13.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तारनहार आउनु भएको छ तिम्रो नाउलाई पार लगाउन , तिमी बाबासँग सच्चा भएर बस्यौ भने नाउ हल्लिन्छ तर डुब्न सक्दैन।

प्रश्न:
बाबाको याद बच्चाहरूलाई यथार्थ नरहनुको मुख्य कारण के हो?

उत्तर:
साकारमा आउँदा-आउँदा म आत्मा निराकार हुँ र हाम्रो बाबा पनि निराकार हुनुहुन्छ यो पनि भुल्यौं। साकारमा भएको हुनाले साकारको याद सजिलै आउँछ। देही-अभिमानी बनेर आफूलाई बिन्दु सम्झेर बाबालाई याद गर्नु, यसैमा मेहनत छ।

ओम् शान्ति ।
शिव भगवानुवाच। यिनको नाम त शिव होइन नि। यिनको नाम हो ब्रह्मा र यिनीद्वारा कुरा गर्नुहुन्छ, शिव भगवानुवाच। यो त धेरै पटक सम्झाइएको छ कुनै मनुष्य वा देवता वा सूक्ष्मवतनवासी ब्रह्मा-विष्णु-शंकरलाई भगवान भनिंदैन। जसको कुनै आकार वा साकार चित्र छ उनलाई भगवान भन्न सकिंदैन। भगवान भनिन्छ नै बेहदका बाबालाई। भगवान को हुनुहुन्छ, यो कसैलाई पनि थाहा छैन। नेति-नेति भन्छन् अर्थात् हामी जान्दैनौ। तिमीहरूमा पनि धेरै कम छन् जसले यथार्थ रूपले जानेका छन्। आत्माले भन्छ हे भगवान। अब आत्मा त हो बिन्दु। त्यसैले बाबा पनि बिन्दु नै हुनुहुन्छ। अहिले बाबा बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। बाबाको पासमा ३०-३५ वर्षका पनि बच्चाहरू छन्, उनीहरूले हामी आत्मा कसरी बिन्दु हौं, यो पनि सम्झदैनन्! कसैले त राम्ररी सम्झन्छन्, बाबालाई याद गर्छन्। बेहदका बाबा हुनुहुन्छ सच्चा हीरा। हीरालाई धेरै राम्रो डिब्बामा राखिन्छ। कसैको पासमा राम्रा हीरा छन् र कसैलाई देखाउनु छ भने सुन-चाँदीको डिब्बामा राखेर देखाउँछन्। हीरालाई जौहरीले जानेका छन्, अरू कसैले जान्न सक्दैनन्। झुटो हीरा देखाए पनि कसैलाई थाहा हुँदैन। यसरी धेरै ठगिन्छन्। अहिले सच्चा बाबा आउनु भएको छ तर झुटा पनि यस्ता-यस्ता छन् जो मनुष्यलाई केही पनि थाहा हुँदैन। गायन पनि छ सच की नाव हिले-डुले पर डूबे नहीं। झुटको नाउ हल्लिदैन, यसलाई