12-03-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– तिमीले बाबाको हात समातेका छौ, तिमी गृहस्थ व्यवहारमा रहेर पनि बाबालाई याद गर्दै-गर्दै तमोप्रधानबाट सतोप्रधान बन्छौ।”

प्रश्न:–

तिमी बच्चाहरूको मनमा कुनचाहिँ उल्लास रहनु पर्छ? तख्तनशीन बन्ने विधि के हो?

उत्तर:–

सदा उल्लास रहोस्– ज्ञान सागर बाबाले हामीलाई दिनहुँ ज्ञान रत्नहरूको थाली भरेर दिनुहुन्छ। जति योगमा रहन्छौ, त्यति बुद्धि कञ्चन हुँदै जान्छ। यो अविनाशी ज्ञान रत्न नै साथमा जान्छ। तख्तनशीन बन्नको लागि माता-पितालाई पूरा-पूरा अनुसरण गर। उहाँको श्रीमत अनुसार चल, अरूलाई पनि आफू समान बनाऊ।

ओम् शान्ति। रूहानी बच्चाहरू यस समय कहाँ बसेका छौ? भन्छौ– रूहानी बाबाको युनिभर्सिटीमा अथवा पाठशालामा बसेका छौं। बुद्धिमा छ– हामी रूहानी बाबाको अगाडि बसेका छौं, उहाँ बाबाले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ अथवा विश्वको उत्थान र पतन कसरी हुन्छ, यो पनि बताउनु हुन्छ। दुनियाँ जुन पावन थियो, त्यो अहिले पतित बनेको छ। भारतखण्ड सिरताज थियो, फेरि कसले जित्यो? रावणले। राजाई गुमाइदियौ, त्यसैले पतन भयो नि। कोही राजा त छँदै छैनन्। यदि छन् भने पनि पतित नै होलान्। यसै भारतवर्षमा सूर्यवंशी महाराजा-महारानी थिए। सूर्यवंशी महाराजाहरू र चन्द्रवंशी राजाहरू थिए। यो कुरा अब तिम्रो बुद्धिमा छ, दुनियाँमा यो कुरा कसैले जानेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रा रूहानी बाबाले हामीलाई पढाइरहनु भएको छ। हामीले रूहानी बाबाको हात समातेका छौं। रहन त हामी गृहस्थ व्यवहारमा रहन्छौं, तर बुद्धिमा छ– अहिले हामी संगमयुगमा खडा छौं। पतित दुनियाँबाट हामी पावन दुनियाँमा जान्छौं। कलियुग हो पतित युग, सत्ययुग हो पावन युग। पतित मनुष्यले पावन मनुष्यको अगाडि गएर नमस्ते गर्छन्। हुन् त ती पनि मानिसहरू नै। तर ती दैवी गुणवाला हुन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीले पनि बाबाद्वारा त्यस्तै दैवी गुण धारण गरिरहेका छौं। सत्ययुगमा यो पुरुषार्थ गरिदैन। त्यहाँ त हुन्छ प्रारब्ध। यहाँ पुरुषार्थ गरेर दैवी गुण धारण गर्नु छ। सदैव आफ्नो जाँच राख्नु छ– म बाबालाई याद गरेर कहाँसम्म तमोप्रधानबाट सतोप्रधान बनिरहेको छु? जति बाबालाई याद गर्छौ, त्यति सतोप्रधान बन्छौ। बाबा त सदैव सतोप्रधान हुनुहुन्छ। अहिले पनि पतित दुनियाँ, पतित भारत छ। पावन दुनियाँमा पावन भारत थियो। तिम्रो पासमा प्रदर्शनी आदिमा भिन्न-भिन्न प्रकारका मानिसहरू आउँछन्। कसैले भन्छन्– जसरी भोजन जरुरी छ, त्यस्तै यो विकार पनि भोजन हो, यस विना मरिन्छ। अब यस्तो कुरा त हुँदै होइन। संन्यासीहरू पवित्र बन्छन्, फेरि के मर्छन् र! यस्तो-यस्तो बोल्ने व्यक्तिको लागि सम्झिइन्छ कोही धेरै अजामिल जस्तो पापी होला, जसकारण यस्ता-यस्तो भन्छ। भन्नुपर्छ– के यस विना तपाईं मर्नुहुन्छ जुन भोजनसँग यसको तुलना गर्नुहुन्छ! स्वर्गमा आउनेवाला जो हुन्छन् उनीहरू सतोप्रधान हुन्छन्। फेरि पछि सतो, रजो, तमोमा आउँछन् नि। जो पछि आउँछन्, ती आत्माहरूले निर्विकारी दुनियाँ त देखेकै हुँदैनन्। त्यसैले ती आत्माहरूले यस्तो-यस्तो भन्छन्, यो विकार विना हामी रहन सक्दैनौं। सूर्यवंशी जो होलान्, उनलाई त छिट्टै बुद्धिमा आउँछ– यो त सत्य कुरा हो। वास्तवमा स्वर्गमा विकारको नाम-निशान थिएन। भिन्न-भिन्न प्रकारका मानिसहरू, भिन्न-भिन्न प्रकारका कुरा गर्छन्। तिमीले जानेका छौ– को को फूल बन्नेवाला छन्? कोही त काँडा नै रहन्छन्। स्वर्गको नाम हो फूलको बगैंचा। यो हो काँडाको जंगल। काँडा पनि अनेक प्रकारका हुन्छन् नि। अहिले तिमीले जानेका छौ– हामी फूल बनिरहेका छौं। वास्तवमा यी लक्ष्मी-नारायण सधैं गुलाबका फूल हुन्। यिनलाई भनिन्छ फूलहरूका राजा। दैवी फूलहरूको राज्य हुन्छ नि। अवश्य उनीहरूले पनि पुरुषार्थ गरेको हुनुपर्छ। पढाइबाट बनेका हुन् नि।

