13.10.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे रगतको सम्बन्धमा नै दु:ख हुन्छ , तिमीले यसको त्याग गरेर आपसमा आत्मिक स्नेह राख्नु छ। यही सुख र आनन्दको आधार हो।

प्रश्न:
विजय मालामा आउनको लागि विशेष कुनचाहिँ पुरुषार्थ गर्नुपर्छ?

उत्तर:
विजय मालामा आउनको लागि विशेष पवित्र बन्ने पुरुषार्थ गर। पक्का संन्यासी अर्थात् निर्विकारी बनेपछि मात्रै विजय मालाको दाना बन्छौ। कुनै पनि कर्मबन्धनको हिसाब-किताब छ भने वारिस बन्न सक्दैनौ, प्रजामा जान्छौ।

गीत:
महफिल में जल उठी शमा परवानों के लिए...

ओम् शान्ति ।
हेर हामीले महिमा गर्छौं आफ्नो बाबाको। अहम् आत्माले अवश्य आफ्नो पिताको शो गर्छ नि। सन शोज फादर। त्यसैले अहम् आत्मा, तिमीले पनि भन्छौ हामी आत्मा, हामी सबैका फादर एक परमात्मा हुनुहुन्छ, जो सबैका पिता हुनुहुन्छ। यो त सबैले मान्छन्। यस्तो भनिदैन हामी आत्माहरूको पिता अलग-अलग हुनुहुन्छ। पिता सबैको एक हुनुहुन्छ। अहिले हामी उहाँका बच्चा भएको हुनाले उहाँको कर्तव्यलाई जानेका छौं। हामी यस्तो भन्न सक्दैनौं परमात्मा सर्वव्यापी हुनुहुन्छ। फेरि त सबैमा परमात्मा हुनु पर्ने हुन्छ। पितालाई याद गरेर बच्चाहरू खुशी हुन्छन् किनकि जे जति पितासँग हुन्छ, उनको वर्सा बच्चालाई मिल्छ। अब हामी हौं परमात्माका वारिस, उहाँको पासमा के छ? उहाँ आनन्दको सागर हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ, प्रेमको सागर हुनुहुन्छ। हामीलाई थाहा छ, त्यसैले हामीले उहाँको महिमा गर्छौं। अरूले यो भन्दैनन्। मुश्किलै कसैले भन्ला पनि, तर उहाँ कस्तो हुनुहुन्छ? यो त थाहा नै छैन। बाँकी सबैले भनिदिन्छन् परमात्मा सर्वव्यापी हुनुहुन्छ। तर हामी उहाँका बच्चा हौं, आफ्नो निराकार अविनाशी बाबाको महिमा वर्णन गर्छौं उहाँ आनन्दको सागर, ज्ञानको सागर, प्रेमको भण्डार हुनुहुन्छ। तर कसैले प्रश्न गर्छन्, तपाईंहरूले भन्नुहुन्छ त्यहाँ निराकारी दुनियाँमा त दु:ख सुखबाट न्यारा अवस्था हुन्छ। त्यहाँ सुख अथवा आनन्द अथवा प्रेम कहाँबाट आयो? अब यो बुझ्ने कुरा हो। यो जुन आनन्द, सुख अथवा प्रेम भनिन्छ, त्यो त भयो सुखको अवस्था तर त्यहाँ शान्ति देशमा आनन्द, प्रेम अथवा ज्ञान कहाँबाट आयो? उहाँ सुखका सागर जब यस साकार सृष्टिमा आउनु हुन्छ, अनि आएर सुख दिनुहुन्छ। त्यहाँ त आत्माहरू दु:ख सुखबाट न्यारा अवस्थामा रहन्छन् किनकि तिमीलाई सम्झाइएको छ एक हुन्छ सुख-दु:ख भन्दा अलग दुनियाँ, जसलाई निराकारी दुनियाँ भनिन्छ। अर्को फेरि छ सुखको दुनियाँ, जहाँ सदा सुख, आनन्द हुन्छ, जसलाई स्वर्ग भनिन्छ अनि यो हो दु:खको दुनियाँ, जसलाई नर्क अथवा आइरन एजेड दुनियाँ भनिन्छ। अब यस आइरन एजेड दुनियाँलाई परमपिता परमात्मा, जो सुखको सागर हुनुहुन्छ, उहाँ आएर परिवर्तन गरेर आनन्द, सुखको, प्रेमको भण्डार बनाउनु हुन्छ। जहाँ सुख नै सुख हुन्छ, प्रेम नै प्रेम हुन्छ। त्यहाँ जनावरहरूमा पनि धेरै प्रेम हुन्छ। बाघ र गाईले पनि सँगै जल पिउँछन्, उनीहरूमा यति प्रेम हुन्छ। परमात्मा आएर आफ्नो राजधानी स्थापना गर्नुहुन्छ, त्यहाँ सुख र आनन्द हुन्छ। बाँकी निराकारी दुनियाँमा त सुख आनन्दको कुरा नै हुँदैन, प्रेमको कुरा नै हुँदैन। त्यो त हो नै निराकार आत्माहरूको निवास स्थान। त्यहाँ हुन्छ सबैको रिटायर्ड लाइफ अथवा निर्वाण अवस्था, जहाँ दु:ख सुखको कुनै अनुभूति हुँदैन। त्यो दु:ख सुखको पार्ट त यस साकार दुनियाँमा चल्छ। यसै सृष्टिमा जब स्वर्ग हुन्छ, आन्तरिक आत्मिक स्नेह हुन्छ किनकि दु:ख हुन्छ रगतको सम्बन्धमा। संन्यासीहरूमा पनि रगतको नाता हुँदैन। त्यसैले उनीहरूमा पनि दु:खको कुनै कुरा हुँदैन। उनले त भन्छन् म सत चित आनन्द स्वरूप हुँ किनकि रगतको सम्बन्धलाई त्यागिदिन्छन्। त्यस्तै यहाँ पनि तिम्रो कुनै ब्लड कनेक्शन छैन। यहाँ हामी सबैको आत्मिक स्नेह छ, जो परमात्माले सिकाउनु हुन्छ।

