12.06.22    Avyakt Bapdada     Nepali Murli    03.04.91     Om Shanti     Madhuban


सर्व हदहरूबाट निस्केर बेहदको वैरागी बन


आज कल्पपछि फेरि मिलन मनाउन सबै बच्चाहरू आफ्नो साकारी स्वीट होम मधुवनमा पुगेका छन्। साकारी वतनको स्वीट होम मधुवन नै हो। जहाँ बाबा र बच्चाहरूको रूहानी मेला लाग्छ। मिलन मेला हुन्छ। त्यसैले सबै बच्चाहरू मिलन मेलामा आएका हौ। यो बाबा र बच्चाहरूको मिलन मेला केवल यस संगमयुगमा र मधुवनमा नै हुन्छ त्यसैले सबै दौडेर मधुवनमा पुगेका छौ। मधुवनले बापदादाको साकार रूपमा पनि मिलन गराउँछ र साथ-साथै सहज यादद्वारा अव्यक्त मिलन पनि गराउँछ, किनकि मधुवन धरतीलाई रूहानी मिलनको, साकार रूपमा मिलनको अनुभूतिको वरदान मिलेको छ। वरदानी धरती भएकोले मिलनको अनुभव सहज गर्छौ। अरू कुनै पनि स्थानमा ज्ञान सागर र ज्ञान नदीहरूको मिलन मेला हुँदैन। सागर र नदीहरूको मिलन मेलाको यही एक मात्र स्थान हो। यस्तो महान वरदानी धरतीमा आएका छौं यस्तो सम्झन्छौ?

तपस्या वर्षमा विशेष यो कल्पमा पहिलो पटक मिल्ने बच्चाहरूलाई सुनौलो अवसर मिलेको छ। कति भाग्यमानी छौ! तपस्याको आदिमा नै नयाँ बच्चाहरूलाई एक्स्ट्रा बल मिलेको छ। त्यसैले आदिमा नै यो एक्स्ट्रा बल भविष्यको लागि, अगाडि बढ्नमा सहयोगी बन्नेछ। नयाँ बच्चाहरूलाई ड्रामाले पनि अगाडि बढ्ने सहयोग दिएको छ त्यसैले यो गुनासो गर्न सक्दैनौ हामी त पछाडि आएका हौं। होइन, तपस्या वर्षलाई पनि वरदान मिलेको छ। तपस्या वर्षमा वरदानी भूमिमा आउने अधिकार मिलेको छ, मौका मिलेको छ। यो एक्स्ट्रा भाग्य कम छैन! यो वर्षको, मधुवन धरतीको र आफ्नो पुरुषार्थको तीनै वरदान विशेष तिमी नयाँ बच्चाहरूलाई मिलेका छन्। त्यसैले कति भाग्यमानी भयौ! यति अविनाशी भाग्यको नशा साथमा राख्नु। केवल यहाँसम्म नशा नरहोस्, अविनाशी बाबा हुनुहुन्छ, अविनाशी तिमी श्रेष्ठ आत्माहरू हौ, त्यसैले भाग्य पनि अविनाशी छ। अविनाशी भाग्यलाई अविनाशी राख्नु। यो केवल सहज अटेन्शन दिने कुरा हो। टेन्शनवाला अटेन्शन होइन। सहज अटेन्शन होस्, मुश्किल पनि छ र? मेरो बाबा जानिहाल्यौ, मानिहाल्यौ। जुन जानिहाल्यौ, मानिहाल्यौ, अनुभव गरिहाल्यौ, अधिकार प्राप्त हुन गयो फेरि मुश्किल के छ? केवल एउटै मेरो बाबा यो अनुभव भइरहोस्। यही फुल नलेज हो।

