13.01.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यहाँ तिमीले सुख-दु:ख , मान-अपमान... सबै सहन गर्नु छ , पुरानो दुनियाँको सुखबाट बुद्धि हटाउनु छ , आफ्नो मतमा चल्नु हुँदैन।

प्रश्न:
देवताको जन्मभन्दा पनि यो जन्म धेरै राम्रो हो, कसरी?

उत्तर:
यो जन्ममा तिमी बच्चाहरूले शिवबाबाको भण्डाराबाट खान्छौ। यहाँ तिमीले अथाह कमाइ गर्छौ, तिमीले बाबाको शरण लिएका छौ। यही जन्ममा नै तिमीले आफ्नो लोक र परलोक सुखी बनाउँछौ। सुदामाले जस्तै दुई मुट्ठी दिएर २१ जन्मको बादशाही लिन्छौ।

गीत:
चाहे पास हो चाहे दूर हो...

ओम् शान्ति ।
गीतको कति राम्रो अर्थ छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ चाहे म यस तनद्वारा नजिक रहुँ या टाढा रहुँ तर योगको शिक्षा सम्मुख दिइरहेको छु। प्रेरणाद्वारा त दिन्नँ नि। चाहे म नजिक रहुँ, चाहे टाढा रहुँ याद त मलाई नै गर्नु छ। भगवानको पासमा जानको लागि नै त भक्ति गर्छन्। बाबा बसेर सम्झाउनुहुन्छ हे जीवका आत्माहरू, यस शरीरमा निवास गर्ने आत्माहरू, आत्माहरूसँग परमपिता परमात्मा बसेर कुरा गर्नुहुन्छ। परमात्मालाई आत्माहरूसँग अवश्य मिल्नु छ, त्यसैले जीव आत्माहरूले भगवानलाई याद गर्छन् किनकि दु:खी छन्। सत्ययुगमा त कसैले याद गर्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी पुराना भक्त हौं। हामीलाई मायाले समातेको बेलादेखि भगवान शिवको याद सुरु भएको हो किनकि शिवबाबाले हामीलाई स्वर्गको मालिक बनाउनु भएको थियो, त्यसैले उहाँको यादगार बनाएर भक्ति गर्छौं। अहिले तिमीलाई थाहा छ बाबा सम्मुख आउनु भएको छ लिनको लागि, किनकि अब बाबाको पासमा जानु छ। जबसम्म यहाँ छौं तबसम्म पुरानो शरीरलाई, पुरानो दुनियाँलाई बुद्धिले भुल्नु छ र योगमा रहनु छ। तब यो योग अग्निद्वारा पाप भस्म हुन्छ। यसमा मेहनत लाग्छ। पद पनि त विशेष छ। विश्वको मालिक बन्नु छ। मनुष्यहरूले भन्छन् विश्वको मालिक त शिवबाबा हुनुहुन्छ। तर होइन, विश्वको मालिक मनुष्य नै बन्छन्। बाबा बसेर बच्चाहरूलाई विश्वको मालिक बनाउनुहुन्छ। भन्नुहुन्छ तिमी नै विश्वको मालिक थियौ फेरि ८४ जन्म लिँदा-लिँदा अहिले कौडीका पनि मालिक रहेनौ। पहिलो नम्बरको जन्म र अहिलेको अन्तिम जन्म हेर कति रात-दिनको फरक छ। बाबा आएर साक्षात्कार नगराएसम्म कसैलाई पनि याद आउन सक्दैन। ज्ञान बुद्धिद्वारा पनि साक्षात्कार हुन्छ। जो अनुभवी बच्चाहरू छन्, नित्य बाबालाई याद गरिरहन्छन्, उनीहरूलाई धेरै मजा आउँछ। यहाँ तिमीले सुन्छौ सबै नयाँ कुरा। मनुष्यहरूले त केही जानेका छैनन्। उनीहरूले त गफ लगाइरहन्छन् र द्वार-द्वार धक्का खाइरहन्छन्। तिमीलाई त भट्किनबाट छुटाइन्छ। बाबा भन्नुहुन्छ तिमी आत्मा हौ, म बाबालाई याद गरिराख। बुद्धिमा यही विचार रहोस् हामी आत्माहरू बाबाको पासमा जानु छ, मानौं यो सृष्टि हाम्रो लागि होइन। यो पुरानो सृष्टि त खतम हुन्छ। फेरि