बाबा भन्नुहुन्छ यू आर माई बिलवेड सन्स। मेरो आनन्द, प्रेम, सुख तिम्रो हो किनकि तिमीले त्यो दुनियाँ छोडेर आएर मेरो गोद लिएका छौ। तिमी प्राक्टिकल जीवनमा आएर गोदमा बसेका छौ। यस्तो होइन, जसरी उनीहरूले गुरुको गोद लिन्छन्, तर घरमा जान्छन्। उनलाई बिलवेड सन्स भनिदैन। उनका ती मानौं प्रजा हुन्। बाँकी जसले संन्यास गरेर उनको गोद लिन्छन्, तिनै बिलवेड सन बन्छन् किनकि तिनै गुरुको पछि गद्दीमा बस्छन्। बच्चा र प्रजामा रात दिनको फरक हुन्छ। उनले वारिस बनेर वर्सा लिन्छन्। तिमीले लौकिकसँग ब्लड कनेक्शन तोडेर यस निराकार वा साकारको गोद लिएका छौ, त्यसैले वारिस बन्यौ। यसमा पनि फेरि जति ज्ञान लिन्छौ, त्यो हो आशीर्वाद। शिक्षालाई आशीर्वाद भनिन्छ। जति जसले लिन्छ, त्यति राजधानीमा प्रजामा सुख लिन्छ। यो ईश्वरीय शिक्षा आशीर्वाद हो नि, जसबाट परम शान्ति र खुशी मिल्छ। यो अटल अखण्ड सुख शान्तिमय स्वराज्य हो, भगवानको सम्पत्ति, जुन बच्चाहरूलाई मिल्छ। फेरि जति-जति जसले ज्ञान लिन्छ, त्यति बाबाको वर्सा मिल्छ। जस्तै तिम्रो पासमा यति जिज्ञासु आउँछन् ती हुन् तिम्रा बिलवेड प्रजा। बच्चा होइनन् किनकि आउँछन् जान्छन्। बच्चाहरू पनि हुन सक्छन् किनकि प्रजाबाट कुनै वारिस पनि त बन्छन्। ज्ञान लिँदा-लिँदा जब देख्छन् यहाँ त अथाह सुख र शान्ति छ, त्यस दुनियाँमा त दु:ख छ, अनि आएर गोद लिन्छन्। तुरून्तै त कोही बच्चा बन्दैन। तिमी पनि पहिले आउने जाने गर्थ्यौ फेरि सुन्दै-सुन्दै बस्यौ, अनि वारिस बन्यौ। संन्यासीहरूको पासमा पनि यस्तो हुन्छ। सुन्दा-सुन्दा जब सम्झन्छन् संन्यासमा त शान्ति सुख छ, अनि संन्यास लिन्छन्। यहाँ पनि जब टेस्ट आउँछ, अनि बिलवेड सन बन्छन्, त्यसपछि जन्म जन्मान्तरको लागि वर्सा मिल्छ। उनीहरू फेरि दैवी वंशावलीमा आइरहन्छन्। प्रजा त साथमा रहँदैनन्, उनीहरू कहाँ-कहाँ कर्मबन्धनमा जान्छन्।

