13.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे शान्ति चाहन्छौ भने अशरीरी बन , य ो देह-भानमा आउनाले नै अशान्ति हुन्छ । त्यसैले आफ्नो स्वधर्ममा स्थित होऊ।

प्रश्न:
यथार्थ याद के हो? यादको समयमा कुन कुराको विशेष ध्यान हुनुपर्छ?

उत्तर:
आफूलाई यस देहबाट भिन्न आत्मा सम्झेर बाबालाई याद गर्नु यही यथार्थ याद हो। कुनै पनि देह याद नआओस्, यो ध्यान राख्न आवश्यक छ। यादमा रहनको लागि ज्ञानको नशा चढेको हुनुपर्छ, बुद्धिमा रहोस् बाबाले हामीलाई सारा विश्वको मालिक बनाउनु हुन्छ, हामी सारा समुद्र, सारा पृथ्वीको मालिक बन्छौं।

गीत:
तुम्हें पाके हमने जहाँ पा लिया....।

ओम् शान्ति ।
ओम्को अर्थ हो नै अहम्, म आत्मा। फेरि मानिसहरूले सम्झन्छन् ओम् अर्थात् भगवान, तर यस्तो त हुँदै होइन। ओम् अर्थात् म आत्मा, मेरो यो शरीर हो। ओम् शान्ति भन्ने गर्छन् नि। अहम् आत्माको स्वधर्म हो शान्त। आत्माले आफ्नो परिचय दिन्छ। मानिसहरूले ओम् शान्ति त भन्छन् तर ओम्को अर्थ कसैले पनि जानेका छैनन्। ओम् शान्ति अक्षर राम्रो छ। हामी आत्मा हौं, हाम्रो स्वधर्म शान्त हो। हामी आत्मा शान्तिधामका निवासी हौं। कति सरल अर्थ छ। कुनै लम्बा चौडा गफ छैन। यस बेलाका मानिसहरूले यति पनि जानेका छैनन् अहिले नयाँ दुनियाँ हो वा पुरानो दुनियाँ हो? नयाँ दुनियाँ फेरि कहिले पुरानो हुन्छ, पुरानोबाट नयाँ दुनियाँ फेरि कहिले बन्छ यो कसैले पनि जानेका छैनन्। दुनियाँ नयाँ कहिले हुन्छ र फेरि पुरानो कसरी हुन्छ, यो कसैसँग सोध्ने हो भने पनि कसैले बताउन सक्दैनन्। अहिले त कलियुग पुरानो दुनियाँ हो। नयाँ दुनियाँ सत्ययुगलाई भनिन्छ। नयाँलाई फेरि पुरानो बन्न कति वर्ष लाग्छ? यो पनि कसैले जानेका छैनन्। मानिस भएर यति पनि जानेका छैनन्। त्यसैले तिनलाई भनिन्छ जनावर भन्दा पनि गए गुज्रेका। पशुले त आफूलाई केही पनि भन्दैनन्, मानिसले भन्छन् हामी पतित हौं, हे पतित पावन आउनुहोस्। तर उहाँलाई कत्ति पनि चिनेका छैनन्। पावन अक्षर कति राम्रो छ। पावन दुनियाँ स्वर्ग नयाँ दुनियाँ नै हुन्छ। चित्र पनि देवताहरूकै हुन् तर कसैले पनि बुझ्दैनन्, यी लक्ष्मी नारायण नयाँ पावन दुनियाँका मालिक हुन्। यी सबै कुरा बेहदका बाबाले नै बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। नयाँ दुनियाँ स्वर्गलाई भनिन्छ। देवताहरूलाई भनिन्छ स्वर्गवासी। अहिले त पुरानो दुनियाँ हो नर्क। यहाँका मानिसहरू हुन् नर्कवासी। कोही मर्यो भने भनिन्छ स्वर्गवासी भयो, मतलब यहाँ नर्कवासी थियो। हिसाबले भनि पनि दिन्छन्। वास्तवमा यो नर्क ठहरियो तर तिमी नर्कवासी हौ भन्ने हो भने रिसाउँछन्। बाबा सम्झाउनु हुन्छ हेर्दा त मानिसै देखिन्छ, अनुहार मानिसकै छ तर स्वभाव बाँदरको जस्तो छ। यस्तो पनि गायन गरिएको छ नि। आफू पनि मन्दिरहरूमा गएर देवताहरूको अगाडि गाउँछन् हजुर सर्व गुण सम्पन्न... आफ्नो लागि के भन्छन्? हामी पापी, नीँच हौं। तर सिधै तिमी विकारी हौ भन्यो भने रिसाउँछन्। त्यसैले बाबाले केवल बच्चाहरूसँग मात्रै कुरा गर्नु हुन्छ, सम्झाउनु हुन्छ। बाहिरका मानिसहरूसँग कुरा गर्नु हुन्न किनकि कलियुगी मानिसहरू हुन् नर्कवासी। अहिले तिमीहरू हौ संगमयुगवासी। तिमी पवित्र बनिरहेका छौ। जानेका छौ ब्राह्मणहरूलाई शिवबाबाले पढाउनु हुन्छ। उहाँ पतितलाई पावन बनाउनेवाला