12.02.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे शिक्षक विदेही हुनु हुन्छ त्यसैले याद गर्ने मेहनत गर्नु पर् छ । याद ग र्दै -ग र्दै जब तिम्रो परीक्षा पूरा हुन्छ अनि घर जान्छौ।

प्रश्न:
बच्चाहरूले यादमा रहनको लागि मेहनत गर्नु छ, कुन धोकामा कहिल्यै पनि पर्नु हुँदैन?

उत्तर:
आत्माको साक्षात्कार भयो, झिलमिल देखियो यसबाट केही फाइदा छैन। यस्तो होइन साक्षात्कारबाट वा बाबाको दृष्टि पर्नाले कुनै पाप काटिन्छ वा मुक्ति प्राप्त हुन्छ। यो त उल्टो धोकामा पर्नु हो। याद गर्ने मेहनत गर, मेहनतबाटै कर्मातीत अवस्था हुन्छ। यस्तो होइन बाबाले दृष्टि दिनाले तिमी पावन बन्छौ। मेहनत गर्नु पर्छ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, पढाउनु हुन्छ र योग सिकाउनु हुन्छ। योग गर्नु कुनै ठूलो कुरा होइन। जसरी लौकिकमा बच्चाहरूले पढ्छन्, उनीहरूको योग अवश्य पनि शिक्षक सँग हुन्छ फलाना गुरुले मलाई पढाउनु हुन्छ आफू समान बनाउनको लागि। लक्ष्य-उद्देश्य त हुन्छ। फलाना तहको पढाइ पढिरहेको छु भन्ने ज्ञान हुन्छ। त्यसमा शिक्षकले म सँग योग लगाऊ भनिरहनुपर्दैन। स्वाभाविक रूपमा पढाउने सँग योग रहन्छ। सारा दिन त पढाउँदैनन्। त्यो पढाइ जन्म-जन्मान्तर पढ्दै आएका हौं। त्यहाँ अभ्यास हुन्छ। यहाँ पनि तिम्रो एकदमै नयाँ अभ्यास हुन्छ। यहाँ देहधारी शिक्षक हुनु हुन्न। उहाँ हुनु हुन्छ विदेही शिक्षक जो हरेक ५ हजार वर्षपछि तिमी सँग मिल्नुहुन्छ। स्वयं भन्नुहुन्छ म तिम्रो देहधारी शिक्षक होइन। त्यसैले यो याद टिक्न सक्दैन। आफूलाई आत्मा सम्झनु पर्ने हुन्छ, अनि परमपिता परमात्मा शिक्षकले हामीलाई पढाइरहनु भएको छ भन्ने जान्नु पर्ने हुन्छ। परीक्षा पास नभएसम्म शिक्षकलाई याद अवश्य पनि गर्नु छ। याद गर्दागर्दै परीक्षा पास हुन्छन् अनि घर जान्छन्। परीक्षा पूरा हुने बित्तिकै ड्रामा समाप्त हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ हाम्रो आत्मामा ८४ जन्मको पार्ट भरिएको छ, त्यो भूमिका हामीले निर्वाह गर्नु पर्छ। यो पनि अहिले थाहा छ। पछाडि त्यहाँ स्वर्गमा यो याद रहँदैन। यहाँ तिमीलाई सारा ज्ञान प्राप्त भएको छ। शिक्षकले नै बसेर सारा ज्ञान बच्चाहरूलाई सम्झाउनु हुन्छ, जुन बुझिरहनु छ र यादमा पनि अवश्य रहनु छ। घरी-घरी बाबा भन्नुहुन्छ मन्मनाभव। मन्मनाभवको पनि अर्थ हुन्छ। बच्चाहरूले सम्झन्छन् शब्द ठीक छ। बाबा स्वयं भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, यसमा समय त लाग्छ। आफ्नो जाँच गर्नु छ। जसरी लौकिक पढाइमा विभिन्न विषयहरू हुन्छन् इतिहास, हिसाब-किताब, विज्ञान आदि। विद्यार्थीहरूले सम्झन्छन् हामी कहा सम्म पास हुनेछौं। तिमी बच्चाहरूको पनि बुद्धिमा छ हामीले यति अङ्कसम्म ल्याएर पास हुनेछौं। आफूलाई हेर्नु छ हामीले बाबालाई बिर्सिन त बिर्सिदैनौं? धेरैले लेख्छन् बाबा घरी-घरी मायाले भुलाइदिन्छ। मायाका तुफान धेरै आउँछन्, विकल्प आउँछन्। देखेर ख्याल आउँछ, यो गरौं। नबुझेका हुनाले लेख्छन् बाबा यसमा पाप त लाग्दैन? बाबा भन्नुहुन्छ लाग्दैन। पाप तब हुन्छ जब कर्मेन्द्रियहरूबाट विकर्म गरिन्छ।

