12.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई तैरिन सिकाउन , जसद्वारा तिमी यस दुनियाँबाट पार हुन्छौ , तिम्रो लागि दुनियाँ नै बदलिन्छ।

प्रश्न:
जो बाबाको सहगोगी बन्छन्, उनीहरूलाई मदतको रिटर्नमा के मिल्छ?

उत्तर:
जो बच्चाहरू अहिले बाबाको सहगोगी बन्छन्, उनीहरूलाई बाबाले यस्तो बनाइदिनुहुन्छ, जसले गर्दा आधाकल्प कसैको मदत लिने वा राय लिने कुनै आवश्यकता नै हुँदैन। कति महान् बाबा हुनुहुन्छ, भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी मेरो सहगोगी नहुने हो भने मैले स्वर्गको स्थापना कसरी गर्न सक्छु?

ओम् शान्ति ।
मीठा-प्यारा नम्बरवार अति मीठा रूहानी बच्चाहरूप्रति रूहानी बाबाले सम्झाउनु हुन्छ किनकि धेरै बच्चाहरू बेसमझ बनेका छन्। रावणले धेरै बेसमझ बनाइदिएको छ। अहिले हामीलाई कति समझदार बनाउनु हुन्छ। कसैले आई.सी.एस.को परीक्षा पास गर्छ भने सम्झन्छ, धेरै ठूलो परीक्षा पास गरेको छु। अहिले तिमीले त हेर कति ठूलो परीक्षा पास गर्छौ। अलिकति सोच त सही, पढाउने को हुनुहुन्छ! पढ्नेवाला को हुन्! यो पनि निश्चय छ हामी कल्प-कल्प हर ५ हजार वर्षपछि बाबा, टिचर, सद्गुरुसँग फेरि फेरि मिलि नै रहन्छौं। केवल तिमी बच्चाहरूले नै जानेका छौ हामीले कति उच्च बाबाद्वारा उच्च वर्सा पाउँछौं। टिचरले पनि वर्सा दिन्छन् नि, पढाएर। तिमीलाई पनि बाबाले पढाएर तिम्रो लागि दुनियाँलाई नै बदलिदिनुहुन्छ, नयाँ दुनियाँमा राज्य गर्नको लागि। भक्ति मार्गमा कति महिमा गाउँछन्। तिमीले उहाँद्वारा आफ्नो वर्सा पाइरहेका छौ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ पुरानो दुनियाँ बदलिइरहेको छ। तिमीले भन्छौ हामी सबै शिवबाबाका बच्चाहरू हौं। बाबा पनि आउनु पर्छ पुरानो दुनियाँलाई नयाँ बनाउन। त्रिमूर्तिको चित्रमा पनि देखाउँछन् ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना। त्यसैले अवश्य ब्रह्मा मुख वंशावली ब्राह्मण-ब्राह्मणी चाहिन्छ। ब्रह्माले त नयाँ दुनियाँ स्थापना गर्दैनन्। रचयिता हुनुहुन्छ नै बाबा। भन्नुहुन्छ म आएर युक्तिले पुरानो दुनियाँको विनाश गराएर नयाँ दुनियाँ बनाउँछु। नयाँ दुनियाँमा रहने धेरै कम हुन्छन्। सरकारले कोसिस गरिरहन्छ जनसंख्या कम होस्। तर कम त हुँदैन। लडाईमा करोडौं मनुष्य मर्छन् फेरि मनुष्य कम कहाँ हुन्छन् र, जनसंख्या त फेरि पनि बढ्दै जान्छ, यो पनि तिमीले जानेका छौ। तिम्रो बुद्धिमा विश्वको आदि-मध्य-अन्त्यको ज्ञान छ। तिमीले आफूलाई विद्यार्थी पनि सम्झन्छौ, तैरिन पनि सिक्छौ। भन्छन् नि मेरो नाउ पार लगाउनुहोस्। जसले तैरिन सिक्छन्, उनीहरू धेरै प्रख्यात हुन्छन्। अहिले तिम्रो चाल हेर कस्तो छ, एकदम माथि जान्छौ फेरि यहाँ आउँछौ। उनीहरूले त देखाउँछन् यति माइल माथि गयो। तिमी आत्माहरू कति माइल माथि जान्छौ! त्यो त स्थूल वस्तु हो, जसको गन्ती गर्छन्। तिम्रो त अनगिन्ती छ। तिमीले जानेका छौ हामी आत्माहरू आफ्नो घर जान्छौं, जहाँ सूर्य-चन्द्रमा आदि हुँदैनन्। तिमीलाई खुसी छ त्यो हाम्रो घर हो। हामी त्यहाँका निवासी हौं। मनुष्यहरूले भक्ति गर्छन्, पुरुषार्थ गर्छन् मुक्तिधाममा जानको लागि। तर कोही जान सक्दैन। मुक्तिधाममा भगवानसँग मिल्ने कोसिस गर्छन्। अनेक प्रकारका प्रयत्न गर्छन्। कसैले भन्छन् हामी ज्योति ज्योतिमा समाहित हुन सकौं। कसैले भन्छन् मुक्तिधाममा जान सकौं। मुक्तिधामको बारेमा कसैलाई थाहा छैन। तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ, आफ्नो घर