एक बाबा शब्दमा सारा आदि-मध्य-अन्त्यको ज्ञान समाहित छ किनकि बीज हो नि। बीजमा त सारा वृक्ष समाहित भएको हुन्छ नि। विस्तार बिर्सन सकिन्छ तर सार एक बाबा शब्द यो याद रहन मुश्किल छैन। सदा सहज छ नि! कहिले सहज, कहिले मुश्किल होइन। सदा बाबा मेरो हुनुहुन्छ वा कहिलेकाहीँ मात्र मेरो हुनुहुन्छ? जब सदा बाबा मेरो हुनुहुन्छ भने याद पनि सदा सहज हुन्छ। कुनै मुश्किल कुरा छैन। भगवानले भन्नुभयो तिमी मेरो र तिमीले भन्यौ हजुर मेरो। फेरि के मुश्किल छ? त्यसैले विशेष नयाँ बच्चा अझ अगाडि बढ। अहिले पनि अगाडि बढने मौका छ। अहिले फाइनल समाप्तिको बिगुल बजेको छैन। त्यसैले उड र अरूलाई पनि उडाउँदै जाऊ। यसको विधि हो वेस्ट अर्थात् व्यर्थलाई बचाऊ। बचतको खाता, जम्माको खाता बढाउँदै जाऊ किनकि ६३ जन्मदेखि बचत गरेका छैनौ, बरू गुमाएका छौ। सबै खाता व्यर्थ गुमाएर समाप्त गरिदिएका छौ। श्वासको खजाना पनि गुमायौ, संकल्पको खजाना पनि गुमायौ, समयको खजाना पनि गुमायौ, गुणहरूको खजाना पनि गुमायौ, शक्तिहरूको खजाना पनि गुमायौ, ज्ञानको खजाना पनि गुमायौ। कति खाता खाली भए! अहिले यी सबै खाताहरूलाई जम्मा गर्नु छ। जम्मा हुने समय पनि अहिले हो र जम्मा गर्ने विधि पनि बाबाद्वारा सहजै मिलिरहेको छ। विनाशी खजाना खर्च गर्नाले घट्न जान्छन्, खतम हुन्छन् र यी सबै खजाना जति स्वप्रति र अरूप्रति शुभ वृत्तिले कार्यमा लगाउँछौ, त्यति जम्मा हुँदै जान्छ, बढ्दै जान्छ। यहाँ खजानाहरूलाई कार्यमा लगाउनु, यही जम्माको विधि हो। त्यहाँ राख्नु जम्मा गर्ने विधि हो र यहाँ लगाउनु जम्मा गर्ने विधि हो। फरक छ। समयलाई स्वयं प्रति वा अरू प्रति शुभ कार्यमा लगाएमा जम्मा हुँदै जान्छ। ज्ञानलाई कार्यमा लगाऊ। त्यस्तै गुणहरूलाई, शक्तिहरूलाई जति लगाउनेछौ, त्यति बढ्छ। यो नसोच्नु जस्तो उनले लकरमा राखिदिन्छन् र सम्झिन्छन् धेरै जम्मा छ, त्यस्तै तिमीले पनि सोच मेरो बुद्धिमा ज्ञान धेरै छ, गुण पनि ममा धेरै छन्, शक्तिहरू पनि धेरै छन्। तालाबन्द गरेर नराख, प्रयोग गर। बुझ्यौ। जम्मा गर्ने विधि के हो? कार्यमा लगाउनु। स्वयंप्रति पनि प्रयोग गर, नत्र लुज हुन्छ। कति बच्चाहरूले भन्छन् सर्व खजाना म भित्र धेरै भरिएका छन्। तर समाहित भएको निशानी के हो? समाहित भएका छन् अर्थात् जम्मा छन्। त्यसको निशानी हो स्वप्रति र अरूप्रति समयमा काममा आओस्। काममा आएकै छैन तर भन्छौ धेरै जम्मा भएको छ, धेरै भएको जम्मा छ। यसलाई यथार्थ जम्माको विधि भनिदैन त्यसैले यदि यथार्थ विधि हुँदैन भने समयमा सम्पूर्णताको सिद्धि मिल्दैन। धोखा मिल्छ। सिद्धि मिल्दैन।