कति हल्लाउने कोसिस गर्छन्। जो यहाँ यस नाउमा बसेका छन्, उनीहरूले पनि हल्लाउने कोसिस गर्छन्। विश्वासघातीको पनि नाम छ। अब तिमीलाई थाहा छ तारनहार बाबा आउनु भएको छ। बागवान पनि हुनुहुन्छ। बाबाले सम्झाउनु भएको छ यो हो काँडाको जंगल। सबै पतित छन् नि। कति झुटो छ। सच्चा बाबालाई कोही कमले मात्र जानेका छन्। यहाँ बाबालाई कतिले पूरा जानेका छैनन्, पूरा पहिचान छैन किनकि गुप्त हुनुहुन्छ। भगवानलाई याद त सबैले गर्छन्, यिनले पनि जानेका छन्, उहाँ निराकार हुनुहुन्छ। परमधाममा रहनुहुन्छ। हामी पनि निराकार आत्मा हौं यो पनि जानेका छैनन्। साकारमा बस्दा-बस्दा त्यो भुलेका छन्। साकारमा रहँदा-रहँदा साकार नै याद आउँछ। तिमी बच्चाहरू अब देही-अभिमानी बन्छौ। भगवानलाई भनिन्छ परमपिता परमात्मा। यो बुझ्न त बिल्कुल सहज छ। परमपिता अर्थात् पर भन्दा पर रहनेवाला परम आत्मा। तिमीहरूलाई भनिन्छ आत्मा। तिमीलाई परम भनिंदैन। तिमी त पुनर्जन्म लिन्छौ नि। यो कुरा कसैले पनि जानेका छैनन्। भगवानलाई पनि सर्वव्यापी भन्छन्। भक्त भगवानलाई खोज्छन्, पहाडमा, तीर्थमा, नदीमा पनि जान्छन्। सम्झन्छन्, नदी पतित-पावनी हो, त्यसमा स्नान गरेर हामी पावन बन्छौ। भक्तिमार्गमा यो कसैलाई पनि थाहा हुँदैन, हामीलाई के चाहिन्छ! केवल भन्छन् मुक्ति चाहियो, मोक्ष चाहियो किनकि यहाँ दु:खी हुनाले दिक्क छन्। सत्ययुगमा कसैले पनि मोक्ष वा मुक्ति कहाँ माग्छन् र! त्यहाँ भगवानलाई कसैले बोलाउदैनन्, यहाँ दु:खी हुनाले नै बोलाउँछन्। भक्तिबाट कसैको दु:ख हर्न सक्दैनन्। यदि कसैले सारा दिन राम-राम जपेर बसे पनि दु:ख हर्न सक्दैनन्। यो हो नै रावण राज्य। दु:ख त यस्तो छ जो गलामा बाँधिएको छ। गायन पनि छ दु:ख में सिमरण सब करें, सुख में करे न कोई। यसको अर्थ अवश्य सुख थियो, अहिले दु:ख छ। सुख थियो सत्ययुगमा, दु:ख छ अहिले कलियुगमा, त्यसैले यसलाई काडाको जंगल भनिन्छ। पहिलो नम्बर हो देह-अभिमानको काँडा। फेरि हो कामको काँडा।

