12.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे सदा यही स्मृति रहोस् , हामी ले श्रीमत अनुसार आफ्नो राजधानी स्थापना गरिरहेका छौं , अनि अपार खुसी ह ु न्छ।

प्रश्न:
यो ज्ञानको भोजन कुन बच्चाहरूलाई हजम हुन सक्दैन?

उत्तर:
जो भूल गरेर, पतित बनेर फेरि क्लासमा आएर बस्छन्, उनीहरूलाई ज्ञान हजम हुन सक्दैन। उनीहरूले मुखद्वारा कहिल्यै पनि भन्न सक्दैनन् भगवानुवाच, काम महाशत्रु हो, उनीहरूको दिल खाइरहन्छ। उनीहरू आसुरी सम्प्रदायका बन्न पुग्छन्।

ओम् शान्ति ।
बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, उहाँ कुनचाहिँ बाबा हुनुहुन्छ? उहाँ बाबाको महिमा तिमी बच्चाहरूले गर्नु छ। गायन पनि छ सत्य शिवबाबा, सत्य शिव टिचर, सत्य शिव गुरु। सत्य त उहाँ हुनुहुन्छ नि। तिमी बच्चाहरूलाई थाहा छ हामीलाई सत्य शिवबाबा मिल्नु भएको छ। हामी बच्चाहरू अब श्रीमतमा एक मत बनिरहेका छौं। त्यसैले श्रीमतमा चल्नुपर्छ नि। बाबा भन्नुहुन्छ एक त देही-अभिमानी बन अनि बाबालाई याद गर। जति याद गर्छौ, त्यति आफ्नो कल्याण गर्छौ। तिमीले आफ्नो राजधानी फेरि स्थापना गरिरहेका छौ। पहिला पनि हाम्रो राजधानी थियो। हामी देवी-देवता धर्मका नै ८४ जन्म भोगेर अन्तिम जन्ममा अहिले संगममा छौं। यस संगमयुगको बारेमा तिमी बच्चाहरू बाहेक अरू कसैलाई थाहा छैन। बाबाले कति प्वाइन्ट दिनुहुन्छ प्यारा बच्चाहरू! यदि राम्रोसँग यादमा रहन्छौ भने खुसीमा रहन्छौ। तर बाबालाई याद गर्नुको सट्टा दुनियाँको कुरामा जान्छौ। यो याद रहनु पर्छ हामीले श्रीमतमा आफ्नो राज्य स्थापना गरिरहेका छौं। गाइएको पनि छ उच्च भन्दा उच्च भगवान, उहाँको नै उच्च भन्दा उच्च श्रीमत छ। श्रीमतले के सिकाउँछ? सहज राजयोग। राजाईको लागि पढाइरहनु भएको छ। आफ्नो बाबाद्वारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेर फेरि दैवीगुण पनि धारण गर्नु छ। बाबाको कहिल्यै सामना गर्नु हुँदैन। धेरै बच्चाहरू आफूलाई सेवाधारी सम्झेर अहंकारमा आउँछन्। यस्ता धेरै छन्। फेरि कहिलेकाहीँ हार खाए भने नशा नै उड्छ। तिमी माताहरू त अनपढ छौ। पढेको भए त कमाल गरेर देखाउँथ्यौ। पुरुषहरूमा फेरि पनि पढे-लेखेका केही छन्। तिमी कुमारीहरूले कति नाम प्रसिद्ध गर्नुपर्छ। तिमीले श्रीमतमा राजाई स्थापना गरेका थियौ। नारीबाट लक्ष्मी बनेका थियौ त्यसैले कति नशा रहनु पर्छ। यहाँ त हेर पाई पैसाको पढाइको लागि ज्यान नै अर्पण गरिरहेका छन्। अरे, तिमी गोरो बन्छौ फेरि कालो, तमोप्रधानसँग किन दिल लगाउँछौ? यस कब्रिस्तानसँग दिल लगाउनु हुँदैन। हामीले त बाबाबाट वर्सा लिइरहेका छौं। पुरानो दुनियाँसँग दिल लगाउनु अर्थात् नर्कमा जानु। बाबा आएर नर्कबाट बचाउनु हुन्छ फेरि पनि मुख नर्कतिर किन फर्काउँछौ? तिम्रो यो पढाइ कति सहज छ। कुनै ऋषि-मुनिले जानेका छैनन्। न कुनै टिचरले न कुनै ऋषि-मुनिले सम्झाउन सक्छन्। यहाँ त बाबा, टिचर, गुरु हुनुहुन्छ। ती गुरुहरूले शास्त्र सुनाउँछन्। उनीहरूलाई टिचर भनिदैन, उनीहरूले यस्तो कहाँ भन्छन् र हामीले दुनियाँको इतिहास-भूगोल सुनाउँछौं। उनीहरूले त शास्त्रको कुरा नै सुनाउँछन्। बाबाले तिमीलाई शास्त्रहरूको सार सम्झाउनु हुन्छ र फेरि विश्वको इतिहास-भूगोल पनि बताउँछन्। अब यी टिचर राम्रा कि ती टिचर राम्रा? ती टिचरबाट तिमी जतिसुकै पढ, के कमाउँछौ? त्यो पनि नसीब। पढ्दा-पढ्दै कुनै एक्सिडेन्ट भयो, मर्यो भने पढाइ खतम। यहाँ यो पढाइ जति पढे पनि त्यो व्यर्थ जाँदैन। हो, यदि श्रीमतमा नचलेर कुनै उल्टो चल्छौ वा नालीमा गिर्छौ भने पनि पढेको कुनै खेर जाँदैन। यो पढाइ त २१ जन्मको लागि हो। तर गिर्नाले कल्प-कल्पान्तर घाटा धेरै पर्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! कालो मुख नपार। यस्ता धेरै छन् जसले कालो मुख पारेर, पतित बनेर फेरि आएर बस्छन्। उनीहरूलाई कहिल्यै यो ज्ञान हजम हुँदैन। अपच हुन्छ। सुनेको जति अपच हुन्छ, फेरि मुखले कसैलाई भन्न सक्दैनन् भगवानुवाच काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नु छ। स्वयंले नै जित्न सक्दैनन् भने अरूलाई कसरी भन्ने! दिल खान्छ नि। उनीहरूलाई भनिन्छ आसुरी सम्प्रदाय, अमृत पिउँदा-पिउँदै विष खान पुग्छन् अनि सयगुणा दण्ड खान्छन्। हड्डी-हड्डी टुट्छ।