हुनुहुन्छ। हामी सबै आत्माहरूलाई लैजानको लागि बाबा आउनु भएको छ। कति सरल कुरा छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी आत्माहरू शान्तिधामबाट आएका हौ पार्ट खेल्न। यस दु:खधाममा सबै दु:खी छन्, त्यसैले भन्छन् मनलाई शान्ति कसरी हुन्छ? यस्तो भन्दैनन् आत्मालाई शान्ति कसरी हुन्छ? तिमीले त भन्छौ नि ओम् शान्ति। मेरो स्वधर्म हो शान्ति। फेरि शान्ति किन माग्छौ? आफू आत्मा हुँ भन्ने कुरा बिर्सेर देह अभिमानमा आउँछौ। आत्माहरू त शान्तिधामका निवासी हुन्। फेरि यहाँ शान्ति कहाँबाट पाइन्छ? अशरीरी भएमा नै शान्ति हुन्छ। शरीरको साथमा आत्मा छ भने त्यसलाई बोल्न र हिंडडुल पनि अवश्य गर्नै पर्छ। हामी आत्माहरू यहाँ शान्तिधामबाट पार्ट खेल्नको लागि आएका हौं। रावण नै हाम्रो दुस्मन हो, यो कसैले पनि बुझ्दै बुझ्दैन। यो रावण कहिलेदेखि दुस्मन बनेको हो। यो पनि कसैले जानेका छैनन्। ठूला ठूला विद्वान पण्डित आदि एउटैले पनि रावण को हो? यो कुरा जानेका छैनन्, जसको हामी पुतला बनाएर जलाउँछौं। जन्म जन्मान्तरदेखि जलाउँदै आएका छौं, फेरि पनि केही थाहा छैन। रावण को हो? कसैसँग पनि सोध्ने हो भने भन्छन् यी सबै त कल्पनाका कुरा हुन्। जानेकै छैनन् भने के उत्तर दिऊन्? शास्त्रहरूमा पनि उल्लेख छ नि हे रामजी संसार बनेकै छैन। यो सबै कल्पना हो। धेरैले यस्तो भन्छन्। अब कल्पनाको अर्थ के हो? भन्छन् यो सबै संकल्पको दुनियाँ हो। जसले जस्तो संकल्प गर्छ त्यस्तै हुन्छ, अर्थ बुझ्दैनन्। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। कसैले त राम्रोसँग बुझ्छन्, कसैले केही पनि बुझ्दैनन्। जसले राम्रोसँग बुझ्छन् उनीहरूलाई सहोदर भनिन्छ र जसले बुझ्दैनन् उनीहरू लगे अर्थात् सौतेला भए। अब सौतेलाहरूलाई त वारिस बनाइदैन नि। बाबाको साथमा मातेला पनि छन् र सौतेला पनि छन्। मातेला बच्चाहरू त बाबाको श्रीमत अनुसार पूरै चल्छन्, सौतेलाहरू चल्दैनन्। बाबा भन्नुहुन्छ यिनीहरू मेरो मत अनुसार चल्दैनन्, रावणको मत अनुसार चल्छन्। राम र रावण दुई अक्षर छन्, राम राज्य र रावण राज्य। अहिले हो संगम। बाबा सम्झाउनु हुन्छ यी सबै ब्रह्माकुमार-ब्रह्माकुमारीहरूले शिवबाबासँग वर्सा लिइरहेका छन्, तिमीले पनि लिन्छौ? श्रीमत अनुसार चल्छौ? भन्छन् कुनचाहिं मत? बाबा श्रीमत दिनुहुन्छ पवित्र बन। उनीहरूले भन्छन् हामी त पवित्र रहन्छौं फेरि पतिले मानेनन् भने मैले कस्लाई मान्ने? उनी त हाम्रा पति परमेश्वर हुन् किनकि भारतवर्षमा पति नै तिम्रो गुरु, ईश्वर आदि सबैथोक हो भनेर सिकाइन्छ। तर यस्तो कसैले सम्झदैनन्। त्यतिबेला त हुन्छ भन्छन्, तर केही पनि मान्दैनन्। फेरि पनि गुरुकहाँ र मन्दिरहरूमा गई नै रहन्छन्। पतिले भन्छन् तिमी बाहिर नजाऊ, म रामको मूर्ति तिम्रो लागि घरमै ल्याएर राखिदिन्छु। फेरि उनलाई अयोध्या आदितिर गएर किन भड्किनुहुन्छ भनियो भने मान्दै मान्दैनन्। यो हो भक्ति मार्गको धक्का। उनीहरूले अवश्य धक्का खान्छन्, कहिल्यै पनि मान्दैनन्। सम्झन्छन् त्यो त उनीहरूको मन्दिर हो। अरे, तिमीलाई रामको याद गर्नु छ नकि मन्दिरको? तर कुरै बुझ्दैनन्। बाबा सम्झाउनु हुन्छ भक्तिमार्गमा भन्छन् पनि हे भगवान! आएर हामीलाई सद्गति दिनुहोस् किनकि उहाँ एउटै मात्र सबैका सद्गतिदाता हुनुहुन्छ। अच्छा, उहाँ कहिले आउनु हुन्छ, यो पनि कसैलाई थाहा छैन।

