13.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे जति समय मिल्छ अन्तर्मुखी रहने पुरुषार्थ गर।बाह्यमुखतामा नआऊ, तब नै पाप काटिन्छ।

प्रश्न:
चढ्ती कलाको पुरुषार्थ के हो, जुन बाबाले हरेक बच्चाहरूलाई सिकाउनु हुन्छ?

उत्तर:
१ प्यारा बच्चाहरू! चढ्ती कलामा जानु छ भने बुद्धियोग एक बाबा सँग लगाऊ। फलानो यस्तो, यसले यस्तो भन्छ, यसमा यो अवगुण छ यी कुरामा जानु आवश्यक छैन। अवगुण हेर्नबाट मुख मोड। २ कहिल्यै पनि पढाइबाट असन्तुष्ट हुनु छैन। मुरलीमा जुन राम्रा-राम्रा प्वाइन्टहरू छन् तिनलाई धारण गर्दै जाऊ, तब नै चढ्ती कला हुन सक्छ।

ओम् शान्ति ।
अहिले यो हो ज्ञानको क्लास र सबेरैको हो योगको क्लास। योग कुनचाहिँ? यो धेरै राम्रो सँग सम्झाउनु छ किनकि धेरै मानिसहरू हठयोगमा फँसेका छन्, जुन हठयोग मनुष्यले सिकाउँछन्। यो हो राजयोग, जुन परमात्माले सिकाउनु हुन्छ किनकि राजा त कोही छैनन् जसले राजयोग सिकाओस्। यी लक्ष्मी-नारायण भगवती-भगवान हुन्, राजयोग सिके तब त भविष्यमा भगवती-भगवान् बने। यो हो नै पुरुषोत्तम संगम युगको ज्ञान। यसलाई भनिन्छ पुरुषोत्तम। पुरानो र नयाँ दुनियाँको बीच। पुराना मनुष्य र नयाँ देवताहरू। यस समय सबै मनुष्य पुराना छन्। नयाँ दुनियाँमा नयाँ आत्मा, देवताहरू हुन्छन्। त्यहाँ मनुष्य भनिदैन। हुन् त मनुष्य तर दैवी गुणवाला हुन्छन्, त्यसैले देवी-देवता भनिन्छ। पवित्र पनि रहन्छन्। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ काम महाशत्रु हो। यो रावणको पहिलो मुख्य भूत हो। कसैले धेरै क्रोध गर्छ भने भनिन्छ भौं-भौं किन गर्छौ? यी दुई विकार ठूला शत्रु हुन्। लोभ-मोहको लागि भौं-भौं भनिदैन। मनुष्यमा विज्ञानको घमण्ड हुनाले क्रोध कति धेरै छ यो पनि धेरै नोक्सानदायी छ। कामको भूतले आदि मध्य अन्त्य दु:ख दिन्छ। एक-आपसमा काम-कटारी चलाउँछन्। यी सबै कुरा बुझेर फेरि अरूलाई बुझाउनु पर्छ। तिमी बाहेक बाबाबाट वर्सा लिने सत्य बाटो त कसैले बताउन सक्दैनन्। तिमी बच्चाहरूले नै बताउन सक्छौ, बेहदका बाबाबाट यति ठूलो वर्सा कसरी मिल्छ? जसले अरूलाई सम्झाउन सक्दैनन् उनको अवश्य पढाइमा ध्यान हुँदैन। बुद्धियोग कहीँ न कहीँ भट्किन्छ। युद्धको मैदान हो नि। यस्तो कसैले नसम्झिऊन् सहज कुरा छ। मनमा तुफान वा विकल्प नचाहेर पनि एकदम धेरै आउँछन्, यसमा अलमलिनु हुँदैन। योगबलबाट नै माया भाग्नेछ यसमा पुरुषार्थ धेरै छ। काम-धन्दामा कति थाक्छन् किनकि देह-अभिमानमा रहन्छन्। देह-अभिमानको कारण धेरै कुराकानी गर्नु पर्छ। बाबा भन्नुहुन्छ देही-अभिमानी बन। देही-अभिमानी बन्यौ भने जो बाबाले सम्झाउनु हुन्छ त्यही अरूलाई सम्झाउने छौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबाले नै शिक्षा दिनु हुन्छ प्यारा बच्चाहरू! बाह्यमुखी नबन। अन्तर्मुखी हुनु पर्छ। कहीँ कतै बाह्यमुखी पनि हुनु पर्छ तैपनि जति फुर्सद मिल्छ कोशिस गरेर अन्तर्मुखी हुनु पर्छ, तब नै पाप काटिन्छ। नत्र न पाप काटिन्छ, न उच्च पद पाउने छौ। जन्म-जन्मान्तरको पाप शिरमा छ। सबै भन्दा धेरै पाप ब्राह्मणहरूको छ, त्यसमध्ये पनि नम्बरवार छन्। जो धेरै उच्च बन्छन् ती धेरै निम्न पनि बन्छन्। जो राजकुमार बन्छन् तिनै फेरि भिकारी पनि बन्नु पर्छ। ड्रामालाई राम्ररी बुझ्नु पर्छ जो सुरुमा आए उनीहरू पछि पनि आउँछन्। जो पहिला पावन बन्छन् तिनै पहिला पतित बन्छन्। बाबा भन्नुहुन्छ म पनि आउँछु यिनको धेरै जन्मको अन्त्यमा, त्यो पनि जब वानप्रस्थ अवस्था हुन्छ। यस समय साना-ठूला सबैको वानप्रस्थ अवस्था छ। बाबाको लागि गायन पनि छ सर्वलाई सद्गति गर्नेवाला। त्यो हुन्छ नै पुरुषोत्तम संगम युगमा। यो पुरुषोत्तम संगमयुग पनि याद राख्नु पर्छ। जसरी मनुष्यलाई कलियुग याद छ, संगमयुग केवल तिमीहरूलाई याद छ। तिमीहरूमध्ये पनि नम्बरवार छौ। धेरैलाई त आफ्नो गोरखधन्दा नै याद रहन्छ। बाहिरबाट मुख मोडेमा धारणा पनि हुन सक्छ। एउटा गायन छ अन्तकाल जो स्त्री सिमरे... जो गीत वा श्लोक राम्रा-राम्रा छन् जसको हाम्रो ज्ञान सँग सम्बन्ध छ ती राख्नु पर्छ। जस्तै, छी-छी दुनियाँ से जाना ही होगा... त्यस्तै, नयन हीन को राह दिखाओ... यस्ता-यस्ता गीत आफू सँग राख्नु पर्छ। बनाएका त मनुष्यले हुन्, जसलाई यस संगमयुगको बारेमा थाहै छैन। यस समयमा सबै ज्ञान नयनहीन अन्धा छन्। जब परमात्मा आउनु हुन्छ तब बाटो देखाउनु हुन्छ। एक जनालाई मात्रै त देखाउनु हुन्न। यी हुन् उहाँका शिवशक्ति सेना। यी शक्ति सेनाले के गर्छन्? श्रीमत अनुसार नयाँ दुनियाँको स्थापना। तिमीहरू पनि राजयोग सिक्छौ जो भगवान् बाहेक कसैले पनि सिकाउन सक्दैनन्। भगवान् त निराकार हुनु हुन्छ, उहाँको त आफ्नो शरीर छैन, बाँकी अरू जति पनि छन् सबै शरीरधारी छन्। उच्च भन्दा उच्च त एक बाबा मात्र हुनु हुन्छ, जसले तिमीलाई पढाउनु हुन्छ। यो त तिमीले नै जानेका