अहिले बाबा सम्झाउनु हुन्छ तिमी यी आँखाबाट जुन कुरा देख्छौ त्यो सबै विनाश हुन्छ। अब तिमीले जानु छ शान्तिधाम। आफ्नो घर र राजधानीलाई याद गर। घरको यादको साथ-साथै बाबाको याद पनि आवश्यक छ किनकि घर कुनै पतित-पावन होइन। तिमी पतित-पावन बाबालाई भन्छौ। त्यसैले बाबालाई नै याद गर्नुपर्छ। उहाँ भन्नुहुन्छ एक मलाई याद गर। मलाई नै बोलाउँछौ नि बाबा, आएर पावन बनाउनु होस्। ज्ञानका सागर हुनुहुन्छ भने अवश्य आएर मुखद्वारा सम्झाउनु पर्छ। प्रेरणा गर्नु हुन्न। एकातिर शिवजयन्ती पनि मनाउँछन्, अर्कोतर्फ फेरि भन्छन् नाम-रूपबाट अलग हुनुहुन्छ। नाम-रूपबाट बेग्लै चीज त कुनै हुँदैन। फेरि भन्छन् ढुङ्गा-माटो सबैमा छन्। अनेक मत छन् नि। बाबा सम्झाउनु हुन्छ तिमीलाई ५ विकाररूपी रावणले तुच्छ बुद्धि बनाएको छ, त्यसैले देवताहरूको अगाडि गएर नमस्ते गर्छन्। कुनै त नास्तिक हुन्छन्, कसैलाई पनि मान्दैनन्। यहाँ बाबाको पासमा आउँछन् नै ब्राह्मण, जसलाई ५ हजार वर्ष पहिला पनि सम्झाइएको थियो। लेखिएको पनि छ परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ त्यसैले ब्रह्माका सन्तान भए। प्रजापिता ब्रह्मा त प्रख्यात छन्। अवश्य ब्राह्मण-ब्राह्मणीहरू पनि हुनुपर्छ। अहिले तिमी शूद्र धर्मबाट निस्केर ब्राह्मण धर्ममा आएका छौ। वास्तवमा हिन्दु कहलाउनेहरूले आफ्नो वास्तविक धर्मलाई जानेका छैनन्। त्यसैले कहिले कसैलाई मान्छन्, कहिले कसैलाई मान्छन्। धेरैको पासमा गइरहन्छन्। क्रिश्चियनहरू कहिल्यै अरू कसैको पासमा जादैनन्। अहिले तिमीले सिद्ध गरेर बताउँछौ। भगवान बाबा भन्नुहुन्छ मलाई याद गर। एक दिन समाचार-पत्रमा छापिन्छ। भगवान भन्नुहुन्छ मलाई याद गर्नाले नै तिमी पतितबाट पावन बन्छौ। जब विनाश समीप हुन्छ तब समाचार-पत्रद्वारा पनि यो आवाज कानमा पर्नेछ। समाचार-पत्रमा त कहीं न कहींबाट समाचार आउँछ नि। अझै पनि छाप्न सक्छौ भगवानुवाच परमपिता परमात्मा शिव भन्नुहुन्छ म हुँ पतित-पावन, मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। यस पतित दुनियाँको विनाश सामुन्ने खडा छ। विनाश अवश्य हुनु छ, यो पनि सबैलाई निश्चय हुन्छ। रिहर्सल पनि भइरहन्छ। तिमी बच्चाहरूलाई थाहा छ जबसम्म राजधानीको स्थापना पूरा हुँदैन तबसम्म विनाश हुँदैन, भुकम्प आदि पनि हुनु छ। एकातिर बमहरू पट्किने छन्, अर्कोतर्फ प्राकृतिक प्रकोप हुन्छ। अन्न आदि मिल्ने छैन, जहाज आउँदैनन्, अकाल पर्नेछ, भोकै मरेर खतम हुन्छन्। भोक हड्ताल जो गर्छन् तिनीहरू फेरि पनि केही न केही जल वा मह आदि लिँदै रहन्छन्। वजन कम हुन्छ। यहाँ त बस्दा-बस्दा अचानक भूकम्प हुन्छ, मर्नेछन्। विनाश त अवश्य हुनु छ। साधु-सन्त आदिले यस्तो भन्दैनन् विनाश हुँदैछ त्यसैले राम-राम भन। मनुष्यले त भगवानलाई नै जानेका छैनन्। भगवान त स्वयं नै आफूलाई जान्नुहुन्छ, अरू कसैले जानेका छैनन्। उहाँको समय छ आउने। जसले फेरि यस वृद्ध तनमा आएर सारा सृष्टिको आदि मध्य अन्त्यको ज्ञान सुनाउनु हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ अब फर्केर जानु छ। यसमा त खुशी हुनुपर्छ। हामी शान्तिधाम जान्छौ। मनुष्य शान्ति नै चाहन्छन् तर शान्ति कसले दिन्छ? भन्छन् नि शान्ति देवा... अब देवका देव त एकै उच्च भन्दा उच्च बाबा हुनुहुन्छ। उहाँले भन्नुहुन्छ म नै तिमीहरू सबैलाई पावन बनाएर लिएर जान्छु। एक जनालाई पनि छोड्दिनँ। ड्रामा अनुसार सबै जानु नै छ। गायन पनि छ लामखुट्टे सदृश्य सबै आत्माहरू जान्छन्। यो पनि जानेका छन् सत्ययुगमा धेरै कम मनुष्य हुन्छन्। अहिले कलियुग अन्तमा कति धेरै मनुष्य छन् फेरि थोरै मनुष्य कसरी हुन्छन्? अहिले हो संगम। तिमी सत्ययुगमा जानको लागि पुरुषार्थ गर्छौं। जानेका छौ यो सबै विनाश हुन्छ। लामखुट्टे जसरी आत्माहरू जाने छन्। सारा बथान जान्छ। सत्ययुगमा धेरै कम रहन्छन्।

