिल्छ। गल्ती
नबताउनाले फेरि अवज्ञाकारीको टीका लाग्छ। फेरि राजाईको तिलक मिल्न सक्दैन। आज्ञा
मान्दैनन्, अवज्ञाकारी बन्छन् भने राजाई पाउन सक्दैनन्। सर्जनले भिन्न-भिन्न
प्रकारसँग सम्झाइरहनु हुन्छ। सर्जनसँग यदि बिमारी लुकायो भने पद पनि सानो हुन्छ।
सर्जनलाई बताउनाले कुनै नोक्सान त हुँदैन नि। बाबाले केवल भन्नुहुन्छ सावधान। फेरि
यदि त्यस्तो गल्ती गर्यौ भने नोक्सान हुन्छ। पद धेरै सानो हुन्छ। त्यहाँ त
स्वाभाविक रूपमा दैवी चालचलन हुन्छ। यहाँ पुरुषार्थ गर्नुपर्छ। घरी-घरी फेल हुनु
हुँदैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धेरै गल्ती नगर। बाबा प्यारका सागर
हुनुहुन्छ। बच्चाहरू त्यस्तै बन्नु छ। जस्तो पिता त्यस्तै बच्चा। जस्तो राजारानी
त्यस्तै प्रजा। बाबा त राजा हुनुहुन्न। तिमीले जानेका छौ– बाबाले हामीलाई आफू समान
बनाउनु हुन्छ। बाबाको जे महिमा गर्छन्, त्यो तिम्रो पनि हुनुपर्छ। बाबा समान बन्नु
छ। माया धेरै बलवान छ, तिमीलाई रजिस्टर राख्न दिँदैन। मायाको फन्दामा त पूरै फँसेका
छौ। मायाको जेलबाट तिमी निस्कन सक्दैनौ। सत्य बताउँदैनौ। त्यसैले बाबा भन्नुहुन्छ–
यथार्थ यादको चार्ट राख। अमृतबेला उठेर बाबालाई याद गर। बाबाको नै महिमा गर। बाबा,
हजुरले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ त्यसैले हामीले हजुरको महिमा गर्छौं।
भक्तिमार्गमा कति महिमा गायन गर्छन्, तर उनीहरूलाई त केही पनि थाहा छैन। देवताहरूको
महिमा होइन। महिमा हो तिमी ब्राह्मणहरूको। सबैलाई सद्गति दिने पनि एक बाबा
हुनुहुन्छ। उहाँ रचयिता पनि हुनुहुन्छ, निर्देशक पनि हुनुहुन्छ। सेवा पनि
गर्नुहुन्छ र बच्चाहरूलाई सम्झाउनु पनि हुन्छ। यथार्थमा भन्नुहुन्छ। उनीहरूले त
केवल शास्त्रबाट भगवानुवाच सुनिरहन्छन्। गीता पढ्न आउँछन् तर त्यसबाट मिल्छ के? कति
प्यारसँग बसेर पढ्छन्, भक्ति गर्छन्, थाहै हुँदैन यसबाट के हुन्छ! यो जानेका छैनन्–
हामी सिँढीबाट तलै झरिरहेका छौं। दिनप्रतिदिन तमोप्रधान बन्नु नै छ। ड्रामामा यस्तै
निश्चित छ। यो सिँढीको रहस्य बाबाले सिवाय अरू कसैले सम्झाउन सक्दैन। शिवबाबाले नै
ब्रह्माद्वारा सम्झाउनु हुन्छ। यिनले पनि उहाँसँग सिकेर फेरि तिमीलाई सम्झाउँछन्।
मूल बडा टिचर, बडा सर्जन त बाबा नै हुनुहुन्छ। उहाँलाई मात्रै याद गर्नु छ। यस्तो
भनिँदैन– ब्राह्मणीलाई याद गर। याद त एकको गर्नुपर्छ। कहिल्यै पनि कसैसँग मोह राख्नु
हुँदैन। एक बाबासँग नै शिक्षा लिनु छ। निर्मोही बन्नु छ। यसैमा धेरै मेहनत चाहिन्छ।
सारा पुरानो दुनियाँसँग वैराग्य। यो त समाप्त भइसकेको छ। यसमा प्यार वा आसक्ति केही
पनि हुनु हुँदैन। कति ठूला-ठूला भवनहरू बनाइरहन्छन्। उनीहरूलाई यो पनि थाहा छैन– यो
पुरानो दुनियाँ कति समय बाँकी छ। तिमी बच्चाहरू अहिले ब्युँझेका छौ र अरूलाई पनि
ब्युँझाउँछौ। बाबाले आत्माहरूलाई नै ब्युँझाउनु हुन्छ, घरी-घरी भन्नुहुन्छ आफूलाई
आत्मा सम्झ। शरीरै सम्झन्छौ भने मानौं निद्रामै छौ। आफूलाई आत्मा सम्झ र बाबालाई पनि
याद गर। आत्मा पतित भएपछि शरीर पनि पतित मिल्छ। आत्मा पावन भयो भने शरीर पनि पावन
मिल्छ।