बाबा सम्झाउनु हुन्छ रावण नै तिम्रो दुस्मन हो। रावण त अनौठो छ, जस्लाई जलाउँदै आइएको छ तर मर्दै मर्दैन। रावण के चिज हो, यो कसैले पनि जानेका छैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामीलाई बेहदका बाबाबाट वर्सा मिल्छ। शिव जयन्ती मनाउँछन् तर शिवलाई कसैले पनि चिनेका छैनन्। सरकारलाई पनि तिमीले सम्झाउँछौ । शिव त भगवान हुनुहुन्छ, उहाँ कल्प कल्प आएर भारतलाई नर्कवासीवाट स्वर्गवासी, बेगरबाट प्रिन्स बनाउनु हुन्छ। पतितलाई पावन बनाउनु हुन्छ। उहाँ नै सबैका सद्गतिदाता हुनुन्छ। यतिबेला सबै मानिसहरू यहीं छन्। क्राइस्टको आत्मा पनि कुनै न कुनै जन्ममा यहीं छ। कोही पनि फर्केर जान सक्दैन। यिनीहरू सबैलाई सद्गति गर्ने एक मात्र शिवबाबा नै हुनुहुन्छ। उहाँ भारतमा नै आउनु हुन्छ। वास्तवमा भक्ति पनि उहाँको नै गर्नुपर्छ, जसले सद्गति दिनु हुन्छ। उहाँ निराकार बाबा त यहाँ हुँदै हुनुहुन्न। उहाँलाई सधैं माथि नै सम्झेर याद गरिन्छ। कृष्णलाई माथि सम्झिइन्न। अरू सबैलाई यहाँ तल नै याद गरिन्छ। कृष्णलाई पनि यहीँ याद गरिन्छ। तिमी बच्चाहरूको हो यथार्थ याद। तिमीले आफूलाई यो देहदेखि अलग आत्मा सम्झेर बाबालाई याद गर्छौ। बाबा भन्नुहुन्छ तिमीलाई कुनै पनि शरीर याद आउनु हुँदैन। यसमा अवश्य ध्यान दिनु छ। तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबाले हामीलाई सारा विश्वको मालिक बनाउनु हुन्छ। सारा समुद्र, सारा धर्ती, सारा आकाशको मालिक बनाउनु हुन्छ। अहिले त कति टुक्रा टुक्रा भएका छन्। एक-अर्कालाई सीमासम्म आउनै दिंदैनन्। त्यहाँ (सत्ययुगमा) यस्तो कुरा हुँदैन। भगवान त एक बाबा मात्र नै हुनुहुन्छ। यस्तो होइन, सबै बाबा नै बाबा हो। भन्ने पनि गर्छन् हिन्दु चिनी भाइ-भाइ। हिन्दु मुस्लिम भाइ-भाइ तर अर्थ बुझ्दैनन्। यस्तो कहिल्यै भन्दैनन् हिन्दु मुस्लिम बहिनी-भाइ। होइन, आत्माहरू सबै आपसमा भाइ-भाइ हुन्। तर यो कुरालाई जानेका छैनन्। शास्त्र आदि सुनेर सत्य-सत्य भनिरहन्छन्, अर्थ केही छैन। वास्तवमा हो असत्य, झुटो। सच खण्डमा सत्य नै बोलिन्छ। यहाँ झुटै झुटो छ। तिमीले कसैलाई झुटो बोल्नुभयो भनेमा रिसाउँछन्। तिमीले साँचो कुरा बताउँछौ तैपनि गाली गर्न थाल्छन्। अब बाबालाई त तिमी ब्राह्मणले नै जानेका छौ। तिमी बच्चाहरूले अहिले दैवीगुण धारण गर्दैछौ। तिमीलाई थाहा छ अहिले पाँचै तत्त्वहरू तमोप्रधान छन्। आजकल मानिसहरूले भूतहरूको पनि पूजा गर्छन्। भूतहरूकै याद हुन्छ। बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। भूतहरूको याद नगर। गृहस्थ व्यवहारमा रहेर पनि बुद्धिको योग बाबासँग मात्रै लगाऊ। अब देही अभिमानी बन्नु छ। जति बाबालाई याद गर्छौ विकर्म विनाश हुँदै जान्छ। ज्ञानको तेस्रो नेत्र तिमीलाई मिल्छ।