हामी स्वर्गमा आएर नयाँ महल बनाउँछौं। रात-दिन बुद्धिमा यो विचार चल्नु पर्छ। बाबाले आफ्नो अनुभव सुनाउँछन्। राति सुत्दा यस्तै विचारहरू चल्छन्। यो नाटक अब पूरा हुन्छ, यो पुरानो चोला छोड्नु छ। हो विकर्मका बोझहरू धेरै छ, त्यसैले निरन्तर बाबालाई याद गर्नु छ। आफ्नो अवस्थालाई दर्पणमा हेर्नु छ हाम्रो बुद्धि सबैबाट हटेको छ? काम-काज गर्दा पनि बुद्धिले काम लिन सक्छौ। बाबामाथि कति जिम्मेवारी छ। कति धेरै बच्चाहरू छन्। उनीहरूको ख्याल राख्नु पर्छ। बच्चाहरूलाई शरण दिनु छ। दु:खी त धेरै छन् नि! लडाइँ-झगडा हुँदा कति दु:खी भएर मर्छन्। यो समय धेरै खराब छ। त्यसैले बच्चाहरूलाई शरण दिनको लागि यी घरहरू बनिरहेका छन्। यहाँ त सबै आफ्ना बच्चाहरू नै हुन्छन्। केही डर छैन र फेरि योगबल पनि हुन्छ। बच्चाहरूले साक्षात्कार पनि गरेका छन्, जसले बाबालाई राम्रोसँग याद गर्छन् बाबाले उनीहरूको रक्षा पनि गर्नुहुन्छ। भयङ्कर रूप देखाएर दुश्मनलाई भगाइदिनुहुन्छ। शरीर रहेसम्म तिमी योगमा रहनु छ। नत्र सजाय खानु पर्छ। ठूला मानिसका बच्चाहरूले सजाय खाँदा तिनीहरूको शिर तल झुक्छ। तिमीहरूले पनि शिर तल पार्नु पर्छ। बच्चाहरूको लागि त अझै कडा सजाय छन्। कोही यस्ता पनि छन् जसले भन्छन् अहिले त मायाको सुख लिऊँ, जे हुन्छ हेरौंला। धेरैलाई यस पुरानो दुनियाँको सुख राम्रो लाग्छ। यहाँ त सुख-दु:ख, मान-अपमान... सबै सहन गर्नु पर्छ। यदि उच्च प्राप्ति चाहन्छौ भने बाबालाई फलो गर्नु छ, माता-पिताको आदेशमा चल्नु छ। आफ्नो मत अर्थात् रावणको मत। त्यो त तकदिरमा तगारो लगाउनेहरूको नै निस्कन्छ। बाबालाई सोध्यो भने बाबाले तुरुन्त बताउनुहुन्छ यो आसुरी मत हो। श्रीमत होइन। कदम-कदममा श्रीमत चाहिन्छ। हेर्नु पर्छ कतै उल्टो काम गरेर बाबाको निन्दा त गराएको छैन? देवी-देवता तब बन्छौ जब यस्ता लक्षण हुन्छन्। यस्तो होइन त्यहाँ स्वत: लक्षण आउँछन्। यहाँ धेरै राम्रो आचरण चाहिन्छ। यदि मान शिवबाबाले होइन, ब्रह्माले भन्नुभयो भने पनि जिम्मेवार उहाँ हुनुहुन्छ नि। यदि केही नोक्सान भयो भने पनि केही हर्जा छैन। त्यो ड्रामामा थियो त्यसैले तिम्रो कुनै दोष हुँदैन। अवस्था धेरै राम्रो चाहिन्छ। बस्न त तिमी यहाँ बसेका छौ, बुद्धिमा यही रहोस् हामी ब्रह्माण्डका मालिक त्यहाँका निवासी हौं। यही तरिकाले घरमा रहेर, काम-काज गर्दै उपराम हुँदै गइन्छ। जसरी संन्यासी गृहस्थ देखि उपराम हुन्छन्। तिमी त सारा पुरानो दुनियाँदेखि उपराम हुन्छौ। त्यो हठयोग संन्यास र यो संन्यासमा रातदिनको फरक छ। यो राजयोग बाबाले सिकाउनुहुन्छ। संन्यासीहरूले सिकाउन सक्दैनन् किनकि मुक्ति जीवनमुक्तिदाता हुनुहुन्छ नै एक। सबैको मुक्ति अब हुन्छ किनकि सबै फर्केर जानु छ। साधुहरूले साधना गर्छन् हामी फर्केर जाऔं भनेर। यहाँ दु:खी छन्। कसैले फेरि भन्छन् म ज्योति ज्योतिमा समाहित होऊँ। अनेक मत छन्।

