13.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
बाबाको पासमा आएका छौ आफ्नो सुतेको तकदिर जगाउन , तकदिर जाग्नु अर्थात् विश्वको
मालिक बन्नु।”
प्रश्न:–
कुनचाहिँ
खुराकले तिमी बच्चाहरूलाई बाबा समान बुद्धिमान् बनाइदिन्छ?
उत्तर:–
यो पढाइ हो तिमी बच्चाहरूको बुद्धिको खुराक। जसले सधैं पढाइ पढ्छन् अर्थात् यस
खुराकलाई लिन्छन् उनीहरूको बुद्धि पारस बन्छ। पारसनाथ बाबा जो बुद्धिमानहरूको बुद्धि
हुनुहुन्छ उहाँले तिमीलाई आफू समान पारसबुद्धि बनाउनु हुन्छ।
गीत:–
तकदिर जगाकर
आई हुँ.......
ओम् शान्ति ।
गीतको लाइन
सुनेर पनि प्यारा बच्चाहरूको रोमाञ्च खडा हुनुपर्छ। सामान्य गीत छन् तर यिनको सार
अरू कसैले जान्दैन। बाबा नै आएर गीत, शास्त्र आदिको अर्थ सम्झाउनु हुन्छ। मीठा
प्यारा बच्चाहरूले यो पनि जानेका छन्– कलियुगमा सबैको तकदिर सुतेको छ। सत्ययुगमा
सबैको तकदिर जागेको हुन्छ। सुतेको तकदिरलाई जगाउने र श्रीमत दिने अथवा भाग्य बनाउने
एकै बाबा हुनुहुन्छ। उहाँ नै बसेर बच्चाहरूको तकदिर जगाउनु हुन्छ। बच्चा जन्मन्छ,
तकदिर जाग्छ। बच्चा जन्मिएपछि उसलाई थाहा हुन्छ– म वारिस हुँ। हुबहु यो फेरि बेहदको
कुरा हो। बच्चाहरूले जानेका छन्– कल्प कल्प हाम्रो तकदिर जाग्छ फेरि सुत्छ। पावन
बनेपछि तकदिर जाग्छ। पावन गृहस्थ आश्रम भनिन्छ। आश्रम अक्षर पवित्र हुन्छ। पवित्र
गृहस्थ आश्रम, त्यसको विपरीत फेरि हुन्छ अपवित्र पतित गृहस्थ धर्म। आश्रम भनिदैन।
गृहस्थ धर्म त सबैको छ नै। जनावरमा पनि हुन्छ। बच्चाहरू त सबैले पैदा गर्छन् नै।
जनावरलाई पनि गृहस्थ धर्ममा छन् भनिन्छ। अब बच्चाहरूले जानेका छन्– हामी स्वर्गमा
पवित्र गृहस्थ आश्रममा थियौं, देवी देवता थियौं। उनीहरूको महिमा पनि गाउँछन्
सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण.... तिमीहरू स्वयंले पनि गाउँथ्यौ। अब सम्झन्छौ–
हामी मनुष्यबाट देवता फेरि बनिरहेका छौं। गायन पनि छ– मनुष्यबाट देवता...।
ब्रह्मा-विष्णु-शंकरलाई पनि देवता भनिन्छ। ब्रह्मा देवताए नम: फेरि भन्छन्– शिव
परमात्माए नम:। अहिले त्यसको अर्थ पनि तिमीले जानेका छौ। उनीहरूले त केवल
अन्धश्रद्धाले भनिदिन्छन्। शंकर देवताए नम: भन्छन्। शिवको लागि भन्छन्– शिव
परमात्माए नम:, त्यसैले फरक भयो नि। उनीहरू देवता भए, उहाँ परमात्मा हुनु भयो। शिव