छौ। तिमीहरूमा पनि नम्बरवार छौ, त्यसैले चेतावनी दिनु पर्ने हुन्छ। ठूल-ठूला समाचारपत्रमा दिनु पर्छ। मनुष्यले जुन योग सिकाउँछन् त्यो हो हठयोग। राजयोग एक परमपिता परमात्मा बाबाले नै सिकाउनु हुन्छ, जसबाट मुक्ति-जीवनमुक्ति मिल्छ। हठयोगबाट दुवै मिल्दैन। त्यो हो हठयोग जुन परम्परा देखि चल्दै आउँछ, पुरानो हो। यो राजयोग केवल संगमयुगमा बाबाले सिकाउनु हुन्छ। बाबाले सम्झाउनु भएको छ जब भाषण गर्छौ तब शिर्षक छान्नु पर्छ। तर यस्तो गर्दैनन्। श्रीमतमा चल्नेहरू धेरै कम छन्। पहिला भाषण लेख अनि कण्ठ गर तब याद आउने छ। तिमीले मौखिक भाषण गर्नु पर्छ, पढेर सुनाउनु हुँदैन। विचार सागर मन्थन गरेर भाषण गर्ने तागत उनैमा रहन्छ जसले आफूलाई आत्मा सम्झेर फेरि बोल्छन्। हामी भाइहरूलाई सुनाउँछौं, यस्तो सम्झिनाले तागत आउँछ। यो धेरै उच्च लक्ष्य हो। जिम्मेवारी लिनु साधारण कुरा होइन। जति तिमी बलवान् बन्छौ त्यति मायाको युद्ध हुन्छ। अंगद वा महावीर पनि बलवान् थिए, त्यसैले भने रावणले हामीलाई हल्लाएर देखाओस्। यो स्थूल कुरा होइन। शास्त्रमा यी दन्त्य कथाहरू छन्। यी कान जसले परमात्मा बाबाका सुनौला ज्ञान सुन्दथे, ती दन्त्य कथाहरू सुन्दा-सुन्दा एकदम पत्थर समान बनेका छन्। भक्ति मार्गमा शिर पनि घोट्यौ अनि पैसा पनि गुमायौ। सीढी तल उत्रिदै आयौ। ८४ जन्मको पनि कहानी छ नि। जस-जसले भक्ति गरे, तलै उत्रिदै आए। अब बाबाले माथि चढ्न सिकाउनु हुन्छ। अब तिम्रो चढ्ती कला हो। यदि बुद्धियोग बाबा सँग लगाउँदैनौ भने अवश्य तल नै खस्नेछौ। बाबालाई याद गर्छौ भने माथि चढ्नेछौ। धेरै मेहनत छ तर बच्चाहरू लापर्बाही गर्छन्। कामधन्दामा बाबा र ज्ञानलाई भुल्छन्। मायाले तुफानमा ल्याउँछ फलानो यस्तो छ, यो गर्छ, यो ब्राह्मणी यस्ती छ, यसमा यो अवगुण छ। अरे, यसमा तिम्रो के जान्छ? सर्व गुण सम्पन्न त कोही पनि बनेका छैनन्। कसैको अवगुण नदेखेर गुण ग्रहण गर्नु छ। अवगुण देख्यौ भने मुख मोड। मुरली त मिल्छ त्यो सुनेर धारण गरिराख। बुद्धिले सम्झनु पर्छ यो बाबाको कुरा नै बिलकुल ठीक छ। जुन कुरा ठीक लाग्दैन त्यसलाई छोडिदेऊ। पढाइबाट कहिल्यै रूस्ट हुनु छैन। ब्राह्मणी सँग वा पढाइ सँग रूस्ट हुनु अर्थात् बाबा सँग रूस्ट हुनु हो, यस्ता धेरै बच्चाहरू छन् जो फेरि सेन्टरमा आउँदैनन्। जो जस्तो भए पनि तिम्रो काम मुरली सँग हो, मुरली जसले सुनाए पनि त्यसबाट राम्रा-राम्रा प्वाइन्टहरू धारण गर्नु छ। कसै सँग कुरा गर्न राम्रो लाग्दैन भने शान्त सँग मुरली सुनेर जानु पर्छ। म यहाँ आउदिनँ भनेर रिसाउनु हुँदैन। नम्बरवार त छन्। तिमी अमृतबेला यादमा बस्छौ, यो पनि राम्रो हो। बाबा आएर सर्चलाइट दिनु हुन्छ। बाबा अनुभव सुनाउनु हुन्छ जब बस्छु तब जो अनन्य छन् ती बच्चाहरू पहिले याद आउँछन्। हुन त बेलायतमा छन्, कलकत्तामा छन्, पहिला अनन्यलाई याद गरेर सर्चलाइट दिन्छु। बच्चाहरू त यहाँ पनि बसेका छन् तर बाबा याद तिनीहरूलाई गर्नुहुन्छ जसले सेवा गर्छन्। जसरी असल बच्चाहरू शरीर छोडेर जान्छन् भने उनको आत्मालाई पनि याद गरिन्छ, धेरै सेवा गरेर गयो। अवश्य यहाँ नै नजिक कुनै घरमा होलान्। उनलाई पनि बाबा याद गरेर सर्चलाइट दिनु हुन्छ। हुन त सबै बच्चाहरू नै हुन्। तर कोही-कोही राम्रो सेवा गर्छन्, यो त सबैले जान्दछन्। बाबाले भन्नुभयो यहाँ सर्चलाइट देऊ, त्यसैले दिनु हुन्छ। दुई इन्जिन छन् नि। यी पनि यति उच्च पद पाउँछन् भने अवश्य तागत होला। भन्न त बाबा भन्नुहुन्छ सधैं यही सम्झ शिवबाबाले पढाउनु हुन्छ। त्यसैले उहाँको याद रहनु पर्छ। यहाँ दुई बत्ती छन्, यो त सम्झन्छौ। अरू त कसैमा पनि दुई बत्ती छैनन्। यहाँ दुई बत्तीहरूको सम्मुख आउँछन् त्यसैले राम्रो सँग रिफ्रेस हुन्छन्। समय पनि बिहानको राम्रो हुन्छ। स्नान गरेर छतमा एकान्तमा जानु पर्छ। बाबाले त्यसैले ठूलो छत बनाउनु भएको छ। पादरीहरू पनि एकदम शान्तिमा हिँड्छन्। अवश्य क्राइष्टलाई याद गर्छन् होला। ईश्वरलाई त चिनेका छैनन्। यदि ईश्वरलाई याद गरेको भए त शिवलिङ्ग नै बुद्धिमा आउँछ। आफ्नो मस्तीमा हिँड्छन्, उनीहरूबाट पनि गुण लिनु पर्छ। दत्तात्रेयको लागि पनि भनिन्छ उनले सबैबाट गुण लिन्थे। तिमी बच्चाहरू पनि नम्बरवार दत्तात्रेय हौ। यहाँ एकान्त धेरै राम्रो छ। जति चाह्यो कमाई गर्न सक्छौ। बाहिर त गोरखधन्दा याद आउँछ। ४ बजेको समय पनि धेरै राम्रो हो। बाहिर कतै जानु आवश्यक छैन। घरमा बसेका छौ पहरा पनि छ। यज्ञमा पहरा पनि राख्नु पर्छ। यज्ञका हरेक वस्तुको सम्हाल पनि राख्नु पर्छ किनकि यज्ञको एक-एक चीज धेरै मूल्यवान् हुन्छ, यसलै सुरक्षा पहिले। यहाँ कोही आउँदैनन्। सम्झन्छन् यहाँ गहना आदि केही छैनन्। यो मन्दिर पनि होइन। आजकल चोरी सबै ठाउँमा हुन्छ। बेलायतमा पनि पुराना चीज चोरी गरेर लैजान्छन्। जमाना धेरै खराब छ, काम महाशत्रु हो। त्यसले सबै कुरा भुलाइदिन्छ।

