13.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
पाठशाला हो नरबाट नारायण बन्ने। पढाउनेवाला स्वयं सत बाबा , सत शिक्षक र सतगुरु
हुनुहुन्छ। तिमी यसै निश्चयमा पक्का रहनु छ।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई कुन कुराको अलिकति पनि चिन्ता हुनु हुँदैन, किन?
उत्तर:–
यदि कोही ज्ञानमा चल्दा-चल्दै हर्टफेल हुन्छ, शरीर छोडिदिन्छ भने तिमीलाई चिन्ता
हुनु हुँदैन किनकि तिमीलाई थाहा छ– हरेकले आफ्नो एक्ट गर्नु छ। तिमी खुशी हुनुपर्छ–
आत्माले ज्ञान र योगको संस्कार लिएर गयो, त्यसैले अझै राम्रो सेवा गर्नेछ। चिन्ताको
कुरा छैन। यो त ड्रामाको भावी हो।
गीत:–
तुम्हीं हो
माता...
ओम् शान्ति ।
बाबाले
बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूलाई थाहा छ, बाबाले पनि प्यारा बच्चा! भनेर
बोलाउनुहुन्छ। यहाँ बापदादा दुवै कम्बाइन्ड हुनुहुन्छ। पहिला बापदादा फेरि बच्चाहरू,
यो नयाँ रचना भयो नि। बाबाले राजयोग पनि सिकाइरहनु भएको छ। हुबहु ५ हजार वर्ष पहिले
जसरी फेरि हामीलाई राजयोग सिकाइरहनु भएको छ। भक्ति मार्गमा फेरि यसको किताब बनाएर
त्यसलाई गीता भनिदिएका छन्। तर यस समयमा त गीताको कुनै कुरा छैन। यो पछि गएर
शास्त्र बनाएर त्यसलाई भनिदिएका छन्– श्रीमद्भगवत गीता, सहज राजयोगको पुस्तक। भक्ति
मार्गमा पुस्तक पढ्नाले फाइदा हुँदैन। त्यत्तिकै केवल शिवलाई याद गरेर कुनै वर्सा
मिल्न सक्दैन। वर्सा केवल अहिले संगममा नै मिल्न सक्छ। बाबा हुनुहुन्छ नै बेहदको
वर्सा दिने र वर्सा दिनुहुन्छ पनि संगममा। बाबाले राजयोग सिकाउनु हुन्छ। अरू जो
संन्यासी आदिले सिकाउँछन्, उनले सिकाउने र यसमा रात-दिनको फरक छ। उनीहरूको बुद्धिमा
गीता हुन्छ, सम्झन्छन् कृष्णले गीता सुनाउनुभयो। व्यासले लेख्नुभयो। तर गीता त न
कृष्णले सुनाएका थिए, न त्यो समय थियो। न कृष्णको रूप हुन सक्छ। बाबाले सबै कुरा
स्पष्ट पारेर सम्झाउनु हुन्छ। भन्नुहुन्छ– अब निर्णय गर। उहाँको नाम पनि प्रत्यक्ष
छ। सत्य बताउनेले नै नरबाट नारायण बनाउन सक्नुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी
नरबाट नारायण बन्नको लागि यस पाठशाला वा रुद्र ज्ञान यज्ञमा बसेका छौं। शिवबाबा
शब्द राम्रो लाग्छ। बाबा र दादा अवश्य हुनुहुन्छ। यस निश्चयले तिमी आएका छौ। बाबाले
ब्रह्माद्वारा सबै वेद शास्त्रको सार सम्झाउनु हुन्छ। भन्नुहुन्छ– मैले तिमीलाई
त्रिकालदर्शी बनाइरहेको छु। यस्तो होइन तिमी त्रिलोकीनाथ बन्छौ। बन्दैनौ। तिमी नाथ
त बन्छौ केवल एक शिवपुरीको। त्यसलाई लोक भनिदैन। लोक मनुष्य सृष्टिलाई भनिन्छ।
मनुष्य लोक चैतन्य लोक, त्यो हो निराकारी लोक। तिमीलाई केवल त्रिलोकीको ज्ञान