लैजानुहुन्छ। प्यारा बाबा आउनु भएको छ, हामीलाई घर लैजान लायक बनाउनु हुन्छ, जसको लागि आधाकल्प पुरुषार्थ गरेर पनि बन्न सकेनौं। न कोही ज्योतिमा समाहित हुन सके, न मुक्तिधाममा जान सके, न मोक्ष प्राप्त गर्न सके। जे जति पुरुषार्थ गरे त्यो व्यर्थ। अहिले तिमी ब्राह्मण कुलभूषणहरूको पुरुषार्थ सत्य सिद्ध हुन्छ। यो खेल कस्तो बनेको छ। तिमीलाई अहिले आस्तिक भनिन्छ। बाबालाई राम्रोसँग तिमीले चिनेका छौ र बाबाद्वारा सृष्टि चक्रलाई पनि जानेका छौ। बाबा भन्नुहुन्छ मुक्ति-जीवनमुक्तिको ज्ञान कसैमा पनि छैन। देवताहरूमा पनि छैन। बाबालाई कसैले जानेका छैनन् भने अरू कसैलाई लिएर कहाँ जान सक्छन्। कति गुरुहरू छन्, कति उनीहरूको अनुयायीहरू बन्छन्। सत्य-सत्य सद्गुरु हुनुहुन्छ शिवबाबा। उहाँको त चरण छँदै छैनन्। उहाँले भन्नुहुन्छ मेरो त त चरण छँदै छैनन्। मैले कसरी आफूलाई पूजा गर्न लगाऊँ। बच्चाहरू विश्वको मालिक बन्छन्, उनीहरूलाई कहाँ पूजा गर्न लगाउँछु र। भक्ति मार्गमा बच्चाहरू पिताको पाउ पर्छन्। वास्तवमा त पिताको सम्पत्तिको मालिक बच्चाहरू हुन्छन्। तर नम्रता देखाउँछन्। साना बच्चाहरू आदि सबै गएर पाउ पर्छन्। यहाँ बाबा भन्नुहुन्छ तिमीलाई पाउ पर्नबाट पनि छुटाइदिन्छु। कति महान् बाबा हुनुहुन्छ। भन्नुहुन्छ तिमी बच्चाहरू मेरा सहयोगी हौ। तिमी सहयोगी नभए मैले स्वर्गको स्थापना कसरी गर्न सक्छु। बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! अहिले तिमी सहगोगी बन फेरि मैले तिमीलाई यस्तो बनाउँछु, तिमीले कसैको मदत लिने आवश्यकता नै रहँदैन। तिमीलाई कसैको सल्लाहको आवश्यकता पर्दैन। यहाँ बाबाले बच्चाहरूको मदत लिइरहनु भएको छ। भन्नुहुन्छ प्यारा बच्चाहरू! अब फोहोरी नबन। मायासँग हार नखाऊ। नत्र नाम बदनाम गरिदिन्छौ। बक्सिङमा जब कसैले जित्छ भने वाह-वाह हुन्छ। हार खानेको मुख पहेँलो हुन्छ। यहाँ पनि हार खान्छन्। यहाँ हार खानेलाई भनिन्छ कालो मुख पार्यौ। आएका हौ गोरो बन्नको लागि फेरि के गरिदिन्छौ। गरेको कमाई सारा चट हुन्छ, फेरि सुरुदेखि नयाँ गर्नुपर्छ। बाबाका सहगोगी बनेर फेरि हार खायौ भने नाम बदनाम गरिदिन्छौ। दुई पार्टी छन्। एकथरी छन् मायाको शिष्य, अर्का छन् ईश्वरको। तिमीले बाबालाई प्यार गर्छौ। गायन पनि छ विनाश काले विपरीत बुद्धि। तिम्रो छ प्रीत बुद्धि। त्यसैले तिमीले नाम बदनाम कहाँ गर्नु छ र। तिमी प्रीत बुद्धि भएर फेरि मायासँग किन हार खान्छौ? हार्नेलाई दु:ख हुन्छ। जित्नेलाई ताली बजाएर वाह-वाह गर्छन्। तिमी बच्चाहरूले सम्झन्छौ हामी त पहलमान हौं। अब मायालाई अवश्य जित्नु छ। बाबा भन्नुहुन्छ देह सहित जे जति देख्छौ, ती सबैलाई बिर्स। म एकलाई याद गर। मायाले तिमीलाई सतोप्रधानबाट तमोप्रधान बनाइदिएको छ। अब फेरि सतोप्रधान बन्नु छ। माया जिते जगतजित बन्नु छ। यो हो नै हार र जित, सुख र दु:खको खेल। रावण राज्यमा हार खान्छन्। अब बाबाले फेरि हीरा समान बनाउनु हुन्छ। बाबाले सम्झाउनु भएको छ एक शिवबाबाको जयन्ती नै हीरा समान हो। अब तिमी बच्चाहरू लक्ष्मी-नारायण जस्तो बन्नु छ। त्यहाँ घर-घरमा दीपावली हुन्छ, सबैको आत्मा दीपक बलेको हुन्छ। मेन पावरद्वारा बत्ती बल्छ। बाबाले बसेर कति सहज रीतिले सम्झाउनु हुन्छ। बाबा सिवाय प्यारा अति सिकीलधे बच्चाहरू कसले भन्न सक्छ। रूहानी बाबाले नै भन्नुहुन्छ हे मेरा मीठा अति प्यारा बच्चाहरू! तिमीले आधाकल्पदेखि भक्ति गर्दै आएका छौ। फर्केर एउटा पनि जान सक्दैन। बाबा नै आएर सबैलाई लैजानुहुन्छ।