तिम्रो अमृतबेला एउटा योगको क्लास हुन्छ सदा स्वस्थ बन्न र फेरि यो मुरली हो सदा सम्पन्न बन्नको लागि। बाबालाई याद पनि गर्नु छ भने विचार सागर मन्थन पनि गर्नु छ। बाबालाई याद गर्यौ भने वर्सा पनि याद आउँछ। यो युक्ति धेरै सहज छ। जसरी बाबा बीजरूप हुनु हुन्छ। कल्प-वृक्षको आदि मध्य अन्त्यलाई जान्नुहुन्छ। तिम्रो पनि धन्दा यही हो। बीजलाई याद गर्यौ भने पवित्र बन्छौ। चक्रलाई याद गर्यौ भने चक्रवर्ती राजा बन्ने छौ अर्थात् धन मिल्छ। राजा विक्रम र राजा विकर्माजित दुई सम्वतलाई मिलाइदिएका छन्। रावण आयो तब विक्रम सम्वत सुरु भयो, मिति बदलियो। त्यो चल्छ एक देखि २५०० वर्ष, फेरि यो चल्छ २५०० देखि ५००० वर्षसम्म। हिन्दूहरूलाई आफ्नो धर्मको बारेमा थाहा छैन। यो एउटै धर्म हो जो वास्तविक आफ्नो धर्मलाई भुलेर अधर्मी बनेका छन्। धर्म स्थापकलाई पनि भुलेका छन्। तिमी सम्झाउन सक्छौ आर्य समाज कहिले देखि सुरु भयो। आर्य (सुध्रेका) सत्ययुगमा थिए। अनआर्य अहिले छन्। अब बाबा आएर तिमीहरूलाई सुधार्नु हुन्छ। तिम्रो बुद्धिमा सारा चक्र छ। जो राम्रो पुरुषार्थी छ ऊ स्वयं पनि जान्दछ, अरूलाई पनि पुरुषार्थ गराउँछ। बाबा हुनु हुन्छ गरिब निवाज। गाउँलेलाई सन्देश दिनु पर्छ। ६ वटा चित्र पर्याप्त छन्। ८४ को चक्रको चित्र धेरै राम्रो छ। त्यसमा राम्रो सँग सम्झाऊ। तर माया यति प्रवल छ जो सबै कुरा बिर्साइदिन्छ। यहाँ त दुवै लाइट सँग-सँगै छन्। एक बाबाको, अर्को यिनको दुवै शक्तिशाली छन्। तर यिनी भन्छन् तिमी एउटै शक्तिशाली ज्योतिलाई समात। सबै बच्चाहरू यहाँ आउँछन्। सम्झन्छन् डबल लाइट हुनुहुन्छ। बाबा सम्मुख सुनाउनु हुन्छ। गायन छ तिमीसँगै सुनँ, तिमी सँग बोलुँ... तर यस्तो होइन यहीँ बस्नु छ। ८ दिन काफी छ। यदि बसाइयो भने बढी हुन्छ।