र शंकरलाई एउटै भन्न सकिँदैन। तिमीले जानेका छौ हामी वास्तवमा पत्थरबुद्धि थियौं,
अहिले पारसबुद्धि बनिरहेका छौं। देवताहरूलाई त पत्थरबुद्धि भनिदैन। फेरि ड्रामा
अनुसार रावण राज्यमा सिँढी झर्नु छ। पारसबुद्धिबाट पत्थरबुद्धि बन्नु छ। सबैभन्दा
बुद्धिमान् त एउटै बाबा हुनुहुन्छ। अहिले तिम्रो बुद्धिमा दम छैन। बाबाले बसेर
पारसबुद्धिका बनाउनु हुन्छ। तिमी यहाँ आउँछौ पारसबुद्धि बन्न। पारसनाथका पनि मन्दिर
छन्। त्यहाँ मेला लाग्छन्। तर यो कसैलाई थाहा छैन– पारसनाथ को हुनुहुन्छ? वास्तवमा
पारस बनाउनेवाला त बाबा नै हुनुहुन्छ। उहाँ बुद्धिमान्हरूको बुद्धि। यो ज्ञान हो
तिमी बच्चाहरूको बुद्धिको लागि खुराक, यसबाट बुद्धि कति पल्टिन्छ। यो दुनियाँ हो
काँडाको जंगल। कतिले एक अर्कालाई दु:ख दिन्छन्। अहिले छ नै तमोप्रधान रौरव नर्क।
गरुड पुराणमा त धेरै रोचक कुरा लेखिदिएका छन्।
अहिले तिमी बच्चाहरूको बुद्धिलाई खुराक मिलिरहेको छ। बेहदको बाबाले खुराक दिइरहनु
भएको छ। यो हो पढाइ। यसलाई ज्ञान अमृत पनि भनिदिन्छन्। कुनै जल आदि होइन। आजकल सबै
चीजलाई अमृत भनिदिन्छन्। गंगा जललाई पनि अमृत भन्छन्। देवताहरूका पाउ धोएर पानी
राख्छन्, त्यसलाई अमृत भनिदिन्छन्। अब यो पनि बुद्धिद्वारा बुझ्नु पर्ने कुरा छ नि।
यो अञ्जली हो वा पतित पावनी गंगाको जल अमृत हो? अञ्जली जुन दिन्छन् उनीहरूले यसो
भन्दैनन्– यो पतितलाई पावन बनाउनेवाला हो, गंगाजलको लागि भन्छन्– पतित पावनी हो।
भन्छन् पनि– मनुष्य मर्दा गंगाजल मुखमा होस्। देखाउँछन्– अर्जुनले बाण मारे फेरि
अमृत जल पिलाए। तिमी बच्चाहरूले कुनै बाण आदि चलाएका छैनौ। एक गाउँ छ जहाँ बाणले
लडाईं गर्छन्। त्यहाँका राजालाई ईश्वरको अवतार भन्छन्। अब ईश्वरको अवतार त कोही हुन
सक्दैन। वास्तवमा सच्चा-सच्चा सद्गुरु त एउटै हुनुहुन्छ, जो सबैका सद्गति दाता
हुनुहुन्छ। जो सबै आत्माहरूलाई साथ लिएर जानुहुन्छ। बाबा सिवाय अरू कसैले फर्काएर
लिएर जान पनि सक्दैन। ब्रह्ममा लिन भएर जाने पनि कुरा होइन। सृष्टिको चक्र अनादि
घुमि नै रहन्छ। विश्वको इतिहास भूगोल कसरी रिपिट हुन्छ, यो अहिले तिमीलाई थाहा छ,
अरू कसैले जान्दैन। मनुष्य अर्थात् आत्माहरूले आफ्नो बाबा रचयितालाई पनि जानेका
छैनन्, जसलाई याद पनि गर्छन्– हे परमपिता परमात्मा। हदको पितालाई कहिल्यै गड फादर
भनिँदैन। गड फादर शब्द धेरै सम्मानसँग भन्छन्। उहाँको लागि नै गाउँछन्– पतित पावन,
