13.05.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाले रुद्र ज्ञान यज्ञ रच्नु भएको छ। तिमी ब्राह्मण हरू यस यज्ञको सम्हाल गर्ने वाला हौ । त्यसैले तिमी पवित्र अवश्य रहनु छ।

प्रश्न:
अन्त्य समयमा बाबाले कुन बच्चाहरूलाई सहायता दिनुहुन्छ?

उत्तर:
जसले राम्रोसँग सेवा गर्छ, उसलाई अन्त्यमा जब धेरै आपदहरू आउँछन्, त्यतिबेला सहायता मिल्छ। जो बाबाको सहयोगी बन्छ, अवश्य बाबाले उसलाई मदत गर्नुहुन्छ।

प्रश्न:
अनौठो चेहरा कुनचाहिँ हो? त्यसको यादगार कुन रूपमा छ?

उत्तर:
शिवबाबा जसको आफ्नो चेहरा छैन, उहाँले जब यस चेहराको आधार लिनुहुन्छ, अनि यो हुन्छ अनौठो चेहरा, त्यसैले तिमी बच्चाहरू सम्मुख चेहरा हेर्नको लागि आउँछौ। यसको यादगार रुण्डमालामा चेहरा देखाउँछन्।

गीत:
कितना मीठा कितना प्यारा...