बाबा भन्नुहुन्छ कुनै पनि देहधारीलाई याद नगर, देखेर पनि हामी देख्दैनौ। हामी आत्मा हौं, हामी आफ्नो घरमा जान्छौं। खुशीले पुरानो शरीर छोड्नु छ। आफ्नो शान्तिधामलाई याद गर्दै रह्यौ भने अन्त मति सो गति हुन्छ। एक बाबालाई याद गर्नु, यसमा नै मेहनत छ। मेहनत विना उच्च पद कहाँ मिल्छ र! बाबा आउनु हुन्छ नै तिमीलाई नरबाट नारायण बनाउनको लागि। अब यस पुरानो दुनियाँमा कुनै चैन छैन। चैन हुन्छ नै शान्तिधाम र सुखधाममा। यहाँ त घर-घरमा अशान्ति छ, मारपिट छ। बाबा भन्नुहुन्छ अब यस छी-छी दुनियाँलाई भुल। प्यारा बच्चाहरू! म तिम्रो लागि स्वर्गको स्थापना गर्न आएको छु, यस नर्कमा तिमी पतित बनेका छौ। अब स्वर्गमा जानु छ। अब बाबा र स्वर्गलाई याद गर तब अन्त मति सो गति हुन्छ। विवाह आदिमा जाऊ तर याद बाबालाई गर। ज्ञान सारा बुद्धिमा रहनु पर्छ। बस्न त घरमा बस, बच्चा आदिको सम्हाल गर तर बुद्धिमा याद राख बाबाको आज्ञा छ मलाई याद गर। घर छोड्नु पर्दैन। नत्र बच्चाहरूको सम्हाल कसले गर्छ? भक्तहरू घरमा रहन्छन्, गृहस्थ व्यवहारमा रहन्छन् फेरि पनि भक्त भनिन्छ किनकि भक्ति गर्छन्, घर-बार सम्हाल्छन्। विकारमा जान्छन् तर पनि गुरुहरू उनीहरूलाई भन्छन् कृष्णलाई याद गर्यौ भने कृष्ण जस्तो बच्चा हुन्छ। यी कुरामा अब तिमी बच्चाहरू जानु छैन किनकि तिमीलाई अब सत्ययुगमा जाने कुरा सुनाइन्छ जसको स्थापना भइरहेको छ। वैकुण्ठको स्थापना कुनै कृष्णले गर्दैनन्, कृष्ण त मालिक बन्छन्। बाबासँग वर्सा लिएका हुन्। संगमको समयमा नै गीताको भगवान आउनु हुन्छ। कृष्णलाई भगवान भनिंदैन। उनी त पढ्नेवाला हुन्। गीता सुनाउनु भयो बाबाले र बच्चाहरूले सुने। भक्तिमार्गमा फेरि बाबाको सट्टा बच्चाको नाम राखिदिए। बाबालाई भूले त्यसैले गीता पनि खण्डन भयो। त्यो खण्डन भएको गीता पढ्नाले के मिल्छ? बाबा त राजयोग सिकाएर जानु भयो। यसबाट कृष्ण सत्ययुगको मालिक बने। भक्तिमार्गमा सत्य-नारायणको कथा सुनेर कोही स्वर्गको मालिक बनेको छ र? न कुनै यस ख्यालमा सुन्छन्, त्यसबाट केही पनि फाइदा हुँदैन। साधु-सन्त आदिले आ-आफ्नो मन्त्र दिन्छन्, फोटो दिन्छन्। यहाँ यस्तो कुनै कुरा छैन। अरू सत्सङ्गमा गए भने भन्छन् फलानो स्वामीको कथा हो। कुन कथा? वेदान्तको कथा, गीताको कथा, भागवतको कथा। अब तिमी बच्चाहरूलाई थाहा छ हामीलाई पढाउने कुनै देहधारी हुनुहुन्न, न कुनै शास्त्र आदि केही पढ्नु भएको छ। शिवबाबाले कुनै शास्त्र पढ्नु भएको छ र! पढ्छन् मनुष्यले। शिवबाबा भन्नुहुन्छ मैले गीता आदि केही पनि पढेको छैन। यो रथ जसमा बसेको छु, यिनले पढेका छन्, मैले पढेको छैन। मभित्र त सारा सृष्टिको आदि मध्य अन्त्यको ज्ञान छ। यी सधैं गीता पढ्थे। सुगाले जस्तै कण्ठ गर्थे, जब बाबाले प्रवेश गर्नुभयो अनि तुरुन्त गीता छोडिदिए किनकि बुद्धिमा आयो यो त शिवबाबाले सुनाउनु हुन्छ।