तिमीले संगमयुगको चित्रमा राम्रोसँग सम्झाउन सक्छौ। बाबा कसरी आएर सबै आत्माहरूलाई लैजानुहुन्छ। दुनियाँमा यस बेहदको नाटकको बारेमा कसैलाई थाहा छैन। यो बेहदको ड्रामा हो, यो पनि तिमीले बुझ्छौ, अरू कसैले भन्न सक्दैन। यदि बेहदको ड्रामा भन्छन् भने पनि ड्रामाको वर्णन कसरी गर्न सक्छन्? यहाँ तिमीले ८४ को चक्रलाई जानेका छौ। तिमी बच्चाहरूलाई थाहा छ, तिमीले नै याद गर्नु छ। बाबाले कति सहजसँग बताउनु हुन्छ। भक्ति मार्गमा तिमीले कति धक्का खान्छौ। तिमी कति दूर स्नान गर्न जान्छौ। एक तलाउ छ, भन्छन् त्यसमा डुबुल्की लगायो भने परी बनिन्छ। अहिले तिमी ज्ञान सागरमा डुबुल्की लगाएर राजकुमार बन्छौ। कोही राम्रो फेशनेबल छिन्भने भन्छन् तिमी त परी जस्तै बन्यौ। अहिले तिमी पनि रत्न बन्छौ। बाँकी मनुष्यको उड्ने पंख आदि हुन सक्दैन। यसरी उड्न सक्दैनन्। उड्ने हो नै यो आत्मा। आत्मा जसलाई रकेट पनि भनिन्छ, आत्मा कति सानो छ। जब सबै आत्माहरू जान्छन् तब हुन सक्छ तिमी बच्चाहरूलाई त्यसको साक्षात्कार पनि हुन्छ। बुद्धिबाट बुझ्न सक्छौ, यहाँ तिमीले वर्णन गर्न सक्छौ। हुन सक्छ, जसरी विनाश देखिन्छ त्यसैगरी आत्माहरूको समूह कसरी जान्छ यो पनि देख्न सक्छौ। हनुमान, गणेश आदि त छँदै छैनन्। तर उनीहरूको भावना अनुसार साक्षात्कार हुन्छ। बाबा त हुनुहुन्छ नै बिन्दु, उहाँको के वर्णन गर्न सक्छन्। भन्छन् पनि, सानो तारा हो जसलाई यी आँखाले देख्न सकिन्न। शरीर कति ठूलो छ, जसबाट कर्म गरिन्छ। आत्मा कति सानो छ, उसमा ८४ को चक्र भरिएको छ। एउटा पनि मनुष्य छैन, जसको यो बुद्धिमा होस् हामीले ८४ जन्म कसरी लिन्छौं? आत्मामा कसरी पार्ट भरिएको छ। आश्चर्य छ। आत्माले नै शरीर धारण गरेर पार्ट खेल्छ। त्यो हो हदको नाटक, यो हो बेहदको। बेहदको बाबा स्वयं आएर आफ्नो परिचय दिनुहुन्छ। जो राम्रा सेवाधारी बच्चाहरू छन्, उनीहरूले विचार सागर मंथन गरिरहन्छन्, कसैलाई कसरी सम्झाऔं। तिमीले एक-एकलाई कति मेहनत गर्छौ। फेरि पनि भन्छन् बाबा हामीले बुझ्दै बुझ्दैनौं। कसैले पढ्दैन भने भनिन्छ यो त पत्थर बुद्धि हो। तिमीले देख्छौ यहाँ पनि कोही ७ दिनमा नै धेरै खुसी भएर भन्छन् बाबाको पासमा जाऔं। कसैले त केही पनि बुझ्दैनन्। मनुष्यले त केवल भनिदिन्छन् पत्थरबुद्धि, पारसबुद्धि, तर अर्थ जानेका छैनन्। आत्मा पवित्र बनेपछि पारसनाथ बन्छ। पारसनाथको मन्दिर पनि छ। सारा मन्दिर सुनको हुँदैन। माथि थोरै सुन लगाइदिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ हामीलाई बागवान मिल्नु भएको छ, काँडाबाट फूल बन्ने युक्ति बताउनु हुन्छ। गायन पनि छ नि, अल्लाहको बगैंचा। तिम्रो पासमा सुरुमा एक मुसलमान ध्यानमा जान्थ्यो। भन्दथ्यो खुदाले मलाई फूल दिनु भयो। उभिएर नै ध्यानमा जान्थ्यो, खुदाको बगैंचा देख्थ्यो। अब खुदाको बगैंचा देखाउने त स्वयं नै खुदा हुनुहुन्छ। अरू कसैले कसरी देखाउन सक्छन्? तिमीलाई वैकुण्ठको साक्षात्कार गराउनु हुन्छ। खुदाले नै लैजानुहुन्छ। स्वयं त त्यहाँ रहनुहुन्न। खुदा त शान्तिधाममा रहनुहुन्छ। तिमीलाई वैकुण्ठको मालिक बनाउनु हुन्छ। तिमीले कति राम्रा-राम्रा कुरा बुझ्छौ। खुसी हुन्छ। भित्र धेरै खुसी हुनुपर्छ अहिले हामी सुखधाममा जान्छौं। त्यहाँ दु:खको कुरा हुँदैन। बाबा भन्नुहुन्छ सुखधाम, शान्तिधामलाई याद गर। हामीले घरलाई किन याद नगर्ने। आत्माले घर जानको लागि कति मेहनत गर्छ। जप-तप आदि धेरै मेहनत गर्छ तर जान कोही पनि सक्दैन। वृक्षबाट आत्माहरू क्रमश: आइरहन्छन् फेरि बीचमा जान कसरी सक्छन्? जबकि बाबा नै यहाँ हुनुहुन्छ। तिमी बच्चाहरूलाई दिनहुँ सम्झाइरहनु हुन्छ, भन्नुहुन्छ शान्तिधाम र सुखधामलाई याद गर। बाबालाई भुल्नुको कारणले नै फेरि दु:खी हुन्छन्। मायाको थप्पड लाग्छ। अब त अलिकति पनि सजाय खानु छैन। मूल हो देह-अभिमान।