गुणहरूलाई, शक्तिहरूलाई कार्यमा लगायौ भने बढ्दै जान्छ। त्यसैले बचतको विधि, जम्मा गर्ने विधिलाई अपनाऊ। फेरि व्यर्थको खाता स्वत: नै परिवर्तन भएर सफल हुनेछ। जस्तै भक्तिमार्गमा यो नियम छ जति पनि तिमीसँग स्थूल धन छ, त्यस धनको लागि भन्छन् दान गर, सफल गरेमा बढ्दै जानेछ। सफल गर्नको लागि कति उमंग-उत्साह बढाउँछन्, भक्तिमा पनि। तिमीले पनि तपस्या वर्षमा केवल यो चेक नगर व्यर्थ कति गुमाएँ? व्यर्थ गुमायौ, त्यो अलग कुरा हो। तर यो चेक गर सफल कति गरें? जुन सारा खजाना सुनाएँ। गुण पनि बाबाको देन। मेरो यो गुण हो, मेरो शक्ति हो भनेर सपनामा पनि गल्ती नगर्नु। यो बाबाको देन हो त्यसैले प्रभु देन, परमात्म देनलाई मेरो मान्नु यो महापाप हो। कैयौं पटक कैयौं बच्चाहरूले साधारण भाषामा सोच्छन् पनि र भन्छन् पनि, मेरो यो गुणलाई प्रयोग गरिएन, ममा यो शक्ति छ, मेरो बुद्धि धेरै राम्रो छ, यसलाई प्रयोग गरिदैन। मेरो कहाँबाट आयो? मेरो भन्यो अर्थात् मैलो भयो। भक्तिमा पनि यो शिक्षा ६३ जन्महरूदेखि दिइरहेका छन् मेरो नमान, तेरो मान। तर फेरि पनि मानेनौ। ज्ञानमार्गमा भन्ने तेरो र मान्ने मेरो यो ठगी यहाँ चल्दैन, त्यसैले प्रभु प्रसादलाई आफ्नो मान्नु यो अभिमान र अपमान गर्नु हो। बाबा-बाबा शब्द कहीँ पनि नबिर्स। बाबाले शक्ति दिनुभएको हो, बुद्धि दिनु भएको हो, बाबाको कार्य हो, बाबाको सेन्टर हो, सबै चीजहरू बाबाका हुन्। यस्तो नसम्झ मेरो सेन्टर हो, मैले बनाएको हो, मेरोअधिकार छ। मेरो शब्द कहाँबाट आयो? तिम्रो हो र? अझै सम्हालेर राखेका छौ र! कति बच्चाहरूले यस्तो नशा देखाउँछन् मैले सेन्टरको घर बनाएको हो त्यसैले मेरो अधिकार छ। तर बनायौ कसको सेन्टर? बाबाको सेन्टर हो नि! त्यसैले जब बाबालाई अर्पण गरिदियौ भने फेरि तिम्रो कहाँबाट आयो? मेरो कहाँबाट आयो? जब बुद्धि फेरिन्छ अनि भन्छन् मेरो हो। मेरो-मेरोले नै मैलो बनाएको हो फेरि पनि मैलो हुनु छ? ब्राह्मण बन्यौ भने ब्राह्मण जीवनको बाबासँग पहिलो प्रतिज्ञा कुनचाहिँ हो? नयाँले प्रतिज्ञा गरेका छौ वा पुरानाहरूले गरेका छौ? नयाँ पनि अब त पुराना भएर आएका हौ नि? निश्चय बुद्धिको फाराम भरेर आएका हौ नि? त्यसैले सबैको पहिला सुरुको प्रतिज्ञा हो तन-मन-धन र बुद्धि सबै हजुरको। यो प्रतिज्ञा सबैले गरेका छौ?