अब तिमी विकर्माजित बन्नु छ। त्यो हो विकर्माजित संवत्। यो हो विकर्मी संवत्। तिमीले योगबलले विकर्महरूमाथि विजय प्राप्त गर्छौ। भारतको योग त प्रख्यात नै छ। मानिसहरूले जानेकै छैनन्। संन्यासीहरू विदेशमा गएर हामी भारतको योग सिकाउन आएका हौं भन्छन्, उनीहरूलाई थाहै छैन यो त हठयोगी हो। उनीहरूले राजयोग सिकाउन सक्दैनन्। तिमी राजऋषि हौ। उनीहरू त हुन् हदका संन्यासी, तिमी हौ बेहदको संन्यासी। रात र दिनको फरक छ। तिमी ब्राह्मणहरूले सिवाय अरू कसैले पनि राजयोग सिकाउन सक्दैन। यी हुन् नयाँ कुरा। नयाँ कसैले बुझ्न सक्दैन, त्यसैले नयाँलाई कहिल्यै पनि प्रवेश गर्नै दिइन्न। यो इन्द्रसभा हो नि। यतिबेला सबै पत्थर बुद्धि छन्। सत्ययुगमा तिमी बन्छौ पारस बुद्धि। अहिले हो संगमयुग। बाबाले सिवाय अरू कसैले पनि पत्थरलाई पारस बनाउनु सक्दैन। तिमी यहाँ पारसबुद्धि बन्नको लागि आएका हौ। निश्चय पनि भारत सुनको चरो थियो। यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। यिनीहरूले पनि कुनै बेला राज्य गर्थे, यो पनि कसैलाई थाहै छैन। आज भन्दा पाँच हजार वर्ष पहिला यिनीहरूकै राज्य थियो। फेरि यिनीहरू कहाँ गए? तिमीले बताउन सक्छौ ८४ जन्म भोग्यौं। अहिले तमोप्रधान बनेका छौं, फेरि बाबाद्वारा सतोप्रधान बनिरहेका छौं, तत्त्वम्। यो ज्ञान बाबा सिवाय अरू कुनै साधु सन्तहरूले दिन सक्दैनन्। त्यो हो भक्ति मार्ग, यो हो ज्ञान मार्ग। तिमी बच्चाहरूसँग जुन राम्रा राम्रा गीतहरू छन् तिनीहरूलाई सुन्यौ भने तिमीहरू रोमान्चित हुन्छौ। खुशीको पारा एकदम चढ्छ। फेरि नशा स्थायी पनि रहनु पर्छ। यो हो ज्ञान अमृत। त्यो मदिरा पियो भने नशा चढ्छ। यहाँ यो त हो ज्ञान अमृत। तिम्रो नशा उत्रिनु हुन्न, सधैं चढिरहनु पर्छ। तिमी यी लक्ष्मी-नारायणलाई देखेर कति खुशी हुन्छौ। थाहा छ, हामी श्रीमतद्वारा फेरि श्रेष्ठाचारी बनिरहेका छौं। यहाँ देखेर पनि बुद्धियोग बाबा र वर्सामा लागिरहोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) विकर्माजित बन्नको लागि योगबलले विकर्महरूमाथि विजय प्राप्त गर्नु छ। यहाँ देखेर पनि बुद्धियोग बाबा र वर्सामाथि लागिरहोस्।