सुनाउँछु, त्रिलोकीको नाथ बनाउँदिनँ। तीनै लोकको ज्ञान मिलेको छ, त्यसैले
त्रिलोकदर्शी भनिन्छ। लक्ष्मी-नारायणलाई पनि त्रिलोकीनाथ भनिदैन। विष्णुलाई पनि
त्रिलोकीनाथ भनिदैन। उनलाई त तीन लोकको ज्ञान नै हुँदैन। लक्ष्मी-नारायण, जो
बाल्यावस्थामा राधा-कृष्ण हुन्, उनलाई त्रिलोकीको ज्ञान हुँदैन। तिमी त्रिकालदर्शी
बन्नु छ। ज्ञान लिनु छ। बाँकी कृष्णको लागि भन्छन्– त्रिलोकीनाथ थिए, तर होइन। तीनै
लोकको नाथ त उसलाई भनिन्छ, जसले राज्य गर्छ। उनी त केवल वैकुण्ठनाथ बन्छन्,
सत्ययुगलाई वैकुण्ठ भनिन्छ। त्रेतालाई वैकुण्ठ भनिदैन। यस लोकको पनि हामी नाथ बन्न
सक्दैनौं। बाबा पनि केवल ब्रह्म महतत्त्वको नाथ हुनुहुन्छ। ब्रह्माण्ड, जसमा हामी
आत्माहरू अण्डा जस्तै रहन्छौं, त्यसको नै मालिक हुनुहुन्छ। ब्रह्मा, विष्णु व शंकर
सूक्ष्मवतनका निवासी हुन्, त्यसैले उनलाई त्यहाँको नाथ भनिन्छ। तिमी बन्छौ वैकुण्ठ
नाथ। त्यो सूक्ष्मवतनको कुरा, त्यो मूलवतनको कुरा। केवल तिमी नै त्रिकालदर्शी बन्न
सक्छौ। तिम्रो तेस्रो नेत्र खुल्ला छ। देखाउँछन् पनि– भृकुटीको बीचमा तेस्रो नेत्र
छ, त्यसैले त्रिनेत्री भन्छन्। तर यो निशानी देवताहरूलाई दिन्छन् किनकि तिम्रो जब
कर्मातीत अवस्था हुन्छ, अनि तिमी त्रिनेत्री बन्छौ। त्यो त यस समयको कुरा हो। बाँकी
उनले त ज्ञानको शंख बजाउँदैनन्। उनीहरूले फेरि त्यो स्थूल शंख लेखिदिएका छन्। यो
मुखको कुरा हो। यसबाट तिमीले ज्ञान शंख बजाउँछौ। ज्ञान पढिरहेका छौ, जसरी ठूलो
युनिभर्सिटीमा ज्ञान पढ्छन्। यो हो पतित-पावन ईश्वरीय विश्व विद्यालय। कति महान्
युनिभर्सिटीका तिमी विद्यार्थी हौ। साथ-साथै तिमीलाई यो पनि थाहा छ– हाम्रो बाबा,
पिता हुनुहुन्छ, टिचर हुनुहुन्छ, सतगुरु हुनुहुन्छ। सबैथोक हुनुहुन्छ। यहाँ
माता-पिता हर हालतमा सुख दिनेवाला हुनुहुन्छ। त्यसैले भन्छन्– तिमी माता पिता...।
उहाँ हुनुहुन्छ सेक्रिन, धेरै मीठो हुनुहुन्छ। देवताहरू जस्तो मीठो कहिल्यै कोही
हुन सक्दैन। बच्चाहरूलाई थाहा छ– भारतवर्ष धेरै सुखी, एभरहेल्दी, एभरवेल्दी थियो।
बिल्कुल पवित्र थियो। भनिन्छ नै निर्विकारी भारतवर्ष। अहिले त भनिदैन। अहिले त
विकारी पतित भनिन्छ। बाबाले कति सहज बनाएर सम्झाइरहनु भएको छ। बाबा र वर्सालाई
जान्दछौ। बाबाले कति मीठो बनाउनुहुन्छ। तिमीले पनि महसुस गर्छौ, हामीले श्रीमत
अनुसार पढ्नु र पढाउनु छ। यही हाम्रो धन्दा हो। बाँकी कर्मभोग त जन्म-जन्मान्तरको
धेरै छ नि। मानौं कोही बिमारी भयो, भोलिपल्टै हर्टफेल भयो भने बुझिन्छ– भावी
ड्रामाको। उसले सायद अर्को पार्ट खेल्नु पर्नेछ। त्यसैले यसमा दु:खको कुरा हुँदैन।
ड्रामा अटल छ। उसले अर्को पार्ट खेल्नु छ, चिन्ताको के कुरा छ। अझै राम्रो सेवा