तिमीले जानेका छौ– अहिले हामी ईश्वरीय परिवारका बनेका छौं। पहिला त ईश्वरलाई जान्दै जान्दैनथ्यौ। बाबाले आएर यो परिवार बनाउनु भएको हो। पिताले पहिला स्त्रीलाई आफ्नो बनाउँछन्, फेरि उनीद्वारा बच्चा रच्छन्। बाबाले पनि यिनलाई आफ्नो बनाउनु भयो, फेरि यिनीद्वारा बच्चाहरूलाई रच्नुभयो। यी सबै ब्रह्माकुमार-कुमारीहरू हुन् नि। यो नाता प्रवृत्ति मार्गको हुन्छ। संन्यासीहरूको हो निवृत्ति मार्ग। त्यसमा कसैले मम्मा-बाबा भन्दैनन्। यहाँ तिमी मम्मा-बाबा भन्छौ। अरू जति पनि सत्सङ्ग छन् ती सबै निवृत्ति मार्गका हुन्, यहाँ एक मात्रै पिता हुनुहुन्छ जसलाई माता-पिता भनेर पुकार्छन्। बाबा बसेर सम्झाउनु हुन्छ, यहाँ पवित्र प्रवृत्ति मार्ग थियो, अब अपवित्र बनेको छ। म फेरि त्यही प्रवृत्ति मार्ग स्थापना गर्छु। तिमीले जानेका छौ– हाम्रो धर्म धेरै सुख दिनेवाला हो। फेरि हामी अरू पुराना धर्मको सङ्ग किन गरौं! तिमी स्वर्गमा कति सुखी रहन्छौ। हीरा-जुहारतका महल हुन्छन्। यहाँ हुन त अमेरिका, रशिया आदिमा कति धनवान छन्, तर स्वर्गमा जस्तो सुख हुन सक्दैन। सुनका ईंटको जस्तो महल त कसैले बनाउन सक्दैन। सुनका महल हुन्छन् नै सत्ययुगमा। यहाँ सुन छ नै कहाँ? त्यहाँ त हरेक स्थानमा हीरा-जुहारत लागेका हुन्छन्। यहाँ त हीराको पनि कति दाम भएको छ। यो सबै माटोमा मिल्छन्। बाबाले सम्झाउनु भएको छ– नयाँ दुनियाँमा फेरि सबै नयाँ खानीहरू भरपुर हुन्छन्। अब यो सबै खाली हुँदै जान्छन्। देखाउँछन्, सागरले हीरा-जुहारतका थालीहरू उपहार दियो। हीरा-जुहारत त त्यहाँ तिमीलाई धेरै मिल्छ। सागरलाई पनि देवता रूप सम्झन्छन्। तिमीले जानेका छौ– बाबा त ज्ञानका सागर हुनुहुन्छ। सधैं उल्लास रहोस्– ज्ञानसागर बाबाले दिनहुँ हामीलाई ज्ञान रत्नहरू, जुहारतहरूको थाली भरेर दिनुहुन्छ। बाँकी त्यो त पानीको सागर हो। बाबाले तिमी बच्चाहरूलाई ज्ञान रत्न दिनुहुन्छ, जुन तिमी बुद्धिमा भर्छौ। जति योगमा रहन्छौ, त्यति बुद्धि कञ्चन हुँदै जान्छ। यो अविनाशी ज्ञान रत्न नै तिमी साथमा लिएर जान्छौ। बाबाको याद र यो ज्ञान हो मुख्य।