२) बाबाको वर्साको पूरा अधिकार प्राप्त गर्नको लागि मातेला बन्नु छ। एक बाबाको श्रीमत अनुसार नै चल्नु छ। बाबा जे सम्झाउनु हुन्छ त्यसलाई बुझेर अरूलाई पनि बुझाउनु छ।

वरदान:
सम्पूर्णताको प्रकाशद्वारा अज्ञानको पर्दा हटाउने सर्च लाइट भव

अब प्रत्यक्षताको समय समीप आइरहेको छ, त्यसैले अन्तर्मुखी बनेर गहन अनुभवका रत्नहरूद्वारा स्वयंलाई भरपुर बनाऊ, यस्तो सर्च लाइट बन जसले गर्दा तिम्रो सम्पूर्णताको प्रकाशले अज्ञानको पर्दा हटोस्। किनकि तिमी धर्तीका सितारा यस विश्वलाई हलचलबाट बचाएर सुखी संसार, स्वर्णिम संसार बनाउनेवाला हौ। तिमी पुरुषोत्तम आत्माहरू विश्वलाई सुख शान्तिको श्वास दिनको लागि निमित्त हौ।

स्लोगन:
माया र प्रकृतिको आकर्षणबाट टाढा रह्यौ भने सदा हर्षित रहन्छौ।