बाबाले सम्झाउनु हुन्छ– तिमी नै यस देवी-देवता घरानाका थियौ। फेरि तिमी नै बन्छौ।
कति सहज छ। यस्ता बेहदका बाबालाई हामीले किन याद नगर्ने? अमृतबेला उठेर पनि बाबालाई
याद गर। बाबा हजुरको त कमाल छ, हजुरले हामीलाई कति उच्च देवी-देवता बनाएर फेरि
निर्वाणधाममा गएर बस्नुहुन्छ। यति उच्च त कसैले बनाउन सक्दैन। हजुरले कति सहजसँग
भन्नुहुन्छ। बाबा भन्नुहुन्छ– जति समय मिल्छ, कामकाज गर्दा पनि बाबालाई याद गर्न
सक्छौ। यादले नै तिम्रो बेडा पार गर्छ अर्थात् कलियुगबाट पारी शिवालयमा लैजान्छ।
शिवालयलाई पनि याद गर्नु छ, शिवबाबाले स्थापना गर्नुभएको स्वर्गलाई पनि याद गर्नु
छ। शिवबाबालाई याद गर्नाले हामी स्वर्गको मालिक बन्छौं। यो पढाइ हो नै नयाँ
दुनियाँको लागि। बाबा पनि नयाँ दुनियाँ स्थापना गर्न आउनु हुन्छ। बाबा आएर अवश्य पनि
कुनै काम गर्नुहुन्छ नि। तिमीले देखिरहेका छौ– मैले पनि पार्ट खेलिरहेको छु,
ड्रामाको योजना अनुसार। तिमी बच्चाहरूलाई ५ हजार वर्ष पहिलाको यादको यात्रा र
आदि-मध्य-अन्त्यको रहस्य बताउँछु। तिमीले जानेका छौ– हर ५ हजार वर्षपछि बाबा हाम्रो
सम्मुख आउनु हुन्छ। आत्माले नै बोल्छ, शरीर बोल्दैन। बाबाले बच्चाहरूलाई शिक्षा
दिनुहुन्छ– आत्मालाई नै पवित्र बनाउनु छ। आत्मा एक पटक मात्र पवित्र हुनुपर्छ। बाबा
भन्नुहुन्छ– मैले तिमीलाई धेरै पटक पढाएको छु फेरि पनि पढाउँछु। कुनै संन्यासीले
यस्तो भन्न सक्दैन। बाबाले नै भन्नुहुन्छ– प्यारा बच्चाहरू! म ड्रामाको योजना
अनुसार पढाउन आएको छु। फेरि ५ हजार वर्षपछि यसरी नै आएर पढाउँछु, जसरी कल्प पहिला
तिमीलाई पढाएर राजधानी स्थापना गरेको थिएँ, धेरै पटक तिमीलाई पढाएर राजधानी स्थापना
गरेको छु। बाबाले यी कति अद्भूत कुरा सम्झाउनु हुन्छ। श्रीमत कति श्रेष्ठ छ।
श्रीमतद्वारा नै हामी विश्वको मालिक बन्छौं। धेरै ठूलो पद हो! कसैलाई ठूलो चिट्ठा
पर्यो भने दिमाग खराब हुन्छ। कोही-कोही ज्ञानमा चल्दा-चल्दै निराश हुन्छन्। मैले
पढ्न सक्दिन। मैले विश्वको बादशाही कसरी लिउँला। तिमी बच्चाहरूलाई धेरै खुसी
हुनुपर्छ। बाबा भन्नुहुन्छ– अतीन्द्रिय सुख र खुसी को कुरा मेरा बच्चाहरूलाई सोध।
तिमी जान्छौ सबैलाई खुसी को कुरा सुनाउन। तिमी नै विश्वको मालिक थियौ फेरि ८४ जन्म
भोगेर गुलाम बनेका छौ। गायन पनि गर्छन्– मैं गुलाम, मैं गुलाम तेरा। आफूलाई नीच
भन्नु, सानो भएर चल्नु राम्रो हो भन्ने सम्झन्छन्। हेर, बाबा को हुनुहुन्छ! उहाँलाई
कसैले चिन्दैन। उहाँलाई पनि केवल तिमीले चिनेका छौ। बाबा कसरी आएर सबैलाई
बच्चा-बच्चा भनेर सम्झाउनु हुन्छ। यो आत्मा र परमात्माको मेला हो। उहाँबाट हामीलाई
स्वर्गको बादशाही मिल्छ। गंगा स्नान आदि गरेर कुनै स्वर्गको राजाई मिल्दैन। गंगा
स्नान त धेरै पटक गर्यौ। हुन त पानी सागरबाट आउँछ तर वर्षाद् कसरी हुन्छ, यसलाई पनि
कुदरत (प्रकृति) भनिन्छ। यतिबेला बाबाले तिमीलाई सबै कुरा सम्झाउनु हुन्छ। धारणा पनि
आत्माले नै गर्छ, नकि शरीरले। तिमीले महसुस गर्छौ– बाबाले हामीलाई के बाट के
बनाइदिनु भएको छ! अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई दया गर। कुनै