बाबाले सम्झाउनुहुन्छ कुनै-कुनै बच्चाहरू छन् जसलाई पुराना सम्बन्धीहरू याद आउँछन्। त्यो दुनियाँको सुखको आशा भयो भने मरियो। फेरि तिनीहरूको पाऊ यहाँ अडिन सक्दैन। मायाले धेरै लोभ देखाउँछ। एउटा उखान छ भगवानलाई याद गर नत्र चिल आउँछ यो मायाले पनि चिलले जस्तै हमला गर्छ। अहिले जबकि बाबा आउनु भएको छ त्यसैले पुरुषार्थ गरेर उच्च पद पाएनौ भने कल्प-कल्पान्तर पनि पाउँदैनौ। यहाँ बाबाको साथमा त तिमीलाई कुनै दु:ख छैन, त्यसैले पुरानो दु:खको दुनियाँलाई भुल्नु पर्छ नि। सारा दिनको पोतामेल हेर्नु पर्छ। कति समय बाबालाई याद गरेँ? कतिलाई जीवन दान दिएँ? बाबाले तिमीलाई पनि जीवनदान दिनु भएको छ नि। सत्ययुग त्रेतासम्म तिमी अमर रहन्छौ। यहाँ कोही मर्यो भने कति रुन्छन्, अत्तालिन्छन्। स्वर्गमा दु:खको नाम हुँदैन। थाहा हुन्छ पुरानो शरीर छोडेर नयाँ लिन्छौं। यो उदाहरण पनि तिमीलाई मिल्छ अरू कसैले यो उदाहरण दिन सक्दैनन्। उनीहरूले कहाँ पुरानो शरीरलाई भुल्छन्। उनीहरूले पैसा जम्मा गरिरहन्छन्। यहाँ तिमीले जुन बाबालाई दिन्छौ बाबाले स्वयं कहाँ खानुहुन्छ अथवा आफ्नो पासमा राख्नुहुन्छ र त्यसबाट बच्चाहरूको नै लालन-पालन गर्नुहुन्छ त्यसैले यो सच्चा-सच्चा शिवबाबाको भण्डारा हो। यो भण्डाराबाट खानेहरू यहाँ पनि सुखी अनि जन्म-जन्मान्तर पनि सुखी रहन्छन्।

तिम्रो यो बहुत दुर्लभ जन्म हो। देवताहरूको जन्मभन्दा पनि तिमी यहाँ सुखी छौ किनकि तिमी बाबाको शरणमा छौ। यहाँबाट नै तिमीले अथाह कमाइ गर्छौ जुन जन्म-जन्मान्तर भोग्छौ। सुदामालाई पनि दुई मुट्ठीको सट्टा २१ जन्मको लागि महल मिल्यो। जन्म-जन्मान्तरको लागि यो लोक पनि सुखी र परलोक पनि सुखी, त्यसैले यो जन्म धेरै राम्रो छ। कसैले भन्छन् चाँडो विनाश भए हामी स्वर्गमा जान्थ्यौं। तर अहिले त धेरै खजाना बाबासँग लिनु छ। अहिले राजधानी कहाँ बनेको छ। फेरि चाँडो विनाश कसरी गराउने! बच्चाहरू अहिले कहाँ लायक बनेका छन्! अहिले त बाबा पढाउनको लागि आइरहनुहुन्छ। बाबाको सेवा त अपरम्पार छ। बाबाको महिमा पनि अपरम्पार छ। जति उच्च छु, सेवा पनि त्यति उच्च गर्छु त्यसैले त मेरो यादगार छ। सबैभन्दा उच्च बाबाको पाठशाला हो जसले जति पुरुषार्थ गर्छन्, त्यति उनले आफ्नो भाग्य बनाउँछन्। यो हो अविनाशी ज्ञान रत्नहरूको कमाइ, जुन त्यहाँ अथाह धन बन्छ। त्यसैले बच्चाहरूले बहुत राम्रो पुरुषार्थ गर्नु छ। बाबालाई यहाँ पनि याद गर र त्यहाँ पनि याद गर। सिँढी त छ नि। दिल दर्पणमा हेर्नु छ म कति बाबाको सपुत बनेको छु? अन्धाहरूलाई बाटो बताउँछु? आँफैसँग कुरा गर्दा खुशी भइन्छ। जसरी बाबाले अनुभव बताउनुहुन्छ सुत्दा पनि कुरा गर्छु। बाबा हजुरको त कमाल छ। भक्तिमार्गमा फेरि हामीले हजुरलाई बिर्सन्छौं। यति वर्सा हजुरबाट पाउँछौं फेरि सत्ययुगमा यो भुल्छौं। फेरि भक्तिमार्गमा हजुरको यादगार बनाउँछौं। तर हजुरको कर्तव्य बिलकुल बिर्सन्छौं। जस्तै बुद्धु, अज्ञानी बन्छौं। अहिले बाबाले कति ज्ञानी बनाउनु भएको छ। रात दिनको फरक छ। ईश्वर सर्वव्यापी हुनुहुन्छ, यो कुनै ज्ञान कहाँ हो र? ज्ञान त सृष्टिचक्रको चाहिन्छ। अहिले हामी ८४ को चक्र पूरा गरेर फर्केर जान्छौं फेरि हामीलाई जीवनमुक्तिमा आउनु छ। ड्रामा देखि बाहिर कहाँ निस्कन सकिन्छ र? हामी हौं नै जीवनमुक्तिका यात्री। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास १६-१२-०६८