तिमीले अहिलेसम्म जो बाबालाई याद गरिरहन्थ्यौ हे पतित-पावन आउनुहोस्, उहाँ बाबासँग तिमीले पढिरहेका छौ। उहाँ तिम्रो आज्ञाकारी सेवाधारी र टिचर पनि हुनुहुन्छ। आज्ञाकारी सेवाधारी बाबा पनि हुनुहुन्छ। ठूला मानिसले तल सदैव लेख्छन् आज्ञाकारी सेवक। बाबा भन्नुहुन्छ हेर कसरी बसेर म तिमी बच्चाहरूलाई सम्झाउँछु। सपुत बच्चाहरूमा नै बाबाको प्यार हुन्छ, जो कपुत हुन्छन् अर्थात् बाबाको बनेर फेरि विश्वासघाती बन्छन्, विकारमा जान्छन् भने बाबा भन्नुहुन्छ यस्तो बच्चा त नजन्मेको भए राम्रो हुन्थ्यो। एउटाको कारणले कतिको नाम बदनाम हुन्छ। कतिलाई कष्ट हुन्छ। यहाँ तिमीले कति उच्च काम गरिहेका छौ। विश्वको उद्धार गरिहेका छौ तर तिमीलाई ३ पाउ पृथ्वी पनि मिल्दैन। तिमी बच्चाहरूले कसैको घरबार त छुटाउँदैनौ। तिमीले त राजाहरूलाई पनि भन्छौ तपाईं पूज्य डबल शिरताज हुनुहुन्थ्यो, अहिले पुजारी बन्नुभएको छ। अब बाबाले फेरि पूज्य बनाउनु हुन्छ, त्यसैले बन्नुपर्छ नि। थोरै समय छ। मैले यहाँ कसैको लाख लिएर के गर्ने? गरिबहरूलाई राजाई मिल्नु छ। बाबा गरिब निवाज हुनुहुन्छ नि। तिमीले अर्थ सहित जानेका छौ बाबालाई गरिब निवाज किन भनिन्छ! भारत पनि कति गरिब छ, त्यस मध्ये पनि तिमी गरिब माताहरू छौ। जो धनवान छन् उनले यस ज्ञानलाई लिन सक्दैनन्। गरिब अबलाहरू कति आउँछन्, उनीहरूमाथि अत्याचार हुन्छ। बाबा भन्नुहुन्छ माताहरूलाई अगाडि बढाउनु पर्छ। प्रभातफेरिमा पनि पहिला सुरुमा माताहरू हुनुपर्छ। ब्याज पनि तिम्रो फस्टक्लास छ। यो ट्रांसलाइटको चित्र तिम्रो अगाडि हुनुपर्छ। सबैलाई सुनाऊ दुनियाँ बदलिइरहेको छ। बाबाबाट वर्सा मिलिरहेको छ, कल्प पहिला जसरी। बच्चाहरूले विचार सागर मंथन गर्नुपर्छ कसरी सेवालाई व्यवहारमा ल्याउने। समय त लाग्छ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबासँग पूरा-पूरा प्रीत राखेर सहगोगी बन्नु छ। मायासँग हार खाएर कहिल्यै पनि नाम बदनाम गर्नु हुँदैन। पुरुषार्थ गरेर देह सहित जे देखिन्छ त्यसलाई भुल्दै जानु छ।