ओम् शान्ति ।
बेहदका बाबाले भन्नुहुन्छ मैले एकै पटक ५ हजार वर्ष पछि बच्चाहरूको चेहरा देख्छु। बाबाको आफ्नो चेहरा त छैन। शिवबाबाले पनि पुरानो शरीर उधारो लिनुहुन्छ। त्यसैले तिमीले बापदादा दुवैको चेहरा देख्छौ। त्यसैले भन्नुहुन्छ बापदादाको यादप्यार स्वीकार होस्। अहिले बच्चाहरूले रुण्डमाला देखेका छौ, त्यसमा चेहरा देखाउँछन्। रुण्डमाला बनाइन्छ अनि शिवबाबाको पनि त्यस्तै चेहरा देख्छौ। यो कसैलाई थाहा छैन शिवबाबा पनि आएर शरीर उधारो लिनुहुन्छ। शिवबाबाले यो ब्रह्मामुखद्वारा बोल्नुहुन्छ। त्यसैले यो उहाँको मुख भयो नि। यस समयमा एकै पटक बाबा आएर बच्चाहरूको चेहरा देख्नुहुन्छ। बच्चाहरूलाई थाहा छ शिवबाबाले यो चेहरा भाडामा उधारो लिनु भएको छ। यस्ता बाबालाई आफ्नो घर भाडामा दिँदा कति फाइदा हुन्छ। सबै भन्दा पहिला यिनको कानले सुन्छ। सुन्न त झट्ट तिमीले सुन्छौ तर पनि सबै भन्दा नजिक यिनको कान हुन्छ। तिम्रो आत्मा त टाढा बसेको छ नि। आत्माले कानद्वारा सुन्छ त्यसैले थोरै फरक हुन्छ। तिमी बच्चाहरू यहाँ आउँछौ सम्मुख चेहरा हेर्न। यो हो अनौठो चेहरा। शिवरात्रि मनाउँछन्, त्यसैले शिवबाबा जो निराकार हुनुहुन्छ, उहाँ यहाँ आएर प्रवेश गर्नुहुन्छ, त्यसैले उहाँको पनि यो देश भयो। यो हो अविनाशी परमपिता परमात्माको जन्मस्थान। तर उहाँको जन्म अरू मनुष्यको जस्तो हुँदैन। स्वयं भन्नुहुन्छ म आएर यिनमा प्रवेश गर्छु र फेरि बच्चाहरूलाई ज्ञान सुनाउँछु। सबै आत्माहरूको आफ्नो-आफ्नो शरीर हुन्छ। मेरो कुनै शरीर छैन। शिवबाबाको सदैव लिंगरूप देखाउँछन्। रुद्रयज्ञ रच्दा माटाका गोला, गोला लिंग बनाउँछन्। शालिग्राम साना-साना बनाउँछन्, शिवलिंग ठूलो बनाउँछन्। वास्तवमा साना ठूला हुँदैनन्। केवल देखाउनको लागि मात्र उहाँ बाबा हुनुहुन्छ, उनीहरू बच्चाहरू हुन्। पूजा पनि दुवैको बेग्ला-बैग्लै गर्छन्। जान्दछन् पनि, उहाँ शिव हुनुहुन्छ, यिनीहरू शालिग्राम हुन्। यस्तो त भन्दैनन् सबै शिव नै शिव हुन्। होइन, शिवलिंग ठूलो बनाउँछन् र शालिग्राम साना-साना बनाउँछन्। यी सबै बच्चाहरू हुन्, उहाँको साथमा। बाबाले सम्झाउनु भएको छ, यी शालिग्रामको किन पूजा गर्छन्? किनकि तिमी सबै आत्मा हौ नि। तिमीले यस शरीरका साथ विश्वलाई श्रेष्ठाचारी बनाइरहेका छौ। शिवबाबाको श्रीमत शालिग्रामले लिइरहेका छन्। यो ज्ञान यज्ञ रचिएको छ रुद्र शिवबाबाको। शिवबाबा बोल्नुहुन्छ, शालिग्राम पनि बोल्छन्। यो अमरकथा, सत्यनारायणको कथा हो। मनुष्यलाई नरबाट नारायण बनाउनुहुन्छ। सबै भन्दा उच्च पूजा उहाँको भयो नि। आत्मा कुनै धेरै ठूलो हुँदैन। बिलकुल बिन्दु जस्तै हुन्छ। त्यसमा कति ज्ञान, कति पार्ट भरिएको छ। यति सानो आत्माले भन्छ म शरीरमा प्रवेश गरेर पार्ट खेल्छु। शरीर कति ठूलो छ। शरीरमा आत्मा प्रवेश भएकोले, सानो छँदै पार्ट खेल्न थाल्छ। अनादि अविनाशी पार्ट मिलेको छ। शरीर त जड हुन्छ। त्यसमा जब चैतन्य आत्मा प्रवेश गर्छ, त्यसपछि गर्भमा सजाय खान थाल्छ। सजाय पनि कसरी खान्छन्? भिन्न-भिन्न शरीर धारण गरेर, जस-जसलाई जुन रूपमा दु:ख दिइएको छ, त्यो साक्षात्कार गर्दै जान्छन्। दण्ड मिल्दै जान्छ। त्राहि-त्राहि गर्छन्, त्यसैले गर्भ जेल भन्छन्। ड्रामा यसरी राम्रो बनेको छ। कति पार्ट खेल्छन्। आत्माले प्रतिज्ञा गर्छ मैले कहिल्यै पाप गर्दिनँ। यति सानो आत्मालाई कति अविनाशी पार्ट मिलेको छ। ८४ जन्मको पार्ट खेलेर फेरि दोहोर्याउँछ। अचम्भ छ नि। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। बच्चाहरूले पनि जान्दछन् यो त यथार्थ कुरा हो। यति सानो बिन्दुमा कति पार्ट छ। आत्माको धेरैलाई साक्षात्कार हुन्छ। गाउँछन् पनि आत्मा तारा हो, जुन यो भृकुटीको बीचमा रहन्छ। कति पार्ट खेल्छ, यसलाई भनिन्छ भावी। तिमीले त जान्दछौ, हामीले एउटा शरीर छोडेर अर्को लिन्छौं। कति पार्ट खेल्छौं। हामीलाइ बाबा आएर सम्झाउनुहुन्छ। कति उच्च ज्ञान छ। दुनियाँमा कसैलाई पनि यो ज्ञान छैन। यिनी पनि त मनुष्य थिए नि, यिनमा अहिले बाबा प्रवेश गर्नु भएको छ। यस्तो होइन गुरु गोसाईंका चेला हुन्छन्, उनीद्वारा ऋद्धि सिद्धि सिकेका छन्। कसै-कसैले सम्झन्छन्, गुरुको वरदान अथवा गुरुको शक्ति मिलेको छ। यहाँ त कुरै बेग्लै छ। सम्मुख सुन्नाले तिमीलाई धेरै मज्जा आउँछ। जान्दछन् हामीलाई बाबाले सम्मुख सम्झाइरहनु भएको छ। बाबा पनि यति सानो हुनुहुन्छ, जति हाम्रो आत्मा सानो छ। उहाँलाई भनिन्छ परमपिता परमात्मा, परम अर्थात् सुप्रिम। सबैभन्दा पर परमधाममा रहने। सबैभन्दा पर तिमी बच्चाहरू पनि रहन्छौ। बाबाले कति गहन कुरा सुनाउनुहुन्छ। सुरुवातमा कहाँ सम्झाउनुहुन्थ्यो र! दिन प्रतिदिन तिमी बच्चाहरूलाई कति गम्भीर ज्ञान मिल्दै गइरहेको छ। कसले दिन्छ? सबैभन्दा उच्च भगवानले। उहाँ आएर भन्नुहुन्छ प्यारा बच्चाहरू!... आत्माले कसरी इन्द्रियद्वारा कुरा गर्छ? भन्दछन् पनि त्यो भृकुटीको बीचमा चम्कन्छ। तर केवल भन्छन् मात्र, कसैको बुद्धिमा आउँदैन। कसैसँग यो ज्ञान छैन, जसले सम्झाउँछन्। तिमीहरूमा पनि यो कुरा धेरै थोरैले बुझ्दछन्। जसले बुझ्दछन्, उनीहरूले राम्रोसँग धारण गर्छन् र फेरि धारण गराउँछन् अर्थात् वर्णन गर्छन्। परमपिता परमात्मा भन्छौ भने पिताबाट अवश्य वर्सा मिल्नुपर्छ नि। स्वर्गको मालिक हुनुपर्यो। उनीहरूलाई अवश्य बाबाबाट स्वर्गको वर्सा मिल्छ। कहाँ वर्सा दिनुभयो? के सत्ययुगमा? अवश्य पहिलाको कर्म छ। अहिले तिमीले कर्मको ज्ञानलाई बुझेका छौ। तिमीलाई बाबाले यस्तो कर्म सिकाउनुहुन्छ, जसबाट तिमी यस्तो बन्न सक्छौ। जब तिमी ब्रह्मा मुख वंशावली बनेका छौ, तब शिवबाबाले ब्रह्मा मुखद्वारा तिमीलाई यो ज्ञान सुनाउनुहुन्छ। कति रात-दिनको फरक छ। कति घोर अन्धकार भएको छ। कसैले पनि बाबालाई जान्दैनन्, जसबाट प्रकाश मिल्छ। भन्दछन् हामी कलाकारहरू पार्ट खेल्न आउँछौं, यस कर्म क्षेत्रमा। तर हामी को हौं, हाम्रो बाबा को हुनुहुन्छ? केही पनि थाहा छैन। सृष्टि चक्र कसरी घुम्छ, केही पनि जान्दैनन्। गायन पनि गरिएको छ अहिल्याहरू, कुब्जाहरू, गणिकाहरू जो छन्, उनीहरूलाई आएर पढाउनुहुन्छ। प्रदर्शनीमा धेरै ठूला-ठूला मानिसहरू पनि आउँछन्। तर उनीहरूको तकदिरमा छैन। बाबा हुनुहुन्छ नै गरीब निवाज। १०० मध्येबाट मुस्किलले कुनै एक धनवान निस्कन्छ। त्यसैमा पनि उच्च पद पाउने पुरुषार्थ कसैले मुश्किलले नै गर्छ। तिमी हौ गरीब। माताहरूसँग धेरै पैसा आदि कहाँ हुन्छ? कन्याहरूसँग कहाँबाट आओस्। उनीहरू त फेरि पनि हाफ पार्टनर हुन्छन्। कन्याहरूलाई त केही पनि मिल्दैन। उनीहरू त्यहाँ जान्छन्, आधा पार्टनर बन्छन्, वर्सा त लिन सक्दैनन्। बच्चा त पूरा मालिक हुन्छन्। त्यसैले यस्ता कन्याहरूलाई नै सबैभन्दा पहिला बाबाले आफ्नो बनाउनुहुन्छ। एक त पढाइको ब्रह्मचारी जीवन छ, गरीब छन्, पवित्र छन् यिनीहरूकै पूजा हुन्छ। हो सबै यतिबेलाको कुरा। यतिबेला तिम्रो एक्ट चल्छ, जुन फेरि पुजिन्छ। शिव जयन्ती विना कृष्ण जयन्ती हुन सक्दैन। तिमीले जान्दछौ, शिव जयन्ती फेरि कृष्ण जयन्ती, रामको जयन्ती। शिव जयन्तीबाट जगत अम्बा, जगत पिताको पनि जन्म हुन्छ। त्यसैले अवश्य जगतको नै वर्सा मिल्छ। सारा जगतको मालिक तिमी बन्छौ। जगत माता हुन् जगतकी मालिक। जगत अम्बाको धेरै मेला लाग्छ। ब्रह्मालाई त्यति पुज्दैनन्। त्यसैले बाबाले माताहरूलाई अगाडि राख्नुहुन्छ। शिव शक्ति माताहरूलाई सबैले दु:ख दिएका छन्, खास पतिहरूले। उहाँ त पतिहरूको पति हुनुहुन्छ। कन्याहरूलाई सम्झाउनुहुन्छ, यी जगत अम्बाकी बच्चीहरू मास्टर जगतअम्बा भए नि। यी बच्चीहरूले पनि मम्माले जस्तै कार्य गरिरहेका छन्।