बाबाले बारम्बार सम्झाइरहनु हुन्छ बच्चाहरूलाई ज्ञान त छ, यो पनि जान्दछन् विष्णु र कृष्णलाई स्वदर्शन चक्र लिएको किन देखाइएको छ? अकासुर, बकासुरलाई मारेको देखाउँछन्। अब यो मारेको त कुरै होइन। यो त आफ्नो पाप काटिने कुरा हो। शिवबाबालाई पनि भनिन्छ नि स्वदर्शन चक्रधारी। उहाँलाई सारा चक्रको ज्ञान छ। आत्मालाई यो सृष्टि-चक्र कसरी घुम्दछ भन्ने ज्ञान बाबाबाट प्राप्त भएको छ। स्वदर्शन चक्र धारण गरेर आफ्नो पापलाई भस्म गर्नु छ। ज्ञानलाई धारण गरेर बाबालाई याद गर। बाबालाई याद गर्नाले नै विकर्म विनाश हुन्छ। हरेकले आफ्नो लागि मेहनत गर्नु पर्ने हुन्छ। यस्तो होइन, बाबाले यसको पाप काटियोस् भनेर दृष्टि दिनु हुन्छ। बाबाले बसेर यो धन्दा गर्नुहुन्न। हेर्न त सबैलाई हेर्नुहुन्छ। हेर्नाले वा ज्ञान दिएर मात्र विकर्म विनाश हुँदैन। बाबाले त यसो गर्यौ भने विकर्म विनाश हुन्छ भनी मार्ग बताउनु हुन्छ। श्रीमत दिनु हुन्छ। ठीक छ, सम्झ, बाबा आउनु हुन्छ आत्मा सम्झेर हेर्नुहुन्छ। यस्तो होइन यसबाट हाम्रो पाप काटिन्छ, होइन। पाप काटिन्छ आफ्नो मेहनतबाट। यस्तो बाबाले बसेर गर्ने भए त यो एउटा धन्दा नै हुने भयो। बाबा सम्झाउनु हुन्छ यस प्रकार तिमीले आफ्ना पितालाई याद गर। बाबा हुनु हुन्छ नै श्रीमत दिनेवाला। मेहनत आफैं गर्नु पर्छ। धेरैले सम्झन्छन् फलाना साधु संन्यासीको दृष्टि नै पर्याप्त छ। कृपा आशीर्वाद लिँदालिँदै पनि गिरिरहन्छन्। उनीहरूले के कृपा गर्छन्? उनीहरूले त आफ्नो ब्रह्म महतत्त्वको नै याद गर्छन्। बाबाले त यसरी यसरी गर भनेर स्पष्ट मार्ग बताउनु हुन्छ। गायन पनि गर्छन् नाङ्गै आएका हौं, नाङ्गै जानु छ। यो गायन पनि यसै बेलाको हो। बाबाको महावाक्यहरू पछि गएर भक्तिमा काम आउँछन्। अहिले बाबा भन्नुहुन्छ मलाई याद गरेमा विकर्म विनाश हुन्छ। बाबाले त श्रीमत दिनु हुन्छ। यो पनि ड्रामामा उहाँको पार्ट हो। यसैलाई मदत भन्न सक्छौ, ड्रामा अनुसार श्रीमत भनेर गायन गरिएको छ। बाबाले त राय दिनु छ। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। यस्तो होइन मदत दिएर कर्मातीत अवस्थामा लैजानु हुन्छ। होइन। समय लाग्छ। धेरै मेहनत गर्नु पर्छ। आफूलाई आत्मा सम्झने धेरै राम्रो अभ्यास गर्नु छ। वास्तवमा माताहरूलाई समय धेरै मिल्छ। पुरुषहरूलाई धन्दाको ख्याल रहन्छ। तिमी बच्चाहरूले बाबालाई याद गर्दा-गर्दै आफ्नो चिट्ठा लिनु छ, जसले गर्दा सारा खिया निस्कियोस्। महसुस हुन्छ फलानो धेरै राम्रो पुरुषार्थी हो। चार्ट राख्छ। जसरी भक्तिमा दुई-तीन घण्टा पनि बस्छन्। वानप्रस्थी गुरु आदि पनि धेरै बनाउँछन्। तर तिनीहरूलाई पनि त्यत्ति याद गर्दैनन्, जति देवताहरूलाई गर्छन्। वास्तवमा देवताहरूलाई याद गर्नु पर्दैन। न देवताहरूले कहिल्यै सिकाउँछन्।

