12.09.21    Avyakt Bapdada     Nepali Murli    19.03.88     Om Shanti     Madhuban


यादमा रमणीकता ल्याउने युक्तिहरू


आज विधाता, वरदाता बापदादाले आफ्ना मास्टर विधाता, वरदाता बच्चाहरूलाई देखिरहनु भएको छ। हरेक बच्चा विधाता पनि बनेका छौ र वरदाता पनि बनेका छौ। साथ-साथै बापदादाले देखिरहनु भएको थियो बच्चाहरूको पदवी कति महान छ, यो संगमयुगको ब्राह्मण जीवनको कति महत्त्व छ! विधाता वरदाताको साथमा विधि-विधाता पनि तिमी ब्राह्मणहरू हौ। तिमीहरूका हरेक विधिहरू सत्ययुगमा कसरी परिवर्तन हुन्छन् यो पहिला सुनाएको छु। यस समयका हरेक कर्मका विधिहरू भविष्यमा चल्छन् नै तर द्वापरपछि पनि भक्तिमार्गमा यस समयका श्रेष्ठ कर्मका विधिहरू भक्तिमार्गका विधि बन्छन्। त्यसैले पूज्य रूपमा पनि यस समयका विधिहरू जीवनको श्रेष्ठ विधानको रूपमा चल्छन् र पुजारी मार्ग अर्थात् भक्तिमार्गमा पनि तिमीहरूका हरेक विधिहरू निति वा रीतिको रूपमा चल्दै आउँछन्। त्यसैले विधाता, वरदाता र विधि-विधाता पनि हौ।

तिम्रा मूल सिद्धान्त सिद्धि प्राप्त गर्ने साधन बन्छन्। जस्तै मूल सिद्धान्त छ बाबा एक हुनुहुन्छ। धर्म आत्माहरू, महान आत्माहरू अनेक छन् तर परम आत्मा एक हुनुहुन्छ। यही मूल सिद्धान्तद्वारा आधाकल्प तिमी श्रेष्ठ आत्माहरूलाई एक बाबाद्वारा प्राप्त भएको वर्सा सिद्धिको रूपमा मिल्छ। प्रारब्ध मिल्नु अर्थात् सिद्धि स्वरूप बन्नु हो किनकि बाबा एक हुनुहुन्छ, बाकीँ महान आत्माहरू, धर्म आत्माहरू हुन्, बाबा होइनन्, भाइ-भाइ हुन्। वर्सा बाबाबाट मिल्छ, भाइबाट मिल्दैन। त्यसैले यो मूल सिद्धान्तद्वारा आधाकल्प तिमीहरूलाई सिद्धि प्राप्त हुन्छ र भक्तिमा पनि गड इज वन भन्ने यही सिद्धान्त सिद्धि प्राप्त गर्ने आधार बन्छ। भक्तिको आदि आधार पनि एक बाबाको शिवलिङ्ग रूपबाट आरम्भ हुन्छ जसलाई भनिन्छ अव्यभिचारी भक्ति। त्यसैले भक्तिमार्गमा पनि बाबा एक हुनुहुन्छ भन्ने यही एक सिद्धान्तद्वारा नै सिद्धि प्राप्त हुन्छ। त्यसो त जुन पनि तिम्रा मूल सिद्धान्तहरू छन्, ती एक-एक सिद्धान्तद्वारा सिद्धि प्राप्त भइरहन्छ। जसरी यो जीवनको मूल सिद्धान्त पवित्रता हो। यही पवित्रताको सिद्धान्तद्वारा तिमी आत्माहरूलाई भविष्यमा सिद्धि स्वरूपको रूपमा लाइटको ताज सदा मिल्छ। जसको यादगार-रूप डबल ताज देखाउँछन् र भक्तिमा पनि जहिले पनि यथार्थ र दिलले भक्ति गर्दा पवित्रताको सिद्धान्तलाई नै मूल आधार सम्झन्छन् र यो पनि सम्झन्छन् पवित्रता विना भक्तिको सिद्धि प्राप्त हुन सक्दैन। चाहे अल्पकालको लागि होस्, जति समय भक्ति गर्छन, त्यति समय मात्रै पवित्रतालाई अपनाउँछन्। पवित्रता नै सिद्धिको साधन हो यो सिद्धान्तलाई अपनाउँछन् अवश्य। यस प्रकारले हरेक ज्ञानका सिद्धान्त वा धारणाका मूल सिद्धान्तहरूलाई बुद्धिद्वारा सोच हरेक सिद्धान्त सिद्धिको साधन कसरी बनेको छ? यो मनन गर्ने काम दिएको छु। जसरी दृष्टान्त सुनाएँ, त्यसै प्रकारले सोच।

