12.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ सारा दुनियाँको हाहाकार मेटाएर जयजयकार गर्न। पुरानो दुनियाँमा छ हाहाकार, नयाँ दुनियाँमा हुन्छ जयजयकार।

प्रश्न:
कुनचाहिँ ईश्वरीय नियम छ, जसमा गरिबले नै बाबाको पूरा वर्सा लिन्छन्, धनवानले लिन सक्दैनन्?

उत्तर:
ईश्वरीय नियम छ पूरा भिखारी बन, जे जति छ त्यसलाई भुल्दै जाऊ। गरिब बच्चाहरूले सहजै भुल्छन् तर धनवान् जो आफूलाई स्वर्गमा सम्झन्छन् उनीहरूको बुद्धिले केही भुल्न सक्दैन। त्यसैले जसलाई धन, दौलत, मित्र, सम्बन्धी याद रहन्छ उनीहरू सच्चा योगी बन्नै सक्दैनन्। उनीहरूलाई स्वर्गमा उच्च पद मिल्न सक्दैन।

ओम् शान्ति ।
मीठा-प्यारा निश्चयबुद्धि बच्चाहरूलाई त राम्रो सँग थाहा छ, उनीहरूलाई पक्का निश्चय छ बाबा आउनु भएको छ, सारा दुनियाँको झगडा मेटाउन। जो बुद्धिमान समझदार बच्चाहरू छन्, उनीहरूले जानेका छन् यस तनमा बाबा आउनु भएको छ, जसको नाम नै शिवबाबा हो। किन आउनु भएको छ? हाहाकारलाई मेटाएर जयजयकार गराउन। मृत्युलोकमा कति झगडा आदि छन्। सबैलाई हिसाब-किताब चुक्ता गरेर जानु छ। अमरलोकमा झगडाको कुरा हुँदैन। यहाँ कति हाहाकार लागेको छ। कति धेरै कोर्ट, जज आदि छन्। मारामारी लागेको छ। बेलायत आदिमा पनि हेर हाहाकार छ। सारा दुनियाँमा खिटपिट धेरै छ। यसलाई भनिन्छ पुरानो तमोप्रधान दुनियाँ। किचडै किचडा छ। जङ्गलै जङ्गल छ। बेहदका बाबा यी सबै कुरा मेटाउनको लागि आउनु भएको छ। अब बच्चाहरूलाई धेरै बुद्धिमान, समझदार बन्नु छ। यदि बच्चाहरूमा पनि लडाईं-झगडा भइरहन्छ भने बाबाको सहयोगी कसरी बन्ने? बाबालाई धेरै सहयोगी बच्चा चाहिन्छ, बुद्धिमान, समझदार, जसमा कुनै खराबी नहोस्। यो पनि बच्चाहरू सम्झन्छन् यो पुरानो दुनियाँ हो। अनेक धर्म छन्। तमोप्रधान विकारी दुनियाँ हो। सारा दुनियाँ पतित छ। पतित पुरानो दुनियाँमा झगडा नै झगडा छ। यी सबैलाई मेटाउन, जयजयकार गराउन बाबा आउनुहुन्छ। हर एकले जानेका छन् यस दुनियाँमा कति दु:ख र अशान्ति छ, त्यसैले चाहन्छन् विश्वमा शान्ति होस्। अब सारा विश्वमा शान्ति कुन मनुष्यले कसरी गर्न सक्छ। बेहदका बाबालाई ढुङ्गा-माटोमा लगाइदिएका छन्। यो पनि खेल हो। त्यसैले बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ, अब खडा होऊ। बाबाको सहयोगी बन। बाबाबाट आफ्नो राज्य-भाग्य लिनु छ। कम होइन, अथाह सुख छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! ड्रामा अनुसार तिमीलाई बेहदका बाबा पद्मा-पद्म भाग्यशाली बनाउन आउनु भएको छ। विश्वमा यी लक्ष्मी-नारायणले राज्य गर्थे। विश्व स्वर्ग थियो। स्वर्गलाई नै संसारकै आश्चर्य भनिन्छ। त्रेतालाई पनि भनिंदैन। यस्तो स्वर्गमा आउने पुरुषार्थ बच्चाहरूले गर्नु पर्छ। पहिले-पहिले आउनु पर्छ। बच्चाहरू चाहन्छन् पनि, हामी स्वर्गमा आऔं, लक्ष्मी वा नारायण बनौं। अब यस पुरानो दुनियाँमा धेरै हाहाकार हुनु छ। रगतका नदीहरू बग्नु छ, रगतको नदीपछि घिउको नदी हुन्छ। त्यसलाई क्षीरसागर भनिन्छ। यहाँ पनि ठूला तलाउ बनाउँछन्, फेरि कुनै खास दिनमा आएर त्यसमा दूध चढाउँछन्। त्यसमा फेरि स्नान गर्छन्। शिवलिङ्गमा पनि दूध चढाउँछन्। सत्ययुगको पनि एउटा महिमा छ त्यहाँ घिउ, दूधका नदी हुन्छन्। यस्तो कुनै कुरा होइन। हर ५ हजार वर्षपछि तिमी विश्वको मालिक बन्छौ। अहिले तिमी गुलाम छौ, फेरि तिमी बादशाह बन्छौ। सारा प्रकृति तिम्रो गुलाम बन्छ। त्यहाँ कहिल्यै बेमौसमी वर्षा पर्दैन, नदीहरू उच्छलिँदैनन्। कुनै उपद्रव हुँदैन। यहाँ हेर कति उपद्रव छन्। वहाँ पक्का वैष्णव रहन्छन्। विकारी वैष्णव होइन। यहाँ कोही शाकाहारी बने भने उनीहरूलाई वैष्णव भन्छन्। तर होइन, विकारद्वारा एक अर्कालाई धेरै दु:ख दिन्छन्। बाबा कति राम्रो सँग सम्झाउनुहुन्छ। यो पनि गायन छ गाउँलेका छोरा... कृष्ण त गाउँलेका हुन सक्दैनन्। उनी त वैकुण्ठको मालिक हुन्। फेरि ८४ जन्म लिन्छन्।