गर्नेछ किनकि संस्कार नै यस्तो लिएर जान्छ, कसैको कल्याण अर्थ। त्यसैले खुशी
हुनुपर्छ नि। बाबा सम्झाइरहनु हुन्छ– अम्मा मरे पनि हलुआ खाऊ... यसमा विवेक चाहिन्छ।
तिमीलाई थाहा छ– हामी कलाकार हौं। हरेकले आफ्नो एक्ट गर्नु छ। जुन ड्रामामा निश्चित
छ। एक शरीर छोडेर अर्को पार्ट खेल्नु छ। यहाँबाट जुन संस्कार लिएर जान्छन्, त्यहाँ
पनि गुप्त सेवा नै गर्नेछन्। आत्मामा संस्कार त रहन्छ नि। जो सेवाधारी बच्चाहरू छन्
मुख्य, मान पनि उनीहरूको हुन्छ। सेवा गर्ने, विश्वको कल्याण गर्ने केवल तिमी
बच्चाहरू हौ। बाँकी अरू सबैले अकल्याण नै गर्छन्। पतित बनाउँछन्। सम्झ कुनै
फस्टक्लास संन्यासी मर्छ, ऊ यत्तिकै बस्दा बस्दै जान्छ, उसले सम्झन्छ– म शरीर छोडेर
ब्रह्ममा गएर लीन हुन्छु। उसले गएर कसैको कल्याण गर्न सक्दैन किनकि ऊ कुनै
कल्याणकारी बाबाको सन्तान कहाँ हो र। तिमी कल्याणकारी बाबाका सन्तान हौ। तिमीले
कसैको अकल्याण गर्न सक्दैनौ। तिमी त जान्छौ कल्याण अर्थ। यो हो पतित दुनियाँ। बाबाको
आदेश छ– अब यो भोगबलको रचना चाहिँदैन। यो तमोप्रधान छ। आधाकल्प देखि तिमीले एक
अर्कालाई काम कटारीबाट दु:ख दिदै आयौ। यी रावणका ५ भूत हुन्, जसले तिमीलाई दु:ख
दिन्छन्। यो तिम्रो ठूलो दुस्मन हो। बाँकी कुनै सुनको लंका आदि थिएन। यी सबै कुरा
बसेर बनाएका हुन्। बाबा भन्नुहुन्छ– यो त बेहदको कुरा हो। सारा मनुष्य सृष्टि यस
समयमा रावणको बन्धनमा बाँधिएको छ। पत्रिकामा पनि चित्र राम्रो निस्केको छ– सबै
रावणको पिंजडामा परेका छन्, सबै शोक बाटिकामा छन्। अशोक बाटिका होइन। अशोका होटल
होइन। यी त सबै शोकका होटलहरू हुन्, धेरै गन्दा गर्छन्। तिमी बच्चाहरूलाई थाहा छ–
स्वच्छ को हुन्, गन्दा को हुन्? अहिले तिमी फूल बनिरहेका छौ।
तिमी बच्चाहरूले
बुझेका छौ– आत्माको रिकर्डमा कति ठूलो पार्ट निश्चित छ। यो धेरै अद्भुत कुरा हो। यस
सानो आत्मामा ८४ जन्मको अविनाशी पार्ट भरिएको छ। भन्छन् पनि– हामी पतित तमोप्रधान
हौं। अहिले हो अन्त्य। अनाहकमा रगतको खेल हुन्छ नि। एक बमद्वारा कति मर्छन्।
तिमीलाई थाहा छ– अब पुरानो दुनियाँ रहँदैन। यो पुरानो शरीर, पुरानो दुनियाँ हो।
हामीलाई नयाँ दुनियाँमा नयाँ शरीर मिल्नेछ। त्यसैले पुरुषार्थ गरिरहेका छौं, श्रीमत
अनुसार। अवश्य यी सबै बच्चाहरू उहाँका सहयोगी हुन्। श्री श्रीको श्रीमतमा हामी श्री
लक्ष्मी, श्री नारायण बन्छौं। उप-राष्ट्रपतिलाई राष्ट्रपति कहाँ भनिन्छ र। यो त हुनै
सक्दैन। ढुंगा-माटोमा भगवानले अवतार कसरी लिनुहुन्छ। उहाँको लागि गायन गर्छन्– यदा
यदाहि... जब-जब बिल्कुल पतित बन्न पुग्छन्, कलियुगको अन्त्य समीप आउँछ अनि म आउनु
पर्छ। अब तिमी बच्चाहरूले म बाबालाई याद गर। बाबा सोध्नुहुन्छ– बाबाको याद रहन्छ?