यसरी तिमीहरू विधि-विधाता पनि बन्छौ, सिद्धि-दाता पनि बन्छौ त्यसैले आजसम्म पनि जुन भक्तहरूले जस-जसले सिद्धि चाहन्छन् तिनीहरूले भिन्न-भिन्न देवताहरूद्वारा भिन्न-भिन्न सिद्धि प्राप्त गर्नको लागि तिनै देवताहरूलाई पूजा गर्छन्। त्यसैले सिद्धिदाता बाबाद्वारा तिमीहरू पनि सिद्धिदाता बन्छौ यस्तो आफूलाई सम्झन्छौ नि? जसलाई स्वयं सर्व सिद्धिहरू प्राप्त भएका छन् ऊ नै अरूलाई पनि सिद्धि प्राप्त गराउनको लागि निमित्त बन्नसक्छ। यो सिद्धि खराब चीज होइन किनकि तिम्रो यो सिद्धि त्यो रिद्धि-सिद्धि होइन। रिद्धि-सिद्धि जुन हुन्छन् तिनीहरू अल्पकालको लागि प्रभावशाली हुन्छन्। तर तिम्रो हो याथार्थ विधिद्वारा सिद्धि। ईश्वरीय विधिद्वारा जुन सिद्धि प्राप्त हुन्छ त्यो सिद्धि पनि ईश्वरीय सिद्धि हुन्छ। जसरी ईश्वर अविनाशी हुनुहुन्छ, त्यसैगरी ईश्वरीय विधि र सिद्धि पनि अविनाशी हुन्छ। रिद्धि-सिद्धि देखाउनेहरू स्वयं पनि अल्पज्ञ आत्मा हुन् र तिनीहरूको सिद्धि पनि अल्पकालको हुन्छ। तर तिम्रो सिद्धि सिद्धान्तको विधिद्वारा सिद्धि हो त्यसैले आधाकल्प स्वयं सिद्धि-स्वरूप बन्छौ र आधाकल्प तिम्रो सिद्धान्तद्वारा भक्त आत्माहरूले यथा-शक्ति तथा-फलको प्राप्ति वा सिद्धिको प्राप्ति गर्दै आउँछन् किनकि भक्तिको शक्ति पनि समय प्रमाण कम हुँदैजान्छ। सतोप्रधान भक्तिको शक्तिले भक्त आत्माहरूलाई सिद्धिको अनुभूति आजकलका भक्तहरूलाई भन्दा धेरै गराउँछ। यस समयको भक्ति तमोप्रधान भक्ति भएको कारणले न यथार्थ सिद्धान्त रहेको छ, नत सिद्धि रहेको छ।

त्यसैले यति नशा रहन्छ? म को हुँ! सदा यो श्रेष्ठ स्वमानको स्थितिको सीटमा सेट रहन्छौ? कति उच्च सीट छ! यो स्थितिको सीटमा स्थिर रह्यौ भने बारम्बार अपसेट वा अस्थिर हुँदैनौ। यो तिम्रो पोजीशन हो नि। कति ठूलो पोजीशन छ विधि-विधाता र सिद्धि-दाता! यो पोजीशनमा स्थित भयौ भने मायाले अपोजीशन गर्दैन। सदा सुरक्षित रहन्छौ। अपसेट हुने कारण नै यो हो आफ्नो श्रेष्ठ स्थितिको सीटबाट साधारण स्थितिमा आउँछौ। यादमा रहनु वा सेवा गर्नु एउटा साधारण दिनचर्या बन्छ। तर यादमा बस्दा पनि आफ्नो कुनै न कुनै श्रेष्ठ स्वमानको सीटमा बस। जसरी याद गर्ने स्थानमा, योग गर्ने कोठामा, बाबाको कोठामा, ओछ्यानबाट उठेर बस्दा अथवा सारा दिन कतै जाँदा पहिला शरीरलाई योग्य स्थान दिन्छौ त्यस्तै पहिला बुद्धिलाई स्थितिको स्थान देऊ। पहिला यो चेक गर बुद्धिलाई ठीक स्थान दिएको छु? अनि ईश्वरीय नशा पनि सीटबाट स्वत: नै आउँछ। आजकल भन्छन् नि कुर्सीको नशा! तिम्रो त छ श्रेष्ठ स्थितिको आसन। कहिले मास्टर बीजरूप को स्थितिको आसनको सीटमा, कहिले अव्यक्त फरिश्ताको सीटमा, कहिले विश्व कल्याणकारी स्थितिको सीटमा सेट होऊ यसरी हरेक दिन भिन्न-भिन्न स्थितिको आसनमा वा सीटमा सेट भएर बस।