यो पनि तिमीले अहिले जानेका छौ हामीले भक्तिमा कति धक्का खायौं, पैसा बर्बाद गर्यौं। बाबा सोध्नुहुन्छ तिमीलाई यति धेरै पैसा दिएँ, राज्य भाग्य दिएँ सबै कहाँ गयो? तिमीलाई विश्वको मालिक बनाएँ फेरि तिमीले के गर्यौ? बाबा त ड्रामालाई जान्नुहुन्छ। नयाँ दुनियाँ सो पुरानो दुनियाँ, पुरानो दुनियाँ सो नयाँ दुनियाँ बन्छ। यो चक्र हो, जे जति पास्ट भयो त्यो फेरि रिपीट हुन्छ। बाबा भन्नुहुन्छ अब थोरै समय छ, पुरुषार्थ गरेर भविष्यको लागि जम्मा गर। पुरानो दुनियाँका सबै कुरा माटोमा मिल्नु छ। धनवानले यस ज्ञानलाई लिनेछैनन्। बाबा गरिबलाई दया गर्नेवाला हुनुहुन्छ। गरिब वहाँ साहुकार बन्छन्। साहुकार चाहिँ गरिब बन्छन्। अहिले त पद्मपति धेरै छन्। उनीहरू पनि आउँछन् तर गरिब बन्छन्। उनीहरू आफूलाई स्वर्गमा सम्झन्छन्, त्यो बुद्धिबाट निस्कन सक्दैन। यहाँ त बाबा भन्नुहुन्छ सबै कुरा भुल। केवल भिखारी बन। आजकल त किलोग्राम, किलोमिटर आदि के के निकालेका छन्। जुन राजा गद्दीमा बस्छ उसले आफ्नो भाषा चलाउँछ। बेलायतको नक्कल गर्छन्। आफ्नो विवेक त छैन। तमोप्रधान छन्। अमेरिका आदिमा विनाशको सामग्रीमा हेर, कति धेरै धन लगाउँछन्। एरोप्लेनबाट बम आदि गिराउँछन्, आगो लाग्नु छ। बच्चाहरू जान्दछन् बाबा आउनुहुन्छ नै विनाश र स्थापना गराउन। तिमीहरूमा पनि सम्झाउनेवाला सबै नम्बरवार छन्। सबै एक समान निश्चयबुद्धि छैनन्। जसरी बाबाले गरे, बाबालाई फलो गर्नु पर्छ। पुरानो दुनियाँमा यी पाइ पैसाले के गर्ने। आजकल कागजका नोट निकालेका छन्। वहाँ त सिक्का हुन्छन्। सुनका महल बन्छन् त्यसैले सिक्काको त्यहाँ के महत्त्व हुन्छ र। मानौं सबै कुरा नि:शुल्क हुन्छ, सतोप्रधान धर्ती हुन्छ नि। अहिले त पुरानो भएको छ। त्यो हो सतोप्रधान नयाँ दुनियाँ। बिलकुल नयाँ जमिन हुन्छ। तिमी सूक्ष्मवतनमा जान्छौ भने सुबीरस आदि पिउँछौ। तर त्यहाँ वृक्ष आदि त छैनन्। न मूलवतनमा छन्। जब तिमी वैकुण्ठमा जान्छौ तब वहाँ तिमीलाई सबै कुरा मिल्छ। बुद्धिद्वारा काम लेऊ, सूक्ष्मवतनमा वृक्ष हुँदैनन्। वृक्ष त धर्तीमा हुन्छन्, नकि आकाशमा। छन त नाम छ ब्रह्म महतत्त्व तर हो शून्य (पोलार)। जसरी यी ताराहरू आकाशमा अडिएका छन्, त्यसरी नै तिमी साना-साना आत्माहरू अडिएका छौ। ताराहरू ठूला देखिन्छन्। यस्तो होइन ब्रह्म तत्त्वमा कुनै ठूल-ठूला आत्माहरू हुन्छन्। यो बुद्धिले काम लिनु पर्छ। विचार सागर मन्थन गर्नु पर्छ। त्यसरी नै आत्मा पनि माथि अडिन्छ। साना बिन्दी छन्। यी सबै कुरा तिमीले धारणा गर्नु पर्छ, त्यसपछि सबैलाई धारणा गराउन सक्नेछौ। शिक्षकले आफैं अवश्य जान्दछन् तब त अरूलाई पढाउँछन्। नत्र त के को शिक्षक। तर यहाँ शिक्षक पनि नम्बरवार छन्। तिमी बच्चाहरू वैकुण्ठलाई जान्न सक्छौ। यस्तो होइन, तिमीहरूले वैकुण्ठ देखेका छैनौ। धेरै बच्चाहरूले साक्षात्कार गरेका छन्। वहाँ स्वयम्वर कसरी हुन्छ, कुन भाषा हुन्छ, सबै कुरा देखेका छन्। अन्त्यमा पनि तिमीहरूले साक्षात्कार गर्नेछौ तर उनीहरूले नै गर्नेछन् जो योगयुक्त हुन्छन्। बाँकी जसलाई आफ्ना मित्र-सम्बन्धी, धन-सम्पत्ति याद आइरहन्छ उनीहरूले के देख्नेछन्। सच्चा योगी नै अन्त्यसम्म रहनेछन्, जसलाई देखेर बाबा खुशी हुनुहुन्छ। फूलको नै बगैंचा बन्छ। धेरै त १०-१५ वर्ष रहेर पनि जान्छन्। उनीहरूलाई आँकको फूल भनिन्छ। धेरै राम्रा-राम्रा बच्चीहरू जो मम्मा-बाबाको लागि पनि डाइरेक्सन लिएर आउँथे, ड्रिल गराउँथे, उनीहरू आज छैनन्। यो बच्चाहरूले पनि जान्दछन् र बापदादाले पनि जान्नुहुन्छ माया धेरै जबरजस्त छ। यो हो