तिमी बच्चाहरूलाई भित्र धेरै उल्लास रहनु पर्छ। बाबा पनि गुप्त हुनुहुन्छ, तिमी पनि गुप्त सेना हौ। अहिंसक, अज्ञात योद्धा। भन्छन् नि– फलानो धेरै पहलमान योद्धा हो। तर नाम-निशानको बारेमा थाहा नहोस्, यस्तो त हुन सक्दैन। सरकारको पासमा एक-एकको नाम निशान (ठेगाना) पूरा हुन्छ। अज्ञात योद्धा, अहिंसक यो तिम्रो नाम हो। सबैभन्दा पहिलो मुख्य हिंसा हो यो विकार, जसले नै आदि-मध्य-अन्त्य दु:ख दिन्छ, त्यसैले त भन्छन्– हे पतित-पावन, हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्। पावन दुनियाँमा त एक जना पनि पतित हुन सक्दैनन्। यो तिमी बच्चाहरूलाई थाहा छ, अहिले नै हामी भगवानका सन्तान बनका छौं, बाबासँग वर्सा लिन, तर माया पनि कम छैन। मायाको एउटै थप्पड यस्तो लाग्छ, जसले एकदम नालीमा गिराइदिन्छ। जो विकारमा गिर्छन् उनीहरूको बुद्धि एकदम नाश हुन्छ। बाबाले कति सम्झाउनु हुन्छ– आपसमा देहधारीसँग कहिल्यै प्रीत नराख। तिमीले प्रीत राख्नु छ एक बाबासँग। कोही पनि देहधारीसँग प्यार राख्नु छैन, प्रेम गर्नु छैन। प्रेम गर्नु छ उहाँसँग जो देह रहित विचित्र बाबा हुनुहुन्छ। बाबाले कति सम्झाइरहनु हुन्छ, फेरि पनि बुझ्दैनन्। तकदिरमा छैन भने एक अर्काको देहमा फँस्न पुग्छन्। बाबाले कति सम्झाउनु हुन्छ– तिमी पनि रूप हौ। आत्मा र परमात्माको रूप त उस्तै छ। आत्मा सानो-ठूलो हुँदैन। आत्मा अविनाशी हो। हरेकको पार्ट ड्रामामा निश्चित छ। अहिले कति धेरै मानिस छन्, फेरि ९-१० लाख हुन्छन्। सत्ययुग आदिमा कति सानो वृक्ष हुन्छ। प्रलय त कहिल्यै हुँदैन। तिमीलाई थाहा छ– जति पनि मनुष्य मात्र छन्, ती सबैका आत्मा मूलवतनमा रहन्छन्। त्यसको पनि वृक्ष हुन्छ। बीज रोपिन्छ, त्यसबाट सारा वृक्ष निस्किन्छ नि। पहिला-पहिला दुई पात निस्किन्छन्। यो पनि बेहदको वृक्ष हो, सृष्टि चक्रमा सम्झाउन कति सहज छ, विचार गर। अहिले हो कलियुग। सत्ययुगमा एकै धर्म थियो। त्यतिबेला कति थोरै मानिस होलान्। अहिले कति मनुष्य, कति धर्म छन्। यति सबै जो पहिला थिएनन्, ती फेरि कहाँ जान्छन्? सबै आत्माहरू परमधाममा जान्छन्। तिम्रो बुद्धिमा सारा ज्ञान छ। जसरी बाबा ज्ञानका सागर हुनुहुन्छ, त्यस्तै तिमीलाई पनि बनाउनु हुन्छ। तिमी पढेर यो पद पाउँछौ। बाबा स्वर्गका रचयिता हुनुहुन्छ, त्यसैले स्वर्गको वर्सा तिमीहरूलाई नै दिनुहुन्छ। बाँकी सबैलाई फर्काएर घर लैजानुहुन्छ। बाबा भन्नुहुन्छ– म आएको छु तिमी बच्चाहरूलाई पढाउन। जति पुरुषार्थ गर्छौ, त्यति पद पाउँछौ। जति श्रीमतमा चल्छौ, त्यति श्रेष्ठ बन्छौ। सारा आधार पुरुषार्थमा छ। मम्मा-बाबाको तख्तनशीन बन्नु छ भने पूरा-पूरा अनुसरण गर। तख्तनशीन बन्नको लागि उहाँको चालचलन अनुसार चल। अरूलाई पनि आफू समान बनाऊ। बाबाले अनेक प्रकारका युक्तिहरू बताउनु हुन्छ। एक ब्याजमा नै तिमीले कसैलाई पनि राम्रोसँग सम्झाउन सक्छौ। पुरुषोत्तम मास हुँदा बाबाले भन्नुभएको छ चित्र फ्रीमा देऊ। बाबाले सौगात दिनुहुन्छ। पैसा हातमा परेपछि अवश्य सम्झिन्छन्, बाबाको पनि खर्च हुन्छ नि, फेरि छिटै पठाइदिन्छन्। घर त एउटै हो नि। यी ट्रान्सलाइटको चित्रको प्रदर्शनी बन्यो भने कति हेर्न आउने छन्। पुण्यको काम भयो नि। मनुष्यलाई काँडाबाट फूल, पाप आत्माबाट पुण्य आत्मा बनाइन्छ, यसलाई विहंग मार्ग भनिन्छ। प्रदर्शनीमा स्टल लिएमा धेरै आउने छन्। खर्च कम हुन्छ। तिमी यहाँ आउँछौ बाबासँग स्वर्गको राजाई खरिद गर्न। त्यसैले प्रदर्शनीमा पनि आउने छन्, स्वर्गको राजाई खरिद गर्न। यो पसल (हट्टी) हो नि।