कसैलाई बाबाले बच्चीहरू भन्नुहुन्छ, कसैलाई माईहरू भन्नुहुन्छ, अवश्य यसमा केही फरक छ। कसैको सेवाबाट सुगन्ध आउँछ, कोही मानौं आँकका फूल छन्। यो त बाबाले सम्झाउनु भएको छ हुन त तिमी म सँगै आएका हौ। माथिबाट बाबा पनि आउनु भएको हो विश्वलाई पावन बनाउन। तिम्रो पनि यो कर्तव्य हो। त्यहाँदेखि जो पहिला आउँछन् तिनीहरू हुन्छन् पवित्र। नयाँ आउनेले अवश्य सुगन्ध दिन्छन्। बगैँचासँग पनि तुलना गरिन्छ। जस्तो सेवा त्यस्तै सुगन्धित फूल। विवेकले भन्छ शिव बाबाको बच्चा कहलाउनु अर्थात् हकदार बन्नु। त्यसैले त्यो सुगन्ध आउनु पर्छ। हकदार हौ त्यसैले सबैलाई नमस्ते गर्छौ। तिमी विश्वको मालिक अवश्य हुन्छौ तर पढाइमा धेरै फरक हुन्छ। यो हुनु पनि आवश्यक छ। बच्चाहरूलाई निश्चय हुन्छ यहाँ बाबा हुनुहुन्छ र चक्र पनि बुद्धिमा छ। त्यसैले बाबा भन्नुहुन्छ अरू धेरै के बताऊँ। बाबा बाहेक स्वदर्शन चक्रधारी कसैले बनाउन सक्दैन। बन्छन् इशाराद्वारा। जो कल्प पहिला बनेका छन् उनै बन्छन्। प्रशस्त बच्चाहरू आउँछन्। पवित्रता माथि कति अत्याचार हुन्छ! जोद्वारा बाबाले गीता सुनाउनुहुन्छ उनलाई कति गाली गर्छन्। शिवबाबालाई पनि गाली गर्छन्। कच्छ, मच्छ अवतार भन्नु पनि त गाली हो नि। नजान्नाको कारणले बाबामाथि तिमीमाथि कति कलङ्क लगाउँछन्। बच्चाहरूले कति मेहनत गर्छन्। पढाइले कोही त धेरै धनवान हुन्छन्, कति कमाउँछन्! एउटा-एउटा अपरेशनको दुई-दुई हजार, चार हजार मिल्छ। कसैले त परिवार पाल्न पनि सक्दैनन्। चिन्ता हुन्छ नि। कसैले जन्म-जन्मान्तर बादशाही लिन्छन्। कोही जन्म-जन्मान्तरको लागि गरिब बन्छन्। बाबा भन्नुहुन्छ तिमीलाई समझदार बनाउँछु। अहिले तिमीले सबै कुरामा भन्छौ ड्रामा हो। सबैको पार्ट छ। जो बित्यो त्यो ड्रामा। हुन्छ त्यही, जुन ड्रामा छ। ड्रामा अनुसार जे जति हुन्छ त्यो ठीक हुन्छ। तिमीले जति पनि सम्झाऊ, बुझ्दै-बुझ्दैनन्, यसमा आचरण पनि राम्रो चाहिन्छ। हरेकले आफूभित्र हेर कुनै कमजोरी त छैन। माया बहुत कडा छ। त्यसलाई जसरी पनि निकाल्नु छ। सबै कमजोरीहरू निकाल्नु छ। बाबा भन्नुहुन्छ बन्धनमा परेकाहरू सबैभन्दा धेरै यादमा रहन्छन्। तिनीहरूले नै राम्रो पद पाउँछन्। जति धेरै मार खान्छन् त्यति धेरै यादमा रहन्छन्। हे शिवबाबा! मुखबाट निस्कन्छ। ज्ञानले शिवबाबालाई याद गर्छन्। तिनीहरूको चार्ट राम्रो हुन्छ। यस्ता जो मार खाएर आउँछन् तिनीहरू सेवामा पनि राम्रोसँग लाग्छन्। आफ्नो जीवन उच्च बनाउनको लागि राम्रो सेवा गर्छन्। सेवा भएन भने पछुतो मान्छन्। दिल हुन्छ हामी सेवामा जाऊँ। बुझ्न त बुझ्छन् सेन्टर छोडेर जानु पर्छ, तर प्रदर्शनीमा सेवा धेरै हुन्छ त्यसैले सेन्टरको पनि परवाह नगरेर जानु पर्ने हुन्छ। जति हामीले दान गर्छौं त्यति बल पनि भरिन्छ। दान पनि अवश्य गर्नु पर्छ। यो हो अविनाशी ज्ञान रत्न, जोसँग हुन्छ उसैले दान गर्छ। बच्चाहरूलाई अहिले सारा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान याद आउनु पर्छ। सारा चक्र घुम्नु पर्छ। बाबा पनि यस सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नेवाला हुनुहुन्छ। अवश्य ज्ञानका सागर हुनुहुन्छ। सृष्टिको चक्रलाई जान्नेवाला हुनुहुन्छ। यो दुनियाँको लागि बिल्कुल नयाँ ज्ञान हो, जुन कहिल्यै पुरानो बन्दै-बन्दैन। अनौठो ज्ञान छ नि जुन बाबाले नै बताउनुहुन्छ। कोही जति सुकै साधु-महात्मा होउन् सिँढी चडेर माथि त जाँदै-जाँदैनन्। बाबा बाहेक मनुष्यले गति-सदगति दिन सक्दैनन्। न मनुष्यले न देवताहरूले दिन सक्छन्। केवल एक बाबाले दिन सक्नुहुन्छ। दिन-प्रति दिन वृद्धि हुनु नै छ। बाबाले भन्नु भएको छ प्रभातफेरीमा यी लक्ष्मी-नारायणको चित्र, सिँढीको चित्र, ट्रान्सलाइट पनि हुनु पर्छ। बिजुलीको यस्तो कुनै वस्तु होस् जसबाट चमक आइरहोस्। स्लोगन पनि भन्दै जाऊ। संन्यासीहरूले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। राजयोग परमपिता परमात्माले नै सिकाइरहनु भएको छ भागीरथद्वारा। यस्ता आवाज धेरै सुन्छन्। अच्छा। मीठा-प्यारा बच्चाहरूलाई गुडनाइट।