मम्मा जस्तै तिमी पनि त्रिकालदर्शी हौ। स्त्री, पुरुष दुवै छन्। प्रवृत्तिमार्ग हो नि। धेरै संख्या माताहरूको छ। नाम पनि यिनीहरूको प्रसिद्ध छ। ब्रह्माको त्यति प्रसिद्धि छैन। सारसिद्ध ब्राह्मणले ब्रह्मालाई पूजा गर्छन्। दुई प्रकारका ब्राह्मण हुन्छन् सारसिद्ध र पुश्करनी। शास्त्र सुनाउने बेग्लै हुन्छन्। यी सबै कुरा बाबा बसेर सुनाउनुहुन्छ। कसरी यो चक्र घुम्छ, कसरी म आउँछु। प्रतिज्ञा त छ नि मैले फेरि ५ हजार वर्षपछि ज्ञान सुनाउँछु। गीतमा पनि छ नि। जो बित्दछ त्यो फेरि भक्तिमार्गमा गायन गरिन्छ। यो त अनादि ड्रामा हो। कहिल्यै खिचिँदैन, यसको कुनै आदि-मध्य-अन्त्य छैन। चल्दै आउँछ। बाबा आएर सम्झाउनुहुन्छ यो ड्रामा कसरी चल्छ। ८४ जन्म तिमीले नै भोग्नु पर्छ। तिमी नै ब्राह्मण, देवता, क्षत्रिय आदि वर्णमा आउँछौ। शिवबाबा र ब्राह्मण दुवैलाई गुम गरिदिएका छन्। ब्रह्माद्वारा तिमी ब्राह्मण बन्छौ। ब्राह्मणले नै यज्ञको सम्हाल गर्छन्। पतितले त यज्ञको सम्हाल गर्न सक्दैनन्। यज्ञ जब रच्दछन् तब विकारमा जाँदैनन्। यात्रामा पनि विकारमा जाँदैनन्। तिमी छौ, रूहानी यात्रामा, त्यसैले विकारमा जान सक्दैनौ। नत्र भने विघ्न पर्छ। तिम्रो हो रूहानी यात्रा। बाबा भन्नुहुन्छ म आउँछु तिमी बच्चाहरूलाई लैजान। लामखुट्टे जस्तै लैजान्छु। त्यहाँ हामी आत्माहरू रहन्छौं। त्यो हो परमधाम, जहाँ आत्माहरू निवास गर्छन्। फेरि हामी आउँछौं देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छौं। अहिले फेरि ब्राह्मण बनेका छौं। जो ब्राह्मण बन्छन्, उनीहरू नै स्वर्गमा जान्छन्। त्यहाँ पनि झुलामा झुल्छन्। त्यहाँ त तिमी रत्न-जडित झुलामा झुल्छौ। श्रीकृष्णको झुला कति राम्रोसँग सिँगार्छन्। उनीसँग सबैको प्यार छ। गाउँछन् नि भजो राधे गोविन्द, हिँड वृन्दाबन... अहिले तिमी यथार्थमा त्यहाँ जान को लागि तयार भइरहेका छौ। जान्दछौ, हाम्रो मनोकामना पूरा हुन्छ। अहिले तिमी ईश्वरीय पुरीमा जान्छौ। जान्दछौ, बाबाले कसरी सबैलाई लैजानुहुन्छ। मक्खनबाट कपाल जसरी। बाबाले तिमीलाई कुनैपनि दु:ख दिनुहुन्न। कसरी सजिलै बादशाही दिनुहुन्छ। बाबा भन्नुहुन्छ, जहाँ जानु छ त्यो आफ्नो कृष्णपुरीलाई याद गर। सबैभन्दा पहिला अवश्य बाबाले तिमीलाई घर लैजानुहुन्छ। फेरि त्यहाँबाट पठाइदिनुहुन्छ, स्वर्गमा। अहिले तिमी कृष्णपुरीमा गइरहेका छौ शान्तिधाम हुँदै। जसरी दिल्ली हुँदै जानु पर्ने हुन्छ। अहिले जान्दछौं, फर्केर जान्छौं, फेरि आउँछौं कृष्णपुरीमा। हामी श्रीमतमा चलिरहेका छौं, त्यसैले बाबालाई याद गर्नु छ, पवित्र बन्नु छ। यात्रामा सदैव पवित्र रहन्छन्। पढाइ पनि ब्रह्मचर्यमा पढ्छन्। पवित्रता अवश्य चाहिन्छ। बाबाले फेरि पनि बच्चाहरूलाई पुरुषार्थ गराउनुहुन्छ। यस समयको पुरुषार्थ तिम्रो कल्प-कल्पको लागि बन्छ। पुरुषार्थ त गर्नु पर्छ नि। यो स्कूल हो धेरै महान्, त्यसैले अवश्य पढ्नु पर्छ। भगवानले स्वयं पढाउनुहुन्छ। एक दिन पनि पढाइ छोड्नु हुँदैन। यो अति मुल्यवान पढाइ हो। यी बाबाले कहिल्यै छोड्दैनन्। यहाँ तिमी बच्चाहरूले सम्मुख खजानाले झोली भर्न सक्छौ। जति पढ्छौ, त्यति नाशा चढ्छ। बन्धन छैन भने रहन सक्छौ। तर माया यस्तो छ जसले बन्धनमा बाँधिदिन्छ। धेरै छन् जसलाई छुट्टी पनि मिल्छ। बाबा भन्नुहुन्छ पूरा रिफ्रेश भएर जाऊ। बाहिर गएपछि फेरि त्यो नशा रहँदैन। धेरैलाई केवल मुरली पढ्नाले पनि नशा चढ्छ। ठूला आपदहरू आउनु छ। मदत उनीहरूलाई मिल्छ, जो मदतगार बन्छन्, राम्रोसँग सेवा गर्छन्। त्यसैले उनीहरूलाई अन्त्यमा सहायता पनि मिल्छ नि। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो पढाइ अति मूल्यवान छ। स्वयं भगवानले पढाउनुहुन्छ, त्यसैले एकदिन पनि छोड्नु हुँदैन। ज्ञान खजानाले सदा झोली भर्नु छ।