यदि कसैको सीट सेट भएन भने हलचल गर्छन् नि कहिले यता ढलकिन्छन् कहिले उता! त्यसैगरी सीटमा सेट हुँदैनौ भने यो बुद्धि पनि हलचलमा आउँछ। जान्न त सबैले जानेका छौ हामी यो यो हौं। यदि अहिले तपाईहरू को हुनुहुन्छ भनेर सोध्यो भने गजबको लामो लिस्ट निस्कन्छ। तर हर पल आफूलाई जे जानेका छौ त्यस्तै मान। केवल जान्ने मात्रै होइन, मान पनि किनकि जान्नाले सूक्ष्ममा खुशी त हुन्छ हो, म यो हुँ। तर मान्नाले शक्ति आउँछ र मानेर चल्नाले नशा पनि रहन्छ। जसरी लौकिकमा कुनै पनि उच्च तहको व्यक्ति जब सीटमा सेट हुन्छ भने ऊ खुशी त हुन्छ तर उसमा शक्ति हुँदैन। त्यसैले जानेका छौ तर मानेर चल, बारम्बार आफूसँग सोध, चेक गर म सीटमा सेट छु वा साधारण स्थितिमा तल आएँ? जो अरूलाई सिद्धि दिनेवाला हुन्छ ऊ स्वयं हर संकल्पमा, हरेक कर्ममा सिद्धि स्वरूप अवश्य हुन्छ, दाता हुन्छ। सिद्धि-दाताले कहिल्यै यो सोच्न पनि सक्दैन जति पुरुषार्थ गरेको छु वा मेहनत गरेको छु त्यति सिद्धि देखिँदैन वा जति यादको अभ्यास गरेको छु त्यति सिद्धि अनुभव हुँदैन। यसबाट यो सिद्ध हुन्छ सीटमा सेट हुने विधि यथार्थ छैन।

ज्ञान रमणीक छ। रमणीक अनुभवले स्वतः नै आलस्यलाई भगाइदिन्छ। यो त कतिले भन्छन् नि त्यसै निद्रा लाग्दैन तर योगमा बस्यो कि निद्रा लाग्छ। यस्तो किन हुन्छ? यस्तो कुरा पनि होइन कुनै थकावट छ तर रमणीक रीतिले र स्वाभाविक रूपले बुद्धिलाई सीटमा सेट गर्दैनौ। त्यसैले केवल एउटै तरिकाले मात्र होइन, अनेक तरिकाले सेट गर। त्यही चीजलाई यदि अनेक रूपले परिवर्तन गरेर प्रयोग गर्यौ भने दिल खुशी हुन्छ। चाहे राम्रो चीज होस् तर एउटै चीज बारम्बार खाइरह्यौ, हेरिरह्यौ भने के हुन्छ? त्यसैगरी बीजरूप बन तर कहिले लाइट-हाउसको रूपमा, कहिले माइट-हाउसको रूपमा, कहिले वृक्ष माथि बीजको रूपमा, कहिले सृष्टि-चक्रमा माथि उभिएर सबैलाई शक्ति देऊ। जति पनि भिन्न-भिन्न टाइटल मिलेका छन् ती टाइटललाई दिनहुँ अनुभव गर। कहिले नूरे रत्न बनेर बाबाको नयनमा समाहित छु यस्तो स्वरूपको अनुभूति गर। कहिले मस्तकमणि बनेर, कहिले दिलतख्तनशीन बनेर भिन्न-भिन्न स्वरूपको अनुभव गर। बेग्ला-बेग्लै अनुभव गर्यौ भने रमणीकता आउँछ। बापदादाले सधैं मुरलीमा भिन्न-भिन्न टाइटल दिनुहुन्छ, किन दिनुहुन्छ? त्यही सीटमा सेट भएर केवल बीच-बीचमा चेक गर। पहिला पनि सुनाएको थिएँ त्यो बिर्सियौ? ६ घण्टा, ८ घण्टा बितेपछि सोच्छौ र उदास हुन्छौ आधा दिन त गयो! त्यसैले स्वाभाविक अभ्यास भयो भने मात्र विधि-विधाता वा सिद्धि-दाता बनेर विश्वका आत्माहरूको कल्याण गर्न सक्छौ। बुझ्यौ! अच्छा!