जस्तै गीतमा भनिएको छ महफिलमा जल उठी शमा परवानों के लिए। पुतली पनि दिपकमा डान्स गर्दै गर्दै मर्छन्। कुनै चक्कर लगाएर जान्छन्। यो तन पनि एक दिपक हो, जसमा अलमाइटी बाबाको प्रवेशता छ। तिमी पुतली बनेर आयौ, आउँदै गर्दा आखिर जब रहस्य बुझ्यौ अनि बस्यौ। आउन त हजारौं लाखौं आउँछन्, तिमीद्वारा पनि सुनिरहन्छन्। उनले त जति सुन्छन्, त्यति शान्ति र सुखको वरदान लिँदै जान्छन् किनकि यो अविनाशी बाबाको शिक्षा त विनाश हुँदैन। यसलाई भनिन्छ अविनाशी ज्ञान धन। यसको विनाश हुँदैन। त्यसैले जसले धेरथोर सुन्छन्, अवश्य उनीहरू प्रजामा आउँछन्। त्यहाँ त प्रजा पनि धेरै सुखी हुन्छन्। अविनाशी सुख हुन्छ किनकि त्यहाँ सबै आत्म-अभिमानी हुन्छन्। यहाँ देह-अभिमानी भएका छन् त्यसैले दु:खी छन्। त्यो त हो नै स्वर्ग, त्यहाँ दु:खको नाम निशानै हुँदैन। जनावर पनि कति सुख शान्तिमा रहन्छन् भने प्रजामा कति प्रेम र सुख होला! यो त अवश्य हो सबै त वारिस बन्दैनन्। यहाँ त १०८ पक्का संन्यासी विजय मालाको दाना बन्छन्। उनीहरू पनि अहिले बनिसकेका छैनन्, बनिरहेका छन्। साथ-साथै प्रजा पनि बनिरहेका छन्। उनीहरूले पनि सेन्टर बाहिर रहेर सुनिरहन्छन्। घर बसेर योग लगाइरहेका छन्। योग लगाउँदै-लगाउँदै कोही फेरि भित्र आउँछन्, प्रजाबाट वारिस बन्छन्। उनीहरू जबसम्म कर्मबन्धनको हिसाबमा हुन्छ, तबसम्म बाहिर रहेर योग लगाउँदै निर्विकारी रहन्छन्। घरमा रहेर जो निर्विकारी रहन्छन्, घरमा झगडा अवश्य हुन्छ किनकि कामेश क्रोधेशु... काम महाशुत्रमाथि जब तिमीले विजय प्राप्त गर्छौ, विष दिन बन्द गर्छौ अनि झगडा हुन्छ। परमात्मा त भन्नुहुन्छ प्यारा बच्चाहरू! मृत्यु सामुन्ने खडा छ। सारा दुनियाँ विनाश हुनु छ। जस्तै वृद्धलाई भन्छन् मृत्यु सामुन्ने छ, परमात्मालाई याद गर्नुहोस्। बाबा पनि भन्नुहुन्छ प्यारा बच्चाहरू! निर्विकारी बन। परमात्मालाई याद गर। जस्तै तीर्थमा जान्छन् भने काम क्रोध सबै बन्द गरिदिन्छन्। यात्रामा काम चेष्टा कहाँ गर्छन् र। उनीहरू त सारा मार्गमा अमरनाथकी जय जय भन्दै जान्छन् तर फर्केर आएपछि फेरि उही विकारमा गोता खाइरहन्छन्। तिमी त फर्किनु छैन। काम क्रोध आउनु हुँदैन। विकारमा गएपछि पद भ्रष्ट हुन्छ। होलीनेस बन्दैनौ। जो होली बन्छन्, उनै विजय मालामा आउँछन्। जो फेल हुन्छन्, उनै चन्द्रवंशी घरानामा जान्छन्।