भन्छन्– बाबा घरी-घरी बिर्सिन्छौं। किन? लौकिक पितालाई त कहिल्यै बिर्सिदैनौं। यो
कुरा बिल्कुलै नयाँ छ। बाबा निराकार एक बिन्दु हुनुहुन्छ। यो प्राक्टिस छैन। भन्छन्
नि– हामीले न त कहिल्यै यस्तो सुन्यौं, न उहाँलाई यसरी याद गर्यौं। देवताहरूलाई पनि
यो ज्ञान रहँदैन। यो ज्ञान प्राय: लोप हुन्छ। उनलाई स्वदर्शन चक्रधारी पनि भनिदैन।
भन्न त भनिन्छ– विष्णुका दुई रूप लक्ष्मी-नारायण बन्छन्। प्रवृत्ति मार्गको लागि
दुई रूप देखाउँछन्। ब्रह्मा सरस्वती, शंकर पार्वती, लक्ष्मी नारायण। सर्वोच्च
हुनुहुन्छ एक, फेरि छन् सेकेण्ड, थर्ड... अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह
सहित देहका सबै धर्म छोड, आफूलाई आत्मा सम्झ। म आत्मा बाबाको बच्चा हुँ। म संन्यासी
होइन। बाबालाई याद गर, यस देहको धर्मलाई बिर्स। धेरै सहज छ। अहिले बाबाको साथमा
बसेका छौ। बाबाले ब्रह्माद्वारा बसेर बताउनु हुन्छ। बापदादा दुवै कम्बाइन्ड
हुनुहुन्छ। जस्तै जुम्ल्याहा बच्चाहरू सँगै पैदा हुन्छन् नि, यो पार्ट पनि दुवैको
सँगसँगै चलिरहेको छ। बच्चाहरूलाई सम्झाइएको छ– अन्त मति सो गति। जब शरीर छोड्छन्,
त्यतिबेला बुद्धि जहाँ जान्छ त्यहीँ गएर जन्म लिनु पर्छ। अन्तिम घडीमा पतिको मुख
देखेमा बुद्धि उसमा गइहाल्छ। अन्त्यकाल जो जस्तो स्मृतिमा रहन्छ, त्यस समयको धेरै
असर हुन्छ। यदि त्यतिबेलाको स्मृति रह्यो– कृष्ण जस्तो बच्चा बनूँ, अनि त कुरै नगर।
धेरै सुन्दर बच्चा बनेर जन्म लिन्छौ। अब त अन्त मति एउटै लगन राख्नु छ नि। यस समयमा
तिमीले के गरिरहेका छौ! जान्दछौ– हामीले शिवबाबालाई याद गर्छौं। सबैलाई साक्षात्कार
त हुन्छ नै। मुकुटधारी त कृष्ण पनि हुन्छन्, राधा पनि हुन्छन्। राजकुमार-राजकुमारी
त हुन्छन् तर कहिले? सत्ययुगमा वा त्रेतामा? त्यो फेरि पुरुषार्थमा भर पर्छ। जति
पुरुषार्थ गर्छौ, त्यति उच्च पद पाउँछौ। तिमीले भन्दछौ– हामीले त २१ जन्मको लागि
रजाइँ लिन्छौं। मम्मा बाबाले लिनुहुन्छ भने किन अनुसरण नगर्ने? ज्ञानलाई धारण गरेर
फेरि गराउनु छ। यति सेवा गर्नुपर्छ तब २१ जन्मको लागि प्रारब्ध मिल्छ। विद्यालयमा
जसले राम्रोसँग पुरुषार्थ गर्दैनन्, उनले कम अंक पाउँछन्। तिमीले अहिले ५ विकार रूपी