आज मधुबन निवासीहरूको दिन हो। डबल विदेशीहरूले आफ्नो समयको मौका मधुवन निवासीहरूलाई दिइरहेका छन् किनकि डबल विदेशीहरू उनीहरूलाई साथै देखेर खुशी हुन्छन्। मधुबन निवासीहरूले भन्छन् महिमा नगर्नुहोस्, महिमा धेरै सुन्यौं। महिमा सुनेर नै महान बनिरहेका छौ किनकि यो महिमा नै कवच बनेको छ। जसरी युद्धमा सुरक्षाको साधन कवच हुन्छ नि। त्यसैगरी यो महिमाले पनि स्मृति दिलाउँछ हामी कति महान छौं! मधुबन केवल मधुबन होइन, मधुबन हो विश्वको स्टेज। मधुबनमा रहनु अर्थात् विश्वको स्टेजमा रहनु हो। जो स्टेजमा रहेको हुन्छ, ऊ कति होसियार हुन्छ! साधारण रीतिले जो कोही पनि कुनै पनि स्थानमा रहन्छ भने त्यति होसियार रहनु पर्दैन तर जब स्टेजमा आउँछ अनि हर समय, हरेक कर्ममा त्यति नै होसियार हुन्छ। त्यसैले मधुबन विश्वको स्टेज हो। चारैतिरको नजर मधुबन माथि नै हुन्छ। त्यसै पनि सबैको ध्यान स्टेजतर्फ नै गएको हुन्छ नि! त्यसैले मधुबन निवासीहरू सदा विश्वको स्टेजमा स्थित छौ।

साथ-साथै मधुबन एउटा गुम्बज हो। गुम्बजमा आवाज फर्केर आफैंसम्म आउँछ तर मधुबन यस्तो विचित्र गुम्बज हो जुन मधुबनको सानो आवाज पनि विश्वसम्म पुग्छ। जसरी आजकल पुरानो जमानाका कति यस्ता स्थान निशानी मात्र छन् जुन एउटा पर्खालमा यस्सो हात लगाउँदा वा आवाज गर्दा दश वटा पर्खालमा त्यो आवाज आउँछ र यस्तो सुनिन्छ मानौं ती पर्खाललाई कसैले हल्लाइरहेको छ वा आवाज दिइरहेको छ। त्यस्तै मधुबन यस्तो विचित्र गुम्बज हो जुन मधुबनको आवाज केवल मधुबनसम्म रहँदैन, चारैतिर फैलिन्छ। यसरी फैलिन्छ जुन मधुबनमा रहनेहरूलाई थाहा पनि हुँदैन। विचित्र छ नि, त्यसैले बाहिर पुग्छ त्यसैले यस्तो नसम्झ यस्तो देखियो वा यस्तो भनियो... तर विश्वसम्म आवाज हावाको गतिले पुग्छ किनकि सबैको नजरमा, बुद्धिमा सदा मधुबन वा मधुबनका बापदादा नै रहन्छ। त्यसैले जब मधुबनका बाबा नजरमा रहनुहुन्छ भने मधुबन पनि नजरमा आउँछ नि! मधुबनका बाबा हुनुहुन्छ भने त्यसमा मधुबन त आउँछ नि र मधुबनमा केवल बाबा मात्रै त हुनुहुन्न, बच्चाहरू पनि छन्। त्यसैले मधुबन निवासी स्वत: नै सबैको नजरमा आउँछन्! कुनै पनि ब्राह्मणसँग सोध, चाहे जति टाढा रहेको भए पनि के याद रहेको हुन्छ? मधुबन र मधुबनको बाबा! त्यसैले यति महत्त्व छ मधुबन निवासीहरूको। बुझ्यौ? अच्छा!