धारणाको लागि मुख्य सारः
१) यो नाटक अब पूरा हुँदै छ त्यसैले यस पुरानो दुनियाँदेखि उपराम रहनु छ। श्रीमतमा आफ्नो तकदिर उच्च बनाउनु छ। कहिल्यै कुनै उल्टो कर्म गर्नु हुँदैन।

२) अविनाशी ज्ञान रत्नहरूको कमाइ गर्नु र गराउनु छ। एक बाबाको यादमा रहेर सपुत बच्चा बनेर अनेकलाई बाटो बताउनु छ।

वरदान:
त्याग र तपस्याको वातावरणद्वारा विघ्न-विनाशक बन्ने सच्चा सेवाधारी भव

जसरी बाबाको सबैभन्दा ठूलो टाईटल हो विश्व सेवाधारी, त्यसैगरी बच्चाहरू पनि सेवाधारी हुन्। सेवाधारी अर्थात् त्यागी र तपस्वी। जहाँ त्याग र तपस्या छ, त्यहाँ उनीहरूको अगाडि भाग्य त दासी जस्तै भएर आउँछ। सेवाधारी दिनेवाला हुन्, लिनेवाला होइन, त्यसैले सदा निर्विघ्न रहन्छन्। आफूलाई सेवाधारी सम्झेर त्याग र तपस्याको वातावरण बनाउनाले सधैं विघ्न-विनाशक रहन सकिन्छ।

स्लोगन:
कुनै पनि परिस्थितिको सामना गर्ने साधन हो स्व स्थितिको शक्ति।