दु:ख हर्ता सुख कर्ता हुनुहुन्छ। एकातर्फ भन्छन्– दु:ख हर्ता सुख कर्ता हुनुहुन्छ र
जब कुनै दु:ख हुन्छ वा बच्चा आदि मर्यो भने भनिदिन्छन्– ईश्वरले नै दु:ख सुख
दिनुहुन्छ। ईश्वरले हाम्रो बच्चा लिएर जानु भयो, यो के गर्नुभयो? अब एकातर्फ महिमा
गाउँछन् फेरि केही भयो भने ईश्वरलाई गाली गर्छन्। भन्छन् पनि– ईश्वरले बच्चा दिनु
भयो, फेरि यदि उहाँले नै लिनु भयो भने किन रुन्छन्? ईश्वरको पासमा गयो नि। सत्ययुगमा
कहिल्यै कोही रुँदैन। बाबा सम्झाउनु हुन्छ– रुने त कुनै आवश्यकता छैन। आत्मालाई
आफ्नो हिसाब-किताब अनुसार गएर अर्को पार्ट बजाउनु छ। ज्ञान नहुनाको कारणले मनुष्य
कति रुन्छन्, पागल जस्तै हुन्छन्। यहाँ त बाबाले सम्झाउनु हुन्छ– अम्मा मरे तो भी
हलवा खाना... नष्टोमोह हुनु छ। हाम्रो त एउटै बेहदको बाबा हुनुहुन्छ, अरू कोही छैन।
बच्चाहरूको यस्तो अवस्था हुनुपर्छ। मोहजित राजाको कथा पनि सुनेका छौ नि। यी हुन् सबै
दन्त्य कथाहरू। सत्ययुगमा कहिल्यै दु:खको कुरा हुँदैन। न कहिल्यै अकालमा मृत्यु
हुन्छ। बच्चाहरूले जानेका छन्– हामीले कालमाथि विजय पाउँछौं, बाबालाई महाकाल पनि
भनिन्छ। कालहरूका कालले तिमीहरूलाई कालमाथि विजय प्राप्त गराउनु हुन्छ अर्थात् कालले
कहिल्यै खाँदैन। कालले आत्मालाई त खान सक्दैन। आत्माले एक शरीर छोडेर अर्को लिन्छ,
त्यसलाई कालले खायो भनिन्छ। बाँकी काल कुनै चीज होइन। मनुष्यले महिमा गाइरहन्छन्,
केही पनि बुझ्दैनन्। गाउँछन्– अचतम् केशवम्... अर्थ केही जानेका छैनन्। मनुष्य समझ
भन्दा बिलकुलै बाहिर भएका छन्। बाबा सम्झाउनु हुन्छ– यी ५ विकारले तिम्रो बुद्धिलाई
कति बिगारिदिन्छ। कति मनुष्य बद्रीनाथ आदि जान्छन्। आज दुई लाख गए, ४ लाख गए....
ठूला ठूला अफिसरहरू पनि जान्छन् तीर्थ गर्न। तिमी त जाँदैनौ त्यसैले उनीहरूले भन्छन्–
बी.के. त नास्तिक हुन् किनकि भक्ति गर्दैनौ। तिमीहरूले फेरि भन्छौ– जसले भगवानलाई
जानेका छैनन्, उनीहरू नास्तिक हुन्। बाबालाई त कसैले जानेका छैनन् त्यसैले यसलाई
अनाथहरूको दुनियाँ भनिन्छ। आपसमा कति लडाईं झगडा गरिरहन्छन्। यो सारा दुनियाँ बाबाको
घर हो नि। बाबा सारा दुनियाँका बच्चाहरूलाई पतितबाट पावन बनाउन आउनु हुन्छ। आधाकल्प
अवश्य पावन दुनियाँ थियो नि। गायन पनि गर्छन्– राम राजा, राम प्रजा, राम साहुकार....