तिमी बच्चाहरूको लागि यो कुनै नयाँ कुरा होइन। न लाखौं वर्षको कुनै कुरा हो। बाबा त आउनु हुन्छ नै तब, जब स्थापना र विनाशको कार्य हुन्छ। बच्चाहरूलाई थाहा छ यो विनाश त कल्प-कल्पमा हुन्छ। कल्प पहिला पनि भएको थियो। तिमीले लेखि पनि रहन्छौ, ५ हजार वर्ष पहिला पनि यस्तै भएको थियो। बाबाले आफू सँग मिल्ने जुन मार्ग बताउनु हुन्छ यो कुनै नयाँ कुरा होइन। बाबा भन्नुहुन्छ म कल्प-कल्पमा आएर मार्ग बताउँछु। तिमी बच्चाहरूलाई थाहा छ हाम्रो राज्य स्थापना भइरहेको छ। जुन देवताहरूलाई पूजा गर्छन् उनीहरूको राज्य फेरि स्थापना भइरहेको छ। पाँच हजार वर्षको चक्र हो जुन घुमि नै रहन्छ। मनुष्य पागल हुन पुग्छन्। मायाको मतमा सबै चलिरहेका छन्। रावणलाई किन जलाउँछन् अर्थ केही पनि जान्दैनन्। तिम्रो नाम नै हो स्वदर्शन-चक्रधारी। लक्ष्य उद्देश्य यहाँ सामुन्ने छ। जो बाबा सँग ज्ञान छ त्यो आत्मालाई दिनु भएको छ। जब ड्रामाको चक्र पूरा हुन्छ तब नै बाबा आएर ज्ञान दिनु हुन्छ। बाबाले नै आएर यो कर्म सिकाउनु हुन्छ। फेरि वाम मार्गमा जानाले नै यो रात सुरु हुन्छ। त्यसपछि हामी तल गिर्दै आउँछौं। सुख कम हुँदै जान्छ। तिम्रो बुद्धिमा जस्ताको तस्तै सारा चक्रको ज्ञान छ जसरी बाबाको बुद्धिमा छ। तर तिमीले पावन बन्नको लागि मेहनत गर्नु पर्छ। बाबा आएर हामी पतितलाई पावन बनाउनुहोस् भनी बोलाउँछन्, फेरि ज्ञान पनि चाहिन्छ। मनुष्यबाट देवता बन्नु छ। बाबा आउनु हुन्छ बच्चाहरूलाई राजयोग सिकाउन। अरू कसैलाई यो ज्ञान सिकाउन आउँदैन पनि। पतित पावन बाबालाई बोलाउँछन् बाबा हजुर आएर हामीलाई पावन बनाउनुहोस्। अहिले तिमी पुण्य आत्मा बनिरहेका छौ। विश्वको इतिहास भूगोल फेरि दोहोरिइरहेको छ। कति गहन कुरा छ। मनुष्यले न आत्मालाई, न परमात्मालाई चिनेका छन्। आत्मा जे छ, जस्तो छ उस्तै उसको भूमिका हुन्छ। त्यो पनि बाबाले नै बताउनु हुन्छ। अचम्म छ यति सानो आत्मामा के के पार्ट भरिएको छ। सुन्ने बित्तिकै रोमाञ्च खडा हुन्छ। कसैलाई आत्माको साक्षात्कार हुन्छ। आत्माहरूको झिलिमिली देखिन्छ। तर त्यसबाट फाइदा नै के हुन्छ? यहाँ त योग लगाउनु छ। मनुष्यले सम्झन्छन् साक्षात्कार भयो, मुक्ति पायौं। पाप भस्म भयो। उनीहरू त झन् धोकामा रहन्छन्। बाबाले त हरेक कुरा सम्झाइरहनु हुन्छ। भन्नुहुन्छ तिमीलाई गहन कुरा सुनाउँछु। तिम्रो बुद्धिमा सारा चक्रको ज्ञान छ। केवल बाबा र चक्रलाई याद गर्नु छ। शिक्षकलाई पनि याद गर्नु छ, ज्ञानलाई पनि याद गर्नु छ। याद गर्दा-गर्दै ड्रामा अनुसार कर्मातीत अवस्थामा पुग्नेछौ। जसरी नाङ्गै आएका हौ त्यसैगरी जानु छ। तिमीले दैवी संस्कार लिएर जान्छौ। त्यहाँ स्वर्गमा कुनै ज्ञान हुँदैन। यसलाई भनिन्छ सहज याद। योग शब्दमा मनुष्य अल्मलिन्छन्। ती हुन् हठयोगी। सहज योग त बाबाले नै सिकाउनु हुन्छ। पहिला सुनिन्थ्यो गीताका भगवानले सहज योग सिकाउनु भएको थियो। तर उहाँलाई जान्दैनन्। शत-प्रतिशत अनर्थ गरिदिए, जसले गर्दा मनुष्य पतित बनेका छन्। अनेक मतहरू छन्। जो गृहस्थ व्यवहारमा रहन्छन् उनीहरूको लागि नै यो गीता शास्त्र हो। तिमी हौ प्रवृत्ति मार्गका। पहिला तिम्रो पवित्र प्रवृत्ति मार्ग थियो, अहिले अपवित्र बनेको छ। अब फेरि पवित्र बन्नु छ। बाबा त सदा पवित्र हुनु हुन्छ। उहाँ आउनु हुन्छ नै श्रीमत दिन।