बाबा भन्नुहुन्छ– यो ज्ञानबाट तिमीलाई धेरै सुख मिल्छ, त्यसैले राम्रोसँग पढेर, पुरुषार्थ गरेर सम्पूर्ण पास हुनुपर्छ। बाबाले नै बसेर आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको परिचय दिनुहुन्छ, अरू कसैले दिन सक्दैन। अहिले बाबाद्वारा तिमी त्रिकालदर्शी बन्छौ। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो हुँ, मलाई यथार्थ रीति कसैले जानेका छैनन्। तिमीहरूमा पनि नम्बवार छन्। यदि यथार्थ रीति जानेको भए त कहिल्यै छोड्ने थिएनन्। यो हो पढाइ। भगवानले बसेर पढाउनु हुन्छ। भन्नुहुन्छ– म तिम्रो आज्ञाकारी सेवक हुँ। बाबा र टिचर दुवै आज्ञाकारी सेवक हुन्छन्। ड्रामामा मेरो पार्ट नै यस्तो छ, फेरि सबैलाई साथमा लिएर जान्छु। श्रीमतमा चलेर सम्मान सहित पास हुनुपर्छ। पढाइ त धेरै सहज छ। सबैभन्दा वृद्ध त यिनी पढाउनेवाला छन्। शिवबाबा भन्नुहुन्छ– म त वृद्ध हुन्न। आत्मा कहिल्यै वृद्ध हुँदैन। बाँकी पत्थर बुद्धि बन्छ। मेरो त छ नै पारसबुद्धि, तब त तिमीलाई पारसबुद्धि बनाउन आउँछु। कल्प-कल्प आउँछु। अनगिन्ती पटक तिमीलाई पढाउँछु, फेरि पनि बिर्सिन्छौ। सत्ययुगमा यस ज्ञानको आवश्यकता नै रहँदैन। कति राम्रोसँग बाबाले सम्झाउनु हुन्छ। यस्ता बाबालाई फेरि छोडपत्र दिन्छन्, त्यसैले भनिन्छ– महान् मूर्ख देख्नु छ भने यहाँ देख। यस्ता बाबा जसबाट स्वर्गको वर्सा मिल्छ, उहाँलाई पनि छोडिदिन्छन्। बाबा भन्नुहुन्छ– तिमी मेरो मतमा चल्यौ भने अमरलोकमा विश्वका महाराजा-महारानी बन्छौ। यो हो मृत्युलोक। बच्चाहरूले जानेका छन्– हामी नै पूज्य देवी-देवता थियौं। अहिले हामी के बन्यौं? पतित भिखारी। अब फेरि हामी नै राजकुमार बन्नेवाला हौं। सबैको एकरस पुरुषार्थ त हुन सक्दैन। कोही चल्न सक्दैनन्, कोही विश्वासघाती बन्छन्। यस्ता विश्वासघाती पनि धेरै छन्, उनीहरूसँग कुरा पनि गर्नु हुँदैन। ज्ञानको कुरा बाहेक अरू कुरा सोधेमा सम्झ शैतान हो। सङ्गतले तार्छ, कुसंगतले डुबाउँछ। जो ज्ञानमा तीक्ष्ण, बाबाको दिलमा चढेका छन्, उनीहरूको सङ्गत गर। उनीहरूले तिमीलाई ज्ञानका मीठा-मीठा कुरा सुनाउने छन्। अच्छा!