अहिले प्रतिज्ञा गर्नेवाला छौ भने हात उठाऊ। जसले सम्झन्छन् परेको बेलाको लागि केही त राख्नु पर्छ। सबैथोक बाबालाई कसरी दिने? केही त किनारा राख्नु पर्छ। जसले सम्झन्छन् यो समझदारीको काम हो, उनले हात उठाऊ। केही किनारा राखेका छौ? हेर्नु, फेरि यो नभन्नु मलाई कसले देख्यो? यतिका भीडमा कसले देख्यो? बाबासँग त धेरै क्लीयर टी.भी. छ। त्यसबाट लुक्न सक्दैनौ, त्यसैले सोचेर, बुझेर थोरै राख्नु छ भने ठीकै छ राख। पाण्डवहरूले के सम्झन्छौ? थोरै राख्नु पर्छ? राम्रोसँग सोच। जसलाई राख्नु छ उनीहरूले अहिले हात उठाऊ, बच्छौ। नत्र यो समय, यो सभा, यो तिम्रो शिर हल्लाउनु यी सबै देखिनेछ। कहिल्यै पनि मेरोपन नराख। बाबा भन्यो अर्थात् पाप गयो। बाबा भनेनौ भने पाप हुन जान्छ। पापको वश हुन्छौ, फेरि बुद्धिले काम गर्दैन। जतिसुकै सम्झाऊ, फेरि पनि भन्छौ, होइन यो त ठीक हो। यो त हुनु नै छ। यो त गर्नु नै छ। बाबालाई पनि दया लाग्छ किनकि त्यतिबेला पापको वश हुन्छन्। बाबालाई भुल्नाले पाप आउँछ। पापको वश हुनाका कारण जे भन्छन्, जे गर्छन् त्यो स्वयंले पनि बुझ्दैनन् मैले के गरिरहेको छु किनकि परवश हुन्छन्। त्यसैले सदा ज्ञानको होशमा रहने गर। पापको जोशमा नआऊ। बीच-बीचमा यो मायाको लहर आउँछ। तिमी नयाँहरू यी कुराबाट बचेर रहनु। मेरो-मेरोमा नजानु। थोरै पुरानो भएपछि फेरि यो मेरो-मेरोको माया धेरै आउँछ। मेरो विचार, मेरो बुद्धि नै होइन भने मेरो विचार कहाँबाट आयो? बुझ्यौ, जम्मा गर्ने विधि के हो? कार्यमा लगाउनु। सफल गर, आफ्नो ईश्वरीय संस्कारलाई पनि सफल गर्यौ भने व्यर्थ संस्कार स्वत: नै जान्छ। ईश्वरीय संस्कारलाई कार्यमा लगाउँदैनौ भने त्यो लकरमा रहन्छ र पुरानो काम गरिरहन्छौ। कतिको यो बानी हुन्छ बैंक वा दराजमा राख्ने। धेरै राम्रा कपडा हुन्छन्, पैसा हुन्छन्, चीजहरू हुन्छन्, तर प्रयोग फेरि पनि पुरानै गर्छन्। पुरानो वस्तुसँग उनीहरूको प्यार हुन्छ, दराजको चीज दराजमा रहन्छ। उसले पुरानोबाट नै चलाउँछ। अब यस्तो नगर्नु पुरानो संस्कार प्रयोग गरिराख र ईश्वरीय संस्कार बुद्धिको लकरमा राख। होइन, कार्यमा लगाऊ, सफल गर। यो चार्ट राख सफल कति गरें? सफल गर्नु मतलब बचाउनु वा बढाउनु। मनसाद्वारा सफल गर, वाणीद्वारा सफल गर। सम्बन्ध-सम्पर्कद्वारा, कर्मद्वारा, आफ्नो श्रेष्ठ सङ्गतद्वारा, आफ्नो अति शक्तिशाली वृत्तिद्वारा सफल गर। यस्तो होइन मेरो वृत्ति त राम्रो रहन्छ। तर सफल कति गर्यौ? मेरो संस्कार त छ नै शान्त तर सफल कति गर्यौ? कार्यमा लगायौ? यो विधि अपनाउनाले सम्पूर्णताको सिद्धि सहज अनुभव गरिरहने छौ। सफल गर्नु नै सफलताको चाबी हो। बुझ्यौ, के गर्नु छ? केवल आफैंमा नै खुशी नभइराख म त धेरै राम्रो गुणवान छु, मैले धेरै राम्रो भाषण गर्न सक्छु, म धेरै राम्रो ज्ञानी हुँ, योग पनि मेरो धेरै राम्रो छ। तर राम्रो छ भने प्रयोग गर न। त्यसलाई सफल गर। सहज विधि हो कार्यमा लगाऊ र बढाऊ। बिना मेहनत बढ्दै जान्छ, २१ जन्म आरामले खानु। त्यहाँ मेहनत गर्नु पर्दैन।

विशाल महफिल छ (ओम् शान्ति भवनको हल एकदम फुल भरिएको छ त्यसैले कतिलाई तल मेडिटेशन हल, सानो हलमा बस्न पर्यो। हल सानो भयो) शास्त्रहरूमा यो तिम्रो जुन यादगार छ, त्यसमा पनि गायन छ पहिला गिलासमा पानी राखियो, फेरि त्यसबाट घडामा राखियो, फेरि घडाबाट तलाउमा राखियो, तलाउबाट नदीमा राखियो। आखिर कहाँ गयो? सागरमा। यो महफिल पहिला हिस्ट्री हलमा लाग्यो, फेरि मेडिटेशन हलमा लाग्यो, अहिले ओम् शान्ति भवनमा लागिरहेको छ। अब फेरि कहाँ लाग्नेछ? तर यसको मतलब यो होइन साकार मिलन बिना अव्यक्त मिलन मनाउन सक्दैनौ। अव्यक्ति मिलन मनाउने अभ्यास समय अनुसार बढ्नु नै छ र बढाउनु नै छ। यो त दादीहरूले रहमदिल भएर तिमी सबैमाथि विशेष दया गरेका हुन्, नयाँहरूमाथि। तर अव्यक्त अनुभवलाई बढाउनु यही समयमा काममा आउँछ। हेर, नयाँ-नयाँ बच्चाहरूको लागि नै बापदादाले विशेष यो साकारमा मिलनको पार्ट अहिलेसम्म खेलिरहनु भएको छ। तर यो पनि कहिलेसम्म? सबै खुशीराजी छौ, सन्तुष्ट छौ? बाहिर रहँदा पनि सन्तुष्ट छौ? ड्रामामा यो पार्ट पनि छ। जब भन्छौ सारा आबू हाम्रो हुनेछ, त्यो कसरी हुनेछ? पहिला तिमीले चरण त राख। फेरि अहिले जुन धर्मशाला नाम छ, त्यो आफ्नो हुनेछ। हेर, विदेशमा अहिले यस्तो हुन लागेको छ। चर्च यति चल्दैनन्। त्यसैले बी.के.लाई दिएका छन्। जुन यस्ता ठूला-ठूला स्थान छन्, ती चल्न सकेनन् भने अफर गर्छन् नि। ब्राह्मणहरूको चरण परिरहेको छ, ठाउँ ठाउँमा, यसमा पनि राज छ। ब्राह्मणलाई रहने ड्रामामा पार्ट मिलेको छ। जब सारा आफ्नो हुनेछ फेरि के गर्छौ? आफैं अफर गर्नेछन् तपाईंहरूले सम्हाल्नुहोस् भनेर। हामीलाई पनि सम्हाल्नुहोस्, आश्रम पनि सम्हाल्नुहोस्। जुन समय जे पार्ट मिल्छ, त्यसमा राजी रहेर पार्ट खेल। अच्छा!