माया सँग गुप्त लडाईं। गुप्त तुफान। बाबा भन्नुहुन्छ मायाले तिमीलाई धेरै हैरान गर्नेछ। यो हार जितले बनेको ड्रामा हो। तिम्रो कुनै हतियारबाट लडाईं हुँदैन। यो त विश्वको प्राचीन योग हो, जुन प्रसिद्ध छ, योगबलद्वारा तिमीहरू यस्तो बन्छौ। बाहुबलद्वारा कसैले विश्वको बादशाही लिन सक्दैन। खेल पनि वन्डरफुल छ। कहानी छ दुईवटा बिराला आपसमा लडे मक्खन... भनिन्छ पनि सेकेन्डमा विश्वको बादशाही। बच्चीहरू साक्षात्कार गर्छन्। भन्छन् कृष्णको मुखमा मक्खन छ। वास्तवमा कृष्णको मुखमा नयाँ दुनियाँ देख्छन्। योगबलद्वारा तिमी विश्वको बादशाही रूपी मक्खन लिन्छौ। राजाईको लागि कति धेरै लडाईं हुन्छ र कति लडाईंद्वारा खत्तम हुन्छन्। यस पुरानो दुनियाँको हिसाब-किताब चुक्ता हुनु छ। यस दुनियाँको कुनै पनि चीज रहनु छैन। बाबाको श्रीमत छ प्यारा बच्चाहरू नराम्रो नसुन, नराम्रो नहेर.... उनीहरूले बाँदरको एउटा चित्र बनाएका छन्। आजकल त मनुष्यको पनि बनाउँछन्। पहिले चीनतिरबाट हात्ती दाँतका चीजहरू आउँथे। बाला पनि काँचको लगाउँथे। यहाँ त गहना लगाउनको लागि नाक-कान आदि छेड्छन्, सत्ययुगमा नाक-कान छेड्न आवश्यक छैन। यहाँ त माया यस्तो छ जसले सबैको नाक-कान काट्छ। तिमी बच्चाहरू अब स्वच्छ बन्छौ। त्यहाँ प्राकृतिक सुन्दरता रहन्छ। कुनै चीज लगाउने आवश्यकता पर्दैन। यहाँ त शरीर नै तमोप्रधान तत्त्वबाट बन्छ, त्यसैले बिमारी आदि हुन्छ। त्यहाँ यी कुरा हुँदैनन्। अहिले तिम्रो आत्मालाई धेरै खुशी छ हामीलाई बेहदका बाबाले पढाएर नरबाट नारायण अथवा अमरपुरीको मालिक बनाउँदै हुनुहुन्छ त्यसैले गायन छ, अतीन्द्रिय सुख सोध्नु छ भने गोप-गोपिनी सँग सोध। भक्तहरूले यी कुरालाई जान्दैनन्। तिमीहरूमा पनि खुशी रहने र यी कुराको स्मरण गरिरहने, यस्ता बच्चा धेरै कम छन्। अबलाहरूलाई कति अत्याचार हुन्छ। जसको गायन छ द्रौपदीको, त्यो सबै प्राक्टिकलमा भइरहेको छ। द्रौपदीले किन पुकारिन्? यो मनुष्यलाई थाहा छैन। बाबाले सम्झाउनु भएको छ तिमीहरू सबै द्रौपदी हौ। यस्तो होइन, फिमेल सदैव फिमेल नै बन्छन्। दुई पटक फिमेल बन्न सक्छन्, धेरै होइन। माताहरूले पुकार्छन् बाबा रक्षा गर्नुहोस्, हामीलाई दुशासनले विकारको लागि हैरान गर्छ, यसलाई भनिन्छ वेश्यालय। स्वर्गलाई भनिन्छ शिवालय। वेश्यालय हो रावणको स्थापना, शिवालय हो शिवबाबाको स्थापना। तिमीलाई ज्ञान पनि दिनुहुन्छ। बाबालाई ज्ञान सागर पनि भनिन्छ। यस्तो होइन नलेजफुल भनेको सबैको दिललाई जान्नेवाला हो। यसबाट के फाइदा! बाबा भन्नुहुन्छ यो सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान म बाहेक कसैले दिन सक्दैन। म नै बसेर तिमीहरूलाई पढाउँछु। ज्ञान सागर एकै बाबा हुनुहुन्छ। त्यहाँ हुन्छ भक्तिको प्रारब्ध। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। पढाइद्वारा नै राजधानी स्थापना भइरहेको छ। राष्टपति आदिका हेर कति धेरै मन्त्री छन्। सल्लाह दिनको लागि मन्त्री राख्छन्। सत्ययुगमा मन्त्री राख्ने जरुरी हुँदैन। अहिले बाबा तिमीहरूलाई समझदार बनाउनुहुन्छ। यी लक्ष्मी-नारायण हेर कति समझदार थिए। बेहदको बादशाही बाबाबाट मिल्छ। बाबाको शिव-जयन्ती मनाउँछन्। अवश्य शिवबाबा यहाँ आएर विश्वको मालिक बनाएर जानु भएको हुनु पर्छ। लाखौं वर्षको कुरा होइन। हिजोको त कुरा हो। ठीक छ, अरू धेरै के सम्झाऊँ। बाबा भन्नुहुन्छ मनमनाभव। वास्तवमा यो पढाइ इसाराको हो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबाको पूरा सहयोगी बन्नको लागि बुद्धिमान, समझदार बन्नु छ। भित्र कुनै खिटपिट नहोस्।