यो कुरा तिमीहरू सबैलाई परमपिता परमात्मा बसेर पढाउनु हुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ नि। त्यहाँ निराकारी दुनियाँमा त आत्माहरूलाई ज्ञान सुनाउँदिन। यहाँ आएर तिमीलाई ज्ञान सुनाउँछु। भन्छु तिमी मेरो बच्चा हौ। जसरी म पवित्र छु, त्यसैगरी तिमी पनि पवित्र बन। तिमीले सत्ययुगमा सुखमय, प्रेममय राज्य गर्छौ, जसलाई वैकुण्ठ भनिन्छ। अब यो दुनियाँ परिवर्तन भइरहेको छ किनकि तमोप्रधानबाट सतोप्रधान बनिरहेको छ। फेरि गोल्डेन एजबाट सिल्भर एजमा परिवर्तन हुन्छ। सिल्भर एजबाट कपर एज, फेरि कपर एजबाट आइरन एजमा परिवर्तन हुन्छ। यसरी दुनियाँ परिवर्तन भइरहन्छ। अब यो दुनियाँ परिवर्तन भइरहेको छ। कसले परिवर्तन गरिरहेको छ? परमात्मा स्वयंले, जसको तिमी अति प्रिय सन्तान बनेका छौ। प्रजा पनि बनिरहेका छन्, तर बच्चा, बच्चा हो र प्रजा, प्रजा हो। जसले संन्यास गर्छन्, उनै वारिस बन्छन्। ऊ रोयल घरानामा अवश्य जान्छ। तर यदि पढाइ त्यति पढ्दैन भने पद पाउँदैन। जसले पढ्छ, उही राजा बन्छ। जो आउँदै जाँदै गर्छ, ऊ फेरि प्रजामा आउँछ। फेरि जति पवित्र बन्छौ, त्यति सुख मिल्छ। बिलवेड त उनीहरू पनि बन्छन्, तर फुल बिलवेड तब बन्छन्, जब बच्चा बन्छन्। बुझ्यौ?

संन्यासी पनि धेरै प्रकारका हुन्छन्। एकथरी हुन्छन्, जसले घरबार छोडेर जान्छन्, अर्काथरी फेरि यस्ता पनि हुन्छन्, जो गृहस्थमा रहेर विकारमा जाँदैनन्। उनले शिष्यहरूलाई बसेर शास्त्र आदि सुनाउँछन्। आत्माको ज्ञान दिन्छन्, उनका पनि शिष्य हुन्छन्। तर ती शिष्य उनका बिलवेड सन बन्न सक्दैनन् किनकि उनी त घरबार, बाल-बच्चा भएका हुन्छन्। त्यसैले उनले आफूसँग त बसाउन सक्दैनन्। न स्वयंले संन्यास गरेका छन्, न अरूलाई संन्यास गराउन सक्छन्। उनका शिष्य पनि गृहस्थमा रहन्छन्। उनको पासमा आउँछन् जान्छन्। उनले केवल तिनीहरूलाई ज्ञान दिइरहन्छन् अथवा मन्त्र दिन्छन्। पुग्यो। अब उनको वारिस त बनेनन् त्यसैले उनीहरूको वृद्धि कसरी हुन्छ? केवल ज्ञान दिँदा दिँदै शरीर छोडेर जान्छन्।

हेर, एउटा माला हुन्छ १०८ को, अर्को फेरि त्यो भन्दा ठूलो १६१०८ को माला हुन्छ। त्यो हो चन्द्रवंशी घरानाको रोयल राजकुमार राजकुमारीहरूको माला। यहाँ जसले यति ज्ञान लिन सक्दैनन्, पवित्र बन्दैनन् भने उनीहरू सजायँ खाएर चन्द्रवंशी घरानाको मालामा आउँछन्। राजकुमार राजकुमारी त धेरै हुन्छन्।