बाबा भन्नुहुन्छ यतिखेर सबै तमोप्रधान बनेका छन्। पहिला सतोप्रधान थिए। जसरी हामी पनि पहिला सतोप्रधान थियौं फेरि तमोप्रधान बन्यौं। जति पनि पोप पादरी आदि आउँछन् पहिला सतोप्रधान हुन्छन्, फेरि विकार थपिंदा-थपिंदा सारा वंशवृक्ष तमोप्रधान हुन्छ। अहिले त जर्जर अवस्थामा छन्। तिमी बच्चाहरूले सम्झन्छौ हामी नै सतोप्रधान थियां फेरि नम्बरवार तमोप्रधान बन्छौं। फेरि सतोप्रधान बन्नु छ। नम्बरवार नै बन्दै जान्छौ ड्रामा अनुसार। यसको विस्तार त धेरै छ। बीजबाट कसरी बिरूवा उम्रिन्छ भन्ने उनीहरूलाई थाहा हुन्छ। यो मनुष्य सृष्टि वंशवृक्षको रहस्य बाबाले नै बताउनु हुन्छ। यो सृष्टिरूपी बगैंचाको मालिक पनि उहाँ नै हुनु हुन्छ। जान्नुहुन्छ हाम्रो बगैंचा कति राम्रो थियो। बाबालाई त ज्ञान हुन्छ नि। कति फस्टक्लास ईश्वरीय बगैंचा थियो। अहिले त शैतानी बगैंचा छ। शैतान भनिन्छ रावण राज्यलाई। जहाँतहीँ मारामार छ। तर अहिले जुन परमाणु बमहरू बनेका छन्, ती पनि तयार बनाएर राखेका छन्। सबैले सम्झन्छन् यी कुनै राख्ने चीज होइनन्, यिनबाट अवश्य नै विनाश हुन्छ। यदि विनाश नहुने हो भने सत्ययुग कसरी आउँछ? यो त एकदमै स्पष्ट छ। देखाउन त देखाउँछन् महाभारी महाभारत लडाईं भएको थियो, पाँच पाण्डव बचे। तिनीहरू पनि गलेर मरे। तर रिजल्ट केही पनि छैन। यो पनि ड्रामा बनेको छ जुन बाबाले बसेर सम्झाउनु हुन्छ। भारतलाई नै लुटे, अहिले फेरि फर्काइरहेका छन्। पछिसम्म दिइरहन्छन्। यो पनि तिमीले जानेका छौ विनाश हुँदा सबै कुरा समाप्त हुन्छ। जब हाम्रो राज्य थियो त्यतिबेला अर्को कुनै राज्य थिएन। इतिहास दोहोरिनै पर्छ। सृष्टि फेरि स्वर्ग बन्छ। लक्ष्मी-नारायणको राज्य हुन्छ। त्यहाँ अरू कुनै खण्डको नामनिशान हुने छैन। अहिले यो कलियुगको अन्त्य हो, फेरि यी लक्ष्मी-नारायणको राज्य आउँछ। हामी फेरि यस्तो (लक्ष्मी-नारायण) बन्ने छौं। बाबा भन्नुहुन्छ म आएको छु राजयोग सिकाउन। कल्प-कल्प अनेक पटक तिमी मालिक बनेका थियौ। यिनीहरूकै सारा विश्वमा राज्य थियो। अत्यन्तै बुद्धिमान थिए। त्यहाँ यिनीहरूलाई मन्त्री आदिबाट राय लिने आवश्यकता हुँदैन। यो ड्रामा बनेको छ, फेरि दोहोरिन्छ। कृष्णको मन्दिरलाई भनिन्छ सुखधाम। शिवबाबा आएर सुखधाम स्थापना गर्नुहुन्छ। उनीहरू स्वयं भन्छन् क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला विश्व स्वर्ग थियो। पहिला एक धर्म थियो फेरि अरू धर्महरू आएका हुन्। बच्चाहरूले आश्चर्य मान्नु पर्छ बाबाले हामीलाई कसरी बादशाही दिनु हुन्छ! बाबा आएर भक्तिको फल दिनु हुन्छ। कति सहज छ। तर उनले नै बुझ्नेछन् जसले कल्प पहिला बुझेका थिए, नम्बरवार पुरुषार्थ अनुसार। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) स्वदर्शन चक्रलाई धारण गरेर आफ्ना पापहरूलाई भस्म गर्नु छ। सम्हाल गर्नु छ कर्मेन्द्रियहरूबाट कुनै पनि पाप कर्म नहोस्। कर्मातीत बन्नको लागि स्वयं मेहनत गर।