तिमी माताहरूको संगठन त धेरै राम्रो हुनुपर्छ। लक्ष्य-उद्देश्य त सामुन्ने छ। तिमीलाई थाहा छ यी लक्ष्मी-नारायणको राज्यमा एक देवी-देवता धर्म थियो। एक राज्य, एक भाषा, १०० प्रतिशत पवित्रता, शान्ति, सम्पत्ति थियो। त्यही एक राज्यलाई नै बाबाले अहिले स्थापना गरिरहनु भएको छ। यो हो लक्ष्य-उद्देश्य। १०० प्रतिशत पवित्रता, सुख, शान्ति, सम्पत्तिको स्थापना अहिले भइरहेको छ। तिमीले देखाउँछौ विनाशपछि श्रीकृष्ण आउँछन्। स्पष्ट लेख्नुपर्छ। सत्ययुगी एक देवी-देवताको राज्य, एक भाषा, पवित्रता, सुख, शान्ति फेरि स्थापना भइरहेको छ। सरकारले चाहन्छ नि। स्वर्ग हुन्छ नै सत्ययुग-त्रेतामा। तर मनुष्यले आफूलाई नर्कवासी कहाँ सम्झन्छन् र। तिमीले लेख्न सक्छौ द्वापर कलियुगमा सबै नर्कवासी छन्। अहिले तिमी संगमयुगी हौ। पहिला तिमी पनि कलियुगी नर्कवासी थियौ, अब तिमी स्वर्गवासी बनिरहेका छौ। विश्वलाई श्रीमतमा स्वर्ग बनाइरहेका छौ। तर त्यो हिम्मत, संगठन हुनुपर्छ। सेवामा जाँदा यो लक्ष्मी-नारायणको चित्र लिएर जानुपर्छ, राम्रो छ। यसमा लेखिदेऊ त्रिमूर्ति शिवबाबाको श्रीमत अनुसार आदि सनातन देवी-देवता धर्म, सुख-शान्तिको राज्य स्थापना भइरहेको छ। यस्ता-यस्ता ठूला-ठूला शब्दमा ठूला-ठूला चित्र हुन्। साना बच्चाहरूले सानो चित्र मन पराउँछन्। ठीकै छ, चित्र त जति ठूलो भयो त्यति राम्रो। यो लक्ष्मी-नारायणको चित्र त धेरै राम्रो छ। यसमा केवल लेख्नु छ एउटै सत्य त्रिमूर्ति शिवबाबा, सत्य त्रिमूर्ति शिव टिचर, सत्य त्रिमूर्ति शिव गुरु। त्रिमूर्ति शब्द लेखेनौ भने सम्झन्छन् परमात्मा त निराकार हुनुहुन्छ, उहाँ टिचर कसरी हुन सक्नुहुन्छ? ज्ञान त छैन नि। लक्ष्मी-नारायणको चित्र टिनको पातामा बनाएर हरेक ठाउँमा राख्नु छ, यो स्थापना भइरहेको छ। बाबा आउनु भएको छ ब्रह्माद्वारा एक धर्मको स्थापना बाँकी सबैको विनाश गराउनु हुन्छ। बच्चाहरूलाई सदैव नशा रहनु पर्छ। सानो-तिनो कुरामा एकमत हुँदैनन् त्यसैले छिट्टै रिसाउँछन्। यो त हुन्छ नै। कुनै कतातिर कुनै कतातिर लाग्छन् अनि बहुमत तिरलाई लिइन्छ, यसमा असन्तुष्ट हुनु पर्ने कुरा छैन। बच्चाहरू रिसाउँछन्। हाम्रो कुरालाई मानिएन। अरे यसमा रुष्ट हुनु पर्ने कुरा नै छैन। बाबा त सबैलाई खुसी बनाउनेवाला हुनुहुन्छ। मायाले सबैलाई रुष्ट बनाइदिएको छ, तर सबै बाबासँग रूष्ट भएका छन्, बाबालाई जानेका छैनन् भने रूष्ट पनि के भन्ने। जो बाबाले स्वर्गको बादशाही दिनु भयो उहाँलाई जानेकै छैनन्। बाबा भन्नुहुन्छ मैले तिमीलाई उपकार गर्छु। फेरि तिमीले मलाई नै अपकार गर्छौ। विश्वको हालत हेर के