२) स्थापना र विनाशको कर्तव्यलाई देख्दै पूरा निश्चयबुद्धि बनेर बाबालाई अनुसरण गर्नु छ। पुरानो दुनियाँको पाइ-पैसाबाट बुद्धि निकालेर पूरा भिखारी बन्नु छ। मित्र-सम्बन्धी, धन-सम्पत्ति आदि सबै कुरा भुल्नु छ।


वरदान:
बाबाको आज्ञा सम्झेर स्नेहमाहरकुरालाई सहन गर्ने सहनशील भव

कतिपय बच्चाहरूले भन्छन् म ठीक छु फेरि पनि मैले नै सहन गर्नु पर्छ, मर्नु पर्छ तर यो सहन गर्नु वा मर्नु नै धारणाको विषयमा नम्बर लिनु हो, त्यसैले सहन गर्न नडराऊ। कति बच्चाहरू सहन गर्छन् तर बाध्यताले सहन गर्नु र स्नेहले सहन गर्नु, यसमा फरक छ। कुराको कारणले सहन गरेका होइनौ, बाबाको आज्ञा छ सहनशील बन। आज्ञा सम्झेर स्नेहमा सहन गर्नु अर्थात् स्वयंलाई परिवर्तन गर्नु। यसमा नै नम्बर हुन्छ।

स्लोगन:
जसले सदा खुशीको खुराक खान्छ, ऊ तन्दुरुस्त रहन्छ।