अवज्ञा नगर। देह-अभिमानी नबन। व्यर्थैमा आफ्नो पद घटाउँछौ। टिचरले त सम्झाउँछन् नि।
तिमीले जानेका छौ– बाबा बेहदका टिचर हुनुहुन्छ। दुनियाँमा कति धेरै भाषाहरू छन्।
कुनै पनि कुरा छापिन्छ भने सबै भाषाहरूमा छपाउनु पर्छ। कुनै पुस्तक छपायौ भने
सबैलाई एक-एक प्रति पठाइदेऊ। एक-एक प्रति पुस्तकालयमा पठाउनु पर्छ। खर्चको कुरा छैन।
बाबाको भण्डार भरिभराउ छ। पैसा आफूसँग राखेर के गर्छौ। घर लिएर त जाँदैनौ। यदि केही
घर लिएर गयौ भने परमात्माको यज्ञको चोरी हुन्छ। हाय-हाय यस्तो बुद्धि कसैको नहोस्।
परमात्माको यज्ञको चोरी! त्यो जस्तो महान् पाप आत्मा कोही हुन सक्दैन। कति अधमगति
हुन्छ। बाबा भन्नुहुन्छ– यो सबै पार्ट ड्रामामा छ। तिमीले राज्य गर्छौ, ऊ तिम्रो
सेवक बन्छ। सेवक विना राज्य कसरी चल्छ! कल्प पहिला पनि यसरी नै स्थापना भएको थियो।
अब बाबा भन्नुहुन्छ– आफ्नो कल्याण गर्न चाहन्छौ भने श्रीमतमा चल। दैवी गुण धारण गर।
क्रोध गर्नु दैवी गुण होइन। त्यो आसुरी गुण हुन जान्छ। कसैले क्रोध गर्यो भने चुप
भइदिनुपर्छ। जवाफ दिनु हुँदैन। हरेकको चालचलनबाट जान्न सकिन्छ, अवगुण त सबैमा
हुन्छन्। जब कसैले क्रोध गर्छ भने उसको अनुहार तामा जस्तो हुन्छ। मुखबाट बम चलाउँछन्।
आफ्नै नोक्सान गरिदिन्छन्। पद भ्रष्ट हुन्छ। ज्ञान हुनुपर्छ। बाबा भन्नुहुन्छ– जो
पाप गर्छौ, त्यो लेखिदेऊ। बाबालाई बताउनाले माफ हुन्छ। बोझ हलुङ्गो हुन्छ।
जन्मजन्मान्तर देखि तिमी विकारमा जान लागेका हौ। यतिबेला तिमीले कुनै पाप कर्म गर्यौ
भने सयगुणा हुन्छ। बाबाको सम्मुख गल्ती गर्यौ भने सय गुणा दण्ड मिल्छ। गर्यौ र भनेनौ
भने अरू बढ्दै जान्छ। बाबाले त सम्झाउनु हुन्छ– आफूलाई नोक्सान नपुर्याऊ। बाबा
बच्चाहरूको बुद्धि राम्रो बनाउन आउनु भएको हो। जान्नुहुन्छ– यसले कस्तो पद पाउँछ।
त्यो पनि २१ जन्मको कुरा हो। जो सेवाधारी बच्चाहरू छन्, उनीहरूको स्वभाव धेरै मिठो
हुनुपर्छ। कसैले तुरुन्तै बाबालाई बताउँछन्– बाबा यो गल्ती भयो। बाबा खुसी
हुनुहुन्छ। भगवान खुसी भएपछि अरू के चाहियो। यहाँ त बाबा, टिचर, गुरु तीनै
हुनुहुन्छ। नत्र तीनै अप्रसन्न हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा
चलेर आफ्नो बुद्धि राम्रो बनाउनु छ। कुनै पनि अवज्ञा गर्नु हुँदैन। क्रोधमा आएर
मुखबाट बम निकाल्नु हुँदैन, मौन रहनु छ।
२) दिलबाट एक बाबाको महिमा गर्नु छ। यस पुरानो दुनियाँसँग आसक्ति वा प्यार गर्नु
छैन। बेहदको वैरागी र निर्मोही बन्नु छ।
वरदान:–
आफ्नो अव्यक्त
शान्त स्वरूपद्वारा वातावरणलाई अव्यक्त बनाउने साक्षात्मू र्त भव
जसरी सेवाका अन्य
कार्यक्रम बनाउँछौ, त्यस्तै बिहानदेखि रातीसम्म यादको यात्रामा कसरी र कहिले रहने–
यो पनि कार्यक्रम बनाऊ। बीच-बीचमा दुई-तीन मिनेटको लागि संकल्पको ट्राफिकलाई विराम
देऊ। जब कोही व्यक्त भावमा ज्यादा आउँछ भने उसलाई नभनिकन आफ्नो अव्यक्त शान्त रूप
यस्तो धारण गर, जसबाट उसले पनि इशाराले बुझोस्। यसबाट वातावरण अव्यक्त रहन्छ,
अनौठोपन देखिन्छ र तिमी साक्षात्कार गराउने साक्षात् मूर्त बन्छौ।
स्लोगन:–
सम्पूर्ण
सत्यता नै पवित्रताको आधार हो।