छ। तिमीहरूमा पनि धेरै कम छन् जसलाई नशा रहन्छ। यो हो नारायणी नशा। यसरी कहाँ भन्नु छ र हामी त राम-सीता बन्छौं। तिम्रो लक्ष्य-उद्देश्य नै हो नरबाट नारायण बन्नु। तिमी फेरि राम-सीता बन्नमा नै खुसी हुन्छौ, हिम्मत देखाउनु पर्छ नि। पुरानो दुनियाँसँग बिल्कुल दिल लगाउनु हुँदैन। कसैसँग दिल लगाउँछौ भने मर्छौ। जन्म-जन्मान्तरको घाटा पर्छ। बाबासँग त स्वर्गको सुख मिल्छ फेरि हामी नर्कमा किन पर्ने? बाबा भन्नुहुन्छ तिमी जब स्वर्गमा थियौ अरू कुनै धर्म थिएन। अहिले ड्रामा अनुसार तिम्रो धर्म छँदै छैन। कसैले पनि आफूलाई देवता धर्मको मान्दैन। मनुष्य भएर पनि आफ्नो धर्मलाई जान्दैन भने त्यसलाई के भन्ने? हिन्दु कुनै धर्म कहाँ हो र। कसले स्थापना गर्यो, यो पनि जानेका छैनन्। तिमी बच्चाहरूलाई कति सम्झाइन्छ। बाबा भन्नुहुन्छ म कालको पनि काल अब आएको छु, सबैलाई लैजान। बाँकी जसले राम्रोसँग पढ्छन्, उनीहरू विश्वको मालिक बन्छन्। अब घर हिंड। यहाँ रहन लायक छैन, आसुरी मतमा चलेर धेरै फोहोरी बनेका छन्। बाबाले त यसरी नै भन्नुहुन्छ नि। तिमीहरू जो विश्वको मालिक थियौ, अब कति धक्का खाइरहन्छौ। लाज लाग्दैन। तिमीहरूमा पनि कोही छन् जसले राम्रोसँग बुझ्छन्। नम्बरवार त छन् नि। धेरै बच्चाहरू त निद्रामा रहन्छन्। त्यो खुसीको पारा चढ्दैन। बाबाले हामीलाई फेरि राजधानी दिनुहुन्छ। बाबा भन्नुहुन्छ यी साधु आदिको पनि मैले उद्धार गर्छु। उनीहरूले न आफूलाई न अरूलाई मुक्ति दिन सक्छन्। सच्चा गुरु त एक सद्गुरु नै हुनुहुन्छ, जसले संगममा आएर सबैलाई सद्गति गर्नुहुन्छ। बाबा भन्नुहुन्छ म आउँछु कल्पको संगम युगे-युगे, जबकि मैले सारा दुनियाँलाई पावन बनाउनु पर्छ। मनुष्यले सम्झन्छन् बाबा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले के गर्न सक्नुहुन्न। अरे, मलाई बोलाउँछौ नै हामी पतितहरूलाई पावन बनाउनुहोस् त्यसैले मैले आएर पावन बनाउँछु। बाँकी अरू के गरुँ? बाँकी त ऋद्धि-सिद्धि धेरै छन्, मेरो काम नै हो नर्कलाई स्वर्ग बनाउनु। त्यो त हरेक ५ हजार वर्षपछि बन्छ। यो तिमीले नै जानेका छौ। आदि सनातन हो देवी-देवता धर्म। बाँकी अरू त पछि-पछि आएका हुन्। अरविन्द घोस त अहिले आएका हुन् तापनि हेर उनका कति आश्रम बनेका छन्। त्यहाँ कुनै निर्विकारी बन्ने कुरा कहाँ हुन्छ र। उनीहरूले त सम्झन्छन् गृहस्थमा रहेर पवित्र कोही बन्न सक्दैन। बाबा भन्नुहुन्छ गृहस्थ व्यवहारमा रहेर केवल एक जन्म पवित्र बन। तिमी जन्म-जन्मान्तर त पतित रह्यौ। अब म आएको छु तिमीलाई पावन बनाउन। यो अन्तिम जन्म पवित्र बन। सत्ययुग-त्रेतामा त विकार हुँदैन।