बाबा भन्नुहुन्छ म तिमीलाई स्वर्गको बादशाही दिन्छु। त्यसैले अब पुरानो दुनियाँसँग ममत्व मेटाइ देऊ। केवल म एकलाई याद गर। यो मेहनत गर्नुपर्छ। सच्चा प्रियतमालाई घरी-घरी प्रियतमको नै याद आइरहन्छ। त्यसैले अब बाबाको याद पनि यस्तो पक्का रहनु पर्छ। पारलौकिक बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! मलाई याद गर अनि स्वर्गको वर्सालाई याद गर। यसमा अरू कुनै पनि आवाज गर्नु पर्ने, झाँझ आदि बजाउनु पर्ने कुनै आवश्यक छैन। गीत पनि कुनै राम्रा-राम्रा आउँछन्, त्यसैले बजाइन्छ, जसको अर्थ पनि तिमीलाई सम्झाइन्छ। गीत बनाउनेले स्वयं केही पनि जान्दैन। मीरा भक्तिनी थिइन, तिमी त अहिले ज्ञानी छौ। बच्चाहरूबाट कुनै काम ठीक भएन भने बाबा भन्नुहुन्छ तिमी त भक्त जस्तै छौ। उनले फेरि सम्झन्छन् बाबाले हामीलाई यस्तो किन भन्नु भयो? बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! अब बाबालाई याद गर, पैगम्बर बन, मेसेन्जर बन, सबैलाई सन्देश देऊ बाबा र वर्सालाई याद गर्यौ भने जन्म-जन्मान्तरको पाप भस्म हुन्छ। अब फर्केर घर जाने समय भएको छ। भगवान एउटै निराकार हुनुहुन्छ, उहाँको आफ्नो देह छैन। बाबाले नै बसेर आफ्नो परिचय दिनुहुन्छ। मनमनाभवको मन्त्र दिनुहुन्छ। साधु-संन्यासी आदिले यस्तो कहिल्यै भन्दैनन् अब विनाश हुनु छ, बाबालाई याद गर। बाबाले नै ब्राह्मण बच्चाहरूलाई याद गराउनु हुन्छ। यादबाट स्वास्थ्य, पढाइबाट सम्पत्ति मिल्छ। तिमीले कालमाथि विजय प्राप्त गर्छौ। त्यहाँ अकालमा मृत्यु हुँदैन। देवताहरूले कालमाथि विजय पाएका हुन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस्तो कुनै कर्म गर्नु छैन जसले गर्दा बाबाद्वारा भक्तको टाइटल मिलोस्। पैगम्बर बनेर सबैलाई बाबा र वर्साको याद गर्ने सन्देश दिनु छ।

२) यस पुरानो दुनियाँमा कुनै चैन छैन। यो छी-छी दुनियाँ हो, यसलाई भुल्नु छ। घरको यादको साथ-साथै पावन बन्नको लागि बाबालाई अवश्य याद गर्नु छ।

वरदान:
त्याग , तपस्या र सेवा भावको विधिद्वारा सदा सफलता स्वरूप भव

त्याग र तपस्या नै सफलताको आधार हो। त्यागको भावना भएकाहरू नै सच्चा सेवाधारी बन्न सक्छन्। त्यागबाट नै स्वयं र अन्यको भाग्य बन्छ। दृढ संकल्प गर्नु यही तपस्या हो। तपस्या र सेवा भावबाट अनेक हदका भावहरू समाप्त हुन्छन्। संगठन शक्तिशाली बन्छ। एउटाले भन्यो अर्काले गर्यो, कहिल्यै पनि तँ म, मेरो तेरो नआओस् अनि सफलता स्वरूप, निर्विघ्न बन्छौ।

स्लोगन:
संकल्पद्वारा पनि कसैलाई दु:ख नदिनु यही सम्पूर्ण अहिंसा हो।