त्यहाँ फेरि अधर्मको कुरा कसरी हुन सक्छ? भन्छन् पनि– त्यहाँ बाघ र बाख्राले सँगसँगै
पानी पिउँछन् फेरि त्यहाँ रावण आदि कहाँबाट आउँछन्? बुझ्दैनन्। अरूले त यस्ता कुरा
सुनेर हाँस्छन्।
तिमीले जानेका छौ– अहिले ज्ञानको सागर बाबा आएर हामीलाई ज्ञान दिनुहुन्छ। यो पतित
दुनियाँ हो नि। अब प्रेरणाले पतितहरूलाई पावन कसरी बनाउने? बोलाउँछन्– हे पतित पावन
आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस् त्यसैले अवश्य आउनु भएको थियो। अहिले पनि
भन्नुहुन्छ– म ज्ञानको सागर आएको छु। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबामा नै सारा
ज्ञान छ, उहाँ बाबा नै बसेर बच्चाहरूलाई यो सबै कुरा सम्झाउनु हुन्छ। शास्त्रहरूमा
सबै दन्त्य कथाहरू छन्। नाम राखिदिएका छन्– व्यास भगवानले शास्त्र बनाउनु भयो। अब
उनी व्यास थिए भक्तिमार्गका। बाबा हुनुहुन्छ व्यास देव, उहाँका बच्चा तिमीहरू हौ
सुखदेव। अहिले तिमीहरू सुखका देवता बन्छौ। सुखको वर्सा लिइरहेका छौ व्यासबाट,
शिवाचार्यबाट। व्यासका बच्चा तिमीहरू हौ। तर मनुष्य नअलमलिऊन् त्यसैले भनिन्छ शिवका
बच्चा हौ। उहाँको वास्तविक नाम हो नै शिव। त्यसैले अहिले बाबा भन्नुहुन्छ– कुनै
देहधारीलाई नहेर। जब शिवबाबा सम्मुख बस्नु भएको छ। आत्मालाई जानिन्छ, परमात्मालाई
पनि जानिन्छ। उहाँ हुनुहुन्छ परमपिता परमात्मा शिव। उहाँ नै आएर पतितबाट पावन बन्ने
मार्ग बताउनु हुन्छ। भन्नुहुन्छ– म तिमी आत्माहरूको बाबा हुँ। आत्मालाई महसुस
गरिन्छ, देखिँदैन। बाबा सोध्नुहुन्छ– तिमीले आफ्नो आत्मालाई महसुस गर्यौ? यति सानो
आत्मामा अविनाशी पार्ट भरिएको छ। मानौं एउटा रेकर्ड हो।
तिमीले जानेका छौ– आत्माले नै शरीर धारण गर्छ। पहिला तिमी देह अभिमानी थियौ, अब
देही-अभिमानी छौ। तिमीले जानेका छौ– हामी आत्माले ८४ जन्म लिन्छौं। कसै-कसैले
सोध्छन्– यो ड्रामा कहिलेबाट सुरु भयो? तर यो त अनादि हो, कहिल्यै विनाश हुँदैन।
यसलाई भनिन्छ– बनिबनाऊ अविनाशी विश्व नाटक। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ,
जसरी अनपढ बच्चाहरूलाई पढाइन्छ। आत्मा नै शरीरमा रहन्छ। यो हो पत्थरबुद्धिका लागि
भोजन, बुद्धिलाई समझ मिल्छ। तिमी बच्चाहरूको लागि बाबाले चित्र बनाउन लगाउन भएको छ।
धेरै सहज छ। यी हुन् त्रिमूर्ति ब्रह्मा-विष्णु-शंकर। अब बाबालाई पनि त्रिमूर्ति
किन भनिन्छ? देव देव महादेव। एकलाई अर्को भन्दा माथि राख्छन्, अर्थ केही पनि जानेका
छैनन्। अब ब्रह्मा देवता कसरी हुन सक्छन्। प्रजापिता ब्रह्मा त यहाँ हुनुपर्छ। यी