यी लक्ष्मी-नारायणको चित्र र सिँढीको चित्र धेरै राम्रा छन्। यिनमा लेखिएको छ सत्ययुगमा एक धर्म, एक राज्य थियो। सम्झाउने धेरै युक्ति चाहिन्छ। वृद्ध माताहरूलाई पनि सिकाएर तैयार गर्नुपर्छ, जसले प्रदर्शनीमा केही सम्झाउन सकून्। कसैलाई पनि यो चित्र देखाएर भन यिनको राज्य थियो नि। अहिले त छैन। बाबा भन्नुहुन्छ अब तिमीले मलाई याद गर्छौ भने तिमी पावन बनेर पावन दुनियाँमा जान्छौ। अब पावन दुनियाँको स्थापना भइरहेको छ। कति सहज छ। वृद्ध माताहरूले बसेर प्रदर्शनीमा सम्झाऊन् अनि नाम प्रत्यक्ष हुन्छ। कृष्णको चित्रमा पनि लेखाइ धेरै राम्रो छ। भन्नुपर्छ यहाँ लेखिएको कुरा अवश्य पढ्नुहोस्। यसलाई पढ्दा नै तपाईंलाई नारायणी नशा अथवा विश्वको मालिकपनको नशा चढ्छ।

बाबा भन्नुहुन्छ मैले तिमीलाई यस्ता लक्ष्मी-नारायण बनाउँछु, त्यस्तै तिमी पनि अरूप्रति रहमदिल बन्नुपर्छ। आफ्नो कल्याण तब गर्छौ जब अरूको गर्छौ। वृद्ध माताहरूलाई यसरी सिकाएर होसियार बनाऊ ताकि बाबाले ८-१० माताहरूलाई पठाऊ भन्ने बित्तिकै तुरुन्तै आउन सकून्। जसले गर्छ उसले पाउँछ। सामुन्ने लक्ष्य-उद्देश्यलाई देखेर खुसी हुन्छ। हामी यो शरीरलाई छोडेर विश्वको मालिक बन्छौं। जति यादमा रहन्छौ, त्यति पाप काटिन्छ। हेर, खाममा छापिएको छ एक धर्म, एक दैवी राजधानी, एक भाषा... त्यो छिटै नै स्थापना हुँदैछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कहिल्यै पनि आपसमा वा बाबासँग रिसाउनु हुँदैन, बाबा रिझाउन आउनु भएको छ त्यसैले नाराज हुनु छैन। बाबाको सामना गर्नु हुँदैन।

२) पुरानो दुनियाँसँग, पुरानो देहसँग दिल लगाउनु हुँदैन। सत् बाबा, सत् टिचर, सद्गुरुसँग सच्चा रहनु पर्छ। सदा एकको श्रीमतमा चलेर देही-अभिमानी बन्नु छ।

वरदान:
आदि रत्नको स्मृतिले आफ्नो जीवनको मूल्य जान्ने सदा समर्थ भव

जसरी ब्रह्मा आदिदेव हुन्, त्यसरी नै ब्रह्माकुमार, कुमारीहरू पनि आदि रत्न हुन्। आदि देवका बच्चा मास्टर आदिदेव हुन्। आदि रत्न सम्झिनाले नै आफ्नो जीवनको मूल्यलाई जान्न सक्छौ किनकि आदि रत्न अर्थात् प्रभुको रत्न, ईश्वरीय रत्न। कति मूल्यवान हौ, त्यसैले सदा आफूलाई आदि देवको सन्तान मास्टर आदिदेव, आदि रत्न सम्झेर हरेक कार्य गर्यौ भने समर्थ भवको वरदान मिल्छ। केही पनि व्यर्थ जान सक्दैन।

स्लोगन:
ज्ञानवान त्यो हो, जसले धोखा खानु भन्दा पहिला परख गरेर स्वयंलाई बचाउँछ।