चारैतिरका सबै सेवाको उमंग-उत्साहमा रहने, सदा एक बाबाको स्नेहमा समाहित, सदा हरेक कर्ममा श्रेष्ठ विधिद्वारा सिद्धिको अनुभव गर्ने, सदा स्वयंलाई विश्व कल्याणकारी अनुभव गरेर हर संकल्पद्वारा, बोलीद्वारा श्रेष्ठ कल्याणको भावना र श्रेष्ठ कामनाले सेवामा व्यस्त रहने यस्ता बाबा समान सदा अथक सेवाधारी बच्चाहरूलाई बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

व्यक्तिगत भेटघाट:

१) स्वयंलाई कर्मयोगी श्रेष्ठ आत्मा अनुभव गर्छौ? कर्मयोगी आत्माले कर्मको प्रत्यक्षफल स्वत: अनुभव गर्छ। प्रत्यक्षफल हो खुशी र शक्ति। त्यसैले कर्मयोगी आत्मा अर्थात् प्रत्यक्षफल खुशी र शक्ति अनुभव गर्नेवाला। बाबाले सदा बच्चाहरूलाई प्रत्यक्ष फल प्राप्त गराउनुहुन्छ। अहिले भर्खरै कर्म गर्छौ र कर्म गर्नासाथ खुशी र शक्तिको अनुभव गर्छौ। यस्तो कर्मयोगी आत्मा हुँ यही स्मृतिले अगाडि बढ्दै जाऊ।

२) बेहदको सेवा गर्नाले बेहदको खुशी स्वत: नै अनुभव हुन्छ नि। बेहदका बाबाले बेहदको अधिकारी बनाउनुहुन्छ। बेहद सेवाको फल बेहदको राज्य भाग्य स्वत: नै प्राप्त हुन्छ। बेहदको स्थितिमा स्थित भएर सेवा गर्छौ भने जुन आत्माको लागि निमित्त बनेका हुन्छौ उसको आशीर्वादले स्वत: तिम्रो आत्मालाई शक्ति र खुशीको अनुभूति गराउँछ। एकै स्थानमा बसेर पनि बेहद सेवाको फल मिलिरहेको हुन्छ यस्तो बेहदको नशामा बेहदको खाता जम्मा गर्दै अगाडि बढ्दै जाऊ।

वरदान:
सेकेण्डमा देहरूपी चोलाबाट न्यारा बनेर कर्मभोग माथि विजय प्राप्त गर्ने सर्वशक्ति सम्पन्न भव

जब कर्मभोगको प्रभाव हुन्छ त्यसबेला कर्मेन्द्रियहरूले कर्मभोगको वश भएर आफूतर्फ आकर्षित गर्छन्। त्यसैले जुन समयमा धेरै दर्द भइरहेको हुन्छ त्यस्तो समयमा कर्मभोगलाई कर्मयोगमा परिवर्तन गरेर साक्षी भएर कर्मेन्द्रियद्वारा भोग्नेहरू नै सर्व शक्ति सम्पन्न अष्ट रत्न विजयी कहलाउँछन्। यसको लागि लामो समय देखिको देहरूपी चोलाबाट न्यारा हुने अभ्यास हुनुपर्छ। यो वस्त्र, दुनियाँको वा मायाको आकर्षणसँग टाइट भएर कस्सिएको अर्थात् समातिएको नहोस् अनि सजिलै उत्रिन्छ।

स्लोगन:
सर्वको मान प्राप्त गर्नको लागि निर्मानचित्त बन निर्मानता नै महानताको निशानी हो।