ड्रामा अनुसार सबै कुरा चलिरहन्छ। तर तिमीहरूलाई आन्तरिक खुशी धेरै हुनु पर्छ। त्यो खुशी उनीहरूलाई हुन्छ जसले आफू समान बनाउँछन्। प्रजा बनाऊन् तब नै राजा बन्छन्। पासपोर्ट पनि चाहिन्छ। बाबा सँग कसैले सोधे भने बाबा तुरून्तै भन्नुहुन्छ आफूलाई हेर मभित्र के अवगुण छ? स्तुति-निन्दा सबै सहन गर्नु पर्छ। जो यज्ञबाट मिल्छ, त्यसमा खुशी हुनु पर्छ। यज्ञको भोजन सँग धेरै प्रेम हुनु पर्छ। संन्यासीहरूले थाली धोएर पिउँछन् किनकि उनीहरूलाई भोजनको महत्त्व छ। समय यस्तो आउने छ जो अन्न पनि मिल्ने छैन। त्यसैले सबै कुरा सहन गर्नु पर्छ, तब नै पास हुन सक्ने छौ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते, रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः
१) कसैमा पनि कुनै अवगुण देखियो भने त्यसबाट आफ्नो मुख मोड्नु पर्छ। पढाइबाट कहिल्यै रूस्ट हुनु हुँदैन। दत्तात्रेयले जस्तै सबैबाट गुण ग्रहण गर्नु छ।