कुरा शास्त्रमा छैनन्। बाबा भन्नुहुन्छ– म यस शरीरमा प्रवेश गरेर यिनीद्वारा
तिमीहरूलाई सम्झाउँछु। यिनलाई आफ्नो बनाउँछु। यिनको धेरै जन्मको अन्त्यमा आउँछु।
यिनले पनि ५ विकारको संन्यास गर्छन्। संन्यास गर्नेलाई योगी, ऋषि भनिन्छ। अहिले तिमी
राजऋषि बनेका छौ। ५ विकारको संन्यास तिमीले गरेका छौ त्यसैले नाम परिवर्तन हुन्छ।
तिमीहरू त राजयोगी बन्छौ। तिमीले प्रतिज्ञा गर्छौ। ती संन्यासीहरूले त घरबार छोडेर
जान्छन्। यहाँ त स्त्री-पुरुष सँगसँगै रहन्छन्, प्रतिज्ञा गर्छन् हामी विकारमा
कहिल्यै जाँदैनौ। मूल कुरा हो नै विकारको।
तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबा रचयिता हुनुहुन्छ। उहाँले नयाँ रचना रच्नुहुन्छ।
उहाँ बीजरूप, सत् चित आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ। स्थापना, विनाश, पालना
कसरी गर्नुहुन्छ– यो बाबाले जान्नुहुन्छ, मनुष्यले जानेका छैनन्। झट्ट भनिदिन्छन्–
तिमी बी.केहरूले त दुनियाँको विनाश गर्छौ। ठीक छ, तिम्रो मुखमा गुलाब। भन्छन्–
यिनीहरू त विनाशको लागि निमित्त हुन्। न शास्त्रलाई, न भक्तिलाई, न गुरुहरूलाई
मान्छन्, केवल आफ्नो दादालाई मान्छन्। तर बाबा त स्वयं भन्नुहुन्छ– यो पतित शरीर
हो, मैले यसमा प्रवेश गरेको छु। पतित दुनियाँमा त कोही पावन हुँदैन। मनुष्यले त जे
सुनेका छन्, त्यो बोलिदिन्छन्। यस्तो सुनेका कुराले भारतको दुर्गति भएको छ, त्यसैले
बाबा आएर सत्य सुनाएर सबैको सद्गति गर्नुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाबाट
सुखको वर्सा लिएर सुखको देवता बन्नु छ। सबैलाई सुख दिनु छ। राजऋषि बन्नको लागि सबै
विकारहरूको संन्यास गर्नु छ।
२) पढाइ नै सच्चा खुराक हो। सद्गतिको लागि सुनेका कुरालाई छोडेर श्रीमतमा चल्नु छ।
एक बाबाको कुरा नै सुन्नु छ। मोहजित बन्नु छ।
वरदान:–
सदा स्वमानमा
स्थित भएर निर्मान स्थिति द्वारा सर्वलाई सम्मान दिने माननीय , पूजनीय भव
जुन बाबाको महिमा छ,
त्यही तिम्रो स्वमान हो। स्वमानमा स्थित रह्यौ भने निर्मान बन्छौ, फेरि सबैद्वारा
स्वत: नै मान मिलिरहन्छ। मान माग्नाले मिल्दैन तर सम्मान दिनाले, स्वमानमा स्थित
हुनाले, मानको त्याग गर्नाले सबैको माननीय वा पूजनीय बन्ने भाग्य प्राप्त हुन जान्छ
किनकि सम्मान दिनु, दिनु होइन लिनु हो।
स्लोगन:–
जाननहारको
साथसाथै करनहार बनेर असमर्थ आत्माहरूलाई अनुभूतिको प्रसाद बाँड्दै जाऊ।
सूचना:–
आज मधुबनमा
अनलाइन बाबा मिलनको शुभ दिन हो।