मीठे-मीठे सिकीलधे सेवाधारी, वफादार, आज्ञाकारी बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) जो देह रहित विचित्र हुनुहुन्छ, उहाँसँग स्नेह राख्नु छ। कुनै देहधारीको नाम-रूपमा बुद्धि फँसाउनु हुँदैन। मायाको थप्पड नलागोस्, यो सम्हाल गर्नु छ।

२) जसले ज्ञानको कुरा बाहेक अरू जे पनि सुनाउँछ उसको सङ्गत गर्नु छैन। सम्पूर्ण पास हुने पुरुषार्थ गर्नु छ। काँडालाई फूल बनाउने सेवा गर्नु छ।

वरदान:–

कारणलाई निवारण गरेर चिंता र भयबाट मुक्त रहने मास्टर सर्वशक्तिवान् भव

वर्तमान समयमा अल्पकालको सुखको साथमा चिन्ता र भय– यी दुवै चीजहरू पनि साथ साथै छन्। जहाँ चिन्ता हुन्छ, त्यहाँ चैन हुन सक्दैन। जहाँ भय हुन्छ त्यहाँ शान्ति हुन सक्दैन। त्यसैले सुखको साथमा दु:ख अशान्तिको कारण पनि अवश्य छ। तिमी सर्व शक्तिहरूको खजानाले सम्पन्न मास्टर सर्वशक्तिमान बच्चाहरू दु:खको कारणलाई निवारण गर्ने, हरेक समस्यालाई समाधान गर्ने समाधान स्वरूप हौ, त्यसैले चिन्ता र भयबाट मुक्त छौ। कुनै पनि समस्या तिम्रो अगाडि खेल देखाउन आउँछ, तर्साउन होइन।

स्लोगन:–

आफ्नो मनोवृत्तिलाई श्रेष्ठ बनायौ भने तिम्रो प्रवृत्ति स्वत: श्रेष्ठ हुन्छ।