माया रावणमाथि विजय प्राप्त गर्छौ। तिम्रो हो अहिंसक युद्ध। यदि रामलाई निशानी नदिने
हो भने सूर्यवंशी, चन्द्रवंशी कसरी भन्न सकिन्छ। बाबा भन्नुहुन्छ– तिमीले जति
पुरुषार्थ गर्छौ, त्यति अन्त मति सो गति हुन्छ। देहको पनि ख्याल नहोस्, सबैलाई
बिर्सिनु छ। बाबा भन्नुहुन्छ– तिमी नाङ्गै (अशरीरी) आएका थियौ फेरि नाङ्गै जानु छ।
तिमी यति सानो बिन्दुले यी कानद्वारा सुन्छौ, मुखद्वारा बोल्छौ। हामी आत्मा एक शरीर
छोडेर फेरि अर्कोमा जान्छौं। अब हामी आत्माहरू घर जाँदैछौं। बाबाले धेरै शृङ्गार
गराउनुहुन्छ, जसद्वारा मनुष्यबाट देवता बन्छौं। तिमीलाई थाहा छ– शिवबाबालाई याद
गर्नाले हामी यस्तो बन्छौं। गीतामा पनि छ– मलाई याद गर्यौ, वर्सालाई याद गर्यौ भने
तिमी स्वर्गको मालिक बन्छौ। बिल्कुल सहज छ। सम्झन्छन् पनि– वास्तवमा हामीले
कल्प-कल्प हजुरबाट ब्रह्माद्वारा वर्सा पाउँछौं। गायन पनि छ नि– ब्रह्माद्वारा
स्थापना देवता धर्मको। फेल भएमा फेरि त्रेताको क्षत्रिय धर्ममा जानुपर्छ।
ब्रह्माद्वारा ब्राह्मण, देवता, क्षत्रिय... तीन धर्मको स्थापना हुन्छ। सत्ययुगमा
अरू कुनै धर्म हुँदैन, अरू सबै पछि आउँछन्। उनीहरूसँग हाम्रो कुनै कनेक्शन छैन।
हिन्दुहरूले बिर्सिएका छन्– हामी आदि सनातन देवी-देवता धर्मका हौं। यो ड्रामाको
पार्ट पनि यस्तो नै बनेको छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा पढ्ने र पढाउने धन्दा गर्नु छ। ड्रामाको भावीमा अटल रहनु छ। कुनै पनि
कुराको चिन्ता गर्नु छैन।
२) अन्त्यकालमा एक
बाबा सिवाय अरू कुनै पनि याद नआओस्। यस देहलाई पनि बिर्सिने अभ्यास गर्नुपर्छ।
अशरीरी बन्नु छ।
वरदान:–
मन-
बुद्धिद्वारा कुनै पनि खराबीलाई टच नगर्ने सम्पूर्ण वैष्णव वा सफल तपस्वी भव
पवित्रताको
व्यक्तित्व वा रोयल्टी हुनेले मन-बुद्धिबाट कुनै पनि खराबीलाई टच गर्न सक्दैन। जसरी
ब्राह्मण जीवनमा शारीरिक आकर्षण वा शारीरिक टचिंग अपवित्रता हो, त्यस्तै मन बुद्धिमा
कुनै विकारको संकल्प मात्रको आकर्षण वा टचिंग पनि अपवित्रता हो। त्यसैले कुनै पनि
खराबीलाई संकल्पमा पनि टच नगर्नु– यही सम्पूर्ण वैष्णव वा सफल तपस्वीको निशानी हो।
स्लोगन:–
मनको उल्झनलाई
समाप्त गरेर वर्तमान र भविष्यलाई उज्वल बनाऊ।