यो रहस्य पनि तिमीले अहिले सुन्छौ, जानेका छौ। त्यहाँ यो ज्ञानको कुरा हुँदैन। यो ज्ञान त केवल अहिले संगममा मिल्छ, जब दैवी धर्मको स्थापना भइरहेको छ। सुनाएँ जसले पूरा कर्मेन्द्रियहरूलाई जितेको हुँदैन, ऊ चन्द्रवंशी घरानाको मालामा जान्छ। जसले जित्छ, ऊ सूर्यवंशी घरानामा आउँछ। उनीहरूमा पनि त नम्बरवार बन्छन् अवश्य। शरीर पनि अवस्था अनुसार मिल्छ। हेर, सबै भन्दा अगाडि मम्मा गइन्, त्यसैले उनलाई छात्रवृत्ति मिल्यो। मनिटर बनिन्। उनलाई सारा ज्ञानको कलष दिइयो। उनलाई मैले पनि माता भन्छु किनकि मैले पनि सारा तन, मन, धन उनको चरणमा स्वाहा गरिदिएँ। लौकिक बच्चाहरूलाई दिइन् किनकि त्यो त रगतको सम्बन्ध भयो। यहाँ त अविनाशी बच्चा बन्छन्। सबै संन्यास गरेर आउँछन्, त्यसैले उनमा धेरै प्यार हुन्छ। अविनाशी स्नेह सबै भन्दा तेज हुन्छ। संन्यासी त एक्लै घरबार छोडेर भाग्छन्। यहाँ त सबै सँगै आएर स्वाहा भएका हौ। परमात्माले स्वयं प्राक्टिकलमा कर्म गरेर देखाउनु हुन्छ। तिमीलाई कुनै पनि प्रश्नको जवाफ यहाँ मिल्न सक्छ। उहाँ परमात्मा स्वयं पनि आएर बताउन सक्नुहुन्छ। उहाँ त जादुगर हुनुहुन्छ, उहाँको यो जादुगरीको पार्ट अहिले चलिरहेको छ। तिमी त धेरै प्यारा बच्चाहरू हौ, तिमीलाई बाबाले कहिल्यै दु:खी बनाउनुहुन्न। दु:खी बनाएमा बच्चाहरू पनि रिसाउन सिक्छन्। यहाँ त सबैको आन्तरिक लव छ। स्वर्गमा पनि कति प्रेम हुन्छ। त्यहाँ त सतोप्रधान हुन्छन्।

यहाँ जो भिजिटर्स आउँछन्, उनीहरूको पनि धेरै सेवा हुन्छ किनकि उनीहरूलाई पनि शान्ति र खुशीको वर्सा मिल्छ। ती पनि बिलवेड प्रजा बन्नेवाला हुन्। माता-पिता, बच्चाहरू सबै सेवामा लाग्छन्। हुन त देवी देवता बनिरहेका छन्, तर यहाँ त्यो पदको अहंकार हुँदैन। सबै आज्ञाकारी सेवाधारी बनेर सेवामा हाजिर हुन्छन्। गड पनि आज्ञाकारी सेवाधारी बनेर आफ्ना बिलवेड सन्स र प्रजाको सेवा गर्नुहुन्छ। उहाँको बच्चाहरूमाथि नै आशीर्वाद रहन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे नूरे रत्न, कल्प-कल्प बिछोडिएका बच्चाहरू, जो फेरि आएर मिलेका छौ यस्ता बच्चाहरूप्रति माता-पिता बापदादाको दिलैदेखि, प्रेमभरी यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) जसरी बापदादाले बच्चाहरूलाई कहिल्यै दु:खी बनाउनुहुन्न। त्यसैगरी तिमी बच्चाहरूले पनि कसैलाई दु:खी बनाउनु हुँदैन। आपसमा आन्तरिक स्नेहसँग रहनु छ। कहिल्यै रिसाउनु हुँदैन।

२) शान्ति र सुखको वरदान लिनको लागि बाबामा पूरा स्वाहा हुनु छ। पढाइद्वारा परम शान्ति र खुशीको ईश्वरीय अधिकार लिनु छ।

वरदान:
संगठनमा सहयोगको शक्तिद्वारा विजयी बन्ने सबैको शुभ-चिन्तक भव

यदि संगठनमा हरेकले एक-अर्काको सहयोगी, शुभ-चिन्तक बनेर रहेमा सहयोगको शक्तिको घेराउले धेरै कमाल गर्न सक्छ। आपसमा एक-अर्काको शुभ-चिन्तक, सहयोगी बनेर रह्यौ भने मायाको हिम्मत हुँदैन, जो यस घेराउ भित्र आओस्। तर संगठनमा सहयोगको शक्ति तब आउँछ, जब यो दृद्ध संकल्प गर्छौ चाहे जति नै कुरा सहन गर्न परे पनि सहन गरेरै देखाउँछु। विजयी बनेर देखाउँछु।

स्लोगन:
कुनै पनि इच्छाले अच्छा बन्न दिदैन, त्यसैले इच्छा मात्रम् अविद्या बन।