२) बाहिरबाट बुद्धि हटाएर अन्तर्मुखी रहने अभ्यास गर्नु पर्छ। कामधन्दामा रहेर पनि देही-अभिमानी बन्नु छ। धेरै बोलचालमा आउनु छैन।


वरदान:
सुख स्वरूप बनेर हर आत्मालाई सुख दिने मास्टर सुखदाता भव

जो बच्चाले सदा यथार्थ कर्म गर्छ, उसलाई त्यस कर्मको प्रत्यक्षफल खुशी र शक्ति मिल्छ। उसको दिल सदा प्रसन्न रहन्छ, उसलाई संकल्प मात्र पनि दु:खको लहर आउन सक्दैन। संगमयुगी ब्राह्मण अर्थात् दु:खको नाम-निशान हुँदैन किनकि सुखदाताका सन्तान हुन्। यस्ता सुखदाताका सन्तान स्वयं पनि मास्टर सुखदाता हुन्छन्। उनीहरूले हर आत्मालाई सधैं सुख दिन्छन्। उनीहरूले कहिल्यै न दु:ख दिन्छन्, न दु:ख लिन्छन्।

स्लोगन:
मास्टर दाता बनेर सहयोग, स्नेह र सहानुभूति दिनु यही रहमदिल आत्माको निशानी हो।