२) यो पढाइको समय हो, यात्रामा हिँडिरहेका छौं। रुद्रयज्ञको सम्हाल गर्नु छ, त्यसैले पवित्र अवश्य रहनु पर्छ। कुनै पनि विकारको वश भएर विघ्न पार्नु हुँदैन।

वरदान:
भाग्यविधाता बाबाद्वारा मिलेको भाग्यलाई बाँड्ने र बढाउने खुशनसीब भव

सबैभन्दा ठूलो भाग्यशाली उही हो, जसलाई भाग्यविधाता बाबाले आफ्नो बनाउनुभयो! दुनियाँ तड्पिन्छन् भगवानको एक सेकेन्ड नजर परोस् भनेर। तर तिमी सदा नयनमा समाहित छौ। यसलाई भनिन्छ भाग्यवान। भाग्य तिम्रो वर्सा हो। सारा कल्पमा यस्तो भाग्य अहिले नै मिल्छ। त्यसैले भाग्यलाई बढाउँदै जाऊ। बढाउने साधन हो बाँड्नु। जति अरूलाई बाँड्छौ अर्थात् भाग्यवान बनाउँछौ, त्यति भाग्य बढ्दै जान्छ।

स्लोगन:
निर्विघ्न र एकरस स्थितिको अनुभव गर्नको लागि एकाग्रताको अभ्यास बढाऊ।