चारैतिरका सर्व मिलन मनाउने, ज्ञान रत्न धारण गर्ने चातक आत्माहरूलाई आकार रूपमा वा साकार रूपमा मिलन मेला मनाउने श्रेष्ठ आत्माहरूलाई, सदा सर्व खजानाहरूलाई सफल गरेर सफलता स्वरूप बन्ने आत्माहरूलाई, सदा मेरो बाबा, अरू कुनै हदको मेरोपन अंश मात्र पनि नराख्ने यस्ता बेहदको वैरागी आत्माहरूलाई सदा हर समय विधिद्वारा सम्पूर्णताको सिद्धि प्राप्त गर्ने बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीहरूसँग: सदैव कुनै नयाँ सीन हुनुपर्छ नि। यो पनि ड्रामामा नयाँ सीन थियो जुन रिपीट भयो। यो सोचेका थियौ यो हल पनि सानो हुनेछ? सदा एक सीन त राम्रो लाग्दैन। कहिलेकाहींको सीन राम्रो लाग्छ। यो पनि एक रूहानी रौनक हो नि! यी सबै आत्माहरूको संकल्प पूरा हुनु थियो, त्यसैले यो सीन हुन गयो। यहाँबाट छुट्टी दिइयो ठीकै छ आऊ। के गर्नेछौ? अब त नयाँ अझै बढ्नु छ र पुराना त पुराना भए। जसरी उमंगले आएका छन्, त्यसैगरी आफूलाई सेट गरेका छौ, यो राम्रो गरेका छौ। विशाल त हुनु नै छ। कम त हुनु नै छैन। जब विश्व कल्याणकारीको टाइटल छ भने विश्वको अगाडि यो त केही पनि होइन। वृद्धि पनि हुनु छ र विधि पनि नयाँ नयाँ हुनु छ। केही न केही विधि त भइरहनु छ। अब वृत्ति शक्तिशाली हुन्छ। तपस्याद्वारा वृत्ति शक्तिशाली हुन्छ अनि स्वत: नै वृत्तिद्वारा आत्माहरूको पनि वृत्ति चेन्ज हुन्छ। अच्छा, तिमीहरू सबै सेवा गरेर थाकेका त छैनौ नि। मजा आइरहेको छ। मौज नै मौज छ। अच्छा!

वरदान:
श्रेष्ठ कर्मद्वारा आशीर्वादको स्टक जम्मा गर्ने चैतन्य दर्शनीय मूर्त भव

जुन कर्म गर्दा पनि त्यसमा आशीर्वाद लेऊ र आशीर्वाद देऊ। श्रेष्ठ कर्म गर्नाले सबैको आशीर्वाद स्वत: मिल्छ। सबैको मुखबाट निस्किन्छ यो त धेरै राम्रो छ, वाह! उसको कर्म नै यादगार बन्छ। जुनसुकै काम गरे पनि खुशी लेऊ र खुशी देऊ, आशीर्वाद लेऊ आशीर्वाद देऊ। जब अहिले संगममा आशीर्वाद लिन्छौ र दिन्छौ तब तिम्रा जड चित्रद्वारा पनि आशीर्वाद मिलिरहन्छ र वर्तमानमा पनि चैतन्य दर्शनीय मूर्त बन्छौ।

स्लोगन:
सदा उमंग उल्लासमा रह्यौ भने आलस्य समाप्त हुन्छ।