२) भित्र खुसी रहोस् हामी अब शान्तिधाम, सुखधाम जान्छौं। बाबाले आज्ञाकारी टिचर बनेर हामीलाई घर लैजानको लागि लायक बनाउनु हुन्छ। लायक सपुत बन्नु छ, कपुत होइन।

वरदान:
त्रि-स्मृति स्वरूपको तिलक धारण गर्ने सम्पूर्ण विजयी भव

स्वयंको स्मृति, बाबाको स्मृति र ड्रामाको ज्ञानको स्मृति यी तीन स्मृतिमा नै सारा ज्ञानको विस्तार समाहित छ। ज्ञानको वृक्षका यी तीन स्मृतिहरू हुन्। जसरी वृक्षको पहिलो बीज हुन्छ, त्यस बीजबाट दुई पात निस्कन्छन् फेरि वृक्षको विस्तार हुन्छ। त्यस्तै मुख्य बीज हो बाबाको स्मृति फेरि दुई पात अर्थात् आत्मा र सारा ड्रामाको ज्ञान। यी तीन स्मृतिलाई धारण गर्नेहरू नै स्मृति भव वा सम्पूर्ण विजयी भवको वरदानी बन्छन्।

स्लोगन:
प्राप्तिहरूलाई सदा सामुन्ने राख्यौ भने कमजोरीहरू सहज समाप्त हुँदै जान्छन्।