२) साक्षात्कारको आशा राख्नु हुँदैन। साक्षात्कार गरेर मुक्ति मिल्दैन, पाप काटिंदैन, साक्षात्कारबाट फाइदा छैन। खिया निस्किन्छ बाबा र ज्ञानलाई याद गर्नाले।


वरदान:
स्वयंलाई निमित्त सम्झेर व्यर्थ संकल्प वा व्यर्थ वृत्तिबाट मुक्त रहने विश्व कल्याणकारी भव

म विश्व कल्याणको कार्य अर्थ निमित्त हुँ यस जिम्मेवारीको स्मृतिमा रह्यौ भने कहिल्यै पनि कसैप्रति वा आफूप्रति व्यर्थ संकल्प वा व्यर्थ वृत्ति हुन सक्दैन। जिम्मेदार आत्माहरूले एउटा पनि अकल्याणकारी संकल्प गर्न सक्दैनन्। एक सेकेन्ड पनि व्यर्थ वृत्ति बनाउन सक्दैनन् किनकि उनको वृत्तिबाट वायुमण्डल परिवर्तन हुनु छ। त्यसैले सबै प्रति उनको शुभ-भावना, शुभ कामना स्वत: रहन्छ।

स्लोगन:
अज्ञानको शक्ति क्रोध हो भने ज्ञानको शक्ति शान्ति हो।